माओावदीद्धारा जनस्वयमसेवक ब्युरो सार्वजनिक
काठमाडौँ, १ चैत्र । एकिकृत नेकपा माओवादीले विकास निमार्ण र सुरक्षाका लागि भन्दै ‘जनस्वयमसेवक व्यूरो’ घोÈण्ाँ गरेको छ । पार्टीको भातृ सङगठन योङ कम्युनिस्ट लिग वाईसियल विघटनको सर्वत्र आवाज उठिरहदा माओवादीले पार्टिका स्थाई कमिटी सदस्य नेत्रविक्रम चन्द विप्लवको संयोजकत्वमा नयाँ दस्ता सार्वजनिक गरेको हो ।
पार्टी कार्यालयमा पेरिसडा“डामा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जनस्वयमसेवक व्युरो परिचालनका लागि केन्द्रमा विप्लवको नेतृत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितीमा विप्लवसँगै पोलिटब्युरो सदस्य देवेन्दै पौडेल,वाईसियल अध्यक्ष गणेशमान पुन,विद्यार्थी नेता लेखनाथ न्यौपाने लगायत रहेको माओवादीले जनाएको छ । विकास निमार्णका कामलाई सफल बनाउन पा“च विकास Ôेत्रमा विशेÈ व्यूरो, १३ वटा राज्य र जिल्ला तथा टोलसम्म छुट्टै संगठनिक संरचना रहने माओवादीले बताएको छ । जनस्वयमसेवक व्यूरोमा ५ लाख युवाहरुलाई संलग्न गराउने लक्ष्य राखिएको माओवादी भनाई छ ।
पार्टीका विभिन्न भातृ संगठनहरु छुट्टा–छुट्टै परिचालित हु“दा आन्दोलनका उपल्वधीहरु प्रभावकारी नभएको निष्कर्È सहित सबै जनवर्गाीय संगठनमा आवद्ध युवाहरुलाई एकीकृत गरि विकासमा लाग्ने उदेश्य अनुरुप यो दस्ता गठन गरिएको माओवादीको दावी छ । व्यूरोले विकास निर्माण्ँ तथा पुनःनिर्माण्ँ, संघर्È, उत्पादन र नागरिक सुरक्षामा केन्द्रित भएर काम गर्ने एक माओवादीले नेताले जानकारी दिए । परिर्वतनलाई रोक्न खोजिए स्वयमसेवक व्यूरोले त्यो संकट तोड्ने माओवादीले दाबी गरेको छ ।
यसैबीच, नेपाली कागे्रसल जनस्वय सेवक दस्ता गठन गर्ने माओवादीको पछिल्ला निर्णयले शान्ति प्रक्रिर्यामा आघात पुगेको बताएको छ । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीको पछिल्लो निर्णयले शान्ति प्रक्रिर्यामा गम्भीर धक्का लागेको बताउनु भएको हो । पौडेलले जनविदेह माफृत सत्ता गठन गर्ने रणनीतिमा माओवादी कायम रहेपनि सरकारको नेतृत्वकर्ता एमालेले कुरा नबुझ्नु आश्चर्यको बिषय भएको टिप्पणी गर्नुभयो ।
राज्यपुर्नसंरचना समितिको मस्यौदा संवैधानिक समितिमापठाउने सहमतिः
काठमाडौँ, १ चैत्र । संविधानसभा संवैधानिक समितिले विबाद उपसमितिको म्याद आगामी चैत्र १५ सम्मका लागि थपगर्ने निर्णय गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको बैठकले उपसमितिको कामलाइ उपलव्धीमुलक भन्दै १५ दिन म्याद थपगर्ने निर्णय गरेको हो । आगामी १५ दिनभीत्रमा वाकी विबाद समेत सुल्झाउनेगरी उपसमितिको म्याद चैत्र १५ गतेसम्म थपगर्ने निर्णय गरिएको समिति सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
बैठकमा उपसमितिका संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसम्म भएका सहमति सहितको प्रतिवेदन पेश गर्नुभएको थियो । उपसमितिले छोटो अवधिमा केही महत्वपुर्ण प्रश्नहरुमा सहमति जुटाएको र आगामी १५ दिनमा सवै विबाद समाधान हुने भन्दै उहाँले उपसमितिको म्याद थपगर्ने प्रस्ताव गर्नुभएको एक सदस्यले बताए । समिति सभापति आचार्यले दलहरु छलफलमा नियमित जुटे १५ दिनमा विबाद समाधान हुने र संविधान बन्ने संभावना बढ्ने बताउनुभयो ।
बैठकमा प्रचण्डले बिबादित ७५ प्रश्न मध्ये ३८ वुदामा सहमति गरेको र ३७ बुदामा सहमगि गर्न बाकी रहेको जानकारी गराउनु भएको थियो । उपसमितिले केन्द्रीय सदन दुइ सदनात्मक बनाउने तथा संविधानको अन्तिम व्याख्याकालागि संवैधानिक अदालत गठन गर्ने सहमति गरेको थियो । उपसमितिले गरेका कामको उच्च प्रशंसा भएको प्रधानमन्त्री झलनाथ खनालले बताउनुभयो । यसअघि विबाद सुल्झाउन माओवादी अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो ।
वीकीलक्सको करामत
काठमाडौँ, १ चैत्र । भारतले कुनै पनि हालतमा माओवादी सेनालाई नेपाली सेनामा समायोजन नगर्न दबाब दिएको चर्चित वेभसाइट वीकीलिक्सले खुलासा गरेको छ । सन २००७ को जुन १८ मा नेपालका लागि तत्कालिन अमेरिकी राजदुत जेम्स एफ मोरीयार्टीले वासिगंटनमा पठाएको गोप्य दस्तावेज विकीलिक्सले सार्वजनिक गरेपछि यस्तो रहस्य खुलेको हो ।
गोप्य दस्तावेजमा तत्कालिन नेकपा एमालेका महासचिव माधबकुमार नेपाल र भारतीय विदेशमन्त्री प्रणब मुखर्जीबीच भारतमा भएको भेटमा भारतीय विदेशमन्त्री मुखर्जीले एमाले महासचिव नेपाललाई कुनै पनि अवस्थामा माओवादी लडाकु नेपाली सेनामा समायोजन नगर्न भनेको बताइएको छ । विदेशमन्त्री मुखर्जी र एमाले महासचिव नेपालबीच भएको भेटघाटमा उपस्थित रहेका नेपालका लागि तत्कालिन भारतीय राजदुत शिवशंकर मेनर्नीले यो कुरा मोरीयार्टीलाई सुनाएको र मोरियार्टीले गोप्य ढंगले वासिगंटन पठाएको रिपोर्ट वीकीलिक्सले सार्वजनिक गरेको हो ।
भारतले तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीसंग नरम व्यवहार देखाएकाले उनी समस्याको मुल जड भएको तथा भारतले अमेरिका र माओवादीबीच दोहोरो संवाद नहोस भन्ने चाहेको पनि दस्तोवेजमा उल्लेख छ । दस्तावेजमा भारतिय प्रधानमन्त्री मनमोहन सिंहले एमाले महासचिव नेपाललाई माओवादीसंग सचेत रहन र तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासंग मिलेर जान कडा शबदमा चेतावनी दिएको दावी गरिएको छ ।
संविधान सभाको गतिविधी
संविधानसभाको राज्यपुर्नसंरचना समितिको मस्यौदा प्रतिवेदन विबाद सहित नै संवैधानिक समितिमा पठाउन संविधानसभामा प्रतिनिधित्वगर्ने सबैदल सहमत भएका छन । अन्तरिम संविधानमा व्यबस्था अए अनुसारको आयोग गठन गर्ने÷नगर्ने विबादका कारण यसअघि राज्यपुर्नसंरचना समितिको मस्यौदा संवैधानिक समितिमा पुग्न सकेको थिएन ।
संविधानसभा सचिवालय सिंहदरवारमा आज बसेको २८ दलको बैठकले राज्यपुर्नसंरचना समितिको मस्यौदा संवैधानिक समितिमा पठाउने निर्णय गरेको एकीकृत माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । आयोग गठन गर्ने नगर्ने बिषयमा संवैधानिक समितिमै छलफल हुने प्रकाशले बताउनुभयो ।
२८ दलको बैठकमा कागे्रसले भने अन्तरिम संविधानमा ब्यवस्था भएबमोजिम नै राज्यपुर्नसंरचना आयोग गठन हुनैपर्नै अडान लिएको छ । कागे्रस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले राज्यपुर्नसंरचना आयोग गठनविना संघीयतामा जान नसकिने स्पष्ट गर्नुभयो । विगतमा भएको सहमति विपरित सरकार गठन भएको डेड् महिना वितिसक्दा समेत आयोग गठनमा चासो नदेखाएको भन्दै घिमिरेले आपत्ति जनाउनुभयो ।
यता मधेशवादी दलहरुले भने संविधानसभा अन्र्तगतको समितिले प्रतिवेदन तयार गरिसकेको अबस्थामा आयोग गठनको औचित्य नभएको भन्दै विरोध जनाएका थिए । समितीले तयार पारेको प्रतिवेदनकै आधारमा अघि नबढे आफूहरुलार्य मान्य नहुने उनीहरुको चेतावनी छ । यसअघि दलहरुबीच गत असार ३० गते आयोग गठन गर्ने सहमति भएको थियो ।
सम्झनामा किशुनजी
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्व.कृष्ण्ँप्रसाद भट्टराईको १३ औं दिनको संस्कार आज १२ औं दिनमा नै गरिएको छ । हिन्दू परम्पराअनुसार बुधबारको दिन १३ औं दिनको संस्कार गर्न नहुने मान्यताका कारण आज १२ औं दिनमा संस्कार गरिएको हो । ललितपुरको बा“डेगाउ“स्थित भट्टराई आश्रममा आज १३ तिथिको प्रसाद वितरण्ँ गरिएको थियो ।
यस्तै आज भट्टराई आश्रममा श्रद्धान्जलीसभा पनि गरिएको थियो । १३ औं पुण्यतिथिमा स्वर्गीय भट्टराईलाई श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता बा“डेगाउ“ पुगेका थिए । श्रद्धान्जलीका लागि बा“डेगाउ“ पुग्नुभएका कांग्रेस सभापति सुशील कोइरालाले राजनीति र अध्यात्मवादमा किसुनजीको चिन्तन सवै दलका लागि अनुकरणीय भएको बताउनुभयो । उहा“ले शान्तिपूर्ण आन्दोलनबाट प्राप्त परिवर्तनमा विश्वास गर्ने किसुनजीको अनुसरण गर्दै कांंग्रेसले शान्तिपूर्ण बाटो अपनाउने बताउनुभयो । भट्टराईको गत फागुन २० गते निधन भएको थियो ।
वेलायती राजदुत पौडेल भेटवार्ताः
कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले पाँच दिनभीत्र सेना समायोजनाको मोडालिटि तयार गर्ने पूर्वबत सहमतिमा माओवादी इमानदार नबनेको आरोप लगाउनु भएको छ । नेपालकालागि वेलायती राजदुत जोन टक्नटसंग आज भएको भेटपछि पत्रकारहरुसंग कुरागर्दै नेता पौडेलले तीनदलविच पछिल्लो समय भएको सहमतिवाट माओवादी पछि हट्न खोजेको आरोप लगाउनु भएको हो ।
भेटपछि वेलायती राजदुत टक्नटले शान्ति प्रक्रिर्या टुगोमा पुर्याउन लडाकू समायोजन गर्नुपर्ने र एउटै सेना बनाउन माओवादीले सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी ७४ दिनमा संविधान निर्माण गर्न धेरै चुनौति रहपनि तोकिएको समयमा संविधान बन्ने आशा कायम रहेको बताउनुभयो । बेलायतवाट भर्खरै फर्कीएका राजदुतले शान्ति र संविधान निर्माणमा सहयोग गर्न आमी तयार रहेको उल्लेख गर्नुभयो ।
मधेशीहरु भारत जाने
मधेशी मोर्चामा सम्लग्न तिन दलका अध्यक्षहरु नेपालको बिकसित पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न भोली भारतको नया दिल्ली जाने भएका छन् । मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदार, तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भोली अपरान्ह साढे तिन बजे नया दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले वताएको छ ।
भारतमा रहदा उहाहरुले भारतका प्रधानमन्त्री डा मनमोहन सिंह, काङ्ग्रेस आईकी अध्यक्ष सोनिया गान्धी ,भारतिय विदेश मन्त्री एसएम कृष्णा लगाएतका नेताहरु संग भेटवार्ता गर्नु हुने वताइएको छ । बर्तमान सरकारको गठन बाम धु्रबिकरणबाट भएको भन्दै बिरोध जनाउदै आएका यी दलका शिर्ष नेतृत्वले गर्न लागेको भारत भ्रमणलाई नेपाली राजनीतिक बृतमा निकै चासोका साथ हेरिएको छ ।
प्रचण्डको हुकार
माओवादी अध्यक्ष्ँ प्रचण्डले शान्ति र संविधानका समस्यालाई निकास दिए मात्र क्रान्ति सफल हुने बताउनुभएको छ । विश्वकै होचा व्यक्ति खग्रेन्द्र थापामगरको जीवनमा आधारित सगरमाथाको प्रतिबिम्ब बृतचित्रको राजधानीमा विमोचन गदै माओवादी अध्यक्ष प्रचण्डले शान्ति र संविधान सुनिश्चित भएमात्र क्रान्ति सफल हुने बताउनुभयो ।
प्रचन्डले खगे्रन्दको नामले नेपाल र नेपालीको गौरवलाई उच्च राखेको बताउनुभयो । समस्या, यर्थाथता, संघर्ष र गौरवको पृष्ठभूमिमा आधारित सगरमाथाको प्रतिबिम्ब बृतचित्रले मन छोएको प्रचण्डको प्रतिक्रिया छ । माओवादी अध्यक्ष प्रचण्डले खगे्रन्द्रको परिवारलाई सरकारी स्तरबाट पूर्णरुपमा सहयोग मिल्ले प्रतिबद्धतासमेत जाहेर गर्नुभयो । वृतचित्रमा खग्रेन्द्रको जन्म जिल्ला बाग्लुङको धुल्लुबास्कोटदेखि पोखरा, राजधानी हुदै विदेशसम्मको इतिवृतान्त समेटिएको छ ।
राप्रपा नेपाल
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले तोकिएको समयमा नयॉ संविधान जारी नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । आजदेखि सुरुभएको राप्रपा नेपालका जिल्ला सभापतिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रवक्ता राजाराम श्रेष्ठले तोकिएको समयमा नयॉ संविधान जारी नभए आफ्नो पार्टीले देशव्यापी आन्दोलन गर्ने बताउनुभयो । प्रवक्ता श्रेष्ठले शान्ति र संविधानका लागि दवाव सिर्जना गर्न यही चैत १० गतेबाट शान्तिपुर्ण रुपमा देशव्यापी आन्दोलन सुरु गर्ने बताउनुभयो । उहॉले तोकिएको समयमा शान्ति र संविधान जारी हुन नसक्ने पनि दाबी गर्नुभयो । आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा चैत ३ गते सम्म चल्ने राप्रपा नेपालले जनाएको छ ।
श्रम सहचारी
निवर्तमान श्रम मन्त्री मोहम्मद अफताव आलमले गरेको श्रम सहचारी नियुक्तिको निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रद्द गरेको छ । आयोगले योग्य र दक्ष कर्मचारीलाई कानुन सम्मत तरिकाले नियुक्तिको व्यवस्था मिलाउन श्रम मन्त्रालयलाई आग्रह गरेको छ । जापान लगायत विभिन्न ६ वटा मुलुकमा श्रम सहचारी पठाउने निर्णय गर्दा तत्कालीन श्रम मन्त्री आलमले रकम लिएर अयोग्यलाई नियुक्ति गरेको उजुरी परेपछि आयोगले फाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
५ हजारभन्दा बढी कामदार रहेको मुलुकहरुमा श्रम सहचारी नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तर कम कामदार रहेको जापानमा समेत श्रम सहचारी नियुक्ति गरिएको थियो । श्रम सहचारी नियुक्ति गर्दा परराष्ट्र मन्त्रालयस“ग समन्वय र सहमति समेत भएको अवस्था नदेखिंदा फागुन ३० मा मन्त्रालयबाट भएको श्रम सहचारीको नियुक्ति गर्ने गरी भएको निर्णय रद्द गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । आलमले दक्षिण कोरिया, कुबेत, हङकङ, जापान, ईजरायल र ओमानका लागि क्रमश ः कृष्णहरि पुस्कर कर्ण, विशाल भट्टराई, भविश्वर पाण्डे, काशीराज दाहाल, मुरारी अवस्थी र विष्णुहरि उपाध्यायलाई नियुक्त गरेका थिए ।
श्रम मन्त्रालयकै उच्च अधिकारीको सहमति र सल्लाह नलिई श्रम भन्दा बाहिरकालाई नियुक्त गरेपछि यो मुद्दामा अख्तियारमा पेश भएको थियो । यी ६ व्यक्ति मध्ये भट्टराई मात्रै श्रमका अनुभवी हुन् भने अरु गृह, स्वास्थ्य र कृषिबाट ल्याइएका थिए । लेबनान र बहराईन जस्ता बढी नेपाली कामदार कार्यरत रहेका मुलुकहरुमा भने श्रम सहचारी राखिएको छैन । अख्तियारले अब श्रम सहचारी नियुक्त गर्दा परराष्ट्र मन्त्रालयस“ग समन्वय गरी बढी नेपाली कामदार रहेका मुलुकलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
अन्तराष्ट्रिय समाचार
जापानी आणविक रियाक्टरमा विष्फोट
जापानको गत शुक्रबार आएको भुकम्प र सुनामीका कारण विष्फोट भएको फुकुसिमा स्थीत आणविक रियाक्टरबाट आणविक विकिरण फैलिएको छ । जापानले अन्तराष्ट्रि आणविक उर्जा केन्द्र आएइएलाइ वातावरणमा आणविक विकरण फैलिएको जानकारी दिएको छ । विकिरण मानव स्थाथ्यमा असर गर्ने तहमा पुगको जापान सरकारले जनाएको छ । आज बिहान फुकुसिमाको रियाक्टरमा तेश्रोपटक विष्फोट भएपछि उछिटिएर आणविक भण्डारमा लागेपछि विकिरण फैलिएको हो ।
जापानको गत शुक्रबार आएको भुकम्प र सुनामीका कारण विष्फोट भएको फुकुसिमा स्थीत आणविक रियाक्टरबाट आणविक विकिरण फैलिएको छ । जापानले अन्तराष्ट्रि आणविक उर्जा केन्द्र आएइएलाइ वातावरणमा आणविक विकरण फैलिएको जानकारी दिएको छ । विकिरण मानव स्थाथ्यमा असर गर्ने तहमा पुगको जापान सरकारले जनाएको छ । आज बिहान फुकुसिमाको रियाक्टरमा तेश्रोपटक विष्फोट भएपछि उछिटिएर आणविक भण्डारमा लागेपछि विकिरण फैलिएको हो ।
विकिरण फैलिएपछि जापान सरकारले फुकुसिमाबाट २० किलोमिटरको दुरीमा रहेका सम्पूर्ण नागरिकलाइ हटाएको छ । त्यस्तै सरकारले ३० किलोमिटर आसपासका नागरिकलाइ घर बाट बाहिर निस्कन रोक लगाएको छ । जापानी प्रधानमन्त्री नाओटाकानले एसएमएस गरी नागरिकहरुलाइ बाहिर ननिस्कन आग्रह गरेका छन् । साथै कानले देशभर विद्युतको संकट भएको भन्दै कम भन्दा कम विद्युत खपत गर्न समेत सबैमा आग्रह गरेका छन् ।
यसैबिच जापानमा गएको भुकम्प र सुनामीका कारण मर्नेको संख्या ३ हजार ९१ पुगको छ । यद्यपि जापानी प्रहरीले अझैपनि २ हजार २ सय हराइरहेका तथा ५ हजार नागरिक गम्भीर घाइते रहेको भन्दै मृत्यु हुनेको संख्या १० हजार पुग्न सक्ने जनाएको छ । प्रहरीले करिब ५० हजार नागरिकलाइ सुरक्षा शिविरमा राखेको जनाएको छ ।
खेल समाचार
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्धारा आयरल्याण्ड पराजित
विश्वकप क्रिकेटमा उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिकाले समूह चरणको खेलमा आयरल्यान्डलाई १३१ रनले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको छ । २७३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३२ ओभर २ बलमा १४१ रन बनाउँदा अलआउट भएपछि अफ्रिकी टोलीले महत्वपूर्ण २ अङक जोडेको हो ।
भारतको कोलकोतास्थित ईडेन गार्डेनमा सम्पन्न खेलमा आईरिस टोलीले आसा पालेका ब्याट्म्यानहरु विलियम पोर्टफिल्ड ६,केभिन ओब्रायन १९ तथा एड जोएस १२ रनमै पवेलियनको बाटो तताएपछि जित दक्षिण अफ्रिकाको पोल्टामा गएको हो । आयरल्यान्डलाई हारको बटो देखाउन दक्षिण अफ्रिकाका लागि मोर्नी मोर्केल र रोविन पिटरसनले...३—३ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकि टोलिले पुरै ओभर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २७२ रनको योगफल तयार गरेको थियो । आयरल्याण्ड विरुद्ध प्रतिष्पर्धात्मक स्कोर खडा गर्ने क्रममा दक्षिण अफ्रिकाका बाँया हाते ब्याट्स्म्यान जेपि ड्युमिनीले ९९ रनको योगदान गरेका थिए । एक समय ११७ रनमा ५ विकेट गुमाईसकेको अफ्रिकि इनिङलाइ माथी उकास्न कोलिन इनग्राम ४६ तथा मोर्न भ्यान विकले ४२ रनको महत्वपूर्ण पारि खेलका थिए । चुस्त फिल्डिङ गरेको आईरिस टोलीले दक्षिण अफ्रिकी कप्तान ग्रेम स्मिथ र ज्याक कालिसलाई रनआउट गरेका थिए ।
No comments:
Post a Comment