![]() |
Is this symblize change in Nepalese film |
काठमाण्डौँ । समग्रमा वर्ष २०११ नेपाली फिल्म क्षेत्रका लागि भने ईतिहासकै नाजुक घडीका रुपमा रह्यो । लामो ईतिहास बोकेको भएपनि यहा“को फिल्म क्षेत्र यस वर्ष व्यापारीक हिसाबले अत्यन्तै तरल रह्यो । पहिले प्रायः कमाउन नसकेपनि सा“वा उठाउने गरेका भएपनि २०११ मा आएका अधिकांश फिल्महरु भने डुबे । स्थापित भनेका निर्देशकहरु पनि असफल देखिए । शिव रेग्मी, तुलसी घिमिरे जस्ता निर्देशकका गम्भीर फिल्म देखि शोभित बस्नेत, चिरन्जीवी बस्नेत लगायतका मसले फिल्मले पनि लगानी उठाउन सकेनन् । शिव रेग्मीको मह जोडीलाई लिएर बनाएकै फिल्म ‘हा“सिदेउ एकफेर’ तीन दिनमै हलबाट उत्रियो । लगभग ९० प्रतिशत फिल्मले एक हप्ता भन्दा बढि हलमा टिक्ने आ“ट गरेनन् । ‘त्यो दश घण्टा’ फिल्मले पनि दुई दिनमै उत्रदै सबैभन्दा थोरै हलमा टिक्ने फिल्ममा रेकर्ड राख्यो । ६०÷७० फिल्म प्रदर्शनमा आएको वर्ष मुश्किलले ‘श्रीमान’, ‘अन्दाज’, ‘आचार्य’, ‘मसान’ ले मात्रै केही राम्रो समीक्षा पाए भने लगानी पनि यीनैले मात्रै उठाए ।
धमाधम आमा बन्दै नायिका
सन् २०१० जसरी मनिषा कोइरालाको मागी विवाह देखि सन्चिता लुईटेलसम्मको भागी विवाहले चर्चित बन्यो त्यसैगरी २०११ नायिकाहरुका लागि आमा बन्ने समय रह्यो । साल फिर्न एक महिनाअघि मात्रै छोरी जन्माएर नायिका मेलिना मानन्धरले खाता खोलिदिईन् । उनले पति नायक मुकेश ढकालबाट छोरी पाएको केही महिनापछि नै अर्की नायिका सन्चिता पनि आमा बनिन् । नायक निखिल उप्रेतीकी कान्छी बनेकी उनले भने छोरालाई जन्म दिईन् । उता सन्चिताले छोरो पाएपछि खेलाउन पुगेकी अर्की नायिका अरुणिमा लम्सालले पनि लगत्तै छोरी नै पाईन् । आफु सरहका नायिकाहरु धमाधम आमा बन्न थालेपछि अर्की नायिका रेखा थापाले भने एक समारोहमा दुखेसो पोखिन्, ‘मेरो आमा बन्ने रहर छवि (ओझा) ले वास्तै गर्दैन ।’
विवाह हल्ला÷वास्तविकता
सन् २०११ नेपाली फिल्मका सेलिब्रिटीका लागि विवाह वास्तविकता देखि हल्लाको हाउगुजीसम्म बन्यो । पति श्याम भट्टराईलाई स्वदेशमा छोडेर अमेरिका संघर्षमा पुगेकी नायिका रन्जना शर्माले त्यहा“ दोस्रो विवाह गरेको हल्ला यतिखेर चर्चामा छ । तर नायिकाले भने उक्त समाचारलाई खण्डन गर्दै आफुले श्यामलाई नछोडेको दाबी गर्नुप¥यो । उसो त सोही वर्ष नायिका सुमिना घिमिरे, सुषमा कार्कीहरुले पहिले नै विवाह गरिसकेको समाचारले पनि चर्चा बटुल्यो । तर नायिकाहरु शोभिता सिम्खडा र अनुष्का ढकालले भने सुटुक्कै विवाह गरे पनि नायक भुवन केसीले छोरी काजलको विवाहमा पूर्व राजा ज्ञानेन्द्रदेखि उच्च नेतासम्मलाई बोलाएर हल्ला गरे । नायक निरज बरालले पनि सन् २०११ मै लगनगा“ठो कसे । जमानाकी नायिका पुजा चन्दले पनि सोही वर्षमा अर्को बर खोजिन्, अमेरिकामै ।
विदेशी फिल्ममा नेपाली कलाकार
विदेशी फिल्ममा मौका पाउनुलाई यहा“का कलाकार अहोभाग्य सम्झन्छन् । जुन अनौठो पनि होइन । केही कलाकारले हलिउडको नभएपनि बलिउडसम्मको पहु“च भने राख्न खोजेकै हुन् तर ईतिहास खासै सफल छैन । पछिल्लो समय नायक विराज भट्ट मात्रै भोजपुरी फिल्ममा जमेको देखिएको छ भने नायक आर्यन सिग्देल पनि मोटो रकम पाएपछि भोजपुरी फिल्ममा खेल्ने चर्चा सन् २०११ मै चल्यो तर शुरु भने गरिसकेका छैनन् । तर नायक निखिल उप्रेतीले भने बलिउडकै ताक गरेको धेरै भईसक्यो । पछिल्लो समय उनले फिल्म ‘गोलमाल ४’ मा खेल्ने प्रस्ताव आएकोसम्म बताएका छन् । तर मुम्बई संघर्ष उनी र उनकी पत्नि सन्चिताका लागि फलिफाप भईसकेको छैन । तर वर्ष ११ नायक राजवल्लभ कोइरालाका लागि भने फलिफाप देखिएको छ । त्यसो त स्वदेशमै पनि उनका ‘मसान’, ‘पल’ जस्ता फरक खालका फिल्मले चर्चा पाए भने भर्खरै एक नेपालमा आधारित हलिउड फिल्मका लागि खेल्न छानिएका छन् । उता अमेरिकामै बस्दै आएका रेस मरहठ्ठाले पनि हलिउडको एक एक्सन फिल्ममा एसियन मुलको नायकको रुपमा खेल्ने वर्ष ११ ले नै पक्का गरिदियो ।
विदेशी बजारमा पहँुच
नेपाल फिल्म क्षेत्रका लागि सानो बजार मानिन्छ । प्रतिफलको जोखिमले गर्दा पनि निर्माताहरु मन फुकाएर लगानी गर्न डराई रहेका छन् । यस्तो अवस्थामा नेपाली फिल्मले कोल्टे फेर्ने भनेको विदेशी बजारसम्म पहु“च पु¥याएर हो भन्ने बुझ्न थालेका कतिपय निर्माता÷निर्देशकहरु विस्तारै फिल्मलाई विदेशमा च्यारिटी शो गर्ने देखि महोत्सवहरुमा सहभागी गराउनेसम्मका प्रयत्न गरिरहेका छन् । त्यस अर्थमा पनि वर्ष ११ ले उल्लेख्य नेपाली फिल्मलाई विदेशी बजारको ढोका खोलिदियो । फिल्म ‘च्यालेन्ज’ अमेरिकामा च्याारिटी गरिएपछि अर्को फिल्म ‘सायद’ ले पनि त्यहा“ सफल च्यारिटी गरेको छ । त्यसबाहेक ‘बाटोमुनिको फूल’, ‘मसान’, ‘देवयानी’ लगायतका केही फिल्मले विदेशमा चल्ने मौका पाए । तर वर्ष ११ ले नियमित फिल्म प्रदर्शनका लागि हङकङलाई पाएको छ । वर्ष निक्लदो नेपाली पा“च फिल्मले त्यसको ढोका उघार्दै छन् ।
आफ्नै पैसामा हिरो÷हिरोइन
फिल्मले पैसा कमाउन छोडेपछि धेरै निर्माताहरु अत्तालिए, वर्ष २०११ भर । फिल्म बनाउने लत नै लागिसकेका कतिपय निर्माताले बनाउन छोडेनन्, बरु नया“ नया“ उपायको खोजीमा लागे । प्रायः ५०÷६० लाखको हाराहारीमा फिल्म बन्ने गरेको अवस्थामा धेरैले त्यस अनुपातलाई घटाए । राम्रा फिल्म नबनेकैले दर्शक फिल्म खेल्न आउन छोडेकोमा लगानीको अनुपात घटाउन थालेपछि फिल्मको गुणस्तरमा झन् ह्रास आयो, वर्ष २०११ मा । तर निर्माताले भने लगानी खुम्चाउ“दै त्यसमा पनि शेयर हाल्न ‘मुर्गा’ खोज्न ध्यान दिन थाले । हिरो बनाईदिए बापत कति र हिरोइन बनाईदिए वापत कति रकम असुल्ने वा जसले धेरै दिन सक्छ उसैलाई खेलाईदिनेसम्मका कसरत देखिए ।
उता स्क्रिप्ट लेखकलाई पनि कथाको सिलसिलामा भन्दा मसलाको टे«न्डमा लेख्न निर्माताले नै निर्देश गर्न थाले । निर्देशकलाई नाम मात्रैमा सिमित पारे । ठूलो लगानी अनि पछिल्लो अवस्थाले गर्दा कति उठाउने हो भन्ने डरमा परेका धेरै निर्माताहरु त आफैं फिल्ममा खेल्न तम्सिए, त्यो पनि सबै हिरोेमै । यसरी हिरो हुने निर्माताहरुमा लोकेन्द्र कार्की, रोज राणा, दिल श्रेष्ठ, बालनरसिंह राणा, कल्याण घिमिरे केही उदाहरण हुन् भने लगानी गरेरै नायिकाको मुख्य भुमिकामा झुल्किनेमा ‘देवयानी’ बाट विमला केसी र ‘त्यो दश घण्टा’ बाट नमिता शर्मा हुन् ।
ट्राजेडी
वर्ष १० को अनुपातमा नेपाली फिल्मक्ष्ँेत्रले खासै धेरै गुमाउनु परेन । तर पनि रुसबाट चलचित्र निर्देशनमा स्नातोकत्तर गरी स्वदेशमै सक्रिय दीपक रायमाझीको असामायिक निधननै ठूलो ट्राजेडी बन्यो । हृदयघातका कारण निधन हुनु अघि उनी ‘डेस्टिनेसन काठमाण्डू’ फिल्म गरिरहेका थिए भने केही फिल्म रिलिजको संघारमा पनि थिए । त्यसैगरी यसै सातामात्रै सुटिंगको गाडी दूर्घटना हु“दा छायाकार कान्तुरी शेर्पाको निधन भएको छ ।
No comments:
Post a Comment