Monday, September 10, 2012

नेपालको फड्को : डिभिजन 'थ्री' मा

Nepalese Senior Cricket Team with Division Four Trophy.
मनोज सत्याल 
काठमाण्डौँ । नेपाल आईसीसी डिभिजन फोर क्रिकेट लिग प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । मलेसियाको किन्नारा ओभल मैदानमा सोमबार भएको फाइलन खेलमा अमेरिकालाई ८ विकेटले हराउँदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । प्रतियोगिता भर अपराजीत रहेको नेपालले अमेरिकाद्धारा प्रस्त्ुत १४६ रनको लक्ष्य केवल २८ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टाएको थियो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४८ ओभर १ बल खेल्दै सवै विकेट गुमाएर माात्र १४५ रन जोड्न सफल भएको थियो । अमेरिकालाई कम स्कोरमा समेट्ने क्रममा म्यान अफ द म्याच बनेका नेपालका बसन्त रेग्मीले पाँच विकेट लिएका थिए । त्यस्तै धारिलो बलिङ गरेको शक्तिले दुई विकेट चट्काएका थिए । निकै किफायति बलिङ गरेका बसन्त रेग्मीले ९ ओभर १ बल बलिङ गर्दा केवल २० रन खर्चेका थिए । प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल रेग्मीले २१ विकेट लिएका थिए । 

जवाफी ब्याटिङ गरेको नेपाललाई जित दिलाउन ज्ञानेन्द्र मल्लले सर्वाधिक ६६ रन हिर्काएका थिए भने ओपन सुवाष खकुरेलले नटआउन ४४ रन बनाएका थिए । त्यस्तै कप्तान पारस खड्काले नट आउट २५ रन जोडेका थिए । यसअघि डेनमार्क विरुद्ध शतक प्रहार गरेको अर्का ओपनर अनिल मण्डल भने केवल ३ रनमै आउट भएका थिए । 


यसअघि नै डिभिजन तीनमा स्थान पक्का गरेको नेपालले अब आउँदो अप्रिलमा हुने प्रतियोगितामा अमेरिकासँगै पपुवा न्युगिनी, बमुर्डा, इटाली सँगै युगाण्डासँग प्रतिष्पर्धा गर्नेछ । डिभिजन तीन सन् २०१३ मा बमुर्डामा आयोजना हुदैँछ । डिभिजन तीनको अघिल्लो दुई स्थानमा रहन सफल भए नेपालले सन् २०१५ को विश्वपकको छनौट खेल्न पाउने छ । 

नेपालले पहिलो पटक विदेशी भूमीमा आईसीसी क्रिकेटको सिनियर तर्फको खेलमा विजय हात पारेको हो । प्रतियोगितामा नेपालको ब्याटिङ समेत सुधारउन्मुख देखिएको छ । नेपालका सुवाष खकुरेलले प्रतियोगिताकै सर्वाधिक ११५ रन बनाउन सफल भए । त्यस्तै नेपाली बलर शक्ति गौचनले पनि मलेसिया विरुद्धको खेलमा १० ओभर बलिङ गर्दै आठ मेडन राख्दै ३ रन खर्चेर २ विकेट लिएका थिए । 

No comments: