Monday, August 29, 2011

प्रधानम्न्त्री भट्टराईले १४ लाखको चढे (स्वदेशी हुलास मुस्ताङ म्याक्स) गाडी


Ashok Dahal
अशोक दाहाल
काठमाण्डौँ । नेपाली जनताले एकै वर्षमा तीनवटा प्रधानमन्त्री देखिसके । तर जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानजस्तै जुन प्रधानमन्त्री आए पनि हुने केही होइन भन्ने एकथरि जनताको भनाइ छ । तर यसको विपरित हुने विरुवाको चिल्लो पात भनेजस्तै नवनिर्वाचित प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने आÏनो कार्यकालको सुरुवातमै केही राम्रा कामको सुरुवात गरेका छन् । डाक्टर भट्टराईले आपू प्रधानमन्त्रीमा निर्वाचित हुने निश्चित भएलगत्तै गृह मन्त्रालयलाई नेपालमै बनेको गाडी आÏना लागि झिकाउन भनेका थिए । 
  • आÏनो मन्त्री पद नै खुस्किने बेलामा एक करोड २० लाखको गाडी मगाएर लगेका तत्कालीन गृहमन्त्री भीम रावलले उक्त गाडी अझै फिर्ता गरेका छैनन् । 
  • करोडौंका विदेशी गाडीको प्रलोभन नगरी प्रधानमन्त्री भट्टराईले २० लाखमै पाइने मुस्ताङ गाडी चढेर सबैलाई चकित पारिदिए । त्यसो त आजै सरकारी निवास बालुवाटार छाड्दा पूर्व प्रधानमनत्री झलनाथ खनालले चमेलिया जलविद्युत आयोजनाको करोडौँको गाडी लिएर गएका छन् । 
  • प्रधानमन्त्री भट्टराईको सुरक्षाका लागि गृह मन्त्रालयले दिएको कारगेड गाडीभन्दा भट्टराईको गाडी सस्तो छ । तर सस्तो र पहाडी भेगमा यात्रु ओसार्न बनाइएका कारण सुरक्षाको दृष्टिले यो गाडी चुनौतिपूर्ण हुने हो कि भन्ने आशंकाहरू पनि धेरै छन् । 
पूर्व प्रधानमन्त्री, गृहमन्त्री र मन्त्रीहरूले पटकपटक ताकेता गर्दा समेत करोडौं मूल्यका सरकारी गाडी फिर्ता नगरेका समाचारबाट आक्रान्त नेपाली जनता नया“ प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने राहत महसुस गराउने संकेत गरेका छन् । करोडौंका सरकारी गाडीको सयर गरिरहेका नेताहरू राजनीतिमा सक्रिय नै रहेका बेला डाक्टर बाबुराम भट्टराईले भने नेपालमै बनेको सस्तो गाडी चढेर उदाहरणीय कार्य गरेका छन् । करोडौंका विदेशी गाडीको प्रलोभन नगरी प्रधानमन्त्री भट्टराईले २० लाखमै पाइने मुस्ताङ गाडी चढेर सबैलाई चकित पारिदिए । त्यसो त आजै सरकारी निवास बालुवाटार छाड्दा पूर्व प्रधानमनत्री झलनाथ खनालले चमेलिया जलविद्युत आयोजनाको करोडौँको गाडी लिएर गएका छन् । 
NEPAL'S PM (DR. BHATTARAI) CHOOSE TO RIDE HULAS MUSTANG (MAX) 

भट्टराई सपथ ग्रहणका लागि पुग्नु अगावै सोमबार राष्ट्रपति कार्यालयमा तयारी अवस्थामा राखिएको मन्त्रीको भण्डा जडित मुस्ताङ गाडीमा प्रधानमन्त्री नै चढ्ने भन्ने थाहा पाएपछि गाडी हेर्न धेरैको भीड लागेको थियो । प्रधानमन्त्रीको गाडी अगाडी बसेर सभासद्हरू आÏनो तस्विर खिचाउ“दै गरेका दृश्यहरू निकै रमाइला देखिन्थे । प्रधानमन्त्री भट्टराईकै पत्नी हिसिला यमीसमेत मुस्ताङ गाडीबारे बुझ्दै थिइन् । आÏनो कम्पनीले उत्पादन सुरु गरेको गाडीमा मुलुकको प्रधानमन्त्री नै चढ्ने भए पछि गोल्छा अर्गनाईजेशनका प्रबन्ध निर्देशक दिवाकर गोल्छाको त खुशीको सीमै थिएन । उनी पनि प्रधानमन्त्रीको गाडी वरिपरि नै घुमिरहेका भेटिन्थे । 

नेपालमै बनेको गाडी कस्तो होला भन्ने कौतुहलता र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने प्रधानमन्त्रीको कौशलतालाई धेरैले अचम्म मानेर नियालिरहेका थिए । मुस्ताङ गाडी सस्तो भए पनि आवश्यक सुविधा र अन्य गाडीको तुलनामा राम्रो पिक अप दिने चालकको भनाइ छ । 


प्रधानमन्त्री भट्टराईको सुरक्षाका लागि गृह मन्त्रालयले दिएको कारगेड गाडीभन्दा भट्टराईको गाडी सस्तो छ । तर सस्तो र पहाडी भेगमा यात्रु ओसार्न बनाइएका कारण सुरक्षाको दृष्टिले यो गाडी चुनौतिपूर्ण हुने हो कि भन्ने आशंकाहरू पनि धेरै छन् । संविधानसभाको निर्वाचनपछिका कुनै पनि प्रधानमन्त्रीले करोड घटीका गाडी चढेका छैनन् । तर आशा र सम्भावना बोकेको नेताको परिचय बोकेका भट्टराईले भने नेपालमै बनेको गाडी चढेर चर्चा योग्य काम गरेको धेरैको मूल्याङ्कन छ । हरेक राम्रा कामको सुरुवात आपै“mबाट गर्नुपर्छ भन्ने भनाइको उदाहरण भट्टराई स्वयम् बनेका छन् । 

सबैको आशा र विश्वास छ भट्राईमा, बधाइको आइरो

अधिकांश जनताले चाहेको प्रधानमन्त्रीका रुपमा मुलुकले डाक्टर बाबुराम भट्टराईलाई हेरिरहेको थियो । अन्तमा जनताको लामो प्रतिक्षापछि डाक्टर भट्टराईलाई मुलुकले प्रधानन्त्रीको रुपमा आइतबार पाएको छ । बाबुराम भट्टराई प्रधानमन्त्री भए मुलुकमा साँच्चिकै परिवर्तन आइहाल्छ भन्ने आम अनुमान सहि हुन्छ कि गलत, निकट भविष्यले नै फैसला गर्नेछ । तर भट्टराईबाट धेरै मानिसले धेरै आस गरेको सचित्र उदाहरण भने वर्तमान बनेको छ । मुलुकमा कुनै नयाँ प्रधानन्त्री आउँदा पु्रानो प्रधानमन्त्रीभन्दा धेरै अपेक्षा जनतामा हुनु स्वाभाविकै हो । तर सामान्य बहुमतबाट प्रधानन्त्री बनेका डा बाबुराम भट्टराईसँग भने किन धेरै अपेक्षा गरियो त ? हुनसक्छ माओवादीको ९ महिने शासनकालमा अर्थमन्त्री बनेको बेला गरिएको आर्थिक सुधारले बाबुराम भट्टराईबाट थप आशा गर्ने बाटो बनाइदिएको हो । र यसको उदाहरणका लागि उद्योगी ब्यवसायीहरुले पनि भट्टराईबाट ठूलै आर्थिक परिवर्तन हुने आस गरेका छन । गिर्दो आर्थिक विकासलाई माथि ल्याउन भट्टराई सफल हुने अपेक्षा उनीहरुले गरेका छन् । 

सोमबार प्रधानमन्त्री भट्टराईको शपथ ग्रहण कार्यक्रममा सहभागि भएका धेरै मानिसले यस्तै अपेक्षा गरे । खस्कँदो आर्थिक गतिविधीलाई माथि उठाउन भट्टराईलाई त्यत्तिकै चुनौती पनि रहेको पूर्व गभर्नर तिलक रावलको भनाई छ । 

नेपालको शान्ति र संविधान निर्माणमा सहयोग गरिरहेका अन्तराष्ट्रिय संस्था र दातृराष्ट्रहरुले पनि प्रधानमन्त्री बाबुराम भट्टराईबाट धेरै आशा गरेका छन् । नेपालस्थित राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यालयका प्रमुख रोबर्ट पाइपर भट्टराईको शासनकालमा लडाकू सामायेजन भई शान्ति प्रकृयाले गति लिनेमा राष्ट्रसंघ आशावादी रहेको बताउँछन् । 

भट्टराईले पनि शान्ति संविधानलाई आफूले मुख्य प्राथमिकतामा राखेको बताउँदै आएका छन् । यो उनको जिम्मेवारी र अवसरमात्र हैन, चुनौतीसमेत रहेको सभासद्हरुको बुझाइ छ । भट्टराईको कार्यकालमा शान्ति र संविधान निर्माण प्रकृयाले पूर्णता पाए नेपालमा कम्युनिस्ट दल र नेताहरुको इज्जत बढ्ने अपेक्षा नेपाल कम्युनिस्ट पार्टीका एकमात्र जीवित संस्थापक नेता नरबहादुर कर्माचार्यको पनि छ । 

बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त नहुँदै पूर्ववर्ति सरकारमा उर्जामन्त्री बनेर लोकप्रिय काम गरेका एमाले नेता गोकर्ण बिष्टलाई सरकारमा लैजान चाहेको बताएका थिए । बिष्टलाई सरकारमा जाने नजानेबारे गरिएको हाम्रो प्रश्नमा विष्टले पार्टीको निर्णय सरकारमा नजाने भएपनि बाहिरै रहेर आफूले सहयोग गर्ने जानकारी गराएका छन । 

भट्टराईलाई बधाई दिँने काम भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले अरु देशलाई उछिनेका छन । भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले पनि भट्टराईबाट लोकतान्त्रीक उपलब्धिको रक्षा, शान्ति र संविधानको पूर्णताको शुभकामना दिएका छन् । त्यस्तै उनलाई बधाई दिने, चीन र जापानलगायतका दातृराष्ट्रका प्रमुख र कुटनितिज्ञहरुले पनि भट्टराईबाट यस्तै अपेक्षा गरेका छन् । बाबुराम भट्टराईले आफैं भन्ने गरेका छन्, मसँग कुनै पनि जादुको छडि छैन । उनीबाट चमत्कारै हुने आशा लिनु र चमत्कारे हुने प्रचार गर्नु सही हैन । तर उनले स्विकारेका छन्, आफूसँग भिजन छ । त्यही भिजनले मुलुकको शान्ति र संविधान निर्माण प्रकृयालाई निष्कर्षमा पु¥याउन र आर्थिक क्रान्तिका लागि केही गर्ने सबैको आशा छ । र त्यो आशा र अपेक्षालाई पूरा गर्न भट्टराईले छोटो समयमा धेरै उपलब्धी हासिल गर्नुपर्ने चुनौती अगाडी छ । तर सबै पहल उनको मात्रै हातमा छैन, सहमति र सहकार्यमा एक हातले मात्रै ताली बज्दैन । उनलाई असफल बनाइयो भने आफू सफल होइन्छ भन्ने प्रतिपक्षीय मानसिकता बलियो र प्रभावशाली भयो भने उनको ज्ञान र क्षमता पनि कुँजिन सक्छन । आशा गरौं, उनी सबै सत्तापक्षी र प्रतिपक्षीलाई समेटेर शान्ति, संविधान र जनतालाई राहत दिने काममा सफल हुँदा मात्रै देश सफल हुन्छ । अन्यथा देशै असफल हुने सम्भावना अरु बढ्न सक्छ । 

1 comment:

Anonymous said...

बाबुराम भट्टराईले आफैं भन्ने गरेका छन्, मसँग कुनै पनि जादुको छडि छैन । उनीबाट चमत्कारै हुने आशा लिनु र चमत्कारे हुने प्रचार गर्नु सही हैन । तर उनले स्विकारेका छन्, आफूसँग भिजन छ । त्यही भिजनले मुलुकको शान्ति र संविधान निर्माण प्रकृयालाई निष्कर्षमा पु¥याउन र आर्थिक क्रान्तिका लागि केही गर्ने सबैको आशा छ । र त्यो आशा र अपेक्षालाई पूरा गर्न भट्टराईले छोटो समयमा धेरै उपलब्धी हासिल गर्नुपर्ने चुनौती अगाडी छ । तर सबै पहल उनको मात्रै हातमा छैन, सहमति र सहकार्यमा एक हातले मात्रै ताली बज्दैन । उनलाई असफल बनाइयो भने आफू सफल होइन्छ भन्ने प्रतिपक्षीय मानसिकता बलियो र प्रभावशाली भयो भने उनको ज्ञान र क्षमता पनि कुँजिन सक्छन । आशा गरौं, उनी सबै सत्तापक्षी र प्रतिपक्षीलाई समेटेर शान्ति, संविधान र जनतालाई राहत दिने काममा सफल हुँदा मात्रै देश सफल हुन्छ । अन्यथा देशै असफल हुने सम्भावना अरु बढ्न सक्छ ।