Friday, May 27, 2011

जेठ १३ गेत २०६८

प्रमुख तीनदलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष स्थगितः

काठमाण्डौँ, १२ जेठ । संविधान सभाको म्याद सकिन केही घण्टाहरु मात्र बाँकी रहँदा बसेको शिर्ष तिनदलको आजको बैठकपनि संविधान सभाको म्याद थप गर्ने विषयमा सहमति जुटाउन असफल भएको छ । दिनभरजसो सिंहदरबार स्थित शान्ति मन्त्रालयमा दलका नेताहरु सहमति जुटाउन भन्दै छलफलमा जुटेपनि दलहरुले आ–आफ्नो अडान कायमै राखेपछि सहमति हुन नसकेको हो ।

बैठकपछि नेपाली काँग्रेसका नेता रामशरण महतले आजको छलफल खोक्रो सावित भएको बताउनुभयो । उहाँले भन्नुभयो ः यो भन्दा अगाडीका वार्तामा जसरी प्रगति भएको थियो त्यसको आधारमा अपेक्षा गरिएपनि आजको छलफल खोक्रो निस्कियो । नेता महतले आजको छलफलमा माओवादी शान्ति प्रक्रिया र हतियार बुझाउने पक्षमा पछि हटेको भन्दै बैठक निराशाजनक  रहेको बताउनुभयो ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान संशोधन विद्ययेक, शान्ति प्रक्रिया र लडाकु समायोजन तथा राष्ट्रिय सरकार निमार्णका विषयलाइ कार्यतालिका बनाएर लैजान आफुहरुले प्रस्ताव गरेपनि सहमति जुट्न नसकेको बताउनुभयो । प्रकाशले भन्नुभयो ः अहिले नै लडाकुका हतियार राज्यलाइ बुझाइहाल्ने र अलग गर्नु भनेको शान्ति प्रक्रिया विरुद्ध हो । उहाँले संविधान सभाको म्याद नथपिए राज्य अनिश्चयमा फस्ने भएकाले म्याद थपका लागी आफुहरुले प्रस्ताव गरेको बताउनुभयो । बैठकमा समन्वयको भूमिका खेलिरहेको एमालले गरेको माओवादी लडाकुका हतियारको साँचो सेना समायोजन विषेश समितीलाइ बुझाउने प्रस्ताव समेत आज अस्वीकृत भएको छ । दलहरु बिच भोली बिहान ११ बजे पुन छलफल गर्ने सहमति भएको छ ।

सहिदका रगतस“ग साटिएका हतियार आत्मसमर्पणको शैलीमा नबुझाउन ः प्रचण्ड

काठमाण्डौँ, १३ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सहिदका रगतस“ग साटिएका बन्दुक तत्काल राज्यलाई नबुझाउने स्पष्ट पार्नुभएको छ । कृष्ण सेन इच्छुक सांस्कृतिक प्रतिष्ठानले आज राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रिया अगाडि बढ्दै जा“दा स्वत हतियार राज्यको नियन्त्रणमा आउने टिप्पणी गर्दै अहिले नै कुनै हालतमा नबुझाउने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले माओबादी हतियार बुझाउन राजी भएको भन्ने समाचार गलत भएको समेत स्पष्ट गर्नुभयो । माओवादी बरु अझै बलिदान गर्न तयार रहेको भन्दै उहा“ले आत्मसमर्पणको शैलीमा हतियार नबुझाइने बताउनुभयो । शान्तिप्रक्रियामा आएयता माओवादी सबैभन्दा बढी अप्ठेरो मोडमा आइपुगेको उहा“को भनाइ थियो । अहिले नेपालको राजनीतिमा घुमाउरा मोडहरु रहेको टिप्पणी गर्दै प्रचण्डले पार्टी त्यसको सामना गर्न लागि परेको बताउनुभयो ।

कार्यक्रममा कृष्ण सेन इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका माओवादी उपाध्यक्ष मोहन बैद्य किरणले जनताको अधिकार संरक्षणका लागि सुरु भको क्रान्ति बीचैमा समाप्त नहुने बताउनुभयो । उहाले राज्यलाई तत्काल हतियार नबुझाएने भनाई स्वागत योग्य भएको टिप्पणी गर्नुभयो । क्रान्तिलाई अन्तिम बिन्दुमा पु¥याउन सबैको सहयोग र बलिदानी रहेको चर्चा गदैै उहा“ले मुलुकमा कसैले चाह“दैमा क्रान्ति सजिलौस‘ग समाप्त नहुने जिकिर गर्नुभयो । कार्यक्रममा बोल्ने कलाकर्मी र साहित्यकारहरुले माओवादी नेताहरूले कुनै पनि बहानामा हतियार राज्यलाई बुझाउन नहुने भन्दै नेतृत्वलाई खबरदारी गरेका थिए ।

कागे्रसको विरोधका कारण संसद अबरुद्ध, निकास दिन सभामुखको आग्रहः

काठमाण्डौँ १३ जेठ । संविधान सभाको म्याद थपका लागी सरकारले ल्याएको संविधान संशोधन विद्ययेक नेपाली कागे्रसको अवरोधका कारण आज पनि व्यबस्थापिका संसदको बैठकमा पेश हुन सकेन । बैठकको सुरुमै नेपाली कागे्रसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले प्रधानमन्त्री झलनाथ खनाल संविधानसभाको म्याद थपगर्ने तर्फ गम्भीर नभएका कारण आजको नियमित कार्यसूची अगाडि नबढाउन आग्रह गर्नुभयो । उहाँले बाकी रहेको बत्तिस, तेत्तिस घण्टामा देशलाइ निकास दिन सरकार गम्भीर भए देशले निकास पाउने उल्लेख गर्दै आजभने नियमित कार्वाही अगाडि नबढाउन आग्रह गर्नुभयो । कागे्रसको अबरोधपछि संसद बैठक भोली विहान ८ बजे सम्मका लागि स्थगित भएको छ ।

यसैबीच, सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाको म्याद सकिन एक दिनमात्र बाकी रहेको भन्दै गम्भीर स्थितितर्फ सरकार, दल र सभासदप्रति गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । उहाले जिम्मेवारी पूर्बक व्यबस्थापनका लागि ध्यानाकर्षण गराउनुभयो । सभामुख नेम्वाङले शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ निश्कर्षमा पु¥याउन सरकारको सकारात्मक प्रतिक्रिर्या आएको बताउदै विधेयक पेशगर्न दिन आग्रह गरेपनि कागे्रसले सहमति जनाएन । संसदमा आजपनि विधेयक पेश हुन नसकेपछि भोली संसदका तीनवटा बैठक बस्ने भएका छन । तीनवटा बैठक बस्नु पर्ने भएका कारण संसद बैठक बिहानै बस्नेगरी तोकिएको छ । संसदको पहिलो बैठकमा विधेयक पेशगर्ने, दोस्रो बैठकमा विधेयकमाथी विचार गरियोस भन्ने प्रस्ताव सहित सैद्धान्तिक छलफल गर्नेगरी कार्यसूचीको तयारी भएको संसद सचिवालयका एक उच्च अधिकारीले जानकारी दिए । दलहरुबीच संविधानसभाको म्याद थपगर्ने सहमति भए तेस्रो बैठकमा विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश हुनेछ ।

प्रधानमन्त्री राजीनामा देऊः फोरम (गणतान्त्रिक)

काठमाडौँ, १३ जेठ । मधेशी जनाधिकार फोरम गणतान्त्रिकले संविधान सभाको म्याद थपका लागी प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनुपर्ने अडान राखेको छ । फोरम गणतान्त्रिको आज बसको संसदिय दलको बैठकले राष्ट्रिय राजिनितिमा तिन पार्टिको सहमति मान्य नहुने भन्दै मधेशवादी दलको सहभागीतामा सहमति कायम गनुपर्ने समेत अडान लिएको छ । संसदिय दलको कार्यलय अभावनमा सिंहदरबार स्थीत मनोनित सभासद्को कार्यकक्षमा बसको बैठकले माओवादी लडाकुका पाँच हजार लडाकुहरु मात्र सेनामा सायमोजन गनुपर्ने तथा मधेशी युवाहरुको समेत सामुहिक समायोजन गर्न माग गरेको छ । बैठकपछि संसदिय दलका नेत जेपी गुप्ताले संविधान सभाको म्याद थप सम्बिन्ध छलफलमा मधेशवादी दलहरुलाइ अलग्याइएको भन्दै आपत्ति जनाउनुभयो । फोरम गणतानिन्त्रकले मधेशी मोर्चामा सामेल हुने समेत निणर्य गरको छ ।

कांगे्रस र मोर्चाबीच छलफल

प्रमुख बिपक्षी दल नेपाली कग्रेशले संविधानसभाको म्याद थपका लागि अघि सारेको १० बुँदे प्रस्तावबाट पछि नहट्ने अडान दोहो¥याएको छ । मधेशी मोर्चा आबद्ध दलका नेतासँग आज  बिहान भएको छलफलमा कग्रेश सभापति सुशील कोइरालाले शान्ति र राष्ट्रिय सहमतीका निम्ती कग्रेश  आफनो अडानमा दृड रहेको बताउनुभएको हो । उहाँले तीन दलको बैठकमा कग्रेशले १० बुँदे माग भन्दा एक इन्च पनि तल झरेर सम्झौता नगर्ने भन्दै मधेशी दलका नेताहरुलाई बिश्वास दिलाउनु भएको थियो ।

महाराजगञ्ज स्थित कोइराला निबासमा भएको छलफलमा मोर्चाकाले आफनो तर्फ बाट ्शान्ति र सबिधान निमार्णका लागी अघि सारेको चार बुँदे प्रस्ताबका सभापति कोइरालालाई जानकारी गराएको थियो । यथास्थितीमा सबिधानसभाको म्याद थप नगर्न नहुने भन्दै मोर्चाका नेताहरुले कग्रेशको अडान प्रति आफुहरुको पनि साथ र समर्थन रहेको बताएका थिए । भेट पछि कग्रेश उपसभापति रामचन्द्र पौडलले सबिधानसभाको म्याद नथपिए पछिका  हुन सक्ने अन्य बिकल्पका बारेमा छलफल भएको बताउनु भयो ।

छलफलमा मोर्चामा आबद्ध मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराइ मधेश  लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोको सहभागिता रहेको थियो । संविधानसभाको म्याद थप गर्न नहुने पक्षमा रहेका कांग्रेस र मधेशी मोर्चामा आवद्ध दलहरुले अब कसरी प्रस्तुत हुने भन्ने रणनीति समते बनाएका छन ।

छ हजार उजुरी कार्यान्वयन हुन बाँकी

काठमाडौँ, १३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले स्थापनाकालदेखि हालसम्म मनवअधिकार हननका ४६४ थान मुद्दा कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्र्नाका साथै छ हजार १३ थान उजुरी कार्यान्वयन हुन बाँकी रहेको जनाएको छ । आयोगको ११ औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा आयोजित समारोहमा ३४६ थान मुद्दाको आयोग आफँैले किनारा लगाएको आयोगले जनाएको हो ।  अघिल्लो वर्ष आयोगले सरकारमा सिफारिस गरेका मुद्दामध्ये आठ प्रतिशतको पूर्ण कार्यान्वयन, ३२ प्रतिशतको आंशिक कार्यान्वयन र ६० प्रतिशत कार्यान्वयनविहीन भएको थियो । यस वर्ष सिफारिस गरिएकामध्ये २८ प्रतिशत पूर्ण कार्यान्वयन, ५५ प्रतिशत आंशिक कार्यान्वयन र १७ प्रतिशत कार्यान्वनविहीन भएको जनाइएको छ । 

समारोहमा प्रधानमन्त्री झलनाथ खनालले जातीय विविधतायुक्त नेपाली समाजमा  सामाजिक विभेद अन्त नभएसम्म मानवअधिकार हननका घटना नरोकिने भएकाले यस्ता विभेद हटाउन संविधान बनाउन जरुरी भएको बताउनुभयो । उहाले मानवअधिकार विधेयक सदनबाट पारित गराउन पहल गरिनेमा जोड दिँदै उहाँले मनवअधिकार हननका घटना न्यून गर्न आयोगले आफ्ना काम कारबाहीलाई पनि चुस्त बनाउनुपर्ने बताउनुभयो ।    संविधान लेखनका ८० प्रतिशत काम पुरा भइसकेको र बाँकी रहेका विवादित विषय पनि पुरा गर्न सकिए छिट्टै संविधान जारी गर्न सकिने हुँदा संविधानसभाको सयमयावधि बढाउनु आवश्यक भएको उल्लेख गर्दै प्रधानमन्त्री खनालले यसका लागि सहमति जुटाउन सम्बद्ध राजनीतिक दलसँग आफू वार्तामा लागिरहेको उल्लेख गर्नुभयो ।

संविधानसभा भवन घेराउ

संबिधान सभा बिघठन गरी नयाँ जनादेशमा जानुपर्ने माग गर्दै आएको राप्रपा नेपालले नयाँ बानेश्वरस्थित सबिधान सभा भवन घेराउ गरेका छन् । आज भने राप्रपा नेपालले शान्ति पुर्णरुपमा नै घेराउ गरेको थियो । यसअघि हिजो घेराउका क्रममा निषेधित क्षेत्र तोड्ने हुदा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप समेत भएको थियो । संबिधान सभाको बिघठनको माग गर्दै राप्रपा नेपालले तिन दिन देखि संबिधान सभा भवन घेराउ गर्दै आएको छ । घेराउका लागि उसले जिल्ला जिल्लाबाट कार्यकर्ताहरु राजधानी ओसारेको छ ।

यसैबिच पूर्व सांसदहरूले शान्ति र संविधानका लागि दबाब सिर्जना गर्ने उद्देश्यका साथ सुरु गरेको भद्र अवज्ञा आन्दोलनमा आज पनि प्रहरीले हस्तक्षेप गरेको छ । बिहान ७ बजे आन्दोलन सुरु भएको आधा घन्टा बित्न नपाउँदै प्रहरीले ३२ जना पूर्व सभासदलाई पक्राउ गरी केहिबेरमा छाडेको थियो । पूर्व सांसद मञ्चले नयाँ बानेश्वरस्थित संविधानसभा भवनअगाडि १७ दिनदेखि जारी राखेको रिले अनशनमा मङ्गलबार प्रहरीले हस्तक्षेप गरेर बिथोलेपछि पूर्व सांसदले हिजोदेखि भद्र अवज्ञा आन्दोलन थालेका हुन् ।

एकिकृत नेकपा माओबादीका उपाध्यक्ष भट्टराई

एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले सबिधानसभाको म्याद ६ महिना थप गर्नुको बिकल्प नभएको बताउनु भएको छ । आठौ कृष्णसेन स्मृती दिबसको अबसरमा का्रन्तिकारी पत्रकार सघंले आयोजना गरेको प्रभातफेरिको आज बिहान राजधानीको भृकुटीमण्डपमा उदघाटन गर्दै उपाध्यक्ष भट्टराईले सेना समायोजन, शान्ति प्रक्रिया लगायतका बिषयमा कार्यताकिा बनाई सहमतीको सरकार निमार्ण गरि सबिधानसभाको म्याद थप गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । दलहरु बिच सहमतीका लागी छलफल जारी रहेको उल्लेख गर्दै उहाँल्ेो कतिपय दलहरुका नाजायज सर्तका कारण सहमतीमा पुग्न नसकिएको बताउनु भयो । नेपाली जनताको ६० बर्षको चाहनालाई दलहरुले रक्षा गर्नु पर्ने भन्दै उहाले  सबिधानसभाको अकालमा मृत्यु भएमा निम्तने भयाबह स्थिती अझ घातक हुने टिप्पणी गर्नु भयो ।

दिनभर बन्द भएपनि कतै प्रर्दशन भएन । बन्द निष्प्रभावि

संविधान निमार्णमा दलहरु गम्भीर नभएको तथा समय भित्रै संविधान जारी गर्न असक्षम भएको विभन्नि संगठनले देशैभर विभिन्न क्षेत्रमा आयोजना गरेको बन्दको कारण आज दिनभर जनजिवन प्रभावित भएको छ । एका बिहानै केही सवारी साधनमा भएको 

देशका बिभिन्न स्थानमा जनता बन्दको मारमा पर्न थालेका छन् । विभिन्न समूहले आह्वान गरेको बन्दका कारण राजधानी लगायत पुर्वाञ्चलको जनजीवन प्रभाबित बन्यो । राजधानीमा चुरे भावर राष्ट्रिय पार्टी नेपालले बन्दको आह्वान गरेको बन्दका कारण राजधानीमा भने आशिंक प्रभाव परेको थियो । राजधानीमा आशिंक रुपमा पसलहरु खुलेका छन् भने यातायातका साधन पनि फाट्टफुट्ट चलेका थिए । बन्दकै क्रममा जबरजस्ती पसलहरु बन्द गराउदै हिड्ने चुरे भावरका ४० जना कार्यकर्तालाई प्रहरीले बबरमहलबाट पक्राउ गरेको छ ।

यसैबीच अज्ञात समूहले आज विहान राजधानीको बालाजुमा कान्तिपुर पब्लिकेशनको गाडीमा आगो लगाएको छ । कान्तिपुर सँगरिसिबी छ भन्दै तीन जनाको समूहले पछ्याएर गाडीमा आगजनी गरेका हुन् । प्रेस स्वन्तरता माथि हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासङघले घटनाका निन्दा गरेको छ ।

उता पूर्वमा भने खसक्षेत्री एकता समाज आदिवासी जनजाति ,खस क्षेत्री समाज, व्राम्हण समाज, बिश्व हिन्दु महासँघले बन्दको आह्वान गरेका हुन् । कारण बन्दका कारण यातायात बजार पसल कलकारखाना समेत बन्द छन । दिनहु जस्तो हुने वन्दले गर्दा पुर्वको जनजीवन अहिले कष्टकर वन्दै गएको छ ।

मन्त्रीपरिषद् बैठक सम्पन्न ः गर्भपतनको आरोपमा जेलमा रहेकालाइ आम माफि दिने तयारी

सरकारले गर्भपतनको आभियोगमा पक्राउ परि थुनामा रहेका महिलालाइ आम माफि दिने सैद्धान्तिक निणर्य गरेको छ । मन्त्रीपरिषद्को केहीबेर अघि सम्मन्न बैठकले थुनामा रहेका १३ जना महिला बन्दिलाइ आममाफि दिने निणर्य गरेको हो । साथै मन्त्रीपरिषद् बैठकले स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी प्रमुखमा राजबहादुर गिरीलाइ नियुक्त गरेको छ ।

यसैबिच केन्द्रीय सुरक्षा समिती बैठकले भोली देशैभर सुरक्षा ब्यवस्था कडा बनाउने निणर्य गरेको छ । सिंहदरबारमा बसेको बैठकले भोली जस्तो सुकै अवस्था उत्पन्न हुन सक्ने भन्दै सुरक्षा सर्तकता अपनाउने समेत निणर्य गरको छ । बैठकमा गृहममन्त्री कृष्णबहादुर महराले हरेक अवस्थाका लागी तयार रहन सुरक्षा निकायका प्रमुखहरुलाइ निर्देशन दिनुभएको छ ।

अन्तराष्ट्रिय समाचार
पाकिस्तानी अधिकारीलाइ लादेन लुकेको जानकारी थिएन ः हिलारी क्लिन्टन

अमेरिकी बिदेशमन्त्री हिलरी क्लिन्टनले पाकिस्तान सरकारलाइ ओसमा बिन लादेन पाकिस्तानमा लुकेको बारे कुनै जानकारी नभएको बताउनु भएको छ । क्लिन्टनले लादेनबारे पाकिस्तान सरकारसँग जानकारी थियो भन्ने बारेमा हालसम्म कुनै प्रमाण फेला नपरेको समेत बताउनु भएको छ । दुइ देश बिचको सम्बन्धमा चिसोपन आइरहेका बेला अचानक पाकिस्तान पुग्नुभएकी क्लिन्टनले पाकिस्तानी राष्ट्रपति, प्रधानमन्त्री लगायतको प्रशंशा गर्दै पाकिस्तानले चरमपन्थी बिद्रोहीहरु सँग लड्न अझै धेरै बाँकी रहेको बताउनुभयो । क्लिन्टनको साथमा अमेरिकी सेना प्रमुख एडमिरल माइक मुलेन समेत रहनु भएको छ ।

पाकिस्तान सरकारले तत्काल आफ्नो देशमा रहेका अमेरिकी सैनिक फिर्ता गर्न आग्रह गरेपछि विदेशमन्त्री क्लिन्टनले आकस्मीक भम्रण गर्नु भएको बुझिएको छ । हाल पाकिस्तानमा २०० अमेरिकी सेना रहेका छन् ।  पाकिस्तानमा अलकायदाका नेता ओसामा बिन लादेश मारिए पछि त्यहा अमेरिकी अधिकारी बाट भएको यो पहिलो उच्च भ्रमण हो । गत मे २ तारिकका दिन अमेरिकी कमाण्डोले एओटावादमा गरेको कारबाहीमा लादेन मारिए पछि इस्लामाबाद र अमेरिका बिचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

खेल समाचार
विश्वकप छनौट खेल दशरथ रंगशालामा नै हुन्छ ः एन्फा

काठमाण्डौँ, १३ जेठ । विश्वकप–२०१४ को छनौटका लागि नेपाल र इस्ट टिमोरबीचको खेल राजधानीस्थित दशरथ रंगशालामा नै हुने भएको छ । अखिल नेपाल फुटबल संघका एन्फाका प्रवक्ता ललितकृष्ण श्रेष्ठले पोखरा रंगशालामा भौतिक पूर्वाधार निर्माण गर्न ढिलो हुने भएकाले दशरथ रंगशालामै नेपाल र इष्ट टिमोरबीचको खेल गर्न लागिएको जानकारी दिनुभयो ।  पोखरा रंगशालामा चेन्जिङ रुम लगायतका पूर्वाधार निर्माण गर्न ढिला भएकाले दशरथ रंगालामा नै खेल गर्न लागेको उहाँले बताउनुभयो । यस अघि एन्फाले विश्वकप छनौट खेल पोखरामा गर्ने बताएको थियो । नेपाल र इस्ट टिमोर बिच आउँदो १५ र १९ गते विश्वकप छनौटको खेल हुदैँछ ।

यसैबिच विश्वकप छनौटको लागि च्यालेन्जकपमा खेलेका खेलाडीलाई प्राथमिकतामा राख्ने एन्फाले जनाएको छ । यसैगरी, जारी लिगमा उत्कृष्ट खेल पस्केका खेलाडीहरुलाई एन्फाले राष्ट्रिय टिममा स्थान दिने भएको छ । असार १० गते भित्र राष्ट्रिय टोलीको अन्तिम छनौट गरि बन्द प्रशिक्षणमा राख्ने एन्फाले जनाएको छ । एन्फाले गत महिना भएको एएफसी च्यालेन्जकपमा नेपाली टोली सम्हालेका बेलायती प्रशिक्षक ग्राहम रोबर्टलाई बोलाउने बारे छलफल पनि जारी राखेको छ । रोबर्टका प्रतिनिधिसंग कुरा भैरहेकाले एक–दुई दिन भित्रमा  प्रशिक्षकको टुङ्गो लाग्ने एन्फाले जनाएको छ ।

विश्वकप छनौट खेल काठमाडौमा  हुने भएपछि जारी लिगको खेल तालिका पनि एन्फाले परिवर्तन गरेको छ । पटक–पटकको बन्दले लिग प्रभावित भएपछि दैनिक तीन खेल खेलाउनु परेको एन्फाले बताएको छ । १६ गतेबाट दशरथ रंगाशालामा दुई खेल तथा शसस्त्र प्रहरीको हल्चोक मैदान एक खेलाउने एन्फाले जनाएको छ । साथै इस्ट टिमोरबिरुद्ध हुने विश्वकप छनौट खेलको लागि असार ११ गते देखि २० गतेसम्म लिग स्थगित गर्ने र असार १ गतेबाट दशरथ रंगशालामा खेल नखेलाउने पनि एन्फाको भनाइ छ । विश्वकप आगामी सन २०१४ मा ब्राजिलमा हुंदैछ ।

No comments: