सर्वोच्च अदालतद्वारा कागे्रस नेता वाग्लेलाइ जेल चलानगर्न आदेशः
सर्वोच्च अदालतले भष्ट्राचार मुद्दामा कागे्रस नेता एवं पूर्बमन्त्री चिरञ्जिवी वाग्लेलाइ दुइ करोड तीन लाख विगो सहित डेढ्बर्ष थुनामा राख्न आदेश दिएको छ । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजालसले भष्ट्राचार मुद्धामा वाग्लेलाइ डेड् बर्ष थुनामा राख्न आदेश दिएको हो । स्रोत नखुलेको अकुत सम्पत्ति जम्मागरी भष्ट्राचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतले २ करोड ७५ लाख जरीवाना सहित अढाइ बर्ष थुनामा राख्ने सजाय सुनाएपछि वाग्लेले विशेष अदालतको फैसला विरुद्ध २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
सर्वोच्चले वाग्लेका छोरा देवेन्द्रलाइ भने सफइ दिएको छ । स्रोत नखुलेको सम्पत्ति जम्मागरेको अभियोगमा १ बर्ष तथा सार्वजानिक ओहोदामा रहेको व्यक्तीले भष्ट्राचार गरेकोले थप छ महिना थुनामा राख्न सर्वोच्चले आदेश जारी गरेको हो । कागे्रस सरकारमा रहदा वाग्ले पटक÷पटक मन्त्री बनेका थिए ।
सुडान घोटालाको प्रतिवेदन कार्वाहीकालागि अख्तियारमाः
सरकारले सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीकालागि बन्दोबस्तीका सामान खरिदमा भएको भष्ट्राचार सम्बन्धी प्रतिवेदन कार्वाहीकालागि अख्तियारमा पठाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले बहुचर्चित सुडान घोटालाको छानविन प्रतिवेदन कार्वाहीकालागि अख्तियारमा पठाउने निर्णइ गरेको सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो । सुडानमा खटिएको प्रहरीकालागि एपीसी लगायत बन्दोबस्तिका सामान खरिदमा झण्डै ३० करोड अनियमितता भएको संसदीय समितिको छानविनले देखाएको थियो ।
सरकारले बन पूर्व न्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा गठित फडानि छानविन आयोगको प्रतिवेदन पनि कार्वाहीकालागि खख्तियारमा पठाउने निर्णइ गरेको छ । पूबबर्ती सरकारले अनियन्त्रित बन फडानि सम्बन्धमा छानविनगर्न गत साउनमा उक्त आयोग गठन गरेको थियो । सरकारले नेपाल पर्यटन बर्षको स्मरण स्वरुप रु एक हजार बराबरका चादी र ५० का अन्य धातुका सिक्का प्रकासन गर्ने समेत निर्णय गरेको छ ।
सरकारले संगठित अपराध नियन्त्रण सम्बन्धी ऐन संसदमा पठाउने तथा शान्ति समितिको म्याद आगामी बर्षको पौष मसान्त सम्म थपगर्ने निर्णय गरेको प्रवक्ता तुलाधरले जानकारी दिनुभयो ।
प्रचण्ड सिंगापुर प्रस्थान
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज अचानक सिंङ्गापुर प्रस्थान गर्नुभएको छ । सिल्क एअरको विमान मार्फत अध्यक्ष प्रचण्ड आज अपरान्ह त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सिंगापुरमा उहाँ कुन कार्यक्रममा जानु भएको भन्नेबारे भने केहि पनि खुलाइएको छैन । यद्यपि यसअघि उहाँलाई मलेसिया बोलाउँने चिनियाँ संस्था एसिया प्यासिफिक फाउन्डेसनको निमन्त्रणामा उहाँ त्यसतर्फ जानु भएको श्रोतले बताएको छ । भ्रमणका क्रममा उहाँले राजनीतिक भेटवार्ता समेत गर्न सक्ने बताइएको छ । अध्यक्ष प्रचण्ड आगामी शुक्रबार स्वदेश फर्कनु हुने कार्यक्रम रहेको छ ।
न्यायाधीहरुद्वारा संवैधानिक इजालसको व्यबस्था गर्न सुझावः
काठमाण्डौ, चैत्र २ । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रस्तावित संवैधानिक अदालतको सट्टा सर्वोच्च अदालत भीत्रै संवैधानिक इजालशको व्यबस्थागर्नु उपयुक्त हुने धरणा राखेका छन । संविधानसभा संवैधानिक समिति अन्तरगत गठित विबाद उपसमिति बैठकमा न्यायाधीशहरुले नयाँ संविधानमा संवैधानिक अदालत गठन नभएको बताएका हुन् । बैठकपछि न्यायाधीश कल्याण श्रेष्ठले प्रधान न्यायाधीश लगायत सबैले सर्वोच्च अदालत भीत्रै संवैधानिक बेञ्च खडागर्नु उपयुक्त हुने धारणा राखेको जानकारी दिनुभयो । सर्वोच्च अदालतको विकल्प खोज्नु भन्दा भएको संरचनालाइ सुधार गर्नु उपयुक्त हुने धारणा राखेको न्यायाधीश श्रेष्ठले बताउनुभयो ।
उपसमितिमा माओवादीका सहयोगि सदस्य खिमलाल देवकोटाले संवैधानिक अदालतवारे न्यायाधीशहरुको धारणा सुन्ने काम भएको बताउनु भयो । न्यायाधीशहरुले संवैधानिक अदालत गठनगर्दा सर्वोच्च अदालतसंग क्षेत्राधिकार बाझिने भन्दै संवैधानिक वेञ्च गठनगर्नु उचित हुने बताएका देवकोटाले जानकारी दिनुभयो । बैठकमा प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ तथा न्यायाधीहरु खिलराज रेग्मी, कल्याण श्रेष्ठ, दामोदर प्रसाद शाह र प्रकाश वस्ती उपस्थित हुनुहुन्थ्यो ।
‘सर्वोच्च अदालतले के कमजोरी ग¥यो र नयाँ संयन्त्रमा जानु प¥यो, न्यायाधीको भनाइ उदृद्धगर्दै एक सदस्यले भने–यसले झनै संवैधानिक जटिलता ल्याउने खतरा रहन्छ ।’ संवैधानिक अदालतको व्यबस्था दक्षिण एसियाली मुलुकमा कहिपनि नभएकोले नेपालमा संवैधानिक अदालतको बाञ्छनियता नदेखिएको न्यायाधीश श्रेष्ठले बताउनुभयो ।
यसअघि संवैधानिक समिति अन्तरगतको उपसमितिले संविधानको अन्तिम व्यख्या तथा प्रदेशहरुवीच उत्पन्न हुनसक्ने विबाद समाधानगर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालत गठन गर्ने निर्णय गरेको थियो । उपसमितिको आर्को बैठक आगामी ८ गते मात्र बस्ने भएको छ ।
समूहगत समायोजन असम्भव—रक्षामन्त्री
रक्षामन्त्री विष्णु पौडेलले माओवादी लडाकुहरुको नेपाली सेनामा समूहगत समायोजन असम्भव रहेको बताउनुभएको छ । सेनामा समायोजन हुन चाहने लडाकुहरुले सेनाको प्रचलित मापदण्ड पूरा गर्नैपर्नै भन्दै रक्षामन्त्री पौडेलले ब्यक्तिगत क्षमता मापन नगरी समायोजन गर्न नसकिने स्पष्ट पार्नुभयो । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै पौडेलले समायोजनको अर्थ राज्इको तीनवटा सुरक्षा निकायमा समावेश गर्नै रहेको भन्दै सात बुदै सहमतीमा उल्लेख भएजस्तो छुट्टै फोर्स बनाउनु आवश्यक नरहेको दावी गर्नुभयो । समायोजन भनेको सुरक्षा अङगमा मिसाउने हो,नयाँ फोर्स बनाउने होईन—पौडेलले भन्नुभयो । दलहरुबीच शिविरमा रहेका लडाकुहरुको समायोजन प्रक्रिया अघि बढाउन आवशयक जनशक्ती परिपुर्ती गर्नै सहमती भईसकेको खुलासा गर्दै मन्त्री पौडेलले माओवादी लडाकुहरु विशेष समितीको नियन्त्रणमा नै रहेको दावी गर्नुभयो ।
भारतीय आर्शिवाद लिन मधेशी नेताहरु दिल्लीमाः
नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आबद्ध तीनदलका अध्यक्ष आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन । नेपालमा वामपन्थी गठबन्धनको सरकार गठन भएपछि लोकतान्त्रिक मोर्चाको लविङ गर्न प्रमुख तीन मधेशी दलका नेताहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छादार, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सदभाबना अध्यक्ष राजेन्द्र महतो दिल्ली गएका हुन । नेताहरुले नेपालको शान्ति प्रक्रिर्या र संविधान निर्माण प्रक्रिर्यावारे भारतीय नेताहरुसंग छलफल गर्ने बताएका छन ।
भारत प्रस्थान गर्नुपूर्व त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा गच्छेदारले भारतीय सरकारको निमन्त्रणमा आफुहरु भारत जान लागेको र नेपालको पछिल्लो घटनाक्रमवारे भारतीय अधिकारीसंग सामूहिक छलफल हुने बताउनुभयो । वर्तमान सरकार विरुद्ध मोर्चाबन्दी गर्न आफूहरु भारत जान लागेको नभएपनि प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिमा ‘जन संविधान’ लेख्ने कुरा उल्लेख रहेकोले गठबन्धनमा शंका गर्ने ठाउ रहेको उहाँले दावी गर्नुभयो । भारतमा रहदा उहाँहरुले प्रधानमन्त्रि मनमोहन सिंह, कांग्रेश आईकी अध्यक्ष सोनिया गान्धी लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उच्च स्रोतका अनुसार भारतीय मध्यस्थतामा तराइमा हिंसात्मक आन्दोलन चलाइ रहेका नेताहरुसंग समेत प्रमुख तीन नेताको भेटवार्ता हुने छ ।
काँग्रेशद्धारा देशभर श्रद्धाञ्जली सभाको आयोजना
काठमाडौ, २ चैत्र । नेपाली काँग्रेशले पार्टीका सस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनको १३ औं दिनको पुण्यतिथीमा आज देशभर श्रद्धाञ्जली सभाको आयोजना गरी स्मरण गरेको छ । कङग्रेस केन्द्रीय समिति र काठमाण्डौ, भक्तपुर र ललितपुरका जिल्ला समितिको आयोजनामा राजधानीको खुल्लामञ्चमा सयुक्त श्रद्धाञ्जलीसभाको आयोजना गरिएको थियो । श्रद्धाञ्जलि सभालाई समबोधन गर्दै विभिन्न दलका नेताहरुले भट्टराईलाई निस्वार्थ राजनीतिको पुन्जका रुपमा सम्झना गरेका छन् ।
काँग्रेस सभापती सुशील कोईरालाले भट्टराइको योगदान को देश र विदेश सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो । सहमती, सहकार्य, एकता र मेलमिलापबाट मात्र मुलुकका समस्या समाधान हुने उल्लेख गर्दै कोइरालाले लोकतन्त्र र शान्तिका बिरुद्ध हुने कुनै पनि कुरा काँग्रेसलाई स्वीकार्य नहुने बताउँनुयो ।
एमाले र माओवादी अध्यक्षबीच भएको ७ बुँदे सहमती प्रति लक्षित गर्दै उहाँले प्रजातन्त्रका बिरुद्ध भएको सहमती तत्काल खारेज हुनुपर्नेमा जोड दिनुभयो । काँगे्रस वरिष्ठ नेता शेरबहादुर देउवाले स्वर्गीय भट्टराईको अहिंसावादी योगदानको चर्चा गर्दै नेपालका सम्पूर्ण समस्याको समाधान शान्तीपूर्ण तरिकाबाट गरिनु पर्ने बताउँनु भयो । यस्तै काँग्रेस संसदिय दलका नेता रामचन्द« पौडेलले बाहिर हल्ला भएजस्तो काँग्रेसले कहिलेपनि स्वर्गीय भट्टराईलाई अपमान नगरेको स्पष्ट पार्नु भयो । पछिल्लो समयमा स्वर्गीय भट्टराई पार्टीबाट अलग भएपनि काँग्रेसले उहाँलाई सदैव सम्मान गरेको उल्लेख गर्नुभयो ।
श्रद्धान्जली सभामा माओवादी,राजपा,राप्रपा,नेकपा माले,राप्रपा नेपाल लगायतका दलका नेताहरुको पनि उपस्थिती रहेको थियो । यस्तै अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी भट्टराईको सम्झना गरिएको खबर प्राप्त भएको छ ।
पारस मुद्या लम्बियो
टाइगर टप्स गोलीकाण्डमा मुद्धा खेपिरहेका पूर्वयुवराज पारश शाहको मुद्धा फेरि लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले मुद्धाको अर्को तारेख चैत्र ८ गतेलाई तोकेको छ । मुद्धाका वादी रुवेल चौधरी जिल्ला प्रशासनमा बयानका लागि उपस्थित नभएकाले आज पनि मुद्धाको छिनोफानो हुन नसकेको हो । प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले पारसको अर्को तारेख चैत्र ८ गते तोकिएको जानकारी दिनुभयो । यस्तै एकहप्ताभित्र रुवेल चौधरीलाई प्रशासन कार्यालयमा बयानका लागि झिकाउन प्रहरीलाई आदेश समेत दिएको छ । आजको पेशीका लागि पारस भने उपस्थित थिएनन् । पारस उपस्थित नभएपनि मुद्धा अघि बढाउन कुनै बाधा नपर्ने भएकाले उनी उपस्थित नभएको उनका सहयोगीले बताए । शाहविरुद्ध गत मंसिर २५ गते चितवनको टाईगर टप्स होटलमा कांग्रेस नेत्री सुजाता कोइरालाका ज्वाइ बंगलादेशी नागरिक रुवेल चौंधरीमाथि गोली चलाएको बिषयमा मुद्धा चलिरहेको छ । शाहलाई गत मंसिर २८ गते पक्राउ गरि पौष १ गते १० हजार धरौंटी र तारेखमा रिहा गरिएको थियो । उनी गत फागुन १९ गते तारेख धाउन चितवन आएका थिए ।
डिजिटल नम्बरप्लेट परिवर्तन गर्न पुनः एक महिना थप
काठमाडौँ, २ चैत । महानगरीय ट्राफिक प्रहरी काठमाण्डौँले चैत मसान्तपछि डिजिटल नम्बरप्लेट भएका सवारीसाधनलाई उपत्यकाको सडकमा गुड्न पूर्णरूपमा प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि फाल्गुन मसान्त सम्ममा डिजीटल नम्बरप्लेट हटाउने भनिएपनि सो म्याद बढाएर चैत्र मसान्त सम्म पु¥यायएको हो । अहिले यस्ता नम्बरप्लेट परिवर्तन गर्न २० प्रतिशत सवारीसाधन मात्र बाँकी रहेको र चैत मसान्तभित्र सबै सवारीधनीले नम्बरप्लेट परिवर्तन गरिसक्ने महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ बताउनुभयो । डिजिटल नम्बरप्लेट चर्को उज्यालोमा टल्किएर नदेखिने र दुर्घटना गराएर भाग्ने सवारीसाधनलाई नियन्त्रणमा लिन कठिन हुने भएकाले नम्बरप्लेट फेर्नुपरेको ट्राफिक प्रहरीको भनाई छ ।
अन्तर्राष्ट्रिय समाचार
जापानको भूकम्पमा मृत्यु र क्षती
टोक्यो, २ चैत । गत मार्च ११ मा जापानको उत्तरपूर्वी समुद्री किनारामा ९ रेक्टर स्केलको भूकम्प गएपछि आएको सुनामीका कारण मृतयु तीन हजार ६ सय ७६ पुगेको छ । हालसम्म सात हजार पाँचसय ५८ जना हराइरहेका र एक हजार नौसय ९० जना घाइते भएका जापानी अधिकारीहरुलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
दुर्घटना प्रभावितहरूमध्ये पाँच लाख ५६ हजार एकसय ३२ जनाको उद्धार गरिएको कुरा आगलागी तथा प्रकोप व्यवस्थापन निकायले जनाएको छ । सुनामीका कारण छ लाख २१ हजार ४३९ घरमा अन्धरकारमय भएको बताइएको छ । असी हजार चारसय २२ भवनहरू क्षति भएका छन् भने चार हजार सातसय ९८ वटा भवन ध्वस्त भएका पनि जनाइएको छ ।
यसैबिच जापानमा शाक्तिशाली भुकम्प पछि आएको सुनामीले क्षतिपु¥याएको परमाणु सयन्त्रमा आज बिहान पुन आगो लागेको छ । फुकुशियमा दायची संयन्त्रको ४ नम्बरको रिएक्टरमा आगो लागेको होे । आगोलाई तत्कालै दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
यस परमाणु सयन्त्रमा यस अघि चार पटक बिष्फोट भई सकेको छ जसको कारण फैलिएको बिकिरणले मानब स्बास्थमा खतरा उत्पन्न गराएको छ । अधिकारीले परमाणु सयन्त्र भएको स्थान देखि २० देखि ३० किलोमिटर भन्दा नजिक नजान र घरमै बस्न सल्लाह दिएका छन । जापानको आसपासमा बिकिरणको खतरा रहेको भन्दै केहि एयरलाइन्सहरुले टोकियोमा आफना उडान सेवा बन्द गरेका छन ।
यता जापानी सम्राट अकिहितोले गत शुक्रबार आएको भुकम्प सुनामीका कारण देशमा बढेको संकटप्रति चिन्ता प्रकट गर्नुभएको छ । अकिहितोले आज एक टेलिभिजन च्यानलमार्फन देशबासीलाई सम्बोधन गर्दै यस घटनाबाट आफु चिन्तित भएको बताउनुभयो । सम्राट अकिहितोले टेभिजनमार्फत पहिलोपटक सम्बोधन गर्नुभएको हो । यसरी स्रमाटले सार्वजानिक रुपमा आफ्नो अभिव्यक्ति दिनु जापानमा असाधारण मानिन्छ ।
खेल समाचार
विश्वकप क्रिकेट
विश्वकप क्रिकेटक्ँे उपाधि दाबेदार मानिएको अस्टे«लिया र क्यानडाबिचको प्रतिस्पर्धामा अष्टे«लियाले बाजी मारेको छ । भारतको बैंग्लोरस्थित चेन्नास्वामी स्टेडियमा भएको खेलमा २१२ रनको चुनौति पाएको अष्टे«लियाले क्यानाडालाई ७ विकेटले पराजीत गर्दै जीत आफ्नो पक्षमा पारेका हो । टस जितेर पहिले व्याटिङको गरेको क्यानाडाले असिस टोलीलाई जितका लागि २१२ रनको लक्ष्य प्रस्तुत गरेकोमा अष्टे«लियाले ३४ दशलब ५ ओभरको समाप्तीमा मात्र ३ विेकट गुमाएर निर्धारित लक्ष हासिल गरेको हो ।

No comments:
Post a Comment