Friday, January 28, 2011

माघ १४ गते २०६७


माओवादीद्वारा सरकारमा जान सर्त अस्वीकारः

Maoist Leaders
एकीकृत नेकपा माओवादीले सरकारको नेतृत्वकालागि कागे्रस र एमालेले अघि सारेको लडाकू समायोजनको सर्त स्वीकार गर्न नसकिने बताएको छ । विकसित राजनीतिक घटनाक्रमको समिक्षागर्न आज बसेको स्थाइ कमिटि बैठकले कागे्रस र एमालेले भनेजस्तो सरकारमा जानुपूर्व समायोजनमा जाने लडाकूको संख्या तोक्न नसकिने निर्णय गरेको हो । सरकारमा जान कुनैपनि सर्त स्वीकार नगर्ने निर्णय भएको बैठकपछि माओवादी प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो । संविधानसभाको प्रमुख दल र शान्ति प्रक्रिर्याको आधा हिस्सको हैसियतले माओवादीले आफ्नो पार्टीको नेतृत्वमा सरकार गर्ने कुरालाइ छिट्टै निश्कर्षमा पु¥याउन आग्रह गरेको छ । 

‘केहि दिनयता हाम्रो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने दिाशामा प्रमुख पार्टीहरुबीचमा भएको छलफललाइ पार्टीले सरकारत्मक रुपमा लिएको छ, माओवादी प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ–तर त्यसप्रकारको सरकार गठनसंग कुनै शर्त हाम्रो पार्टीलाइ स्वीकार्य नहुने स्पष्ट गर्न चाहान्छौ ।’ संविधानको सुनिश्चितताको निम्ति सहज वाताबरण सृजनागर्न आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्नुपर्ने माओवादी जिकर छ । बैठकमा बहुसंख्यक सदस्यले सरकारमा जानकै निम्ति हतारमा लडाकू समायोनको संख्या तोक्न नहुने धारणा राखेका थिए । 

सेना गर्जिेयो ः स्थापित मापदण्ड कुनै पनि हालतमा पुरा हुनुपर्छ ।।

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्री
नेपाली सेनाले स्थापित मापदण्ड अनुरुप मात्र माओवादी लडाकुहरुको नेपाली सेनामा समायोजन हुन सक्ने बताएको छ । सेनाले शान्ति प्रक्रियाका क्रममा भएका सहमतिका दस्तावेजहरुमा सामुहिक समायोजन भन्ने कतै उल्लेख नरहेको भन्दै सामुहिक समायोजन समेत अस्वीकार्य रहेको जनाएको छ । 

सैनिक मूख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले वृहत शान्ति सम्झौता, हतियार र सेना अनुगमन तथा व्यवस्थापन सहमति र तत्कालीन ८ दलवीच भएको सहमतिका दस्तावेज अुनरुप हुने समायोजन निर्णय प्रति भने असहमति नरहेको बताउनुभयो । क्षेत्रिले भन्नुभयो ः नेपाली सेनाले बृहत शान्ति सम्झौता लगायत विभिन्न समयमा भएका सहमति अनुसार हुने सेना समायोजनको प्रक्रियालाई पूर्ण रुपमा सहयोग गर्छ । 

दीगो शान्ति स्थापनाका लागि विषेश समिति र त्यस मातहातका सचिवालयले गर्ने निर्णय सेनाका लागि पूर्णतया स्वीकार्य हुने यसमा कनै हालतमा बाधाक नहुने सेनाको भनाई छ । नेपाली सेना सरकारकै अङ्ग भएकोले समायोजनको छुट्टै मोडेल नेपाली सेनाको नरहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो । 

यसैवीच बढुवाको विषयलाई लिएर राजनीतिक दलका नेताको घरमा धाएको आरोपमा कोर्टमार्शलबाट दोषी देखिएका नौ जना उच्च सैनिक अधिकारीहरुको बयान लिने क्रम जारी रहेको सेनाका कानून विभागका प्रमुख उपरथी बि ए कुमार शर्माले जानकारी दिनुभयो । 

कार्यदलले आज लडाकु समायोजनको बिधि र आचारसंहितावारे टुंगो लगाउने

प्रमूख तीनदल एकीकृत माओवादी, नेपाली कागे्रस र एमालेका नेताहरुले लडाकू समायोनको विस्तृत खाकावारे आजदेखी छलफल सुरु गरेका छन । दिनभर भएको छलफल सकारात्मक भएको र भोलीसम्म कुनै निश्कर्षमा पुगिने नेताहरुले बताए । राजधानीको लाजिम्पाट स्थित ¥याडिसन होटलमा भएको छलफल लडाकू समायोजनमा सहमति गर्ने दिशामा सरकारात्मक भएको बैठकपछि माओवादी नेता कृष्णबहादुर महाराले जानकारी दिनुभयो । महराले लडाकू समायोजनको बिषयमा सकारात्मक छलफल भएको जानकारी दिदै प्रगति विवरण भोली तीनदलको बैठकमा पेश गरिने बताउनुभयो । त्यस्तै गृहमन्त्री भीम रावलले छलफलको विषय भोलीको तीनदलको बैठकमा पेश नगरी बाहिर नबोल्ने सहमति भएको बताउनुभयो । 

संबैधानिक समिति

संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले सोमबार बस्ने संबैधानिक समितिको बैठकमा छलफल हुने बिषयको गृहकार्य सुरु गर्नुभएको छ । 

सिंहदरबारस्थित आफनै कार्यालयमा आज भएको छलफलमा संविधानसभाको नियमावली संसोधन परिवर्तनपछि बस्न लागेको संबैधानिक समितिको पहिलो बैठकमा कसरी जाने भन्ने बिषयमा गृहकार्य सुरु गरिएको आचार्यले जानकारी दिनुभयो । सुझाव र निर्देशनसहित पठाईएका १० वटा प्रतिबेदनमा सोमबारबाट छलफल हुने र छलफलबाट पनि नमिलेका प्रतिबेदनलाई पुनः संविधानसभामा पठाउने र बहुमतका आधारमा पारित गर्ने ब्यवस्था नियमावली संसोधनमा उल्लेख छ । 

बिभिन्न समितिका ११ वटा प्रतिबेदनमा बिबादित कायमै भएपनि राज्यको पूर्नसंरचना सम्बन्धि प्रतिबेदन नआईसकेको सभापति आचार्यले बताउनुभयो । राज्यको पूर्नसंरचना सम्बन्धि आयोग बनाउने प्रक्रियामै दलहरुबीच सहमति जुटन नसक्दा राज्य पूर्नसंरचना समितिको प्रतिबेदन अलपत्र छ ।

लडाकु हस्तान्तरण नगरेसम्म माओवादी नागरिक पार्टि हुदैन ः माधव नेपाल

प्रधानमन्त्री माधवकुमार नेपालले लडाकूको पुनस्थापना र समायोजनमा भएपछि मात्र माओवादी नागरिक पार्टि बन्ने बताउनु भएको छ । शान्ति प्रक्रियाको महत्वपुर्ण पाटो भनेकै लडाकुको समायोजन र पुनस्थापन भएको भन्दै उहाँले चार महिनाभित्र लडाकुको समायोजन र पुनस्थापना गरी माओवादी लडाकुका शिविर खाली गरी नागरिक पार्टीमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।

कास्कीमा लेखनाथ महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले लडाकूको समायोजन र पुर्नस्थापनामा सहयोग गर्न माओवादीलाई आग्रह समेत गर्नुभयो । सेना समायोजन र पुनस्र्थापनामा सहयोग गरेर माओवादी जिम्मेबार नागरिक पार्टीको रुपमा रुपान्तरित हुनुपर्ने उहांको भनाई थियो । 

प्रधानमन्त्री नेपालले माओवादी लडाकूहरु विशेष समितिको मातहतमा आउनु शान्ति प्रक्रियाको निकै ठूलो सफलता भएको धारणा राख्नुभयो । राजनीतिक दलहरु मिलेर मुलुकमा ब्याप्त समस्या सुल्झाउनुको विकल्प नरहेको प्रधानमन्त्री नेपालको भनाइ थियो । दलका नेताहरुमा बचनको पक्का हुनुपर्छ नेपालले भन्नुभयो ः यदि आफूले बोलेको कुरा पु¥याउन सकेन भने ऊ जनताको नजरबाट गिर्छ । । बोलेका कुरा व्यवहारमा उतार्न नसक्नेहरु फटाहा हुन्छन् प्रधानमन्त्री नेपालले भन्नुभयो – मलाई विश्वास छ नेताहरुले आफुलाई फटाहा सावित गर्ने छैनन् ।


उच्चस्तरिय भूमीसुधार आयोगको प्रतिवेदन सार्वजानिकगर्न संसदीय समितिको निर्देशनः 

काठमाण्डौ, माघ १४ । व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले उच्चस्तरिय भूमिसुधार आयोगको प्रतिवेदन तत्काल सार्वजानिकगर्न सरकारलाइ निर्देशान दिएको छ । देशभर गुठिको नाममा भएको जग्गाको व्यबस्थापनवारे १५ दिनभीत्र जानकारी गराउन समेत समितिले सरकारलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले उच्चस्तरिय भूमिसुधार आयोगको प्रतिवेदन सार्वजानिकगर्न सरकारलाइ निर्देशन दिने निर्णय भएको समिति सभापति शान्ता चौधरीले जानकारी दिनुभयो । 

समितिले धनुषा, सिन्दुपालचोक, गोर्खा, धादिङ्ग, पाल्पा, दाङ र प्याठान लगायतका जिल्लामा रहेका गुठिको स्थलगत अबलोकन गर्ने समेत निर्णय गरेको छ । बैठकमा अधिकाशं सभासहरुले गुठिको नाममा रहेको जग्गा भूमिहिन किसानलाइ वितरण गर्न र गुठि संस्थान खारेज गर्न माग गरेका थिए । सभासद पृथ्वीसुब्बा गुरुङ्गले सामान्ति राजतन्त्र टिकाउन धर्मका नाममा स्थापना गरिएका गुठि गणतन्त्र आइसकेको अबस्थामा बन्द गर्नुपर्ने बताउनुभयो । कागे्रसका ध्यान गोविन्द रञ्जितले भने नेवार समूदायमा गुठिको महत्व रहेको भन्दै हचुवाका भरमा गुठि बन्दगर्ने निर्णय गर्न नहुने बताउनु भयो । 

समिति बैठकमा राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष बलदेव रामले मन्दिर र देवताका नाममा गरिव किासनमाथी शोषण भइरहेको बताउनुभयो । उहाँले ‘देउतापनि नमर्ने र जोताहा किसान पनि नमगर्ने’ गरी गुठि समस्याको समाधानगर्न माग गर्नुभयो । देशभर गुठिको नाममा १४ लाख २४ हजार २८० रोपनि जमिन गुठिको नाममा तर्दा छ ।

संविधानसभाको दुइतिहाइ समय सकियो, चार महिनामा संविधान बन्नेमा प्रमुखदल विश्वस्तः 

काठमाण्डौ, माघ १४ । प्रमुख तीनदल एकीकृत नेकपा माओवादी, नेपाली कागे्रस र नेकपा एमालेका नेताहरुले बाकी रहेको ४ महिनाको अबधिका संविधान बन्नेमा आशावादी रहेको बताएका छन । संविधानसभाको दुइ तिहाइ समय सकिएपनि दलहरुबीच इच्छाशक्ति भए चार महिनामा संविधान जारीगर्न सकिने बताएका हुन । 

एकीकृत नेकपा माओवादी स्थाइ कमिटि सदस्य गिरिराजमणी पोखे्रलले थपिएको बाकी चार महिनाको अधिकतम सदुपयोगगर्दै तोकिएको समयमै संविधान बनाउनुको विकल्प नभएको बताउनुभयो । वितेको समयको समिक्षा गरेर अथक ढंगले प्रयत्न ग¥यो भने संविधान जारीगर्नसंभव भएको उल्लेखगर्दै पोखे्रलले त्यसकालागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताउनुभयो । 

कागे्रस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले संघीयता जस्ता विबादलाइ निर्वाचित संसदले टुङ्गो लगाउने गरी सहमति गरेर भएपनि थपिएको समयमै संविधान बन्नुपर्ने बताउनुभयो । राजनीतिक दलहरुबीच इच्छाशक्ति भए बाकी चार महिनामा संविधान निर्माणगर्न संभव रहेको उहाँको भनाइ छ । असहमति भीत्रपनि सहमति जुटाउन सकिने उपाध्यायको भनाइ थियो । 

नेकपा एमाले पोलिटव्युरो सदस्य पृथ्वीशुब्बा गुरुङ्गले साशकीय स्वरुप र राज्यपुर्नसंरचना जस्ता जटिल बिषयमा दलहरुबीच सहमति जुटन नसकेका कारण संविधान जारीगर्न मेहनतगर्न जरुरी रहेको बताउनुभयो । संविधानसभा नै मुलुकको वैधानिक निकाय भएकोले कथंकदाचित जेठ १४मा संविधानसभाको म्याद थप गरेर भएपनि संविधान जारी गर्नुको विकल्प नभएको उहाँको भनाइ थियो । 

कंग्रेशका नेता मृत फेला 

नेपली कंग्रेशका एक नेता आज राजधानीको सुन्धरास्थित एक होटलमा मृत अवस्थामा फेला परेका छन् । कांग्रेश गुल्मीका पूर्व सभापति फणिन्द्र भण्डारी सुन्धारास्थित स्वस्तिका गेष्ट हाउसको ३०४ नम्बरको कोठामा अपरान्ह मृत अवस्थामा फेला परेका हुन् । पार्टिकै कामले ५ दिन अघि राजधानी आएका भण्डारी गत बुधबारदेखि सो होटलमा बस्दै आएको होटलले जनाएको छ । भण्डारीको शव पोस्टपार्टमका लागि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले भण्डारी सँगै होटलमा बस्दै आएका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिई अुनसन्धान जारी राखेको छ । 

एमाले अध्यक्ष खनाल

सरकार नेतृत्वको विषयमा प्रमुख तिन दलविच सहमती जुट्न नसकिरहेको बेला एमाले अध्यक्ष झलनाथ खनालले एकिकृत माओवादिको नेतृत्वको सरकारलाई पनि स्विकार्य हुनसक्ने बताउनु भएको छ । पछिल्लो चरणको वार्ता प्रयासमा माओवादि शान्ति प्रकृयाप्रती प्रतिवद्धता जनाईरहेकोले उसको नेतृत्व पनि स्विकार्न सकिने खनालले बताउनुभयो । 

प्रेस चौतारी नुवाकोटले आज सदरमुकाम विदुरमा आयोजना गरेको पत्रकार भेटघाटमा खनालले सहमतीको प्रयास जारी रहेकोले यसै साता भित्रमा नयाँ सरकार गठन हुने दावी गर्नुभयो । प्रमुख तिन दल विच गोकर्ण रिसोर्टमा भएको बार्ता फलदायी रहेको समेत उहाँको भनाई थियो । अध्यक्ष खनालले सहमतिय सरकार नबने बहुमतिय सरकारको नेतृत्वका लागी आफ्नो पार्टीले पनि उम्मेदवारी दिन सक्ने संकेत गर्नुभयो । अध्यक्ष खनाल एमाले अधिवेशन उद्घाटनको लागि नुवाकोट पुग्ुभएको हो । 

राष्ट्रपतिको सम्बोधन 

राष्ट्रपति डाक्टर रामवरण यादवले कुनै पनि मुलुकको आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक हुने बताउनुभएको छ । दश दिने भारत भ्रमणको दोस्रो दिन आज कोलकता मेडिकल कलेजको वार्षिक समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति डा. यादवले अस्थिर राजनीतिमा विकास सम्भव नहुने बताउनुभयो । 

आफूले अध्ययन गरेको विश्वविद्यालयको १ सय ७७ औं वार्षिक कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रपति काठमाडौंबाट हिजो सिधै कोलकता जानुभएको थियो । राष्ट्रिय स्वतन्त्रताका लागि भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु, सुवासचन्द्र बोसलगायतका योद्धाहरूको ठूलो त्याग रहेको भन्दै उहा“ले त्यसले नेपालमा पनि प्रजातन्त्रको अभ्युदयका लागि प्रेरणा प्रदान गरेको बताउनुभयो । सम्बोधनका क्रममा उहा“ले कोलकतामा रवीन्द्रनाथ टैगोर, मदर टेरेसाजस्ता महान् व्यक्तिको कर्मभूमि भएको चर्चा गर्नुभयो । राष्ट्रपतिले नेपाली, बंगाली र अंग्रेजी गरी ३ भाषाबाट कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । राष्ट्रपतिले बंगाली भाषामा सम्बोधन गर्दा कार्यक्रम तालीको गड्गडाहटबाट गुञ्जयमान भएको थियो । उहा“ले नेपालको वीर अस्पताल, दरबार हाइस्कूलको निर्माणमा कोलकताकै कालीगढहरुको संलग्नता भएको चर्चा गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रपति यादवलाई पश्चिम बंगालका मृख्यमन्त्री बृद्धदेव भट्टाचार्यले मायाको चिनो प्रदान गर्नुभयो । 

देउवा—ओली भेटवार्तँ

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र एमाले स्थायी समिति सदस्य केपी ओलीबीच आज गोप्य छलफल भएको छ । आज राजधानीको नया“ बानेश्वरमा रहेको होटल एभरेष्टमा भएको गोप्य भेटवारे दुवै नेताले सञ्चारकर्मीलाई प्रतिक्रिया दिन भने मानेनन् । 

स्रोतका अनुसार भेटवार्ता १९ गतेबाट सुरु हुने प्रधानमन्त्री चुनावको रणनीतिका विषयमा केन्द्रित रहेको थियो । नेता देउवाले आगामी चुनावमा प्रधानमन्त्रीको रुपमा आफूलाई सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए । अघिल्लो चरणको चुनावमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल १६ पटकसम्म पराजित भएकाले पार्टीभित्र उनको विकल्पको खोजी भइरहेको भन्दै देउवाले आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियोे । माओवादीको एकपक्षले समेत आफूलाई सहयोग गर्ने बचन दिएको दावी गर्दै देउवाले एमालेले सहयोग गरे सहमतीय सरकार बन्न सक्ने धारणा राखेका थिए । 

जवाफमा ओलीले पौडेलले यसअघि व्यवस्थापिका संसदमा विश्वासको मत लिन नसकेकाले विकल्प खोजिनु सकारात्मक भएको भन्दै पहिले कांग्रेस भित्रबाट सहमति जुटाउन आग्रह गर्नुभएको थियो । कांग्रेसले आफ्नो उम्मेदवारको रुपमा देउवालाई अगाड सारे सहयोग गर्न सक्ने आश्वासन ओलीले दिएको स्रोतले बतायो । कांग्रेसभित्र पौडेको विकल्पमा देउवालाई अगाडि सार्नुपर्ने आवाज उठाइरहेका देउवाले ओलीस“ग गरेको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

सभामुख नेम्वाङ

सभामुख सुवास चन्द्र नेम्वाङले राजनीतिक गतिरोधले संविधान निर्माणमा वाधा पु–याउन सक्ने चेतावनी दिनुभएको छ । सुनसरीस्थित धरान नगरपालिकाको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै सभामुख नेम्बाङले राजनीतिक दलहरूवीच सहमति नभएमा संविधान र सरकार दुवै अनिश्चीत हुने बताउनु भयो । 

सभामुख नेम्वाङले संविधान सभामा विवादीत २ सय १० बुदा मध्ये १ सय ५० बुदामा सहमति भएको दृष्टान्तले अन्य विवादमा समेत सहमति हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकता, भाषा, राष्ट्रिय झण्डा जस्ता विषयमा सहमति जुटनुले अन्य विष्यमा पनि सहमति हुने सन्देस दिएको उल्लेख गर्दै सभामुख नेम्वाङले विभिन्न विषयगत समितिहरूले संवैधानिक समितिमा वुझाएको प्रतिवेदनपछि संविधान सभाले थप उपलव्धी हासिल गरेको उहाको भनाई थियो । 

यस्तै अर्को एक कार्याक्रममा सभामुख नेम्वाङले दलहरुलाई सहमतीमा ल्याउन ब्यापक जनदवाव दिनुपर्नै बताउनुभएको छ । पोखरामा आज आयोजित कार्यक्रममा सभाध्यक्ष नेम्वाङले जनआन्दोलनमा झै अब पनि जनताले दवाव सिर्जना गर्नुपर्नै धारणा राख्नुभयो । निरङकुशता विरुद्ध एक भएर लडेजस्तै अब पनि राष्ट्रिय सहमतीका लागि निरन्तर जनदवाव दिन उहाँले आग्रह गर्नुभयो । देश अप्ठेरो र चुनौतीपूर्ण स्थिीमा रहेको उल्लेख गर्दै उहाँले दलहरुको आपसी विवादले नै शान्ति र लोकतन्त्रलाई संस्थागत गर्न नसकिएको आरोप लगाउनुभयो ।

No comments: