Thursday, March 31, 2011

चैत्र १७ गते २०६७


कग्रेश केन्द्रिय समिती बैठक भोली १२ बजे सम्मका लागी स्थगित

काठमाडौँ, १७ चैत्र । पदाधीकारी मनोनयन र भातृसगठन नेबिसंघ विघटनको बिबादमा फसेको कग्रेश केन्द्रिय समितीको बैठक भोली सम्मका लागी स्थगित भएको छ । बैठकमा नेताहरुले नेविसंघको बर्तमान कार्यसमिती विघटनको पक्ष र विपक्षमा मत राखेपछि बैठक विना निष्र्कर्ष स्थगित भएको हो । 

केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेकाले बैठक भोली सम्मका लागी स्थगित भएको काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदाङ्बेले जानकारी दिनुभयो । नेपाली काँग्रेसमा पदाधिकारी मनोनयन र नेपाल विद्यार्थी संघको विघटनको विषयलाइ लिएर विवाद रहँदैँ आएको छ । गत असोज महाधिवेशन सम्पन्न भएपनि विवादका कारण काँग्रेसले हालसम्म उपसभापति, महामन्त्री लगायतका पदमा मनोनयन गर्न सकेको छैन । 

बैठकपछि अर्जुनरसिंह केसीका अनुसार मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला शान्ति र संविधानको दायित्व पूरा गर्न पार्टीभित्र विवाद होइन सहमति र एकता कायम गरी अघि बढ्नुपर्नेमा केन्द्रीय सदस्यहरुले जोड दिएका थिए । बैठक भोली १२ बजे पुन बस्नेछ । 

नेविसंघद्वारा माऊ पार्टि काँग्रेस समक्ष असार ८ देखी १० सम्म महाधिवेशन प्रस्ताव

Nepal Student Union  (NSU)
काठमाडौँ, १७ चैत्र । नेपाल विद्यार्थी संघले आगामी असार ८, देखी १० गते सम्म संगठनको १२ औं महाधिवेशन गर्ने प्रस्ताव माऊ पार्टि नेपाली काँग्रेस समक्ष पेश गरेको छ । नेविसंघको आज बसेको दुईतिहाई संख्याको नेविसंघ केन्द्रिय समितिले यसअघि पदाधिकारी बैठकले गरेको निणर्य अनुसार आउँदो असार ८ देखी १० सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । 

बैठकपछि नेविसंघका अध्यक्ष प्रदिप पौड्यालले नेविसंघलाइ विघटन तर्फ नलगि महाधिवेशनमा लैजान पार्टि सँग आग्रह गर्नुभयो । सङ्घका १३२ सदस्यीय कार्यसमिति सदस्यमध्ये ९६ जनाको उपस्थिति रहेको पौडेलले जानकारी दिनुभयो । नेविसंघले धनगढी, दाङ, रुपन्देही, काठमाडौँ वा लहानमध्ये एक स्थानमा महाधिवेशन आयोजना गर्ने समेत निर्णय गरेको छ । तर नेविसंघको असन्तुष्ट पक्षले भने तत्काल संगठनलाई विघटन गर्न माग गरेको छ । 

यसैबिच नेविसंघको असन्तुष्ट पक्षले तत्काल नेविसघं विघटन गर्न माग गर्दै नेपाली काँग्रेसको पार्टि कार्यलय सानेपा आज धर्ना दिएको छ । नेविसंघका कार्यकर्ताहरुले चार चार बर्षसम्म महाधिवेशन गर्न नसक्ने अहिलेको कार्यसमिति भंग गरेर चुस्त दुरुस्त कार्यसमिति चयनका लागी तदर्थ समिती गठनका लागी नेताहरु सँग आग्रह समेत गरेका थिए । नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री भुपेन्द्रजंग शाहि लगायतका विद्यार्थी नेताहरुले नेविसंघ विघटनको माग गर्दै आएका छन् ।

माओवादीद्वारा पूरक बजेट ल्याउन सरकारलाइ सुझावः

काठमाडौ, १७ चैत्र । एकिकृत नेकपा माओवादीले तत्काल पुरक बजेट ल्याउन सरकालाई सुझाव दिएको छ । माओवादीको आज बसेको स्थाई कमिटीको बैठकले तत्काल पुरक बजेट ल्याउन सरकारलाई आग्रह गरेको हो । पुरक बजेको कुनै औचित्य नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कङग्रेसले विरोध गरिरहेकै बेला माओवादीले आफैँ सहभागी सरकारलाइ बजेट ल्याउन बलियो समर्थन सहित सुझाव दिएको हो ।  

बैठकपछि माओवादी प्रवक्ता दिनानथ शर्माले माओवादी पुरक बजेको पक्षमा रहेको बताउनुभयो । उहाँले नेताहरुको कार्यब्यस्ताका कारण सरकारमा सहभागी हुने ब्यक्तिहरुको चयन हुन नसेको भन्दै भोली बस्ने बैठकले सरकारमा जाने नेताहरुको टुङगो लगाउने जानकारी दिनुभयो । त्यस्तै बैठकले केही दिन यता मजदुरहरूको हडताल र विरोधले मजदुर र उद्यमीहरूबीच समस्या उत्पन्न गराएको ठहर गर्दै तत्काल समाधान गर्न मजदुर र उद्यमीबीच वार्ताका लागि श्रम मन्त्रालय मार्फता पहल गर्न सरकारलाइ अनुरोध गरेको छ 

दुई महिनामा शान्ति र संविधान संभव छ ः शिर्षस्थ नेताहरु 

काठमाण्डौ, चैत्र १७ । प्रमुख दलका शीर्षस्थ नेताहरुले आगामी जेठ १४ मै संविधान बन्ने दावी गरेका छन् । उनिहरुले दलहरुबीच सहिमति भए आगामी दुइ महिनामा शान्ति प्रक्रिर्यालाइ समेत निश्कर्षमा पु¥याउन सकिने भन्दै संविधान निमार्ण गर्ने दावि गरेका हुन् ।  

रिपोर्टस क्लबले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधनगर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले आगामी दुइ महिना भित्रै संविधान जारी हुने बताउनुभयो । उहाँले माओवादीसंग भएको सातबुदे सहमतिले संविधान निर्माणकालागि आधार तयार गरेको दावी गर्नुभयो । प्रधानमन्त्रीले जेठ १४ मा संविधान बन्नेमा आश्वस्त रहन सबैलाइ आग्रह समेत गर्नुभयो ।  

कार्यक्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइ महिनाभीत्र शान्ति प्रक्रिर्या पूरागरी जनताले चाहे अनुसारको संविधान बनाउन संभव रहेको बताउनु भयो । उच्चस्तयिर कार्यदल र संवैधानिक उपसमिति मार्फत वितेका महिनामा असंभव ठानिएका कतिपय बिषयमा सहमति भएको स्मरणगर्दै दलहरुवीच विश्वास भए जेठ १४ मै संविधान बन्ने प्रचण्डको दावी थियो । अध्यक्ष प्रचण्डले विगतमा भएका सहमति अनुसार शान्ति प्रक्रिर्या टुङ्गोमा पु¥याउन संभव भएको समेत उल्लेख गर्नुभयो । 

कागे्रस सभापति सुशील कोइरालाले शान्ति प्रक्रिर्या टुङ्गोमा पुग्ने अबस्था सृजना भए आगामी जेठ १४ मै संविधान जारीगर्न सकिने बताउनु भयो । चार बर्षदेखी थाति रहेको माओवादी  जनसेनाका लडाकूको समायोजनगरी शान्ति प्रक्रिर्या अविलम्ब टुङ्गो लगाउनु पर्ने उहाँको भनाइ थियो । जनता शान्तिपूर्ण र भय रहित वाताबरणमा बस्न चाहेको उल्लेखगर्दै कोइरालाले त्यसकालागि माओवादी क्रिर्याकलापमा सुधार जरुरी रहेको बताउनुभयो ।

तनावपछि संवैधानिक समिति बैठक स्थगितः 

काठमाण्डौ, चैत्र १७ । अल्पसंख्यक मुस्लिम दलित र मधेशी समुदायको अधिकार सुनिश्चितगर्न कञ्जुस्याइ गरेको दावी सहित दुइजना सभासदले विरोध जनाएपछि संविधानसभा संवैधानिक समितिको बैठक आज प्रभावित भएको छ । राज्यपुर्नसंरचना समितिको मस्यौदामाथीको छलफलका क्रममा विबाद सृजना भएपछि दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद सदरुल मियाँले चर्को स्वरमा कुरा राखेपछि बैठक प्रभावित बनेको हो । संविधानसभाका ठूला दल र नक्कली मधेशवादी दल पीछडिएको समुदायलाइ ठग्ने किसिमको संविधान बनाउन चाहेका कारण भण्डाफोरगर्न बैठक बहिस्कार गरेको सभासद मियाँले बताउनुभयो । पासवानले भने मधेशवादीदलले दलित जनजानीलाइ पाखा लगाउन खोजेको आरोप लगाउनुभयो । सभासदद्वयले ठूला दलको संविधान नबनाउने नियत देखिएको दावीगर्दै जनतामा जाने भन्दै राज्यपुर्नसंरचना समितिको मस्यौदा च्यातेका थिए । 

समिति सभापति निलाम्बर आचार्यले असहज स्थिति बनेका बैठक भोली सम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले बैठकमा सामान्य विवादहुनु स्वाभाविक भन्दै आगामी वैठकमा राज्य पुनर्संरचना वारेमा छलफल गरिने वताउनुभयो । बैठक स्थगित भएको वारे सभापति आचार्यले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ जानकारी गराउनु भएको छ । 

‘बैठक सञ्चालन भई रहेको अवस्थामा राज्यको पुर्नसंरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा मुस्लिमलगायतका अल्पसंख्यक तथा सीमान्तकृत समुदायको अधिकार सुनिश्चित नभएको भनी केही चर्काचर्की भई होहल्लाको अवस्था सृजना भयो, संवैधानिक समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ– बैठकमा चर्काचर्की र होहल्लाको कारण निरन्तर अवरोधको स्थिति रहेपछि माननीय सभापतिले समितिको बैठक भोली सम्मका लागि स्थगित गर्नु भयो ।’

अर्थमन्त्री अधिकारीद्धारा खनाललाइ मन्त्रालय फर्कन आग्रह

अर्थमन्त्री भरतमोहन अधिकारीले अर्थसचिव रामेश्वर खनाललाई मन्त्रालय फर्कन पुनः आग्रह गर्नुभएको छ । अर्थमन्त्रालयमा आज आफू माताहतका कार्मचारीसहित उपस्थित भएर पत्रकार सम्मेलन गर्नुभएका मन्त्री अधिकारीले अर्थसचिव खनाललाई मन्त्रालयमा फर्कन  आग्रह गर्नुभएको हो । आफूले खनाललाई दवाव दिएको भन्ने समाचार निराधार भएको भन्दै मन्त्री अधिकारीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले देशको आर्थिकअवस्था सुदृढ गर्न प्रत्येक दिन खनालस“ंग छलफल गर्ने गरेको बताउनुभयो । मन्त्री अधिकारीले  नक्कली भ्याट बिलको विषयमा खनालसं“ग कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो । 

पत्रकार सम्मेलनमा राजश्वसचिव कृष्णहरी बास्कोटाले सहसचिव सरुवाको विषयसमेत सचिव रामेश्वर खनाल, अर्थमन्त्री र आफू मिलेर गरेको बताउ“दै बाहिर प्रचारमा आए जस्तो मन्त्रीको दवावमा कुनै कर्मचारीको सरुवा नभएको दावी गर्नुभयो । 

यसैबीच अर्थसचिव रामेश्वर खनालको राजीनामा प्रकरणमा छलफल गर्न आज वस्ने भनिएको  व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको वैठक स्थगित भएको छ । अर्थमन्त्री एवं उपप्रधानमन्त्री भरतमोहन अधिकारी बैठकमा अनुपस्थीत वैठक स्थगित भएको हो । 

यता अर्थसचिव रामेश्वर खनाल राजीनामा प्रकरणलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको सरोकारवालाहरुले वताएका छन् । राजधानीमा जनसंचार अभियानले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका पुर्व गर्भनर दिपेन्द्र वहादुर क्षेत्रीले खनालको राजीनामा वाध्यात्मक नभएको दाबी गर्दै यस बिषयलाई अनावश्यक राजनीतिकरण नगर्न आगं्रह गर्नुभयो । उहांले अर्थसचिव खनाल सक्षम, योग्य र इमानदार व्यक्ती भएपनि कसैको उक्साहटमा लागेर राजीनामा गरेको भन्दै त्यो ठिक नभएको वताउनुभयो । 
राजनीतिक बिश्लेशक सुरेन्द्र केसीले सरकार परिवर्तनसंगै सरकारी संयन्त्रहरुमा आक्रमण गर्न नहुनेमा जोड दिंनुभयो । उहांले राजीनामा प्रकरण अन्तराष्ट्रिय डिजाईन भएको समेत ठोकुवा गर्नुभयो । नेपाल निजामती कर्मचारी संगठनका भोलानाथ पौडेलले खनालको राजीनामालाई अनावश्यक रुपमा वढ्ता राजनीतिकरण गरिएको बताउनुभयो । उहांले राजीनामा प्रकरणले अर्थसचिव खनालको इमानदारीतामा समेत प्रश्न उठेको उल्लेख गर्नुभयो । 

ग्यासको मूल्यमा लाग्दै आएको भ्याट हटाउन सुझावः 

काठमाण्डौ, चैत्र १७ । विभिन्न उपभोक्तावादी संघ÷संस्थाले घरायसी उपयोगमा प्रयोग गरिने ग्यासमा लाग्दै आएको मूल्य अभिबृद्धि कर भ्याट हटाउन सुझाव दिएका छन । व्यबस्थापिका संसद अन्तरगतको आयल निगम समस्या उपसमितिको बैठकमा उपभोक्तावादी संस्थाका प्रतिनिधिहरुले व्यबसायीक प्रयोजनको ग्यासमा दिएको छुट हटाउन माग गरेका हुन । नेपाल आयल निगमले डिजेल र पेट्रोलमा सड्क करका नाममा उपभोक्तावाट उठाएको अर्बौ रुपैया हिनामिना भएको भन्दै उनिहरुले छानविनगर्न माग गरे । राष्ट्रिय उपभोक्ता मञ्चका पे्रम महर्जनले सर्वसाधारणले प्रयोग गर्ने ग्यासको मूल्य सस्तो हुनुपर्नेमा व्यबसायीक प्रयोजनको ग्यास सस्तो बनाएर उपभोक्तालाइ मर्कामा पार्ने काम भएको बताउनुभयो । 

व्यबसायीक प्रयोजनको ग्यासमा दिइदै आएको छुट र सोही बराबरको रमक जोडेर व्यबसायीक प्रयोगनको ग्यासको मूल्य बृद्धिगर्न उहाँले सुझाव दिनुभयो । सर्बसाधारण उपभोक्ताले प्रयोग गर्ने प्रतिसिलिण्डर ग्यासको मूल्य १ हजार ३२५ भएपनि व्यबसायीले १४९ रुपैया सस्तो पाएका छन । उपभोक्ता मञ्चका शम्भु साहले आयल निगमको मूल्य निर्धारणगर्न छुट्टै संयन्त्र बनान सुझाव दिनुभयो । एउटै संस्थाले व्यापार गर्ने, उसैले मूल्य निर्धारण र अनुगमन गर्ने कारण बजारमा मनोपली भएको उहाँको भनाइ थियो । 

उपभोक्तावादी अधिवक्ता ऋषि निरौलाले सड्क कर मार्फत उठाइएको १ अर्ब ६८ करोड रुपैयाँको हिसाव नभएको भन्दै त्यसमा छानविनगर्न सुझाव दिनुभयो । निगमले ६ महिनाको समयमा वाताबरण कर भन्दै उपभोक्तावाट ७७ करोड २० लाख रुपैया संकलन गरेपनि त्यती ठूलो रकमको हिसाव नराखिएकोले अनियमिताको शंका गर्नुभयो । उपसमिति संयोजक सभासद धनराज गुरुङले सरोकारवाल सबैसंगको छलफलपछि पेट्रोलीयम पदार्थको कारोवार र मूल्य निर्धाराणवारे सुझाव दिइने बताउनुभयो । 

जातिय भेदभाव कसुर विधेयक संशोधन गरेर पारितगर्न संसदको ध्यानाकर्षणः 

काठमाडौँ, १७ चैत्र । विभिन्न दलका दलित सभाषदहरुले संसदमा विचाराधिन जातिय भेदभाव तथा छुवाछुतको कसुर र सजाय सम्वन्धि विधेयक संसोधन गरेर मात्र पारित गर्न सभामुख सुवासचन्द्र नेम्वांगको ध्यानाकर्षण गराएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङ्गलाइ आज ज्ञापनपत्र वुझाउँदै संयुक्त राजनीतिक दलित संघर्ष समितिले संसदमा टेवल भैसकेको उक्त विधेयकमा प्रस्तुत प्रावधानले छुवाछुत प्रथालाई पूरै निधेधगर्न नसक्ने बताएका हुन । राष्ट्रिय दलित मुक्ती मोर्चाका संयोजक एवं माओवादी सभाषद तिलक परियारले आगामी १५ दीन भित्र आफ्ना मागको सम्वोधन नभएमा कडा आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने बताउनुभयो । सभामुखले समितिले अघि सारेको माग सम्वन्धित पक्षसँग पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको परियारले जानकारी दिनुभयो । 

अराजक गतिविधि गर्नेलाई कारबाही गर्छु –प्रम खनाल

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलको आडमा अराजक गतिविधिमा सक्रिय हुने जो कोहीलाई सख्त कारबाही गर्ने प्रतिबद्धता दोहोराउनुभएको छ । चन्दा आतङ्क, अपहरणजस्ता अराजक गतिविधिको विरोधका क्रममा आक्रमणमा परी गम्भीर घाइते भएका ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खतिवडालाई आज मोडेल अस्पतालमा भेटेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिंँदै उहाँले राजनीतिक दलको खोल ओढेर आतङ्ककारी गतिविधि गर्ने छुट कसैलाई पनि नभएको बताउनुभयो । नेकपा एमालेले खतिवडाको आक्रमणमा एकीकृत नेकपा (माओवादी) पक्षको हात रहेको आरोप लगाउँदै आएको छ । 

यसैबीच प्रधानमन्त्री खनाल र नेपालका लागि चिनीया राजदुत क्यु गोहोङबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान भएको भेटवार्तामा संबिधान निर्माण, जारी शान्ति प्रकृया, नेपाली सेनालाई चिन सरकारले उपलव्ध गराएको सहयोग लगायतका बिषयमा छलफल भएको वताइएको छ । भेटमा तिव्वती शरणार्थीको वढ्दो नेपाल प्रबेश तथा एक चिन नीतिमा सरकारको प्रतिवद्धताको बिषयमा समेत गम्भिर छलफल भएको वताइएको छ । राजदुत गोहोङले प्रधानमन्त्रीमा निर्वाचीत भएपछि पहिलो पटक खनाललाई भेट गर्न भएको हो । 

इलाममा भएको दुर्घटनामा तीनको मृत्यु

इलाम (मङ्गलबारे), १७ चैत । इलामको बरबोटे गाविस–१ स्थित तोरीबारीमा आजे भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिडाँडा–२ का तिलक राई तथा नाम खुल्न नसकेका एक बालक र अन्य एक व्यक्ति रहेका छन् । दुर्घटनामा परी नौजना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको उपचार जिल्ला अस्पताल इलाममा भइरहेको छ भने गम्भीर घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । वर्षाका कारण बाटो चिप्लो भएकाले मे १ ज ३५४ नम्बरको ट््याक्सी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शान्तिमन्त्री अनन्तद्धारा सेना समायोजनबारे सभासद्हरुसँग छलफल

काठमाडौँ, १७ चैत्र । शान्ति तथा पुननिर्माण मन्त्रालयले सभाषद्हरुस“ग सेना समायोजन र पुनसर््थापनाबारे छलफल गरेको छ । अन्तरक्रियामा सहभागी सभाषद्हरुले शान्तिमन्त्री वर्षमान पुन अनन्त र सेना सेनासमायोजन विषेश समिति सचिवालय संयोजक बालानन्द शर्मासंगसेना समायोजन प्रक्रियामा भएको प्रगती विवरण मागेका थिए । जवाफमा शान्तिमन्त्री पुनले सेना समायोजन प्रक्रिया सकरात्मक रुपले अघि बढिरहेको बताउनुभयो । उहा“ले सेना समायोजन गर्दा महिला लडाकुलाई बिशेष प्रथमिकता दिइने बताउनुभयो । सेना समायोजन बिशेष समिती सचिवालय संयोजक शर्माले माओवादी र सरकारबीचको सहमती कार्यान्वयन नहुदा लडाकुका सहायक शिविरको अनुगमन गर्न नसकिएको बताउनुभयो । उहा“ले प्राबिधिक समितीलाई जिम्मेवारी अनुसार समाग्री नपुगेकाले सोचेजति काम गर्न नसकिएको गुनासो गर्नुभयो ।

रामहरि श्रेष्ठ हत्या प्रकरण : चिकित्सक झिकाउन अदालतको आदेश

चितवन (रत्ननगर), १७ चैत । जिल्ला अदालत चितवनले काठमाडौँका व्यापारी रामहरि श्रेष्ठको हत्यापछि शव परीक्षण गर्ने भरतपुर मेडिकल कलेजका चिकित्सक प्रमोद श्रेष्ठलाई झिकाउन आदेश दिएको छ । व्यपारी श्रेष्ठको हत्याका सम्बन्धमा जिल्ला अदालत चितवनमा पहिलोपटक सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो । श्रेष्ठको हत्यामा संलग्न रहेको आरोप लागेका माओवादी लडाकू गोविन्दबहादुर बटालाका सम्बन्धमा भने अझै फैसला भएको छैन । यसअघि साक्षीहरुसँग बयान लिने काम भए पनि हिजो पहिलोपटक दुवै पक्षका कानुन व्यवसायीले मुद्दाका विषयमा बहस गरेका थिए । अदालतले अभियोगपत्रमा उल्लेख गरिएको विषयमा पनि थप अनुसन्धान गर्न समेत निर्देशन दिएको छ ।  
काठमाडौँका व्यापारी रामहरि श्रेष्ठलाई चितवनस्थित माओवादी लडाकूको तेस्रो डिभिजनमा ल्याएर हत्या गरेको अभियोगमा माओवादी लडाकू गोविन्दबहादुर बटाला कर्तव्य ज्यानसम्बन्धी मुद्दा खेपिरहेका छन् । 

दुग्ध विकास संस्थानद्धारा दुधको मुल्य ४ रुपैयाले वृद्धि 

काठमाडौँ, १७ चैत्र । दुग्ध विकास संस्थानले आज बाट दूधको मूल्य प्याकेटमा दुई रुपैया बृद्धि गरेको छ । किसानलाई बढी मूल्य तिर्नु परेकाले भाउ बढाउनु परेको सस्थानले दावी गरेको छ । दुग्ध बिकास सस्थानले निलो प्याकेटको दुध २० बाट २२ रुपैया र हरियो प्याकेटलाई २३ बाट बढाएर  २५ रुपैया पु¥याएको छ ।यसअघि एक महिना पहिले सस्थानले दहि लगायत दुध जन्य बस्तुमा भाउ बढाएको थियो । दुग्ध बिकास बोर्डले किसानले पाउने दुधको मुल्यमा पनि प्रतिलिटर तीन रुपैया बढाउने निर्णय गरेको छ । अहिले दुघको उत्पादन घटेकाले किसानलाई प्रोत्साहित गर्न मुल्य बढाएको बोर्डका कार्यकारी निर्देश डिएन पाठकले जानकारी दिनु भयो ।

अन्तराष्ट्रिय समाचार

लियिबाली परराष्ट्रमन्त्री मौसा कुसाद्धारा राजीनामा

लिबियाली शाशक मुहम्मर गद्याफि सरकारका परराष्ट्रमन्त्री मौसा कुसा बेलायत आइपुगेका छन् । कुसाले गद्याफि सरकारको परराष्ट्रमन्त्रीबाट राजिनामा दिएर बेलायत पुगेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । लियिबामा रहँदा कुसा राष्ट्रपति गद्याफीका कट्टर समर्थक रहेका थिए । 

यसैबिच बेलायतले लिबिायली मन्त्री कुसालाइ आफुले सुरक्षा दिएको भन्ने भनाइको खण्डन गरेको छ । बेलायत सरकारका विदेश मन्त्रालयका अधिकारीहरुले कुसाले राजीनामा दिएको बताएका छन् । उनीहरुले कुसाको राजिनामाले गद्याफी सरकार टुटेको समेत बताएका छन् । 

यसैबिच चिनियाँ राष्ट्रपति हु जिन्ताओले लिवियामाथि पश्चिमाहरुले गरको सैनिक हमलाको विरोध गर्नु भएको छ । बल प्रयोगले कुनैपनि समस्याको समाधान नहुने भन्दै उहाँले सैनिक हमला प्रति बिरोध जनाउनु भएको हो । लिबियामा अन्तरराष्ट्रिय सेनाद्वारा गरिएको बल प्रयोगको विषयलाई लिएर राजधानी वेईिजिङ पुगेका फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी सगँको भेटपछि उहॉले यस्तो प्रतिक्रिया दिनु भएको हो । 

राष्ट्रपति हुले लिबियामा हाल भइरहेको विदेशी सैन्य कारबाही लगायतका क्रियाकलापप्रति चीनको गम्भिर ध्यानाकर्षण भइरहेको समेत बताउनुभयो । पूर्वी चीनको प्रान्त जियाङसुको राजधानी नान्जिङ्मा आज हुने अन्तरराष्ट्रिय मौद्रिक प्रणालीसम्बन्धी एक सम्मेलनमा सहभागी भाग लिन सार्कोजी हाल चीनमा रहनु भएको छ । 

खेल समाचार

वुढासुव्वा गोल्डकपमा पुलिस र मनाङ मस्र्याङदी सेमीफाईनलमा

सुनसरीको धरानमा जारी १३ औ संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आज हुने भनिएको फाईनल खेल स्थगित भएको छ । धरानमा आज मध्यान्ह देखिनै ठूलो वर्षा भएपछि खेल सुरु नै नभई स्थगित भएको हो । स्थगित खेल आउँदो आइतबार हुने आयोजकले जनाएको छ । यो संस्करणको उपाधिका लागी नेपाल पुलिस क्लव र मनाङ मस्याङदी क्लबबीच प्रतिष्पर्धा हुदैँछ । 

सूर्य नेपालद्धारा गल्फलाई सर्वाधिक १ करोड १२ लाखको प्रायोजन 

काठमाडौँ, १७ चैत । गल्फ खेलको विकासका लागि नेपाल प्रोफेसनल गल्फ एसोसियसन (एन पि जि ए) लाई सूर्य नेपाल प्रालिले वार्षिक एक करोड १२ लाखको प्रायोजन गर्ने भएको छ ।  नेपालको खेलकुद इतिहासमा प्रायोजन बापत प्राप्त हुने आर्थिक सहयोगमा यो हालसम्मकै सर्वाधिक राशि हो ।  

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई गोर्खा ब्रुअरीले वार्षिक रु एक करोड उपलब्ध गराउने प्रायोजन सम्झौता गरेको थियो । तीन वर्षे सम्झौता अनुसार सूर्य नेपालले तीन वर्षसम्मका लागि वार्षिक रु. एक करोड १२ लाखका दरले प्रतियोगिताका लागि गल्फ एसोसिएसन लाई रकम उपलब्ध गराउने छ । सन् १९९३ देखि सूर्य नेपालले गल्फ खेलको विकासका लागि प्रायोजन बापत रकम उपलब्ध गराउदै आएको थियो ।

No comments: