Sunday, March 13, 2011

फागुन २९ गते २०६७

प्रधानमन्त्रीद्वारा युनुश गोलीकाण्डवारे छानविन आयोग गठन गर्ने प्रतिबद्धताः
 
PM Jhala Nath Khanal
प्रधानमन्त्री झलनाथ खनालले केन्द्रीय कारागारमा संचार उद्यमी युनुस अञ्सारीमाथी भएको घटनामा संलग्न अपराधि जुसुकैसँग जोडिएको भएपनि कार्वाही गर्ने बताउनु भएको छ । उहाँले देशको समग्र शान्ति सुरक्षा र केन्द्रीय कारागारमा भएको घटनाको बिषयको छाननिवका लागि सरकारले केहि दिनमै न्यायीक छानविन आयोग गठन गर्ने जानकारी गराउनु भयो । व्यबस्थापिका संसदको आज बसेको बैठकलाइ संवोधनगर्दै प्रधानमन्त्री खनालले संक्रमणकालिन राजनीतिको फाइदा उठाउदै कुत्सित मनोसाय राखेर केन्द्रीय कारागारमा घटना घटाइएको बताउनु भएको हो । 

प्रधानमन्त्री खनालले घटनाको समबन्धमा अनुसन्धान जारी रहेकोले सत्य तथ्य समयम सार्वजानिक गरिने बताउनुभयो । आम जनतालाइ सुरक्षा दिने कुरा सरकारको पहिलो प्राथमिकता रहेको दावीगर्दै प्रधामनन्त्रीले केन्द्रीय कारागारमा एक संकास्पद व्यक्तीले थुनुवाको हत्या प्रयास गरेकोले सुरक्षाको गम्भीर पुनरनवलोकन गर्नुपर्ने अबस्थामा पुगेको बताउनु भयो । । 

प्रधानमन्त्रीले शान्ति सुरक्षा, पेट्रोलीयम पदार्थमा भएको मूल्यबृद्धि र लोडसेडिङ लगायतका बिषय समाधान गर्नै आश्वासन दिनुभयो । प्रधानमन्त्री खनालले सरकार गठन भएको छोटो समयमा शान्ति र संविधान निर्माणमा उल्लेख्य प्रगति भएको दावी गर्नुभयो । 

व्यबस्थापकिय कमजोरीका कारण कारागारमा गोली चल्योः सरकार

सरकारका जिम्मेवार सुरक्षा अधिकारीहरुले कारागारको व्यबस्थापनपक्ष कमजोर भएका कारण केन्द्रीय कारागार भीत्रै गोली प्रहारको घटना भएको बताएका छन । व्यबस्थापिका संसदको राज्यव्यबस्था समितिको बैठकमा गृहसचिव गोविन्द कुशुमले कारागारको व्यबस्थापन पक्ष कमजोर भएकोले यस्तो घटना घटन पुगेको बताउनु भएको हो । उहाँले यस घटनालाइ उदाहरणको रुपमा लिएर आगामी कदम चाल्ने बताउनु भयो । उहााले देशका अधिकाशं कारागार जिर्ण अबस्थामा पुगेकोले सुरक्षा चुनौति बढेको बताउनुभयो । 

प्रहरी प्रमुख रमेशचन्द्र ठकुरीले नेपालका कारागार अत्यन्त नाजुक अबस्थामा गुज्रीएकोले दुखद घटना भएको बताउनुभयोृ । उहाँले घटनाका सम्बन्धमा छानविन जारी रहेको र अनुसन्धानका क्रममा नयाँ नयाँ तथ्य आएका बताउनुभयो । 

उहाँले गोली प्रहारमा पक्राउ परेको व्यक्तीले प्रारम्भीक अध्ययन नेपालमै गरेको अनुसन्धानले देखाएको बताउनुभयो । बैठकमा सभासदहरुले भने सुरक्षा निकायको लापरबाहीका कारण यस्तो घटना भएको भन्दै आपत्ति जनाएका छन । सभासदहरुले अनुसन्धान विभाग अत्यन्त फितलो भएका कारण यस्ता घटनाको पूर्वानुमान गर्न नसकिनु आश्चर्यको बिषय भएको बताए । माओवादी प्रवक्ता दीनानाथ शर्माले  विदेशी नागरिक आएर नेपाली नागरिकमाथी आक्रमण हुने अबस्था राष्टिय स्वाधिनता विपरित भएको भन्दै यसले राष्टको शिर झुकेको बताउनुभयो । प्रहरीलाइ आबस्यक स्रोत साधन उपलव्ध गराउन सरकारले व्यबस्था गर्नुपर्ने बताउनुभयो । देशको शान्ति सुरक्षा नाजुक भएकोले नागरिक बाच्नु भगवान भरोसाको बिषय भएको टिप्पणी गर्नुभयो ।
 
एमालेका प्रदीप ज्ञवालीले केन्द्रीय कारागारमा भएको घटना राष्टिय सुरक्षा माथीको प्रहार र सुरक्षा निकायमाथी लागेको कलंक भएको बताउनुभयो । कारागारहरु अपराधिहरुको अखडा बन्ने गरेकोले यस घटनालाइ गम्भीरता पूर्वक रुपमा लिनुपर्ने बताउनुभयो । नेपाल अपराधि र भुमिगत गिरोहको क्रिडा स्थल बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राष्टिय जनमोचाका चित्रबहादुर केसीले केन्द्रीय कारागार भीत्र गोली चन्ले अबस्था आउनुले मुलुक कहाँवाट संचालन भएको छ भन्ने प्रश्न जन्मिएको टिप्पणी गर्नुभयो । उहााले देशमा बढेको अपराधको जड कारण राजनीतिक भएको भन्दै यसको जिम्मा सत्तामा बस्नेले लिनुपर्ने बताउनुभयो । राज्य व्यबस्था समितिको बैठक भोली दिउसो पुनः बस्नेछ ।

पेट्रोल र हवाई ईन्धनमा मुल्य बृद्धि

नेपाल आयल निगमले आजबाट लागु हुने गरी पेट्रोलियम पदार्थको पुन मुल्य बृद्धि गरेको छ । पुरानै कारण दर्शाउँदै निगमले पेट्रोलमा प्रति लिटर ९ तथा हवाई ईन्धनमा १० रुपैयांले मुल्य बृद्धि गरेको हो । अन्तराष्ट्रिय वजारमा भएको मुल्य बृद्धिका कारण पेट्रोल र हवाई ईन्धनको मुल्य बृद्धि गर्नु परेको निगमले जनाएको छ । निगमले खाना पकाउने एल पी ग्यांस, मट्टीतेल र डिजेलको मुल्य भने बृद्धि गरेको छैन् । मुल्य बृद्धि पछि पेट्रोलको मुल्य ९७ रुपैंया प्रतिलिटर कायम भएको छ । निगमले मुल्य बृद्धि पछि पनि पेट्रोलमा अझै ९ पैसा र डिजेलमा  प्रतिलिटर १४ रुपैया २७ पैसाले घाटा रहेको जनाएको छ ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको राजनीतिक समस्यासंगै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आकासिंदै गएको कारण नेपालमा पनि पेटोललिय पदार्थको मुल्य वृद्धि गर्नुपरेको बताउनु भएको छ । ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री खनालले आयल निगमले धान्नै नसक्ने गरी पेट्रोलियम पदार्थको बिक्री वितरणमा घाटा चुलिएको समेत बताउनु भयो ।

खनालले भन्नुभयो ः एकातर्फ आम जनतालाई मूल्यवृद्धिको मारबाट जोगाउनुपर्ने र अर्कोतर्फ महङ्गोमा इन्धन खरीद गरेर सस्तोमा बेच्नुपर्ने बिडम्बनाबाट हामी गुज्रिनुपरेको छ । यस अवस्थामा चुहावट नियन्त्रण र व्यवस्थापकीय सुधारसंगै मूल्य समायोजनको विकल्प हामीसँग छैन । 

प्रधानमन्त्री खनालले आम उपभोक्ताको हितलाई ध्यानमा राखी नेपाल आयल निगमको विषयमा छानबिन गर्न र सुधार गर्न संसदीय छानबिन समिति गठन गर्न व्यवस्थापिका संसदलाइ आग्रह गर्नुभयो । खनालले मध्यपूवी एसियामा देखिएको समस्याले रोजगारीका अवसर गुमाएको युवा शक्तिको लागि मुलुकमै कामका अवसरको सिर्जना गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो ः उनीहरुले भिœयाइरहेको विप्रेषण घट्दा अर्थतन्त्रले बेहोर्नुपर्ने चुनौति पनि हाम्रो सामु संवेदनशील रहेकोछ ।

सम्बोधनमा प्रधानमन्त्री खनालले उर्जा संकटको स्थितिबाट पार पाउन सरकारले गम्भीर रुपमा गृहकार्यको थालनी गरेको समेत उल्लेख गर्नुभयो । उहाँले सरकारले छिट्टै तत्कालील, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्य अघि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । खनालले भन्नुभयो ः सुख्खायाममा अहिले भोगिरहेको लोडसेडिङ्गको समय न्यून हुने गरी सरकारले काम गरिरहेको छ, म  विश्वास दिलाउन चाहन्छु ।

व्यवस्थापिका संसदमा सरकारको बारेमा उठेका जिज्ञासालाई सम्बोधन गर्न मन्त्रालयहरूको कामकारवाहीकाबारे सम्बन्धित मन्त्रीहरूले नियमितरुपमा जानकारी गराउने व्यवस्था नेपाल सरकार, मन्त्रिपरिषद्ले मिलाएको व्यहोरा सम्माननीय सभामुखज्यूमार्फत् माननीय सभासद्ज्यूहरूलाई अनुरोध गर्दछु ।

खनालले देश संक्रमणको संवेदनशील घडीमा रहेको उल्लेख गर्दै अस्थिरता आउने कुनै पनि कार्यबाट टाढा रहन र कर्तव्यनिष्ठ एवं उच्च मनोबलका साथ कार्य गर्न निजामति र सुरक्षा अंगका राष्ट्रसेवकहरूलाई निर्देशन समेत दिनुभयो ।
 
संविधानको नाममा मोटामोटि सहमतिः

सवंैधानिक समिति अन्तरगतको विवाद समाधान उपसमितिले नयाँ संविधानको नाम नेपालको संविधान राख्नेमा मोटामोटि सहमति गरेको छ । संविधानको नाम विशेषण रहित संक्षिप्त राख्नेवारे सहमति नजिक पुगिएको उपसमिति सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यद्यपी एककिृत माओवादीले भने संविधानको नाम संघीय गणतन्त्र नेपालको संविधान राख्नुपर्ने अडान राख्दै आएको छ ।  संविधानको नाममा विशेषण राख्न जरुरी नभएकोले संविधानको नाममा उहमति जुटने कर्णले बताउनुभयो । 

संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकमा संविधानको नाम र मौलिक कर्तव्यका बिषयमा छलफल भएपनि संयोजक उपस्थित नभएका ठोस निर्णय गर्न नसकिएको कर्णले बताउनुभयो । बैठकमा १८ बर्ष पुगेका नागरिकलाइ अनिवार्य सैनिक तालिम दिने प्रस्तावमा छलफल भएपनि कुने सहमति जुटन नसकेको कार्यदलका सहयोगि सदस्य खिमलाल देवकोटाले जानकारी दिनुभयो । 

उपसमितिका पछिल्ला बैठकमा संयोजक एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुनुभएको छैन । उपसमिति सदस्य माधवकुमार नेपालको संयोजकत्वमा बसेको बैठकमा संविधानको नाम, नागरिकको मैलिक कर्तव्य र नेपाली सेना लगायतका बिषयमा टुंगो लाग्न बाकी प्रश्नहरु समाधान गर्नकालागि छलफल सुरु भएको र बैठक भोली पुनः बस्ने समिति सचिव टेकप्रसाद ढुगांनाले जानकार िदिनुभयो । 

यसैबीच नयाँ संविधानमा मिल्न नसकेका ७५ विबाद निरुपण गर्ने जिम्मेवारी पाएको उपसमितिको म्याद भोली सकिदैछ । उपसमितिका आठवटा बैठक बसेर ३८ वुबादमा सहमति गरेपनि शासकीय स्वरुप, निर्वाचन प्रणाली लगायत ३७ विषयमा सहमति जुटन सकेको छैन । उपसमितिले गरेको काम संवैधानिक समितिमा पेश गरीने र आवस्यक ठाने समितिले उपसमितिको म्याद लम्बाउने उपसमिति सदस्य कर्णले बताउनुभयो ।

शान्ति सुरक्षाप्रति सरकार मुकदर्शकः सभासदहरु

व्यबस्थापिका संसदको विशेष समयमा समेत सभासद्हरुले मुलुकमा आपराधिक घटनाको सृङ्खला बढ्दा समेत मुकदर्शक भएको भन्दै सरकारको आलोचना गरेका छन् । नेपाली काँग्रेसका डाक्टर रामशरण महतले अपराधिहरु राजनीतिक संरक्षणमा रहेको भएपनि सरकारले वेवास्त गरेको आरोप लगाउनुभयो । उहाँले माओवादी कार्यकर्र्ताले हटौडाका कलकारखाना बन्द गर्दा सरकार मौन रहेको भन्दै विधीको शासनको उपेक्षा भएको टिप्पणी गर्नुभयो  लडाकु रहेका शिविर सरकारको मातहतमा रहनुपर्ने संविधानको व्यवस्था भएपनि माओवादी अझै हस्तान्तरण गर्न तयार नरहेको महतको आरोप थियो ।
महतले माओवादीले शान्ति प्रकृयामा प्रतिवद्धता जनएपनि व्यवहारमा उल्टो भएकोले माओवादी संविधान निर्माणमा प्रतिवद्ध नरहेको पुष्टि भएको दावी गर्नुभयो । नेकपा एमालका विजय पौडेलले बन्द र हड्ताल श्रमिकको अधिकार भएपनि शान्ति र संविधानमा बाधा गर्न नहुने धारणाा राख्नुभयो । उहाँले श्रमिकहरुले आफ्नो हक र अधिकारको बहानामा औधोगीक क्षेत्रलाई धरासायी बनाउन नहुने टिप्पणी गर्नुभयो । उहा“ले आर्थिक वर्षको बजेट राष्ट्रिय वा अन्तराष्ट्रिय समय अनुरुप नल्याएकाले विकास निर्माणमा प्रभाव परेकोभन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एकीकृत नेकपा माओवादीका शुरेश आले मगरले जापानका पीडितहरुलई नेपालले तत्काल सहगोग गर्न सरकारसग माग गर्नुभयो । उहा“ले अध्ययनका क्रममा जापानमा रहेका १२ जना नेपाली हराइरहेको भन्दै तत्काल उनीहरुको खोजी गर्न सरकारस“ग माग गर्नुभयो । उहा“ले जापानको भुकम्पबाट नेपालीले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका राजलाल यादवले केन्द्रीय कारागारमा केही दिनअघि भएको घटनामा मान्छे मार्ने उद्धेश्य भएकाले दोषीलाई फौजदारी अन्र्तगत मुद्धा चलाउन सरकारस“ग माग गर्नुभयो ।

संसदको आजको बैठकले विज्ञान तथा प्रविधि मन्त्रीको तर्फवाट शिक्षा मन्त्री गंगालाल तुलाधरले अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सीको विधान अनुमोदन गरियोस भनि राख्नुभएको प्रस्ताव पारित गरेको छ ।

माओवादी मन्त्रीहरुको जिम्मेवारी थप

तत्काल मन्त्रीमन्डल विस्तार गर्न नसकेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी बाट सरकारमा प्रतिनिधित्व गरेका चार मन्त्रीको जिम्मेवारी थप गर्नुभएको छ । प्रधानमन्त्री खनालले उपप्रधान एवं सन्चारमन्त्री कृष्णबहादुर महरालाई कानुन तथा न्याय,भूमिसुधार ब्यवस्था र स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको जिम्मेवारी थप गर्नुभएको छ । यस्तै शान्ति तथा पुर्ननिर्माण मन्त्री वर्षमान पुनलाई युवा तथा खेलकुद मन्त्रालयको थप कार्यभार तोकिएको छ भने भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी थप गरिएको छ । माओवादीबाट मन्त्री बनेका खड्गबहादुर विश्वकर्माले पर्यटन तथा नागरिक उड्ययनको सपथ लिएकामा महिला,बालबालिका तथा समाजकल्याण मन्त्रालयको पनि जिम्मेवारी दिईएको राष्ट्रपतीको कार्यलय शितलनिवासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्री खनालको आफ्नै पार्टी एमाले र सत्ता साझेदार माओवादी भित्रपनि मन्त्री बन्ने नेताहरुको नाममा विवाद भएपछि तत्काल मन्त्रीमन्डल विस्तार हुन नसक्दा अहिलेका मन्त्रीहरुलाई नै कार्यभार थप गरिएको प्रधानमन्त्री निकट स्रोतको भनाई छ । यी मन्त्रालयहरु मओवादीबाट थप ब्यक्तिहरु सरकारमा आएपछि उनीहरुलाई नै दिईने बालुवाटार स्रोतको भनाई छ ।

अन्तराष्टिय समाचार

जापानमा दोश्रो आणविक रियाक्टर पड्किने सम्भावना

जापानी प्रधानमन्त्री नाओटा कानले दोश्रो विश्वयुद्ध पश्चात पहिलो पटक जापानको अवस्था यति धेरै नाजुक भएको बताउनु भएको छ । राष्टिय टेलिभिजनलाइ सम्बोधन गर्दै कानले देशैभरी विद्य्त ठप्प हुन सक्ने समेत बताउनु भएको छ । कानले फुकुसिमा स्थीत आणविक केन्द्र चिहानमा परिणत भएको समेत उल्लेख गर्नु भएको छ । 
जापानमा अस्ती गएको भुकम्प पछि आगलागी भएको फुकुमासी स्थीत आणविक प्रशोधन केन्द्रको दोश्रो रियाक्टर बिष्फोट सम्भावना बढेको छ । यसअघि हिजो एउटा आणविक रियाक्टर बिष्फोट भएको थियो । यद्यपि जापानी मन्त्रीपरिषद्का सचिवले भने तत्काल विष्फोट हुने सम्भावना नकारेका छन् । भुकम्प पश्चात आगलागी भएको फुकुसिमा स्थीत रियाक्टरका आगलागी नियन्त्रणको प्रयास भएपनि अहिले सम्म नियन्त्रणमा आएको छैन । टेक्नीसियनहरुले रियाक्टर चिस्याउने प्रयास गरिरहको विविसीले उल्लेख गरेको छ ।

यसैबिच भुकम्प पश्चात आएको सुनामीमा परी मियागी शहरमा मर्नेको संख्या १० हजार प्ुग्ने सक्ने बताइएको छ । मियागीमा दुइ हजार जनाको मृत्यु भइसकेको छ । भुकम्पका कारण तिन लाख पचास हजार मानिस घाइते भएको जापानी समाचार संस्था एनएचकेले जनाएको छ । जापानमा भुकम्पका कारण फसेकाहरुको उद्यारका लागी एक लाख सैनिक चौबिसै घण्टा खटिरहेका छन् ।

खेल समाचार

विश्वकपमा आज अष्टे«लिया र  न्युजिल्याण्ड 

काठमांडौ, २९ फागुन । जारी १० औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता अन्तगत भर्खरै सम्पन्न खेलमा अष्टेलियाले केन्यालाइ ६० रनले पराजित गरेको छ । अष्टेलियाद्धारा प्रस्त्ुत ३२५ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर ब्याटिड गर्दै ६ विकेट गुमाएर २६४ रनमा समित भएपछि अष्टेलिया विजयी भएको हो । जितसँग अष्टेलियाको क्वाटरफाइनल प्रवेश लगभग निश्चीत भएको छ ।

त्यसअघि टस जितेर ब्याटिड गरेको डिफेन्डिङ च्याम्पियन अष्टे«लिया पुरै ओभर ब्याटिड गर्दै ६ विकेटको क्षतिमा ३२४ रनको विशाल योगफल तयार थियो । उसका लागी क्यामरुन ह्वााइटले ९३ तथा ब्राड हिडिङले ६५ रनको योगदान गरेका थिए । केन्याका लागी नेहामिह ओधिम्बोले ३ विकेट लिएका थिए ।

पराजित टोलि केन्याका लागी कोलिन्स ओबेयले नट आउट रहँदै ९८ तथा टेन्मे मिश्राले ७२ रन बनाएपनि जितका लागी परयाप्त बन्न सकेन । अष्टेलियाका लागी सन टेटले एक तथा बे्रट लि ले २ विकेट लिएका थिए ।

त्यसअघि आजै भएको पहिलो खेलमा न्युजिल्याण्डले क्यानडालाइ ९७ रनले पराजित गरेको छ । न्युजिल्याडद्धारा प्रस्तुत ३५९ रनको लक्ष्य पछ्याएको क्यानाडा पुरै ओभर ब्याटिड गर्दै ९ विकेट गुमाएर मात्र २६१ रनमा समित भएपछि न्युजिल्याण्ड विजयी बनेको हो । जित सँगै न्यूजिल्याण्डका क्वाटरफानल यात्रा समेत लगभग निश्चित भएको छ । क्यानाडाका लागि आसिस बगार्इैले ८४ तथा जिमी हन्साराले नटआउट रहँदै ७० रनको योगदान गरेपनि टिमलाइ हारबाट भने जोगाउन सकेनन् । क्यानाडालाइ २६१ रनमा समित गर्ने क्रममा न्युजिल्यायडका ज्याकोब आरोमले ३ तथा केडी मिल्सले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले जारी संस्करणको विश्वकप क्रिकेटको सर्वाधिक योगफल खडा गरेको थियो । उसले पुरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३५८ रनको विशाल योगफल खडा गरेको थियो । किविज टोलीलाई  उच्च योगफल सम्म पुराउन शतकीय पारी खेलेका ब्रैन्डन म्याकुलम १०१ तथा आक्रामक इनिङ खेलेका रोस टेलरले ४४ बलमा ७४ रन बनाएका थिए । ५ छक्का र ६ चौका प्रहार गरेका टेलरले बैदवानले फालेको ३८ औ ओभरमा २८ रन बटुलेका थिए । यस्तै जेम्स फ्रयाङकलिनले पनि एकै ओभरमा २८ रन बटुल्ने क्रममा केवल ८ बलमा ३४ रन बनाउका थिए । कमजोर बलिङ प्रदर्शन गरेको क्यानाडाका लागि हारभिर बैदवानले ३ तथा बालाजी रावले २ विकेट लिएका थिए ।

No comments: