शिविर अनुगमनमा कर्मचारी राख्न माओवादी असहमत
काठमाडौँ, २६ फागुन । एकीकृत नेकपा माओवादीले लडाकुका शिविरमा सेना समायोजन विशेष समितिका प्रतिनिधि राख्न सहमति नजनाएपछि सेना समायोजन विशेष समितिको बैठकले समायोजनको कार्ययोजना बनाउन असफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको विशेष समितिको बैठकमा लाडकु शिविरमा सरकारी अनुगमनकर्ता राख्न माओवादीले असहमति जनाएको हो । बैठकपछि विशेष समिति सदस्य एवं कांग्रेस नेता रामशरण महतले माओवादीले समायोजनको कार्ययोजनाका केही बुँदामा असहमति जनाएपछि कार्ययोजना पारित हुन नसकेको बताउनु भयो । बैठकमा विहीबारै तीन दलबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री झलनाथ खनाले सेना समायोजनको कार्ययोजना प्रस्तुत गरेका थिए ।
तिन दल बैठकमा समायोजनको मोडालिटि र कार्यतालिका बनाउने सहमति
काठमाडौँ, २६ फागुन । प्रमुख तीनदलबीच माओवादी जनसेनाका लडाकूको समायोजन मोडल, समायोजनको कार्यतालिका र पुनस्थापना प्याकेजवारे एक हप्ताभीत्र तयार गर्ने सहमति भएको छ ।
सिंहदरबार स्थीत शान्ती मन्त्रालयमा बसको तीनदलको बैठकले शान्ति प्रक्रिर्यालाइ उच्च प्राथमिकताका साथ अघि बढाउने सहमित समेत जुटाएको हो । साथै बैठकले लडाकू समायोजनको व्यबस्थित कार्यतालिका बनाउन सेना समायोजन विशेष समितिलाइ निर्देशन समेत दिएको छ । बैठक पछि एमाले नेता प्रदिप ज्ञवालीले शान्ति प्रक्रिर्यालाइ सहमतिमा टुङ्गाउनेगरी विश्वासको वाताबरण बनाउन उच्चस्तरिय समझदारी बनाउने सहमति भएको बताउनुभयो ।
बैठकले विशेष समिति मातहतको सचिवालयलाइ आबस्यक जनशक्ति तत्काल परिपूर्ती गर्न विशेष समितिले निार्णय गर्ने सहमति भएको शान्ति मन्त्री बर्षमान पुनले जानकारी दिनुभयो । यसैगरी लडाकू समायोजनको मोडालिटि, पुनस्थापनामा जानेकोलागि प्याकेज तथा समायोजनको कार्यतालिका बनाउन विशेष समिति अन्तरगत कार्यदल बनाएर सहमति गर्ने सहमति भएको उहाँले बताउनुभयो ।
कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादी जनसेनाका लडाकूलाइ विशेष समिति मातहत व्यबहारिक रुपमा ल्याउने र समायोजन प्रक्रिर्याकालागि आबस्यक जनशक्ति पदपूर्ती गर्ने सहमति भएको बताउनुभयो । लडाकू समायोजनको कार्यतालिका र मोडलवारे ५ दिनभीत्र तीनदलमा प्रस्ताव ल्याउन विशेष समितिलाइ निर्देशन दिने सहमति भएको पौडेलले बताउनुभयो । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कागे्रस सभापति सुशील कोइराला तथा प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल सहितका नेताहरु सहभागि थिए ।
सञ्चार उद्यमी अञ्सारी माथि केन्द्रीय कारागार भित्रै गोली प्रहार ः प्रहरीद्धारा कमजोरी स्वीकार
काठमाडौँ, २६ फागनु । नेशनल टेलिभिजनका अध्यक्ष युनुस अन्सारीमाथी केन्द्रीय कारागार भित्रै आज गोली प्रहार भएको छ । अन्सारीमाथी भारतिय अपराधि जसजित सिंहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । नक्कली भारतिय रुपैँयाका कारोबारमा संलग्न रहेको अभियोगमा अन्सारी एक बर्ष यता जेलमा रहँदै आएका छन् । युनुसमाथी करिब ११ बजे भेटका लागी पुगेका सिंहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली युनुसको कुममा लागेको थियो । घाइते अन्सारीको नर्भिक इन्टनेशनल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबिच अन्सारीमाथि गोली प्रहार भएको घटनामा प्रहरीले आफ्नो कमजोरी भएको स्वीकार गरेको छ । साथै प्रहरीले ड्युटिमा रहेका दुइ प्रहरी जवान तथा एक सहायक निरिक्षकलाइ समेत निलम्बन गरेको छ । सुरक्षा जाँचमा प्रहरीको लापारबाही देखिएकोले प्रहरी सहायक निरीक्षक लक्ष्मण भण्डारी, र जवानद्वय मनोज कुमार कार्की र तिलकराम चौधरीलाई निलम्बन गरेको जनाएको छ । घटनवारे जानकारी गराउन महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानगरिय प्रहरी आयुक्त अर्जुनजंग शाहीले ड्युटिमा रहेका तीनजना प्रहरीको कमजोरीका कारण घटना भएको बताउनु भएको हो ।
गोली काण्डवारे छानविन गर्न उच्चस्तरीय प्रहरी टोली गठन गरिसकेको जानकारी गराउदै आयुक्त शाहीले घटनाको सत्यतथ्य छिट्टै सार्वजानिक गर्ने बताउनुभयो । प्रहरीले गठन गरेको छानविन समितिमा एआईजी रविन्द्रप्रताप शाहको संयोजकत्वमा डिआईजी परशुराम खत्री र एसएसपी माधव जोशी रहेका छन् । अन्सारीलाई जगजिद सिंह नाम गरेको भारतीय नागरिकले गोली प्रहार गरेको प्रहरीले बताएको छ । गोली प्रहार गर्ने व्यक्ति एक महिनादेखि नै ललितपुरको बाडेगाउँस्थित एक ब्यक्तिको घरमा अन्य दुई व्यक्तिसँग बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीसँग बस्ने अन्य दुई व्यक्ति भने फरार रहेको र उनीहरुलाई फेला पार्नेलाई रु ५० हजार पुरस्कार समेत दिईने बताएको छ । सिंह एक महिनाअघि देखि नै कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेट्ने बाहानामा कारागारमा अउने गरेको प्रहरीले बताएको छ । १५ लाख रुपैया लिएर तेस्रो ब्यक्तिको निर्देशनमा आफूले गोली प्रहार गरेको सिंहले प्रहरी समक्ष बयान दिएका छन् । उनी कुख्यात भारतीय डन छोटे राजन समूह का सदस्य भएको बताईएको छ ।
सेन्टर जेलको भेटभाट कक्षमा खुट्टामा पेस्तोल लुकाएर लगेका सिंहले अन्सारीको छातीमा नै गोली हान्ने प्रयास गरेपनि एक प्रहरीले रोकेका कारण कुममा गोली लागेको बताईएको छ । घाईते अन्सारीको खतरामुक्त अवस्थामा थापाथलीस्थित नर्भिक अस्पथतालमा उपचार भईरहेको छ । नेपालकै अत्यन्तै कडा सुरक्षा ब्यवस्था मिलार्यएको भनिएको सेन्टर जेलमै घटना भएको प्रति प्रहरीको कमजोरी भएका भन्दै आफन्तले आक्रोश समेत पोखेका छन् ।
यसैबीच, घाईते अन्सारकिा पिता पूर्व मन्त्री सलिममियाँ अन्सारीले प्रहरीलाई जानकार।ी हुँदाहुदै आफ्नो छोरामाथि गोली प्रहार भएको आरोप लगाउनुभएको छ । केन्द्रिय कारागार परिसरमा आक्रोश पोख्दै उहाँले आफूले पहिले नै छोराको ज्यान खतरामा छ भन्ने जानकारी प्रहरीलाई दिदा दिदै पनि यो घटना भएकाले प्रहरीको कमजोरीले नै गोली प्रहार भएको बताउनुभयो ।
नेपाली सेनाद्धारा राजनैतिक लबिङ गरेको भन्दै नौ सैन्य अधिकारीलाइ कारवाहि
काठमाडौँ, २६ फागुन । नेपाली सेनाले माथील्लो तहका अधिकृतको म्याद नथप्न राजनैतिक लबिङ गरको भन्दै नौ जना सैनिक अधिकारीलाइ कारवाहि गरेको छ । कारवाहिमा पर्नेहरुमा सहायक रथी किरण बज्राचार्य,, प्रमुख सेनानी प्रमेन्द किशोर क्षेत्री, प्राविधिक सेनानीहरु गोविन्द मैनाली, किरण श्रेष्ठ, पंकज थापा, धुव्र पण्डित तथा प्राविधिक सह सेनानी त्रय विदुर चन्द्र श्रेष्ठ, राजेश कुमार श्रेष्ठ र राम सागर यादव रहेको छन् ।
सहायक रथी किरण मैनालीको नेतृत्वमा सैनिक अधिकारीहरुले नेपाली सेनाले म्याद थपका लागी गरेको सिफारिस कार्यन्वयन नगराउन सैनिक मूखयालयमा जानकारी नै नगराइ तत्कालिन रक्षा मन्त्री विद्या भण्डारी तथा प्रधानमन्त्री माधव कुमार नेपाल र विभीन्न राजनैतिक दलका नेताहरुसँग समेत भेटवार्ता गरेका थिए ।
लबिङमा संलग्न रहेका अधिकारीहरुलाइ सेनाले हिरासतमा राखि कारवाहिका लागी सैन्य अदालत गठन गरेको थियो । कारवाहिमा परेको बज्राचार्यको दुइ बर्ष बढुवा रोक्का गरिएको छ तथा प्राविधिक सेनानी धुव्र पण्डितको १ बर्ष बढुवा रोक्का गरिएको सैनिक मुख्यालयले जनाएको छ । त्यस्तै अन्य सेनानीहरुको ६ महिना बढुवा रोक्का गरिएको सैनिक मुख्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
संवैधानिक अदालत वा संवैधानिक वेञ्च गठनमा सहमतिः
काठमांडौ, २६ फागुन । संविधानसभा संवैधानिक समिति अन्तरगतको उपसमितिले संविधानको अन्तिम व्याख्या अदालतवाटै गर्ने सैद्धान्तिक सहमति गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले संविधानको व्याख्या अदालतले गर्ने सहमति गरेको समिति सदस्य एवं कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । सर्वोच्च अदालत भीत्रै संवैधानिक वेञ्च गठन गर्ने वा छुट्टै संवैधानिक अदालत गठन गर्ने भन्ने बिषयमा भने भोली बस्ने बैठकले औपचारिक निर्णय गर्नेछ ।
उपसमितिका आमन्त्रीत सदस्य डा प्रकाशचन्द्र लोहनीले सम्बैधानिक अदालतको क्षेत्राधिकारवारे भोलीको बैठकमा थप छलफल हुने बताउनुभयो । न्यायाधीश नियुक्तिको संयन्त्रमा समेत भोलीको बैठकवाट निर्णय हुनेछ । यसअघि एकीकृत माओवादी संविधानको व्याख्या संसदवाटै गर्नुपर्ने अडानमा थियो । कानून बनाउने निकायले नै अन्तिम व्याख्या गर्ने व्यबस्था लोकतन्त्रको मर्म विपरित हुनै भन्दै चर्को आलोचना भएपछि माओवादी सम्बैधानिक अदालत गठन गर्ने विकल्पमा सहमत देखिएको हो । यसैबीच कागे्रस नेता पौडेलले आगामी मसान्त्र सम्ममा काम सम्पन्न नभए उपसमितिको म्याद केहि दिन थपगर्न सकिने बताउनु भएको छ । उपसमितिलाइ विबाद समाधान गर्न दिइएको समय आगामी सोमवार सकिदैछ ।
पूर्व राजा ज्ञानेन्द्र भारत गए ः नाम विवाह भेट राजनैतिक भेटवार्ता
काठमाडौँ, २६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह एक विवाह समारोहमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् । १२ दिन लामो भ्रमणका क्रममा उनले राजनैतिकि भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको बताइएको छ । भम्रणका दोरान शाहले विभिन्न मन्दिरहरुमा दर्शन गर्ने समेत कार्यक्रम रहेको छ । शाहको पछिल्लो चार महिनामा यो दोश्रो भारत भम्रण हो । भारत प्रस्थान गर्नुअघि शाहलाइ उनका समर्थकहरुले त्रिभुवन विमानस्थलमा बिदाइ गरेका थिए । शाहलाइ बिदाइका क्रममा राजवादीहरुले त्रिभुवन विमानस्थलमा नाराबाजी समेत गरेका थिए ।
सिमा क्षेत्रमा एकतर्फी पर्खाल बनाउनु आपत्तिपूर्णः सभासद
काठमाडौँ, २६ फागुन । व्यबस्थापिका ससदको पं्राकृतिक सा्रेत साधन समितले सिमावर्ती सरक्षण क्षेत्रमा भारतले पर्खाल र खाडल बनाएको सम्बन्धमा परराष्ट्र, गृह र बन मन्त्रालयका अधिकारीहरुसंग छलफल गर्ने भएको छ । बन्यजन्तुको आवत जावत र पानीको प्राकृतिक बहाव रोकिने गरि भारतले दशगजा क्षेत्रमा पर्ने सरक्षण क्षेत्रमा धमाधम खाडल खन्ने र पर्खाल बनाउने काम गरेकोले यसलाइ राृक्न कुटनीतिक पहल गर्नुपर्ने सभासदले माग गरेका छन । संसद सचिवालय सिंहदरवारमा विहान बसेको समिति बैठकमा सभासदहरुले भारतीय पक्षले पर्यावरणीय क्षेत्रमा समेत हस्तक्षेप सुरु गरेको आरोप लगाए ।
मओवादी सभासद सत्या पहाडीले भारततर्फ गएका बन्यजन्तु नेपाल फर्कीन नसुकुन भन्ने अभिप्रायले सिमा क्षेत्रमा खाल्डो खनि पर्खाल लगाइएको आरोप लगायनुभयो । भारतीय पक्षवाट एकतर्फी रुपमा भइरहेको पर्खाल लगाउने काम बन्यजन्तु करिडोर सम्बन्धी पूर्व सम्झौताको विपरित भएको उहाँले आरोप लगाउनुभयो । एमालेकी जुलि महतोले २५ देसबीच भएको बन्यजन्तु करिडोर सम्बन्धी सहमति विपरित भारतले सिमा क्षेत्रमा खाल्डा खन्ने र पर्खाल लगाउने काम गर्न नमिल्ने जीकिर गर्नुभयो । भारतीय पक्षले बर्दिया राष्ट्रिय निकुञ्जको कर्तनियाघाट र कैलालिको लालझडी, खाता लगायतका सिमामा भारतीय पक्षले एकतर्र्फी खाडल खन्ने र पर्खाल बनाउने काम गरेको भन्दै संसदीय समितिले स्थलगत निरिक्षण गरेको थियो ।
कागे्रस संसदीय दलद्वारा शोक प्रस्ताव पारितः
काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेस संसदीय दलले संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भटृराईको निधनले मुलुकमा ठूलो रित्तता सृजना गरेको ठहर गरेको छ । भट्टराइप्रति श्रद्धान्जली व्यक्तगर्द संसदीय दलको आज बसेको बैठकले भट्टराइको असामयीक निधनले देशले एक नैतिकवान, परिपक्व एवं राष्ट्रवादी प्रजातान्त्रिक नेता गुमाएको ठहर गरेको संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनुभयो । भट्टराइको निधनले नेपाली काँग्रेस परिवारलाई मात्र नभएर सम्र्पूण देशलाई स्तव्ध एवं दुःखीत तुल्याएको बताएको छ ।
‘नेपालको जहानीया राणा शासनको अन्त्य एवं निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको साथै देशको अत्यन्त कठीन अवस्थामा एक वार्ष भित्रै संविधान तर्जुमा गरी आम निर्वाचन सम्पन्न गराएर जनताको सम्प्रभुता संस्थागत गर्न उहाँले गर्नु भएको योगदानलाई नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखीने छ’, संसदीय दलको बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ । कागे्रस संस्थापक भट्टराइको गत शुक्रवार निधन भएको थियो ।
बेलायती मन्त्री द्धारा प्रचण्डसँग भेटवार्ता
काठमांडौ, २६ फागुन । बेलायती अन्तराष्ट्रिय बिकास सम्बन्धी राज्यमन्त्री एलन डकंनले आज बिहान एकिकृत नेकपा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटबार्ता गर्नु भएको छ । प्रचण्ड निबास नयाँबजारमा झण्डै पौने घण्टा भएको भेटबार्तामा उहाँहरुबीच जारी शान्ति प्रक्रिया, सबिधान निर्माण लगायतका बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री डंकनले शान्ति प्रक्रिया र सबिधान निमार्णका लागी आबश्यक पर्ने जस्तो सुकै सहयोग गर्न वेलायत सरकार तयार रहेको वताउनुभएको थियो । प्रचण्डले भने लामो गतिरोध चिर्दै नेपालमा नयां सरकार गठन भएको भन्दै समयमै संबिधान जारी गर्न दलहरु एक भएर अघि वढ्ने बिश्वाश दिलाउनुभएको थियो ।
राज्यमन्त्री डकनले नेपाल भ्रमणका क्रममा राष्टपति डा रामबरण यादब, प्रधानमन्त्री झलनाथ, लगायत बिभिन्न दलका नेता सँग भेटबार्ता गर्नुका साथै बेलायती अन्तराष्टिय सहयोग नियोग डिएफआइडी अन्तर्गत ३८ अरब रुपौयाँ सहयोग रकमसहीत आगमी चारवर्षे नेपाल कार्ययोजना सार्बजनिक गर्नु भएको थियो ।
खेल समाचार
विश्वकप क्रिकेट
जारी १० आँै संस्करणको विश्वकप क्रिकेट अन्तरगत आज भएको खेलमा जित हात पार्दै श्रीलङ्का क्वाटर फाइनलमा प्रवेश गरेको छ । जिम्बोवे विरुद्धको खेलमा १३९ रनले विजयी भएपछि श्रीलङ्का यो संस्करणको विश्वकपमा क्वाटरफाइनमा प्रवेश गर्ने पहिलो टोली समेत बनको छ । श्रीलङ्काद्धारा प्रस्तुत ३२८ रनको चुनौति पछ्याएको जिम्बाबे ३९ ओभरमा मात्र १८८ रनमा अल आउट भएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले पुरै ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाउँदै ३२७ रनको विशाल योगफल खडा गरेको थियो । श्रीलङ्काका लागी ओपनरद्धय उपल थुरुङ्गा र तिलकरत्ने दिलसानको उत्कृष्ट शतकिय पारि खेल्दै विशाल स्कोर खडा गरेका थिए । थुरुङ्गाले १३३ तथा दिलसानले १४४ रनको योगदान गरेका थिए । श्रीलङ्का विरुद्ध जिम्बाबेका क्रिस मोफुले ४ विकेट लिएका थिए ।
परािजत जिम्बाबेका लागी बेन्डन टेलर ८०, रेगिस चाकभा ३५ बनाउनु बाहेक अन्यले खासै स्कारे खडा गर्न सकेनन् । जिम्बाबेको इनिङ ध्वस्त पार्ने क्रममा श्रीलङ्काका तिलकरत्ने दिलसान ४ तथा मुथैया मुरलिधरनले ३ विकेट लिएका थिए ।

No comments:
Post a Comment