पत्रकार आक्रमणमा संलग्नमाथी छानविन गर्न एमाले तयार, बस्नेतलाइ संरक्षण दिएका छैनौ
काठमाण्डौ, असार ३ । नेकपा एमालेले पत्रकार खिलनाथ ढकालमाथी आक्रमणमा संलग्नताको आरोप लागेका युथफोसका मोरङका अध्यक्ष पशुर्राम बस्नेत लगायतका कार्यकर्ता बारे अनुसन्धान गर्न सहयोग गर्ने बताएको छ । यद्यपी एमालले व्यक्ती विशेषले गरेको अपराध कर्मलाइ लिएर सिङ्गो पार्टी पंक्तिमाथी विभिन्न किसीमले आरोप लगाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले प्रचार बिभागको आज बसेको बैठकले राज्यले आबस्यक ठाने जो सुकै व्यक्तीमाथी छानविन गर्नसक्ने समेत ठहर गरेको छ ।
बैठकका निर्णयवारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रेस स्वतन्त्रताप्रति आफ्नो पार्टीको प्रतिबद्धतामा आशंका नगर्न आग्रहगर्दै पत्रकार आक्रमणमा संलग्न जोसुकैलाइ कार्वाही गरिने बताउनुभयो । ज्ञवालीले आफुहरुले पशुराम बस्नेतलाइ राजनैतिक संरक्षण नदिएको समेत बताउनुभयो । ‘प्रेसमाथिको आक्रमणलाई लोकतन्त्रमाथिकै आक्रमणको रूपमा लिदै यस प्रकृतिका सबै घटनाका विरुद्ध दृढतापूर्वक उँभिन सम्बन्धित सबैलाई अपिल गर्दछौं–ज्ञवालीले भन्नुभयो । ‘पछिल्ला दिनमा यस घटनाक्रमसँग जोडेर पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठाउँदै सिङ्गो पार्टी र यसका नेताहरूलाई लाञ्छना लगाउँदै सम्प्रेषित समाचार, सम्पादकीय र टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ–एमाले विज्ञप्तीमा भनिएको छ ।’
राज्यले खोजेको बेला सम्बन्धित निकायमा उपस्थित हुनु, उसले चाहेको जानकारी उपलव्ध गराउनु र अनुसन्धानमा सघाउ पु¥याउनु हरेक नागरिकको अनिवार्य कत्र्तव्य हो, एमालेद्वारा जारी विज्ञप्तीमा भनिएको छ– उक्त घटनामा आरोपितहरूलाई घटनाको अनुसन्धानमा सघाउ पु¥याउन र घटनामा आफू सङ्लग्नता नभए निर्दोषिता प्रमाणित गर्न ध्यानाकर्षण गराउँछौैं ।’ एमालेले युवा सङ्घ, नेपालका अध्यक्ष महेश बस्नेतलाई इटहरीमा दुव्र्यवहार गर्दै गरिएको गिरफ्तारी, सप्तकोशी एफ.एम.माथि भएको हस्तक्षेप तथा खानतलासी र शङ्करदेव क्याम्पस लगायत विभिन्न ठाउँमा भएको प्रहरी ज्यादतिको निन्दा र भ्रत्र्सना गरेको छ ।
राष्ट्रपतिद्वारा बजेट, शान्ति र संविधानमा सहमति निमार्ण गर्न शीर्ष नेताहरुलाइ आग्रह
काठमाण्डौ, असार ३ । नेकपा एमालेले पत्रकार खिलनाथ ढकालमाथी आक्रमणमा संलग्नताको आरोप लागेका युथफोसका मोरङका अध्यक्ष पशुर्राम बस्नेत लगायतका कार्यकर्ता बारे अनुसन्धान गर्न सहयोग गर्ने बताएको छ । यद्यपी एमालले व्यक्ती विशेषले गरेको अपराध कर्मलाइ लिएर सिङ्गो पार्टी पंक्तिमाथी विभिन्न किसीमले आरोप लगाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले प्रचार बिभागको आज बसेको बैठकले राज्यले आबस्यक ठाने जो सुकै व्यक्तीमाथी छानविन गर्नसक्ने समेत ठहर गरेको छ ।
बैठकका निर्णयवारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रेस स्वतन्त्रताप्रति आफ्नो पार्टीको प्रतिबद्धतामा आशंका नगर्न आग्रहगर्दै पत्रकार आक्रमणमा संलग्न जोसुकैलाइ कार्वाही गरिने बताउनुभयो । ज्ञवालीले आफुहरुले पशुराम बस्नेतलाइ राजनैतिक संरक्षण नदिएको समेत बताउनुभयो । ‘प्रेसमाथिको आक्रमणलाई लोकतन्त्रमाथिकै आक्रमणको रूपमा लिदै यस प्रकृतिका सबै घटनाका विरुद्ध दृढतापूर्वक उँभिन सम्बन्धित सबैलाई अपिल गर्दछौं–ज्ञवालीले भन्नुभयो । ‘पछिल्ला दिनमा यस घटनाक्रमसँग जोडेर पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धतामाथि प्रश्न उठाउँदै सिङ्गो पार्टी र यसका नेताहरूलाई लाञ्छना लगाउँदै सम्प्रेषित समाचार, सम्पादकीय र टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ–एमाले विज्ञप्तीमा भनिएको छ ।’
राज्यले खोजेको बेला सम्बन्धित निकायमा उपस्थित हुनु, उसले चाहेको जानकारी उपलव्ध गराउनु र अनुसन्धानमा सघाउ पु¥याउनु हरेक नागरिकको अनिवार्य कत्र्तव्य हो, एमालेद्वारा जारी विज्ञप्तीमा भनिएको छ– उक्त घटनामा आरोपितहरूलाई घटनाको अनुसन्धानमा सघाउ पु¥याउन र घटनामा आफू सङ्लग्नता नभए निर्दोषिता प्रमाणित गर्न ध्यानाकर्षण गराउँछौैं ।’ एमालेले युवा सङ्घ, नेपालका अध्यक्ष महेश बस्नेतलाई इटहरीमा दुव्र्यवहार गर्दै गरिएको गिरफ्तारी, सप्तकोशी एफ.एम.माथि भएको हस्तक्षेप तथा खानतलासी र शङ्करदेव क्याम्पस लगायत विभिन्न ठाउँमा भएको प्रहरी ज्यादतिको निन्दा र भ्रत्र्सना गरेको छ ।
राष्ट्रपतिद्वारा बजेट, शान्ति र संविधानमा सहमति निमार्ण गर्न शीर्ष नेताहरुलाइ आग्रह
![]() |
President Yadav along with PM Khanal, Prachanda & Koirala |
काठमाण्डौ, असार ३ । शान्ति प्रक्रिर्याको पूर्णता, संविधान निर्माण र बजेटको बिषयलाइ लिएर राष्ट्रपति रामबरण यादवले आज प्रमुख तीनदलका शीर्ष नेताहरुसंग परामर्श गर्नुभएको छ । राष्टपति कार्यालय शितलनिवासमा साझ भएको भेटमा प्रमुख तीनदलका शीर्ष नेताहरुले थपिएको तीन महिनाको कार्यकालमा शान्ति प्रक्रिर्या निश्कर्षमा पु¥याइ संविधानको एकीकृत मस्यौदा तयार गर्ने बताएका थिए । राष्ट्रपतिले भने थपिएको तीन महिनाको कार्यकाल समेत खेर जाने संभावना बढेको भन्दै गम्भीर चासो राख्नु भएको स्रोतले बतायो । उहाँले संविधानसभाको म्याद थपका क्रममा भएको पाँचबुदे सहमति कार्यान्वयन नभएको भन्दै गम्भीर चासो जनाउनु भएको थियो ।
भेटमा प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस सभापति सुशील कोइराला तथा अर्थमन्त्री भरतमोहन अधिकारी सहभागि हुनुहुन्थ्यो । बैठकपछि प्रधानमन्त्री खनालले तीनदल मिलेर शान्ति, संविधान र बजेटमा सहमति गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको र त्यसमा आफूहरुको सहमति रहेको बताउनुभयो । उपप्रधानमन्त्री भरतमोहन अधिकारीले शान्ति, संविधान र बजेटको समस्या समाधान गर्न आग्रह गर्नुभएको बताउनुभयो । उहाँले समयमै बजेट नआउदा आउनसक्ने आर्थिक समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउनु भएको जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री खनालले राष्ट्रपति यादवसंग हिजोपनि भेटवार्ता गर्नुभएको थियो । जुनसकुै हालतमा असार भित्रै बजेट ल्याउने सत्तारुढ दलहरुको तयारी
काठमाण्डौँ, ०३ असार । प्रमुख सत्तारुढ दलहरु एकिकृत माओबादी, एमाले र मधेसी जनअधिकार फोरमबीच यहि असार भित्रै जुनसुकै हालतमा बजेट ल्याउने सहमति भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको छलफलमा तत्काल बजेट ल्याउने र सोका लागि अन्य प्रतिपक्षी दलहरु सँग छलफल अगाडी बढाउने सहमति भएको हो ।
बैठकमा वर्तमान सरकारलाई कसरी प्रभावकारी वनाउने बिषयमा छलफल भएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । भेटबार्तामा संबिधानसभाको म्याद थपका क्रममा भएको ५ बुंदे सहमतिको कार्यान्वयन, बिराटनगरका पत्रकार खिलानाथ ढकालमाथीको आक्रमणका मुख्य दोषी पर्शुराम वस्नेतलाई पक्राउ गर्ने, एमाले निकट युवा संघ नेपालका अध्यक्ष महेश वस्नेत पक्राउ प्रकरण, बस्नेत पक्राउ प्रकरणलाई लिएर राजधानीको शंकरदेव क्याम्पसमा भएको प्रर्दशनमा प्रहरी हस्तक्षेप, लगायतका समसामयिक राजनीतिक घटनाक्रमका बिषयमा छलफल भएको थियो । छलफलका लागी माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादव बिहान बालुवाटार पुग्नु भएको थियो ।
यता नेपाली कग्रेशका सभापति सुशील कोइराला र नेपालका लागी भारतीय राजदुत राजेश सुद बिच आज भेटबार्ता भएको छ । कोइराला निबास महाराजगजमा भएको भेटबार्तामा सेना समायोजन,शान्ति प्रक्रिया र सबिधान निमार्ण कार्यमा भई रहेको प्रगति लगायतका बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटमा पछिल्लो राजनितीक अबस्था र माओबादीका क्रियाकलापका बारेमा समेत छलफल भएको स्रोतले बताएको छ ।कोइरालालाई भेट गर्न राजदुत सदु बिहान महाराजगज पुग्नु भएको थियो ।
बजेट कसरी आउला त ? काँग्रेसद्धारा संसद अवरुद्ध पार्ने चेतावनी
काठमाण्डौँ, ०३ असार । नेपाली काग्रेसका नेता डा प्रकाशशरण महतले नेपाली काग्रेसलाई बाई पास गरेर सरकारले बजेट ल्याउने प्रयास गरे त्यो सफल हुन नसक्ने बताउनुभएको छ । काग्रेससहित अन्य विपक्षी दलहरुसँग छलफल नगरि बजेट ल्याइए संसद अवरुद्ध गरेर त्यसलाई असफल बनाई दिने महतले चेतावनी दिनुभयो ।
राजधानमिा आयोजित अन्र्तक्रियामा उहाँले भन्नुभयो–सबै सँग छलफल गरेर सहमतिमै असार भित्र बजेट ल्याउनुपर्छ । सत्तारुढ दलहरुले अहिले दलगत स्वार्थको आधारमा बजेट ल्याउने तयारी गरिरहेको उहाँको आरोप थियो ।
अन्तरक्रियामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार प्रकास ज्वालाले प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारले नै नियमित बजेट ल्याउने दावी गर्दै अहिलेको सरकार बैद्य सरकार भएको र संसदमा प्रयाप्त समर्थन भएकोले पनि बजेट ल्याउन कसैले रोक्न नसक्ने बताउनुभयो । सहमतिको आधार नबनि शुन्यमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पादै ज्वालाले सहमति भए राजिनामा दिन प्रधानमन्त्री तयार रहेको दोहोराउनुभयो । पत्रकार कुटपिटका आरोपीमाथि कारवाही बारे राखिएको जिज्ञासामा कानून उल्लघन गर्ने जो कोहीलाई कारवाही गर्नु पर्ने भन्दै सो घटनामा एमालेले राजनीतिक संरक्षण गरेको झुटो भएको ज्वालाको भनाई छ ।
माओवादी सभासद ढुंगेललाइ उपस्थित हुन सर्वाेच्चको निर्देशन
काठमाण्डौँ, ०३ असार । सर्वोच्च अदालतले हत्या अभियोग लागेका सभासद बालकृष्ण ढुंगेललाई जेल चलान गर्न माग गर्दै परेको रिट निवेदनमा आज बिपक्षीहरुका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा छलफलका लागि आगामी असार १२ गते अदालतमा उपस्थित हुन सभासद ढुंगेलसहितका बिपक्षीहरुलाई निर्देशन दिएको हो । साथै, निवेदकको माग बमोजिम ‘आदेश किन जारी गर्न नपर्ने हो’ भन्ने कारण सहित १५ दिनभित्र लिखित जबाफ समेत पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
सभासद ढुंगेलमाथि २०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारी गाविस ७ स्थित खहरे दोभानमा स्थानीय उज्जनकुमार श्रेष्ठलाई गोली हानी हत्या गरेको अभियोग छ । हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैदको फैसलालाई सर्वोच्चले सदर गरेको थियो । अदालतको फैसलापछि पनि सभासद ढुंगेल अहिलेसम्म जेल चलान भएका छैनन् । ढुंगेल ओखलढुंगा क्षेत्र नम्बर २ का माओवादीका सभासद हुन् ।
सुरक्षामा रहेका लडाकु र हतियार बुझाउँदैनौः सचिव गजुरेल
काठमाडौ, ३ असार । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले पार्टी अध्यक्ष प्रचण्डले भन्दैमा आफूहरुको सुरक्षामा रहेको लडाकु र हतियार नबुझाउने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब आज आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले पार्टीमा छलफल गरेर आधिकारीक रुपमा निर्णय नगरी गरिएको लडाकु र हतियार फिर्ता आफूरुलाई स्विकार नभएको बताउनुभयो ।
गजुरेलले भन्नुभयो ः अध्यक्षलाई चाहना भयो फिर्ता गर्नुभयो,हामिलाई चित्त बुझेको छैन, फिर्ता गरेका छैनौ,पार्टीले आधिकारीक रुपमा निर्णय नगरी फिर्ता गर्दैनौ । पार्टी भित्र तिब्र अन्र्तद्धन्द्ध रहेको स्विकार गर्दै गजुरेलले अन्र्तद्धन्द्धलाई अन्त्य गर्न सहि विधी बनाउन नसके पार्टी फुटने चेतावनी पनि दिनुभयो । माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराइ लगायतले पार्टिका लडाकुहरुलाइ सुरक्षाबाट हटाए पनि अर्का उपाध्यक्ष मोहन बैद्य, सचिव सिपी गजुरेल तथा पोलिटब्युरो सदस्य नेत्र विक्रम चन्दले आफ्नो सुरक्षामा रहेका लडाकुहलाइ फिर्ता पठाएका छैनन् ।
राष्ट्रिय जनगणना—२०६८ प्रारम्भ, असार ८ गते राष्ट्रिय बिदा
कोही नछुटुन कोही नदोहोरिउन भन्ने नाराकासाथ ११ औं राष्ट्रिय जनगणना २०६८ आजबाट देशभर शुरु भएको छ । बिहान राष्ट्रपति रामवरण यादव परिवारको लगत लिएर ११ औं जनगणना औपचारिक रुपमा शुरु भएको हो । जनगणना अभियान टोलीले आजै उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री झलनाथ खनालको परिवारको लगत सकंलन गरेको छ । बिशिष्ट व्यक्तित्वहरुको विवरण संकलनका लािग केन्द्रीय तथ्याङक बिभागका महानिर्देशक उत्तमनारायण मल्ल, योजना आयोगका सचिव युवराज भुसाल लगायतका उच्च अधिकारीहरु सहभागी हुुनु भएको थियो ।
यही असार १३ गते सम्म चल्ने ११ औं जनगणनाका लागि तथ्याङक बिभागले साढे ८ हजार सुपरिवेक्षक र ३४ हजार गणक खटाएको छ भने जनगणनाका दिन हरेक जिल्लामा एक÷एक जना पर्यवेक्षकको व्यवस्था गरिएको छ । सुपरिवेक्षक र गणकले राष्ट्रिय जनगणनाको लोगो अंकित झोला, छाता, प्रश्नावली, परिचयपत्रसहित घर घरमा पुगेर प्रत्येक व्यक्ती र परिवारको लगत लिनेछन् । बिभागले तथ्याङक संकलनका लागि १४ ओटा पारिवारिक र १५ ओटा व्यक्तिगत विवरणसम्बन्धी प्रश्नावली भएको लगत १ र १९ ओटा व्यक्तिगत प्रश्न भएको लगत २ ओटा तयार पारेको छ । ११ दिनको अवधिमा एक गणकले करिब १ सय ५२ घरपरिवारको विवरण लिने विभागले जनाएको छ ।
जनगणनाले देश र जनताको वास्तविक स्थिति झल्काउने र यसबाट योजना र रणनीतिको तर्जुमामा सहयोग पुग्ने भएकोले जनगननामा अनिबार्य रुपमा सहभागि हुन बिभागले सबैलाई आग्रह गरेको छ । यसपटक गाविस स्तरको साक्षरता, मातृ मृत्युदर, तेस्रो लिंगी र विदेशमा रहेकाको समेत विवरण लिईदैछ । नेपालमा १९६८ मा पहिलो पटक जनगणना गरिएको थियो । ११ औं राष्टिय जनगणना अभियानलाई सफल पार्न राष्टपति, प्रधानमन्त्री, प्रमुख दलका शिर्ष नेताहरु लगायतले सबै नेपाली नागरिकसंग अपिल गर्नुभएको छ ।
विश्वविद्यालय कर्मचारी संघद्धारा शंकरदेव घटनाको विरोध
काठमाडौ, ३ असार । त्रिुभुवन विश्वविद्यालय कर्मचारी संघले हिजो शंकरदेब क्याम्पसमा भएको प्रहरी दमनको विरुद्ध आगामि असार ५ र ६ गते मुलुकभरीका विश्वविद्यालय अन्र्तगतका सबै क्याम्पस र कार्यालय बन्दको घोषणा गरेको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर शंकरदेब क्याम्समा भएको प्रहरी हस्तक्षेप र दमन शाही कालमा भन्दा पनि निर्दयी र तानाशाही प्रबृत्तिको भएको ठहर गर्दै त्यसको विरोध स्वरुप दुई दिने त्रिवी शैक्षिक हडतालको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष भोजकुमार बस्नेताले विश्वविद्यालयमा प्रहरी हस्तक्षेप गराएर कर्मचारी, प्राध्यापक, विद्यार्थी चिन्दा चिन्दै बर्बर आक्रमण गराउने प्रधानमन्त्री, गृहमन्त्री र संबद्ध प्रहरीको पदमा बस्ने नैतिक हैसियत नरहेको दावी गर्नुभयो । उहाँले विश्व विद्यालयमा प्रहरीको नाङगो नाच हुँदा समेत प्रहरीकै सुरक्षा बस्ने पदाधिकारीहरुले समेत तत्काल राजिनामा दिनु पर्ने बताउनुभयो ।
संघका महासचिव बासुप्रसाद बास्कोटाले सो घटनामा प्रत्यक्ष सहभागी प्रधानमन्त्री, गृहमन्त्री र अनुशासनहिन प्रहरीलाई कारवाहीको माग गर्दै घाईतेको उपचार, क्षतीपूर्तिको माग गरे ।
पत्रकार कुटपिट प्रकरण ः महेश बस्नेत रिहा
काठमाण्डौँ, ०३ असार । हिजो विहान ईटहरीबाट पक्राउ गरिएका एमाले भातृ सङगठन युथ फोर्सका केन्द्रिय अध्यक्ष महेश बस्नेत आज रिहा भएका छन् । आफूलाई विना कारण पक्राउ गरिएकाले प्रशासनले गल्ति महसुुस गरी आफ्ना कार्यकर्ताविरुद्ध लगाईएको सबै मुद्या फिर्ता नलिएसम्म रिहा नहुने अडानमा बसेका बस्नेत आज रिहा भएका हुन् । उहाँलाई विराटनगरको रानी स्थित प्रहरी तालिम केन्द्रबाट एमाले पार्टी कार्यलय ल्याएर रिहा गरिएको थियो ।
यसैबिच रिहा भएपछि काठमाण्डौँको त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष बस्नेतले आफुलाइ रिहा नै नगरि रिहा गरिएको प्रचार गरिएको बताउनु भएको छ । बस्नेतले राज्यले विनाकारण आफू र आफ्नो सङगठनलाई बदनाम गर्न पक्राऊ गरेको दावि समेत गर्नुभयो । आफू युवा सङघको केन्द्रिय अध्यक्ष भएकाले आफ्नो सहमती विना हुने कुनै पनि सहमती आफूलाई मान्य नहुने बस्नेतको भनाई थियो ।
उता अप्रत्यासित घटना रोक्न भन्दै जिल्ला प्रशाशान कार्यालय मोरङले आज पनि बिराटनगरमा १२ घण्टे निशेधाज्ञा जारी गरेको थियो । संभावित बिरोधका कार्यक्रमलाई मध्यनजर गर्दै प्रशाशनले बिहान ६ देखि सांझ ६ बजेसम्म निशेधाज्ञा आयोजना गरेको हो । निषेधाज्ञाका बाबजुद बिराटनगरका बिभिन्न स्थानमा युवा संघ नेपालका कार्यकर्ताहरुले केहीबेर प्रर्दशन समेत गरेका थिए ।
यस्तै अध्यक्ष बस्नेतलाई प्रहरीले गैरकानूनीले ढंगले पक्राउ गरिएको भन्दै युथ फोर्स र युवा संघ बाँकेले आजदेखि अनिश्चितकालिन बाँके जिल्ला बन्द गरेको छ । गृहमन्त्री कृष्ण बहादुर महरा, सञ्चारमन्त्री अग्नी प्रसाद सापकोटालगाएतले एमालेलाई नै बदनाम गर्ने नियतले यस्ता कार्य गरिरहेको ती संगठनले आरोप लगाएका छन् ।
उता पोखराका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । विराटनगरका पत्रकार ढकालमाथि गरिएको आक्रमणको विरोध तथा दोषीमाथि कारवाहीको मागगर्दै नेपाल पत्रकार महासङ्घ संघर्ष समिति कास्कीले प्रशासनमा धर्ना कार्यक्रम आयोजना गरेको थियो । पत्रकारहरुले एक घण्टा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । धर्नाका क्रममा घटनाको विरोध गर्दै पत्रकारहरुले नारावाजीसमेत गरेका थिए । कार्यक्रममा बोल्दै संघर्ष समितिका संयोजक कृष्णप्रसाद बाँस्तोलाले दलहरुले अपराधीलाई लुकाउने प्रयास गरे मुलुकका लागि घातक हुने बताउनुभयो ।
प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ – एमाले बरिष्ट नेता नेपाल
पर्सा, ०३ असार । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा दिएर सहमतिका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ । नेता नेपालले आज वीरगन्जमा सञ्चारकर्मीसंग कुरा गर्दै पांच बुंदे सहमतिको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको हो । पांच बुंदे सहमति अपेक्षित कार्यान्वयन नभएको भन्दै उहांले एकीकृत नेकपा माओवादीले नै प्रधानमन्त्रीको राजीनामा मागिरहेकाले माओवादीको समर्थनमा बनेको सरकारका प्रमुखले तत्काल राजीनामा दिनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
नेता नेपालले माओवादीभित्र उग्रबामपन्थी सोच हावी भएको बताउंदै माओवादीका कारण संविधानसभाको थपिएको तीन महिनामा शान्तिप्रक्रिया र संविधान निर्माणको मस्यौदाको काम पूरा हुनेमा आशंका बढेको उल्लेख गर्नुभयो । आफ्नै दल निकट युवा संघका कतिपय गतिबिधि गलत भएको टिप्पणी नेता नेपालको थियो । उहांल्े पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणका दोषीलाई कारवाही गरिनुपर्ने पनि बताउभयो । नेता नेपालले गृहमन्त्री कृष्णबहादुर महराले माओवादी कार्यकर्ताको अपराध ढाकछोप गर्दै एमालेका कार्यकर्तालाई हतोत्साहित तुल्याएको आरोपसमेत लगाउनुभयो ।
अन्तराष्ट्रिय समाचार
आणविक हतियार आतंकवादीको हात पर्न सक्ने प्रती अमेरिकी चिन्ता
अमेरिकाले परमाणु हतियार आतकंवादीको हातमा पर्न सक्ने प्रति चिन्ता ब्यक्त गरेको छ । आणविक हतियार सुसम्पन्न राष्ट्रहरु बिचको सम्बन्ध बिग्रदैँ जाँदा आतंकवादीले त्यसको फाइदा लिन सक्ने प्रति अमेरिकाले चिन्ता जनाएको हो ।
अमेरिकी उच्च सैन्य अधिकारी तथा ज्वाईन्ट चिफ अफ स्टाफका प्रमुख माइक मेलेनले पाकिस्तानसँगको सम्बन्ध्र बिग्रदाँ त्यहाँबाट आणविक हतियार सम्बन्धि सुत्र आतंककारी सँग पुग्न सक्ने बताएका हुन् । साथै मेलेनले आफुहरु पाकिस्तानसँगको सम्बन्ध बिगार्ने पक्षमा समेत नरहेको बताएका छन् । पाकिस्तानको एबटाबादमा विना अनुमति अमेरिकाले गरेको हमलामा ओसामा बिन लादेनको मृत्यु भएपछि पाकिस्तान र अमेरिका बिचको सम्बन्धमा उचार चढाव रहँदै आएको छ । अमरिकी रक्षा मन्त्री रोर्बट गेट्सले पनि अमेरिका र पाकिस्तान बिचको सम्बन्ध बिग्रदाँ त्यसको फाइदा अन्य पक्षले उठाउने भन्दै आफुहरु पाकिस्तान सँग वार्ता र सहकार्यलाइ निरन्तरता दिने पक्षमा रहेका बताएका छन् ।
यसैबिच अमेरिकाले ओसामा विन लादेनलाई जस्तै अलकायदाका प्रमुख अयमन अल जवाहिरीलाई पनि खोजीखोजी मार्ने बताएको छ । मलेनले एक सम्मेलनमा ओसामा विन लादेनलाई जस्तै अलकायदाका नयाँ प्रमुख अयमन अल जवाहिरी लाई पनि खोजीखोजी मार्नेमा सफल हुने बताएका छन् । मलेनले अलकायदाबाट अभैm खतरा रहेको समेत बताएका छन् ।
मे महिनामा अमेरीकाको विशेष सैनिक टुकडीले पाकिस्तानमा कारवाई गर्दा अलकायदाका प्रमुख लादेन मारिएका थिए । आज मात्रै अलकायदाको जनरल कमानले एक वेभसाईडमा अयमन अल जवाहिरी अलकायदाका नयाँ प्रमुखको रुपमा नियुक्त भएको जनाएको छ । लामो समयदेखि लादेन पछिको जवाहिरीलाई अलकायदाले दोश्रो नेता मान्दै आएको थियो ।
खेल समचार
ए डिभीजन लिगका खेलहरु स्थगित
राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग अन्र्तगत आज हुने भनिएका खेलहरु स्थगित भएका छन् । अखिल नेपाल फुटवल संघ एन्फाले प्राबिधिक कारण देखाउंदै आजका खेलहरु स्थगित गरेको हो । आज युनाईटेड युथ क्लव र कोइला पानी पोलस्टार तथा मनाङ म¥स्याङदी र रानी पोखरी कर्नर टिम आरसीटी भिड्ने कार्यक्रम थियो । स्थगित खेलहरु भोली हुनेछन् ।
No comments:
Post a Comment