Thursday, March 10, 2011

फागुन २५ गते २०६७

नेपालीको उद्दारकालागि हर संभव प्रयास गरिनेः

सरकारले कामको शिलसिलामा लिवियाको त्रिपोली पुगेका सबै नेपाली कामदारको उद्दारकालागि हर संभव प्रयास गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज बसेको बैठकले एक जना मात्र बाकी रहदा समेत उच्च महत्वकासाथ उद्दार गर्ने निर्णय गरेको हो । लिवियामा कार्यरत १५ सय ६२ जनालाइ उघार गरिएको र बाकी रहेका ७३ जनालाइ सकुसल उद्दारकालागि सबै प्रयास गर्ने निर्णय भएको बैठक पछि सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो । यसकालागि परराष्ट्र मन्त्रालयका सह सचिवको संयोजकत्वमा अन्तर निकाय समन्वय समिति गठन गरिएको छ ।

मन्त्री परिषदको आजकै बेठकले व्यबस्थापिका संसदमा सभासदहरुले ध्यानाकर्षण गराएका कुरा सुन्न संसद बैठक बसेको समयमा दुइ जना मन्त्री अनिवार्य उपस्थित हुनेगरी व्यबस्था गर्न संसदीय व्यबस्था मन्त्रीलाइ जिम्मेवारी दिने निर्णय गरेको छ । यसअघि संसद बैठक चलिरहदा समेत मन्त्रीहरु उपस्थित नभएको भन्दै चर्को आलोचना भएको थियो । जापान सरकारले उपलव्ध गराउने भएको झण्डै ८७ करोड बरावरको खाद्य सहयोग स्वीकृत गर्ने पनि मन्त्रीपषिदको आजको बैठकले निर्णय गरेको छ ।

रक्षामन्त्री पौडेलद्वारा पदबहाली

काठमाडौँ, २५ फागुन । नवनियुक्त रक्षामन्त्री विष्णु पौडेलले शान्ति सम्झौता र अन्तरिम संविधानमा भएको प्रावधान अनुसार सेना समायोजन गरिने बताउनु भएको छ । सिंहदरवार स्थित रक्षा मँत्रालयमा आज पदबहाली गर्दै मन्त्री पौडेलले मुलुक विशिष्ट खालको सङ्क्रमणकालमा रहेकाले दलहरुबीच सहमति कायम गरी शान्तिप्रक्रियालाइ पूर्णतामा पु¥याउने बताउनु भएको हो । मन्त्री पौडेलले विस्तृत शान्तिसम्झौता, अन्तरिम संविधानलगायतका विगतका मार्गदर्शक दस्तावेजका आधारमा  शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याएर संविधान जारी गर्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

नेपाली सेना राष्ट्रिय गौरव भएको चर्चा गर्दै उहाँले मुलुकको अखण्डता, सार्वभौमको रक्षा गर्दै आएको नेपाली सेनालाई युग सुहाउँदो लोकतान्त्रिक र व्यावसायिक बनाउँदै लगिने बताउनुभयो । रक्षामन्त्री पौडेलले भन्नुभयो– ‘नेपाली सेना साँचो अर्थमा व्यावसायिक सेना हो, राष्ट्र र जनताको हित नै उसको विशेषता हो ।’

यसैगरी नवनियुक्त शिक्षामन्त्री गङ्गालाल तुलाधरले पनि आजै आफ्नो पदबहाली गर्नुभएको छ । पदबहालीपछि कर्मचारीहरुलाई संक्षिप्त निर्देशन दिँदै मन्त्री तुलाधरले वर्तमान सक्रमणकालीन राजनीतिक अवस्थामा शान्तिप्रक्रिया, संविधान लेखन र राष्ट्रिय सहमतिका लागि क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रिय सहमतिका लागि शिक्षा मन्त्रालयका तर्फबाट पनि योगदान गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री खनाल र प्रचण्डद्वारा यादबसँग छलफल

मन्त्रीमण्डल विस्तारको बिषयलाइ लिएर प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवसंग आज परामर्श गर्नुभएको छ । संसद सचिवालय सिहदरबारमा बिहान भएको बैठकमा फोरमले अघि सारेका शान्ति, संविधान र मधेशका मुद्दा संवोधन गर्नेवारे छलफल भएको थियो । फोरमले उठाएका तीनवटै बिषय संवोधनगर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री खनालले अबिलम्ब सरकारमा सामेल हुन आग्रह गर्नु भएको थियो । बैठकपछि फोरम अध्यक्ष यादवले आफ्नो पार्टीले अघि सारका बिषय संमाधन भए सरकारमा जाने निर्णय गर्न अफ्टयारो नभएको बताउनुभयो । फोरम उपप्रधान र परराष्ट्र मन्त्रालयको जिम्म्ेवारी सहित सरकारमा जाने तयारी गरेको छ । अन्य बिषयमा सहमति भए मन्त्रालयमा कुनै विबाद नहरुने यादवले बताउनुभयो ।

बेलायतद्धारा ३८ अर्ब सहयोगको घोषणा

बेलायत सरकारले ३८ अरब रुपौयाँ सहयोग रकमसहीत चार वर्षे नेपाल कार्ययोजना सार्वजानिक गरेको छ । बेलायती अन्तराष्टिय सहयोग नियोग डिएफआइडी अन्तर्गत बेलायतले आगमी चारवर्षको लागि यो कार्ययोजना आज सार्वजानिक गरेको हो । हाल नेपाल भ्रमणमा रहनु भएका बेलायतका अन्तरष्टिय विकास सम्बन्धी राज्यमन्त्री एलन डन्कनले नेपालमा विभिन्न चार क्षेत्रमा सहयोग गर्ने कार्यक्रमसहीतको चार वर्षे योजना सार्ववजानिक गर्नुभएको हो ।

चार वर्षे कार्ययोजनामा सुरक्षा निकायलाई सघाउने तथा शान्ति प्रक्रियालाई पूर्णता दिन सहयोग गर्ने, २ लाख बढीलाई रोजगार सिर्जना गराउने, ४ हाजर किलोमिटर सडक निर्माण गर्ने, स्वास्थ्य र शिक्षाको पहुँचमा बृद्धि गर्ने र जलवायु परिवर्तनको असर न्युनिकरणमा सहयोग गर्ने कार्यक्रमहरु उल्लेख छन् ।

चार वर्षे कार्ययोजनाको घोषणा पछि काठमाडौस्थित बेलायती दुताबासमा आयोजित पत्रकार सम्मेलनमा बेलायती राज्यमन्त्री डन्कनले बेलायती सरकारले गरेको सहयोगको पूर्णता सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेलायती सहयोगबाट शान्ति प्रक्रिया रहेको नेपालमा राजनीीतक स्थायीत्व कायम भई सहश्राब्धी बिकास लक्ष्य पुरा गर्नमा सहयोगसिद्ध हुने मन्त्री डन्कनले बताउनु भयो ।

राष्ट्रपति डा यादव सम्बोधन

बुटवल,  २५ फागुन ।  राष्ट्रपति डा रामवरण यादवले नेपालमा लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । उहाँले जनताको बलिदानीबाट आएको लोकतन्त्र र संविधानसभाको विकल्प खोज्नै नहुने समेत उल्लेख गर्नु भएको छ ।

बुटवलको लुम्बिनी अञ्चल अस्पताल बुटवलको शतवार्षिकी समारोह तथा नवनिर्मित शल्यक्रिया भवनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले भन्नुभयो–‘संसारमै सफल व्यवस्था लोकतन्त्र हो, त्यसैले देश समुन्नत बनाउन लोकतन्त्र नै उपयुक्त छ जहाँ जनता सर्वोपरि हुन्छन् ।’ उहाँले जनताले गरेको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानसभाबाटै नयाँ संविधान बनाउनु आवश्यक रहेको बताउनुभयो । नेपालमा अब अन्य कुनै शासन प्रणालीभन्दा पनि बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक गणतन्त्र उपयुक्त रहेको उहाँको जिकीर छ । संविधान निमार्णमा ढिलाई गर्न नहुनेमा जोड दिँदै उहाँले आफू मुलुकको अभिभावक भएकाले प्रधानमन्त्रीलाई यस विषयमा सल्लाह दिइरहेको पनि बताउनुभयो ।

कागे्रसद्वारा तत्काल राज्य पुर्नसंरचना आयोग गनठगर्न मागः

काठमाण्डौ, फागुन २५ । नेपाली कागे्रसले राज्यपुर्नसंरचनाका सम्बन्धमा गम्भीर गृहकार्य नभएको भन्दै तत्काल राज्यपुर्नसंरचना आयोग गठनगर्न सरकारसंग माग गरेको छ । शान्ति प्रक्रिर्याले पूर्णता नपाइ संविधान बन्न नसक्ने भन्दै संविधान जारी गर्नु अगावै शान्ति प्रक्रिर्यालाइ पूर्णतामा पु¥याउने गरी काम गर्न कागे्रसले माग गरेको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकको विशेष समयमा कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले भोली विबाद नआउनेगरी वैज्ञानिक ढंगले संघीयतामा जानकालागि राज्यपुर्नसंरचना आयोग गठन गर्नुपर्ने बताउनु भएको हो ।

एकात्मका राज्यवाट संघीयतामा जाने कुरा धेरै चुनौतिपूर्ण कार्य भएका कारण जनतामा विबाद नआउनेगरी राज्यको पुर्नसंरचना गर्नुपर्ने पौडेलको भनाइ थियो । संविधानमै उल्लेखित आयोग गठनगर्ने कुरा कागे्रसले दलहरुसंगको हरेक बैठकमा उठाउने गरेको स्मरणगर्दै संघीयताको सफलताकोलागि आयोग गठन गर्नु जररी भएको पौडेलले बताउनुभयो । राज्यपुर्नसंरचना आयोगले काम गरिरहदा संविधानका अन्य बिषयमा छलफल गर्न सकिने उल्लेखगर्दै पौडेलले विशेषज्ञ सम्मिलित आयोगको सिफारिस अनुसार संघस्यतामा जादा कम जोखिम हुने बताउनुभयो । उहाँले शान्ति सम्झौता र अन्तरिम संविधानले गरेका सिद्धान्तको परिधिमा रहेर नयाँ संविधान बन्नु पर्ने धारणा राख्नुभयो ।

पौडेलले माओवादी लडाकुका शिविरमा माओवादीको झण्डा कायम रहेको दावीगर्दै लडाकुलाइ व्यबहारिक रुपले तत्काल विशेष समिति मातहत ल्याउन सरकारसंग माग गर्नुभयो । कागे्रसले प्रधानमन्त्री निर्वाचनका क्रममा माओवादी र एमाले अध्यक्षवीच भएको सातबुेदे सहमति सहमति अनुसार माओवादी जनसेनाका लडाकूको छुट्टै फोर्स बनाउने कुरा कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै विगतमा भएको सहमति अनुसार नै लडाकूको समायोजन गर्नुपर्ने बताएको छ । पौडेलले सत्ताको सम्बन्धमा विक्षमा भएपनि शान्ति र संविधान निर्माणको सन्दर्भमा कागे्रसले रचनात्मक जारी राख्ने बताउनुभयो ।

नेकपा एमालेका रवीन्द्र अधिकारीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमति अन्तरिम संविधानको भावना अनुरुप आएको दावीगर्दै यसलाइ परिमार्जन गरेर दश बुदे बनाउन सकिने बताउनुभयो । उहाँले संविधानसभाको समितिले प्रतिवेदन तयार गरिसकेको अबस्थाम राज्य पुर्नसंरचना आयोग गठन गर्नेकुरा संभव नहुने टिप्पणी गर्नुभयो । अधिकारीले संविधानसभाको म्याद थप गर्ने÷नगर्ने बहस गर्नुभन्दा तोकिएको समयमै संविधान बनाउनु उचित हुने धारणा राख्नुभयो ।

संवैधानिक समितीको उपसमतिमा ब्यवस्थापकिय अगंको स्वरुप निर्धारणमा सहमति

सम्बैधानिक समिति अन्तरगत गठित उपसमितिलृे व्यबस्थापिकीय अंगको रुवरुप निर्धारण समितिमा रहेका विबादमा सहमति गरेको छ । संविधानसभा सचिवालय सिंहदरवारमा विहान बसेको बैठकले व्यबस्थापिकीय अंगको स्वरुप समितिको मस्यौदामा रहेका झण्डै ३० विबादको टुगौ लगाएको कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिनिधि सभा र राष्टिय सभाका सदस्यको संख्या भने प्रदेशको संख्यामा सहमति भएपछि टुगाइने उहााले बताउनुभयो । निर्वाचन हुन नसकेको अबस्थामापनि प्रतिनिधि सभा पुनस्थापना नगर्ने सहमति भएको मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।

संसद विघठन भएको अबस्थामा ६ महिना भीत्र निवर्चचन हुन नसके प्रतिनिधि सभा पुनस्थापना गर्ने वा राष्ट्रिय सभालाइ अधिकार दिने बिषयमा छलफल भएपनि यसलाइ शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनसंगै छलफल गरिने पौडेलले बताउनुभयो । प्रधानमन्त्री झलनाथ खनाल समेत उपस्थित बैठकमा कागे्रसले शान्ति प्रक्रिर्याको पूर्णता र राज्यपुनंसंरचना आयोग गठन गर्नुपर्ने कुरा उठाएको थियो । फोरम लगायतका मधेशवादी दलहरुले भने आयोग गठनको विरोध गरेका यादवले बताउनुभयो । उपसमितिको आर्को बैठक भोली विहान पुनः बस्नेछ ।

बन्द उद्योग तत्काल खुलाउन सभासदको मागः

सभासदहरुले मजदुरहरुले गरेको आन्दोलनका कारण बन्द उद्योग खुलाउने तर्फ पहलगर्न सरकारसंग माग गरेका छन । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य समयमा बोल्दै सभासदहरुले मजदुरका माग संवोधनगरी बन्द उद्योग खोल्ने पहल गर्न सरकारसंग माग गरेका हुन । नेपाली कागे्रसका रामचन्द्र पौडेलले माओवादी सरकारमा गए लगत्तै उसका भातृ संगठनले उद्योग बन्दको आयोजना गरेकोले लगानी पलायन हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कागे्रसकै महालक्ष्मी उपाध्याय डिनाले हेटौडाका उद्योग कल÷कार्खाना बन्द भएको भन्दै मजदुरका माग संवोधन गरेर उद्योग खोल्ने पहल गर्न माग गर्नुभयो । एमालेका विष्णु रिमालले भने बजारमा महङ्गी बढेकोले मजदुरको तलव बढाउन सरकारसंग माग गर्नुभयो । सभासदहरुले विद्युत आपूर्ती कटौति लोडसेडिङ्गको विकल्प खोज्न समेत सरकारसंग माग गरेका छन । सभासद बुद्धरत्न मानन्धरले सरकारले लोडसेडिङ्गको विकल्प नखोजे सरकार आफै कमजोर भएर ढल्ने टिप्पणी गर्नुभयो । बैठकमा प्राकृतिक स्रोत साधन समितिकी सभापति शान्ता चौधरीले ‘गैणा संरक्षण तथा पहिरो सम्बन्धी अध्ययन प्रतिवेदन’ पेश गर्नु भएको छ । संसदको आर्को बैठक आगामी २७ गते दिउसो १ बजे पुनः बस्नेछ ।

सरकार गठन भएपछि पहिलो पटक विशेष समिति बैठकः

नयाँ सरकार गठन भएको एक महिनापछि सेना समाजोयन विशेष समितिको बैठक भोली बस्ने भएको छ । प्रधानमन्त्री कायाृलय सिंहदरवारमा भोली दिउसो बस्ने बैठकमा समायोजनको मोडालिटि र कार्यतालिकावारे छलफल हुनेछ । मोडालिटिवारे छलफल गर्ने भएकोले भोलीको बैठकमा दलका शीर्ष नेताहरुलाइ समेत बोलाइएको प्रधानमन्त्री निकट स्रोतले बतायो । बैठकमा प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिमा उल्लिखित माओवादी लडाकूको छुट्टै फोर्स बनाउने प्रस्तावमा समेत छलफल हुनेछ । यसप्रति कागे्रसले आपत्ति जनाउने बताएको छ ।

पूर्बबर्ती सरकारले लडाकूका शिविरलाइ विशेष समिति मातहल ल्याएको घोषणा गरेपनि कागे्रसले लडाकूका शिविर विशेष समिति मातहत नआएको आरोप लगाउदै आएको छ । भोलीको बैठकमा प्रधानमन्त्री झलनाथ खनाललाइ समितिको संयोजक तोक्ने कार्यक्रम रहेको बुझिएको छ । माओवादी लडाकूको समायोजन मोडालिटिमा सहमति भए प्रधानमन्त्री खनालले माओवादीलाय गृह मन्त्रालय दिने मनस्थिति बनाउनु भएको छ ।

यही सरकार राष्टिय सहमितको बन्द

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले काँग्रेस र मधेशवादी दलहरु समेत सहभागी भई वर्तमान सरकार नै राष्टिय सहमतिको सरकार बन्ने बताउनु भएको छ । बाम धु्रवीकरणको रुपमा सरकारलाई अघि बढाए शान्ति र संविधान टुङ्गो लगाउन नसक्ने भन्दै महासचिव पोखरेलले शान्ति र संविधान पुरा नहुन्जेलको लागि बृहत लोकतान्त्रिक गठनबन्धनको विकल्प नरहेको बताउनु भयो । प्रेस चौतारी नेपालले उपत्यकामा भएको पत्रकार महासंघको अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्न आज आयाजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

माओवादी र एमालेवीच भएको सात बुँदे सहमित दुई दलवीच निर्वाचनको सहकार्य मात्र भएको उल्लेख गर्दै महासविच पोखरेलले सरकारमा सहभागीको क्रममा अन्य दलहरु पनि थपिदै जाने भएकोले ७ बुँदे सहमितको औचित्य नहुने बतउानु भयो । सात बुँदे सहमतिलाई लिएर अन्य दलहरु आत्तिनु नपर्ने तर्क उहाँको थियो । उक्त सहमतिमा भएको सेना समायोजन संबन्धी बुँदा दुई नेतावीचको मात्र भएकोले त्यसले विषेश समितिमा प्रस्ताबको हैसियतमात्र राख्ने महासचिव पोखरेलले बतउानु भयो ।

सेना समायोजन प्रक्रिया विषेश समितिको सहमतिमा र सुरक्षा निकायको स्थापित मान्यता अनुरुप नै हुने उहाँले बतउानु भयो । शान्ति प्रंक्रिया र संविधान टुङ्गो नलागेसम्म सहमतिको राजनीतिक आवश्यक रहेको भन्दै महासविच पोखरेलले त्यसको लागि एमालेले दक्षिणपन्थी र उग्र बामपन्थी दुवै धारलाई समर्थन नगरी मध्यमार्गीको रुपमा आफुलाई अघि बढाउने बताउनु भयो । 

नेपालमा तिब्बतीको मानवअधिकार संरक्षण गर्न आग्रह

काठमाडौ ,फागुन २५ गते ।  बिभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले नेपालमा रहेका तिब्बती नागरिकहरुको मानवअधिकारको संरक्षण गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनल, हुमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिष्टले आज एक संयुक्त वक्तव्य जारी गरी नेपालमा रहेका तिब्बतीहरुलाई सन् २००८ देखि सरकारले प्रतिरक्षात्मकरुपमा गिरफ्तार गर्नुका साथै प्रदर्शनको लागि प्रतिबन्ध लगाउदै आएको भन्दै उनीहरुको अभिव्यक्ती दिने, भेला हुने र संगठित हुने अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेको हो । तिब्बती समुदायले मनाउने वार्षिकोत्सव र चाडमा आवतजावत र वैधानिक रुपमा शान्तिपूर्ण तरिकाले व्यक्त गरिने विचार तथा भेला हुने अधिकारमा समेत सरकारले रोक लगाएको भन्दै ती संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

खेल समाचार
विश्वकप क्रिकेट

१० औ संस्करणको बिश्व कप क्रिकेट अन्तर्गत समुह चरणको आजको खेलमा नेदरल्याण्डलाई ५ विकेटले पराजीत गर्दै भारतले अन्तिम आठमा प्रवेशको सम्भावनालाइ बलियो बनाएको छ । खेलमा नेदरल्याण्डबाट पाएको १९९ रनको सामान्य लक्षलाई भारतले ३६ दशमलब ३ ओभरमा मात्र ५ विकेटको क्षेतिमा भेटाएको थियो ।

भारतको जीतमा युवराज सिंहले अभिजीत ५१, विरेन्द्र सेवागले ३९, सचिन तेन्दुलकरले २७ रनको योगदान गरेका थिए । यसअघि नेदरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा जाहीर खाँनले ३ युवारज सिंह र पियुस चाउलाले २ २ विकेट लिएका थिए । टस जिती पहिलो व्याटिङ गरेको नेदरल्याण्डले ४६ दशमलब ४ ओभरमा १८९ रनको सामान्य योगफल तयार गरेको थियो । न्युजिल्याण्डका लािग पिटर बोरेनले ३८, टीेम कुपरले २८ रनको योगदान गरेको थिए ।

No comments: