Thursday, March 10, 2011

फागुन २४ गते २०६७

प्रधानमन्त्रीद्वारा मधेशी मोर्चालाइ सरकारमा सामेल गर्ने प्रयासः
काठमाण्डौ, फागुन २४ । मधेशी जनअधिकार फोरम तत्कालका लािग सरकारमा नजाने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले फोरमद्धारा प्रस्ततु मागहरुमा सकारात्मक नबनेको भन्दै फोरमले तत्काल सरकारमा सहभागी नहुने जनाएको हो । सरकारमा सहभागीताको बारमा छलफल गर्न प्रधानमन्त्री झलनाथ खनाल र फोरम अध्यक्ष महसचिव रामसहाय प्रसाद यादव संयोजकत्वको वार्ता टोलीवीचको छलफल बिना निश्कर्ष सकिएको पछि फोरम तत्काल सरकारमा सहभागी नहुने भएको हो ।

फोरमले मधेश आन्दोलनका क्रममा भएका सहमतिहरु तत्काल कार्यान्वयन हुनुपर्ने, एक मधेश एक प्रदेशको सहमति कार्यान्वयन हुनुपर्ने, सेनामा मेधेशीलाई सामुुहिक प्रवेश गराउनु पर्ने लगायतका माग पेश गरेको छ । शान्ति प्रक्रिर्याको पूर्णता, तोकिएको समयमै संविधान निर्माण र मधेशका मुद्दामा सहमति भए सरकारमा सहभागि हुने फोरमले यसअघि नै निर्णय गरी सकेको छ । स्रोतका अनुसार फोरमले चार मन्त्रालयको दावी गरेका कारण सहमतिमा ढिलाइ भएको हो । प्रधानमन्त्रीले भने परराष्ट्र सहित तीन मन्त्रालय दिन सकिने बताउनु भएको छ । भेटवार्तामा प्रधानमन्त्री खनाल लगायत एमाले नेताहरुले तत्काल सरकारमा सहभागी हुन मधेशी जनअधिकार फोरमलार्य आग्रह गरिएको थियो ।

एमालेले मधेशी मोर्चामा आबद्ध दलहरुसंग समेत अनौपचारिक छलफल शुरु गरी सरकारमा सहभागी हुन आग्रह गरेको छ । मधेशी मोर्चामा अबाद्ध दलहरुले सरकारमा आउने संकेत गरेका कारण मन्त्रीमण्डललाइ पूर्णता दिन प्रधानामन्त्रीदले छलफल थाल्नु भएको बालुवाटार स्रोतलेदावी गरेको छ । मधेशी मोर्चामा आबद्ध सदभावना सहध्यक्ष लक्ष्मणलाल कर्णले भने प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिको अस्थित्वमा रहुन्जेल मधेशवादी दलहरु सरकारमा सहभागि हुने संभावना नभएको स्पष्ट गर्नुभयो

संविधान जारी गर्नु अगावै लडाकुको समायोजनः शान्तिमन्त्री

शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षामान पुन अनन्तले जेठ १४ अगावै लडाकुको समायोजन कार्य सम्पन्न गर्ने गरी सरकारले सेना समायोजन कार्यतालिका बनाउने बताउनु भएको छ ।

मन्त्री पुनले लडाकु समायोजन र संविधान निर्माणको कार्य सँगसँगै लगेर संविधान जारी हुनु अगावै समायोजन कार्य सम्पन्न गर्ने बताउनुभयो । राजधानीमा आज आयोजित एक अन्त।क्रिर्यामा मन्त्री अनन्तले शान्ति प्रक्रिया अन्र्तगत समायोजन र पुनस्थापनाको कार्य सम्पन्न गरेर संविधान जारी गरिने बताउनु भएको हो ।

कागे्रस एमाले लयातगका ठूला दलले संविधान जारी गर्नुअघि नै शान्ति प्रmित्रया सम्पन्न गर्नुपर्ने अडान राखेपनि यसअघि माओवादीले संविधान जारी भएपछि मात्र समायोजनको काम टुङ्गाउनु पर्ने बताउदै आएको थियो । मन्त्री पुनले जेठ १४ गते अगावै सेना समायोजको कार्य सम्पन्न भए पनि पुर्नस्थापनाको कार्य सम्पन्न गर्न भने दुई देखि पाँच वर्ष सम्म लाग्न सक्ने उल्लेख गर्नुभयो । प्रमुख दलवीच माओवादी लडाकु सहितको छुट्टै फोर्स बनाउने वा विद्यमान सुरक्षा निकायमा समायोजन गर्ने भन्नेवारे छिट्टै निक्यौल हुने उहाँको भनाई थियो । ‘लडाकुलाई रि–गु्रपिङ्ग गर्ने काम ब्यक्तिगत चाहनाकै आधारमा हुन्छ तर समायोजनमा जान चाहनेको भने समूह मै समायोजन हुन्छ ।’ मन्त्री पुनले भन्नुभयो ।  मन्त्री पुनले उच्चस्तरिय राजनीतिक कार्यदल र संबैधानिक समिति अन्तरगतको उपसमितिले संविधानमा रहेका विवादलाई साँघु¥याएकोले जेठ १४ गते भित्रै संविधान बन्ने आधार तय भएको दावी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच फागुन महिना भित्रमा सरकारलाई पूर्णता दिने सहमती भएको छ । प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटवार्तामा फागुन महिनाभित्रै सरकारलाई पुर्णता दिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान करिब आधा घण्टा भएको छलफलमा प्रधानमन्त्री खनालले पार्टीभित्र सहमती कायम गरी सरकारमा सहभागि हुने बांकी मन्त्रीहरुको नाम पठाउन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नु भएको थियो । अध्यक्ष प्रचण्डले भने चांडै आफुहरुलाई गृह मन्त्रालय दिन आग्रह गर्दै केहीदिन भित्रै सरकारमा सहभागि हुने थप मन्त्रीहरुको नाम तय गर्ने बताउनुभएको थियो ।

दुईनेताबीच भएको भेटमा सरकारमा अन्य दललाई पनि सहभागि गराउँने विषयमा समेत छलफल भएको श्रोतले बताएको छ । यस्तै उहाहरुबिच सेना समायोजन कार्य सम्पन्न गर्नका लागि बिषेश समितीको बैठक पनि छिट्टै बोलाउने सहमती भएको छ । दुई नेताबिच भएको भेटमा सञ्चारमन्त्रि कृष्ण बहादुर महराको पनि उपस्थिती रहेको थियो ।

हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योगहरु बन्द

एकीकृत नेकपा माओवादी समर्थित मजदुर तथा कर्मचारीले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका सबै उद्योगहरु बन्द गराएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आह्वानमा उद्योगहरु बन्द गराइएको हो । माओवादी समर्थित मजदुर तथा कर्मचारी आन्दोलनका कारण औद्योगिक क्षेत्रभित्र सञ्चालित ४४ वटा उद्योगहरु बन्द भएका छन् ।
उनीहरुले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई दैनिक न्यूनतम चार सय रुपैंया र कर्मचारीलाई मासिक न्यूनतम दश हजार रुपैया“ पारिश्रमिक उपलब्ध गराउनु पर्ने माग गरेका छन् । माओवादी समर्थित मजदुर तथा कर्मचारीको आन्दोलनप्रति एमाले निकट जिफन्ट र काङ्ग्रेस निकट ट्रेड युनियन स्वतन्त्रले भने विरोध जनाएका छन् । उद्योग बन्द गर्नु अघि उद्योग सञ्चालकहरुलाई पारिश्रमिक बृद्धिका लागि केही समय दिनुपर्ने उनीहरुको राय रहेको छ ।

माओवादीका सचिव सिपि गजुरेल

एकीकृत नेकपा माओवादीका सचिव सिपि गजुरेलले शान्तिपुर्ण ढंगले संविधान वनाउन अवरोध सृजना भए जनविद्रोहको माध्यमवाट जनसंविधान जारी गर्ने चेतावनि दिनुभएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अखिल नेपाल महिला संघले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्वोधन गजुरेलले जनसंविधानको चेतावनि दिनुभएको हो । निर्धारीत समयमा जनताको संविधान वन्न नसकेमा जनविद्रोहद्वारा जनताको भावना संवोधन गर्नुको विकल्प नभएको दावीगर्दै उहाँले जनताको पक्षमा संविधान वन्नेमा आशंका व्यक्त गर्नुभयो ।

शान्ति र संविधानको लक्ष्य पुरा नभएसम्म माओवादी क्रान्ति पुरा नहुने भन्दै गजुरेलले सदियौदेखि उपेक्षित, उत्पिडत महिला, दलित समुदायको मुक्ति नै नयाँ संविधानको मुल उदेश्य रहेको वताउनुभयो । नेपालको विभिन्न राजनीतिक परिवर्तनमा महिलाहरुले खेलेको भुमीका अग्रणी भएको उल्लेखगर्दै उहाँले महिलाको सहभागिता विना अहिले सम्मका परिवर्तन माओवादी जनयुद्ध अपुरो हुने वताउनुभयो । महिलाको मुक्ति केवल महिलाको लागि मात्रै नभई समग्र मुलुकका लागि भएको सवैले महिला मुक्तिको आन्दोलनलाई सघाउनुपर्नेमा जोड दिनुभयो ।

आज नारी दिवस

अन्तर्राष्ट्रिय नारी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ । यस वर्ष ‘शिक्षा, तालिम र विज्ञान प्रविधिमा समान पहुँच, महिलाका लागि सम्मानजनक कार्यको मार्ग‘ भन्ने नाराकासाथ यो दिवश मनाएको हो । दिवशको अवसरमा काठमाडौ लगायत देशका बिभिन्न भागमा र्याली तथा भेलाको आयोजना गरिएको छ । राजधानीमा पनि आदीबासी महिलाहरुले आज ¥याली निकालेका छन् । दिवशको अवसरमा राष्टिय आदिवासी महिला महासंघको तीन दिने राष्टिय सम्मेलन शुरु भएको छ ।

संविधान जारी नगरे थरुहट कब्जा

काठमाडौ, २४ फागुण । संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च आबद्ध थरुहट राज्य परिषदले आगामि जेठ १४ भित्र नयाँ संविधान जारी नगरे पश्चिममा थरुहट क्षेत्र कब्जा गर्ने चेतावनी दिएको छ । परिषदको केन्द्रीय कमिटिको बैठकले जेठ १४ गतेभित्र संविधान जारी हुने सम्भावना नभएको ठहर गर्दै जेठ १४ गतेबाट थरुहट क्षेत्रका सम्पूर्ण गाविसहरुमा थरुहटको झण्डा गाडेर गाविस सचिवको ठाँउमा परम्परागत संरचना बडघरा महटाँवा प्रणाली लागु गर्दै सोही अनुसार स्थानीय निकाय सन्चालन गर्ने निर्णय गरेको आज सो पार्टीद्धारा आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष योगेन्द्र थारुले जानकारी दिनुभयो ।

केन्द्रीय समिति बैठकले त्यस्तो अवस्था आएमा स्थानीय निकाय सन्चालन सँगै थरुहट क्षेत्रको सुरक्षाको लागी थरुहट सेना परिचालन गर्ने चेतावनी पनि दिएको छ । परिषदको बैठकले थरुहट आन्दोलनको भावी रुपरेखा तय गर्न आगामि चैत्र १२ गते नेपालगन्जमा पश्चिम क्षेत्रीय भेला, थारु संसद बुद्धिजीवि भेला, शिक्षक, महिला र विद्यार्थी भेलाको आयोजना समेत गने निर्णय गरेको छ ।

अवैध खानी, मिलेमतोको आरोप

भक्तपुर, २४ फागुन । भक्तपुरको दुवाकोट र झौखेलमा १३ वटाभन्दा बढी बालुवाखानी सञ्चालन हुँदा पनि जिल्ला विकास समितिले बेवास्ता गरेको भन्दै  स्थानीयबासीले विरोध जनाएका छन् । जिल्ला विकास समितिले छ वटा खानीलाई बालुवा झिक्न स्वीकृत दिए पनि खानी सञ्चालकले अवैध रुपमा खानी सञ्चालन गर्दा पनि जिबिसले कारबाही गर्न नसकेको उनीहरुले बताएका छन् ।

जिविस, प्रहरी र जिल्ला प्रशासनको मिलेमतोमा अवैध खानी सञ्चालन गरेको स्थानीय बासीको आरोप छ । छ महिनादेखि अवैध खानी सञ्चालन गरेको थाहा पाएर पनि कारबाही नगर्नु मिलेमतो भएको उनीहरुको तर्क छ । जिविसका स्थानीय विकास अधिकारी प्रभा पाण्डेले भने सम्झौता विपरीत खानी सञ्चालन गरेको र अवैध खानी सञ्चालन गरेको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

सम्झौता विपरीत दुवाकोटमा सञ्चालित खानीले सम्झौताका नियम पालना नगरी वातावरणलाई नै असर गर्नेगरी बालुवा झिकेको पाइएको जिविस खानी शाखाले जनाएको छ । खानी सञ्चालनको स्वीकृति लिँदा २८ बुँदामा सम्झौता गरे पनि दुईवटा बुँदाबाहेक अन्यको कार्यान्वयन नगरेको अनुगमनमा पाइएको शाखाले जानकारी दिएको हो ।

खेल समाचार
विश्वकप क्रिकेट
काठमांडौ, २४ फागुन । बिश्व कप क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेलमा पाकिस्तान न्युजिल्याण्डसंग ११० रनले पराजित भएको छ । 

न्युजिल्याण्डले दिएको ३ सय ३ रनको चुनौती पछ्याउदै व्याटिङ शुरु गरेको पाकिस्तान ४१ द्यशमलब ४ ओभरमा सबै विकेट गुमाएर १९२ रनमै समेटिएपछि हार व्यहोरेको हो । ताजा अवस्थामा पाकिस्तान २२ दशमलब १ ओभरको समाप्तीमा ६ विकेट गुमाउदै मात्र ८६ रन जोडन सफल भएको छ । पाकिस्तानका लागि अब्दुल रज्जाकले ६२ रन र उमर अकमलले ३८ रन जोडेका थिए । सहीद अफ्रिदी, अहमद सेहजाद, महमद हाफिज, कमरन अकमल लगायतका खेलाडिहरु सस्तैमा आउट भएका छन् । न्युजिल्याण्डका बलर टीम सौथीले ३ तथा केली मिल, नाथन म्याकुलन र स्कट स्टाइसिरले २÷२ विकेट लिएका छन् ।
 
श्रीलंकाको केन्डी स्थित पल्लेकेले अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३ सय २ रन वनाएको छ । उस्का लागि रोज टेलरले सर्वाधिक १ सय ३१ रन बनाउने क्रममा १ सय २४ बलको सामना गर्दैं ७ छक्का र ८ चौका प्रहार गरेका थिए । यस्तै मार्टीन गुप्तीलले ५७ तथा स्कट स्टाईरीसले २८ रनको योगदान गरेका थिए ।

No comments: