मनोज सत्याल
काठमाण्डौँ । कारागार भनेको कुनैपनि अपराधिक घटनामा संलग्न ब्यक्तिलाइ राखिने स्थान हो । त्यहाँ पुग्ने ब्यक्ति कि अपराधी हुन्छ या नभए कुनैपनि अपराधमा संलग्नता बारे छानविनको क्रममा रहेको हुन्छ ।
यसरी हेर्दा एउटा सर्वसाधारणले पनि बुझ्ने कुरा हो शिव पौडेल भन्ने ब्यक्ति कुनै न कुनै रुपमा अपराधिक क्रियाकपलामा संलग्न छ भन्ने विषय । हुन पनि प्रहरीले नेपाली काँग्रेसको विघटित भातृ नेपाल तरुण दलका चितवन जिल्ला अध्यक्ष शिव पौडेललाइ राजनैतिक गुण्डागर्दि र हत्यामा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
परिवारमा माइला छोरा रहेका शिवका भाइ गोपी अथात् विक्रम पौडेल पनि ठेक्का पट्टा ब्यवसायमै संलग्न रहेका थिए । चार बर्ष अघि ठेक्का लिने विषयमा विवाद भएपछि एमालेको भातृसंस्था सँग भएको झडपमा उनी मारिएका थिए । हत्यामा संलग्न झण्डै एक दर्जन युवाहरु त्यति बेला देखी नै चितवन कारागारमै जेल सजाँय भुक्तान गरिरहेका थिए ।
यता गत भदौमा चितवनको केराबारीमा मारिएका संजय लामाको हत्यामा संलग्नताको आरोपमा शिव पौडेल पनि जेल परेपछि यी दुइ पक्ष बिच जेल भित्र झडप भएको हो । आक्रमणमा मारिएका शिव पौडेल माथी पनि तिनै युवाहरुले पुरानै रिसिविका कारण आक्रमण गरेका थिए ।
हुनत जेल भित्र कोही ब्यक्ति माथी आक्रमण हुनु र मृत्यु हुनुले राज्य र यसका प्रशाशनिक संयन्त्र दोषी छन् नै । तर त्यसलगत्तै सडकमा छाडा रुपमा उत्रिएको काँग्रेसको विरोध भने बेला न कु बेलाको बाजाको रुपमा देखा परेको छ ।
एक विवादित छवि बनाएका ब्यक्ति माथी भएको घटनाको विषयमा छानविन तथा ज्ञापन पत्र बुझाउने लगायतका विरोध नगरि एक्कासी सडक ओर्लिएको काँग्रेस देखेर यतिबेला दुनियाँ हाँसेको छ ।
किन बाल्यो काँग्रेले सडक?
काँग्रेसले शिव पौडेलमाथी भएको आक्रमणबारे संसदमा विरोध गरेको थियो । त्यसलगत्तै पार्टिले पनि विभिन्न विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । शिव पौडेलको मृत्यु भए लगत्तै काँग्रेस नेताको अनौपचारिक बैठकले निर्देशन दिएपछि काँग्रेस कार्यकर्ता र भातृ संस्थाले सडक बालेका हुन् । गृहमन्त्रीले जिल्ला प्रमुख, प्रहरी प्रमुखलाइ निलम्बन गरेपछि पनि काँग्रेसले सडक रोज्यो त्यो पनि कार्यकर्ताका लागी ।
तर जनताले अब के बुझ्नु पर्ने भएको छ भने पार्टिको सक्रिय कार्यकर्ता भएपछि अपराधिक छवि भएपनि पार्टिले सडक तताउँछ । नत्र किन बाहिर दिन दाहाडै हुने हत्यामा काँग्रेस सडकमा उत्रिएन? किन काँग्रेसले कार्यकर्तालाइ यति चोखो देख्यो?
यसैबिच सरकारले पौडेलको परिवारलाइ दश लाख रुपैँया दिने निणर्य गरेको छ ।

- जनताले अब के बुझ्नु पर्ने भएको छ भने पार्टिको सक्रिय कार्यकर्ता भएपछि अपराधिक छवि भएपनि पार्टिले सडक तताउँछ । नत्र किन बाहिर दिन दाहाडै हुने हत्यामा काँग्रेस सडकमा उत्रिएन?
परिवारमा माइला छोरा रहेका शिवका भाइ गोपी अथात् विक्रम पौडेल पनि ठेक्का पट्टा ब्यवसायमै संलग्न रहेका थिए । चार बर्ष अघि ठेक्का लिने विषयमा विवाद भएपछि एमालेको भातृसंस्था सँग भएको झडपमा उनी मारिएका थिए । हत्यामा संलग्न झण्डै एक दर्जन युवाहरु त्यति बेला देखी नै चितवन कारागारमै जेल सजाँय भुक्तान गरिरहेका थिए ।
यता गत भदौमा चितवनको केराबारीमा मारिएका संजय लामाको हत्यामा संलग्नताको आरोपमा शिव पौडेल पनि जेल परेपछि यी दुइ पक्ष बिच जेल भित्र झडप भएको हो । आक्रमणमा मारिएका शिव पौडेल माथी पनि तिनै युवाहरुले पुरानै रिसिविका कारण आक्रमण गरेका थिए ।
हुनत जेल भित्र कोही ब्यक्ति माथी आक्रमण हुनु र मृत्यु हुनुले राज्य र यसका प्रशाशनिक संयन्त्र दोषी छन् नै । तर त्यसलगत्तै सडकमा छाडा रुपमा उत्रिएको काँग्रेसको विरोध भने बेला न कु बेलाको बाजाको रुपमा देखा परेको छ ।
एक विवादित छवि बनाएका ब्यक्ति माथी भएको घटनाको विषयमा छानविन तथा ज्ञापन पत्र बुझाउने लगायतका विरोध नगरि एक्कासी सडक ओर्लिएको काँग्रेस देखेर यतिबेला दुनियाँ हाँसेको छ ।
किन बाल्यो काँग्रेले सडक?
काँग्रेसले शिव पौडेलमाथी भएको आक्रमणबारे संसदमा विरोध गरेको थियो । त्यसलगत्तै पार्टिले पनि विभिन्न विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । शिव पौडेलको मृत्यु भए लगत्तै काँग्रेस नेताको अनौपचारिक बैठकले निर्देशन दिएपछि काँग्रेस कार्यकर्ता र भातृ संस्थाले सडक बालेका हुन् । गृहमन्त्रीले जिल्ला प्रमुख, प्रहरी प्रमुखलाइ निलम्बन गरेपछि पनि काँग्रेसले सडक रोज्यो त्यो पनि कार्यकर्ताका लागी ।
तर जनताले अब के बुझ्नु पर्ने भएको छ भने पार्टिको सक्रिय कार्यकर्ता भएपछि अपराधिक छवि भएपनि पार्टिले सडक तताउँछ । नत्र किन बाहिर दिन दाहाडै हुने हत्यामा काँग्रेस सडकमा उत्रिएन? किन काँग्रेसले कार्यकर्तालाइ यति चोखो देख्यो?
यसैबिच सरकारले पौडेलको परिवारलाइ दश लाख रुपैँया दिने निणर्य गरेको छ ।
No comments:
Post a Comment