![]() |
KIM JONG–IL |
उत्तरकोरियाका नेता किम जोङ इलको निधन भएको छ । त्यहाको सरकारी टेलिभिजनले नेता किम जोङ इलको शनिबार नै मृत्यु भएको पुष्टि गरेको छ । एक भावुक टेलिभिजन सन्देशमा सुचना दिने ब्यक्तिले कालो कपडा लगाएका थिए । उत्तर कोरियाको सरकारी टेलिभिजनले राजधानि बाहिर रेलमा यात्राका दौरान इलको निधन भएको जनाएको छ । ६९ बर्षिय नेता किम जोङ इलको निधन ज्यादा शारिरिक र मानसिक परिश्रमका कारण भएको बताइएको छ । इल सन् १९९४ मा पिता किम सुँगको निधन पछि उत्तर कोरियाको नेता बनेका थिए । यद्यपी उनले राष्ट्रपतिको पदवि भने अस्वीकार गरेका थिए ।
अब इलको स्थान उनका तेश्रो सन्तान २० बषिर्य छोरा किम जोङ उनले लिने विश्वास गरिएको छ । दक्षिण कोरियामा रहेका विविसी सम्बादाताले इलको निधनले उत्तरलाइ कडा झड्का लागेको बताएका छन् । गोप्य रुपमा बसोबास गर्दै आउनु भएका इललाइ पछिल्लो सयम रसिया र चिन भ्रमणका दौरान सार्वजनिक स्थानमा देखिएको थियो । उत्तर कोरियामा अन्तराष्ट्रिय संचार माध्यमलाइ प्रतिबन्ध लगाइएको छ । इलमाथी सन् १९८७ मा दक्षिण कोरियाको एयालाइन्स माथी आक्रमणका लागी प्रत्यक्ष निर्देशन दिएको आरोप लाग्दै आएको थियो ।
No comments:
Post a Comment