जेठ १४ मा संविधान बन्ने अबस्था कायमै ः प्रचण्ड र नेम्वाङ्ग
![]() |
UCPN - Maoist Chairman Pushpa Kamal Dahal 'Prachanda' |
काठमाडौँ, १२ चैत्र । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यपुनर्संरचना र लडाकु समायोजनको खाकामा सहमती भए आगामै जेठ १४ मै नयाँ संविधान जारी हुने वताउनुभएको छ । किर्तीपुरको मंगल उच्च माविको ४८औं वार्षिकोत्सवको अबसरमा आयोजित समारोहलाइ संवोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो संयोजकत्वमा रहेको संवैधानीक उपसमितिले संविधानका महत्वपुर्ण विषयमा सहमती जुटाएकोले संविधान निर्माणका लागि वातावरण सहज हुँदै गएको बताउनु भएको हो । माओवादी लडाकुको समायोजनको मोडालिटीमा सहमतीको प्रयत्न जारि रहेकोले शान्ति प्रकृयाका मुख्य विषयमा संविधान जारि गर्नु अगावै सहमती बन्ने प्रचण्डको विश्वास थियो ।
प्रमुख दलहरु समेत संविधान र शान्ति प्रकृयाका लागि गंभिर रहेकोले शान्ति र संविधान लागि निकास नजिक रहेको प्रचण्डले दोहो¥याउनुभयो । शान्ति र संविधानका लागि केहि चुनौती वाँकि रहेकोले दलहरुविच थप एकताको आवश्यकता रहेको प्रचण्डलेबताउनुभयो । जनयुद्ध र जनआन्दोलनका उपलव्धि संस्थागत हुने÷नहुने दोधारमा नेपाली जनता रहेकोले जनतालाई संविधान र संविधान प्रती आश्वस्त हुन आग्रह गर्नुभयो । जनताले चाहेको जस्तो परिवर्तनवाट आफ्नो हित ननेखेका देशी विदेशी तत्वहरुले शान्ति र संविधान विरुद्ध अनेकन षड्यन्त्र गरिरहेकोले त्यसप्रती सचेत रहनुपर्नेमा उहाँको जोड थियो ।
![]() |
Speaker of the Neplese House of parliment Suvash Nembang |
यसैबीच संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङ्गले आउँदो जेठ १४ गते संविधान जारी गर्न सम्भव रहेको बताउनु भएको छ ।
गृह जिल्ला इलाम पुग्नु भएका नेम्वाङ्गले संविधान निमार्णका आधारहरु बन्दै गएको भन्दै बाँकि रहेका दुइ महिनामा संविधान निमार्ण सम्भव रहेको बताउनु भएको हो ।
सभाध्यक्ष नेम्वाङ्गले संवैधानिक समिती अन्तरगतको विवाद समाधान उपसमितीले नयाँ संविधानमा रहका धेरै विवाद टुङ्गयाएको बताउँदै केहि बिषयमा मात्र विवाद रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो ः मलाइ विश्वास छ नमिलेका विषयहरुमा समेत दलहरु समझदारीमा आउनेछन् र संविधान समय मै बन्नेछ ।
नेम्वाङ्गले दलहरु बिच शान्ती र संविधान कुन अगाडी तथा राज्य पुर्नसंरचना आयोग गठनको विषयमा मात्र विवाद रहको बताउनुभयो ।
तराइका जिल्लामा सृङ्खलाबद्ध विस्फोट ः कतै मधेशवादी दलको हात त हैन
बाँके, १२ चैत्र । मुलुक लामो समयसम्म गृहमन्त्री विहिन हुदाँ तराइका जिल्लामा शान्ति सुरक्षाको स्थीतमा पुन खस्किएको छ । सरकारले गत बर्षदेखी लागू गरेको विशेष सुरक्षा कार्यक्रम लागू गरेका कारण केहि शान्त देखिएको तराइका जिल्लामा पछिल्ला दिनमा नियमित जसो सार्वजानिक बसमा विस्फोटका घटना भएका छन् ।
यसैक्रममा बाँकेमा आज एक यात्रुबाहक बसमा बम बिस्फोट हुदा ६ यात्रु घाइते छन् । नेपालगञ्ज कोहलपुर सडकखण्डमा भएको बिस्फोटमा परी बम बोक्ने व्यक्तिसहित ६ जना घाइते भएका हुन् । बम कसले बिस्फोट गराएको भन्ने बारेमा अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ । यसअघि हिजो रौतहटमा पनि यात्रुबाहक बसमा बम बिस्फोट हुदा एक दर्जन घाइते भएका थिए ।
यसअघि मधेशवादी दलहरुले तराइमा सशस्त्र आन्दोलनरत समूहसंग नयाँ दिल्लीमा भेटवार्ता गरेको समाचार आइरहेको समयमा तराइमा हिंसात्मक घटनामा बृद्धि भएको हो । मधेशवादी दलहरुले नेपालमा अशान्ति मच्चाइ रहेका समूहसंग भारतमा भेटवार्ता गरेको भन्दै सभासदहरुले समेत आपत्ति जनाएका थिए । पछिल्ला घटना लगत्तै प्रहरीले तराइका जिल्लामा सुरक्षा सतर्कता बढाएको सुरक्षा स्रोतले जनाएको छ । गत साता एक संसदीय समितिमा सभासदहरुले मुलुकमा गृहमन्त्री नहुदा अपराधका घटना बढेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
शान्ति स्थापना र संविधान लेखनपछि देश नयाँ युगमा प्रवेश गर्नेछ– प्रम खनाल
काठमाडौँं, १२ चैत । प्रधानमन्त्री झलनाथ खनालले शान्तिप्रक्रिया र संविधान लेखन कार्य सम्पन्न गरेपछि देश विकास निर्माण, परिवर्तन र रुपान्तरणको नयाँ युगमा प्रवेश गर्ने बताउनुभएको छ । काठमाडौँको स्वयम्भुस्थित ठूलोेभ¥याङमा बन्न लागेको मनमोहन मेमोरियल शिक्षण अस्पतालको नयाँ भवनको आज यहाँ शिलान्यास गर्ने क्रममा उहाँले भन्नुभयो–‘हामी सिङ्गो राष्ट्रलाई समृद्ध राष्ट्रमा रुपान्तरण गर्ने अभियानको अन्तिमचरणमा आइपुगेका छौँ ।
राजकीय, सहकारी र निजी क्षेत्र गरी तीन प्रकारका आर्थिक खम्बालाई बलियो बनाएर मात्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सकिने विचार राख्दै प्रधानमन्त्री खनालले सहकारीको खम्बा अझै कमजोर रहेकाले यसलाई राष्ट्रव्यापीरुपमा विस्तारित गरी बलियो बनाउनुपर्नै धारणा राख्नुभयो ।
सहकारीका अध्यक्ष राजेन्द्र पाण्डेले एक अर्ब पाँच करोड २८ लाख ८९ हजार ५३ रुपैयाँको लागतमा तीन लाख ३९ हजार वर्गफिट क्षेत्रफल ओगट्ने नौ सय शैयाको अस्पताल निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले एक वर्षभित्र ३०० शैया सञ्चालनमा आउने र साढे दुई वर्षभित्र ९०० शैया तयार हुने प्रस्ट पार्नुभयो ।
माओवादीले शान्तिप्रक्रियालाई प्राथमिकता दिएन – सभापति कोइराला
काठमाडौ, १२ चैत । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले माओवादीले शान्तिप्रक्रियालाई प्राथमिकता नदिएको आरोप लगाउनुभएको छ । विगत चार वर्षदेखिको अभ्यासले पनि शान्तिप्रक्रिया अझै नटुङ्गिएको बताउँदै सभापति कोइरालाले शान्ति प्रक्रियालाई अघि बढाउन आग्रह गर्दा माओवादीले अझै पनि आफूहरुलाई असुरक्षा भएको जवाफ दिने गरेको बताउनुभयो ।
नागार्जुन साहित्य प्रतिष्ठानद्वारा आज राजधानीमा आयोजित रोजन राई र उषा गजमेरबीचको सामाजिक प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै सभापति कोइरालाले सरकारमा माओवादी नै रहेको, सरकारी सुरक्षा, प्रशासन तथा लडाकु समेत रहेकाले ऊ जहिल्यै सुरक्षित रहेको बताउनुभयो । “बरु हामी असुरक्षित देखियौं तर पनि माओवादीले सुरक्षाको कारण शान्तिप्रक्रियालाई प्राथमिकतामा राखेको देखिएन,” सभापति कोइरालाले भन्नुभयो ।
नागार्जुन साहित्य प्रतिष्ठानद्वारा आज राजधानीमा आयोजित रोजन राई र उषा गजमेरबीचको सामाजिक प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै सभापति कोइरालाले सरकारमा माओवादी नै रहेको, सरकारी सुरक्षा, प्रशासन तथा लडाकु समेत रहेकाले ऊ जहिल्यै सुरक्षित रहेको बताउनुभयो । “बरु हामी असुरक्षित देखियौं तर पनि माओवादीले सुरक्षाको कारण शान्तिप्रक्रियालाई प्राथमिकतामा राखेको देखिएन,” सभापति कोइरालाले भन्नुभयो ।
हतियारले कुनै पनि समस्याको समाधान नहुने र शान्तिप्रक्रियालाई टुङ्ग्याएर संविधान लेखनको काम अघि बढाउनुपर्ने बताउँदै सभापति कोइरालाले नेता गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको शान्तिप्रक्रिया, सहमति, एकता र सहकार्यका आधारमै काँग्रेस अघि बढ्ने बताउनुभयो । सभापति कोइरालाले शान्तिप्रक्रिया टुङ्गोमा पु¥याएर संविधान लेखनको काम पूरा गरी चुनावमा जानुपर्ने धारणा राख्दै एकता, सहमति, सहकार्यको विकल्प नभएकोमा जोड दिनुभयो ।
शान्ति, संविधान, सरकार बारे ः एमाले नेताहरु
धादिङ, १२ चैत्र । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले संविधान सभाको म्याद थप्नुपर्नै कुरा हास्ँयास्पद भएको बताउनुभएको छ । संविधान सभााको समय रहुन्जेल काम नगर्नै र जीवन भरी भत्ता खााने उदेश्यले माओवादीले म्याद थपको कुरा ल्याएको ओलीको आरोप छ । धादिङको धादिङबेसीमा आयोजित पत्रकार भेटघाटमा नेता ओलीले काम गर्दा गर्दै नभयाएको अवस्थामा मात्र म्याद थप सान्र्दभिक भए पनि तोकिएको समयमा काम नगर्नै र म्याद थप कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । माओवादी अभ्यक्ष प्रचन्डले संविधान सभाको मयाद थपका सम्बन्धमा हिजो राष्ट्रपती डा.रामबरण यादवसँग छलफल गर्नुभएको थियो । माओवादी प्रति निकै आक्रामक बनेका ओलीले माओवादीले लडाकुहरुलाई झुटा सपना बाँडेको तथा भत्ता समेत पार्टीले दुरुपयोग गरेको आरोप लगाउनुभयो ।
यसैबीच एमालेकै स्थाई समिती सदस्य प्रदिप ज्ञवालीले का“गे्रस सरकारमा आउन सहमत भए सरकारको नेतृत्वको बारेमा समेत बिचार गर्न सकिने बताउनुभएको छ । प्रेस चौतारी मकवानपुरले आज बिहान हेटौ“डामा गरेको पत्रकार भेटघाट कार्यक्रममाा नेता ज्ञवालीले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन र संविधान निर्माणका लागि एमालेले हदैसम्म लचक रहेको स्पष्ट पार्नुभयो ।
का“ग्रेससंग सरकारमा सहभागिताको विषयमा छलफल जारी रहेको भन्दै नेता ज्ञवालीले एमाले र माओवादीबिच भएको ७ बु“दे सहमतिलाई परिमार्जन गरि तीनदलबिच १४ बु“दे सहमति गर्न सकिने बताउनुभयो । शान्ति प्रक्रियाले पुर्णता प्राप्त नगरेसम्म संविधान निर्माण हुन नसक्ने उहा“को भनाई थियो ।
बसमा पनि बम बिस्फोट
नवलपरासी, १२ चैत्र । नवलपरासीको रामग्राममा आज एक यात्रुबहाक बस दुर्घटना हुदा ३ दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा अधिकांश भारतीय नागरिक रहेको बताइएको छ । घाइतेमध्ये सात जनाको भैरहवा मेडिकल कलेज, भैरहवामा र बाँकीको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रपतिको दलहरु सँग भेटघाट जारी
काठमाडौँ, १२ चैत्र । राष्ट्रपति डा रामवरण यादवले शान्ति प्रक्रिया र संविधान निमार्णमा भइरहेको प्रगतिबारे विभिन्न दलसँगको गर्दैै आउनु भएको छलफललाइ आज पनि तिव्रता प्रदान गर्नु भएको छ । सोहि क्रममा राष्ट्रपति यादवले आज मधेशवादी तथा साना दलका नेताहरु सँग भेटवार्ता गर्नु भएको छ । यादवले बिहान ११ बजे मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, दिउसोँ ३ बजे तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादव, चुरे भावर एकता पार्टिका अध्यक्ष केशव मैनाली, समाजवादी प्रजातान्त्रीक दलका नेता प्रेम बहादुर सिंह लगायतसँग समेत भेट गर्नु भएको छ ।
भेटपछि फोरम अध्यक्ष यादवले राष्ट्रपतिले संविधान निमार्णमा भइरहको ढिलाइबारे चासो ब्यक्त गर्नु भएको जानकारी दिनुभयो । राष्ट्रपति यादवले आजै नेपाली काँग्रेसका सभापति शुशिल कोइरालासँग समेत भेटगर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग अमेरिका प्रस्थान
![]() |
US ambassdor to Nepal Scott H Delisi leave NA Chief Gurung to Airpirt |
काठमाडौँ, १२ चैत्र । प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ग दुइ हप्ता लामो अमेरिका भम्रणका लागी आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । भम्रणका दौरान गुरुङ्गले अमेरिक समकक्षि जर्ज डब्लु क्यासीसँग समेत भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । त्यसैगरी गुरुङ्गले भम्रणका दौरान आफुले कमाण्ड एण्ड जनरल स्टाफ कोर्स गर्नु भएको केन्सास राज्य स्थीत कलेजको एक कार्यक्रममा समेत सरिक हुनु हुनेछ । अमेरिकामा रहँदा गुरुङ्गले पेन्टागन स्थीत अमेरिकी सेनाका दक्षिण एसिया मामिला हेर्ने अधिकारी रोर्बोट सेचर तथा दक्षिण पूर्व मामिला हेर्ने डेरेक मिचेलसँग भेट गर्ने कार्यक्रम रहेका नेपाली सेनाले जनाएको छ ।
गुरुङ्गले मानव अधिकार हननको घटनामा दोषिलाइ नेपाली सेनाले कारवाहि नगरेको सम्बन्धमा अमेरिकामा रहँदा राष्ट्रसंघको अधिकारीहरु छलपल गनुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उहाँको अनुपस्थतिमा तोरण जंग बहादुर राणालाइ कायम मुकायम प्रधानसेनापतिको कार्यभार सुम्पिएको छ ।
असहमति कायमै रहे १० वर्षमा पनि संविधान बन्दैन–मन्त्री रायमाझी
तनहुँ, १२ चैत । भौतिक योजना तथा निर्माणमन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दलहरुबीच अहिलेको जस्तै असहमति र विवाद कायमै रहे आगामी १० वर्षसम्म पनि संविधान नबन्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घ तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले शान्ति र संविधानमा अवरोध खडा हुनुमा राजनीतिक दलहरु नै मुख्य जिम्मेवार रहेका बताउनुभयो । दलहरुबिचको असहमती र बिश्वासको कमीका कारण सरकारले पुर्णता नपाएको मन्त्रि रायमाझीको भनाई थियो । जेठ १४ अगावै संविधानसभाको म्याद थप गर्नुपर्छ भन्नु उपयुक्त नभएको भन्दै दलहरुबीच रहेको अविश्वासको वातावरण हटाउनुपर्नेमा जोड दिनुभयो । माओवादी लडाकु समायोजन र संविधान निर्माणकार्य सँगसँगै अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
विजेक्छुका उपद्रो कुरा
भक्तपुर, १२ चैत्र । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान विजुक्छेले वर्तमान सरकार शान्ती प्रक्रिया र संविधान निमार्ण प्रति उदासिन रहेको आरोप लगाउनु भएको छ । पार्टि निकट भातृ संघ नेपाल क्रान्तीकारी मजदुर संघको सम्मलेनमा बोल्दै बिजुक्छुले शान्ती प्रक्रिया र संविधान निमार्णलाइ टुङ्गोमा पु¥याउँदा दलहरुले सत्तामा बसेर जनता चुस्न नपाउने भएकाले यसलाइ टुङ्गाउन नचाहेको बतानुभयो । बिजुक्छेले एमाले माओवादी सत्ता गठबन्धन कम्युनिष्ट नभएको आरोप समेत लगाउनुभयो । उहाँले भन्नुयभो ः यदि यो सरकार जनताको सरकार भइदिएको भए पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्ने थिएन, लोडसेडिङ्गबाट जनतलाइ राहत दिन्थ्यो । बिजुक्छेले राष्ट्रपति रामवरण यादवलाइ जनतामाझ गएर सक्रिय हुन आग्रह समेत गर्नुभयो ।
अन्तराष्ट्रिय समाचार
लिबियाली प्रर्दशनकारीद्धारा अज्दाबिया पुन नियन्त्रणमा
लिबियाली प्रर्दशनकारीहले शाशक मुहम्मर गद्याफी नियन्त्रणमा रहको अज्दाविया शहर पुन नियन्त्रणमा लिएका छन् । पश्चिमा राष्ट्रहरुको १० औँ दिनसम्मको हवाइ हमलाबाट क्षत विक्षत बनेको गद्याफी समर्थीत सैनिकहरुल पछि हटेपछी प्रर्दशनकारले अज्दाविया कब्जामा लिएका हुन् । यसअघि गत हप्ता गद्याफी समर्थक सैनिकले उक्त शहर नियन्त्रणमा लिएका थिए । अज्दाविया लिबियाको तेल उत्खनन् केन्द्रको रुपमा रहेको छ ।
अज्दावियामा बेलायती सैनिकको आर एफ ए टोरनाडो लडाकु विमानले फायरिङ गरेपछि सैनिकहरु पछि हटको विविसीले जनाएको छ । लिबियामा संयुक्त राष्ट्रसंघले घोषणा गरेको उडान निषेधित क्षेत्र घोषणा गरेपछि पश्चिमा राष्ट्रहरुले हवाइ हमलालाइ निरन्तरता दिदैँ आएका छन् ।
यसैबिच राजनितीक सुधारको माग गर्दै सिरिया, यमन , जोर्डन र बहरायन लगायतका अरब देशमा ब्यापक बिरोध प्रर्दशन भई रहेको छ । यमनको राजधानी सानामा सरकारको समर्थन र बिरोधमा हजारौ जनता सडकमा उत्रिएका छन ।
उता सीरियाको शहर डेरामा भएको ¥यालीमा हतियारधारी ब्यक्तीको गोलि प्रहार बाट कम्तीम २० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । पुर्व राष्टपति हफिज अल असदको पुत्ला दहन गर्नै कार्य भई रहेको बेला अचानक आक्रमण भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । यसअघि एक हप्ता अघि पनि सानामा सोहि प्रकारको आक्रमण हुदाँ ५० जनाको मृत्यु भएको थियो ।
यस्तै जोर्डनमा राजनितीक सुधारको माग गर्दै भएको प्रर्दशनमा झडप हुँदा एक ब्यक्तीको मृत्यु भएको छ ।
उता जापानमा भुकम्प पछि आएको सुनामी बाट क्षतिग्रस्त भएको फुकुसिमा स्थित न्युक्लियर प्लान्ट बाट एक साता अघिको भन्दा ८ गुणा रेडियो बिकिरण चुहावट भएको छ । यद्यपी अधिकारीहरुले आठ दिन भई सकेकोले त्यसको असर बढि नहुने बताएका छन ।
रेडियो बिकिरणका कारण त्यस वरपरका पानी प्रदुषित भएको छ । पानीका कारण दुई जना कामदार बिरामी परेको र उनीहरुको उपचार भई रहेको समाचारमा जनाइएको छ । प्लान्ट अपरेटरका अनुसार उक्त रियाक्टर क्षतिग्रस्त हुन सक्नेछ ।
मार्च ११ मा भुकम्प पछि आएको सुनामी बाट अहिले सम्म पर्नेको सख्या १० हजार पुगेको र १७ हजार ४ सय ४० जना अझै हराई रहेको त्यहाको सरकारी तथ्याङक रहेको छ ।
खेल समाचार
विश्वकप क्रिकेट ः श्रीलङ्काद्धारा फाइनल प्रवेशका लागी न्यूजिल्याण्डसँगको भेट पक्का
![]() |
Neplese Vow to Sri Lanka as they win |
विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत केहिबेर अघि सम्पन्न क्वाटरफाइनल खेलमा जित हात पार्दै श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकाको राजधानी कोलम्बो स्थित प्रेमदासा स्टेडियममा भएको खेलमा श्रीलङ्काले इग्ल्याण्डलाइ १० विकेटले फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । जित सँगै श्रीलङ्काले फाइनल प्रवेशका लागी न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ ।
इग्ल्याण्डद्धारा प्रस्तुत २३० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले उक्त लक्ष्य ३९ओभर ३ बलमा विना कुनै विकेट भेट्टाएको थियो । इग्ल्याण्डको कमजोर ब्याटिङको फाइदा उठाएको श्रीलङ्काका लागी ओपनरद्धय उपुल थुरुङ्गा तथा तिलकरत्ने दिलसानले शतकिय पारि खेलेका थिए । १०८ रनको शतकिय पारि खेलका दिलसानले १० चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै १०२ रनको योगदान गरेका उपुल थुरुङ्गाले पनि १२ चाँैका र १ छक्का हिर्काएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इग्ल्याण्डले सामान्य प्रदर्शन गर्दै पुरै ५० ओभरमा ६ विकेट गुमाएर २२९ रन जोडेको थियो । खासै खुलेर ब्याटिङ गर्न नसकेको ईङल्यान्डका लागि जोनाथन ट्रटले मुरलीधरनको बलमा जयाबद्धनेद्धारा क्याचआउट हुनु अघि सर्वाधिक ८६ रनको पारी खेलेका थिए । ११५ बलको सामाना गरेका ट्रटले मात्र २ चौका प्रहार गरेका थिए । यस्तै उसका लागि ईयान मोगर्न पनि ४ चौकाको मदतले ५० अर्धशतकीय रनको योगदान गर्नु बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । इग्ल्याण्डका एन्डु स्ट्राउसले ५, इयान बेलले २५, तथा रवि बोपारा ३१ रन बनाएर आउट भएका थिए । श्रीलङ्काका मुथैया मुरलिधनले २ तथा लासिथ मालिङ्गा, तिलकरत्ने दिलसान, एङ्गेलो म्याथु,अजन्था मेन्दीसले १–१ विकेट लिएका थिए ।
बुढासुव्वा गोल्डकपमा थ्रीस्टार विजयी
सुनसरी, १२ चैत्र । धरानमा जारी १३ औ अन्र्तराष्ट्रिय आमन्त्रण वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा जित हात पार्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा थ्रीस्टारले मोरङ फुटवल संघलाइ १–० गोलअन्तरले पराजित गरेको हो ।
विजयी थ्रीस्टारका लागी एक मात्र गोल खेलको ३२ औ मिनेटमा बिष्णु गुरुङले गरेका थिए । प्रतियोगिता अन्तरतग भोली दोश्रो क्वाटर फाइलन खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब बिच प्रतिष्पर्धा हुनेछ ।
No comments:
Post a Comment