Tuesday, March 13, 2012

न त गोल भयो न इज्जत रह्यो : एएफसी च्यालेन्जकप समीक्षा


AFC Challenge Cup and Nepal !
सीताराम कोइराला
एएफसी च्यालेञ्जकप फुटबलमा फिक्का प्रदर्शन पछि नेपाली फुटबलको पुनसंरचनाको खाँचो महसुस हुन थालेको छ । प्रतियोगिताको सेमिफाइनलमा सम्म पुग्ने लक्ष्य बोकेको नेपाली टोली लिग चरणमा नै नराम्ररी पराजित भए पछि नेपाली टोलीमा आमुल परिवर्तन गर्नु पर्ने खा“चो भएको हो । प्रतियोगितामा तीनै खेलमा गुमाएको नेपालले ६ गोल खादा एक गोल पनि गर्न सकेन । परम्परागत शैलीमा रमाइरहेको नेपाली फुटबलले अब टेक्निकल गेममा बढि ध्यान दिनु पर्ने पनि टड्कारो रुपमा देखिएको छ । 

काठमाडौलाई फुटबलले छपक्कै छा“उदा जसरि नेपाली फुटबल प्रेमी हौसिएका थिए त्यसरी अहिले निरशा बनेका छन् । एएफसी च्यालेञ्जकपमा नेपाल समूह चरणबाटै बाहिरिए पछि नेपाली समर्थक निराश बनेका हुन् । च्यालेन्जकपमा नेपालबाट ठुलो अपेक्षा नगरिए पनि नाजुक प्रदर्शनको अपेक्षा भने कमैले गरेका थिए । तर लिगका तीनै खेल सकिदा नेपालले कमजोर प्रदर्शन ग¥यो । नेपालले प्रतियोगितामा न त अंक नै हात पार्न सक्यो न त गोल गर्न नै । नेपाल तुर्केमिनिस्तासंग ३–०ले , प्यालेस्टाइनसंग २–० ले र माल्दिभ्ससंग १–० पराजित हुदै बाहिरिन पुग्यो ।  


नेपाल जस्तै दक्षिण एसियाका अन्य टोलीको पनि हालत उहि बन्यो । भर्खरै साफ च्याम्पियनसीप जितेको भारत एक खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरियो भने माल्दिभ्सले पनि समूह चरणबाट हात धुनु प¥यो । एक बर्षको बिचमा नेपालले फिफा बरियता क्रममा लामै फड्को मारे पनि फुटबलको स्तरमा भने खासै सुधार गर्न सकेन । तर नेपालले अघिल्ला बर्षहरुको तुलनामा भने कम हार्न थालेको छ । पछिल्ला १७ खेल मध्ये नेपालले ६ खेल जित्दा ७ खेलमा हार ब्यहोरेको छ भने चारमा बराबरीको नतिजा निकालेको छ । हारको कारण नेपाली टोलीमा जोशका कमी हुनु टेक्निकल गेममा ध्यान नदिनु  हो । यस्तै नेपाली टिममा अग्रपङ्क्तिमा समस्या भएको पनि स्वयम् प्रशिक्षकहरुले पनि स्वीकारि सकेका छन् । अन्तर्राष्ट्रिय खेलमा नेपाली स्ट्राइकर लामो समययता गोल गर्न असफल छन् । तीन प्रमुख स्ट्राइकरमध्ये जुमनु राई र अनिल गुरुङले गोल गर्न असफल रहेको खेल संख्या १०–१० पुगिसकेको छ । यस्तै दोस्रो  रोजाइका फरवार्ड सन्तोÈ साहुखलले पनि पछिल्ला १४ खेलमा गोल गर्न सकेका छैनन् । यसैले फरवार्ड लाइनको बिकल्प नेपालीका प्रशिक्षक र एन्फाले खोज्ने बेला आएको छ । 

यता च्यालेञ्जकपमा नेपालको चुनौती फिक्का भए पछि प्रशिक्षक ग्राहम रोबट्र्सले नेपाली टीम छाड्ने घोषणा गरेका छन् । रोबट्र्सको आगमनसंगै नेपाली फुटबलको बिकास भएको मान्नेहरुको लागि यो पक्कै पनि राम्रो खबर होइन । आगमनका दिनमा वाहवही पाएका राबेट्र्सको बिदाई भने सुखद हुन सकेन । 

च्यालेञ्जकपमा माल्दिभ्स बिरुद्धको खेलमा एन्फाले खेल रणनितिमा हस्तक्षेप गरेको भन्दै राबेट्र्स चिडिएका थिए । त्यसलगत्तै रोबट्र्सले करार सकिनु दुई महिना अघि नै राजिनामा दिए । नेपाली टोलीको प्रशिक्षकको रुपमा अन्तिम खेलको रुपमा रहेको तुर्केमेनिस्तानविरुद्धको खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा रोबट्र्सले हस्तलिखित राजीनामा पत्र पढेर सुनाएका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीलाई विगत १५ महिनादेखि सम्हाल्दै आएका रोबट्र्स अन्य प्रशिक्षकको तुलनामा सफल मानिन्छन् । रोबट्र्सको प्रशिक्षणमा नेपालले १७ खेल खेल्दा ७ खेलमा हार, ६ खेलमा जित र चारमा बराबरी खेलेको थियो । यस्तै रोबट्सले नेपाललाई पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पु¥याएका थिए भने च्यालेञ्जकप छनोटको पनि अन्तिम चरणमा पु¥याएका थिए । प्रशिÔक ग्रााहम रोबर्टसको आगमनस“गै सुधारिएको महसुस भएको नेपाली फुटबलको स्तर फेरि पुरानै स्थितिमा फर्केको फुटबल पण्डितहरुले बिश्लेषण गर्न थालेका छन् । 

No comments: