Saturday, March 12, 2011

फागुन २८ गते २०६७

राष्ट्रियतको रक्षकोलागि प्रखर आन्दोलन जरुरी छ ः प्रधानमन्त्री खनाल

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियता कमजोर बनेको भन्दै राष्ट्रियताको रक्षाका लागि प्रखर आन्दोलन जरुरी रहेको बताउनुभएको छ । अर्को देशबाट आएर नेपाली नागरिकको हत्या हुने अवस्था सिर्जना भएको भन्दै प्रधानमन्त्री खनालले राष्ट्रियताको रक्षाका लागि गम्भिर बन्नुपर्ने अवस्था आएको बताउनुभयो । सर्वहारा कोष नेपालले राजधानीमा आज गरेको कार्यशाला गोष्ठिमा प्रधानमन्त्री खनालले नेशनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीमाथि भएको हत्या प्रयासबाट आफू गम्भिर बनेको समेत उल्लेख गर्नुभयो । प्रधानमन्त्री खनालले युनुस माथी आक्रमण सुरक्षा विहिनताको अवस्थाका कारण भएको समेत स्वीकार गर्नुभयो । खनालले केही समुहले संक्रमणकालको फाइदा उठाऊन खोजेकाले यस्ता घटना गराएको दावि समेत गर्नुभयो ।

नेपालमा कम्युनिष्ट दलहरुबीच नै लडाई र द्धन्द्ध हुने गरेका कारण कम्युनिष्टहरु सफल हुन नसेको भन्दै प्रधानमन्त्री खनालले बीचार र सिद्धान्त मिल्ने दलहरु एक भएर जान आवश्यक रहेको बताउनुभयो । मुलुकका सामु रहेको शान्ति र संविधानको लक्ष्य कम्युनिष्ट दलहरुको एकताबाट मात्र पूरा हुन नसक्ने भन्दै प्रधानमन्त्री खनालले सबै दलहरुलाई मिलएर लैजानुपर्ने धारणा राख्नुभयो । कम्युनिष्ट दलहरुको एकताबाट मुलुकले एउटा संक्रमणकालबाट पार पाएको भन्दै उहाँले आगामि दिनमा पनि कम्युनिष्ट शक्तिहरु एकजुट हुन जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन ध्वंशात्मक बहस नभइ रचनात्मक बहस आवश्यक रहेको बहस आवश्यक हरको भन्दै रचनात्मक बसहमा लाग्न दलहरुलाई आग्रह गर्नुभयो ।

एक अर्काै कार्यक्रममा प्रधानमन्त्री खनालले आउँदो जेठ १४ गते भित्रै संविधान जारी हुने विश्वास ब्यक्त गर्नु भएको छ । खनालले संवैधानिक समितीहरु सक्रिय भएको भन्दै संविधान बन्नेमा आफु विश्वस्त भएको बताउनुभयो ।

दक्षिण एसियाली शान्ति सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै खनालले दलहरुबीच साझा सहमती जुट्न सके विवादित मानिएको राज्य पुर्नसंरचना समबन्धी विषय पनि छिट्टै टु«िगने विशवास ब्यक्त गर्नुभयो । खनालले भन्ुनुभयो ः दक्षिण एसियाली मुलुकका धेरै जनसंख्या गरिबिको रेखामुनी रहेका छन् । सोहि कारणबाट यी मुलुकहरुमा द्धन्द्ध फैलिएको हो । नेपालको राजनीति सहमती उन्मुख रहेकाले छोटो समयमा नै शान्ति प्रक्रियालाई निश्कर्षमा पुराएर संविधान जारी गरिने प्रधानमन्त्री खनालले दृढता ब्यक्त गर्नुभयो । प्रधानमन्त्री खनालले शान्ति र अमनचयनका लागि दलहरु मिल्नुको विकल्प नभएकोमा जोड समेत जोड दिनुभयो ।

नेपाल पिस एन्ड सोलिडारिटीले आयोजना गरेको २ दिने सम्मेलनमा चीन,भारत सहित दक्षिण एसियाली राष्ट्रका प्रतिनिधी सहभागी रहेका छन् । सम्मेलनमा दक्षिण एसियामा कसरी शान्ति र अमनचयन कायम गर्न सकिन्छ भन्नेबारे छलफल हुनेछ ।

प्रचण्डद्वारा वामपन्धी धुब्रीकरणको प्रस्तावः

काठमाडौँ, २८ फागुन । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन केही समस्या देखिएपनि छिट्टै मन्त्रीमन्डलाई पूर्णता दिएर सरकारलाई गति दिने बताउनुभएको छ । चितवनमा आयोजित वनभोज कार्यक्रममा अध्यक्ष प्रचडले माओवादीको त्याग र बलिदानले देशले गति पाएको दावी समेत गर्नुभयो । नेपाली जनताको एकताले मात्र देशले गति पाउन सक्ने भन्दै उहाँले सरकारलाई छिट्टै पूर्णता दिएर देशलाई नयाँ गती प्रदान गर्नै प्रतिशद्धता ब्यक्त गर्नुभयो । जनतामा एकता रहेसम्म परिवर्तनको क्रम नरोकिने भन्दै माओवादी अध्यक्ष प्रचन्डले परिवर्तनको पक्षमा एक भएर अघि बढ्न सबैसँग आग्ह पनि गर्नुभयो. ।

यता राजधानीको अर्काे एक कार्यक्रममा अध्यक्ष प्रचन्डले देशभरका कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गरेर सिङगो कम्युनिष्ट पार्टी गठन गर्नुपर्नेमा जोड दिनुभएको छ । किर्तीपुरमा आज बिहान आयोजित बिचार गोष्ठीमा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीहरु एक भएर सामन्तबाद बिरोधी संबिधान निर्माणमा जोड दिनुपर्ने बाउनुभयो । अध्यक्ष प्रचण्डले मधेशी दलमा समेत कम्युनिष्टबादी बिचारधाराका व्यक्तिहरु भएको उल्लेख गर्दै सबै एक भएर संबिधान सभामा ७० प्रतिशतको संख्यामा कम्युनिष्ट बनाउन सकिने बताउनुभयो । कम्युनिष्ट एकताका लागि गम्भिर छलफलको जरुरत रहेको उहाको भनाई थियो ।

यसैबीच माओवादीका उपाध्यक्ष मोहन वैद्य किरणले शान्तिप्रक्रिया र संविधान निर्माणमा नेपाली कांग्रेस बाधक रहेको आरोप लगाउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ खोटाङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बैद्यले एमालेस“ग भएको सहमति कार्यान्वयनमा कांग्रेसले पटक–पटक अवरोध पु¥याएको बताउनुभयो । सहमति कार्यान्वयनको लागि माओवादी संघर्षरत रहेको उपाध्यक्ष बैद्यको भनाइ थियो । कांग्रेसको स्पष्ट धारणा नआएकाले शान्तिप्रक्रिया अगाडि बढ्न नसकेको विचार राख्दै बैद्यले मुख्य पार्टीसंग सहमति जुट्न नसक्दा समयमै संविधान निर्माण हुन नसकेको आशंका व्यक्त गर्नुभयो । राष्ट्रिय स्वाधिनता र जनजीविकाको विषयलार्य ध्यान दि“दै देशव्यापी जनपरिचालनको योजनालाई प्रस्ट पार्न देशभरी प्रशिक्षण कार्यक्रम गरिरहेको बताउ“दै उहा“ले सरकार निर्माणमा पार्टिले महत्वपूर्ण भूमिका खेलेको जिकिर गर्नुभयो । एक प्रसंगमा जनमुक्ति सेना अगल फोर्सको रुपमा रहने बताउ“दै नेपाली सेना र प्रहरीमा समायोजन गरिए पनि जनमुक्ति सेनाको नेतृत्व रहने धारणा राख्नुभयो ।

अन्सारी अस्पताल बाट पुन कारागारमा

काठमाडौँ, २८ फागुन । भारतीय अपराधीको गोली प्रहार बाट घाइते भएका नेश्नल टेलिभिजनका कार्यकारी अध्यक्ष युनुस अन्सारीले आफुलाई भरतिय गुप्तचर संस्था र ले हत्याको प्रयास गरेको आरोप लागाउनु भएको छ । नार्भिक अस्पतालबाट डिस्चार्जका क्रममा अन्सारीले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै यस्तो हत्या प्रयासमा र को हात रहेको बताउनु भएको हो । अन्सारीले फेरि पनि हत्याको प्रयास हुनसक्ने भन्दै अफुलाई बिशेष सुरक्षा व्यवस्था मिलाईदिन प्रहरीसँग आग्रह गर्नुुभयो ।

अस्पताल बाट डिस्चार्ज गरि अन्सारीलाइ पुन केन्द्रिय कारागारमा लगिएको छ । अन्सारीलाई कडा सुरक्षाकाबीच केन्द्रीय कारागार लगिएको पु¥याइएको थियो । विहीबार केन्द्रीय कारागारभित्रै भारतीय नागरिक जसजित सिंहको गोली लागि घाइते भएका अन्सारीको नर्भिक अस्पतालमा उपचारका लागी भर्ना गरिएको थियो । अन्सारीको दायाँ कुममा लागेको गोली अपरेशन गरी निकालिएको छ  । अन्सारी नक्कली भारतीय मुद्रा कारोबारको अभियोगमा चौध महिना यता थुनामा रहँदै आएका छन् ।
यसैबिच सरकाले केन्द्रीय कारागारमा आज बाट एसपिको कमाण्ड खटाएको छ । यसअघि कारागारमा डिएसपीको कमाण्ड रहदैँ आएको थियो । सररकाले आज बाट एसपि हरिबहादुर पालको कमाण्डमा केन्द्रीय कारागार जिम्मा लगाएको हो ।

११ र १२ कक्षाको प्रश्न पत्र नेपालमै छाप्ने तयारी

काठमाडौँ, २८ फागुन । उच्च माध्यमिक शिक्षा परिषद्ले यस बर्षदेखि कक्षा ११ र १२ को प्रश्न पत्र नेपालमै छाप्ने भएको छ । उच्च माध्यमिक परिषद् केन्द्रीय सुरक्षा संयन्त्रको आज बसेको बैठकले कडा सुरक्षाका बिच नेपालमै प्रश्न पत्र छाप्ने निर्णय गरेको हो । नेपालमा प्रश्न पत्र छपाई गर्दा सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्र लिटिडेडलाई दिने निर्णय भएको परिषद्का सदस्य सचिव भिमलाल गुरुङले जानकारी दिनुभयो । प्रश्न पत्र छपाई गर्दा सुरक्षा कडा पारी सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिने उहाले बताउनुभयो । जनक शिक्षाले यस बर्षदेखि सफल रुपमा एसएलसीको प्रश्न पत्र छपाई गरेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले पनि नेपालमै प्रश्न पत्र छाप्ने भएको हो । यसअघि परिषद् पनि भारतमा प्रश्न पत्र छपाई गर्दै आएकोमा नेपालमा प्रश्न पत्र छपाई सुरु गरेपछि खर्चमा केहि कटौती हुने भएको छ । जनक शिक्षाले प्रश्न पत्र छपाईका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

अनेरास्ववियुको स्ववियू निर्वाचनका लागी चार विकल्प

काठमाडौँ, २८ फागुन । अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विभिन्न चार प्रकारका प्रणाली सार्वजनिक गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी अनेरास्ववियले स्ववियु निर्वाचन गर्ने सन्र्दभमा विद्यार्थी संगठनबीच भएको विवादलाई समेत मान्य हुने गरेर निर्वाचन प्रणालीका स्वरुप प्रस्तुत गरेको दावी ग¥यो । अनेरास्ववियुले सार्वजनिक गरेका प्रणालीमा समावेशी स्ववियु, संस्थागत निर्वाचन, बढी मत प्रणाली र समानुपातिक स्ववियुसभा छन् । यी ४ वटा प्रकारका प्रणाली अवलम्बन गर्दै चैत्र मसान्तसम्ममा स्ववियु निर्वाचन गर्न समेत अनेरास्ववियुले माग गरेको छ । संस्थागत निर्वाचन प्रणालीअनुसार खुल्ला उम्मेदवारी दिने र निर्वाचन संस्थागत रुपमा गर्दा उपयुक्त हुने अनेरास्ववियुको भनाइ छ । यसो गर्दा राम्रा नराम्रा कामको जस अपजस स्वयम् विद्यार्थी संगठनले लिने अनेरास्ववियुका अध्यक्ष माधव ढुङगेलको तर्क छ । संस्थागत निर्वाचनबाट निर्वाचित भएका कुनै सदस्यले नराम्रो काम गरे फिर्ता बोलाउन सक्नेसम्मको ब्यवस्था राखिएको छ । पत्रकारसम्मेलनमा स्ववियु निर्वाचनमा हुने गरेको खर्च घटाउने बिषयमा पनि गम्भीर छलफल हुनु जरुरी रहेको धारणा राखिएको थियो ।

माओवादी नेताहरु ः काँग्रेस सरकारमा आइज ।

एकिकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान सरकारमा कंग्रेशलाई सहभागी गराउन कांग्रेशसँग छुट्टै सहमतीको प्रयास भईरहेको जानकारी दिनुभएको छ । बिराटनगर बिमानस्थालमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले ७ बुँदेलाई नै आधार बनाएर  उसँग छुट्टै सहमतीको प्रयास भईरहेको बताउनुभएको हो । उपाध्यक्ष भट्टराईले शान्ति र संबिधानका लागि राष्ट्रिय सहमतीको सरकारको आवश्यकता भएकाले कंग्रेशलाई सरकामा ल्याउनका माओबादी सहमती गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

यता माओवादीकै अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेससँग छुट्टै समझदारी हुनसक्ने वताउनु भएको छ । यसका लागी काँग्रेस वर्तमान सरकारमा सहभागी हुनु पर्ने उहाँले वताउनु भयो । दाङमा आज बिहान क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । उपाध्यक्ष प्रकाशले एमाले र माओवादीले नेपाली कांग्रेसलाई सरकारमा सहभागी भएर राष्ट्रिय सहमति निर्माणका लागि पटकपटक आह्वान गर्दा पनि कांग्रेस नआएको उल्लेख गर्नु भयोे । सातबुँदेकै जगमा वर्तमान सरकार बनेकाले यो सहमतीलाई खारेज गर्न नसकिने उहाँको भनाई छ । एक अर्को प्रसंगमा उपाध्यक्ष प्रकाशले माओवादी जनसेनाको छुट्टै फोर्स वनाईनु पर्ने वताउनु भयो ।

मुस्लिम महिलाद्वारा संविधानसभा समक्ष १५ सुत्रीय मागः

काठमाण्डौ, फागुन २८ । मुस्लिम महिलाको सामाजिक न्यायका निमित्त पारिवारिक कानूनको व्यबस्था गरिनुपर्ने लगायत १५ बुदे निर्णयगर्दै मुस्लिम महिलाहरुको पहिलो सम्मेलन सकिएको छ । संविधानमा मुस्लिम महिलाका अधिकार सुनिश्चितगर्न दवाब दिने उदेश्यले आयोजना गरिएको सम्मेलनले आमाको नामवाट नागरिकता पाउनु पर्ने लगायत माग संविधानसभा समक्ष पेश गरेको छ । संविधानको प्रस्तावनामै मुीसलमको पहिचान र अधिकार सम्पन्न् मुस्लिम आयोग गठनगर्न उनिहरुले माग गरेका छन ।

आज राजधानीमा एक समारोहको आयोजनागरी सम्मेलनले पारित गरेका १५ सुत्रिय माग संविधानसभा उपाध्यक्ष पूर्णा कुमारी सुवेदीलाइ बुझाएका छन । मुस्लिम महिलाका मागप्रति ऐक्यबद्धता जनाउदै उपाध्यक्ष सुवेदीले उनिहरुका माग संविधानसभामा पु¥याउने आश्वासन दिनुभयो । राज्यका हरेक तहमा ३३ प्रतिसत महिलाको सहभागिताको मुद्दा पूरा नभएपनि मुस्लिम महिलाका थप समस्या रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सभासदद्वय नजिर मियाँ, सरीता गिरि लगायतले नयाँ संविधानले मुस्लिम महिलाका माग संवोधन गर्नुपर्ने बताएका थिए ।

विबाह र पारिवारीक सम्बन्धमा समस्या रहेकोले नेपालमै पहिलो पटक मुस्लिम महिलाको सम्मेलन आयोजना गरिएको कागे्रस सभासद मोहमद्दि सिद्दिकिले जानकारी दिनुभयो । सम्मेलनले महिला हिंसा सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन तथा ‘तलाकि’ असाहय र विधुवा महिलालाइ संरक्षणको व्यबस्था र बालिकालाइ उच्च शिक्षको माग गरेको छ । सम्मेलनमा विभिन्न १५ जिल्लाका मुस्लिम महिला सहभागि थिए ।

कंग्रेशलाई सरकारमा ल्याउन कोशिश जारी

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमालेले हदैसम्मको लचकता अपनाएर
नेपाली काग्रेसलाई सरकारमा ल्याउन कोसीस गरिरहेको बताउनुभएको छ । एमाले दाङले आज घोराहीमा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोख्रेलले काग्रेसको सहभागिता विना शान्ति प्रकृया र संविधानलेखन दुवैैैैैै प्रकृया संभव नभएकाले एमालेले यसका लागि भरमग्दुर प्रयास गरिरहेको वताउनुभयो । महासचि पोखरेलले सरकार निर्माणका लागी एमालेले माओवादी संग सहमती गरेको भएपनि माओवादीको आचरणमा एमालेले कुनै पनि हालतमा सहमती नजनाउने वताउनुभयो । माओवादी संग वाम पन्थि धुविकरण भए त्यो पार्टिका लागी घातक ह’ने वताउँदै उहाँले माओवादी संगको धुविकरण किमार्थ स्विकार्य नहुने वताउनु भयो  ।

सरकारका प्रवक्ता तुलाधर

शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता गंगालाल तुलाधरले शान्ति र संविधान निर्माणका लागि राष्ट्रिय सहमतीको सरकार आवश्यक भएकोले कंग्रेशलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । भक्तपुरको सिरुटारमा आज आयोजित एक कार्यक्रममा मन्त्रि तुलाधरले राष्ट्रिय सहमतीका लागि नेपाली कांग्रेस सरकारमा सहभागि हुनु पर्ने बताउनुभएको हो । सरकारले शान्ति प्रक्रिायाको प्रारम्भिक यात्रा सुरु गरेको भन्दै मन्त्रि तुलाधरले यसलाई टुङगोमा पु¥याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभया । उहाले राष्ट्रिय सहमतीका लागि मधेशी दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्नुभयो ।

अन्तराष्टिय समाचार
जापानको न्यूक्लियर प्रशोधन केन्द्रमा आगलागी

जापानमा आएको भूकम्पमा कारण एउटा आणविक केन्द्रमा आगलागी भएको छ । जापानको उत्तर पश्चिम फकुसिमा स्थीत आणविक प्रशोधन केन्द्रमा ब्यापक आगलागी भएको र त्यहाँबाट धुवाँ आइरहको विविसीले जनाएको छ । जापानमा हिजो ८.९ रेक्टर स्केलको भुकम्प गएपछि उक्त आणविक प्रशोधन केन्द्रमा गडबडि उत्पन्न भइ बन्द भएको थियो ।
यसैबिच आगलागी भएको उक्त आणविक केन्द्रको अणु प्रशोधन रियाक्टर पग्लने सक्नेप्रति जापानी अधिकारीहरुले चिन्ता ब्यक्त गरेका छन् । आगलागीका कारण केही कामदार समेत घाइते भएको अन्तराष्टिय समाचार माध्यमहरुले जनाएका छन् ।
यता जापानको भुकम्प पछिको सुनामीमा परि मर्नेको संख्या ६०० भन्दा नाघेको छ । अझैँ सयौँ नागरीक हराइरहेकाले मर्नेको संख्या १३०० काट्न सक्ने विविसीले उल्लेख गरेको छ । जापानी प्रधानमन्त्री नाओटा कानले फुकुसिमा क्षेत्रमा संकटकालको घोषणा गरिसक्नु भएको छ । 
खेल समाचार
विश्वकप क्रिकेट

जारी १० औँ चरणको विश्वकप क्रिकेट अन्तरगत केहीबेर अघि सम्पन्न खेलमा दक्षिण अफ्रिकाले भारतलाइ ...३.... विकेटले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको २९७ रनको लक्ष्य दक्षिण अफ्रिकाले .४९ ओभर ४ बलमा ७ विकेट गुमाएर.भेट्टाएको थियो । जित सँगै दक्षिण अफ्रिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाका ज्याक कालिसले ६९ रन तथा हासिम अम्लाले ६१ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लाइ विजयी बनाउन रोबिन पिटरसनले उत्कृष्ठ ब्याटिङ गरेका थिए । भारतलाइ मध्यम स्कोरमा रोक्न दक्षिण अफ्रिका डेल स्टेन एक्लैले ५ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको भारतले ४८ ओभर ४ बलमा अलआउट हुनुअघि २९६ रन जाडेको थियो । भारतका लागी सचिन तेन्दुलकरले १११ रनको शतकिय पारि खेले पनि त्यो जितका लागी प¥याप्त बन्न सकेन । त्यस्तै भारतका लागी विरेन्द्र सेहेवागले ७३ तथा गौतम गम्भिर ६९ रन बनाएका थिए । दक्षिण अफ्रिका विरुद्ध भारतका हरभजन सिंहले ३ विकेट लिएका थिए ।

No comments: