माओवादीद्धारा लडाकुहरु विषेश समिती मातहत हस्तान्तरण
![]() |
PM Nepal and Maoist Chairman Prachanda signing agreement of PLA |
घोषणापत्रमा माओवादी जनसेनाका लडाकुहरु आजबाट औपचारिक रुपमा सरकार मातहतमा आएको उल्लेख गरिएको छ । हस्ताक्षर कार्यक्रम पछि प्रधानमन्त्री माधव कुमार नेपालले लडाकु शिविरमा राष्ट्रिय झन्डा फहराएर साङकेतिक रुपमा माओवादी जनसेनाका लडाकुहरु राज्यको मातहतमा आएको जनाउनुभएको थियो ।
कार्याक्रममा माओबादीका पूर्व लडाकुहले परेड, युद्धकला, मार्सल आर्ट एवं विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । माओवादी पूर्व लडाकुहरुले आज जनवादी गीतहरुको सट्टा राष्ट्रिय गीतमा नृत्य लगायत प्रदर्शन गरेका थिए । राष्ट्रगानमा लडाकुकासाथै सम्पूर्ण सहभागीहरुले एक स्वरमा साथ मिलाउँदा कार्यक्रम स्थल नै भावुक बनेको थियो । कार्यक्रम विहान ११ बजे नै सुरु हुने भनिएपनि मौसमको प्रतिकुलताले प्रधानमन्त्री लगायतका अतिथिहरु चढेको हेलिकप्टर चितवन पुग्न ढिला भएपछि दुई घन्टा ढिला गरी सुरु भएको थियो ।
बिशेष समारोहमा प्रधानमन्त्री नेपाल, सभामुख सुवास चन्द्र नेम्वाङ, माओवादी अध्यक्ष प्रचन्ड लगायत अन्य दलका शीर्ष नेताहरु सहभागी हुनु भएको थियो । त्यस्तै कार्यक्रममा सहभागी हुने क्रममा प्रधानसेनापती छत्रमान सिंह गुरुङ, तथा अन्य सुरक्षा निकायका प्रमुखहरु पहिलो पटक लडाकु शिवीरमा प्रवेश गर्नु भएको थियो । कार्यक्रममा विभन्नि देशका राजदुत तथिा विदेशी नियोगका प्रमुखहरुलाइ समेत सहभागी हुनु भएको थियो
लडाकु हस्तान्तरण भईसकेपछि माओवादी पार्टीको झन्डा हटाई शिविरहरुमा राष्ट्रिय झन्डा र जनमुक्ती सेना पिएलएको मात्र झन्डा राखिएको छ । नेपालको शान्ति प्रक्रियामा सघाईरहेको राष्ट्रसङघीय नियोग अनमिनको म्याद सकिनु पूर्व सरकार र माओबादीबीच भएको तीनबुँदे सहमति अनुसार ७ मुख्य र २१ सहायक शिबिरका १९ हजार ६ सय २ लडाकुको रेखदेख, समायोजन र पुर्नस्थापनको जिम्मा बिशेष समितीले लिएको हो । २०६३ साल मसिर ५ गते बृहत्त शान्ति सम्झौता भए पछि लडाकुहरु शिबिरमा बस्दै आएका थिए ।
अब हातेमालो गरेर अघि बढौ—नेताहरु
![]() |
PM Nepal with PLA |
सरकार र माओवादी दुबैले माओवादी सेनाका लडाकुहरु विशेष समितीको मातहतमा आउनु शान्ति प्रक्रियाको पूर्णताका लागि ठुलो फड्को भएको बताएका छन् । नेपालको परिवर्तनमा जनसेनाको भूमिकाको प्रशँशा गर्दे उनीहरुले जतिसक्दो चाँडो समायोजन प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा आयोजीत लडाकु हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले माओवादी लडाकुहरुको उचित ब्यबस्थानका लागि राज्यका तर्फबाट कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । लडाकुहरुको जतिसक्दो चाँडो समायोजन र बयवस्थापन गरिने भन्दै प्रधानमन्त्री नेपालले विगतका तिक्तताहरुलाई मेटाएर अब सबै पक्षसँग हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । साथै प्रधानमन्त्री नेपालले लडाकुहरुलाइ विषेश समितीका सम्पूर्ण निणर्यहरुलाइ अक्षरस पालना गर्न समेत आग्रह गर्नुुभयो ।
नेपालको शान्ति प्रक्रिया विश्वका लागि नै नमुना भएको भन्दै उहाँले शान्ति प्रक्रियाको पूर्णताका लागि माओवादी अध्यक्ष प्रचन्डले पुराएको सहयोग उल्लेखनिय भएको बताउनुभयो । नेपालको शान्ति प्रक्रियालाई संसारले नै नियाली रहेको भन्दै प्रधानमन्त्री नेपालले शान्ति प्रक्रियामा सघाउ पुराएकोमा राष्ट्रसङलाई धन्यवाद पनि दिनुभयो ।
माओवादीसँग तात्कालिक रुपमा भएको १२ बुदे सहमती र विस्तृत शान्ति सम्झौता नेपालको भविश्यका लागि कोशेढुङगा भएको नेपालको भनाई थियो । नेपालको शान्ति प्रक्रिया मौलिक रुपमा अघि बढेको भन्दै उहाँले मौलिक रुपमा नै शान्ति प्रक्रियाले सार्थकता पाउने विशवास ब्यक्त गर्नुभयो । नेपालको परिवर्तमा जनसेनाको भूमिका उल्लेख भएको चर्चा गर्दे नेपालले अब देखि जनसेना कुनै पनि पार्टीको कार्यकर्ता नभएको र राज्यको नीति निर्देशन अनुसार चल्ने बताउनुभयो ।
यस्तै लडाकु हस्तान्तरण सभालाई सम्बोन्धन गर्दे माओवादी अध्यक्ष प्रचन्डले अब लडाकुलाइ समायोजन र पुनस्थापन गरेर सबल एउटा राष्ट्रिय सुरक्षा शक्तिं बनाउपर्ने धारणा ब्यक्त गर्नुभयो ।
प्रचण्डले समायोजन र पुनस्थापनामा सहयोग गर्न सबै दललाइ आग्रह समेत गर्नुभयो । प्रचण्डले नेपालको स्वाधिनताको रक्षाका लागि जनसेनाको बलिदानी महत्वपूर्ण भएको स्मरण गर्दैै माओवादी शान्ति र संविधान प्रति प्रतिबद्ध भएको बताउनुभयो । आफूहरु पहिले देखिनै जनसेनालाई विशेष समितीको मातहतमा ल्याउन तयार भएपनि विशेष कारणले सो कार्य पूरा हुन नसकेको र आज सो कार्यले मुर्तता पाएको उल्लेख गर्नुभयो । प्रचन्डले विशेष समितीमा जनसेना आएसँगै समायोजन पं्रक्रियाले गति पाउने विश्वास ब्यक्त गर्नुभयो । आजको ऐतिहासिक दिनले नेपालको जारी शान्ति प्िरक्रिया र नेपालको स्वाधिनताको रक्षाकालागि अतुलनिय भूमिका खेल्ने उहाँको भनाई थियो । सम्बोधनको क्रममा प्रचण्डले अनमिनको बिदाइ असान्दर्भिक भएको प्रसङ्ग समेत कोट्याउनु भएको थियो ।
कार्यक्रममा माओवादी जनसेनाका कमान्डर नन्द किशोर पुन पासाङले जनसेनाहरु विषेश समिती मातहात आइ सकेपछि सबै सुरक्षा अगंहरुसँग एकाकार भइ काम गर्न तयार रहेको बताउनुभयो । पुनले पुराना विगतमा तिता मिठा, आग्रह पूवाग्रर्ह समेत माओवादी जनसेनाले नपाल्ने बताउनुभयो ।
पासाङले राज्य तथा दलहरुबाटसमान ब्यवहारको अपेक्षा गरिएको समते बताउनुभयो । साथै पुनले लामो धैर्यताका साथ आजको दिनका पर्खाईमा बसेको र आज त्यो सपना पुरा भएको बताउनुभयो ।
‘शान्तिप्रक्रियाको ऐतिहासिक थालनीको दिन हो आज’
विभिन्न दलका नेताहरुले माओवादीका लडाकूहरु विशेष समिति मातहत आउनु शान्ती प्रक्रिया पुरा हुने संकेत भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले लडाकुलाइ विषेश समितीमा हस्तारण भएपछि राजनैतिक समस्या निराकरणमा समेत सहयोगी हुने टिप्पणी गरेका छन् ।
चितवनमा पत्रकारहरु सँग कुरा गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादी लडाकू विशेष समितिमा मातहत जानुले शान्तिप्रक्रियालाई टुङगोमा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । देउवाले ढिलै भए लडाकुहरु विशेष समितिमा गएकाले सेना समायोजनको विषय टुङ्गो लाग्नसहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । लडाकुहरु समितीमा आउनु एकदमै सकारात्मक कदम हो ः देउवाले भन्नुभयो ः अब शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन माओवादी इमान्दार हुनुपर्छ ।
त्यस्तै माअोवादी प्रवक्ता दीनानाथ शर्माले लडाकु हस्तान्तरण शान्ती प्रक्रियाको महत्वपूर्ण कामको थालनी भएको बताउनुभयो । शर्माले भन्नुभयो ः यसले संविधान लेखन र राजनीतिक समस्या निराकरणमा सहयोग पुग्छ । माओवादी लडाकू सरकारको अधीनमा नभई विशेष समितिको मातहतमा रहेको बताउँदै उहाँले यसले दलहरुबीचमा सहमतिमा पुग्न मद्दत मिल्ने टिप्पणी गर्नुभयो ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले माओवादी र लडाकूहरुबीचको सम्बन्ध विच्छेद हुनुपर्ने बताउँदै विशेष समितिको अनुगमनको काम चुनौतीपूर्ण रहको टिप्पणी गर्नुभयो ।
माओवादी उपाध्यक्ष मोहन वैद्य किरणले हस्तान्तरणको कामले शान्तिप्रक्रियामा नयाँ आयामको सुरुवात भएको बताउनुभयो । किरणले यसले शान्ती प्रक्रिया पुरा हुनेमा केही आशा देखा परेको समेट टिप्पणी गर्नुभयो ।
विषेश समितीमा आउँदा समायोजनका आशा बढ्यो ः लडाकु
माओवादी शिवीरमा रहेका लडाकुहरुले विशेष समिती अन्तरगत सम्मीलित हुन पाँउदा खुसी लागको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रधानमन्त्री नेतृत्वको विषेश समितीमा समायोजन हुदाँ आफुहरुको भविष्य सुनिश्चीत हुने प्रति समेत आशावादि भएको बताएका छन् । शिविरमा पुगेका सन्चारकर्मिहरुसँग प्रतिक्रिया लडाकुहरुले धेरै पहिले नै आफूहरुले अपेक्षा गरेको कार्य ढिलै गरि भएपनि पूरा भएकामा समेत सुन्तुष्टि प्रकट गरेका हुन् । साथै लडाकुहरुले छिटो भन्दा छिटो विशेष समितबिाट सुरुक्षा निकायमा समायोजन प्रक्रिया अघि बढाउन समेत सबन्धीत पक्षसँग आग्रह गरेका छन् ।
यता सेना समायोजन बिशेष समिती सदस्य तथा एमाले महासचिब इश्वर पोखरेलले लडाकुहरु विषेश समिति मातहतमा आएकाले अब छिट्टै नै दोसा्रे चरणमा रिग्रुपिङको प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो । माओवादीको शक्तिखोर शिविरमा संचारकर्मीलाइ प्रतिक्रिया दिदैँ पाखरेलले विषेश समिती मातहतमा लडाकु आएपछि सरकारले समायोजनका लागी आवश्यक प्रकृया समेत छिट्टै अगाडी बढाउने बताउनु भयो ।
डिएसपीद्धारा आत्महत्या
प्रहरीका प्रधान कार्यलय कायर्दलमा कार्यरत डिएसपी कञ्चन थापाले आज साँझ आत्महत्या गरेका छन् । थापाले आफ्नै पेस्तोलले आफ्नै क्रंचटमा गोली हानेको प्रहारीले जनाएको छ । विराटनगर स्थायी घर भएका थापाले गोंगबु बसुन्धरा स्थ्ीती आफ्नै फ्ल्याटमा आत्महत्या गरेका हुन् । थापको शव अहिले महाराजगंज स्थीत शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । थापाको हत्याबारे केही खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
खनालमाथि भएको घटनाबाट नेताहरूले पाठ सिक्नुपर्ने ः डा कोइराला
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालमाथि भएको घटनाबाट नेताहरूले पाठ सिक्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा डा. कोईरालाले एमाले अध्यक्ष खनालमाथिको घटना दुर्भाग्यपूर्ण भए पनि यसबाट सबै राजनीतिक दलका नेताहरूले पाठ सिक्नुपर्ने बताउनुभएको हो । उहाले अध्यक्ष खनालमाथि झापण हानिनुले जनतामा राजनीतिक वितृष्णा बढेको प्रष्ट भएको बतउनु भयो । झलनाथ खनालमाथि भएको घटनाबाट राजनीतिक दलका नेताहरूले पाठ सिक्न सके मुलुकले राष्ट्रपतिद्वारा थपिएको पाँच दिनभित्र सरकार पाउनसक्ने डा. कोईरालाको भनाइ थियो ।
भरत मोहन अधिकारी
नेकपा एमालेका नेता भरत मोहन अधिकारीले अबको सरकारको नेतृत्व एमालेले नै गनुपर्ने दाबी गर्नुभएको छ । एमाले तेहथुम काठमान्डौ सम्पर्क मञ्चद्धारा आज राजधानीमा आयोजित एक कार्यक्रममा नेता अधिकारीले एमालले मात्र बैचारीक रुपमा मुलुकलाई निकास दिन सक्ने भन्दै अबको सरकारको नेतृत्व एमालेले नै गनुपर्ने दावि गनुभएको हो । उहाले सरकारको नेतृत्व विचार र चिन्नतनबाट मात्र गर्न सकिने भन्दै यथास्थितिवादिले सरकारको नेतृत्व गर्न दिन नहुने धारणा राख्नुभयो । नेता अधिकारीले आफ्नो पार्टि भित्र अझै पनि एकतालाई सुढृढीकरण गर्न समस्या रहेको स्विकार गर्दै पार्टिभित्र देखिने गुटबन्दिलाई निरुत्साहित गर्न पार्टिको बैचारीक सिद्धान्तलाई अवलम्बन गर्नेपर्ने धारणा समेत राख्नुभयो ।
नेता अधिकारीले माओवादीका लडाकुहरु सरकार मातहतमा रहेको विशेष समितिमा आउनु शान्ति प्रक्रियाको अगं भएकाले सकरात्मक भएको टिप्पणी गर्नुुभयो ।
उच्चशिक्षा ऐन ल्याइने ः शिक्षामन्त्री शुक्ल
उच्चशिक्षाका लागि बाहिरिने नेपाली विद्यार्थीको समस्या समाधानमा लागि मन्त्रालयले उच्चशिक्षा ऐन ल्याउन लागेको शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा मन्त्रि शुक्लाले बाहिर जाने बिद्यार्थीहरुलाई नो अब्जेक्सन सर्टिफिकेट दिने गरेको भए पनि प्रमाणपत्र नलिई जाँदा विदेशमा समस्यामा पर्ने भएकाले ऐन ल्याउने तयारी भईरहेको उहाले बताउनु भयो ।
मन्त्री शुक्लले विदेशमा जाने विद्यार्थीलाई देश अनुकूल सक्षम र दक्ष बनाउन सरकारले विषयगत तालिम दिने कार्यक्रम समेत सुरु गरेको जानकारी गराउनुभयो ।
शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले सन् २००८ देखि ०९ सम्ममा नेपालबाट ६२ देशमा विद्यार्थीहरू उच्चशिक्षाका लागि गएको जानकारी गराउँदै गत वर्ष करिब आठ हजारले मन्त्रालयबाट नो अब्र्जक्सन सर्टिफिकेट लिएको बताउनुभयो ।
भावी संविधानमा न्यायपालिका स्वतन्त्र र सक्षम हुनुपर्छ
सङ्घीय राज्यसहितको भावी संविधानमा सक्षम र स्वतन्त्र न्यायपालिका भएमात्र लोकतन्त्र बलियो हुने विज्ञहरुले बताएका छन् । नेपाल बार एसोसिएसन तथा संवैधानिक कानुन समितिले आज मोरगंको विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा विज्ञहरूले यस्तो बताएका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रेमबहादुर खड्काले न्यायपालिकालाई कुनै गुट वा समूहको हुन नदिन सबै कानुन व्यवसायी र विज्ञहरु लागि पर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भावी संविधानमा न्यायपालिकाको संरचना तथा अधिकार क्षेत्र, मानवाधिकारको सुनिश्चिता, सङ्घीय राज्यको पुर्नसंरचना र शासकीयस्वरुप तथा प्रान्तीय राज्यको अधिकार क्षेत्रमा रहेको विवादित विषयमा गम्भीर छलफल गरेर टुङ्गो लगाउनुपर्ने बताउनुभयो । पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश गोपालप्रसाद पराजुलीले न्यायपालिकामा हस्तक्षेप भए नागरिक अधिकार कुण्ठित हुने बताउनुभयो ।
No comments:
Post a Comment