अनमिन फर्किए पनि शान्ती प्रकृया टुङ्गोमा पुग्छ ः प्रधानमन्त्रि नेपाल
![]() |
PRIME MINISTER MK NEPAL |
प्रधानमन्त्री माधबकुमार नेपालले अनमिन फर्किए पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सरकार र दलहरु सक्षम रहेको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई जन्मदिनको शुभकामना दिन भट्टराई आश्रम ललितपुर बाँडेगाउँ पुग्नुभएका प्रधानमन्त्री नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सेना समायोजन विषेश समिति र सचिवालयबाटै शान्ति प्रक्रिायाको बाँकी काग अघि बढाउन सकिने बताउनु भएको हो ।
नयाँ बर्षको शुभकामना दिने क्रममा आज बिहान माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भएको जानकारी दिदै उहाँले प्रचण्डले पनि शान्ति प्रक्रिया र राजनीतिक निकासका लागि तत्काल छलफल गर्ने बताउनु भएको प्रधानमन्त्रि नेपालले उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री नेपालले आगमी सरकार आलोपालो नेतृत्वमा निर्माण गरिनुपर्ने तर्फ संकेत गर्दै अहिले एउटालाई जिम्मा दिने र अरुपार्टीले धैर्य गर्नुपर्ने धारणा राख्नुयभो । त्यस्तो सरकारमा माओवादीलाई समेत सहभागी गराउनु पर्ने प्रधानमन्त्री नेपालको भनाई थियो ।
यता एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा नभएसम्म नेपालबाट राष्ट्रसङिघय राजनीतिक मिसन अनमिन फर्काउन नहुनेमा जोड दिनुभएको छ । शान्ति प्रक्रिया पुरा नहुँदै अनमिनलाई धपाउन खोजिएको भन्दै अध्यक्ष प्रचण्डले आक्रोश समेत पोख्नुभयो । नयाँ संविधानमा मुस्लिम समुदायको भूमिका विषयक गोष्ठिमा बोल्दै उहाँले अनमिनलाई बीच बाटोबाटै धपाउन खोपजएको आरोप लगाउनुभयो । मओवादीले विहिवार राष्ट्रसङघलाई अनमिनको म्याद थप्न अनुरोध गर्दे एकतर्फी पत्र पठाएको थियो । उसले कम्तिमा संविधानसभाको म्याद नसकिएसम्मका लागि अनमिनको म्याद थपिनुपर्नैमा जोड दिदै आएको छ ।
म पनि हुर्छु लौ एमाले र माओवादी मिलेर सरकार बनाऊ ः सभापति सुशिल कोइराला
नेपाली कांग्रेशका सभापति सुशिल कोइरालालले माआबादी र एमालेलाई सरकार गठन गरेर देखाउन चुनौती दिनुभएको छ । प्रेस युनियन मोरङले आज बिराटनगरमा आयोजना गरेको कार्यक्रममा सभापति कोईरालाले माओबादी र एमालेको दोहोरो चरित्रका कारण सरकार गठन हुन नसकेको आरोप लगाउनु भयो । उहाले माओबादी र एमालको सरकार बनाउने बातावरण पनि नबनाउने र अर्कालाई पनि सहयोग नगर्ने चरित्र भएका कारण अहिले सम्म सरकार गठन हुन नसकेको दाबी गर्नुभयो । संबिधान सभाको निर्वाचनपछि माओबादी र एमालेले नेतृत्व गरेको सरकार असफल भईसकेको भन्दै सभापति कोइरालाले माओबादी र एमालेले सरकार बनाउन सके आफु प्रतिपक्षमा बस्न तयार रहेको दोहोर्याउनु भयो । कांग्रेशले प्रधानमन्त्रिको उम्मेद्धारी फिर्ता नलिने र उम्मेद्धार प्रति पुर्नबिचार पनि नगर्ने उहाको अडान थियो ।
खनालले प्रधानमन्त्री बन्न खोज्दा संक्रमण बढ्यो ः ओली, नेता होइन एमाले भन्नुस् ः खनाल
एमाले अध्यक्ष झलनाथ खनालले कायृकर्ताहरुलाइ नेताका भाषण्मा नभइ एमालेको नितीमा मात्र तालि बजाउन आग्रह गर्नु भएको छ । खनालले पार्टिमा ब्यक्तिवादी प्रवृती बढेको भन्दै एमाले भन्दा मात्र तालि बजाउन आग्रह गर्नु भएको हो । एमालेको काठमाडौं स्थीत ५ नम्बर क्षेत्रीय कमिटीले आज पार्टी सदस्यहरुका लागि गरेको सपथ ग्रहण कार्यक्रममा अध्यक्ष खनालले पार्टिमा गुटबन्दीको श्रृखला जारी रहेको स्व्ीकार गर्दै कार्यकर्ताहरुलइ सचेत रहेर राजैतिक वृतको अनुगमन गर्न समेत आग्रह गर्नुभयो । एक अर्को प्रसङ्गमा खनालले राष्टिय मेलमिलापको कुरा गर्ने काग्रेस प्रमुख ३ पार्टीको एकताबाट भाग्न नमिल्ने बताउनभयो । खनालले राष्ट्रियतामा खतरा बढ्दै गएको अवस्थामा काग्रेस एमाले र माओवादी विचको सहकार्य तोडीन नहुने उहाँको भनाई थियो । अध्यक्ष खनालले राष्टिय मेलमिलाप दिवशको अवशरमा काग्रेस पनि ३ पार्टीको एकतामा हातेमाला्े गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
यता नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले पार्टिका नेताहरुलाई पार्टि नीति बिपरित बोल्न नदिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । भक्तपुरमा आज आयोजित कार्यक्रममा नेता ओलीले अध्यक्ष झलनाथ खनालले पार्टि नीति बिपरित अभिव्यक्ती दिदै आएको भन्दै उहाले बोलेका कुरामा खबरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो । उहाँले पार्टिको अनुसाशन आयोगलाई पार्टि नीति बिपरित बोल्ने नेता पत्ता लागउन आग्रह गर्दै नेता चिनेर कारवाहि गर्न आग्रह समेत गर्नुभयो । नेता ओलीले पार्टिले खनाललाइ प्रधानमन्त्री बनाउने औपचारिक निणर्य नगरेको भन्दै खनालको प्रधानमन्त्री बन्ने चाहनाका कारण देशमा राजनैतिक गतिरोध निम्तीएको समेत आरोप लगाउनुभयो ।
नेपाल पत्रकार महासंघको महाधिवेशन आउँदो बैशाख २० गते
![]() |
PAST ELECTION OF NFJ |
नेपाल पत्रकार महासंघको महाधिवेशन आउँदो बैशाख २० गते हुने भएको छ । महासंघको आज बसको केन्द्रीय समिती बैठकले महाधिवेशनको मिती तय गरेको हो । नयाँ महाधिवेशनले तिन बर्षको लागी नयाँ महासंघको नेतृत्व तय गर्नेछ । त्यस्तै महासंघले आउँदो माघ २४ गते शाखा तथा उपशाखाको निर्वाचन गर्ने तथा उपत्याकाको शाखा निर्वाचन भने आउँदो फागुन १३ गते गर्ने निणर्य गरेको छ । महासंघले पूवाञ्चल विकास क्षेत्रको फागुन १ गते, त्यस्तै मध्यमाँञ्चलको फागुन ४ गते, पश्चीमान्चलको फागुन ७ गते, मध्य पश्चीमाञ्चलको माघ २७ गते तथा सुदुर पश्चीमाञ्चलको फाुगुन १० गतेका लागी अधिवेशनको तय गरेको छ । हाल महासंघमा १० हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् ।
यसैबिच महासंघले संघका संस्थापक सभापति कृष्ण प्रसाद भट्राइको नाममा एक लाख रुपैयाँको पत्रकारिता पुरस्कार स्थापना गर्ने निणर्य गरेको छ । महासंघको आज बसेको केन्द्रीय कमिटी बैठकले लामो सयम सम्म पत्रकाररितामा योगदान पु¥याउने एक जनालाइ प्रत्येक बर्ष सो पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।
कृष्ण प्रसाद भट्टराईको ८७ औ जन्मोत्सव, सरकारद्धारा गाडी उपहार
नेपाली राजनितीको सन्त पुरुष तथा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले आज आफ्नो ८७ औँ जन्मजयन्ती मनाउनु भएको छ । पछिल्लो समय राजनितीबाट टाढै रहनु भएका भट्राइले आफ्नो निवास बाँडेगाँउमा आफ्नो ८७ औँ बर्ष प्रवेश जयन्ती मनाउनु भएको हो । भट्राइलाइ शुभकामना दिन आज प्रधानमन्त्री लगायत प्रमुख दलका शिर्ष नेताहरु र झण्डै आधा दर्जन पूर्व प्रधानमन्त्रीहरु भट्टराइ निवास पुग्नु भएको थियो । जन्म दिनमा समेत भट्टराइले नेपाली जनताको जीवनस्तर खस्दै गएकोमा चिन्ता व्यक्त गदै जनताको जीवनस्तर माथि उठाउन अझै योगदान दिन चाहेको बताउनु भएको थियो । खुशी र उत्साही तर, निकै गम्भीर मुन्द्रामा शुभचिन्तकमाझ उपस्थित सन्त नेता भट्टराईले नपाललाई आथिक उन्नती गरी विश्वमाझ अगाडि आउनुपर्ने भनाई उत्सहाकासाथ राख्नु भएको थियो ।
यसैबिच ८७ औं जन्मोत्सवकै अवसरमा सन्त नेता भट्टराईद्धारा लिखित मेरो म नामक आत्मबृतान्त पुस्तक सार्वजानिक गरिएको छ ।
नेपाल पर्यटन बर्ष सुरुवातमा पर्यटकलाइ स्वागत
१० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित सरकारले घोषणा गरेको नेपाल पर्यटन बर्ष आज बाट सुरु भएको छ । पर्यटन वर्षको सुरुवात गरिएको आजको दिन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा भित्रिएका पाँच विदेशी र विदेशबाट काम गरी फर्किएका दुई दर्जन नेपालीलाई नेपाली होटल व्यवसायी संघ र काठमाडौ होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले भव्य स्वागत गरेका छन् । पर्यटकहरुलाई नेपाली टोपी तथा खादा लगाएर स्वागत गरिएको थियो ।
पर्यटन बर्ष शुभारम्भ भएको पहिलो आज काठमाण्डौ, पोखरा, चितवन, इलाम लगायतका बिभिन्न पर्यटकिय स्थलमा समेत प्रभातफेरिका साथै बिभिन्न महोत्सवको आयोजना पनि भएका छन् ।
यसैक्रममा पर्यटन बर्ष २०११ सुरु भएकै दिन आज पोखरामा औपचारिकरुपमा पर्यटन वर्षको उद्घाटन गरिएको छ । बसुन्धरा पार्कमा आयोजित विशेष समारोहमा पर्यटन तथा नागरिक उडडयन मन्त्री शरदसिह भण्डारीले पश्चिमाञ्चलको सदुरमुकाम पोखराबाट पर्यटन वर्षको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । यसैबिच पर्यटन बर्षलाइ लक्षित गर्दै विभीन्न होटलहरुले तथा रेष्टुराहरुले पर्यटकलाई आकर्षित गर्नका लागी बिभिन्न सहुलियत प्याकेजको समेत घोषणा गरेका छन ।
यता अर्थमन्त्रि सुरेन्द्रपाण्डेले पर्यटन बर्षलाई सफल पार्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर बिमान स्थलमा आज संचारकर्मीहरु संग संक्ष्प्ति कुराकानी गर्दै मन्त्रि पान्डेले पर्यटन बर्ष नेपालको ईज्जत र प्रतिष्ठा संगसंगै आर्थीक बिकास संग पनि जोडिएकाले यसलाई सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाले पछिल्लो समयमा बन्द हड्ताल गर्ने प्रवृती हट्दैं गएकाले पर्यटन बर्षभरि बन्द हड्ताल नहुनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।
मदन भण्डारी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लवलाई
मदन भण्डारी ममोरियल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि शशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । पहिलो सहभागितामा नै उपाधि जित्ने क्रममा एपीएफले सुदुरपश्चिमान्चल क्रिकेट विकास क्षेत्रलाई ३४ रनले पराजित ग¥यो । किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो । जवाफि ब्ययाटिङ्गमा आएको पश्चीमाञ्चल ८२ रनमा अल आउट भएपछि एपिफ विजयी भएको हो । एपीएफको लागि सबैभन्दा बढि मेहबुब आलामाले २७ रन बनाएका थिए । सुदुरपश्चिमान्चललाई सस्तैमा समेट्न शक्ति गौचनले ३ तथा अमृत भट्टराईले २ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ दि सिरिज सुदुरपश्चिमान्चका नरेश बुढा ऐर चुनिएका छन् ।
No comments:
Post a Comment