Thursday, March 10, 2011

फागुन २३ गते २०६७

गृहका दावेदार पौडेललाइ रक्षाको जिम्मेवारी, तुलाधर शिक्षामन्त्री

काठमाडौ, २३ फागुन । लामो अन्यौलता चिर्दै प्रधानमन्त्री झलनाथ खनालले एमाले सचिव एवं विनाबिभागिय मन्त्री विष्णु पौडेललाइ रक्षा मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । यसअघि गृह मन्त्रालयमा प्रस्तावित पौडेललाइ रक्षाको जिम्मेवारी दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आज साझ बसेको स्थाइ कमिटि बैठकले पौडेललाइ रक्षाको जिम्मेवारी दिने सहमति गरेको हो । अर्का मन्त्री गंगालाल तुलाधरलाइ भने शिक्षाको जिम्मेवारी दिइएको छ ।

यसअघि एमाले स्थाइ कमिटि बैठकले पौडेललाइ गृहको जिम्मेवारी दिने निणय भएको भन्दै केपी ओली लगायतका नेताहरुले पौडेललाइ गृहमन्त्री भनेर संवोधन गर्ने गरेका थिए । स्थाइ कमिटि बैठकमा वष्ठि नेता माधवकुमार नेपाल, प्रभावशाली नेता केपी ओली र उपाध्यक्षद्वय अशोक राइ र विद्या भण्डारी उपस्थित थिएनन । पौडेल सहितका सहमतिमा उहाँलाइ रक्षाको जिम्मेवारी दिने निर्णय भएको उपाध्यक्ष वामदेब गौतमले बैठकपछि जानकारी दिनुभयो । चाँडैनै अर्को बैठकबसी सरकारलाइ पूर्णता दिने सहमति पनि भएको उहाँले बताउँनु भयो । एमालेले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

लडाकू शिविरलाइ व्यबहारिक रुपमा विशेष समिति मातहत ल्याउन कागे्रसको मागः
 
काठमाण्डौ, फागुन २३ । नेपाली कागे्रसले माओवादी जनसेनाका लडाकू रहेका शिविर व्यबहारिक रुपले सरकार मातहत नआएको दावीगर्दै सेना समायोजन समितिको वैठक तत्काल बोलाउन सरकारसंग माग गरेको छ । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले राजधानीमा पत्रकारहरुसंग कुरागर्दै माओवादी लडाकूका शिविर सरकारको नियन्त्रणमा नभएको आरोप लगाउनु भएको हो । 

कागे्रसले व्यबहारिक र वास्तविक रुपमा शिविरलाइ विशेष समितिमा ल्याएर माओवादीको ‘चेन अफ कमाण्ड’ तोड्न माग गरेको छ । कागे्रसले माओवादी लडाकूको समायोजन नभइ संविधान बन्न नसक्ने दोहो¥याएको छ । विशेष समितिले माओवादी लडाकूको निरिक्षणगरी लडाकूको त्याहँ लडाकूको अनुगमन गरेर विगतका सहमतिका आधारमा तत्काल समायोजन प्रक्रिर्या सुरु गर्नुपर्ने पौडेलले बताउनुभयो । 

अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिर्यालाइ टुङ्गाएर संविधान निर्माणवाट मात्र मुलुकले सही निकास पाउने भन्दै पौडेलले त्यसकालागि माओवादी विगतका प्रतिबद्धता कार्यान्वयनमा तत्पर हुनुपर्ने बताउनुभयो । शान्ति प्रक्रिर्या सहज रुपले टुङ्गिएमा जेठ १४ मा संविधान जारीगर्न संभव रहेको पौडेलले बताउनुभयो । 

शान्ति सम्झौता र अन्तरिम संविधानमा भएका सहमति नयाँ संविधानका आधारभूत सिद्धान्त हुने दावीगर्दै पौडेलले विगतमा सहमति भएका बिषयवाट दायाँ÷बायाँ गर्न माओवादी नपाउनेजीकिर गर्नुभयो ।  शान्ति सम्झौता र अन्तरिम संविधान दुइटा दस्तावेजका आधारमा समाधान खोजिनु सरल र सोझो वाटो हुने दावीगर्दै यसमा छलकपट गर्न नमिल्ने पौडेलले बताउनुभयो । पौडेलले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सातबुदे सहमति ‘छलकपट’ भएको आरोप लगाउदै यसले समाधान नदिने टिप्पणी गर्नुभयो ।
 
छिट्टै विषेश समिती बोलाउँछु ः प्रधानमन्त्री

प्रधानमन्त्री झलनाथ खनालले छिट्टै विशेष समिति बैठक बोलाएर शान्ति प्रक्रिर्यालाइ दृढतापूर्वक अघि बढाउने बताउनु भएको छ । प्रमुख प्रतिपक्षिदल कागे्रसले शान्ति प्रक्रिर्यालाइ अघि बढाउन सरकारले पहल नगरेको भन्दै आरोप लगाइ रहेकोवेला प्रधानमन्त्रीले केहि विदमै सेना समायोजन विशेष समितिको बैठक बस्ने बताउनु भएको हो । संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाइ संक्षिप्त प्रतिक्रिर्या दिर्दै प्रधानमन्त्री खनालले केहिदिनमै सरकारले पूर्णता पाउने र शान्ति प्रक्रिर्या अघि बढने बताउनु भएको हो । 

दलहरुबीच सहमति नभएका कारण सरकारले पूर्णता पाउन दिलाइ भएपनि अब एक÷दुइ दिनमै सरकारले पूर्णता पाउने उहाँको भनाइ थियो । आर्को एक प्रसंगमा प्रधानमन्त्री खनालले शान्ति र संविधान निर्माण गर्ने समयमा आन्दोलनको कुरा नगर्न मधेशवादी दलहरुसंग आग्रह गर्नुभयो । 

मधेशी मोर्चा सरकारमा जान आतुरः यादव
 
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा जान वार्गेनिङ्ग गरिरहेको आरोप लगाउनु भएको छ । एकातिर विद्रोह गर्ने र आर्कोतिर सरकारमा जाने बार्गेनिङ्ग संगसंगै चलिरहेको यादवको भनाइ थियो । राजधानीमा आज सिमित पत्रकारहरुसंग कुरागदै अध्यक्ष यादवले सत्ता लोलुप दलले मधेशमा जनबिद्रोह गर्ने कुरा झुठ भएको बताउनु भएको हो । अध्यक्ष यादवले आफ्नो पार्टी सरकारमा सहभागि हुने कुरा निर्णय भइ नसकेको बताउनुभयो ।

शान्ति, संविधान र मधेशका मुद्दा संवोधन गर्ने विश्वासिलो आधार तयार नभइ आफ्नो पार्टी सरकारमा जान हतार नगर्ने यादवले दावी गर्नुभयो । यसैबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षागर्न आज बस्ने भनिएको मधेशी मोर्चाको बैठक स्थगित भएको छ । आफु अनुकुलको सरकार बननेपछि मधेशमा आन्दोलन चर्काउने बिषयमा छलफलगर्न मोर्चाले दिउसो २ बजेकालागि बैठक बस्ने तय भएको थियो ।

बेलायती अन्तराष्ट्रिय बिकास मन्त्री डंकन नेपालमा

चार दिने भ्रमणका लागी नेपाल आउनु भएका बेलायती अन्तराष्ट्रिय बिकास राज्यमन्त्री एलन डंकनले आज राष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपालको जारी शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका विषयमा छलफल भएको राज्यमन्त्री डंकनले जानकारी दिनुभयो । मन्त्री भए पछि एक बर्षमा उहाँको यो दोसा्रे नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापती शुशील कोइराला लगायतका शिर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

संसद्वारा भट्टराइप्रति शोक प्रस्ताव पारितः

काठमाण्डौ, फागुन २३ । व्यबस्थापिका संसदले कागे्रस संस्थापक नेता एवं पुर्व–प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधन प्रति शोक प्रस्ताब पारित गरेको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा आज दिउसो बसेको बैठकले भट्टराइको निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो

शोक प्रस्तावमा भनिएको छ–‘व्यबस्थापिका संसदको यो बैठक २००७ सालको जनक्रान्तिका अग्रणी नेता, २०१५ सालको प्रथम जननिर्वाचित प्रतिनिधिसभाको पहिलो सभामुख, सादा जीवन र उच्च विचारका धनी, राष्ट्रियता, समाजवाद र प्रजातन्त्रप्रति आजीवन समर्पित नेता नैतीक वलका धनी भट्टराइको निधनप्रति गहिरो शोक प्रकट गर्दछ ।’ शोक प्रस्ताब पारित भएको दिन अन्य बिषयमा प्रबेश नगर्ने ससदीय परम्परा आनुसार आजको बैठक शोक प्रस्ताव पारितगरी एक मिनेट मौन धारण गरेर स्थगित भएको थियो । संसदको आर्को बेठक आगामी २५ गते बुधवार दिउसो १ बजे पुनः बस्नेछ ।

यस्तै अवस्थामा जेठ १४ मा संबिधान नबन्ने

काठमाडौ, २३ फागुण । संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले अहिलेकै अवस्था हो भने आगामी जेठ १४ मा संबिधान नबन्ने दाबी गर्नुभएको छ । रिपोर्टरस नेपालद्धारा आज राजधानीमा आयोजित साक्षात्कारमा प्रमुख तिन दलले तत्परता नदेखाए जेठ १४ मा भित्र संविधानको मस्यौदा समेत बन्न नसक्ने ठोकुवा गर्नुभयो । सभापति आचार्यले प्रमुख तिन दलका शिर्ष नेताहरुले एकैमन्चबाट साझा विज्ञप्तीमार्फत संविधान बनाईछाड्ने प्रतिबद्धता ब्यक्त गरे मात्र निर्धारित मितीमा नयाँ संविधान जारी गर्न सकिने बताउनुभयो ।
उहाँले दलहरुको ब्यवहार र सबैलाई समन्वय गर्न सक्ने राजनेताको अभावले संविधान समयमा बन्न नसक्ने आधार खडा भएको बताउनुभयो । २०४६ सालमा उग्र रुपमा रहेका दरवार, काग्रेस र बामपन्थीवीच समन्वय गरेर सबैलाई सहमतिमा लिने क्षमता किसुनजीमा रहेकोले १३ महिनामा संविधान बनेको स्मरण गर्दै उहाले अहिले किसुनजीको जस्तो क्षमता कुनै नेतामा नभएको टिप्पणी गर्नुभयो ।

गृहमन्त्रालय माओवादीलाई– नेता गुरुङ

गोरखा, २३ फागुन । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङले गृहमन्त्रालय माओवादीले नै लिने दाबी गर्नुभएको छ । गोेरखा, तनहुँ र लमजुङका जिल्लास्तरका कार्यकर्तालाई प्रशिक्षण दिन आज गोरखा पुग्नुभएका नेता गुरुङले क्रान्तिकारी पत्रकार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा यसअघि एमालेसँग भएका वार्तामा गृह मन्त्रालय माओबादीलाई नै दिने सहमती भएको बताउनुभएको हो । उहाले फागुन महिनाभित्र मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारी भइरहेको समेत जानकारी दिनुभयो । सातबुँदे सहमति शान्ति र संविधानका लागि भएको भन्दै उहाँले सोही सहमतीको  धरातलमा रहेर माओवादीले काम गर्ने बताउनुभयो । उहाँले दलहरु संविधान निर्माणका लागि एक ठाउँमा रहेकाले छलफलबाट सहमतिमा पुग्ने र समयमा संविधान बन्न सक्ने बिश्वास व्यक्त गर्नुभयो ।

खनालको सुस्तताले मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो ः ओलीको बोली
 
एमाले नेता केपि शर्मा ओलीले भने आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री झलनाथ खनालको सुस्तताको कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको वताउनुभएको छ । प्रेस चौतारी तनहुँले आज दमौलीमा गरेको पत्रकार सम्मेलनमा वोल्दै ओलीले मन्त्रीका लागी भएको पार्टीगत सहमती प्रति १ महिनासम्म चुप लागेर वसेका कारण मन्त्रीपरिषद् विस्तारमा सरकारलाई ठेस लागेको वताउनुभएको छ । संस्थागतरुपमा भएका निर्णयलाई लागु गर्नका लागी ओलीले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

माओवादीलाई गृह मन्त्रालय दिन नहुने भन्दा पनि यो अवस्थामा माओवादी आफँले गृहमन्त्रालय लिन नहुने ओलीको तर्क रहेको छ । शान्ति प्रकृया र संविधान निर्माण टुङ्गोमा नपुगेको अवस्थामा माओवादीलाई गृह मन्त्रालय दिन्न भन्नु माओवादीको सहयोगका लागी भएको उहाँको भनाई थियो । माओवादीको समर्थनमा सात वुँदे सहमती मार्फत सरकार वने पनि यो अवस्थामा सात वुँदे त्रुटीपूर्ण रहेको भन्दै ओलीले सात वुँदेले दलहरुमा लडाइ झगडा उत्पन्न भएको वताउनुभयो । 

जलवायु परिवर्तन

जलवायु परिवर्तनलाई रोक्न तथा अग्ला हिमालहरुलाई बचाउन सहयोग गर्न ख्यातीप्राप्त विदेशी कलकारहरुको उपस्थिितमा सगरमाथाको आधारशिविरमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
स्टप ग्लोबल वार्मिङ, सेभ दि हिमालयज  नाम दिइएको सांगीतिक कार्यक्रम सगरमाथा आधार शिविरका साथै सोलुखुम्बुको नाम्चे तथा सल्लेरीमा हुन लागेको हो ।

सेभेन समिट फाउण्डेशन अमेरिकाको मुख्य आयोजना तथा योङ्ग स्टार क्लव सोलुखुम्कुको आयोजनामा हुन लागेको सांगीतिक कार्यक्रम नेपाल पर्यटन बर्ष सन् २०११ लाई सहयोग गर्न तथा बिभिन्न देशमा नेपालको बारेमा प्रचार प्रसार गर्न आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष ए.सी. शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाका अनुसार उक्त सांगीतिक कार्यक्रमलाई विश्वव्यापी बनाउन इन्टरनेट मार्फत् प्रत्यक्ष रुपमा विश्व व्यापी रुपमा प्रसारण गरिने छ । जलवायु परिवर्तनसँग सम्बन्धित गीत समेत तयार गरिएको बताउँदै शेर्पाले सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरुका साथमा बिदेशी कलाकारहरुको समेत प्रस्तुति रहेको जानकारी दिनुभयो ।  सांगीतिक कार्यक्रमका लागि क्लिन्टन एडवार्ड, जोन हरबर्ड मोवेर समेत नेपाल आउने आयोजकले जनाएका छन् । सांगीतिक कार्यक्रम सगरमाथा आधार शिविरमा आगामी चैत्र ९ गते हुने छ ।

पाठ्यक्रम विकास केन्द्रमा तालाबन्दी
 
भक्तपुर, २३ फागुन । विद्यालय तहबाट जनसङ्ख्या विषय हटाएको विरोधमा सानोठिमी क्याम्पसका बिद्यार्थीहरुले आज पाठ्यक्रम विकास केन्द्रमा तालाबन्दी गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले कक्षा ६ देखि १० सम्म अनिवार्य विषयको रुपमा पढाइ हुँदै आएको जनसङ्ख्या शिक्षा विषय हटाएर अन्य विषयमा समायोजन गर्न लागेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

जनसङ्ख्या शिक्षा सङ्घर्ष समितिको नेतृत्वमा निस्केको विद्यार्थीको जुलुसले पाठ्यक्रम विकास केन्द्र पुगी १० बजेदेखि नारा लगाउँदै धर्ना दिएका थिए । त्यसपछि केन्द्रका प्रमुख चित्र देवकोटालाई कार्यकक्षमा पस्न नदिइ विद्यार्थीले केन्द्रको मुलगेटमै अनिश्चितकालीन तालाबन्दी गरेका छन् । तालाबन्दीपछि केन्द्रका कर्मचारीहरु बाहिरै बस्न बाध्य भएका छन् । तालाबन्दी गर्नुअघि विद्यार्थीहरुले सानोठिमी क्याम्पस अगाडि पेप्सीकोला सानोठिमी सडक बिहान ९ बजेदेखि १० बजेसम्म अवरुद्ध गर्दा पुरानो ठिमी रुट भएर चल्ने सम्पूर्ण सवारी ठप्प भएका थिए ।

No comments: