Sitaram Koirala |
सिताराम कोइराला
काठमाण्डौँ, १२ जेठ । राजधानीमा शहीद स्मारक ए डिभिजन लिग फुटबलको घमासान जारी छ । धेरै क्लब आगामी खेल कसरी जित्ने, प्रतिस्पर्धीलाई कसरी माथ दिने र माथिल्लो स्थान ओगट्ने भन्ने योजना बनाउन व्यस्त छन् । तर एउटा त्यस्तो क्लब छ, जसलाई आगामी खेल कसरी जित्नेभन्दा पनि लिग जारी रहुञ्जले काठमाडौंमा कसरी बस्ने व्यवस्था मिलाउने भन्ने चिन्ताले सताइरहेको छ । हो, मोफसलको एकमात्र प्रतिनिधि क्लब कोइलापानी पोलस्टार यतिबेला चरम आर्थिक संकटमा छ । आर्थिक अभावकै कारण लिग परित्याग गर्ने स्थितिसम्म आउनसक्ने खतरा मडारिएको छ, कोइरालापानीमाथि ।
मोफसलको एक्लो प्रतिनिधिका रुपमा राजधानी छिर्दा कोइलापानी पोलस्टार क्लबमाथि धेरैको चासो र अपेक्षा थियो । ए डिभिजन लिग खेल्न पहिलो पटक राजधानी छिरेकाले लिग खेल्ने अन्य क्लबको स्वभाविक चासो अनि राजधानी बाहिर मोफसलको अपेक्षा । लिग अघि बढ्दै जा“दा कोइरालापानीको प्रदर्शन निक्कै कमजोर रह्यो र मोफसलको अपेक्षा चिन्तामा बदलिन थाल्यो । तर क्लब व्यवस्थापनलाई भने अर्कै चिन्ताले पिरोलेको छ । काठमाडौंको महंगीमा लिग चलञ्जेल टिमलाई कसरी राखिरहने भन्ने मुख्य चिन्तामा कोइरालपानी यतिबेला छ । रहस्यमय टोलीको संज्ञा दिइएको कोइरालापानीका खेलाडी दयनीय अवस्थामा बसिरहेका छन् ।
सिमेन्टको भुइमा एउटा मन्डी ओछ्याएर रात बिताउ“छन् खेलाडी । एन्फाले उपलब्ध गराइदिएको च्यासलको एन्फा टेक्निकल सेन्टरमा बसेका खेलाडीलाई न पोषिलो खाना छ, न सफा शौचालय नै । रातभर लामखुट्टे धपाउने अनि दिनभर फुटबल खेल्ने, यस्तै छ दिनचर्या यी खोलाडीको । आर्थिक समस्याकै कारण यस्तो कष्ट भोगिरहेका खेलाडीहरूले यस्तो समस्या लम्बि“दै गए लिगमा छाड्न बाध्य हुनु पर्ने बताएका छन् । आर्थिक समस्याका कारण बास स्थान खेज्दै हिडेका कोइलापानीका खेलाडीलाई एन्फाले आफ्नो च्यासल फुटबल मैदान उपलब्ध गराएको हो । क्लबका व्यवस्थापक ताराप्रसाद भुषाल आर्थिक समस्याले गर्दा खेलाडीहरूमा मानसिक समस्या सिर्जना भएको बताउ“छन् ।
टिमको खराब प्रदर्शनको दोष पनि आर्थिक अभाव र काठमाडौंको बसाइ रहेको उनको भनाइ छ । हुन पनि हो, रातभरी चिसो भुइमा एउटा मण्डीको भरमा लामखुट्टेले घेरिने खेलाडीले कसरी राम्रो फुटबल खेल्न सक्लान ? फुटबल खेल्न त शारीरिकस“गै मानसिक अवस्था पनि उत्तिकै प्रमुख मानिन्छ । तर पोलस्टर कोइरालापानीका खेलाडीको मानसिक अवस्था ज्यादै कमजोर देखिन्छ । जार लिगमा भाग लिएयता अहिलेसम्म ५ लाख रुपैया“ खर्च भइसकेको क्लब व्यवस्थापनले जनाएको छ । अखिल नेपाल फुटबल संघ –एन्फा) ले लिग खेल्न दिएको एक लाख, ऋण लिइएको २ लाख र बा“की शुभेच्छुकबाट ५ लाख रुपैया“ जुटाइएको हो ।
अहिले लिगको पा“चौं चरणका खेल चलिरहेका छन् । १४ चरणका खेल सकि“दासम्म क्लब राजधानीमै बस्नुपर्छ । जसका लागि थप १२ लाख रुपैया“ आवश्यक पर्छ, जुन क्लबको सामथ्र्यले भ्याउ“दैन । एउटा मोफसलको टिमले बिना प्रायोजक एउटा लिग खेल्न झन्डै २० लाख खर्च गर्ने कुरा साह्रै न्यून सम्भावनाको कुरा हो । खेल नभएको दिन ७ हजार र खेल भएको दिन १० खर्च हुन्छ । २२ खेलाडी आवद्ध गरेको कोइलापानीले खेलाडीको भत्ताको लागि ६ लाख रुपैया“ छुट्याएको छ । तर खेलाडीलाई कसरी भक्ता उपलब्ध गराउने भन्ने समस्यामा अल्झिएको छ, व्यवस्थापन । क्लब अब आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष बिष्णु अधिकारी बताउ“छन् । एन्फा तथा अन्य कसैले आर्थिकको सहयोग नगर्ने हो भने क्लबले बीचैमा लिग त्याग्न बाध्य हुने अध्यक्ष अधिकारी तितो यथार्थ सुनाउ“छन् ।
राजधानीका क्लबले लामो समयदेखि लिग खेल्दै आएका छन् । उनीहरूलाई प्रायोजकको खा“चो त्यति पर्दैन, प्रायोजक आफैं क्लब खोज्न दौडन्छन् । तर मोफसलको यथार्थ बिलकुल फरक छ । खोज्दा पनि प्रायोजक नपाइने समस्या छ । एन्फाले पनि उपत्यका बाहिरको एकमात्र प्रतिनिधि क्लबलाई प्रायोजक खोजिदिन कुनै चासो देखाएको छैन । सबै क्लब एन्फाका लागि बराबरी भएकाले छुट्टै सहयोग गर्न नसक्ने एन्फाको भनाइ छ । एन्फा प्रवत्ता ललितकृष्ण श्रेष्ठले एन्फाले दिने सहयोग दिइसकेकोले आर्थिक समस्याको समाधान क्लब आफंैले खोज्नु पर्ने बताउ“छन् । राष्ट्रिय लिगको अवधारणसहित अघि बढेको एन्फाले मोफसलको दुई टोलीलाई पनि राष्ट्रिय लिगमा समावेश गर्दै छ ।
ए डिभिजनमा कोइरालापानीले भोगेको समस्या राष्ट्रिय लिगमा समावेश हुने टिमले पनि भोग्नु नपर्ला भन्न सकिन्न । मोफसलका टोलीहरू यसरी आर्थिक संकटमा फस्दै जाने अनि एन्फा चुपचाप बस्ने हो भने नेपालको फुटबल कततिर जाला ? के राजधानीले मात्र नेपालको फुटबलको भविष्य हो र ? राजधानीका टिमलाई एकपछि अर्को प्रायोजन गर्ने प्रायोजक, फुटबलको विकास गर्ने सस्था एन्फा र सम्बन्धित क्लबले बेलैमा सोच्न जरुरी छ ।

No comments:
Post a Comment