Friday, March 11, 2011

फागनु २७ गते २०६७


वैधानिक अदालत बनाउने सैद्धान्तिक सहमतिः 

काठमाण्डौ, फागुन २७ । नयाँ संविधानमा सवैैधानिक अदालतको व्यबस्था राख्न दलहरु सहमत भएका छन । संवैधानिक समिति अन्तरगत गठित उपसमितिले संविधानको अन्तिम व्याख्या गर्न संवैधानिक अदालत गठन गर्ने सहमति जुटाएको हो । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले प्रधान न्यायाधीशको संयोजकत्वमा पाँच देखी सात जना न्यायाधीयश रहने संवैधानिक अदालत बनाउने सहमति गरेको उपसमितिका सदस्य सभासद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । 

संवैधानिक अदालतको क्षेत्राकिार र सदस्य संख्यावारे आगावी बैठकमा सहमति गर्नेगरी गृहकार्य गर्न सचिवालयलाइ निर्देशन दिइएको उहाँले बताउनुभयो । 

THE SUPREME COURT OF NEPAL
यसअघि संवैधानिक अदालत गठन गर्ने वा सर्वोच्च अदालत भीत्रै संवैधानिक वेञ्च गठन गर्ने भन्नेमा सहमति जुटन सकेको थिएन । प्रदेशहरुबीच हुने विबाद समाधानपनि संवैधानिक अदालतले गर्ने कर्णले बताउनुभयो । न्यायाधीय नियुक्तिको संयन्त्रवारे सहमतिगर्न उपसमितिको बैठक आइतवार पुनः बस्नेछ । 

यसैबिच सभामुख सुभासचन्द्र नेम्वाङ्गले केहि दिन भित्रमै संबिधान सभाको नयाँ कार्यतालिका सार्वजनीक हुने बताउनु भएको छ । प्रेस चौतारी सुनसरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको बताउनुभएको हो । उहाँले चैत्र मसान्त सम्ममा शान्ती प्रकृया टुङ्गोमा पुग्ने र तोकिएकै मितिमा संधिान जारी हुने पनि वताउनुभयो । सभामुख नेम्वाङले दलका नेताहरु प्रतिबद्ध भएर आएकाले जेठ १४ गते नै संबिधान जारी हुने बताउनुभयो । उहाँले संबिधान निर्माणका लागि महत्वपुर्ण अधारहरु तयार भएको समेत दावी गर्नुभयो । यद्धपी अहिले नै ढुृक्क हुने अवस्था भने नआएको भन्दै दल र दलका नेताहरुलाइ दवाव दिनुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री  र प्रचण्ड बिच भेटवार्ता

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनाल बिच यथासक्य छिटो सेना समायोजन विषेश समितीका लागी आवश्यक जनशक्ति परिपूर्ति गर्ने सहमति भएको छ । यसअघि हिजो बसको सेना समायोजन विषेश समिती बैठकमा जनशक्ति परिपुर्ति गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुबै नेताले माओवादी लडाकुकुा अनुगमनका लागी विषेश समितीलाइ आवश्यक जनशक्ति पुर्ति गर्न सहमति जनाएका हुन् । बैठकपछि विषेश समिती सदस्य एवम् शान्ती मन्त्री बर्षमान पुन अनन्तले तत्काल आवश्यक मात्रामा प्राविधिक र दक्ष जनशक्ति परिपुर्ति गर्ने सहमति भएको जानकारी दिनुभयो । पुनले जनशक्ति पुर्ति गर्ने विषयमा केही विषयमा कुरा बाझिएको तथा अस्पष्ट भएकाले आज त्यसबारे स्पष्ट पार्ने काम भएको बताउनुभयो । 

यसैबिच आज बस्ने भनिएको सेना समायोजन विषेश समिती बैठक स्थगित भएको छ । सबै जसो सदस्यहरु ब्वस्त भएका बैठक स्थगित गरिएको बताइएको छ । 

अन्सारीमाथी गोली प्रहारको छानविन तिव्र पारिएको छ ः प्रहरी

काठमाडौँ, २७ फागुन । नेशनल टलिभिजका कार्यकारी अध्यक्ष युनुस अन्सारीलाई गोली प्रहार भएको घटनामा प्रहरीको संलग्नता रहेको आशंकामा छानबिन गर्न भन्दै केन्द्रिय कारागारमा कार्यरत सम्पुर्ण प्रहरीको मोवाइल अफ गरेर छानबिन सुरु गरिएको हिजो गठित प्रहरीको उच्च स्तरिय छानबिन टोलीले जनाएको छ । घटनामा प्रहरी कमजोरी देखिएको भन्दै सेन्टर जेलमा कार्यरत ५० प्रहरीको सरुवा समेत गरिएको छ । 

यता गोली काण्डका बारेमा छानबिन गर्न गठित छुट्टछुट्टै समितीहरुले आज देखि आफनो काम सुरु गरेको छ । अन्सारीलाई गोली हानिएको घटना बारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र महानगरिय आयुक्तको कार्यालयले हिजो छुट्टछुट्टै छानबिन समिती गठन गरेका थिए । ती छानबिन समितीले हिजो नै केन्द्रिय कारागार र अन्सारीलाई राखिएको अस्पतालमा पुगी घटना बारे जानकारी लिएका थिए । नक्कली भारतीय मुद्राको कारोबार गरेको अभियोगमा १४ महिनादेखि कारागारमा रहेका अन्सारी माथि सुन्धारा स्थित केन्द्रिय कारागार भित्र हिजो एक भारतीय अपराधी जसजित सिंहले गोली प्रहार गरेका थिए । दांया कुममा गोली लागेका अन्सारीको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । अन्सारीको अबस्था खतरामुक्त रहेको चिकित्सकहरुले वताएका छन् । 

यसैबिच जिल्ला अदालत काठमाडँैाँले अन्सारी माथी गोली प्रहार गर्ने भारतिय अपराधि जसजित सिंहले १५ दिन सम्म जेलमा राख्न अनुमति दिएको छ । प्रहरीले आज दायर गरेको अवैध हात हतियार सम्मन्धी मूद्यामा आरोपीत सिंह लाइ अनुसन्धानका लागी १५ दिन हिरासतमा राख्न आदेश दिएको हो । अन्सारीमाथी गोली प्रहार गर्ने जसजित सिंहमाथी अवैध हात हतियार राखेको मात्र मुद्या दायर गरेको छ । 

गृहमन्त्री नहुदा मुलुक अपराधिको क्रिडा स्थलः सभासद

काठमाडौँ, २७ फागुन । मुलुक लामो समयसम्म गृहमन्त्री विहिन हुदा अपराहिरुको क्रिडा स्थल बनेको भन्दै तत्काल गृहमन्त्री नियुक्त गर्न सभासदहरुले माग गरेका छन । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा सभासदहरुले देशमा बढ्दै गएको आपराधिकरण तत्काल रोकी शान्ति सुरक्षाको अबस्थामा सुधारगर्न माग गरेका हुन । प्रहरीको सुरुक्षा घेराभीत्र रहेको कारागारमा समेत गोली चल्ने अबस्थाको सृजना भएको भन्दै सभासदहरुले सुरक्षा अबस्थामा सुधार ल्याउन तत्काल गृहमन्त्री नियुक्त गर्न माग गरे । सभासदहरुले संचार उद्यमी युनुस अञ्सारीमाथी भएको गोली प्रहारका घटनाको छानविन गर्न समेत सरकारसंग माग गरेका छन । 

एकीकृत माओवादीका अग्नीप्रसाद सापकोटाले केन्द्रीय कारागारमा भएको घटनाले नेपालमा अन्तर्राष्ट्रिय आपराधिक गिरोहको प्रभाव बढेको रुपमा लिनपर्ने बताउनभयो । उहाँले नेपालको सुरक्षा, राष्ट्रियता र अस्मितामाथि भएको यस्तोप्रकारको प्रहार रोक्न तत्काल गृहमन्त्रीको नियुक्ति गरी नयाँ सुरक्षा रणनीतिबनाउन नेपाल सरकारलाई आग्रह गर्नुभयो । घटनाको बिषयलाइ लिएर भारतीय संचार माध्यममा आएका समाचारले राष्ट्रियतामाथी प्रहार भएको उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसकी पुष्पा भूषालले कारागारको कडा सुरक्षा घेरा तोड्दै सञ्चारउद्यमी अन्सारीमाथि गरिएको आक्रमणले सरकारको सुरक्षा अत्यन्त कमजोर देखिएको टिप्पणी गर्नुभयो । उहाँले यस घटनाबारे सरकारको आधिकारिक भनाई आउनुपर्ने र गृहमन्त्रीको अबिलम्ब नियुक्ति हुनुपर्नेतर्फ ध्यानाकर्षण गर्नुभयो । नेकपा एमालेका प्रदीपकुमार ज्ञवालीले अन्सारीमाथि गरिएको गोली प्रहारको घटनाबारे सरकारले सदनलाई स्पष्ट विवरण दिनुपर्ने माग गर्दै अन्तर्राष्ट्रिय आपराधिक गिरोह सक्रिय भएमा नेपाल असफल राष्ट्रमा परिणत हुने
खतरा बढेको बताउनुभयो ।  

यसैबीच सभामुख सुवासचन्द्र नेम्वाङ्गले केन्द्रीय कारागारमा भएको गोली काण्डवारे सभासदले उठाएका प्रश्नवारे संसदको आगामी बैठकमा जानकारी गराउन सरकारलाइ रुलिङ्ग गर्नुभएको छ । संसदको आर्को बैठक आगामी २९ गते आइतवार दिउसो ३ बजे बस्नेछ ।   

संविधान अघि शान्ती प्रक्रिया टुङ्गग्याउनु पर्छ है साथी हो ः काँग्रेस नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधान लेख्नु अघि नै शान्तिप्रक्रियालाई टुङ्घोमा पु¥याउनु पर्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित अन्तरक्रियामा नेता पौडेलले शान्तिप्रक्रिया टुङ्घोमा नपुग्दासम्म माओवादीसंग लडाकु र हतियार रहिरहने भएकाले दुई थरी सेना भएको अवस्थामा नया“ संबिधान जारी गर्न नसकिने बताउनुभयो । नेता पौडेलले माओवादीले भने जस्तो जातीय राज्य का“ग्रेसले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनुभयो । 

यसैबीच संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले अब बन्ने संविधानले सबैका अधिकारलाई समेट्ने बताउनुभएको छ । संयुक्त युवा बिद्यार्थी मञ्चले आज राजधानीमा गरेको कार्यक्रममा सभापति आचार्यले २०४७ सालको संबिधानले जनताका अधिकार समेट्न नसकेकाले माओवादीले हतियार उठाएको भन्दै अब युद्ध हुन नदिने संबिधान बनाउनुपर्ने बताउनुभयो । जनताको अधिकार सम्पन्न संबिधान निर्माणका लागि दलहरुबीच सहमती आवश्यक भएको उहा“को भनाइ छ ।

एमाले नेता ओली

नेकपा एमाले नेता केपी शर्मा ओलीले गृहमन्त्रालय तोक्न ढिलाई भएको कारण शान्तिसुरक्षाको स्थिति खल्बलिन थालेको बताउनुभएको छ । शान्तिसुरक्षा मजबूद बनाउनका लागि प्रधानमन्त्रीले गृहमन्त्रालयको जिम्मा तोक्न ढिलो गर्न नहुने ओलीको भनाई छ । गृहमन्त्रालयको बारेमा पार्टीले निर्णय गरिसकेको कारण पार्टीको निर्णयअनुसार जिम्मा दिन उहाँले प्रधानमन्त्री समक्ष आग्रह पनि गर्नुभयो ।

पोखरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले काठमाडौको केन्द्रीय कारागारम युनुस अन्सारीमाथि गोली प्रहार हुनुले नेपालको शान्तिसुरक्षाको स्थिति बिग्रिएको संकेत गरेको बताउनुभयो । पत्रकारको एक जिज्ञासामा उहाँले विष्णु पौडेललाई रक्षामन्त्रीको जिम्मेवारी दिइसकेको हुँदा उहाँले रक्षा र गृह दुबै मन्त्रालय सम्हाल्ने बताउनुभयो ।

यता एमालेकै सचिव शंकर पोख्रेलले अहिले विवाद भएकोले गृहमन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेको भए पनि विवादको अन्त्य पछि अहिलेका रक्षामन्त्री विष्णु पौडेल नै गृहमन्त्री बन्ने दावी गर्नुभएको छ । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै सचिव पोख्रेलले विवाद अन्त्य भए पछि एमालेले नै गृहमन्त्रालय राख्ने र त्यसको नेतृत्व पार्टीको निर्णय बमोजिम विष्णु पौडेलले नै गर्नै स्पष्ट पार्नुभयो । माओवादीले अहिलेको अवस्थामा कुनै पनि हालतमा गृहमन्त्रालयसहित सुरक्षा सम्बन्धी मन्त्रालयको नेतृत्व नपाउने स्पष्ट पार्दै पोख्रेलले विगतमा माओवादीले सुरक्षा सम्बन्धी मन्त्रालय पाउँदा गरेको कु–अभ्यासले पनि त्यसलाई प्रष्ट पारेको उल्लेख गर्नुभयो 

जैविक मार्गमा हुने प्रभाव अध्ययनगर्न संसदीय समितिको निर्देशनः

व्यबस्थापिका संसदको प्राकृतिक स्रोत साधन समितिले भारतीय पक्षले सिमा क्षेत्रमा वनाएका ट्रेञ्च खाल्डाहरुवाट जैविक मार्ग लगायत पर्यावरणीय क्षेत्रमा पर्ने प्रभाव अध्ययनगरी १५ दिनभीत्र प्रतिवेदन पेशगर्न गृह र बन तथा भुःसंरक्षण मन्त्रालयलाइ निर्देशन दिएको छ । संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी सिमानामा बनाइएका टे«ञ्चले जैविक मार्ग प्रभावित भएको भन्दै प्रभाव अध्यानगर्न मन्त्रालयलाइ दिर्नेशन दिएको हो । समितिले भारतीय पक्षले बनाएको ट्रेञ्चवारे गृह, परराष्ट्र र बन मन्त्रालयका अधिकारीहरुसंग छलफलपछि यस्तो निर्देशन दिएको समिति सभापति शान्ता चौधरीले जानकारी दिनुभयो ।  

समितिले सीमा क्षेत्रका जनतालाइ भारतीय बनमा आश्रित हुन नपर्ने व्यबस्था कसरी गर्न सकिन्छ भन्नेवारे समेत अध्यायनगर्न बन मन्त्रालयलाइ निर्देशन दिएको छ । बैठकमा मन्त्रालयका सचिवहरुले सीमा क्षेत्रका नेपालीहरु बन पैदावारकालागि भारतीय किकुञ्जमा जाने गरेकोले त्यसलाइ रोक्न सीमामा खाल्डा खनेको हुनसक्ने बताएका थिए । यसैबीच समितिले राष्ट्रिय निकुञ्ज र ठूल ाबन क्षेत्रको बीचमा रहेका रामजमार्गमा ‘ग्रासलेण्ड ओभरहेड क्रस’ बनाउनु पर्ने देखिएको भन्दै कहाँ÷कहाँ कसरी बनाउन उपयुक्त हुन्छ त्यसको योजना बनाउन बन मन्त्रालयलाइ निर्देशन दिएको छ । 

सरकारद्वारा संसदलाइ विजनेशः

प्रधानमन्त्री निर्वाचन भएको झण्डै डेड् महिनापछि सरकारले संसदलाइ विजनेश दिएको छ । संसदको आज बसेको बैठकमा पुइ विधेयक पेश भएका छन । विधायन समितिमा छलफल भएर पारितका लागि लगानि वोर्ड विधेयक पेश भएको छ भने सरकारले सम्पत्ति सुद्धिकरण विधेयक पनि आजै संसदमा टेवल गरेको छ । विजनेश नपाएर संसदका बैठक औपचारिकतामै सिमित भएको आरोप भएपछि सरकारले हिउदे अधिवेशन सुरु भए यता दुइ विधेयक पेश गरेको हो । आजको बैठकमा विधायन समितिकी सभापति यसोदा सुवेदीले लडानि वोर्ड विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभएको हो । यस्तै अर्थमन्त्री अधिकारीले सम्पत्ति सुद्धिकरण विधेयक पेश गर्नुभएको हो । विधेयक अधिवेश सुरु भएको तीन महिना सुरु हुदा समेत एउटा पनि विधेयक पारित भएका थिएनन् । 

यसैबीच सरकारमा ३३ प्रतिसत महिला सहभागिताको बिषयलाइ लिएर व्यबस्थापिका संसदको महिला सभासद समूहले आज एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । माओवादी अध्यक्ष प्रचण्डलाइ आज  दिउसो माओवादी  संसदीय दलको कायाृलय सिंहदरवारमा भेटगरी अबको मन्त्रीमण्डल विस्तारमा महिलालाइ सभागि गराउन दवाब दिएका हुन् । दुइ पटक मन्त्रीमण्डल विस्तार गर्दा समेत सरकारमा एक जनापनि महिलालाइ सहभागि नगराइएकोले प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको  समूहकी संयोजक उषाकला राइले जानकारी दिनुभयो । ८ सदस्यीय प्रधानमन्त्री खनाल नेतृत्वको सरकारमा एक जनापनि महिला मन्त्री सामेल गरिएको छैन । 

विभीन्न स्थानमा भएको दुर्घटनामा ६ को मृत्यु 

बिभिन्न स्थानमा आज भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । महोत्तरीको सरपल्लो–२ स्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । ज.१ ख ५८९ नम्बरको बस दुर्घटना हुँदा हलोखोरी–८ चकवा बस्ने ३५ वर्षीय कमलेश यादवसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ । विहान अचानक भएको दुर्घटनामा बसमा सवार अन्य १० जना घाइते भएका छन् । उनीहरुको उपचारका लागि जलेश्वर लगिएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुने २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । 

उता पाल्पामा आज भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । मस्याम ४ स्थित नयॉ बजारमा लु १ ख ४८८१ नम्बरको बसले लु ३ प ७२९ नम्बरको मोटरसाइकलाई ओभरट्क्यक गर्ने क्रममा ठक्कर दिदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीस्थित वुटवल ११ का बालकृष्ण पाण्डे र कपिलवस्तु गजेडा ८ का ४३ बर्षिय नारायण प्रसाद ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनिहरुको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएकोहो । 

यस्तै नवलपरासीको बर्दघाटमा दिउंसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । भारतबाट भैरहवा हुंदै काठमाडौ आईरहेको बीआर ०६ टी ५२०२ नम्बरको भारतीय मिनी ट्रकले ठक्कर दिदा दुम्किबास–३ की २२ बर्षीय युवती शशिकला खरेलको घटनास्थलमै मृतयु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

अन्तराष्ट्रिय समाचार

जाापानमा भुकम्प

Japan faces biggest Earth Quake of ever in the Century
जापानमा आज इतिहासकै ठुलो भुकम्प गएको छ । ८.९ रेक्टर स्केलको भुकम्प इतिहासकै पाँचौ ठुलो तथा जापानी इतिहासमा अहिले सम्मकै ठुलो भएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । राजधानी टोकियोदेखि ४०० किलोमिटर टाढा र २० माइल गहिराईको दुरीमा भुकम्पका केन्द्रविन्दु रहेको बताइएको छ । 
यता भुकम्प पछि आएको सुनामीले ९० जनाको मृत्यु भएको तथा सयाँै नागरिक बेपत्ता भएको अन्तराष्ट्रिय समाचार संस्था रोर्यटर्सले जनाएको छ । भुकम्प पछिल्लो सय बर्षकै सबैभन्दा बढि विनाशकारी भएको अमेरिकी भूगर्व विभागले बताएको छ । साथै विभागले भुकम्पका कारण प्रशान्त महासागरिय तटका राष्ट्रहरुमा समेत सुनामी फैलने भन्दै सजगता अपनाउन चेतावनी दिएको छ । सुनामी तिव्र गतिमा फैलिएकाले न्यूजील्याण्ड, ताइवान, फिलिपिन्स, इन्डोनेशिया लगायतका १९ देशमा फैलन सक्ने विभागले जनाएको छ । तिव्र गतिमा रहेका सुनामी हवाइ राज्यमा प्रवेश गरेको छ । हवाइ राज्यका टापुको उचाइ ३ मिटर सम्म मात्र भएको हुदाँ १३ फिट अग्लो सुनामी सहजै फैलिएको हो । अन्तराष्ट्रिय संचार माध्यमहरुले सुनामीका कारण विभीन्न संचारचना क्षतिग्रस्त भएको तथा समुन्द्रमा रहेका पानी जहाँजहरु बगाएको दृश्य प्रसारण गरेका छन् । 
यसैबिच जापानी प्रधानमन्त्री नाओटा कानले भुकम्पका कारण जापानमा रहेका पाँच वटा आणविक प्रशोधन केन्द्र खतरामा रहेको भन्दै उक्त केन्द्रहरुमा संकटकालको घोषणा गर्नु भएको छ । संचारमाध्यमहरुलाइ सम्बोधन गर्दै कानले पाँच मध्ये दुइ वटा आणविक केन्द्र बन्द भएको तथा तिनीहरुलाइ चिस्याउने कार्य सुरु गरिएको बताउनु भएको छ । प्रधानमन्त्री कानले भुकम्पले अत्यत्न नराम्रो क्षति पु¥याएको बताउनु भएको छ । 
यता भुकम्प लगत्तै जापानले उद्यार कार्यलाइ उच्च बनाएको छ । भुकम्पमा परि कयाँै हराइरहेका तथा कयौँ अझै उद्यारको पर्खाइमा रहेको टेलिभिजनहरुले प्रत्यक्ष प्रसारण गरेका छन् । भुकम्पका कारण उत्पन्न सुनामीले एउटा जहाँजलाइ बगाएको क्यादो समाचार संस्थाले जनाएको छ । क्योदोले जापानी कोस्टल सिटीको सेन्दाइ शहरमा दुइ तिन सयको हाराहारीमा शव फेला परेको समेत जनाएको छ । यद्यपी जापानी प्रहरीले मृत्युको भने पुष्टि गरेको छैन । 

यस्तै भुकम्पका कारण जापानमा रहेका विभीन्न अन्तराष्ट्रिय उद्योगमा क्षति पुगेको छ । क्षतिका कारण शेयर बजार समेत आरोलो लागेको छ । जापानी शेयर बजारमा १.७ प्रतिशतले गिरावट आएको छ भने हङकङको शेयर बजार समेत नराम्ररी प्रभावित बनको छ ।

खेल समाचार
विश्वकप क्रिकेटको समाचार

जारी १० औँ संस्करणको विश्वकप क्रिकेट अन्तरगत केहीबेर अघि सम्पन्न संघर्षपुर्ण खेलमा बंगलादेशले इग्ल्याण्डलाइ २ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरको इग्ल्याण्डद्धारा प्रस्तुत २२६ रनको लक्ष्य पछ्याएको बंगलादेशले उक्त लक्ष्य ४९ औँ ओभरमा ८ विकेट गुमाएर भेट्टाएको हो । एक समय १६९ रनमा ८ विकेट गुमाएको बंगलादेशको धर्मराएको इनिङ उकास्न सातौँ र आठौँ स्थानमा ब्याटिङ गर्न आएका सैफुल इस्लाम र मुहम्मद उल्लाले ५६ बलमा ५८ रनको साझेदारी गर्दै उकासेका थिए । सैफुलले ४ चौका र एक छक्काको मद्यतले २४ तथा मुहम्मदउल्लाले २१ रन बनाएका थिए । बंगलादेशलाइ जित सम्म डो¥याऊन इमरुल कायसले अर्धसतकिय ६८ ,तमिम इक्बालले ३८ तथा सकिब अल हसनले ३२ रनको योगदान गरेका थिए । इग्ल्याण्डका लागी अजमाल साजिदले ३ तथा ग्रमी स्वानले २ विकेट लिएका थिए । 

त्यसअघि बंगलादेशको चितगङगमा टस हारेर ब्याटिङ गरेको इग्ल्याण्ड ४९ ओभर ४ बलमा २२५ रनमा अलआउट भएको थियो । उसका लागि जोनाथन ट्रटले ६७ र ईयान मोर्गानले ६३ रनको योगदान गरेका थिए ।  ईङल्यान्डलाई मध्यम स्कोरमा रोक्न बंगलादेशका नईम ईस्लाम, सकिव अल हसन र अब्दुर रज्जाकले २—२ विकेट लिएका थिए ।

जीत सँगै बंगलादेशले क्वाटरफाइनल प्रवेशका सम्भावना समेत जिवितै राखेको छ । जित सँगै समुह बी को बंगलादेश ५ औँ तथा पराजयका बाबजुत इग्ल्याण्ड चौथो स्थानमा रहेको छ । यी दुइ देश बिच भएको हाल सम्मका १५ एक दिवसिय खेल मध्ये बंगलादेशले दोश्रो पटक जित दर्ता गरेको हो ।  

त्यसअघि आजै भएको पहिलो खेलमा वेश्ट ईन्डिजले आयरल्याण्डलाइ ४४ रनले पराजित गरेको छ । जित सँगै क्यारेवियन टोली जिम्बाबेले अन्तिम आठमा पुग्ने सम्भावना समेत कायमै राखेको छ । 

टस हारेर ब्याटिङ गरेको ईन्डिज टोलीले दिएको २७६ रनको लक्ष्य पछ्याएको आर्यरिस टोली ४९ ओभरमा अलआउट हुदैँ २३१ रनमा खुम्चिएको थियो । आईरिस टोलीका लागि एड जोएसले ८४ तथा गेरी विल्सनले ६१ रनको पारी खेल्नु बाहेक अन्यले खासै योगदान गर्न सकेनन् । आयरल्यान्डलाई हारको बाटो देखाउन वेश्ट ईन्डिजका लागि सुलेमान बेनले ४ तथा डारेन सामीले ३ विकेट लिएका थिए ।

त्यसअघि वेस्ट ईन्डिजले पुरै ५० ओभरमा अलआउट हुनुअघि २७५ रनको स्कोर खडा गरेको थियो । वेश्ट ईन्डिजलाई माथि उकास्न डेभोन स्मिथले १०७ तथा किरेन पोलार्डले आक्रामक ईनिङ खेल्ने क्रममा ५५ बलमा ५ छक्का सहित ९४ रनको पारी खेलेका थिए । आयरल्यान्डका लागि केभिन ओब्राईनले सर्वाधिक ४ विकेट लिएका थिए ।

No comments: