Manoj Satyal |
मनोज सत्याल
काठमाण्डौँ । असोज १ गते साँझ अफिसमा बसीरहेको बेला एक्कासी भुकम्प आयो । चार तले भवनको तेश्रो तल्लामा रहेको मलाइ त्यो भवन नै एउटा केटाकेटीको क्रोको जस्तो महसुस भयो । श्री स्वस्थानी कथामा हात्तिले कान हल्लाउँदा जाने भनिएको भुकम्प आज वैज्ञानिक कारणले कसरी जान्छ भन्ने प्रमाणित भइसकेपनि भुकम्प सँगै भगवान्को याद आउँदो रैछ । सानोमा सबै जना मरे सबै पैसा र पसलको चकलेट आफ्नो हुने लोभ लाग्थ्यो तर आज जिवन सँग डर लाग्यो । अरुको मृत्युमा पनि मुटु काम्यो ।
वास्तावमा पछिल्लो सय बर्ष कै ठुलो भिनएको भुकम्पको महसुस राजधानी काठमाण्डौँ उपत्यका लगायत देशभर ६ दशमलव ८ रेक्टर स्केलको थियो । साँझ ६ बजेर २५ मिनेटमा भारतको सिक्कीम र नेपालको ताप्लेजुङको सिमाक्षेत्रलाइ केन्द्र बनाइ भुकम्प गएको खानी तथा भूगर्व विभागले जनाएको छ । भुकम्पको केन्द्रविन्दु जमिनबाट २०.७ किलोमिटर तल रहेको बताइएको छ । भुकम्पले पाँच सय किलोमिटर आसपास क्षेत्र हल्लीएको बताइएको छ । काठमाण्डौँ उपत्यका भुकम्पको केन्द्रविन्दुबाट दुइ सय किलोमिटरको दुरीमा रहेको भूगर्वविद्हरुले उल्लेख गरेका छन् ।
- भुकम्पका कारण संसद भवनमा रहेको सभासद्हरु बिच भागभाग मच्चिएको थियो ।
- लैनचौर स्थीत बेलायती दुतावासको पर्खाल भत्कदाँ घाइते भएका ४ जना मध्ये ३ जनाको मृत्यु भएको छ ।
- संखुवासभामा भुकम्पमा परि जिविस भवन, जिल्ला प्रहरी कार्यलय, वाणिच्य बैङ्क लगायतका भवन सहित १६ वटा घर भत्किएका छन् ।
- समाजीक संजालका वेवसाइटहरु फेसबुक र ट्विटरमा पनि भुकम्पको धक्का सँगै सर्वसाधारणले तिव्र प्रतिक्रिया जनाए ।
भुकम्पका कारण काठमाण्डाँैको लैनचौर स्थीत बेलायती दुतावासको पर्खाल भत्कदाँ घाइते भएका ४ जना मध्ये ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाण्डौँका साजन श्रेष्ठ उनकी छारी अनिशा श्रेष्ठ र अर्का एक विरबहादुर माझी रहेको छन् । पर्खालले थिचेर घाइते भएका उनीहरुलाइ मनमोनहन ममोरियल अस्पताल पु¥याइए पनि उनीहरुको मृत्यु भएको हो । उता सनुसरीको धरानमा घर भत्कदाँ दुइ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । मृत्यु हुनेमा सन्तोष परियार र कमल परियार रहेको प्रहरीले जनाएको छ ।
![]() |
Earthquake Map of Nepal |
भुकम्पका कारण विभिन्न जिल्लामा घरहरु भत्किएका समाचारहरु प्राप्त भएका छन् । भुकम्पका धक्का झण्डै तिस सेकेण्ड महसुस गरिएको थियो । भुकम्प लगत्तै सर्वसाधारणमा त्रास फैलिएको थियो भने मानिसहरु घर तथा पसलबाट बाहिर सडकमा निस्कीएका थिए । यता राजधानीकै विर अस्पतालमा अहिले १५ घाइतेको उपचार भइरहेको समाचार प्राप्त भएको छ । यस्तै काभ्रको पाँचखाल, धुलिखेल आसपासका क्षेत्रमा पनि कच्चि घरहरु भत्किएका समाचार प्राप्त भएको छ ।
यता भक्तपुरमा भुकम्पका कारण सात वटा घर भत्किएको समाचार प्राप्त भएको छ । भुकम्पका कारण पूर्वका जिल्लाहरुमा बढि क्षति भएको छ । संखुवासभामा भुकम्पमा परि जिविस भवन, जिल्ला प्रहरी कार्यलय, वाणिच्य बैङ्क लगायतका भवन सहित १६ वटा घर भत्किएका छन् । संखुवासभामा लगभग २ मिनेटसम्म भुकम्पको धक्का महसुस गरिएको थियो । संखुवासभामा भुकम्पका कारण घर भत्कदाँ ८ जना घाइते भएको हाम्रा स्थानिय सहकर्मीले जनाएका छन् । उता ताप्लेजुङको खोकलाङ, फुकलाङ, र खोक गाविसका धेरै जसो घर भत्किएका छन् । रामेछापमा पनि भुकम्पमा परि ३ घर भत्किएका छन् । यता काठमाण्डौँको डिल्लीबजार स्थति केन्द्रीय कारागारको गाह्रो भत्किएको छ ।
भुकम्पका कारण संसद भवनमा रहेको सभासद्हरु बिच भागभाग मच्चिएको थियो । त्यसलगत्तै सभामुख सुवाषचन्द्र नेम्वाङ्गले १५ मिनेटका लागी संसद बैठक आकस्मीक रुपमा स्थगित गर्नु भएको थियो ।
भुकम्प लगत्तै देशभर तिव्र प्रतिक्रिया उत्पन्न भएको थियो । समाजीक संजालका वेवसाइटहरु फेसबुक र ट्विटरमा पनि भुकम्पको धक्का सँगै सर्वसाधारणले तिव्र प्रतिक्रिया जनाएका छन् । धेरैले आफु बाँच्न सफल भएको तथा सुरक्षीत रहको जानकारी गराइरहेका छन् । ठाउँ ठाउँमा भुकम्पका कारण विजुलीको टान्समिटर पड्कदा विद्युतको लाइन काटिएको छ । भुकम्पका कारण ठाउँठाउँमा मोबाइल सेवा समेत अवरुद्ध भएको ।
यसैबिच सरकारले भुकम्पको क्षतिमने विवरण संकलन गरि तत्काल राहत उपलब्ध गारउन सम्पूर्ण सरकारी निकायलाइ निर्देशन दिएको छ । मन्त्रीपरिषद्को भर्खरै सम्पन्न बैठकले तत्काल राहत उपलब्ध गराउन जिल्ला स्थीत सम्बन्धित निकायलाइ निर्देशन दिएको हो । गृहमन्त्री विजय कुमार गच्छदारले भुकम्पबाट भएको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभएको छ । उहाँले आवश्यक परेकाहरुलाइ तत्काल राहत उपलब्ध गराउन एवम् सहयोगका लागी सबैसँग अपिल गर्नु भएको छ ।
यसैबिच भुकम्प पछि आफ्टर सक अथात् साना साना झट्काहरु जान सक्ने भन्दै जन जिवन अझै त्रासमा रहेको छ । यद्यपी भूगर्वविद्हरुले भने आफ्टर सकले केही नहुने भन्दै सुरक्षित महसुस गर्न सबैलाइ आग्रह गरेका छन् ।
No comments:
Post a Comment