Thursday, April 4, 2013

एसीसी टी–ट्वान्टी समीक्षाः विश्वकप टाढा छैन ।

Nepalese National Cricket Team Captain Paras Khadka
सिताराम कोइराला /अन्वेषण अधिकारी

काठमाण्डौँ । एसीसी टी– ट्वान्टी कपको चौथो संस्करणसम्म आइपुग्दा पहिलो पटक फाइनल पुगेको नेपाल उपाधि कब्जा गर्न भने असफल रह्यो । तर यसपटक नेपाली खेलाडीले देखाएको प्रदर्शनले नेपालको क्रिकेटस्तर निक्कै माथि उठिसकेको संकेत मात्र गरेन, नेपाल आईसीसी टी–ट्वान्टी विश्वकपसम्म पुग्न सक्षम बन्दै गएको पनि प्रष्ट्याएको छ । उपाधि नै दिन नसकेपनि फाइनलसम्मको यात्रा तय गरेर नेपाली क्रिकेटरले नेपाली खेलप्रेमीलाई क्रिकेटमा सम्भावना बलियो रहेको आशा फेरि जगाइदिएका छन् र राज्यलाई झकझक्याएका छन् ।

विश्वकप खेल्ने लक्ष्य बोकेर अघि बढेको नेपाली टिमका लागि अब मलेसिया र सिंगापुरजस्ता प्रतिद्वन्द्वी ठूला रहेनन्, न त उनीहरुस“ग हात पारेको जीतलाई नै ठूलो मान्न सकिने अवस्था रह्यो । नेपालले अब वन डे मान्यता प्राप्त अफगानिस्तानस“ग हङकङ र यूएईजस्ता शक्तिशाली राष्ट्रस“ग क्रिकेट दुश्मनी मोल्न थालेको छ । एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटको फाइनलमा पुगेको नेपाली टिम अफगानिस्तानस“ग पराजित भएपछि घरेलु दर्शकहरू निराश बने । यद्यपि बलियो प्रतिद्वन्द्वीविरुद्ध घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने क्रममा नेपालका केही खेलाडीले लोभलाग्दो इनिङ खेले । 
  • म्याच अफ दि सिरिज घोषित कप्तान पारस खड्काले फाइनलमा अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो वास्तविक हैसियत प्रस्तुत गरे ।

सेमिफाइनलमा प्रदीप ऐरी, विनोद भण्डारी र पारसले नै उत्कृष्ट खेलेर नेपाललाई फाइनलसम्म डोहो¥याएका थिए । पारस, प्रदिप र विनोद मात्रै होइनन्  अफ्टेरो स्थितिबाट उकास्न सक्ने क्षमता नेपाली खेलाडीहरूमा विकास भएको छ ।  नेपाली खेलाडीहरु अब बलियो प्रतिद्वन्द्वीविरुद्ध पनि आत्मविश्वासी र दबाबरहित खेल खेल्न सक्षम बन्दै गएका छन् । उमेर समूहमा एकपछि अर्को सफलता हात पार्दै अघि बढेको नेपाली टिमले यतिबेला सिनियर क्रिकेटमा पनि आफ्नो बेग्लै पहिचान बनाइसकेको छ । त्यसैले आफ्नो फेरि“दो परिचयको रक्षा गर्नुपर्ने चुनौती नेपालसामु छ । कुनै समय सिनियर क्रिकेटमा नेपालले राम्रो गर्न नसक्ने लख काट्नेहरू यतिबेला थाकेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा अब नेपालको सहभागिता अर्थपूर्ण बन्न थालेको छ । तीन वर्षअघि घरेलु मैदानमा डिभिजन फाइभको उपाधि जितेको नेपाली टिम अहिले डिभिजन थ्रीमा पुगिसकेको छ । श्रीलंकाली प्रशिक्षक पुबुदु दासनायकेको प्रशिक्षणमा पछिल्लो समय सिनियर क्रिकेटरहरूले एकपछि अर्को सफलता हात पारेका छन् । 

Paras Khadka (Crickter Nepal)
अफगानिस्तानविरुद्धको फाइनल खेल गुमाउ“दा केही खल्लो अनुभव गरेपनि नेपाली दर्शकहरूको खेलाडीस“ग खासै गुनासो रहेन । त्यसैले त कीर्तिपुर मैदानमा ओर्लिएका असंख्य दर्शकहरूले खेल हार्नका बाबजुद सबैलाई सम्मान व्यक्त गरे । पछिल्लो समय नेपाली क्रिकेटले तुलनात्मक रुपमा फड्को मारेको आभाष मैदानमा खेलाडीहरूले दिइरहेका थिए । पछिल्लो समय क्रिकेटले कमाएको लोकप्रियताको कडी पनि ठूलै छ । त्यसैले त क्रिकेट हेर्न टिकट काट्नुपर्ने परम्परा क्रिकेट संघले ल्याउ“दा पनि दर्शकको संख्या घटेन्, बरु उल्टै दर्शक संख्या एकाएक बढ्यो । अफगानिस्तान विरुद्धको फाइनल जित्न नसकेपनि नेपाली खेलाडीहरुले सन् २०१४ का लागि हुने ट्वान्टी ट्वान्टी विश्वकपको छनौट खेलका लागि स्थान सुरक्षित गरिसकेका छन् । यूएईमा हुने छनौट प्रतियोगितामा कम्तिमा पनि छैटो स्थान हात पारे नेपालले ट्वान्टी ट्वान्टी विश्वकप खेल्नेछ । दुई वर्षअघि पनि नेपालले ट्वान्टी ट्वान्टी विश्वकपको छनौट खेलेको थियो । त्यतिबेला दुई राष्ट्रमात्रै प्रतियोगितामा छनौट हुने प्रावधान रह“दा नेपालले सातौ“ स्थानमा रहेर छनौट टुंग्याएको थियो । त्यसैले दुई वर्षअघिको तुलनामा ठूलो फड्को मारिसकेको राष्ट्रिय टिमले ट्वान्टी ट्वान्टी विश्वकप खेल्न सक्ने सम्भावना बढेको छ । खेलपछि कुरा गर्दै नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले खेल हारेपनि विश्वकप छनोटमा धेरै मिहनत गर्ने बताए ।

यस्तै नेपाली टीमका कप्तान पारस खड्काले नेपालको लागि खेल्नु चुनौती र अवसर भएको बताए । साथै पारसले क्रिकेटमा अघि बढ्न एक–दुई खेलको जितले खुसी हुन नहुने भन्दै आगामी प्रतियोगिताको लागि बेलैमा तयारी गर्नुपर्ने बताए ।

मंगलबार घरेलु मैदानमा अफगानिस्तानलाई हराउने सपना पूरा हुन नसकेपनि नेपालले आफू कमजोर नरहेको पुष्टि ग¥यो । ठीक दुई दिनअघि नेपालले युएईलाई हराउ“दै आफु बलियो भएको संकेत गरेको थियो । सफलता हात पार्नु जति कठिन हुन्छ, त्यसलाई टिकाइराख्नु पनि उत्तिकै चुनँैतीपूर्ण हुन्छ । पछिल्लो केही वर्ष एकपछि अर्को सफलता हात पार्दै अघि बढेको नेपाली क्रिकेट टिमसामू यतिबेला आफ्नो फेरिएको स्वरुपलाई जोगाउनुपर्ने  चुनौति थपिएको छ ।

नेपाली कप्तानको शान ः पारस खड्का

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको लागि मङ्गलबार विशेष महत्वको बन्यो । एसीसी ट्वान्टी–ट्वान्टी एलिट कपमा माल्दिभ्सलाई पराजित गर्दै विजयी सुरुवात गर्दा पारसले नेपालको जर्सीमा सयौ खेलको कोसेढुङ्गा पार गरे । जसमा ६२ एक दिवसीय, २९ वान डे र ९ तीन दिवसीय खेल समावेश छन् । १० वर्ष अघि राष्ट्रिय टोलीमा डेब्यु गरेका पारस नेपालको जर्सीमा सयौ खेल पूरा गर्ने तेस्रो खेलाडी बने । सयौ खेलपछि पारसले खुसि लागेको बताउ“दै नेपालीको सफलताको लागि निरन्तर खेल्ने बताए ।

यसअघि शक्ति गौचन र विनोद दासले नेपालको लागि सयौ अन्तर्राष्ट्रिय खेल पूरा गरेका थिए । यता माल्दिभ्सबिरुद्ध दुई विकेट लिएस“गै सयौ विकेट लिएका पारसले अर्काे खुसि पनि थपे । पारसले माल्दिभ्सका मोहमद रिस्वानलाई बोल्ड गर्दै राष्ट्रिय खेलमा एक सयौं विकेट पूरा गरेका हुन् । पारसले २००४ मा काठमाडौंमा भएको एसीसी फास्ट कन्ट्रिज तीन दिवसीय क्रिकेटबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । पारस नेपाली टोलीका अहिलेसम्मकै सफल कप्तान हुन् । अन्डर सेभेन्टिन र अन्डर नाइन्टिनको कप्तानहु“दै सन् २००९ को नोभेम्बरमा यूएईमा भएको एसीसी ट्वान्टी–ट्वान्टी कपबाट कप्तानी सम्हालिरहेका पारसले नेपाली क्रिकेटलाई गति दिइरहेका छन् । पारसको कप्तानीमा नेपालले सन् २०१० मा पहिलो पटक सिनियरस्तरको उपाधि जितेको थियो ।  २०१० को डिसेम्बरमा काठमाडौ“मा भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फाइभमा अमेरिकालाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो । यस्तै पारस कै कप्तानीमा नेपाल गत वर्ष मलेसियामा डिभिजन–४ को उपाधि जित्दै डिभिजन–३ मा उक्लिएको थियो । सफलतास“गै २०१५ मा न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रुपमा गर्ने विश्वकप क्रिकेटको ढोका पनि खुलेको छ । पारसकै नेतृत्वमा नेपालले यूएईमा सम्पन्न एसीसी ट्रफी एलिट कप पनि जित्यो ।

सेमीफाइनला युएई पराजीत

फाइनल प्रवेश अघि नेपालले सेमीफाइनलमा संयुक्त अरब इमिरेट्स युएईलाई पराजीत गरेको थियो । युएईले भने त्यसअघि समूह चरणको खेलमा अफगानिस्तालाई पराजीत गरेको थियो । टस जितेर पहिले ब्याटिङ थालेको युएईलाई केवल १ सय ३३ रनमा सीमित गरे पनि आयोजक नेपालले नतिजा आफ्नो पक्षमा पार्न निकै परिश्रम गर्नुप¥यो । नेपालले अन्तिम पा“च बल बा“की छ“दा निर्धारित लक्ष्य पार गरेको हो । पहिलो इनिङमा  युएईलाई सस्तैमा समेट्ने क्रममा उदीयमान बलर पृथु बा“स्कोटाले केवल २० रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । नेपालको बलिङ राम्ररी जमेको खेलमा युएईका कुनै पनि ब्याटस्म्यानले अर्धशतक बनाउन पाएनन् । सञ्जम रेग्मीको बलमा वसन्त रेग्मीले क्याचआउट गर्नुअघि युएईबाट स्वप्निल पटेलले सर्वाधिक ३७ रन बटुले । २४ रन बटुल्दै मोहमद आजाम अन्त्यसम्म क्रिजमा टिके पनि अन्य ब्याटस्म्यानहरूले २० रन समेत बनाउन सकेनन् । नेपालबाट अनुभवी बलर शक्ति गौचनले २१ रन खर्चेर २ विकेट लिए भने २४ रन खर्चेर वसन्त रेग्मीले समान २ विकेट लिए । उत्कृष्ट बलिङ गर्दै युएईलाई सस्तै रनमा समेटेको नेपालले १ सय ३४ रनको लक्ष्य पूरा गर्न भने खेलको अन्तिम ओभरसम्म कुर्नुप¥यो । नेपालले लक्ष्य भेट्टाउने क्रममा ४ विकेट गुमायो । नेपालका  फयाज अहमदको बलमा आउट हुनअघि ओपनर प्रदीप ऐरीले बनाएको ५८ रन नै नेपालको जीतको प्रमुख आधार बन्यो । प्रदीपले अर्का ओपनर सुवास खकुरेलस“ग मिलेर सुरुवाती १० ओभरअघि नै ६१ रनको साझेदारी गरेका थिए । उनले ज्ञानेन्द्र मल्लस“ग मिलेर ३९ रनको साझेदारी गर्दा नेपाल १५ ओभर १ बलमा १ सय रनको स्थितिमा थियो । २० रन बटुलेका ज्ञानेन्द्र मल्ल  अहमद राजाको बलमा क्याचआउट भएपछि नेपाल केही दबाबमा आयो । लगत्तै प्रदीप ऐरी फ्याज अहमदको बलमा आउट भएपछि नेपाली टिम निकै संकटमा देखियो । वसन्त रेग्मी कुनै रन जोड्न नपाउ“दै क्रिज छाड्न बाध्य बनेपछि खेलमा नेपालको आशा कमजोर हु“दै गएको थियो । तर अन्त्यतिर ब्याटिङ गर्न आएका विनोद भण्डारीले पारस खड्कास“ग २४ रनको साझेदारी गरेपछि खेलमा नेपालले पासा पल्टायो । पारसले ८ बलको सामना गर्दै १२ रन बटुल्दा प्रभावशाली देखिएका भण्डारीले केवल ६ बलको सामना गर्दै १६ रन बटुले । भण्डारीले अन्त्यतिर दुई छक्का प्रहार गरेका थिए । आयोजक नेपालले अब प्रतियोगिताको फाइनलमा अफगानिस्तानको सामना गर्नेछ । यसअघि पहिलो खेलमा हङकङविरुद्ध ७ विकेटको जीत दर्ता गर्दै अफगानिस्तानले फाइनलमा स्थान बनाइसकेको छ ।


नेपालको फराकिलो जित र विश्वकप छनौट खेल्ने सफलता

त्यसअघि एसीसी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेस“गै नेपालले आगामी नोभेम्बरमा हुने आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकपको छनोट खेल्ने सुनिश्चित भएको थियो । सिंगापुर माथि १ सय २१ रनको रवाफिलो जित हात पार्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । जारी प्रतियोगिताबाट शीर्ष दुई टोलीले छनोट खेल्न पाउनेछन् । अफगानिस्तान एक दिवसीय मान्यता प्राप्त राष्ट्र भएको र यूएई आयोजक राष्ट्र भएकोले यसअघि छनोट भैसकेका छन्

टी–ट्वान्टी क्रिकेटमा अहिलेसम्म पाएको सबैभन्दा फराकिलो जितपछि नेपाल दोस्रो पटक आईसीसी विश्व ट्वान्टीट्वान्टी क्रिकेटको छनोट खेल्न छानिएको हो । यसअघि अघिल्लो वर्ष पनि नेपाल छनोट भएको थियो । त्यसबेला सातौ बनेको नेपाल विश्वकपको लागि छनोट हुन सकेन । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको Ôतिमा २ सय १० रन बनायो । यो स्कोर जारी प्रतियोगिताको दोस्रो ठूलो रन स्कोर हो भने ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपालले बनाएको सबैभन्दा ठूलो । नेपालले इनिङ मजबुत पार्न विनोद भण्डारीले अर्धशतक बनाए । नेपालले प्रस्तुत गरेको २ सय ११ रनको लक्ष्य पछयाएको सिंगापुर १५ ओभर १ बलमा ८९ रनमा अल आउट भयो । यो जित ट्वान्टी–ट्वान्टी क्रिकेटमा नेपालले हात पारेको सबैभन्दा फराकिलो जित हो । पारस लगातार दोस्रो पटक खेलको म्यान अफ दी म्याच समेत चुनिए । अब सेमिफाइनलमा नेपाल र यूएइ तथा हङकङ र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेलपछि कुरा गर्दै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले जितले आगामीको खेल जित्न प्रोत्साहन मिलेको बताए । यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले सेमिफाइनलमा पनि फर्मलाई निरन्तरता दिन सके जित टाढा नभएको प्रतिक्रिया दिए । आफ्नै होम मैदानमा हजारौं क्रिकेट समर्थकबीच नेपालले तय गरेको सेमिफाइनलको यात्राले छाटो फम्र्याट्को लोकप्रिय खेल टी–ट्वान्टीको विश्वकप सम्म पुग्ने सपनाफेरि देखाएको छ । विश्वकपसम्म पुग्न नेपालले अब टेष्ट मान्यता नपाएका एकदिवसीय र एसोसियट राष्ट्रहरूमध्येबाट छानिएका १६ टिमबीच प्रतिस्पर्धा गर्नुपर्नेछ । आगामी नोभेम्बरमा यूएईमा हुने यो छनोट प्रतियोगिताको छैटौं स्थानसम्म नेपाल पुग्न सके विश्वकपको ढोका खुल्नेछ । तर त्यसअघि नेपालले प्रशस्त तयारी गर्नुपर्नेछ । क्रिकेट एसोसियसन अफ नेपाल क्यान र सरकारले बेलैमा यसतर्फ ध्यान दिए क्रिकेटको विश्वकप खेल्ने सपना साकार हुन अब धेरै कुर्न पर्दैन ।

–लेखकद्धय एबिसी टेलिभिजनमा कार्यरत रहेका छन् । 

No comments: