Madan Dhungana |
मदन ढुंङ्गाना
कुनै बेला इच्छुमतिको नामले चिनिने टुकुचा खोला । काठमाडौंको बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समयको ठूलो खोला टुकुचाको चौडाई अहिले दुईतिहाईभन्दा धेरै दुब्लाएको मात्रै छैन, कतिपय स्थानमा त खोला नै गायव पारिएको छ । खोलालाई पछ्याउ“दै जा“दा गैह्रीधारा, हात्तिसार, लाजिम्पाटलगायतका क्षेत्रमा टुकुचा नै वेपत्ता हुन्छ । टुकुचामाथि बडे बडे महलहरु उभिरहेका देखिन्छन् । बालुवाटारदेखि प्रदर्शनीमार्गसम्म हेर्दै जा“दा टुकुचा खोला कतै हराउ“दै कतै उदाउ“दै गरेको फेला पर्छ । मुख्यतः गैह्रीधारादेखि कमलादीसम्म टुकुचा खोलाको अस्तित्व पूरै समाप्त पारिएको छ ।
- टुकुचा कहाँबाट बग्छ, नापी विभाग, काठमाडौं महानगरपालीका र उपत्यका विकास प्राधिकरण सबै बेखबर छन् । नापी भन्छ घर भत्काए टुकुचा खोज्छौं, महानगर भन्छ टुकुचाको नक्सा दिए घर भत्काउँछौं ।
- २००१ र ३३ सालको नापीमा हात्तीसारमा टुकुचा गायव गराइएको छ, डिल्लीबजारका प्रमुख नापी अधिकृत बिजयकुमार महतोको भाषामा टुकुचा भूमिगत छ ।
- भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धि स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउ“दैन । तर ठूल्ठूला बिजनेश कम्प्लेक्सदेखि भट्टी पसलसम्म चलाइएका छन्, टकुचामाथि ।
भूमिसम्बन्धि ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले खोलासम्बन्धि स्पष्ट किटान गरेको छ कि खोलो कसैले छोप्न पाउ“दैन । यदि कसैले हडपेको, छापेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त डाक्टर भाइकाजी तिवारी भन्छन्, खोला कसैले छोप्न पाउ“दैन । उपत्यका विकास प्राधिकरणका काठमाडौं आयुक्त तिवारी मात्रै होइन, काठमाडौं महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत बसन्त आचार्य पनि खोला मिचेर घर बनाउन वा खोलालाई भूमिगत मार्गबाट लैजान नपाउने बताउ“छन् ।
सरकारका जिम्मेवार निकायका जिम्मेवार भन्छन्, खोला सार्वजनिक जग्गा हो र खोला कसैले पनि अतिक्रमण गर्न पाउ“दैन । सरकारी कानुन कागजमा कोरिएको छ, खोलामाथि संरचना ठड्याउन निषेध गरिएको छ । तर ठूल्ठूला बिजनेश कम्प्लेक्सदेखि भट्टी पसलसम्म चलाइएका छन्, टकुचामाथि । टुकुचा टुक्राएर टाट बनाएको धेरै ठाउ“मा आ“खैले देखिन्छ । कतिपय ठाउ“मा टुकुचा कहा“नेरबाट बगिरहेको छ, देख्नै सकि“दैन । गैह्रीधाराबाट नारायणहिटी दरबारहु“दै टुकुचा खोला भित्र छिरेको छ । र भनिन्छ राजदरबार भित्र पनि टुकुचा खोला देख्न सकिन्छ । तर टुकुचा खोला खोज्दै जा“दा हामीले ग्रैह्रीधारापछि एकैचोटी कमलादीको पछाडिपट्टि मात्रै भेट्यौं । अहिले संग्रहालय बनेको नारायणहिटी दरबारबाट जयनेपाल फिल्म हलसम्म टुकुटा पूरै वेपत्ता छ, भूमिगत टुकुचा ठ्याक्कै कहा“नेर बगिरहेको छ भन्न सकिंदैन । करिब ३ सय मिटर क्षेत्रमा टुकुचामाथि धेरैले महल ठड्याएका छन् । तर पनि सरकारी निकायहरु तै“ चुप मै चुप छन् । काठमाडौंको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको थियो । ०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख नापी अधिकृत थिए, राजेन्द्रप्रसाद मराठा । मराठाले गैह्रीधारा क्षेत्रमा टुकुचा खोलाको नापी गरेका छन्, नारायणहिटी दरबारभित्र पनि टुकुचा देखाएका छन् तर हात्तीसार क्षेत्रमा टुकुचा गायव पारिदिएछन् । मराठाले नै गरेको नापीमा टुकुचा कमलादीमा पनि देखिएको छ, तर हात्तीसार क्षेत्रमा चाही“ किन टुकुचा गायब पारे त, तत्कालीन नापी अधिकृत मराठाले ? मराठा नै जवाफ दिन्छन्, २००१ सालको नापीमा नै हात्तीसारमा टुकुचा थिएन । तर नापीले टुकुचाको नक्सा खोजेन, कमलाखी र नारायणहिटी दरवारको बीचमा मात्र । तर २०३३ सालमा गरिएको नापीमा पनि हात्तीसारक्षेत्रमा टुकुचा नभएकै नक्सा बनाइयो, नापी विभागबाट । काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त डाक्टर भाईकाजी तिवारी प्रतिवाद गर्छन्, खोला खोज्ने काम नापीकै हो, टुकुचाको हकमा जे गल्ती भएको छ नापीबाटै भएको छ । थप बदमासी सुरु ग¥यो, टुकुचा देख्दादेख्दै खोलामाथि घर उभ्याउन अनुमति दिने महानगरपालिकाले ।
वेपत्ता टुकुचा कता छ ? भन्ने प्रश्न बोकेर हामी नापी कार्यालय डिल्लीबजारका प्रमुख नापी अधिकृत बिजयकुमार महतोसम्म पनि पुग्यौं । माथि पनि खोला तल पनि खोला भएपछि बीचमा पनि खोला छ भन्ने जवाफ दि“दै महतोले तर्क गरे, हात्तीसार क्षेत्रमा टुकुचा भूमिगत छ । हुन त महतोजस्तै तत्कालीन नापी अधिकृत राजेन्द्रप्रसाद मराठा पनि हात्तीसारक्षेत्रमा टुकुचा खोला रहेको स्वीकार चाही“ गर्दछन् । जयनेपाल हलको ठीक तलबाट टुकुचा खोला बगेको भन्दै हात्तीसारक्षेत्रमा टुकुचा भूमिगत रहेको उनको स्वीकारोक्ति छ । हात्तीसारमा टुकुचा भूमिगत छ भन्नेमा सबैको एकै मत छ । तर आ“फै भूमिगत भएको होइन टुकुचा, भूमिगत बनाएर टुकुचामाथि महल उभ्याइएको हो । महलहरु मुनी दबाईएको टुकुचा अहिले पनि बगिरहेको छ । टुकुचा ठ्याक्कै कहा“नेरबाट बगेको छ र टुकुचाको अस्तित्व फेरी पुरानै अवस्थामा कसरी फर्काउने भन्ने अहिलेको मुख्य सवाल हो । तर यो बदमासीमाथि कारबाही चलाउन यतिखेर सबै जिम्मेवार पक्ष खुट्टा कपाईरहेका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त डाक्टर भाइकाजी तिवारी भने टुकुचा जमिनमुनी छ भन्ने नापीको जवाफ गैरजिम्मेवारपूर्ण भएको आरोप लगाउ“छन् । तिवारीको बुझाईमा नापीले टुकुचा नियतबस वेपत्ता पारेको हो । हुन त टुकुचामाथि संरचना बनेको भन्ने गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले पनि केही निर्माणाधीन भवनलाई निर्माण रोक्का राखेको थियो । हात्तीसारको लक्ष्मी बैंक रहेको भवन पनि कागजमा निर्माण रोक्का नै छ । तर हात्तिसारको लक्ष्मी बैंङ्कको भवनको निर्माण कार्य रोकिएन । निर्माण रोक्का राख्न निर्देशन आएपछि दलबलसहित हात्तीसार पुगेका काठमाडौं महानगरपालिका कार्यान्वयन माहाशाखा प्रमुख धनपति सापकोटा त्यतिखेर छक्क जतिखेर उनले भवन पूरै बनिसकेको देखे । हात्तीसार क्षेत्रमा लक्ष्मी बैंक मात्रै होइन अधिकांश भवनहरु टुकुचा खोलामाथि नै बनेका सापकोटाको जिकिर छ । काठमाडौं महानगरपालिकामा हालसालै नया“ कार्यकारी निर्देशक पनि आएका छन् । हात्तीसारक्षेत्रको टुकुचा मुद्दा महानगरपालिकामा अहिले पनि उत्तिकै चर्चामा छ । यदि महानगरपालिकाको वोर्ड वैठकले निर्णय गरे टुकुचामाथिका चुचुराहरु टुक्रिन पनि सक्छन् । मालपोत नियमावलीमा हालसालै गरिएको संशोधनअनुसार यदि कसैले दुषित मनशायले जग्गा दर्ता गराएको पाइए सैयौं वर्ष पुरानो दर्ता भएपनि बदर गर्नसक्ने प्रावधान राखेको छ । तर हात्तीसारक्षेत्रमा दुषित मनशायबाट गरिएको दर्ता बदर गर्न नापीका कर्मचारीले आ“ट गरेका छैनन् । नापी विभागले काठमाडौं महानगरपालीकाले टुकुचा माथिका घर भत्काए टुकुचाको नक्सा उतारीदिने बताएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झाले पनि सुरुमा पन्छिने प्रयास गरे, ‘हाम्रो काम त खोलाको सतह नाप्ने मात्रै हो’ । तर सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी नापीको होइन र ? भन्ने प्रश्न थपेपछि झाले हच्कि“दै जवाफ फर्काए, महानगरले संरचना भत्काओस, हामी खोला देखाउ“छौं’ । कसैले दुषित मनशालयले जग्गा दर्ता गरेको भए खारेज गर्न सक्ने प्रावधान मालपोत ऐन २०३४ मा रहेको भन्दै झाले टुकुचाको हकमा कोही कसैको बदमासी भेटिए मालपोतस“ग मिलेर दर्ता बदर गर्ने र टुकुचा देखाउने प्रतिवद्धता गर्छन् ।
टुकुचा उत्खनन्को जिम्मेवारी नापीले महानगरपालीकातिर देखाउ“दै गर्दा महानगरपालिका र उपत्यका विकास प्राधिकरणले नापीतिरै फर्काइदिएका छन् । नापी भन्छ, महानगरले संरचना भत्काओस् अनि हामी टुकुचा देखाउ“छौ । तर महानगर प्रतिवाद गर्छ, नापीले खोला देखाओस्, हामी संरचना भत्काउ“छौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेल भन्छन्, टुकुचाको सवालमा सबैपक्ष समन्वय गरेर अगाडी बढ्नुको विकल्प छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त डाक्टर भाईकाजी तिवारी भने टुकुचा खोज्ने पहिलो जिम्मेवारी नापी र महानगरकै भएको जिकिर गर्छन् । नापी र महानगरकै कारण टुकुचा खोला गायब भएको र अहिले खोला देखिएन भन्नु निरीहता मात्रै भएको बताउ“छन्, तिवारी । तिवारी थप्छन्, बाह्र वर्षमा खोलो फर्किन्छ भन्ने उखान टुकुचामा लागु हुन्छ । हेर्दै जानुस्, टुकुचामाथि बनाइएका संरचना जुनसुकै बेला भत्किन्छ, भत्किन्छ । सरकार र सरोकारवाला निकाय चुपचाप बसिरहे भने कुनै दिन जनता आ“फैले टुकुचा खोज्नेछन् र पर्दापण फर्काउने टुकुचाको अस्तित्व, तिवारीको दाबी छ । ठूलो आर्थिक लेनदेनमै विगतमा टुकुचा वेपत्ता पारिएको अब सामान्य नागरिकले पनि अड्कल गरिसकेका छन् । र अब पनि टुकुचा दबाउनेहरुस“ग जिम्मेवारहरुको पैसा र शक्तिको सम्बन्धले टुकुचा उत्खनन्, अप्ठ्यारो परिरहेको छ । टुकुचा खोज्ने मुख्य जिम्मेवारी नापी र महानगरको देखाउने उपत्यका विकास प्राधिकरणका काठमाडौं आयुक्त डाक्टर भाइकाजी तिवारी चेतावनी दिन्छन्, जिम्मेवारी पूरा गर्न नसक्नेले कुर्सी त्यागे हुन्छ ।
हेर्नुहोस् टुकुचाको खोजीमा मदन ढुंङ्गानाले एबीसी टेलिभिजनका लागि तयार गरेको कार्यक्रम

No comments:
Post a Comment