शान्ती प्रक्रिया कार्यन्वयनका अवस्था नाजुक रहेको भन्दै चर्कोै आवाज उठाउने : नेपाली काग्रेश
नेपाली काँग्रेसले शान्ती प्रक्रिया कार्यन्वयनका अवस्था नाजुक रहेको भन्दै चर्कोै आवाज उठाउने निणर्य गरेको छ । काँग्रेसको आज बसेको केन्द्रीय समिती बैठकले शान्ती प्रक्रिया कार्यन्यवनको विषयलाइ लिएर माओवादीसँग छलफल गर्ने, सरकारलाइ दबाद दिने तथा सदनमा आवाज उठाउने निणर्य गरेको हो ।
बैठकपछि काँग्रेस केन्द्रीय सदस्य अजुननर सिंह केसीले शान्ती प्रक्रिया र लोकतन्त्रको विषयमा माओवादीसँग छलफल गर्ने निणर्य भएको जानकारी दिनुभयो ।
पार्टि केन्द्रीय कार्यलय सानेपमा झण्डै ३ घण्टा चलेको बैठकमा यसअघि शेरबहादुर देउवा संयोजक रहेको शान्ती प्रक्रिया कार्यन्वयन अवस्थाको अध्ययन समितीले शान्ती प्रक्रिया अगाडी नबढेका प्रतिवेदन पेस गरेपछि काँग्रेसले कडा रुपमा प्रस्तुत हुने निणर्य गरेको हो । बैठकमा देउवा संयोजक रहेको समितीले शान्ती प्रक्रिया कार्यन्वयनको अवस्था नरहेको, द्धन्द्धका बेला अङ्गभ्भङ्ग भएकाहरुले क्षतिपूर्ति नपाएको तथा कब्जा घरजग्गा समेत फिर्ता नभएको भन्दै प्रतिवेदन पेस गरेको थियो ।
आजको बैठकमा बोल्ने ४० केन्द्रीय सदस्यहरुले शान्ती प्रक्रिया कार्यन्वयनबारे काँग्रेसले दह्रो अडान राख्नुपर्ने बताएका थिए । उनीहरुले शान्ती प्रक्रियाबारे माओवादीसँग तत्काल वार्ता गनुपर्ने तथा जेठ १४ अगावै शान्ती प्रक्रिया पुरा गर्ने विषयमा छलफल गनुपर्ने बताएका थिए । बैठकमा नेविसंघको बर्तमान कार्यसमिती बिघटनको विषयमा भने छलफल भएन । बैठक भोली ११ बजे पुन बस्नेछ ।
संविधान प्राविधिक नभइ सहमतिवाटः राष्ट्रपति
राष्ट्रपति रामवरण यादवले शान्ति र संविधानलाई प्राविधिक नभइ राष्ट्रिय सहमतीको विषय वनाउनुपर्ने बताउनु भएको छ । १२ वुँदे सहमती र अन्तरिम संविधानको भावना अनुरुप राष्ट्रिय सहमतीलाई नै प्रमुख विषय वनाउनुपर्ने उहाँको भनाइ थियो । नोना कोईराला स्मृत्ति पत्रकारिता पुरस्कार वितरणगर्न आयोजित कार्यक्रममा राष्ट्रपति यादवले आगामी दुई महिना भित्र जनताको जनादेश अनुरुप शान्ति र संविधान निर्माण गर्नका कयौ चुनौती वाँकि रहेको बताउनु भएको हो । यादवले जनताले जनादेश दिएको दुइ बर्ष पुरा भइ ३ बर्ष समेत पुरा हुन २ महिना बाँकि रहँदा समेत संविधानका कतिपय बुदाँमा विवाद रहेको प्रति समेत चिन्ता ब्यक्त गर्नुभयो ।
दलहरुले प्राविधीक रुपमा मात्र दुई तीहाईले संविधान जारि गर्ने अवस्था सृजना गरे जनताको भावनाको सम्वोधन नहुने राष्ट्रपतिको चिन्ता थियो । प्राविधीक रुपमा कसैले दुई तीहाई पु¥याएर वनेको संविधान कुनै दलले च्यात्ने अवस्था सृजना नगर्न सुझाव व्यक्त गर्नुभयो । दलहरुले वेलैमा शान्ति र संविधानवारेमा संवेदनशिल वनेर जेठ १४ पछिको अवस्थालाई वेलैमा मुल्यांकन गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । उहाँले मुलुकको विग्रदो अर्थतन्त्र, उर्जा संकट, वढ्दो वेरोजगारि लगायतवारेमा चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसैबिच आजै अर्को एक कार्याक्रममा राष्ट्रपति डा. यादवले नागरीक अधिकारको सुनिश्चितताका लागि शान्ति र सबिधान निर्माण कार्य समयमै पुरा गर्न सबै पक्षले दवाव सृजना गर्नुपर्ने वताउनुभएको छ । संबिधानसभामा रहेका सबै दलहरुले समयमै संबिधान निर्माणको प्रतिवद्धता जनाइएकाले यतिवेला सचेत नागरीकहरुले दवाव दिनुुपर्ने बेला आएको उहाँले बताउनु भयो । फ्रिडम फोरमद्धारा आयोजित सुचनाको हक सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै उहांले लोकतन्त्रलाई बलियो बनाउन सुचना हक सम्बन्धि कानुन कार्यानयन गर्नु पर्नेमा जोड दिनुभयो । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल सहित दक्षिण एसियाली मुलकका सुचना तथा सञ्चार क्षेत्रका करिब १ सय ५० बिज्ञहरुको सहभागीता रहेको छ । सम्मेलनमा ३० भन्दा बढि बिषयमा छलफल हुने फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले जानकारी दिनु भयो ।
प्रचन्डको भनाइ, पार्टिमा खलनायकले पार्टि फुटाउने षड्यन्त्र गरे
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चलचित्रको पर्दामा देखिनेजस्तै खलनायकी भुमिका भएका ब्यक्तिहरुले सबैभन्दा ठुलो माओवादी पार्टीभीत्र एकता हुदाहुदैपनि फुटेको हल्ला बाहिर आएको बताउनुभएको छ ।
पार्टि केन्द्रीय कार्यलय पेरीशडांडा स्थित माओवादी कार्यलयमा अखिल नेपाल चलचित्रकर्मीसंघले आज गरेको राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचन्डले पार्टीभित्रको आन्तिरिक कुरा चलचित्रको पर्दामा खलनायकले नायकलाई हराउन खोजेझै प्रबृत्तिको कारणले पार्टीफुटको कुरा बाहिर आएको बताउनुभएको हो । कार्यक्रममा राजनैतिक कुरालाई फिल्मीशैलीमा चलचित्रको भाषामा बोल्दै अध्यक्ष प्रचन्डले जनतालाई बर्बादी गर्ने खलनायकहरुलाई ताकिरहेको बताउनुभयो । उहा“ले चलचित्रको पर्दामा अगाडि नायकले जस्तोसुकै मारपीट र संघर्ष गर्नुपरेपनि अन्तमा हिरोकै जित भएझैं अहिलेभैरहेको राजीैतिमा जस्तोसुकै अन्योलता भएपनि नेपाली जनताकै जीत हुने बताउनुभयो ।
कार्यक्रममा १ दर्जनभन्दा बढी माओवादी पार्टी प्रबेश गर्ने नेपाली चलचित्रका निर्माता निर्देशक तथा प्रबिधिकहरुलाई अध्यक्ष प्रचन्डले माला लगाई स्वागत गर्नुभएको थियो ।
प्रक्रिर्या छोट्याएर भएपनि जेठ १४ मै संविधानः भट्टराइ
काठमाडौँ, १४ चैत । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले प्रक्रिर्या छोट्याएर भएपनि आगामी जेठ १४ मै संविधान जारीगर्न सकिने बताउनु भएको छ । संवैधानिक समितिको बैठकपछि विहान सिंहदरवारमा पत्रकारहरुसंग कुरागर्दै उपाध्यक्ष भट्टराइले संविधानका अन्तरबस्तुमा देखिएका मतभेद सुल्झाउने विषयमा संवैधानिक समितिमा भएको छलफल सकारात्मक रहेकोले प्रक्रिया छोट्टयाएर भए पनि तोकिएको समयमै संविधान जारीगर्न सकिने बताउनु भएको हो । संविधानसभा आफैले तय गरेको कार्यतालिका संशोधनगर्न सकिने उहाँको भनाइ थियो ।
यसैबीच संवैधानिक समितिले राज्यपुर्नसंरचना समितिको मस्यौदामाथी लगातार तीन दिनदेखी छलफल गरेपनि कुनैपनि बिषयमा सहमति जुटाउन सकेको छैन । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकमा आजपनि सदस्यहरुले प्रतिवेदन परिमार्जनमा जोड दिएका छन । समिति सभापति निलाम्बर आचार्यले संवैधानिक समितिको मस्यौदामाथी एकचरणको छलफल दुइ–तीन दिनमा सकिने जानकारी दिनुभयो । एक चरणको छलफलपछि विबादित बिषयलाइ समाधानको प्रयास गरिने जानकारी दिनुभयो । संविधानसभा अन्तरगत गठित विबाद उपसमितिको म्याद पुनः थप गरिने भएको छ । पहिलोपटक थप गरिएको म्याद भोली सकिने भएपछि म्याद थपको तयारी भएको समितिका एक सदस्यले बताए ।
जनजाति महासंघद्वारा राज्यपुर्नसंरचना आयोगको विरोधः
नेपाल आदिबासी जनजाति महासंघले राज्यपुर्नसंरचना आयोग गठन वा संघीयतावारे जनमत संग्रहगर्ने निर्णय भए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । तोकिएको समयमै संविधान जारीगर्न मागगर्दै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाइ ज्ञापनपत्र बुझाउदै महासंघले राज्यपुर्नसंरचना आयोग गठनको औचित्य सकिएको बताएको हो । संविधानसभाको समितिको बहुमतवाट पारित १४ प्रदेशको प्रस्तावलाइ आधार मानेर संघीयतामा जाने निर्णयगर्न महासंघले सुझाव दिएको छ ।
संविधान जारीगर्ने समय जेठ १४ गते आउन दुइ महिना मात्र रहेको अबसरमा आयोग गठनको कुरा संघीयतामा नजाने षडयन्त्र भएकोले संविधानसभाको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । महासंघले संविधानजारीगर्ने दिन नजिकिएकोले संविधान लेखनको कार्यशीली परिवर्तन गरि दिनभरी संविधान निर्माणको छलफलमा जुटन माग गरेको छ ।
यसैवीच जनजाति महासंघले जनगनना २०६८ मा आदिवासी जनजातिहरुको सही तथ्याँक संकलनका लािग गनना कार्यमा आदिवासी जनजाति हरुलाई समानुपातिक हिसाबले सहभागी गराउन आग्रह गरेको छ । महास.घले आज केन्द्रीय तथ्याँक विभाग समक्ष एक ज्ञापन पत्र बुझाउदै यस्तो आग्रह गरको हो । ज्ञापन पत्रमा जनगननाका क्रममा जुन जिल्लामा जुन आदिवासी समुदायको बाहुल्यता रहेको छ त्यही जातीय संस्थाको प्रतिनिधित्व हुने गरी गनकहरु नियुक्त गरिनुपर्ने माग गरिएको छ । यस्तै जनगननाका प्रश्नावलीहरु संबन्धीत जातीको मात्रृभाषामा समेत सोधिनीपर्ने माग जनजाति महासंघले गरेको छ ।
राज्यपुर्नसंरचना समितिको औचित्य समाप्तः विष्ट
संविधानसभा राज्यपुर्नसंरचना समितिका सभापति लोकेन्द्र विष्टले राज्यपुर्नसंरचना आयोग गठनको औचित्य पहिलै समाप्त भएकोले आयोग गठनको अर्थ नभएको बताउनु भएको छ । संवैधानिक समितिमा राज्यपुर्नसंरचना समितिको प्रतिवेदन माथीकोे छलफलमा राज्यपुर्नसंरचना आयोग गठनको कुरा उठेपनि यतिवेला आयोग गठन गर्नुको कुनै औचित्य नभएको विष्टको दावी थियो । सिंहदरवारमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति विष्टले प्रस्तावित १४ प्रदेशको प्रदेशवारे राजनीतिक तहमा सहमति हुनुपर्ने बताउनु भएको हो ।
माओवादी पोलिटव्युरो सदस्य समेत रहेका सभापति विष्टले राज्यपुर्नसंरचना आयोग गठन गर्नुपर्ने भन्ने राष्ट्रपति रामबरण यादवको भनाइप्रति पनि असहमति जनाउनुभयो । उहाँले सुरुमा आयोग गठनको विरोधगर्ने दलहरु आयोग गठनको कुरा उठाइनु संविधान नबनाउने षडयन्त्र भएको टिप्पणी गर्नुभयो । राजनीतिक सहमति भएमात्र १४ प्रदेशको प्रस्ताव सहितको समितिको प्रतिवेदन परिमार्जनगर्न सकिने भन्दै विष्टले भन्नुभयो– संवैधानिक समिति राज्यपुर्नसंरचना समितिभन्दा एक दिनपनि जेठो होइन, संवैधानिक समितिले कमा समेत फेर्न सक्दैन ।
माओबादीका मज्दुरहरुबिच भक्तपुरमा कुटपिट
माओबादी मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुरका मजदुरहरु बिच कुटपिट हुदा ३ जना मज्दुर घाइते भएका छन् । महासंघको भक्तपुर जिल्ला कमिटीको छलफल चलिरहेका बेला बिवाद चर्किएपछि कुटपिट भएको हो ।
कुुटपिटबाट घाइते हुनेहरुमा बैद्य पक्षका मज्दुरहरु राजकुमार तिमिल्सना, देबराज गुरुङ र सुन्दर श्रेष्ठ रहेका छन् । घइते गुरुङ र तिमिल्सनाको इवामुरा अस्पताल भक्तपुरमा उपचार भईरहेको छ भने अर्का घाइते श्रेष्ठलाई सिनामंगलस्थित काठमाण्डौ मोडल अस्पतालमा ल्याइएको छ । आज बिहान मजदुर कार्यालयमा तिमल्सिना, गुरुङ, श्रेष्ठ, दीपक डोटेल बसिरहेको अवस्थामा माओवादीका जिल्ला नेता भाष्कर प्रधानाङ्ग र सुरेश न्यौपानेको निर्देशनमा सुनिल गोठे, सानुकान्छा नेतृत्वमा आएको समूहले आक्रमण गरेको माओवादी जिल्ला कमिटी समितिका सचिव राजकाजी महर्जनले आरोप लगाउनुभयो ।
घटनापछि माओवादी जिल्ला कमिटीले सभासद् उमा कपाली सहित घटनामा संलग्न रहेका आधा दर्जन कार्यकतालाइ पार्टि सदस्य समेत नरहने गरि निस्कारसन गरेको छ ।
यस्तै सूर्यविनायक घलातेस्थित दाहाल निकट मजदुर सङ्गठनले पनि आजै पत्रकार सम्मेलन गरी घटनामा आफ्नो समूहको संलग्नता नरहेको बताएको छ । अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सचिव एवम् भक्तपुरका इन्चार्ज ओम वाग्लेले पत्रकार सम्मेलनमा घटनामा आफ्नो पक्षको संलग्नता नरहेको बताउनुभयो । मजदुर सङ्गठन र व्यवसायीबीच भएको ११ बुँदे सहमति कार्यान्वयन गराउने पक्षमा आफ्नो समूह रहेको तर घाइते समूहले त्यसको विरोध गरेकाले विवाद सुरु भएको बताउनुभयो । केहिदिन अघि उद्योग बाणिज्य महासंघ र प्रचण्ड निकट मज्दुर संगठनबिच सम्झौता भएपछि माओबादी भित्रकै उपाध्यक्ष बैद्य र भट्टराई पक्षका मज्दुरहरुले बिरोध जनाएदै आएका छन् ।
ट्यामा्रट भेटघाटमा
संयुक्त राष्टसंघले जारी शान्ति प्रकृया र संबिधान निर्माणका लागि नेपाललाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रसंघिय राजनितीक मामिला बिभागका एसिया प्यासिफिक डिभिजन निर्देशक स्यामुअल टामा्रटले आज बिहान प्रधानमन्त्री झलनाथ खनालसंग भेट गरी यस्तो प्रतिवद्धता जनाउनुभएको हो । प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान भएको भेटवार्तामा टाम्राटले जारी शान्ति प्रकृया र संबिधान निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार मिलन तुलाधरले जानकारी दिनुभयो । नेपालका राजनीतिक दलहरु शान्ति प्रकृया र संबिधान निर्माणमा एकतावद्ध भएर अघि बढुन् भन्ने राष्ट्रसंघका महाचिब वान कि मुनको सन्देश रहेको टाम्राटले प्रधानमन्त्री खनाललाई जानकारी गराउनुभयो । संबिधान निर्माण र शान्ति प्रकृयामा भई रहेको प्रगतिका बारेमा जानकारी लिन महासचिव मुनले टाम्राटलाई नेपाल पठाउनुभएको हो । निर्देशक ताम्राट नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भएका प्रगतिका बारेमा जानकारी लिन हिजो नेपाल आइपुग्नुभएको थियो । नेपाल आएलगत्तै उहाँले हिजो नै एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर मुलुकको शान्ति प्रक्रिया तथा संविधान निर्माणका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।
यसैबीच निर्देशक ताम्राटले नेपाली काङ्गे्रसका सभापति सुशील कोइरालालाई भेटेर एनेकपा माओवादीका लडाकुको रेखदेख गर्दै आएको संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसन (अनमिन)को वहिर्गमनपछि भएको प्रगतिका बारेमा छलफल गर्नुभएको थियो । छलफलमा सभापति कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणमा एनेकपा माओवादीले आफ्नो भनाइ र गराइमा एकरुपता देखाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको जनाइएको छ ।
गृहमन्त्रालयको याचना
गृहमन्त्रालयले विगत केही दिनयता देशका विभिन्न भागमा सार्वजानिक यातयातमा बम विष्फोट गराई जनजीवन आतंकित गराएको घटनाको भत्सर्न गर्दै ती घटनाहरुको सुक्ष्म अनुसन्धान गरी दोषीलाई तत्काल नियन्त्रणमा लिन मातहातका निकायलाई निर्देशन दिएको छ ।
गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई लक्षित गरि गराइएको यस्तो विष्फोट अमानवीय र निन्दनीय कार्य भएको जनाउदै यस्ता घटनाको नियन्त्राmयका लािग मन्त्रालयले निर्देशन दिइसकेकोले सुरक्षा व्यवस्थाप्रति आश्वास्त हुन अनुरोध समेत गरेको छ । यस्ता आततयी घटनाहरुको नियन्त्रणका लागि सुरक्षा निकायलाई सहयोग गर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले निर्दोष नागरिकलाई भयभीत तुल्याइ सामाजिक सद्भाव एवं अमन चयनमा खलल पुर्याउने यस्ता हिँसात्मक कार्य तत्काल रोक्न समेत संबद्ध पक्षलाई आग्रह गरेको छ ।
यता केही दिनयता रौतहट, बाँके, रुपन्देहीलगायत देशका विभिन्न स्थानमा शृङ्लाबद्ध बम बिस्फोट तथा जनधनको क्षतिप्रति राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता जनाउँदै घटनाका दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तिमा देशमा शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया जारी रहेको अवस्थामा यसखाले आततायी घटनाले समग्र शान्तिसुरक्षालाई चुनौती दिएको छ उल्लेख छ । निर्दोष सर्वसाधारणको जनजीवनलाई आतङ्कित तुल्याउने अभिप्रायले सार्वजनिक स्थल एवम् यातायातका साधनमा बम राख्ने र बिस्फोट गर्नेजस्ता गतिविधिबाट मानवअधिकार विरुद्धको जघन्य अपराध भएको आयोगले जनाएको छ । आयोगले यस्ता कार्य तत्काल रोक्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।
घटनाका पीडित तथा घाइतेहरुलाई उचित र प्रभावकारी स्वास्थ्योपचार एवम् आवश्यक राहत प्रदान गर्न आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै विभिन्न मानवअधिकार संघसंस्थाहरुले पनि केही दिनयता जारी श्रृंखलाबद्ध विष्फोटका घटनाहरुबाट निर्दोष नागरिक पिडीत बनेको भन्दै यसप्रकारका हिँसात्मक कार्य तत्काल रोक्न संवद्ध पक्षलाई आग्रह गरेको छ । मानव विकास तथा शान्ति अभियान हुर्डेप, मानव अधिकार तथा शान्ति समाज लगायतका संघसंस्थाहरुले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गरी शान्ति सुरक्षामा तत्काल सुधार ल्याउन सरकार संग माग समेत गरेका छन् ।
घटनाका पीडित तथा घाइतेहरुलाई उचित र प्रभावकारी स्वास्थ्योपचार एवम् आवश्यक राहत प्रदान गर्न आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै विभिन्न मानवअधिकार संघसंस्थाहरुले पनि केही दिनयता जारी श्रृंखलाबद्ध विष्फोटका घटनाहरुबाट निर्दोष नागरिक पिडीत बनेको भन्दै यसप्रकारका हिँसात्मक कार्य तत्काल रोक्न संवद्ध पक्षलाई आग्रह गरेको छ । मानव विकास तथा शान्ति अभियान हुर्डेप, मानव अधिकार तथा शान्ति समाज लगायतका संघसंस्थाहरुले आज छुट्टा छुट्टै विज्ञप्ति जारी गरी शान्ति सुरक्षामा तत्काल सुधार ल्याउन सरकार संग माग समेत गरेका छन् ।
यता, बुटवलमा हिजो अज्ञात समूहले गराएको बम विस्फोटमा परी घाइते भएका एक व्यक्तिको उपचारका लागि काठमाडौँ ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ । मृतकको भने अहिलेसम्म पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । मृतकको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलको शवगृहमा राखिएको छ । घटनामा घाइते भएका २३ जनामध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् भने गम्भीर घाइतेमध्येका छजनाको काठमाडौँमा, एकजनाको चितवन र बाँकी पाँचजनाको बुटवलकै सिटी अस्पतालमा उपचार भइरहेको छ ।
जमिनमुनिवाट पानी निकाल्न अनुमतिपत्र लिनुपर्नेः
व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधान समितिले जमिनमुनीको पानी प्रसोधन सम्बन्धी अनुगमन निकायलाइ प्रभावकारी बनाउन सरकारलाइ निर्देशन दिएको छ । समितिले भूमिगत जलस्रोत दोहनगर्न अनुमतिपत्र लिनुपर्ने लगायत अध्ययन अनुसन्धानका कामलाइ प्रभावकारी बनाउन भुमिगत जलस्रोत विकास समितिलाइ अधिकार सम्पन्न गराउन सिंचाइ मन्त्रालयलाइ निर्देशन दिएको हो । भुमिगत जलस्रोतको अनियन्त्रीत दोहनले काठमाण्डौ उपात्यका भासिने तथा भुमिगत जलभण्डार रित्तिने खतरा बढेको भन्दै समितिले भुमिगत पानीनिकाल्न लाइसेन्स लिने व्यबस्थागर्न सरकारलाइ निर्देशन दिएको हो ।
भौतिक योजना, सिंचाइ लगायत मन्त्रालयका अधिकारीसंगको छलफलपछि समितिले भुमिगत जलस्रोतको अध्ययन, अनुसन्धान, संरक्षण, व्यबस्थापन र लाइसेनिङ्ग समेत गर्नकालागि भुमिगत जलस्रोत विकास समितिलाइ अधिकार सम्पन्न निकाय बनाउन ऐनमा आबस्यक संशोधनगर्न तथा काठमाण्डौ उपत्यकाकाको भुमिगत जलस्रोतको व्यबस्थित उपयोगको कार्ययोजना बुझाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति शान्ता चौधरीले जानकारी दिनुभयो । घरायसी प्रयोग वेगर व्यबसायीक प्रयोजन, ठूला होटल, उद्योग र अपाटमेण्टहरुले अबदखी भूमिगत पानी प्रयोग गरेवापत सरकारलाइ पैसा तिर्नु पर्नेछ ।
आयोगद्वारा कारबाहीको माग
काठमाडौँ, १४ चैत । राष्ट्रिय महिला आयोगले एक वर्षको अवधिमा महिला अधिकार उल्लङ्घनका छ वटा घटनाको अनुगमन गरी कारबाहीका लागि सिफारिस गरेको छ । आयोगले तयार पारेको वार्षिक प्रतिवेदनले जिल्ला प्रहरी कार्यालय अछाममा भएको प्रहरी सुन्तली धामीको बलात्कारको मुद्दा, बर्दिया राष्ट्रिय निकुञ्जभित्र तीन महिलाको मृत्यु र धनुषाको जनकपुर रेल्वे स्टेसनस्थित प्रहरी चौकीमा महिला बलात्कृत भएको घटनाको अनुुगमन गरी कारबाहीका लागि पहल गरेको उल्लेख गरेको जनाएको छ । कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिएको आयोगका सचिव केवल भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी कैलाली, चौमालाकी एक महिलालाई सेतो कपडा लगाएको र हलो जोतेको आरोपमा दिइएको यातना, काठमाडाँैमा विदेशी बाबुले छोरीलाई गरेको यौन हिंसा र धनुषाको जनकपुरकी एक महिलालाई दाइजो नल्याएको निहुँमा दिँदै आएको यातनाका बारेमा आयोगले स्थलगत अध्ययन गरी कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ । घटनामा संलग्नलाई कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउन गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालयलगायत सिंगो सरकारलाई सिफारिस गरिएको सचिव भण्डारीले बताउनुभयो ।
यसैबिच बादी समुदायको अवस्था अध्ययन गर्न गठित संसदीय उपसमितिले बादी समुदायका समस्या तत्काल समाधान गर्न सरोकारवालासँग आग्रह गरेको छ । उपसमितिले आज विभिन्न मन्त्रालयका सचिव, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग गरेको अन्तक्र्रियामा बादी समुदायका भूमि परिचयपत्र, नागरिकतालगायतका समस्या तत्काल समाधान गर्न माग गरेको हो । अन्तरक्रियामा अर्थसचिव रामेश्वर खनालले बादी महिलालाई यौन पेसाबाट अन्य पेसामा लैजानुपर्ने सरकारको दायित्व भएको बताउँदै आगामी बजेटमा बादीका समस्यालाई समेट्न प्रयास गरिने बताउनुभयो । भूमिसूधार तथा व्यवस्था मन्त्रालयका सचिव केशव भट्टराईले बादी समुदायकै लागि अलग्गै बजेटको व्यवस्था नरहेको र बादी समुदायलाई भूमि उपलब्ध गराउने विषयमा उच्च तहबाटै प्रस्ट निर्देशन आवश्यकता औल्याउनुभयो । सभासद्हरू कमला शर्मा, कविता सरदार, पुरनसिंह दयाल, गोविन्द नेपालीलगायतले बादी समुदायका समस्या समाधान गर्न कुने पहल नभएको बताएका थिए । उपसमितिले सोही समस्याका विषयमा छलफल गर्न उपप्रधानमन्त्रीद्वय भरतमोहन अधिकारी र कृष्णबहादुर महरालाई बोलाउने निर्णय गरेको छ ।
प्रकोप न्यूनीकरण आवश्यक–मन्त्री रायमाझी
जनकपुरधाम, १४ चैत । भौतिकयोजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले प्रकोप न्यूनीकरणका लागि वैज्ञानिक पहल आवश्यक रहेको बताउनुभएको छ । सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जालको तेस्रो राष्ट्रिय भेलाको आज जनकपुरमा उद्घाटन गर्दै मन्त्रि रायमाझीले बनजङ्गल संरक्षण र अव्यवस्थित सहरीकरण नियन्त्रणजस्ता पक्षलाई गम्भीररुपमा लिनु जरुरी रहेको उल्लेख गर्नुभयो । मन्त्री रायमाझीले प्राकृतिक प्रकोपको व्यवस्थापन साझा जिम्मेवारी भएकाले राज्य र जनताको सहकार्यबाट मानवीय चेतना जागरण अभियान पनि चलाउनुपर्ने उहाको भनाई थियो । भोलिसम्म चल्ने भेलामा विपद् जोखिम न्यूनीकरण अभियानमा संलग्न ५५० अभियानकर्ता सहभागी छन् ।
सल्यानमा घर भत्किदा २ को मृत्यु
सल्यानको शिवरत ६ मा घर भत्किदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ बर्षिय मिना बिष्ट र ९ बर्षिय बुद्धिमान बिष्ट रहेका छन् । घर भत्किनुको कारण बारे अनुसन्धान भईरहेको सल्यान प्रहरीले जनएको छ ।
यता भक्तपुरको चाँगुनाराणस्थित पकुनापार्टीमा आज बस दुर्घटना हुदा एक दर्जन बढि घाइते भएका छन् । चाँगुनाराणबाट दुधपार्टी आउदै गरेको बा २ ख ५९४२ नम्बरको बस दुर्घटना भएको भक्तपुर प्रहरीले जनाएको छ । घाइते मध्ये दुइको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते दुईजनाको बि एण्ड बि अस्पताल र बाँकीको भक्तपुर अस्पतारमा उपचार भईरहकेो प्रहरीले जनाएको छ । बस ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई छ ।
अध्यक्ष गच्छदार–पत्रकार भेटघाट
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई अथवा तीन तिहाई बहुमतको आडमा संविधान निर्माण भएमा देशमा मुठभेठ निम्तने चेतावनी दिनु भएको छ । उहाँले संविधान निर्माण अगाडि लडाकूलाई निशस्त्र, माओवादी नागरिक पार्टीमा रूपान्तरण भई सहमति र सहकार्यमा संविधान ल्याउनु पर्ने बताउनुभयो ।
बिराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले जेठ १४ गतेसम्ममा शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणका लागि संयुक्त मधेसी मोर्चाले सदन र सडकमा व्यापक दबाब दिने जानकारी दिनुभयो । उहाँले आफ्नो भारत भ्रमणको चर्चा गर्दै राजनीतिक छलफल एवम् नेपालको लोकतन्त्र, शान्ति र संविधान र प्रजातन्त्रको स्थायित्वमा भारतको सहयोग रहेको बताउनुभयो ।
सहमतिबिना संविधानसभाको म्याद थप्न हुँदैन– नेता आचार्य
नेपाली काँग्रेसका नेता नरहरि आचार्यले वैधानिक बाटोमात्रै अपनाएर संविधानसभाको म्याद थपिए त्यो राजनीतिकरूपमा घातक हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले राजनीतिक सहमतिबिना कुनै पनि हालतमा संविधानसभाको म्याद थप्न नहुने बताउनुभयो ।
आगामी जेठ १४ भित्रै संविधान घोषणा गर्नुपर्ने र त्यसका लागि वैशाखभित्र एकीकृत मस्यौदा सार्वजनिक गर्नुपर्ने बताउँदै उहाँले संविधान निर्माणपछि मात्रै मुलुकमा दिगो शान्ति स्थापना हुने बताउनुभयो ।शान्तिप्रक्रिया र संविधान निर्माणलाई अलग गरेर हेर्न नसकिने भएकाले संविधान निर्माणअघि शान्तिप्रक्रियाका बाँकी काम पुरा हुनुपर्ने उहाँको भनाइ थियो ।नेता आचार्यले सरकार गठनका लागि भएको सातबुँदे सहमति संविधानसभाको विपरीत आएकाले त्यो आपत्तिजनक रहेको बताउनुभयो ।
यौन क्रियाकलापमा संलग्न युवायुवती पक्राउ
पोखराको लेकसाइडस्थित एक होटेलमा यौनकार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जना युवालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा चार जना युवक र चार युवती छन् । यौन विकृति नियन्त्रणको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट आइतबार राति ११ बजे खटिएको टोलीले लेकसाइडको डिहिकोपाटनस्थित होटल मे कुल्पामा चेकजाँच गर्ने क्रममा अवैध क्रियाकलापमा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई केही सार्वजनिक अपराधमा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौं–९ का ४० वर्षीय जयन्द्र खड्गी, स्वयम्भूका २१ वर्षीय सन्जय थपलिया, बालाजूकी २८ वर्षीया अस्मिता पुन, चितवन भरतपुरका ३१ वर्षीय जिवन कुमार श्रेष्ठ, भरतपुरकै ३२ वर्षीय सुशिल शाही, म्याग्दी शिखाधारा घर भै पोखरा बस्दैआएकी १९ वर्षीया शोभा तिलीजा, स्याङ्गजा मानखोलाकी १८ वर्षीया बिमला भुजेल र गोर्खा धुँवाकोटकी २८ वर्षीय सीता नेपाली छन् ।
अन्तराष्ट्रिय समाचार
मृत्युदण्ड घट्यो
काठमाडौँ, १४ चैत्र । एम्नेस्टी इन्टरनेशनलले विश्वभरमा मृत्युदण्डको सजायँमा कमी आएको जनाएको छ । एम्नेस्टीले आज एक प्रतिवेदन सार्वजनिक गर्दै सन् २००९ मा ७१४ जनाले मृत्यदण्डको सजायँ पाएकामा यो संख्या १८७ले घटेर सन् २०१०मा ५२७ जनाले मात्र मृत्युदण्डको सजाँय पाएको सार्वजनिक गरेको हो ।
यद्यपी सन् २०१०मा मृत्युदण्डको सजाँय कार्यन्यवन गर्ने देशको संख्यामा भने वृद्धि भएको छ । २००९ मा १९ राष्ट्रले मृत्युदण्डको प्रयोग गरेकोमा सन् २०१० मा २३ राष्ट्रले मृत्युदण्डको सजाँय कार्यन्वयन गरेका छन् । एम्नेस्टीले सार्वजनिक गरेको तथ्याङ्कमा चिनको बारेमा भने उल्लेख नभएको जनाएको छ । चिनमा विश्वमा सबैभन्दा बढि मृत्युदण्डको सजाँय हुने गरेको एम्नेस्टीले जनाएको छ । रिपोर्टका अनुसार अमेरिकाले सन् २०१०मा ४६ जनलाइ मृत्युदण्ड दिएको थियो ।
खेल समाचार
बुढासुब्बा गोल्डकपमा आरसिटी र मजदुर शहिद स्मृती बिचको खेल
१३ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा जित हात पार्दै रानीपोखरी कर्नर टिम आरसिटी सेमिफाइन प्रवेश गरेको छ । धरान स्थीत धरान रंगशालामा भएको खेलमा मजदुर शहिद स्मृती क्लबलाइ २ – १ गोल अन्रतले पाखा लगाउँदै आरसिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
निकै प्रतिष्पर्धात्मक खेलमा आरसिटीका लागी पहिलो गोल एन्टोनो गोमोले खेलको ८५ औँ मिनेटका गरेका थिए । त्यसलगत्तै पुन शेखर लिम्बुले ८९ औँ मिनेटमा गोल गर्दै आरसिटीको अग्रतालाइ दोब्बर बनाएका थिए । पराजीत मजुदर शहिद स्मृती क्लबका लागी एकमात्र खेलको थप समयमा अनिल खड्काले गरेका थिए ।
प्रतियोगिता अन्तरगत भोली हावाहुरी तथा बर्षाका कारण हिजो स्थगित भएको नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव बिचको खेल हुनेछ । खेल सकिनै लाग्दा एक्कासी ठुलो हावाहुरी तथा पानी परेपछि यसअघि हिजो भएको यी दुइ बिचको खेल अवरुद्ध भएको थियो । बर्षाका कारण खेल स्थगित हुनु अघि दुबै टोलीले २–२ गोल गरेका थिए । यसैबीच, आजै अपरान्ह ३ बजे हुने खेलमा मजदुर सहिद स्मृतिविरुद्ध आरसीटी क्लव भिड्दैछन् ।
विश्वकप क्रिकेटको प्रतियोगिता
पाकिस्तानी सरकारका गृहमन्त्री रहेमान मलिकले भारत र पाकिस्तान बिचको खेलका दौरान मिलेमतो (म्याच फिक्सीङ) हुन सक्ने प्रति सरकार सचेत रहेको बताएका छन् । पर्सि हुने दुइ देश बिचको खेलका पूर्वसंध्यामा पत्रकारहरुसँग कुरा गर्दै मलिकले यसअघि लण्डनमा भएको खेलमा जस्तै मिलमतो हुनसक्ने प्रति आफु सचेत रहेको बताएका हुन् । उनले खेलाडीहरुको टेलिफोन कल तथा उनीहरुको गतिबिधी समेत निरगरानीमा रहेको जनाएका छन् ।
यता पाकिस्तानका पूर्व क्रिकेटरहरुले मन्त्री मलिकको भनाइको खण्डन गरेका छन् । उनीहरुले दुइ देश बिचको खेल सुरु हुनै लाग्दा विना प्रसङ्ग मलिकको भनाइ आएका भन्दै खण्डन गरेका हुन् ।
भारत पाकिस्तान बिच बुधबार जारी विश्वकप क्रिकेट प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेल हुदैँछ । चिर प्रतिद्धन्द्धिको रुपमा चिनिदै आएका दुबै टोली पर्सी पाकिस्तानी सिमा नजिक भारतको मोहालीमा सेमिफाइनल खेल खेल्दै छन् ।
विगतमा समेत राजनैतिक रंगले पोतिने गरेको यी दुईबीचको क्रिकेट भिडन्तले यसपटक पनि त्यस्तै चर्चा पाएको छ । भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानी खेल हेर्न भारतको मोहाली आउने भएपछि भिडन्तमा फेरि राजनैतिक रंग पोतिएको छ ।
पाकिस्तानी तथा भारतीय समर्थकहरुले पाकिस्तान विरुद्धको सेमिफाइनल भिडन्तलाई युद्धका रुपमा चित्रण गर्दै आएका छन् । यता राजनैतिक नेतृत्वले भने यही भिडन्तलाई कुटनैतिक सम्बन्ध सुधारका लागि विकास गर्दैछ । प्रधानमन्त्री मात्रै नभएर थुप्रैको संख्यामा पाकिस्तानी समर्थकहरु आफ्नो खेल हेर्नका लागि भारत आउ“दैछन् ।
सन् २००८ मा मुम्बई आक्रमण भएयता चिसिदै“ गएको भारत र पाकिस्तानबीचको सम्बन्धलाई क्रिकेट म्याचको माध्यमबाट सुधार गर्न भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पहल सूरु गरेका हुन् । मुम्बई हमलापछि भारतको भ्रमण गर्ने गिलानी उच्चस्तरका पाकिस्तानी अधिकारी हुन् । यसअघि सन् १९८७ मा पनि पाकिस्तानी राष्ट्रपति जिया उल हक भारत पाकिस्तानबीचको टेष्ट म्याच हेर्न भारत आएका थिए ।
काश्मिर विवादका कारण भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएका बेला त्यसलाई सुधार गर्नका लागि प्रधानमन्त्री राजिव गान्धिले टेष्ट म्याच हेर्न पाकिस्तानी राष्ट्रपतिलाई निमन्त्रणा दिएका थिए । सन् २००५ मा पनि मनमोहन सिंहले यस्तै राजनैतिक तनावका बीच परवेज मुसरर्फस“ग बसेर दिल्लीमा टेष्ट म्याच हेरेका थिए ।
यसरी भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तले बेला मौकामा दुई राष्ट्रबीच रहेको घाउमा मलम लगाउने काम गर्दै आएको छ । यसपटक पनि गिलानी र मनमोहन सिंहबीच क्रिकेट म्याच सकिएपछि हुने औपचारिक भेटघाटले राजनैतिक समस्या समाधान र सम्बन्ध बिस्तारमा सहयोग पुग्ने अपेक्षा भारतीय नेतृत्वले गरेको छ ।
भारतले मोहालीमा करिब १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ भने खेलको टिकट नभएकाहरुलाइ दुइ किलोकिटर अगाडीबाट मैदान आसपास जानबाट प्रतिबन्ध लगाएको जनाएको छ । ं भने सुरक्षाको व्यवस्था मिलाउन जोडतोडका साथ अघि बढिरहेको छ । खेल दौरान भारतले रंगशालामा मात्रै दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्दैछ ।
१३ औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलमा मजदुर स्मृती क्लबलाइ २–१ ले पराजित गर्दै आरसिटी सेमिफाइनलमा
No comments:
Post a Comment