Monday, March 14, 2011

फागुन ३० गते २०६७

संवैधानिक अदालत गठन हुदाँ, सवोचच्च कमजोर हुन्छ ः प्रधानान्याधिस

काठमाडौँ, ३० फागुन । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले संवैधानिक अदालत र सर्बोच्च अदालत दुबै प्रणालीमा एकैसाथ जा“दा सर्वसाधारणले समयमै न्याय पाउन नसक्ने बताउनुभएको छ ।
Chief Justic of Nepal Ram Prasad Shrestha
पाकिस्तानको ७ दिने भ्रमण सकेर फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संवैधानिक अदालत र सर्वोच्च अदालत दुबै एकैपटक सञ्चालन हु“दा समयमै न्याय पाउने सम्भावना नहुने बताउनुभएको हो । न्यायाधीश श्रेष्ठ पाकिस्तान भ्रमणमा भएकाबेला मुख्य राजनीतिक दलहरुले प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक अदालत निमार्ण गर्ने सहमति गरेका थिए । प्रधानन्याधिश श्रेष्ठले संवैधानिक अदालतले गर्दा सवोच्च अदालत कमजोर हुने सम्भावना समेत औल्लाउनुभयो ।

पाकिस्तानी सर्वोच्च अदालतका प्रधानन्यायाधीश इक्तिकर मुहमद चौधरीको निमन्त्रणामा पाकिस्तान जानुभएका श्रेष्ठले त्यहा“को न्याय प्रणाली अबलोकन गरेको बताउनुभयो । उहाले कुनै पनि मुलुकमा प्रधानन्यायाधिश बलियो भए तानाशाहालाई पनि घुंडा टेकाउन सकिने पाठ पाकिस्तानबाट सिक्नु पर्ने बताउनुभयो ।

कुनै पनि मुलुकको सर्वोच्च अदालत आत्मनिर्भर भए त्यो देशमा लोकतन्त्र बलियो हुने प्रधानन्यायाधिश श्रेष्ठको तर्क थियो । उहा“ले नेपालमा पाकिस्तान र भारतमा जस्तै अर्थव्यवस्थाले धान्न मिल्ने युनिटरी जुडिसेरी कायम गर्नुपर्ने बताउनुभयो ।

केन्द्रीय कारागारमा भँएको गोली काण्डको छानविन गर्न सरकारद्धारा समिती गठन
 
काठमाडौँ, ३० फागुन । केन्द्रीय कारागारमा थुनुवामाथी भएको गोली प्रहार भएको घटनाको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद आज बसेको बैठकले सर्वोच्चका पूर्व न्यायाधिश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा तीन सदस्य उच्चस्तरीय जांचबुझ आयोग गठन गरेको हो । आयोगमा नायम महान्यायाधिवक्ता प्रेमराज कार्की र डीआईजी कुबेरसिंह राना सदस्य रहनु भएको छ ।  आयोगलाई नेशनल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीमाथी केन्द्रीय कारागार भित्र भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको सिफारिस गर्न एक महिनाको समय अवधि तोकिएको छ ।

त्यस्तै सरकारले जापानमा शुक्रबार गएको भुकम्प र त्यसपछि आएको सुनामीले पु¥याएको भौतिक र मानवीय क्षतिप्रति सहानुभूति समेत प्रकट गरेको छ । साथै, भुकम्प र सुनामी पीडितको उद्दारका लागि १५ जनाको उद्दार टोली जापान पठाउने मन्त्रिपरिषदले निर्णय गरेको छ । भावानात्मकरुपमा संगै रहेको दर्शाउन सांकेतिक रुपमा उद्दार टोली पठाउन लागिएको बैठकपछि सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो । उद्दार टोलीमा नेपाली सेनाका १०, नेपाल प्रहरीका ३ र सशस्त्रका २ जना गरी १५ जनाको टोली ५ थान कम्बलसहित सामेल हुनेछ । प्रधानमन्त्री झलनाथ खनालले आज जापानी दुतावास पुगेर नेपालस्थित राजदुत तात्सुओ मिजुनोसंग भेट गर्नुभएको थियो । प्रधानमन्त्री खनालले मित्रराष्ट्र जापानमा भएको भुकम्प र सुनामीपछिको दुःखद घडीमा सहानुभूति प्रकट गर्दै उद्दार कार्य सफलताको कामना गर्नुभएको थियो ।

मओवादीद्वारा उच्चस्तरिय राजनीतिक संयन्त्र गठनको प्रस्तावः

काठमांडौ, ३० फागुन । एकीकृत माओवादीले सरकारको प्रभावकारी संचालाकालागि उच्चस्तरिय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गरेको छ । माओबादी आज बसेको पादाधिकारीको बैठकले सरकार संचालनकालागि सरकारमा सम्मिलीत दलका नेताहरु सहभागि संयन्त्र गठनका लागी प्रस्ताव गर्ने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । बैठकपछि प्रकाशले प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सात वुँदे सहमती अनुसार नै संयन्त्र गठन गर्न प्रस्ताव गरिएको बताउनुभयो । सात बुदेँ सहमितमा सरकार गठनका लागी संयन्त्र निमार्ण गर्ने उल्लेख रहेको छ । 

त्यस्तै माओवादीले मन्त्रिपरिषद विस्तारका लागि कुनै ढिलाई नगरि प्रधानमन्त्रीसँग अविलम्ब  छलफल गर्नेे निर्णण गरेको छ । माओवादीले पुरक बजेट ल्याउने बारेमा सरकारमा सहभागि पार्टीका मन्त्रि र आफु निकट अर्थविदहरुसँग समेत आजै परामर्श गरेको छ । परार्मशमा अर्थविदहरुले मन्त्रिपरिषदलाई छिटो विस्तार गरि सरकारमा सहभागि हुने दलहरुको सुझावका आधारमा पुरक वजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।

यसैबिच माओवादीले नयाँ गठित स्वयम् सेवक दस्तालाई भोली सार्वजनिक गर्ने भएको छ । माओावदीले दस्तालाइ जनताको सेवा तथा विकास निर्माणमा खटाउने बताउँदै आएको छ ।

संवैधानिक उपसमितिको म्याद सकियो, ४० बुँदामा सहमतिः

काठमाडौँ, ३० फागुन । सवंैधानिक समिति अन्तरगतको विवाद समाधान उपसमितिले नयाँ संविधानका मिल्न बाकी करिव ४० विषयमा सहमती जुटाएको छ । सहमति जुटन बाकी रहेका ७५ विबादमा सहमतिगर्न गत १३ गते वनेको उपसमितिले करिव ४० विषयमा सहमती जुटाएको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । संविधानसभा सचिवालय सिंंहदरवारमा विहान वसेको वैठकले सहमति भएका बिषय समेटेर प्रतिवेदन तयार गरेको छ ।

भोली विहान बस्ने बैठकमा उपसमितिको प्रतिवेदन पेश गरिने उहाँले बताउनुभयो ।  उपसमितिले व्यवस्थापकिय स्वरुप र न्याय प्रणाली लगायतका बिषयमा सहमति गरेको छ । संविधानको अन्तिम व्याख्यागर्न सर्वोच्च अदालतका प्रधान न्यायाधीशको संयोजकत्वमा संवैधानीक अदालत गठन गर्ने उपसमितिले सहमति गरेको छ । त्यसैगरि नयाँ संविधानमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी व्यवस्थापिका संसद दुई सदनात्मक राख्ने सहमति गरेको छ ।

उपसमितिको वैठकले समयाभावको कारण सवै विषयमा टुंगो लगाउन नसकेपनि संविधान निर्धारित समयमा वन्ने आधार वलियो वन्दै गएको समितिका सदस्य तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वताउनुभयो । वैठकमा शान्ति र संविधान निर्माण प्रकृयालाई सँगै अगाडि वढाउने सहमती भएको उहाँले वताउनुभयो । आज म्याद सकिदै गरेको उपसमितिको वैठक १५ दिनमा ९ दीन मात्र वसेका थिए । 

दलहरु मिले मात्र देश विकास हुन्छ ः प्रधानमन्त्री

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री झलनाथ खनालले आर्थिक क्रान्तिका लागि राजनीतिक दलहरु एकजुट भएमात्र राष्ट्रले प्रगति गर्ने बताउनुभएको छ ।

ललितपुरको जिल्ला परिषद् उद्घाटन गर्दै प्रधानमन्त्री खनालले आर्थिक क्रान्तिले मात्र राष्ट्र अगाडी बढ्ने बताउनुभयो । प्रधानमन्त्री खनालले शान्तिप्रक्रिया र संविधान निर्माणका चुनौती सामना गर्दै आर्थिक क्रान्तिका लागि दलहरु एक हुनुपर्ने बताउनुभयो । उहा“ले राजनीतिक त्र्रmान्तिलाई सामाजिक तथा आर्थिक क्रान्तिमा रुपान्तरण गर्नुपर्नेबेला आएको बताउनुभयो । प्रधानमन्त्री खनालले तीन करोड नेपालीमा भएको उर्जालाई सदुपयोग गर्नसके राष्ट्र समृद्ध बन्ने बताउनुभयो ।

मुलुकको संक्रमणकाल अन्तिम चरणमा पुगेको भन्दै प्रधानमन्त्री खनालले द्वन्द्व व्यवस्थापनको कार्यभार पुरा गर्नुपर्ने बताउनुभयो । ललितपुरको २०औं जिल्ला परिषद्ले आर्थिक बर्ष २०६८÷०६९ का लागि करीब तीन अर्ब ९० करोड रुपैंयाको बजेट तथा कार्यक्रम पेश गरेको छ ।

बन्दीहरुको अपराधिक घटना नियन्त्रणको रणनीति बनाउन निर्देशनः

काठमाण्डौ, फागुन ३० । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले कारागारमा रहेका बन्दीहरुले गर्ने आपराधिक घटना नियन्त्रण गर्न रणनीति र कार्ययोजना तर्जुमा गर्न सरकरालाई निर्देशन दिएको छ । कारागारभीत्र रहेका कैदीको नेतृत्वमा नै कारागार बाहिर आपराधिक गतिविधी बढेको भन्दै समितिले १५ दिनभित्र सुरक्षा रणनीति पेश गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो । समिति हिजो र आज बसको बैठकले मुलुकका शान्ति सुरक्षाको अवस्थाप्रति नागरिकलाई आस्वस्त तुल्याउन सरकारको ध्यानाकर्षण गरेको छ ।
कारागारमा रहेका बन्दी र तिनलाई भेट्न आउने व्यक्तीको निगरानी राख्न सरकारलाई निर्देशन दिने निर्णय भएको समिति सभापति रामनाथ ढकालले जानकारी दिनुभयो । समितिले कारागारमा खानतलासी गर्न आवश्यक सम्पूर्ण प्रकृयाहरु पुरा गर्न र सम्पूर्ण सामाग्रीहरु उपलब्ध गराउन निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरुले प्रहरी प्रशासनको लापरवाहिका कारण केन्द्रीय कारागारमा रहेका सञ्चार उद्यमी युनुस अन्सारीमाथी आक्रमण भएको भन्दै तीब्र आलोचना गरेका थिए । समिति सभापति ढकालले आगामी दिनमापनि यस्तै गैर जिम्मेवारी प्रर्दशन भए समिति कडा रुपमा प्रस्तुत हुने चेतावनि दिनुभयो ।

सभासद रिजवान अन्सारीले प्रहरी प्रसाशन भीत्र रहेको दण्डहिनताका कारण अपराध नियन्त्रण गर्न प्रहरी असफल भएको बताउनुभयो । इमान्दार जवानले अबसर नपाएका कारण अधिकाशं प्रहरीको मनोवल खस्किएको उहाँले उल्लेख गर्नुयो । बैठकमा गृह सचिव गोविन्द कुशुमले सुरक्षा निकाय र कर्मचारीस“ग समन्वय गरेर आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । यस्तै प्रहरी प्रमुख रमेशचन्द्र ठकुरीले आपराधिक घटना नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताउनुभयो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धिको सभासदहरुद्धारा सरकारको आलेचना

काठमाडौँ, ३० फागुन । सभासद्हरुले मापदण्ड विना पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका संसद्को अज बसेको बैठकको शुरुमै विशेष समय लिएर एकीकृत माओवादीका रामबहादुर थापाले सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर जनता मारमा परेको बताउनुभयो । उहाँले आयल निगमले घाटा देखाएर पटक पटक मुल्य वृद्धि गर्दै कर्मचरीलाई बोनस खुवाएको भन्दै आपत्ति प्रकट गर्नुभयो । सभासद् थापाले निगमले बेला बेलामा मुल्य बढाउने बहानामा कृतृम अभावको सिर्जना गरेको भन्दै तत्काल छानवीन गर्न सभामुखमार्फत सरकारको ध्यानकर्षण गराउनुभयो ।

नेपाली काँग्रेसकी कमला पन्तले वैज्ञानिक आधारबिना नै पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको बताउनुभयो । उहाले सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर निगमका कर्मचारीलाई बोनस खुवाएको आरोप लगाउनुभयो । उहा“ले निगमले कर्मचरीलाई बोनस पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेर आयल निगमका कर्मचारीलाई बोनस खुवाउन मुल्य वृद्धि गरेपनि सरकारले कुनै वास्ता नगरेको सभासद् पन्तको आरोप थियो ।

नेकपा एमालेका विष्णु रिमालले मजदुरको जायज मागलाई व्यवसायीले सम्बोधन नगरेको टिप्प्णी गर्नुभयो । उहा“ले मजदुरका मागको उचित समाधान गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । पटक पटक भएको मुल्य वृद्धिका कारण मजदुर मारमा परेको भन्दै सभासद् रिमालले मजदुरको ज्यालामा समेत पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।

उर्जा संकट समाधानकालागि महसुल बृद्धि जरुरीः
काठमाडौँ, ३० फागुन । अर्थ र उर्जा मन्त्रालयका अधिारीहरुले विद्यमान उर्जा संकट समाधानकालागि तत्काल विद्युत महसुल बृद्धि गर्नुपर्ने बताएका छन । साथै उनिहरुले अन्तरदेशीय प्रसारण लाइन विस्तार वा कोइलावाट संचालन हुने थर्मल अल्पकालिन विकल्प हुने बताए । व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिवहरले विद्युत प्राधिकरणलाइ टाट पल्टिनबाट बचाउन पनि विद्युत महसुल बृद्धि अपरिहाचइ रहेको बताएका हुन ।

अर्थसचिव रामेश्वर खनालले विद्युत महसुल बृद्धि नहुनु यतिवेलाको मुख्य समस्या रहेको बताउनुभयो । चुआवट नियन्त्रणपछि महसुल बृद्धि असंभव रहेको दावीगर्दै उहाँले प्राधिकरणलाइ बचाउन पनि महसुल बृद्धिको विकल्प नभएको बताउनभयो । प्राधिकरणको कमजोर आर्थिक अबस्थाका कारण मस्र्याडदी जलविद्युत आयोजना मर्मत गर्न नसकिएको स्मरणगर्दै उहाँले अन्य आयोजनाको ममर्मत गर्नपनि प्राधिकरणलाइ आर्थिक रुपमा पुनरुत्थान गर्नुपर्ने बताउनुभयो । प्राधिकरणको विद्यमान संरचनावाट उर्जा संकट समाधान गर्न असंभव रहेको भन्दै उहाँले प्राधिकरणको पुर्नसंरचना जरुरी रहेको बताउनुभयो ।

उर्जा सचिव सितलवाबु रेग्मीले क्रश बोर्डर प्रसारण लाइन निर्माण गरेर भारतवाट विद्युत आयात गर्नु वा कोइलावाट चल्ने थर्मल जोडनु लोडसेडिड् अन्यको विकल्प हुने बताउनुभयो । यसकालागि राजनीतिक रुपमा सहमति जरुरी हुने उहाँको भनाइ थियो । सचिव रेग्मीले बजारको विश्लेषण गरेर अन्य क्षेत्रमा जस्तै विद्युतको महसुल बृद्धि गर्नुपर्ने बताउनुभयो । विद्युत महसुल निर्धारण आयोगका अध्यक्ष महेन्द्र नारायण अर्यालले महसुल बृद्धिकालागि प्राधिकरणले कुनै पहल नगरेको बताउनुभयो । प्राधिकरणवाट चुहावट नियन्त्रणकालागि चित्तबुझ्दो कार्ययोजना आए विद्युत महसुल बृद्धिगर्न आयोग तयार रहेको बताउनुभयो ।

अर्यालले विद्युत संटक कमगर्न नेपालसंग जोडिएका जोगवनी र रक्सौललमा एकएक सय मेगावाटका थर्मल जोडन उपयुक्त हुने सुझाव दिनुभयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक जीवेन्द्र झाले राजनीतिक तवरमा सहमति गरेर कोइलावाट संचालन गर्ने दुइसय मेगावाटका थर्मल जेडन सके लोडसेडिड कमगर्न सकिने बताउनुभयो । समितिले राजनीतिक दलका नेताहरु र प्रधानमन्त्रीसंग छलफल गरेपनि विद्युत विकासकालागि समष्टि निर्देशन दिने अनुगमन उपसमितिका संयोजक चन्द्रदेव जोशीले जानकारी दिनभष्यो । 

सद्भावना नेतृ आनन्दीदेवी सिंहको निधन

काठमाडौं, ३० फागुन । सदभावना पार्टीकी नेतृ आनन्दीदेवी सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । लामो समय अघिदेखि विभिन्न रोगबाट पिडीत सिंहको सप्तरीको राजविराजस्थित निजी आश्रम सप्तरी सेवा आश्रममा आज दिउँसो पौने १ बजे निधन भएको हो । सद्भावना पार्टीका संस्थापक नेता स्वर्गीय गजेन्द«नारायण सिंहकी धर्मपत्नी आन्दीदेवीले २०६२–०६३ को जनआन्दोलनमा सदभावना पार्टीको तर्फबाट नेतृत्व समेत गर्नुभएको थियो ।

वृद्धा अवस्थामा रहनु भएका स्वर्गीय सिंहलाई सद्भावना पार्टीका विभिन्न गुठहरुले आफ्नो पार्टीको नेतृत्व दावी गर्दै आएपनि उहाँको स्वास्थ्य उपचारमा भने खासै चासो दिन सकेको थिएन । पछिल्लो समयमा भतिज जसवन्त सिंहसंग बस्दै आउनु भएको आनन्दीदेवीलाई भतिजले बाहिरका कसैसंग पनि भेट गर्न नदिने गरेको थियो ।

मधेशवादी दलका नेताहरुले भतिज जसवन्तले स्वर्गीय सिंह दम्पत्तिको झण्डै एक करोड बढीको सम्पत्तिको लोभमा बुढेस्कालमा कब्जामा लिएको भन्दै सत्परी सेवा आश्राममा रहेको क्रान्ति भवन, स्वर्गीय गजेन्द्र नारायण सिंहको स्मारक आदिको संरक्षणको व्यवस्था गरिनु पर्ने बताएका छन् ।

अन्तराष्ट्रिय समाचार
जापानी तेश्रो आणविक रियाक्टर विष्फोट

३० फागुन, काठमाडौं । जापानको फुकुसीमामा रहेको आणविक भट्टीको दोश्रो रियाक्टरमा पनि विष्फोट भएको छ । रियाक्टरलाइ चिस्याउन गरिएको सम्पूर्ण प्रयास खेर गएपछि रियाक्टर विष्फोट भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । विष्फोटका कारण ११ जना घाइते भएको बताइएको छ । रियाक्टरलाइ चिस्याउनका लागी पानि तान्ने प्रयोजनका लागी प्रयोग गरिएको जेनेरेटर विष्फोट भएप्छि रियाक्टर पड्किएकोे एनएचकेले उल्लेख गरेको छ । यसअघि गत शुक्रबार फुकुसिमाको पहिलो रियाक्टर विष्फोट भएको थियो । शुक्रबारै गएको शताब्दिै ठुलो भुकम्प र त्यसपश्चात आएको सुनामीका कारण फुकुसिमा स्थीत आणविक प्रशोधन केन्द्रमा आगलागी भएको थियो ।

यसैबिच फुकुसिमाको तेश्रो रियाक्टरमा समेत चिस्यान प्रविधिमा गडबडि उत्पन्न भएको जापानी सरकारी अधिकारीहरुले जनाएका छन् । विष्फोट भएका दुबै रियाक्टरमा त्यसअघि पनि तेश्रो रिायक्टरमा जस्तै समस्या उत्पन्न भएको थियो । जापानमा गएका भुकम्प तथा त्यसपछि आएको भुकम्पका कारण अहिले सम्म १९०० जनाको मृत्यु भइसेको अधिकारीहरुले जनाएका छन् । यद्यपि अझै कयाँै हराइरहेकाले मृत्यु हुनेको संख्यामा वृद्धि हुन सक्ने बताइएको छ ।

खेल समाचार
विश्वकप क्रिकेट प्रतियोगिता
 
जारी १० औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता अन्तरग केहिबेर अघि सम्पन्न खेलमा पाकिस्तानले जिम्बाबेलाइ ७ विकेटले पराजित गरेको छ । जिम्बाबेद्धारा प्रस्तुत १५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३४ ओभर १ बलमा मा मात्र ३ विकेट गुमाएर सो लक्ष्य भेट्टाएको हो । जित सँगै पाकिस्तान क्वाटरफाइनलमा निश्चित बनेको छ ।  पाकिस्तानलाइ विजयी बनाउन असद साफिकले नटआउट ७८रन बनाएका थिए । त्यस्तै पाकिस्तानी इनिङ उकास्न मुहम्मदा हाफिजले ४९, तथा युनिस खानले १३ रनको योगदान गरेको थिए । पाकिस्तानका साहिद अफ्रिदि ३, अहेमद साजेद ८ रन बनाएर आउट भएका थिए । जिम्बाबेका रे प्राइसले २ विकेट लिएका थिए ।
बर्षाका कारणले पटक पटक प्रभावित बनेको खेललाइ डक वर्थ लुइसका आधारमा ३८ ओभरमा घटाइएको थियो । खेलका दौरान दुइ पटक बर्षा हुदाँ  झण्डै २ घण्टा खेल अवरुद्ध समेत बनेको थियो ।

त्यसअद्धि टस जितेर ब्याटिङ गरेको जिम्बाबेले ३९ ओभर ४ बल खेल्दै ७ विकेट गुमाएर १५१ रनको योगफल तयार गरेको थियो । खराब प्रर्दशन गरेको जिम्बाबेका लागी क्यारिग इब्राइन ५२, तथा इल्टन चिगुम्बराले नट आउट ३२ रन बनाउनु बाहेक अन्यले खासै प्रर्दशन गर्न सकेनन् । जिम्बाबेका पाँच ब्याट्सम्यान २० रनको स्कोर नै नजोड्दै आउट भएका थिए । जिम्बाबेलाइ सस्तैमा समेट्न पाकिस्तानका उमर गुलले ३ विकेट लिएका थिए । 

यसैबिच प्रतियोगित अन्तरगत आजै भएको पहिलो खेलमा बंगलादेशले नेदरल्याण्डलाइ ६ विकेटले पराजित गरेको थियो ।  नेदरल्याण्डले प्रस्तुत गरेको १६१ रनको लक्ष्य बंलादेशले ४१ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर भेट्टाएको थियो । जित सँगै बंलादेशको क्वाटरफाइनल प्रवेश समेत लगभग निश्चित बनको छ । विजयी बंगलादेशका लागी इमरुल कायसले नट आउट रहँदै ७३ रनको योगदान गरेका थिए । बंगादेशलाइ जित सम्म डो¥याउन  साहिरिर नाफिजले ३७ तथा जुनिद सिद्धिकीले ३५ रन बनाएका थिए । नेदरल्याण्डका टम कपुरले बंगलादेशको २ विकेट लिएका थिए ।

त्यसअघि बंगलादेशको चटगाँउ रंगशालामा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले ४६ ओभर २ बल ब्याटिङ गर्दै सबै विकेट गुमाएर १६० रनको योगफल तयार गरेको थियो । नेदरल्याण्डका लागी रायन टेन डोसहेटले नटआउट ५३ रन बनाउनु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । नेदरल्याण्डका तिन ब्याटस्म्यान डक आउट भएका थिए भने तिन जना दोहोरो अंक नै नजोडि पेभिलियन फर्किएका थिए । नेदरल्याण्डलाइ सस्तैमा समेट्न बंलादेशका अब्दुल रजाकले ३ विकेट लिएका थिए ।

No comments: