Sunday, March 27, 2011

चैत्र १३ गते २०६७

चैत्र महिनामा निगमलाइ डेड् अर्ब अनुदान दिनुपर्ने अबस्थाः
Office of Nepal Oil Corporation

काठमाडौँ, १२ चैत्र । सरकारले पेट्रोलीयम पदार्थको आपूर्तीलाइ नियमित र सहज बनाउन चैत्र महिनामा मात्र नेपाल आयल निगमलाई १ अर्ब ५० करोड अनुदान दिनुपर्ने अबस्था आएको बताएको छ ।

व्यबसथापिका संसदको आज बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीले इजिप्ट, लिविया र बहराइन जस्ता खाडि राष्ट्रमा भएको राजनीतिक अस्थिरताका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएका कारण नेपालमा इन्धनको आपूर्तीमा अफ्टयारो परेको बताउनु भएको हो । सन् २०१० को अक्टोबरमा प्रतिव्यारेल कच्चा तेलको मूल्य ७८ अमेरिकी डलर रहेकोमा अहिले प्रतिव्यारेल ११६ डलर पुगेकोले इन्धन आपूर्ती सहजगर्न नियमलाइ अनुदान दिनुपर्ने अबस्था आएको बताउनु भएको हो ।

मन्त्री अधिकारीले नेपाल आयल निगमले इन्धनको मूल्यमा आँंिशक समायोजन गरेपनि पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा १९, ग्यासमा प्रतिसिलिण्डर २५४ रुपैया नोक्सान रहेको जानकारी गराउनु भयो । अन्तराष्ट्रिय बजारमा भएको मूल्यबृद्धि र विद्यमान लोडसेडिङका कारण मासिक ७ अर्ब ५० करोड बराबरको इन्धन आयात गर्नुपरेकोले यसले अर्थतन्त्रमा असर पारेको उल्लेख गर्नुभयो । मन्त्री अधिकारीले राजश्व अनुसन्धान विभागले छानविन जारी राखेको अबस्थामा १० लाख अमेरिकि डलर फीर्ता गएकोवारे अमेरिकाकालागि नेपाली राजदुत डा शंकर शर्मा मार्फत कुटनीतिक पहल जारी राखिएको बताउनुभयो ।

यसैबीच नेपाली कागे्रसका लक्ष्मणप्रसाद घिमिरेले पेट्रोलियम पदार्थको नियमित आपूर्ती सबन्धमा सुझाव दिन गठित आयोगमा आफूलाइ राखिएको भन्दै आपत्ति जनाउनुभयो । कुनैपनि आयोगमा व्यक्तीलाइ राख्दा पूर्ब स्वीकृती लिनुपर्ने सामान्य मान्यता भएपनि सरकारले त्यसो नगरेको भन्दै घिमिरेले सरकारको ‘अबाञ्छीत कृर्याकलाप’ भन्दे भत्सना गर्नुभयो ।

सातबुँदे जनताकै हितमा छ–प्रम खनाल
                                                            
इलाम, १३ चैत । प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमति मुलुक र जनताको हितमा भएको बताउनुभएको छ । प्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला इलाम पुग्नु भएका प्रधानमन्त्री खनालले सात बुदेँ सहमति अनुसार सरकार गठन भएकाले सहमति खारेज नहुने समेत बताउनुभयो । खनालले भन्नुभयो ः सात बुदेँ सहमति च्यातिदैँन, खारेज पनि हुदैँन बरु अर्को १० बुदेँ सहमति हुनसक्छ ।

प्रधानमन्त्री खनालले नेपाली काँग्रेस सरकारमा आउने हो भने नयाँ किसिमको सहमति गर्न आफू तयार रहेको उल्लेख गर्दै अहिलेको सरकार वाम ध्रुवीकरण नभएको र आफू पनि ध्रुवीकरणको पक्षमा नभएको स्पष्ट पार्नुभयो ।

खनाले सातबुँदे सहमतिको बचाऊ गर्दै सातबुदेँको मर्म नै शान्ति प्रक्रियालाई टुङ्ग्याउु भएको दावि गर्नुभयो । उहाँले बर्तमान सरकारले शान्ती प्रक्रिया टुङ्गाउने ठाकुवा गर्दै संविधान समेत समयैमा जारी हुने बताउनुभयो । खनालले भन्नुभयो ः संविधानसभामा भएका दुईसय भन्दा बढी विवादित विषयमध्ये अब ३० वटा जतिमात्र बाँकी रहेकाले बाँकी विषयमा पनि सहमति गरेर समयमा संविधान जारी गर्न सरकार दृढ रहेको छ । प्रधानमन्त्री खनाल इलामको सुकिलुम्बा विमानस्थल शिलान्यास गर्ने सिलसिलामा आज इलाम पुग्नु भएको हो ।

तराइका जिल्लामा सृङ्खलाबद्ध विस्फोट

भैरहवा, १३ चैत्र । रौतहट र बाँकेमा सार्वजनिक बसमा भएको बम विस्फोटको घटना सेलाउन नपाउँदै आज पुन भैरहवामा पनि सार्वजजिनक बसमा विस्फोट गराईएको छ । पछिल्ला केही दिनयता तराईका जिल्लामा श्रृङखलाबद्ध रुपमा सुरु भएका सार्वजनिक यातायातका साधनमाथिको विस्फोटले तराईको जनजीवन आतङकित बनेको छ ।

सोही क्रममा आज भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको एक सार्वजनिक बसमा बम विस्फोट गराईएको छ । लु१ख ३६६६ नम्बरको बसमा गरईएको विस्फोटमा परी एक दर्जन यात्रु घाईते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिीनी अन्चल अस्पतालमा उपचार भईरहेको छ । घटना लगत्तै सो क्षेत्रमा सुरक्षा ब्यवस्थामा कडाई गरी अपराधीहरुको खोजी भर्यरहेको प्रहरीलाश्ई उधृत गर्दै हाम्रा सहकर्मिले जनाएका छन् ।

मुलुक लामो समयसम्म गृहमन्त्री विहिन हुदा तराइका जिल्लामा शान्ति सुरक्षा फैरी खस्किएको छ । सरकारले गत बर्षदेखी लागू गरेको विशेष सुरक्षा कार्यक्रम लागू गरेका कारण केहि शान्त देखिएको तराइका जिल्लामा पछिल्ला दिनमा नियमित जसो सार्वजानिक बसमा विस्फोटका घटना भएका छन । यसअघि हिजो बाँकेमा एक यात्रुबाहक बसमा बम बिस्फोट हुदा ६ यात्रु घाइते थिए भने रौतहटमा पनि यात्रुबाहक बसमा बम बिस्फोट हुदा एक दर्जन घाइते भएका थिए ।

यसैबीच सभासदहरुले तराइका जिल्लामा सार्वजानिक बसमा विस्फोट भएका घटनावाट देशको शान्ति सुरक्षा नाजुक भएको भन्दै तत्काल शान्ति सुरक्षमा सुधार ल्याउन सरकारसंग माग गरेका छन । व्यबस्थापिका संसदको बैठकमा माओवादी सभासद सीपी गजुरेलले तराइमा सार्बजानिक बसमा विस्फोटका घटना ग्य्राण्ड डिजाइन अन्तरगत भएको बताउनुभयो । उहाँले सार्वजानिक बसमा भएको विस्फोटको घटनालाइ केन्द्रीय कारागारमा भएको गोली प्रहारको घटनासंग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो । 

एमालेका रामनाथ ढकालले मुलुक गृहमन्त्री विहिन हुदा अपराधका घटना भएको भन्दै तत्काल गृहमन्त्री नियुत्त गर्न प्रधानमन्त्रीसंग माग गर्नुभयो । स्वतन्त्र सभासद बवन सिंहले भारतीय इसारावाट प्रभावित भइ नेपालका मधेशवादी दलहरुले तराइमा आतंक मच्चाएका समूहसंग साठगाठ गरेको आरोप लगाउनुभयो ।

भुमिगत समूहसंग भारतमा वार्ता गरेर आए लगत्तै तराइका जिल्लामा सार्वजानिक बसमा विस्फोटका घटना भएका भन्दै सिंहले यसको जिम्मा दिल्लीमा गएका मधेशी नेताहरुले लिनुपर्ने दावी गर्नुभयो ।

भ्रष्टविरुद्ध सर्वोच्च निर्णय

काठमाडौँ। १२ चैत्र । सम्पत्ती विवरण चित्तबुझ्दो नभएको ठहर गर्दै सर्वाैच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कङग्रेसका नेता खुमबहादुर खड्कालाई १५ दिनभित्रमा अदालतमा उपस्थित हुन आदेश दिएको छ । कङग्रेसकै अर्का नेता एवं पूर्वमन्त्री चिरन्जीवी वाग्लेलाई चेल चलान गरेको केही हप्ता पछि नै अर्का मन्त्रीको भ्रष्टााचार मुद्यालाइ सर्वोच्चले बहसमा ल्याएको हो । प्रधानन्याधिस रामप्रसाद श्रेष्ठ र शुसीला कार्किको संयुक्त ईजलासले आज खड्कालाई १५ दिनभित्र सर्वोच्चमा उपस्थित हुन आदेश दिएको हो । खड्काको  ४ करोड भन्दा बढी सम्पतीको स्रोत नखुलेकाले भ्रष्टाचार गरेको अभियोग लागेको छ । सर्वोच्चले विषेश अदालतको खड्कालाइ कसुर ठहर नभएको फैसला गलत भएको समेत जनाएको छ ।

सर्वोच्चले केही समययता विशेष अदालतबाट हारेका तथा जितेका मुद्याहरुमा सुनुवाई तीव्र बनाउँदै आएको छ । सर्वोच्चले यसअभि नै पूर्व प्रहरी महानिरिक्षक प्रदिप शमसेर जवरालाई पनि अदालतमा उपस्थित हुन  आदेश दिईसकेको छ ।

गोखा विकास बैकमाथीको हस्तक्षेप नाजायजः

पूर्व गर्भनर एवं सभासद डा तिलक रावलले गोर्खा डेभलपमेण्ट बैठकलाइ संकटग्रस्त घोषणा गर्नेै राष्ट्र बैकको निर्णय हतारमा आएको बताउनु भएको छ । उहाँले राष्ट्रवैकको हचुवा निर्णयका कारण बैंकका हजारौ निक्षेपकर्ता आतंकित भएको तथा देशभरका कर्मचारी ज्यान जोगाउन मुस्किल पर्ने अबस्था आएको बताउनु भयो । व्यबस्थापिका संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै  पूर्व गर्भनर रावलले विगतमा अन्य बैकलाई संकटग्रस्त घोषणा गर्दा अपनाइएका प्रक्रिर्या समेत यसपटक राष्टबैंकले पूरा नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

यसैवीच नेपाल राष्टबैंकद्धारा समस्याग्रस्त घोषणा गरेको गोर्खा डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी तथा बैंकको व्यवस्थापकले राष्टबैंकलाइ तत्काल बैङ्कको जिम्मा लिन आग्रह गरेका छन् । संस्थापक शेयरधनीहरुले आज अर्थमन्त्री भरतमोहन अधिकारीलाई एक ज्ञापनपत्र बुझाउदै बैंकलाई जोगाउन व्यवस्थापन राष्ट्र बैंकले लिनुपर्ने माग गरेका हुन् । गोर्खा डेभलपमेन्ट बैंकका अधिकाँश संस्थापक शयरधनीहरु ब्रिटिस गोर्खा सैनिक समुदाय रहेका छन् । 

संस्थापक शेयरधनीहरुले बिदेशी भुमिमा रगत र पसिना बगाएर आर्जन गरेको रमकलाई स्वदेशको आर्थिक विकासमा लगानि गर्ने उद्देश्यकासाथ बैंक स्थापना गरेको उल्लेख गर्दै संस्थागत सुशासनमा देखिएको त्रुटीका कारण संकटग्रस्त घोषणा गरिदा सर्वसाधाराण निक्षेपकर्तामा त्रास उत्पन्न भएकोले बैंकको व्यवस्थापन राष्टबैंकले लिएर निक्षेपकर्ताहरुलाई आश्वस्त तुल्याउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । बैंकमा अनियमितिता गर्ने पदाधिकारीलाई राष्टबैंकको नियमानुसार आवश्यक कारबाही गरी बैंकलाई संरक्षण गर्दै भुतपूर्व गोर्खाली समुदायलाई स्वदेशमा लगानी गर्न प्रोत्साहीत गर्नुपर्ने माग उनीहरुले गरेका छन् ।

स्थापनाको छोटो अवधिमा नै गोर्खा बैंकले सफलता हासिल गर्दै गएको गोर्खा बैंकले गत आर्थिक वर्ष ७ करोड रुपैया मुनाफा गरेको थियो । बैंकको कर्जा प्रवहा सम्बन्धी एक घटनामा विवाद सार्वजानिक भएपछि बैंक व्यवस्थापनमा विवाद चुलिएको हो. ।

यसैगरी बैंक संचालक समितिले पनि व्यवस्जथापन जिम्मा लिन राष्टबैंकलाई आग्रह गरेको छ । बैंकले तत्काल सर्वसाधारण निक्षेपकर्ताहरुलाई आश्वस्त पार्न नसकिने भएकोले व्यवस्थापन जिल्मा लिन आग्रह गरेको हो । बैंकका अध्यक्ष डिबी बम्जनले आज अर्थमन्त्री भरतमोहन अधिकारी र राष्टबैंकका गभर्नरलाई छुट्छुट्टै पत्र लेखेर यस्तो आग्रह गर्नुभएको हो । बैंकको संचालक समितिको आज बसेको बैंठकले बैंकको संचालक समिति चयनको लागि यही चैत २८ गते विषृेश साधारण सभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

संसदको विशेष समयमा सभासदका सस्ता कुराः

एकीकृत नेकपा माओवादीले आगामी जेठ १४ मा संविधान बन्ने आशा बढ्दै गएको भएपनि नेपाली कागे्रसले सेना समायोजनमा बखेडा झिकेको आरोप लगाएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा माओवादी सचिव सीपी गजुरेलले शान्ति र संविधान एउटा व्यक्तीको दुइटा खुट्टा जस्तै भएकोले संगसंगै पूरा हुनुपर्ने बताउनुभएको हो । उहाँले माओवादी शान्ति र संविधान प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन चाहेपनि कागे्रसले गरेको प्रस्ताव अनुसार समायोजन गर्न नसकिने स्पष्ट गर्नुभयो । जनसेनाका लडाकूका शिविर विशेष समिति मातहत आएपनि कागे्रसको अनुचित अडानका कारण समायोजन प्रक्रिर्या सहज ढंगले अघि बढन नसकेको बताउनुभयो । आवाज
नेपाली कागे्रसका डा रामशरण महतले पूरक बजेट ल्याउनुपर्ने औचित्य नभएको दावीगर्दै विना तयारी पूरक बजेट ल्याउनभन्दा पूर्ण बजेटको तयारीगर्न सरकारसंग माग गर्नुभयो । मुलुक चरम आर्थीक संकटमा फस्दै गएको अबस्थामा संकट समाधानकालागि बहस गर्नुको सट्टा छापामार शैलीमा बजेट ल्याउने काम नगर्न महतले सुझाव दिनुभयो ।

नेकपा एमालेका रामनाथ ढकालले संविधान जारी गर्ने सयम दुइ महिना वाकी रहदा समेत दलहरु आरोप÷प्रत्यारोपमा लागेकोले संविधान बन्ने संभावना कमजोर बन्दै गएको बताउनुभयो । प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमति खारेज गर्नुपर्ने कागे्रस अडान र कमोको चिन्ह समेत परिवर्तन गर्न नमिल्ने माओवादी अडान सहमतिको बाधक भएको आरोप लगाउनुभयो । उहाँले मुलुक लामो समय गृहमन्त्री विहिन हुदा सार्वजानिक सबारीका साधनमा बम बिस्फोटका घटना भएको भन्दै तत्काल गृहमन्त्री नियक्ति गर्न माग गर्नुभयो ।

राष्ट्रपती भेट संविधानविपरीत—नेताहरु

काठमाडौँ, १३ चैत । सत्तारुढ दुइ दल एमाले र माओावदीले राष्ट्रपति रामवरण यादवले जारी राख्नु भएको राजनैतिक भेटवार्ताको विरोध गरेका छन् । उनीहरुले राष्ट्रपतिको भेटवार्ता संवैधानिक नभएको बताएका हुन् ।

राजधानीमा आज आयोजित साक्षात्कारमा एकीकृत नेकपा (माओवादी)का सचिव सिपी गजुरेलले राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्रीलाई जानकारी नदिई विभिन्न दलका नेतासँग भेटघाट गर्नु संविधान विपरित भएको बताउनुभयो । गजुरेलले शान्तिप्रक्रिया र संविधान लेखनको काम सँगसँगै लैजानुपर्ने अवस्थामा राष्ट्रपतीले अनावश्यक रुपमा हस्तक्षेप गरेको बताउनुभयो । संविधान लेखनको कार्यभन्दा अगाडि नै लडाकू समायोजन र पुनःस्थापनको कार्य गर्नुपर्नै भन्ने राष्ट्रपतिको प्रतिकृया बृहत् शान्ति सम्झौताविपरीत भएको उहाँको आरोप थियो । 

यस्तै एमाले प्रमुख सचेतक भीम आचार्यले पनि संवैधानिक सीमा नाघेर सरकारलाई जानकारी नदिइकन राजनीतिक दलको नेताहरूसँग परामर्श गर्नु संवैधानिक नभएको बताउनुभयो । शान्तिप्रक्रिया र संविधान लेखनको राष्ट्रको मुख्य अविभारा पूरा गर्नका लागि नेपाली काँगे्रसलगायत सरकारबाहिर रहेका दलहरूसमेत सरकारमा सहभागी हुनुपर्ने आग्रह गर्दै उहाँले सातबुँदे सहमति परिमार्जन गर्न सकिने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता डा.नारायण खड्काले भने राष्ट्रपतिले राजनीतिक दलका नेतासँग शान्तिप्रक्रिया र संविधान लेखनको प्रगति विवरण सोध्नु सामान्य कुरा भएको टिप्पणी गर्नुभयो । अँध्यारो कोठामा बसेर गरेको सातबुँदे सहमतिको वामपन्थी धुव्रीकरण फितलो भएको दाबी गर्दै उहाँले यो आफँै फुटेर जाने दावी गर्नुभयो ।

क्यान्सर अस्पतालको समस्या समाधान उन्मुखः सरकार

काठमाण्डौं, चैत्र १३ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चितवनको भरतपूर स्थित क्यान्सर अस्पतालमा देखिएको समस्यका केहि दिनमै हल हुने बताउनु भएको छ । व्यबस्थापिका संसद बैठकमा सभामुखसंग समय लिएर स्वास्थ्य मन्त्रालयको् समेत जिम्मेवारी सम्हालेका महराले सरकारले अस्पताल संचालक समितिको बोर्डको अध्यक्ष परिवर्तन गरेकोले छिट्टै संचालक समितिको बैठक बसेर समस्या समाधान गर्ने बताउनु भएको हो । यसअघि क्यान्सर अस्पतालमा लक्ष्मीनारायण सिंहलाइ नियुक्त गरिएपछि माओवादी भातृ संगठन वाइसिएलले अस्पतालमा हस्तक्षेप गरेको भन्दै कागे्रसले संसदमा पटक पटक कुरा उठाएपछि यसवारे जानकारी गराउन सभामुखले संसदको अघिल्लो बैठकमा रुलिङ्ग गर्नुभएको थियो । यसअघिका बोर्ड अध्यक्ष विदेश गएकोमा फर्कीने लक्षण नदेखिएपछि सरकारले बोर्डमा नया नियुत्ति गरिएको महराले बताउनुभयो ।
राज्यपुर्नसंरचना सम्बन्धी छलफल लम्विने संकेतः

राज्य पुर्नसंचरना सम्बन्धमा प्रमुख दलहरुका बीचमा विवाद भएपछि संवैधानिक समितिमा राज्यपुर्नसंरचना समितिको प्रारम्भिक मस्यौदामाथिको छलफल लम्बिने भएको छ । समितिको मस्यौदामा सहमति जुटाएर आज बसेको बैठकमा समेत दलहरुले पूर्वबत अडान कायम राखेपछि छलफल लम्बिने भएको हो । समिति सभापति निलाम्बर आचार्यले राज्य पुर्नसंरचना संवेदनशील विषय भएकाले अझै केही दिन छलफलपछि मात्र निस्कर्षमा पुग्न सकिने जानकारी दिनुभयो ।

राज्य पुनर्संरचना र राज्य शक्तिको बाँडफाड समितिमा मात्र ७८ वटा विवादित विषय छन । प्रमुख दलहरुका बीचमा प्रदेशको नामाकरण, आधार र अधिकारका विषयमा मतभेद रहेको छ ।  एकीकृत नेकपा माओवादी र मधेसवादी दलले संविधान लेखनको समय अत्यन्तै थोरै भएकाले राज्य पुनर्संरचना आयोग गठन गर्दा संविधान नबन्ने बताउँदै आएका छन भने नेपाली काँग्रेसले आयोग गठन हुनुपर्ने अडान राख्दै आएको छ ।

समितिले प्रस्तुत गरेको मस्यौदाकै आधारमा राज्य पुर्नसंरचना गर्ने कि राज्य पुर्नसंरचना आयोग बनाएर मस्यौदा परिमार्जन गर्नेै भन्ने विषयमा समेत सहमति जुटन नसकेको कागे्रस सभासद विमलेन्द्र नीधिले जानकारी दिनुभयो । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनःसंरचना आयोग गठनको सट्टा समितिको प्रतिवेदनलाई परिमार्जन गरेर प्रदेशसम्बन्धी मुद्दालाई छिनोफानो गर्नुपर्ने बताउनुभयो ।

भारतीय युवा सांसदटोलीद्वारा राष्ट्रपति र सभामुखसँग भेटः

नेपाल भ्रमणमा रहेको भारतीय संसदीट टोलीले राष्ट्रपति डा रामवरण यादव र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग र मओवादी अध्यक्षसंग छुट्टा÷छुट्टै भेटवार्ता गरेका छन । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा नेपालको शान्ति र संविधान निर्माण प्रक्रिर्याको प्रगतिवारे छलफल भएको थियो । भेटका अवसरमा राष्ट्रपति यादवले भारतको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्दै नेपालप्रति भारतको सदैव सद्भाव र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

संसदीय टोलीले आजै सभामुख सुवास नेम्बाङसँगपनि भेट गरेको छ । भेटका अवसरमा संविधान लेखन, शान्तिप्रक्रिया र दुई देशबीचको सम्बन्धबारेमा छलफल भएको थियो । भारतीय सांसदहरुले नेपालको संविधान निर्माण, शान्ति प्रक्रियालाई सकारात्मक निष्कर्षमा पु¥याउन भारतले जस्तोसुकै सहयोग गर्न तयार रहेको भनाइ राखेको सभामुखले जानकारी दिनुभयो । समाधान पहिल्याउन मद्दत पुग्ने विचार व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यस्तै मओवादी अध्यक्ष प्रचन्डसँगको भेटमा भारत र माओवादी बीचको सम्बन्ध तथा जारी शान्ति प्रक्रियाका सम्बन्धमा छलफल भएको बताईएइको छ ।

संसदीय टोलीमा भारतका विभिन्न पाँचवटा राजनीतिक दलका ६ जना सांसद सहभागि छन । टोलीमा जनता दलका कैलाशनारायण सिंह देव, सिक्किम डेमोक्रेटिक फ्रन्टका ओ.टी. लेप्चा, भारतीय राष्ट्रिय काँग्रेसका प्रदीप माझी, भारतीय जनता पार्टीका कमलेस पासवान र सञ्जय जयसवाल तथा समाजवादी पार्टीका निरज शेखर सहभागी हुनुहुन्छ ।

काँग्रेस सरकारमा आउँछ ः नेता केपी ओली

झापा (सुरुङ्गा),१३ चैत । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले नेपाली काँग्रेससँग चलिरहेको वर्ता सकारात्मक भएकाले वर्तमान सत्ता गठबन्धनमा सो पार्टी पनि सहभागी हुने निश्चित भएको दाबी गर्नुभएको छ ।

नेपाली काँगे्रससँग चलिरहेको वार्ता सकरात्मक छ, एमालेद्वारा गठित वार्ता टोलीका सदस्यसमेत रहेका ओलीले भन्नुभयो— “काँग्रेस सरकारमा सहभागी हुन्छ ।” आगलागिबाट ध्वस्त भएको गोलधाप स्थित भुटानी शरणार्थी शिविरको अवलोकनका लागि पुग्नुभएका ओलीले आज झापाको भद्रपुरस्थित भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काँगे्रस एउटा मुख्य सक्ति भएकाले त्यसलाई पाखा लगाएर शान्तिप्रक्रिया र संविधान निर्माणप्रक्रिया पूरा नहुने उल्लेख गर्नुभाये । गृहमन्त्रालयको विवादसम्बन्धी पत्रकारको जिज्ञासामा नेता ओलीले गृहमन्त्रालय एमालेले नै राख्ने बताउँदै पार्टीको निर्णयविपरीत प्रधानमन्त्री झलनाथ खनालले तलमाथि गर्न नपाउने बताउनुभयो ।

अन्तराष्ट्रिय समाचार

आणविक विकिरण पानीमा फैलीयो

जापानमा गत मार्च ११ मा आएको भुकम्प र त्यसलगत्तै आएको सुनामीका कारण क्षतिग्रस्त बनेको फुकुसिमा स्थीत आणविक रियाक्टरबाट अत्यधिक मात्रामा रेडियो विकिरण समुन्द्रमा फैलीएको जापनी अधिकारीहरुले जनाएका छन् । सुनामी पछि विष्फोट भएको दोश्रो रियाक्टरबाट साधारण अवस्थाबाट भन्दा एक लाख गुणा बढि विकिरण फैलीएको पुष्टि भएको हो । जापानी आणविक उर्जा एजेन्सीले १ हजार  ८ सय ५० चोटि भन्दा बढि मात्रामा पानीमा रेडियो विकिरण पाइएको जनाएको छ । अन्तराष्ट्रिय उर्जा एजेन्सीले रेडियो विकिरण को प्रभावका कारण महिनौँ सम्म संकट देखापर्न सक्ने चेतावनी दिएको छ ।

यो सँगै आणविक रियाक्टरलाइ चिस्याउन गरिएको प्रयासलाइ समेत स्थगित गरिएको तथा त्यहाँ रहेको कामदारहरुलाइ समेत बाहिर ल्याइएएको जापान सरकारले जनाएको छ ।

अन्र्तराष्ट्रिय प्रसङगमा नै फ्रान्सले लिबियाली सरकारका पाँच लडाकु बिमान र दुई हेलिकप्टर आफना सेनाले खसालेको  दावी गरेको छ । फ्रन्स सरकारका प्रबक्ताले उक्त कारबाही मिसा्रत शहरमा भई रहेको बताउनु भयो ।  गद्धाफिका सेनाले प्रयोग गरेका ती बिमान बिद्रोहीको अखडामा हमला गर्न जादै गएको थियो । लिबिया सरकारले भने  गठबन्धन सेनाले सैनिक र गैर सैनिक क्षेत्रमा हमला जारी राखेको आरोप लगाएको छ । त्यहा के कति हताहत भए भन्ने बारेमा पुष्टि हुन नसकेको जनाएको छ ।
उता लिबियाको पुर्व तर्फ  रहेको अजदाबिया शहर कब्जा लिएको बिद्रोही समहुले पश्चिममा रहेको ब्रेगा शहरलाई पनि आफ्नो नियन्त्रणमा लिन अगाडि बढेको छ ।

खेल समाचार

बुढासुब्बा गोल्डकपमा पुलिस र शेर्पाबिचको खेल स्थगित

१३ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लव बिचको सेमिफाइनल प्रबेशका लागि आज भएको खल बर्षाका कारण प्रभावित बनेको छ । खेल सकिनै लाग्दा एक्कासी ठुलो हावाहुरी तथा पानी परेपछि खेल अवरुद्ध भएको थियो । बर्षाका कारण खेल स्थगित हुनु अघि दुबै टोलीले २–२ गोल गरेका थिए । आज अवरुद्ध खेल भोली पुन खेलाइने आयोजकले जनाएको छ ।

बर्षाका खेल स्थगित हुनु अघि धरान रंगशालामा भएको खेलमा अग्रता भने नेपाल प्रहरीले लिएको थियो । उसका लागी मिडफिल्डर अनन्त थापाले खेलको सातौँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिएका थिए । त्यसलगत्तै हिमालनय शेर्पाका विदेशी खेलाडी ओरेक अलानले गोल गर्दै पुलिसको अग्रतालाइ राक्दै खेललाइ बराबरीमा ल्याएका थिए ।

त्यसपछि खेलको दोश्रो हाफमा पुन गोल गर्दै हिमालयन शेर्पाले अग्रता कामय गरेको थियो । उसका लागी विदेशी खेलाडी मुम्बाराले ६४ औँ मिनेटमा गोल गरेका थिए । यद्यपि हिमालनको अग्रतालाइ पुलिसका खेलाडीले ७१ औँ मिनेटका तोडेका थिए । पुलिसका लागी रमेश कटुवालले गोल गरेका थिए

विश्वकप क्रिकेट

दक्षिण अफ्रिकी क्याप्टेन बाई बाई स्मिथ

जारी विश्वकप क्रिकेट प्रतियोगिगताको नै उपाधी दावेदार मानिएको दक्षिण अफ्रिकी टोली नकआउट चरणबाटै बाहिरिएपछि उसका कप्तान ग्रेम स्मिथले कप्तान पदबाट राजिनामा दिएका छन् । नकआउट चरणमा तुलनात्मक रुपमा कमजोर मानिएको न्युजिल्यान्डसँग ४९ रनले पराजित भएपछि मजबुत मानिएको टोली दक्षिण अफ्रिका निराश हुदै घर फर्कन बाध्य भएको थियो । दक्षिण अफ्रिकी क्रिकेट ईतिहासका लागि एक उत्कृष्ट कप्तान मानिएका स्मिथले आफूले अझै पनि अफ्रिकी क्रिकेटलाई धेरै गर्न बाँकी रहेको बताएका छन् । आफू कप्तान नरहेपनि टोलीको विरासत सम्हाल्ने खेलाडीलाई सँधै सहयोग गर्नै स्मिथले जनाएका छन् ।

सन् २००३ मा बङगलादेशको राजधानी ढाकामा भएको भारत र बङगलादेश समेत सम्मिलत त्रिकोणात्मक एकदिवसीय क्रिकेटबाट कप्तानी सुरु गरेका स्मिथले आफ्नो ८ बर्षै लामो टिमको नेतृत्व पुन ढाकामा नै आएर टुङगाएका छन् । उनको कप्तानी अवधिभर दक्षिण अफ्रिकाले उत्कृष्ट क्रिकेट खेलेको थियो । उनको कप्तानीमा न्उुजिल्यान्ड र श्रीलङकासँग मात्रै उसले घर बाहिरको वान डे सिरिज गुमाएको थियो । उनको कप्तानीमा दक्षिण अफ्रिकाले पछ्याएको अष्टे«लियाले दिएको ४३८ रनको लक्ष्य विश्व क्रिकेट ईतिहासमा नै दुर्लभ जित मानिन्छ । सन् २००९ को च्याम्पियन्स ट्रफीमा ईङल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा स्मिथले हातको औला भाँचिदा—भाँचिदै पनि खेलेको १४१ रनको म्याराथन ईनिङलाई उनको वेस्ट ईनिङ मानिन्छ ।

स्मिथले राजिनामा दिएपनि दक्षिण अफ्रिंकी क्रिकेट बोर्डले नयाँ कप्तान नियुक्ति र स्मिथको राजिनामा बारे केही धारणा सार्वजनिक गरेको छैन । हाल दक्षिण अफ्रिकाका लागि २०—२० क्रिकेटका क्याप्टेन रहेका ईयान बोथालाई नै वान डे क्रिकेटको पनि जिम्मा दिने सम्भावना रहेको छ । यद्यपी एवि डे भिल्लियर्सलाई पनि नयाँ कप्तानको दावेदार मानिएको छ ।

No comments: