![]() |
SUPRIM COURT OF NEPAL |
सर्वोच्च अदालतद्वारा कागे्रस नेता वाग्लेलाइ जेल चलानगर्न आदेशः
सर्वोच्च अदालते भष्ट्राचार गरेको ठहर गर्दै जेल चलानको सजायँ सुनाएको पूर्व मन्त्री एवम् काँग्रेस नेता चिरन्जीवि वाग्लेलाइ प्रहरीले आज पक्राऊ गरेको छ । प्रहरीले वाग्लेलाइ आफ्नै निवास कालोपुलबाट साँझ साँडे पाँच बजे पक्राऊ गरेको हो । वाग्लेलाइ आजै अदालतिय प्रक्रिया पुरा गरि डिल्लीबजार स्थीत सदरखाना केन्द्रीय कारागारमा चलान समेत गरिएको छ ।
पक्राउ परेपछि संचारकर्मीलाइ पतिक्रिया दिदैँ वाग्लेले सवोच्च अदालतको फैसला अन्यायपूर्ण भएको दिए । उनले भने ः सवोच्चले अन्यायपूर्ण फैसला गरेको छ । कानुनु मिचेको छ । वाग्लेले अन्य विभिन्न ब्यक्तिलाइ पनि आपुलाइ जस्तै मुद्या लगाइएको भन्दै त्यसको फैसला हेर्ने समेत बताए ।
पूर्व मन्त्री वाग्लेलाई स्रोत नखुलेको अकुत सम्पत्ति जम्मागरी भष्ट्राचार गरेको अभियोगमा सर्वोच्च अदालतलले दुइ करोड तीन लाख विगो सहित डेढ्बर्ष थुनामा राख्न हिजो आदेश दिएको थियो । विशेष अदालतले २ करोड ७५ लाख जरीवाना सहित अढाइ बर्ष थुनामा राख्ने सजाय सुनाएपछि वाग्लेले विशेष अदालतको फैसला विरुद्ध २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर सर्वाैच्चका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजालसले भष्ट्राचार मुद्धामा वाग्लेलाइ डेड् बर्ष थुनामा राख्न आदेश दिएको हो ।

दुर्घटनामा ४ को ज्यान गयो
नुवाकोटको त्रिसुलीबाट काठमाडौ तर्फ आईरहेको एक यात्रुबहाक बस दुर्घटना हुँदा ४ यात्रुको घटनास्थलमै मृत्यु भएको छ । नुवाकोटको ओखरपौवा भन्ने स्थानमा भएको सो दुर्घटनामा दुई दजैन यात्रु घाईते भएका छन् । मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । घाइतेहरुको अहिले काठमाण्डौको जनमैत्री अस्पतालमा उपचार भईरहेको छ । बा२ख ६६८६ नमबरको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ । तीब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । थप उद्धार कार्य जारी रहेको प्रहरीको भनाई छ ।
सरकारलाइ राष्ट्रिय स्वरुप प्रदानगर्न वार्ता टोली
सरकारको नेतृत्व गरिरहेको दल एमाले आज पनि सरकारमा पठाउने सदस्यको टुङ्गो लगाउन असफल भएको छ । गृह मन्त्रालयका सम्बन्धमा विवाद यथावत नै रहेपछि आज बसेको स्थाई कमिटीको बैठक मन्त्री बन्नेहरुको टुङगो लगाउन असफल भएको हो । आजको बैठकमा नेपाल—ओली पक्षधरका नेताहरुले गृह मन्त्रालय एमालेले नै पाउनुपर्ने अडान राखेपछि बैठकमा सहमती जुट्न नसकेको एमाले स्रोतको भनाई छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले भने गृह मन्त्रालय माओवादीलाई दिने सहमती भईसकेको बताउनुभएको थियो । उहाँले आफुले गृह मन्त्रालय दिन माओवादीलाइ वचन दिएको भन्दै वचन फेर्न नसक्ने बताउनुभएको थियो ।
यसैबिच एमालले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन तथा यहि सरकारलाइ राष्ट्रिय स्वरुप प्रदान गर्न नयाँ वार्ता टोलि गठन गरेको छ । वार्ता टोलिमा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजक रहनु भएको छ । टोलीमा उपाध्यक्षद्वय वामदेव गौतम र अशोक राइ, नेता केपी ओली र महासचिव पोखे्रल सहभागि हुनुहुन्छ । टोलिले वर्तमान सरकारलाइ राष्ट्रिय स्वरुप दिन काँग्रेस, मधेशवादी लगायतका दलसँग वार्ता गर्ने प्रवत्ता शंकर पोखरेलले जानकारी दिनुभयो । यसअघि एमालले प्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा वार्ता टोलि गठन गरेको थियो । वार्ता समितिले सबै पक्षसँग वार्ता गरी तीन दिनभित्र स्थायी कमिटीसमक्ष रिपोर्ट प्रस्तुत गर्ने एमाले सचिवालयले विज्ञप्ती मार्फत जनाएको छ ।
राज्यपुर्नसंरचना समितिको मस्यौदा संवैधानिक समितिमा
संविधानसभाले राज्यपुर्नसंरचना ताथ राज्यशक्तिको बाडफाड समितिको मस्यौदा प्रतिवेदनमा रहेका विबाद टुङ्गाउन संवैधानिक समितिमा पठाएको छ । संविधानसभाको आज बसेको बैठकले मस्यौता तयारीका क्रममा समितिमा आएका फरक मत, सभामा भएको छलफलमा आएका फरक विचा, प्रतिवेदन अध्यान समितिले दिएको सुझाव र कार्यव्यबस्था परामर्श समितिको सुझावका आधारमा मिल्न बाकी ७८ बुदा आज संवैधानिक समितिमा पठाएको सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानबकारी दिनुभयो । संवैधानिक समितिलाइ विबादित प्रश्नमा थप छलफलगरी सहमति गर्न र बाकी रहेका बिषयलाय संविधानसभामा निर्णयार्थ पेश गर्नेगरी जिम्मेवारी तोकिएको संविधानसभा अध्यक्षले बताउनुभयो ।
बिषयगत समितिका मस्यौदा विशाद सहित नै पठाउने गरी नियमावली संशोधन गरिएपछि राज्यपुर्नसंरचना समिति बाहेकका मस्यौदा यसअघि नै संवैधानिक समितिमा पुगिसकेका छन । अन्तरिम संविधानमा रहेको व्यबस्था अनुसार राज्यपुर्नसंरचना आयोग गठन गर्ने÷नगर्ने विबादबीच मंगलवा्र बसेको २८ दलको बैठकले प्रतिवेदन संवैधानिक समितिमा पठाउने निर्णय गरेको थियो । अन्य समितिका ३७ सहित संविधानसभामा विबादको सूची ११५ पुगेको छ । संविधानसभाको बैठक फेरि अनिश्चित काल सम्मकालागि स्थगित भएको छ ।
तत्काल अनुदान नदिए पेट्रोलियम पदार्थमा मूलयवृद्धि हुने
काठमाडौँ, ३ चैत । नेपाल आयल निगमले मासिक रु एक अर्ब ५५ करोड घाटा रहेको जनाउँदै तत्काल सरकारले अनुदान नदिए पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने चेतावनी दिएको छ । राजधानिमा आज आयोजित साक्षात्कारमा आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झाले पछिल्लो समयमा हवाइ इन्धन र पेट्रोलमा मूल्यवृद्धि गरेको भए पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि भइरहेको अवस्थामा मूल्यवृद्धि नगरे निगम चल्नसक्ने अवस्थामा नरहेको बताउनुभयो ।
उहाँले पछिल्लो मूल्यवृद्धिबाट हवाई इन्धनमा केही नाफा भए पनि पेट्रोलमा अझै प्रतिलिटर चार रुपैयाँ ३० पैसा घाटा रहेको र डिजेलमा प्रतिलिटर रु २० र खाना पकाउने एलपी ग्यासँमा प्रतिसिलिन्डर रु २५४ घाटा भएको जानकारी दिनुभयो । पछिल्लो समयमा लोडसेडिङका कारण पेट्रोलियम पदार्थको खपत दोब्बर बढेकाले पनि घाटा चुलिँदै गएको भन्दै झाले सरकारले अनुदान वा करमा छुट नदिए आपूर्ति असहज बन्दै जाने चेतावनी दिनुभयो ।
आयल निगम निरन्तर घाटामा रहे पनि सरकारले पेट्रोलमा झण्डै रु ३१, डिजेलमा रु १२.५०, मट्टितलेमा रु दुई र ग्याँसमा रु २१० रुपैयाँ कर लिने गरेको छ । झाले सरकारले करमा छुुट दिए वा अनुदान दिएमात्रै पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन सकिने भन्दै त्यसका लागि अर्थमन्त्रालयमा तत्काल रु एक अर्ब ५० करोड अनुदान दिन माग गरेको र सरकारले तत्काल सो रकम नदिए मूल्यवृद्धि गर्नुपर्ने बताउनुभयो ।
क्यान्सर अस्पतालको विबाद समझदारीमा मिलाइनेः सरकार
सरकारले चितवनको भरतपुर स्थित क्यान्सर अस्पतालमा भएको समस्याको आपसि समझदारीमा हलगर्न प्रयास भएको जानकारी दिएको छ । व्यस्थापिका संसदको आज बसेको बैठकमा सभामुखसंग समय लिएर बोल्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले बोर्डको नियुक्तिको बिषयलाइ लिएर अस्पतालमा विबाद भएको बारे सरकारको गम्भीर ध्यान गएको बताउनु भएको हो । स्वास्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री महराले अस्पतालको समस्या समाधानगर्न स्थानिय स्तरका राजनीतिक दललाइ दुवै पक्षसंग बसी समस्याको समाधान गर्न तीन दलका नेतालाइ आग्रह गरिएको जानकारी गराउनु भएको हो । यसवारे माओवादी, कागे्रस र एमालेका अध्यक्षसंग आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यकारी निर्देशक नियुक्तिको बिषयलाइ लिएर नेपालकै ठुलो क्यान्सर अस्पतालको उपचार केहि दिनयता प्रभावित भएको छ ।
त्यसअघि संसदको आजको बैठकमा समय लिएर बोल्दै मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले माओवादी अराजकता अस्पतालमा समेत पुगेकोमा सरकारले शान्ति सुरक्षाको व्यबस्थागर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो । घिमिरेले सरकारमा सहभागि एकीकृत माओवादीको भातृ संगठन वाइसिएलले देशमा अराकजता सृजना गर्दा समेत प्रशासन मुकदर्शक भएर बसेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । घिमिरेले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक लक्ष्मीनारायण सिंहलाई कार्यभार संहाल्न नदिएर वाइसिएलले उपचार प्रभावित गर्न खोजेको भन्दै आपत्ति समेत जनाउनुभयो ।
तर संसदको विशेष समयमा माओवादीका चित्रबहादुर श्रेष्ठले कागे्रसले नियमावली विपरित नयाँ निर्देशक नियुक्ति गरिएका कारण क्यान्सर अस्पतालमा समस्या देखिएको भन्दै अवैधानिक ढंगले गरिएको नियुक्ति खारेज गर्न माग गर्नुभयो । कागे्रसले क्यान्सल अस्पतालको नियमावली विपरित मनोमानी ढंगले बैठक बोलाएर निर्देशक नियुक्ति गरेकोले कर्मचारीले प्रसाशनमा चापी लगाएको दावी गर्नुभयो । अस्पतालमा लुटको राज्य मच्चाउन कागे्रसले नियमावली विपरित निर्देशक नियुक्ति गरेको जीकिरगर्दै श्रेष्ठले माओवादीलाइ वदनाम गर्न खोजिएको टिप्पणी गर्नुभयो । श्रेष्ठ बोलिरहदा कागे्रस सचेतक कमला पन्तले नियमापत्ति गर्नुभएको थियो ।
त्यस्तै मधेशी जनअधिकार फोरमका डा तिलक रावलले महङ्गी नियन्त्रणका सरकारले पर्याप्त काम नगरेको आरोप लगाउनुभएको छ । अन्तराष्ट्रिय बजारमा तेलको मूल्यबृद्धि हुदा समेत सरकारहरुले आफ्ना जनतालाइ मूल्यबृद्धिको मारवाट जनतालाइ बचाउने गर्ने गरेको भएपनि नेपालमा सरकारले सबैमार जनतामा पार्न खोजेको आरोप लगाउनुभयो । लक्ष अनुसार राजश्व असुली भएको तथा विकास बजेट खचए नभएको अबस्थामा अर्थतन्त्रलाइ चलायमान बनाउन अनुदान दिनुपर्ने बताउनुभयो । सभासद शान्तीदेबी चमारले मूल्यबृद्धिले सिमा नाघिसक्दा समेत सरकारले मूल्यबृद्धि नियन्त्रणतर्फ सरकारले कुनै प्रयास नगरेको भन्दै आपत्ति जनाउनुभयो । सभासद दुधकुमारी सडक यातायातको सुविधा नरहेका कर्णाली जनताले प्रयोग गर्ने हवाइभाडा महङ्गि बनाइएको भन्दै भाडा सहुतिलयतकोलागि सरकारसंग माग गर्नुभयो ।
संसदमा नयाँ विधेयक ः
व्यबस्थापिका संसदले सम्पत्ति सुद्धिकरण पहिलो संशोधान विधेयक स्वीकृत गरेको छ । संसदको आज बसेको बैठकमा अर्थमन्त्री भरतमोहन अधिकारीले विचार गरियोस भनी राख्नुभएको सम्पत्ति सुद्धिकरण विधेयक स्वीकृत गरेको हो । मन्त्री अधिकारीले विधेयक पारित भएपछि अपराधिहरुले नेपालमा वित्तिय चलखेल गर्न नसकने बताउनुभयो । सम्पत्ति सुद्धिकरण विधेयकको अभावमा वित्तिय क्षेत्रलाइ अपराधिले प्रयोग गरी शान्ति सुरक्षामाथी गम्भीर आघात पु¥याउने भएकोले त्यस्तो अपराध नियन्त्रण गर्न ल्याउनु परेको बताउनुभयो । संसदको आजको बैठकले २०६३ सालको अन्तरिम व्यबस्थापिका संसदकी सदस्य एवं सदभावना आन्न्दीदेवीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । संसदको आर्को बैठक आगामी ९ गते बुधवार तीन बजे पुनः बस्नेछ ।
मन्त्रिपरिषद्–कार्य विभाजन
काठमाडौँ, ३ चैत । प्रधानमन्त्री झलनाथ खनालले मौजुदा मन्त्रिपरिषद्का केही मन्त्रीहरूको कार्यविभाजन हेरफेर र थप गर्नुभएको छ । नयाँ कार्य विभाजनअनुसार उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अर्थ, ऊर्जा, सिंचाई र वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार दिइएको छ ।
यसैगरी, मन्त्री विष्णुप्रसाद पौडेललाई सामान्य प्रशासन, वन तथा भू–संरक्षण र वातावरण मन्त्रालय र मन्त्री गङ्गालाल तुलाधरलाई शिक्षा, स्थानीय विकास, सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति र विज्ञान तथा प्रविधि मन्त्रालय दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जनाएको छ ।
यसैबीच नेकपा संयुक्तले महासचिव सुनिल मानन्धरलाई सरकारमा पठाउने भएको छ । संयुक्तको आज सम्पन्न बैठकले महासचिव मानन्धरलाई सरकारमा प्रतिनिधित्व गराउने निर्णय गरेको पोलिटब्युरो सदस्य मदनमोहन चौधरीले जानकारी दिनुभयो । मन्त्रालयको टुङ्गो नलागेको भए पनि कृषि वा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको स्रोतले बताएको छ ।
माओवादीलाइ शान्ति प्रक्रिर्यामा ल्याउनु गल्तीः सुशील
कागे्रस सभापति सुशील कोइरालाले माओवादीलाइ शान्ति प्रक्रिर्यामा ल्याउनु गल्ती भएको बताउनु भएको छ । राजधानीको स्वयम्भुमा कागे्रस संस्थापक कृष्णप्रसाद भट्टराइको शालिक शिलन्यास कार्यक्रममा सभापति कोइरालाले माओवादी लोकतन्त्र मास्ने अभियानमा लागेको बताउनु भएको हो । कागे्रसले जोखिम मोलेर माओवादीलाय राजनीतिको मुल धारमा ल्याएको दावीगर्दै कोइरालाले माआवादीलाइ शान्ति प्रक्रिर्यामा ल्याउनु नै गल्ती भएको बताउनु भएको हो । शान्ति प्रक्रिर्या र लोकतन्त्रलाइ बनाउन कागे्रस प्रतिकारमा उत्रने समेत कोइरालाले चेतावनि दिनुभयो । समारोहका वरिष्ठ नेता शेरबहादुर देउवा, संसदीय दलका नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले जनस्वयम सेवक दस्ता गठन गर्ने माओवादी निर्णयको आलोचना गरेका थिए ।
यसैबीच काँग्रेसकै केन्द्रीय सदस्य रामशरण महतले माओवादीका कारण देश सङ्कटमा परेको आरोप लगाउनुभएको छ । प्रेस युनियनले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता महतले माओवादी शान्तिप्रक्रियामा इमान्दार नरहेकाले देस सङ्कटमा परेको बताउनुभयो । मधेसवादी दलका नेताहरु भारत र माओवादी अध्यक्ष सिंगापुर जानुलाई वैदेशिक चलखेलको सङ्केत भन्दै उहाँले भन्नुभयो– ‘माओवादीका कारण जेठ १४ गते संविधान बन्ने र सेना समायोजन हुने सम्भावना देखिँदैन ।’
पारिवारिक भम्रणका लागी भारत गएका पूर्व राजा ज्ञानेन्द्र नेपाल फिर्ता
पारिवारिक भ्रमणका लागी भारत गएका पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फिर्तँ भएका छन् । शाह गत साता एक विवाह समारोहमा सरिक हुन भारत प्रस्थान गरेका थिए । स्वदेश फर्कदा शाहलाइ त्रिभुवन विमानस्थलमा उनका समर्थकहरुले भब्य स्वागत गरेका थिए । विमानस्थलमा संचारकर्मीलाइ प्रतिक्रिया दिदै शाहले आफ्नो भारत भम्रण सफल भएको बताए । उनले भारतमा भएको भेटघाट सफल भएको बताए । शाहले जापानमा गएको भुकम्प र त्यसपश्चातको सुनामीका कारण मृत्यु हुनेहरु प्रति समवेदना समेत प्रकट गरेका थिए ।
अन्तरािष्ट्रय समाचार
भारतिय विपक्षिदलद्धारा प्रधानमन्त्री मनमोहन सिंहको राजीनामा
गोप्य अमेरिकी दस्तावेजहरु सार्वजनिक गर्दै आएको विश्वविख्यात वेवसाइट विकिलिक्सले भारतमा स्न २००८मा मनमोहन सिंह सरकारले विश्वासको मत लिन सांसदहरु किनबेच गरेको खुलासा गरेको छ । भारतिय दैनिक प्रत्रिका हिन्दुले प्रकाशन गरेको विकिलिक्सको एक दस्तावेजका अनुसार अमेरिकासँग आणविक सम्झौतामा हस्ताक्षरको समयमा प्रधानमन्त्री सिंहले सांसदहरुलाइ घुस दिएका हुन् । विकिलिक्सको उक्त खुलासाका अनुसार संसदमा विश्वासको मत लिनका लागी मनमोनहन सिंह सरकारले ५०–६० करोड घुस दिएको हो ।
सार्वजनिक दस्तावेजमा एक अमेरिकी कुटनितिज्ञलाइ भारतिय काँग्रेसका बरिष्ट नेता सतिश शर्माका सहयोगीले दुइ वटा बिफ्रकेश देखाएको र त्यसमा ५०–६० करोड रकम घुस दिनका लागि राखिएको जनाइएको छ ।
यसैबिच भारतको प्रमुख प्रतिपक्षि दल भारतिय जनता पार्टिले प्रधानमन्त्री मनमोहन सिंहको राजिनामाको माग गरेको छ । विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजलाइ लिएर भाजपाले प्रधानमन्त्री मनोमहोन सिंहले सरकारमा बसिरहन नैतिक आधार गुमाएको भन्दै राजिनामाको माग गरेको हो । संसदको आज बसको बैठकमा भाजपाले सिंहको राजिनामाको माग गर्दै नाराबाजी समेत गरेको थियो । यद्यपि भारतिय काँग्रेसका बरिष्ट नेता सतिश शर्माले भने आफुसँग कुनै पनि ब्यक्ति सहयोगी भएको नभएको बताएका छन् ।
भारतिय जनता पार्टिका सासंद सुष्मा स्वराजले विकिलिक्सको खुलासाले मनमोहन सिंह सरकारले २००८मा सरकारलाइ बचाउन रकमको कारोबार भएको स्पट भएको बताइन् । सन् २००८मा भारतिय संसदमा अमेरिकासँगको परमाणु सम्झौताको विषयलाइ लिएर मतदान भएको थियो । भारतिय संसदको आजको बैठकमा विपक्षिहरुले हो हल्ला गरेपछि संसद बैठक समेत स्थगित भएको थियो ।
खेल समाचार
विश्वकप क्रिकेट अन्तरगत अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इग्ल्याण्डद्धारा वेष्ट इण्डिज पराजित
काठमांडौ, ३ चैत्र । जारी ११ औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत केहिबेर अघि सम्पन्न खेलमा इग्ल्याण्डले वेष्ट इण्डिजलाइ १८ रनले पराजित गरेको छ । खेलमा बलरहरु चम्किएपछि इग्ल्याण्डले वेष्ट इण्डिजमाथी निकै संघर्षपूर्ण जित हात पारेको हो ।
अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २२५ रनमा आउट भएको थियो । आजको खेलमा जितसँगै इग्ल्याण्डको क्वाटरफाइल प्रवेशको सम्भावना जिवित बनेको छ भने वेष्ट इण्डिजको यात्रा लगभग समाप्त भएको छ । पराजित टोलि बेष्ट इण्डिजका लागी एण्डु रस्सेलले ४९, ड्यारेन स्यामीले ४१ तथा क्रिस गेलले ४३ रन बनाउनु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । वेष्ट इण्डिजको इनिङलाइ ध्वस्त पार्ने क्रममा इग्ल्याण्डका जेम्स टे«डवेलले ४, ग्रमी स्वानले ३ तथा रवि बोपाराले २ विकेट लिएका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको इग्ल्याण्डले ४८ ओभर ४ बलमा अल आउट हुदँै २४३ रन जोडेको थियो । ईङल्यान्डका लागी जोनाथन ट्रट पनि ४७, लुक राईटले ४४, एन्ड्रयु स्ट्राउस ३१, ईयान बेल २७, म्याट प्रायोर २१ तथा टिम ब्रेसनानले नटआउट २० रनको योगदान गरेका थिए । वेश्ट ईन्डिजका लागि आन्द्रे रसेलले ४,देवेन्द्र विशोले ३ तथा केमार रोचले २ विकेट लिएका थिए ।
नेपालद्धारा भुटान १–० गोलअन्तरले पराजित
मैत्रीपूर्ण फुटबलमा आज नेपालले भुटानलाई १—० गोलअन्तरले पराजित गरेको छ । पोखरा रङगशालामा भएको खेलमा नेपालका लागि सन्तोष साहुखलले एकमात्र निर्णायक गोल गरेका थिए । साहुखलले खेलको पहिलो हाफको २८ औ मिनेटमा गोल गर्दै नेपाललार्य अग्रता दिलाएका थिए । एक गोलले अघि रहेको नेपालले ९० मिनेटको पुरा समय अग्रता कायम राख्न सफल भएपछि जित नेपालको पोल्टामा परेको हो । पहिलो हाफमा केही दवावमा रहेको नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । नेपाल भ्रमणमा रहेको भुटानले आगामी शनिवार दोस्रो तथा अन्तिम खेलमा प्रतिस्पर्धा गर्नैछ ।
पाकिस्तानी तिव्र गतिका बलर सोयब अख्तरद्धारा सन्यासको घोषणा
पाकिस्तानी तीब्र गतीका बलर शोएब अख्तरले जारी विश्वकप क्रिकेटको अन्त्यसँगै अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । श्रीलङकाको पे्रमदासा स्टेडियममा अभ्यासपछिको पत्रकार अन्र्तक्रियामा आक्रामक बलर अख्तरले सन्यासको भावुक रुपमा घोषणा गरेका थिए । ३५ वर्षीय पाकिस्तानी क्रिकेटर अख्तरले आफ्नो शरीरले खेलमा साथ दिन छाडेकाले अन्र्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने सोच बनाएको घोषणा गर्दा उनका टिममेट र पे्रमदासा स्टेडियममा उपस्थितहरु निराश र भावुक बनेका थिए ।
रावलपिन्डी एक्सप्रेसका नामले समेत चर्चित बलर अख्तरलाई संसारकै खतरानक आउटस्विङगर बलर मानिन्छ । अख्तरले सन् १९९७ मा वेश्टईन्डिजविरुद्धको खेलबाट अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । १३ वर्ष लामो खेल जीवनका क्रममा उनले ४६ टेस्ट खेल्दै १७८ विकेट लिएका छन् भने १६३ वानडेमा २४७ विकेट आफ्नो नाममा लेखाईसकेका छन् । सन् २००२ मा पाकिस्तानकै कराँचीमा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा केवल १६ रन खर्चैर लिएको ६ विकेटको प्रदर्शनलाई उनको खेल जीवनको सर्वाधिक उत्कृष्ट बलिङ प्रदर्शन मानिन्छ । जारी विश्वकपमा पनि उनको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ ।
यसैबीच काँग्रेसकै केन्द्रीय सदस्य रामशरण महतले माओवादीका कारण देश सङ्कटमा परेको आरोप लगाउनुभएको छ । प्रेस युनियनले आज राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता महतले माओवादी शान्तिप्रक्रियामा इमान्दार नरहेकाले देस सङ्कटमा परेको बताउनुभयो । मधेसवादी दलका नेताहरु भारत र माओवादी अध्यक्ष सिंगापुर जानुलाई वैदेशिक चलखेलको सङ्केत भन्दै उहाँले भन्नुभयो– ‘माओवादीका कारण जेठ १४ गते संविधान बन्ने र सेना समायोजन हुने सम्भावना देखिँदैन ।’
पारिवारिक भम्रणका लागी भारत गएका पूर्व राजा ज्ञानेन्द्र नेपाल फिर्ता
पारिवारिक भ्रमणका लागी भारत गएका पूर्व राजा ज्ञानेन्द्र शाह आज स्वदेश फिर्तँ भएका छन् । शाह गत साता एक विवाह समारोहमा सरिक हुन भारत प्रस्थान गरेका थिए । स्वदेश फर्कदा शाहलाइ त्रिभुवन विमानस्थलमा उनका समर्थकहरुले भब्य स्वागत गरेका थिए । विमानस्थलमा संचारकर्मीलाइ प्रतिक्रिया दिदै शाहले आफ्नो भारत भम्रण सफल भएको बताए । उनले भारतमा भएको भेटघाट सफल भएको बताए । शाहले जापानमा गएको भुकम्प र त्यसपश्चातको सुनामीका कारण मृत्यु हुनेहरु प्रति समवेदना समेत प्रकट गरेका थिए ।
अन्तरािष्ट्रय समाचार
भारतिय विपक्षिदलद्धारा प्रधानमन्त्री मनमोहन सिंहको राजीनामा
गोप्य अमेरिकी दस्तावेजहरु सार्वजनिक गर्दै आएको विश्वविख्यात वेवसाइट विकिलिक्सले भारतमा स्न २००८मा मनमोहन सिंह सरकारले विश्वासको मत लिन सांसदहरु किनबेच गरेको खुलासा गरेको छ । भारतिय दैनिक प्रत्रिका हिन्दुले प्रकाशन गरेको विकिलिक्सको एक दस्तावेजका अनुसार अमेरिकासँग आणविक सम्झौतामा हस्ताक्षरको समयमा प्रधानमन्त्री सिंहले सांसदहरुलाइ घुस दिएका हुन् । विकिलिक्सको उक्त खुलासाका अनुसार संसदमा विश्वासको मत लिनका लागी मनमोनहन सिंह सरकारले ५०–६० करोड घुस दिएको हो ।
सार्वजनिक दस्तावेजमा एक अमेरिकी कुटनितिज्ञलाइ भारतिय काँग्रेसका बरिष्ट नेता सतिश शर्माका सहयोगीले दुइ वटा बिफ्रकेश देखाएको र त्यसमा ५०–६० करोड रकम घुस दिनका लागि राखिएको जनाइएको छ ।
यसैबिच भारतको प्रमुख प्रतिपक्षि दल भारतिय जनता पार्टिले प्रधानमन्त्री मनमोहन सिंहको राजिनामाको माग गरेको छ । विकिलिक्सले सार्वजनिक गरेको दस्तावेजलाइ लिएर भाजपाले प्रधानमन्त्री मनोमहोन सिंहले सरकारमा बसिरहन नैतिक आधार गुमाएको भन्दै राजिनामाको माग गरेको हो । संसदको आज बसको बैठकमा भाजपाले सिंहको राजिनामाको माग गर्दै नाराबाजी समेत गरेको थियो । यद्यपि भारतिय काँग्रेसका बरिष्ट नेता सतिश शर्माले भने आफुसँग कुनै पनि ब्यक्ति सहयोगी भएको नभएको बताएका छन् ।
भारतिय जनता पार्टिका सासंद सुष्मा स्वराजले विकिलिक्सको खुलासाले मनमोहन सिंह सरकारले २००८मा सरकारलाइ बचाउन रकमको कारोबार भएको स्पट भएको बताइन् । सन् २००८मा भारतिय संसदमा अमेरिकासँगको परमाणु सम्झौताको विषयलाइ लिएर मतदान भएको थियो । भारतिय संसदको आजको बैठकमा विपक्षिहरुले हो हल्ला गरेपछि संसद बैठक समेत स्थगित भएको थियो ।
खेल समाचार
विश्वकप क्रिकेट अन्तरगत अत्यन्त प्रतिष्पर्धात्मक खेलमा इग्ल्याण्डद्धारा वेष्ट इण्डिज पराजित
काठमांडौ, ३ चैत्र । जारी ११ औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत केहिबेर अघि सम्पन्न खेलमा इग्ल्याण्डले वेष्ट इण्डिजलाइ १८ रनले पराजित गरेको छ । खेलमा बलरहरु चम्किएपछि इग्ल्याण्डले वेष्ट इण्डिजमाथी निकै संघर्षपूर्ण जित हात पारेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको इग्ल्याण्डले ४८ ओभर ४ बलमा अल आउट हुदँै २४३ रन जोडेको थियो । ईङल्यान्डका लागी जोनाथन ट्रट पनि ४७, लुक राईटले ४४, एन्ड्रयु स्ट्राउस ३१, ईयान बेल २७, म्याट प्रायोर २१ तथा टिम ब्रेसनानले नटआउट २० रनको योगदान गरेका थिए । वेश्ट ईन्डिजका लागि आन्द्रे रसेलले ४,देवेन्द्र विशोले ३ तथा केमार रोचले २ विकेट लिएका थिए ।
नेपालद्धारा भुटान १–० गोलअन्तरले पराजित
मैत्रीपूर्ण फुटबलमा आज नेपालले भुटानलाई १—० गोलअन्तरले पराजित गरेको छ । पोखरा रङगशालामा भएको खेलमा नेपालका लागि सन्तोष साहुखलले एकमात्र निर्णायक गोल गरेका थिए । साहुखलले खेलको पहिलो हाफको २८ औ मिनेटमा गोल गर्दै नेपाललार्य अग्रता दिलाएका थिए । एक गोलले अघि रहेको नेपालले ९० मिनेटको पुरा समय अग्रता कायम राख्न सफल भएपछि जित नेपालको पोल्टामा परेको हो । पहिलो हाफमा केही दवावमा रहेको नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । नेपाल भ्रमणमा रहेको भुटानले आगामी शनिवार दोस्रो तथा अन्तिम खेलमा प्रतिस्पर्धा गर्नैछ ।
पाकिस्तानी तिव्र गतिका बलर सोयब अख्तरद्धारा सन्यासको घोषणा
पाकिस्तानी तीब्र गतीका बलर शोएब अख्तरले जारी विश्वकप क्रिकेटको अन्त्यसँगै अन्र्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । श्रीलङकाको पे्रमदासा स्टेडियममा अभ्यासपछिको पत्रकार अन्र्तक्रियामा आक्रामक बलर अख्तरले सन्यासको भावुक रुपमा घोषणा गरेका थिए । ३५ वर्षीय पाकिस्तानी क्रिकेटर अख्तरले आफ्नो शरीरले खेलमा साथ दिन छाडेकाले अन्र्तराष्ट्रिय क्रिकेटबाट बिदा लिने सोच बनाएको घोषणा गर्दा उनका टिममेट र पे्रमदासा स्टेडियममा उपस्थितहरु निराश र भावुक बनेका थिए ।
रावलपिन्डी एक्सप्रेसका नामले समेत चर्चित बलर अख्तरलाई संसारकै खतरानक आउटस्विङगर बलर मानिन्छ । अख्तरले सन् १९९७ मा वेश्टईन्डिजविरुद्धको खेलबाट अन्र्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । १३ वर्ष लामो खेल जीवनका क्रममा उनले ४६ टेस्ट खेल्दै १७८ विकेट लिएका छन् भने १६३ वानडेमा २४७ विकेट आफ्नो नाममा लेखाईसकेका छन् । सन् २००२ मा पाकिस्तानकै कराँचीमा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा केवल १६ रन खर्चैर लिएको ६ विकेटको प्रदर्शनलाई उनको खेल जीवनको सर्वाधिक उत्कृष्ट बलिङ प्रदर्शन मानिन्छ । जारी विश्वकपमा पनि उनको उत्कृष्ट प्रदर्शन रहँदै आएको छ ।
No comments:
Post a Comment