Friday, April 1, 2011

चैत्र १८ गते २०६७

मजुदुरहरुद्धारा आन्दोलन फिर्ता, आइतबार त्रिपक्षिय सहमति हुने

Minister of Nepal Top bd Rayamajhi
काठमाण्डौं, १८ चैत्र । सरकारले आन्दोलनरत मजदुरहरुका समस्या दुई दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि मजदुरहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । 

एकसातादेखि देशभरका औद्योगिक करिडोरहरुमा हड्ताल गर्दै आएका मधेशवादी दल समर्थीत मजदुरहरुका मागबारे आज श्रम मन्त्रालयमा भएको त्रिपक्षीय वार्तामा सरकारले दुईदिन भित्र समाधान निकाल्ने प्रतिबद्धता जनाएपछि मजदुरहरुले आन्दोलन फिर्ता लिएका हुन् । माओवादी, कांग्रेस र एमाले निकट मजदुर संगठनबीच न्युनतम मासिक तलब १५ सय बढाउने र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले दैनिक २ सय २६ रुपैंया पाउने सहमति भएपनि मधेशवादी दलका निकट मजदुर संगठनले त्यसको विरोध जनाउँदै आएका छन् ।


उद्योग वाणिज्य महासंघका प्रतिनिधि र मजदूरबीच आज भएको वार्ताको मध्यस्थता गर्नुभएका श्रममन्त्री टोपबहादुर रायमाझीले उद्योगीहरुस“ग पुन वार्ता गरी दुई दिनमा निकास निकाल्ने दृढता व्यक्त गुर्नभएको थियो ।

एक साताअघि नेपाल उद्योग वाणिज्य महासंघ र तीन ठूला पार्टी निकट मजदुर संगठनहरुबीच भएको ११ बु“दे सहमति परिमार्जन माग गर्दै मधेशवादी र अन्य मजदुर संगठनहरुले औद्योगिक करिडोरका उद्योगहरु बन्द गर्दै आएका थिए ।

बम बिस्फोट हुदा दुई जना बालबालिकाको मृत्यु

हुम्लामा बेवारिशे बम बिस्फोट हुदा आज दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठेह  ३ मानखेल्ने कि ८ बर्षिय अस्मिता बोहार र १० बर्षिया मान बहादुर बाहोरा रहेका छन् । बेवारिशे अवस्थामा भेटिएको सो बम खेलाउँदा बिस्फोट भएको हुम्ला प्रहरीले जनाएको छ । बम कसले राखेको भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीको जनाएको छ । 

कागे्रसद्वारा सदनमा उपप्रधानमन्त्रीको जवाफ अस्वीकारः

काठमाण्डौ, चैत्र १८ । अर्थसचिव रामेश्वर खनाल राजीनामा प्रकरणमा प्रधानमन्त्रीको स्पष्टिकरण नआएको भन्दै नेपाली कागे्रसले विरोध जनाएपछि व्यबस्थापिका संसदको बैठक आज लगातार दोस्रो पटक अबरुद्ध भएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको सुरुमै कागे्रस मुख्य सचेतक लक्ष्मण घिमिरे, गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा रामशरण महतले अर्थसचिव प्रकरणमा प्रधानमन्त्री झलनाथ खनाल उपस्थित भएर जवाफ दिनुपर्ने मागगर्दै त्यतिन्जेल सदन चल्न नसक्ने बताएका थिए ।

कागे्रसको विरोधपछि संसदको बैठक २१ गते सोमबार सम्मका लागि स्थगित भएको छ । कागे्रस सभासदहरु बोलेलगत्तै उपप्रधानमन्त्री भरत मोहन अधिकारीले बोल्नका लागि हात उठाएपनि कागे्रस सभासदले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने भन्दै अधिकारीलाइ बोल्न अबरोध सृजना गरेका थिए । संसद बैठक अगाडि बढाउन सभामुखले पटक÷पटक आग्रह गरेपनि कागे्रस सभासदहरुले नमानेपछि बैठक स्थगित गरिएको थियो । त्यस बिचमा एमाले मुख्य सचेतक भीम आचार्यले समय माग गरेपनि कागे्रसले अन्यदललाइ बोल्न दिएन ।
डा महतले संसदवाट पारित चालु बजेटका कार्यक्रम रोकेर पूरक बजेट मार्फत राजनीतिक तवरमा बाढन खोजेको आरोप लगाउनु भएको थियो । अर्थमन्त्री भरतमोहन अधिकारीको निर्देशनमा चैत्र १३ गते अर्थमन्त्रालयवाट अन्य मन्त्रालयमा गरिएको गोप्य पत्रले संसदवाट पारित भएको बजेट रोक्न निर्देशन दिएको महतले दावी गर्नुभयो । ‘आर्थिक संकटकालको अबस्थामा मात्र चालु कार्यक्रमका बजेट रोकिन्छ, महतले भन्नुभयो– योे कुनै शत्रुले ल्याएको बजेट थिएन, आफ्नै पार्टीका सदस्यले बनाएको बजेटमाथी यत्रो अन्तरघात भएपछि अब जलाइदिए हुन्छ ।’

महतले अर्थसचिव रामेश्वर खनालको राजीनामा सामान्य किशिमले नआएको दावीगर्दै उहाँलाइ राजीनामा दिन बाध्य पारिएको जीकिर गर्नुभयो । ‘यस्तो अबस्थामा एउटा अनुसाशित व्यक्तीले कसरी काम गर्न सक्छ, तर त्यसको फाइदा उठाएर अर्थमन्त्रीले गलत काम गर्दै हुनुनुन्छ ।’ उहाँले भन्नुभयो ।  एउटा पार्टीको निहित स्वार्थको लागि कथित पूरक बजेटको तयारीकालागि दावब दिइएको आरोप लगाउदै महतले यस्तो अबस्था सहन नसकेर सचिवले राजीनामा दिएको दावीगर्नुभयो ।

‘संसदवाट पारित भएको बजेटमाथी भ्वाइलेसन भएको छ, महतले भन्नुभयो– यो संसदको मानहानी र संसदीय मर्यादा बाहिरको कुरा हो ।’ यसअघि अस्थि १६ गतेपनि संसदको बैठक स्थगित भएको थियो । बैठकमा लगानि वोर्ड विधेयक पारित गर्न प्रस्ताव गर्ने कार्यसूची थियो ।


संसदमा स्पष्टिकरणको अबसर दिइएनः अर्थमन्त्री

यसैबीच अर्थमन्त्री भरतमोहन अधिकारीले संसदीय व्यबस्थामा विश्वासगर्ने पार्टी नेपाली कागे्रसले आफूलाइ स्पष्टिकरणको अबसर नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । संसद बैठकपछि पत्रकारहरुसंग कुरागर्दै मन्त्री अधिकारीले आफूमाथी लागेको आरोपको खण्डन गर्ने मौका नदिइएकोप्रति आपत्ति जनाउनु भएको हो ।
‘अघिल्लो बैठकमा ममाथी गम्भीर आरोप लगाइएको थियो, उहाँले भन्नुभयो– अदालतमा समेत अपराधीलाइ सफाइको मौका दिइन्छ, तर मैले संसदमा बोल्न पाइन ।’ मन्त्री अधिकारीले चालु बजेटका कार्यक्रम रोक्न आफूले निर्देशन नदिएको दावीगदै अर्थ मन्त्रालयवाट गएको सर्कुलरका बिषयमा आफूले छानविन गर्ने बताउनुभयो ।

पछिल्ला दिनमा आफूमाथी गम्भीर आरोप लाग्दै आएको भन्दै अधिारीले जनतासंग वास्तविबता बुझाइदिन संचारकर्मीसंग आग्रह गनुभयो । यसअघि अघिल्लो बैठकमा कागे्रस सभासदले आफूमाथी आर्थीक घोटालाको आरोप लगाएको भन्दै अधिकारी लिखित जवाफ सहित संसदमा पुग्नु भएको थियो ।

सभासदद्वारा कुर्सी फालाफाल, संवैधानिक समिति बैठक २२ गते सम्मकालागि स्थगितः

मुस्लिम र अल्पतसंख्यक समूदायका मागप्रति मुख्यदल गम्भीर नभएको भन्दै दुइ सभासद्ले आज दोश्रो दिन पनि संवैधानिक समितिको बैठक बिथोलेका छन् । दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद सदरुल मियाले संवैधानिक समितिको कुर्सी फालेपछि बैठक आगामी मंगलवार सम्मकालागि स्थगित भएको हो । सभासद पासवानले आफू बसेको संसद सचिवालयको कुर्सी फालेर बैठक अवधिभर उभिएका थिए । सभासदले कुर्सी फालेपछि संसद सचिवालय आसपासमा तनाव सृजना भएको थियो ।


अल्पसंख्यक, मुस्लिम लगायत पछाडि पारिएका समुदायको मागवारे राजनीतिक तहमा सहमति गर्नुपर्ने भएकोले बैठक मंगलवार सम्मकालागि स्थगित भएको समति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । उहांले संवेदनशील बिषयमा छलफलगर्दा भनाभनका घटना सामान्य भएको भन्दै यसलाइ सामान्य ढंगले हेर्नुपर्ने बताउनुभयो । सभासद पासवानले भने आफ्ना कुरा नसुनिए कुर्सी मात्र नभइ मान्छे समेत फाल्ने चेतावनी दिए । सभासदद्वयले हल्ला गरेपछि संवैधानिक समिति बैठक हिजोपनि प्रभावित भएको थियो ।  

शान्ति र संबिधान दुईमहिना भित्रः प्रधानमन्त्री

प्रधानमन्त्री झलनाथ खनालले मुख्य राजनितिक दलहरुबिच ईच्छाशक्ति भए दुईमहिना भित्र शान्ति र संबिधानका कार्य टुङ्गोमा पु¥याउन सकिने बताउनुभएको छ । नेपाल नेत्र ज्योती संघ चितवनद्धारा सञ्चालित भरतपुर आखा अस्पतालको नवनिर्मित बहिरङ्ग सेवा भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री खनालले संबिधान लेखनका धेरै बिषयबस्तुमा दलहरुबिच सहमती भईसकेकाले दुई महिना भित्र संबिधान जारी गर्न सकिने बताउनुभएको हो । मुख्य दलहरुले देश र जनतालाई सर्वोपरी ठानेर काम गरे केहि समस्या नहुने उहाको भनाई थियो ।

शान्तिप्रक्रियाका बाकी कामलाई टुङ्गोमा पुर्याउन दलहरु एकजुट हुने हो भने समस्या नभएको भन्दैं प्रधानमन्त्रि खनालले भन्नुभयो–“ धेरै काम सकिएका छन् खाली हामीमा ईच्छाशक्तीको मात्र अभाव हो । ”

मुलुक संक्रमणकालको अन्तिम अबस्थामा रहेको उल्लेख गर्दे प्रधानमन्त्रीले संक्रममणकालको व्यवस्थापन गरेर अघि बढ्न दलहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो । आफ्नो नेतृत्वमा रहेको सरकारको अर्जुन दृष्टी शान्ति र संबिधानमा मात्र रहेको भन्दैं प्रधानमन्त्रीले आफुले मात्र केहि गर्न नसक्ने भन्दैं सबैको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

यसैबिच आजै अर्को कार्यक्रममा प्रधानमन्त्री खनालले संविधान निर्माण भए मुलुकका सबै समस्या समाधान हुने बताउनुभएको छ । हरेक कुरा संविधान निर्माण र शान्तिप्रक्रियासँग जोडिएको उल्लेख गर्दै उहाँले संविधान निर्माण अहिले मुलुकको पहिलो प्राथमिकता भएको बताउनुभयो ।

चितवनको सौराहामा सुरु भएको प्रेस चौतारी नेपालको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री खनालले सरकार थपिएको समयमा संविधान निर्माणका लागि क्रियाशील रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री खनालले प्रेसजगत्को पेशागत सुरक्षाको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताउदै नयाँ संविधानमार्फतसमेत यसलाई सुनिश्चित गर्न आफू क्रियाशील रहने अठोट व्यक्त गर्नुभयो । पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रधानमन्त्री खनालले सूचनाको क्षेत्रमा विश्व अगाडि बढिरहेको हुँदा त्यसतर्फ नेपाल पनि अघि बढ्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री खनालले सरकारलाई असफल बनाउन तराईमा हिंसा गराइएको आरोप लगाउँदै भन्नुभयो—“समयमा संविधान बन्न नदिने समूहले तराईमा हिंसा मच्चाइरहेका छन्” । हिंसा गर्नेहरूलाई सरकारले छाड्दैन, प्रधानमन्त्रीको भनाइ थियो– देशमा शान्ति र अमनचैनका लागि सरकार प्रतिबद्ध छ, यस्ता गतिविधिलाई निरुत्साहित गर्न सबै नेपाली एकताबद्ध हुनु पर्दछ ।

कुटनीतिक राहदानि दुरुपयोगवारे अनुसन्धान सक्न अख्तियारलाइ लेखाको निर्देशनः

काठमाण्डौं, १८ चैत्र । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले कुटनीतिक राहदानी दुरुपयोग सम्वन्धी छानविन छिटो टुग्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । आयोगको सचिव भगवतिकुमार काफ्लेसंगको छलफलपछि समितिले आज अनुसन्धान छिटो सक्न निर्देशन दिएको हो । मधेसी जनाधिकार फोरम नेपालका सभासद वीपी यादब र नेपाली जनता दलकी सभासद गायत्री शाहले कुटनीतिक राहदानी दुरुपयोग गरि अन्य ब्यक्तिलाई प्रयोग गर्न दिएको खुलासा भएपछि  अख्तियारले छानविन गर्दै आएको छ ।

बैठकमा सदस्यहरुले राहदानी दुरुपयोग गर्नेलाई कारवाही नगरेर उन्मुक्ति दिने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका थिए । कुटनीतिक राहदानी दुरुपयोग गर्ने सभासद शाहले भने अख्तियार र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा समितिले छलफल गर्न नमिल्ने बताएकी थिइन । अख्तियार सचिव भगवतिकुमार काफ्ले राहदानी दुरुपयोगको अनुसन्धान गरेर केही दिनमै प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिनुभयो । शाह र यादबको नाममा जारी भएको क्रमश  ०१९८२६ र ०१९८९३ नम्बरको कुटनीतिक राहदानी लिएर अष्टेलिया जाने क्रमश अबुधावी पुगेका पृथ्बी छन्त्याल र अर्को नाम नखुलेकी महिलालाई  नक्कली राहदानी प्रयोग गरेको भनि नेपाल फिर्ता पठाएपछि राहदानी दुरुपयोगको खुलासा भएको थियो ।

नेविसंघ विघटनको विषयलाइ लिएर काँग्रेस विभाजित मतदानको अवस्था श्रृजना

काठमाण्डौं, १८ चैत्र । नेपाली कङग्रेसले आफ्नो विद्यार्थी सङगठन नेविसङघको विघटन सम्बन्धी विवाद निर्वाचनबाटै भएपनि भोली टुङगो लगाउने भएको छ । आज बसेको कङग्रेस केन्द्रिय समितीको बैठकले नेविसङघ विघटन गर्नै वा संयोजन गरेर लैजाने भन्ने विषयमा भोली अन्तिम टुङगो लगाउने निर्णय भएको केन्द्रिय सदस्य बलबहादुर केसीले जानकारी दिनुभयो ।

केही दिन यता पार्टी केन्द्रिय कार्यलय सानेपामा जारी केन्द्रिय समितीको बैठकमा आज पनि भातृसङगठनमा देखिएको विवाद समाधानका लागि महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित २ सदस्यीय टोलीले बुझाएको प्रतिवेदनमा केन्द्रिय सदस्यहरुले आ—आफ्नो धारणा राखेको थिए । आज संसदमा अर्थसचिवकोे राजिनामा र भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकको नियुक्तिका सम्बन्धमा कङगष््रेसको धारणा राख्न सहभागी हुनपर्नै भएकाले बैठक केही मात्र बसेको कङग्रेसले जनाएको छ । भोलीको बैठकमा सहमतीकै आधारमा सङगठनको विघटन वा संयोजनका लागि पहल गरिने र सहमती  जुट्न नसके निर्वाचन गरेरै भएपनि विवाद टुङगार्यने नेता केसीले बताउनुभयो ।

नेता केसी समेत सदस्य रहेको सिंहको समितीले नेविसङघकको वैधानिक समयावधी सकिसकेकाले हालको समिती विघटन गरी तदर्थ समिती बनाएर तत्काल अधिवेशनमा जानुपर्नै सुझाव दिएको छ । यस विषयमा टुङ्गो लगाउन बैठक भोली विहान ११ बजे पुन बस्नेछ ।

माओवादी र एमाले स्थायी समिती बैठक स्थगितः दुबै दलको आन्तिरिक गृहकार्य पुगेन

काठमाण्र्डौ, १८ चैत्र । सरकारमा जाने नेताहरुको टुङ्गो लगाउन आज बस्ने भनिएको एकिकृत नेकपा माओबादीको स्थायी समितीको बैठक औपचारिक रुपमा बस्दै नबसि स्थगित भएको छ । पार्टी भित्रको आन्तरिक बिबाद समाधानका लागि गृह कार्य नपुगेकाले वैठक स्थगित भएको वताइएको छ । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज बिहान केहिबेर नेताहरुबीच विवाद समाधानका बिषयमा अनौपचारिक छलफल भएको थियो । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि थप गृहकार्य गरेर भोली बिहान पुन वैठक वस्ने माओबादी निकट स्रोतले जनाएको छ । पार्टीको मजदुर संगठन भित्रको बिबादले माओबादी नेतृत्वमा समेत बिभाजन देखिएको छ ।

आन्तरिक बिबादका कारण माओबादीले आफनो भागमा परेका मध्ये अझै ७ जना मन्त्रीको नाम टुगो लगाउन बाँकी छ । सरकारमा पनि समिकरण मिलाउन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष द्धय बैद्य र भट्टाई पक्षकालाई समान रुपमा सहभागी गराउनु पर्नेमा माओबादी भित्र गम्भिर रुपमा छलफल हुदै आएको छ ।

यसैबिच माओबादीका नेताहरुले पार्टीलाई फुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीलाई फुटन्बाट बचाउन दाबाब दिने उद्धेश्यले आज माओबादी नेतृत्वबिच छलफल भईरहेकै समयामा पुगेका भातृ संगठन अखिल क्रान्तिकारीका सदस्यहरुसँग नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, नेतृ कमला धमला लगायतको टोलीले हजारौको रगत बगाएर पार्टी बनेको भन्दै पार्टीलाई अझ बलियो बनाउदै लैजानु पर्ने बताएका थिए ।

यसैबिच सरकारमा जाने नेताहरुको टुङगो लगाउन आज बस्ने भनिएको नेकपा एमाले स्थाई समितीको बैठक पनि स्थगित भएको छ । नेताहरुको कार्यब्यस्ताका कारण बैठक स्थगित भएको प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो । सरकारलाइ छिट्टै टुङ्गाउने बताउँदै आउनु भएका खनालले बैठक बोलाएपनि बैठकमा पदाधिकारीहरु उपस्थति नभएपछि स्थगित भएको हो ।  खनालले चाँडो भन्दा चाँडो सरकार विस्तार गरिने बताउनुभयो । बैठक आइतबार ४ बजेका लागी बोलाइएको छ ।

सूचना प्रविधि केन्द्र निर्माण शुभारम्भः शिक्षा मन्त्री

ललितपुर, १८ चैत । सूचना तथा सञ्चार प्रविधि सम्बन्धी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपालमै पहिलोपटक आधुनिक प्रविधि सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गरिने भएको छ । दक्षिण कोरिया सरकारको ४० करोड रुपैयाँको सहयोगमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस परिसरमा सो केन्द्र निर्माण हुन लागेको हो । केन्द्रको आज एक समारोहबिच शिक्षामन्त्री गङ्गालाल तुलाधरले शुभारम्भ गर्नुभयो । शुभारम्भका अवसरमा मन्त्रि तुलाधरले नेपालमा सूचना प्रविधिको विकासका लागि केन्द्र कोसेढुङ्गे सावित हुने बताउनुभयो । मन्त्रि तुलाधरले अहिलेको शिक्षा प्रणालीमा परिवर्तन गरी नयाँ संबिधानमा आधुनिक प्रविधियोग्य गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरिनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस परिसरको तीन हजार मिटर स्क्वायरमा निर्माण हुने पाँचतले सूचना प्रविधि केन्द्र २० महिनाभित्र निर्माण कार्य सकिने परियोजना व्यवस्थापन सहसंयोजक राजेन्द्र श्रेष्ठले बताउनुभयो । केन्द्रमा १० वटा सङ्काय कोठा, पाँचवटा अत्याधुनिक कम्प्युटर ल्याब, मेकानिकल डिभाइजलाई अटोमेटिक सञ्चालन गर्ने प्रणाली, तीन वटा आधुनिक सभा हल तथा ५० सिट क्षमताको कोरियन भाषा केन्द्र निर्माण गरिने ्र श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्पीय जोखिमका लागि उपत्यकामा सञ्चार सेटको व्यवस्था

भक्तपुर, १८ चैत । काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिमलाई दृष्टिगत गरी नेपाल रेडक्रस सोसाइटीले उपत्यकाका तीनै जिल्लामा सञ्चार सेट सञ्चालनमा ल्याएको छ । काठमाडाँै उपत्यका भूकम्पीय जोखिम क्षेत्र भएकाले रेडक्रसले तीनै जिल्लामा टावर निर्माण गरी सञ्चार सेट सञ्चालनमा ल्याएको हो । तत्काल प्रकोप प्रभावित क्षेत्रको घटना विवरण सङ्कलन र सम्भावित पीडितको उद्धार गरी राहत सामग्री पु¥याउन सञ्चार सेट सञ्चालनमा ल्याइएको रेडक्रस सोसाइटी भक्तपुरले जनाएको छ ।सात दशमलवभन्दा बढी रेक्टर स्केलको भूकम्प आए काठमाडांैँ उपत्यकामा एक लाखभन्दा बढी मानिसको मृत्यु हुने र ६० प्रतिशत संरचनाको क्षति हुने अनुमान गरिएको छ ।

एसएलसी परीक्षा आज सम्पन्न

भक्तपुर, १८ चैत । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको प्रबेशिका परिक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना  सहभागी भएको जनाएको छ । परीक्षामा नियमिततर्फ छात्र दुई लाख २९ हजार ७९१ जना र छात्रा दुई लाख ६ हजार ६२० जना रहेका छन् भने एक्ज्याम्टेडतर्फ छात्र २५ हजार ८०५ जना, छात्रा ३४ हजार २७ जना सहभागी भएको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो । यसैगरी परीक्षामा ८९ वटा खुल्ला विद्यालयका आठ हजार १४० जना जसमा छात्र चार हजार ५७८ र छात्रा ३ हजार ६६२ जना सहभागी थिए । सबैभन्दा कम मनाङमा १२२ जना र बढी काठमाडौँमा ३२ हजार ८६० विद्यार्थी परीक्षामा सहभागी थिए । गत १० गतेदेखि सञ्चालन भएको परीक्षाको सैद्धान्तिक आज सकिएको हो । प्रबेशिका अन्तरगत प्रयोगात्मक परीक्षा आइतबार हुने परीक्षा नियन्त्रक गौतमले जानकारी दिनुभयो । यस वर्ष नियम मिच्नेलाई कारबाही गर्न सकिएको बताउँदै उहाँले परीक्षा सहज रुपमा सम्पन्न भएको दाबी गर्नुभयो ।

तीन जना भूमिगतको हत्या

सीमावर्ती भारतीय इलाकामा भएका बेग्लाबेग्लै गोली प्रहारका घटनामा तीन जना भूमिगत कार्यकर्ताको ज्यान गएको छ । अज्ञात समूहले हिजो साँझ रक्सौलको कृष्णा टाकिज नजिकै गोली प्रहार गरी जनतान्त्रिक मधेस मुक्ति टाइगरका दुई जना कार्यकर्ताको हत्या गरेको छ । घटनामा टाइगरका बारा, पर्सा र रौतहट संयोजक बारा महेशपुरका शेखर सिंहको मृत्यु भएको छ ।

पर्सा जिल्ला इन्चार्ज राजगुरु उपनामका छोटेलाल पटेलको पनि ज्यान गएको छ । दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी सीमावर्ती घोडासहनमा भएको अर्को घटनामा जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका रौतहट इन्चार्ज रणवीर सिंहको मृत्यु भएको छ । गोली लागी गम्भीर घाइते भएका सिंहको मोतिहारीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । केही दिनअघि रौतहटमा यात्रुवाहक बसमा भएको विष्फोटको जिम्मेवारी जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले लिएको थियो । मारिने तीनै जना नेपालको तराई क्षेत्रमा हत्या, विष्फोट, धम्की, चन्दा असुलीलगायतका घटनामा संलग्न भूमिगत संगठनका कार्यकर्ता भएको बताइए पनि नेपाल प्रहरीले घटनाको पुष्टि भने गरेको छैन ।

पटकपटक संविधानसभाको समय थप गर्नु नाजायज ः बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पटकपटक संविधानसभाको समय थप गर्नु नाजायज भएको बताउनु भएको छ । शारदा क्याम्पस भक्तपुरको २० औ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानसभाको म्याद थप गर्ने कुराको जनताले समेत आपत्ती जनाएका बताउनु भएको हो ।

ठूला तीन दलले निर्वाचनमा आफू प्रथम पार्टी हुन्छ भन्ने पूर्ण विश्वास नभएसम्मका लागि संविधानसभाको समय लम्ब्याउन खोजेको आरोप लगाउनुभयो । सरकारले पूर्णता नपाएको सन्दर्भ कोट्याउँदै उहाँले सरकारको साँचो माओवादीसँग हुनु तर सरकारको नेतृत्व एमालेले गरेकै कारण पूर्णता नपाएको हो भन्नुभयो ।

अध्यक्ष बिजुक्छेले जातजाति र भाषाको आधारमा राज्य विभाजन गरे मुलुक हिन्दुस्थान र पाकिस्तान हुने बताउँदै मुलुकमा जात, भाषा र धर्मको आधारमा सङ्घीय राज्य बनाए आन्तरिक युद्ध सुरु हुने बताउनुभयो ।

यसैबीच,  पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले छलछाम गरेर संक्षिप्त संविधान ल्याउनुभन्दा जनतासामु भ्याएनौँ भनेर म्याद थपका लागि जानु नै उचित हुने बताउनुभएको छ । आफ्नो निवास मालिगाउँमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हतारहतारमा संक्षिप्त संविधान ल्याउँदा राज्यलाई धोका हुने तर्क प्रस्तुत गर्नुभयो ।

अध्यक्ष थापाले संविधानको मूल विषयमा नै प्रवेश नभइरहेको अहिलेको सन्दर्भमा बाँकी रहेको दुई महिनाको अवधिमा संविधान जारी हुनसक्छ भन्ने आफूलाई नलागेको बताउनुभयो । जानेर वा नजानेर मुलुक वामपन्थी र गैरवामपन्थीबीच ध्रुवीकरणमा जाने प्रायः निश्चित भएको उल्लेख गर्दै अध्यक्ष थापाले वामपन्थी र प्रजातान्त्रिक शक्तिबीच सन्तुलन नहुने हो भने राजनीतिमा ज्यादती उत्पन्न हुने भएकाले प्रजातान्त्रिक शक्तिहरूबीच एकताको खाँचो औँल्याउनुभयो ।

अन्तराष्ट्रिय समाचार
आइभोरिकोष्टमा राष्ट्रसंघ समर्थक र सैन्य समर्थक राष्ट्रपति बिच भिडन्त

संयुक्त राष्ट्रसंघिद्धारा मान्यता प्राप्त आइभोरिकोष्टका राष्ट्रपति अल्साने ओटारा समर्थक सैनिकहरुले ओटारालाइ स्थापित गराउन अन्तिम प्रयास थालेका छन् ।

उनीहरुले आइभोरिकोष्टको प्रमुख शहर अभिजानमा निर्वाचनमा पराजित भएपनि पद छाड्न अटेर गरिरहेका राष्ट्रपति लोरन्ट बाग्बोविरुद्ध हमला गरेका हुन् । दुबै पक्ष बिच एक अर्कालाइ हटाउन जोड तोडले हमला भइरहको बताइएको छ ।  अन्तराष्ट्रिय समाचार माध्यमहरुले अभिजानमा दुबै पक्षबिच अन्तिम हमला भइरहेका देखिएको जनाएका छन् । यसैबिच बढ्दो भिडन्तलाइ मध्यनजर गर्दै राष्ट्रसंघ मातहत खटिएका फ्रान्सका सैनिकलेहरुले ५०० भन्दा बढि विदेशीलाइ आफ्नो क्याम्पमा सुरक्षित राखिएको जनाएको छ ।

आइभोरिकोष्टमा रहेका विविसीका संवाददाता जोन जेम्सले भिडन्त लारेन्ट बाग्बोको अन्त्यका लागी जागेको जस्तो देखिएको जनाएका छन् । भिडन्त राष्ट्रपति बाग्बोको निवास रहेको कोकोडी क्षेत्रमा केन्द्रीत भएको विविसीले जनाएको छ ।

दुई पक्षका समर्थक बिच जारी हिंसाका कारण एक लाख भन्दा बढि मानिस ज्यान बचाउनका लागी मुलुक छाडेर अन्यत्र शरणलिन पुगेका छन् । सयुक्त राष्ट सघका अनुसार झडपमा अहिले सम्म ४ सय ७३ जनाको मृत्यु भई सकेको छ ।

यसैबिच सयुक्त राष्ट सघका महासचिब वान कि मून सहित अन्तराष्टिय समुदायले  बाग्वोलाई तत्काल सत्ता छाडन अपिल गरेका छन ।

खेल समाचार
विश्वकप क्रिकेटको फाईनल भोली

एसियाली उपमहाद्धिपमा जारी १० औ संस्करणको विश्वकप क्रिकेटको फाईनल खेल भोली हुँदैछ । भारतको मुम्बईस्थित वाङखडे क्रिकेट स्टेडियममा भोली दिउँसो हुने खेलमा उपाधीका लागि दुई एसियाली क्रिकेट पावरहाउस राष्ट्रहरु भारत र श्रीलकां मैदान आर्लदैछन् ।

दुबै टोलीले प्रतियोगिताभर नै उत्कृष्ट क्रिकेट खेल्दै आएकाले भोलीको खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने निश्चित छ । घरेलु मैदानमा हुने खेलमा भारतलाई घरेलु दर्शकको हौसला प्राप्त हुनेछ भने श्रीलङका पनि भारतीय पिचसँग परिचत रहेको छ । दुबै टोली स्टार खेलाडीहरुले भरिएको छन् । महेन्द्र सिंह धोनीको नेतृत्वमा मैदान ओर्लने भारतीय टोलीमा अन्र्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक १८ हजार रन प्रहार गरेका लिटिल मास्टर सचिन तेन्दुलकरको साथ रहेको छ भने श्रीलङकन ब्रिगेडमा अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिएका जादुमयी अफस्पिनर मुथैया मुरलीधरन रहेका छन् ।

ब्याटिङमा अब्बल रहेका दुबै टोलीको बलिङ लाईनअप पनि समान रहेको छ । माथिल्लो क्रममा ब्याटिङ गर्नै दुबै टोलीका खेलाडीले यो संस्क्रणको विश्वकपमा रनको वर्षा गर्दै आएका छन् । श्रीलङकाका तीलकरत्ने दिल्सान तथा भारतका सचिन र विरेन्दै सेहवाग सर्वाधिक आक्रामक देखिएका छन् । भारतका लागि लासिथ मालिङगाको फुल योर्कर टाउको दुखाई बन्न सक्नेछ भने जहिर खानको रिभर स्विङले उपाधी हुत्याउने श्रीलङकन सपना बगाउन सक्नेछ ।

फाईनलको पुर्वसन्ध्यामा दुबै टोलीलाई चोटले सताएको छ । श्रीलङकाले आफ्ना उत्कृष्ट अलराउन्डर एन्जेलो म्याथ्युजलाई गुमाएको छ भने भारतीय पेश बलर आशिस नेहराले पनि भोलीको खेल गुमाएका छन् । यस्तै श्रीलङकन स्टार स्पिनर मुरलीधरनको पनि खेल्न्ो सम्भावना कम रहेको छ । म्याथ्युजको स्थानमा सुरज रन्दिपलाई खेलाईने श्रीलङकन टोलीको भनाई छ भने भारतीय पेशर नेहरालाई स्पिनर रविचन्द्र आश्विनले विस्थापित गर्नैछन् ।

यसैबीच मुम्बईमा हुने फाईनल खेल श्रीलङकन राष्ट्रपती महेन्दा राजापाक्षे र भारतीय समकक्षी प्रतिभा पाटिलले सँगै बसेर हेर्नै तय गरिएको छ भने आतङकारी हमलालाई मध्यनजर गर्दै सुरक्षा ब्यवस्था अत्यन्तै कडा गरिएको छ । यस्तै भारतीय टेलिभिजनहरुले एकपक्षीय रिपोर्टिङ गरेको भन्दै आईसीसीले म्याच प्राक्टिसको भिजुएल खिच्न रोक लगाएपछि भारतीय सन्चार माध्यमहरु आक्रोशित भएका छन् ।

No comments: