Thursday, February 10, 2011

माघ २६ गते २०६७


मन्त्रालय बाडफाडमा अझै सहमति भएनः 

Home to whome ?!
प्रधानमन्त्री निर्वाचनका समयमा भएको सात बुदेँ सहमतिको पुर्नव्याख्या सहित मन्त्रालय बाँडफाडमा सहमति जुटन नसकेपछि प्रधानमन्त्री निर्वाचन भएको एक साता वितिसक्दा समेत मन्त्रीमण्डल गठनले आकार लिन सकेन छैन । एकीकृत नेकपा माओवादी र नेकपा एमाले मन्त्रालय बाडफाँडमा सहमतिको नजिक पुगेका दावी गरेपनि ठोस सहमति हुन नसक्दा आजपनि मन्त्रिपरिषद विस्तार हुन सकेन । सहमति जुटन नसक्दा संसदमा संवोधन गर्ने पूर्व निर्धारित कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको छ । 

मन्त्रालय बाडफाड र सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न गठित दुइदलीय कार्यदलले सत्ता साझेदारीमा सहमति नजिक पुगेको दुवै दलका नेताहरुले बताएका छन । यद्यपी विबादको मुख्य बिषय बनेको गृह मन्त्रालयमा दुवै दलको दावी कायमै रहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज दिउसो बसेको कार्यदल बैठक सहमति नजिक पुगेको कार्यदलका सदस्य एवं एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो । दुवै पार्टीका अध्यक्षबीच छलफल भएपछि आजै कार्यदलको बैठक बसि टुङ्गो लगाइने सहमति भएपनि दुइ दलका नेताहरुबीच अझै छलफल हुन सकेको छैन । 

स्रोतका अनुसार रक्षा मन्त्रालय आफूले राखेर गृह मन्त्रालय माओवादीलाइ दिन एमाले सहमत देखिएपछि सत्तासाझेदारीमा कुरा मिल्न लागेको हो । यसकालागि सात बुदे सहमतिको पुर्नव्याख्या हुनुपर्ने एमालेको सर्त रहेको बुझिएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आजै कुरा हुने उपाध्यक्ष गौतमले बताउनुभयो । 

कार्यदल बैठकमा प्रधानमन्त्री खनाल र एमाले प्रभावशाली नेता केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो । दुइ अध्यक्षबीच छलफल भइसकेपछि आजै कार्यदलको बैठक बसेर अन्तिम सहमति गरिने कार्यदलमा माओवादी सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । दुइदलबीच गृह मन्त्रालय कस्ले सम्हाल्ने भन्ने सहमति जुटन नसक्दा प्रधानमन्त्री निर्वाचन भएको एक साता वितिसक्दा समेत मन्त्रीमन्डल गठन हुन सकेको छैन । 

मुख्य दलले सम्बैधानिक समितिलाइ उपेक्षा गरेको साना दलको आरोपः 

प्रमुख दलका शीर्ष नेताहरु उपस्थित नभएको भन्दै संविधानसभाका सानादलले सम्बैधानिक समिति बैठक स्थगितगर्न माग गरेका छन । सत्ताको भागवण्डामा लागेर प्रमुख दलले संविधान निर्माण प्रक्रिर्यालाइ गौण बनाएको भन्दै सानादलले आपत्ति जनाएका हुन । सम्बैधानिक समितिको आज बसेको बैठकमा साना दलले ठूला दलको रवैयाप्रति आपत्ति जनाएका राजपा सभासद डा प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । प्रमुख दलका शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक प्राज्ञिक छलफलमै सिमित रहेको बताउनुभयो । 

प्रमुख दलहरु सत्ताको नसामा लागेका कारण संविधान निर्माणले उपेक्षित गति लिन नसकेको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बताउनुभयो । उहाँले संविधान निर्माणलाइ छायाँमा पार्ने ठूला दलहरुको रवैया कायमै रहे आगामी जेठ १४ मा संविधान नबस्ने परिस्थिति बन्दै गएको दावी गर्नुभयो । 

माओवादी सभासद देव प्रसाद गुरुङ्गले भने प्रमुख दलले सम्बैधानिक समितिलाइ उपेक्षा नगरेको दावी गर्नुभयो । नियमावली संशोधन मार्फत सम्बैधानिक समितिलाइविबाद मिलाउने जिम्मेवारी दिइएपनि शीर्ष नेताहरु उपस्थित नभएपछि बैठक औपचारिकतामै सिमित बन्ने गरेका छन । ६३ सदस्य रहेको सम्बैधानिक समितिको आजको बैठकमा ३७ जना सभासद उपस्थित भएकोमा प्रमुख दलका कुनैपनि शीर्ष नेताहरु उपस्थित थिएनन् ।  

यसैबिच संविधानसभा सम्बैधानिक समितिका सभापति निलाम्बर आचार्यले सम्बैधानिक समितिका बैठकमा  नियमित उपस्थित हुन प्रमुख दलका शीर्ष नेताहरुसंग आग्रह गर्नुभएको छ । शीर्ष नेताहरुले सम्बैधानिक समितिलाइ उपेक्षा गरेको सानादलको आरोप आइरहेका समयमा सभापति आचार्यले आबस्यक परे उपस्थितिका लागि दवाब दिने र नियमावली प्रयोग गर्ने बताउनुभयो । संविधानसभा सचिवाल स्थित आफ्नै कार्यकक्षमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति आचार्यले दलहरु सरकार गठनमा व्यस्त भएपनि सम्बैधानिक समितिको काम प्रभावित हुन नदिएको बताउनु भएको हो । 

उहाँले संविधानसभावाट विबाद सहित आएका बिषयगत समितिका मस्यौदा प्रतिवेदनमाथी एकसरो छलफल सम्पन्न गरेपछि आबस्यक परे उपसमिति गठन गरेर पनि विबाद मिलाउन प्रयास गरिने बताउनुभयो । सभापति आचार्यले प्रमुख दलहरुवीच संविधानका अबधारणागत विबाद रहेको उल्लेखगर्दै एउटै छलफलवाट विबाद टुङ्गियोस भन्ने अपेक्षा नगर्न सबैसंग आग्रह गर्नुभयो । आजको बैठकमा न्याय प्रणाली समितिको मस्यौदामाथी छलफल भएको र भोली मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामाथी छलफल हुने उहाँले बताउनुभयो । 

गलत निर्णयको कारण प्रधानमन्त्रीमा कांग्रेसको हार

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेसको गलत निर्णयका कारण प्रधानमन्त्रीको निर्वाचनमा हार बेहोर्नु परेको बताउनु भएको छ । प्रेश युनियन पाल्पाले आज तानसेन गरेको  पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले १६÷१६ पटक चुनाव हारेको मान्छेलाई प्रधानमन्त्रीमा उठाएर कंग्रेशले गतल निर्णय गरेको बताउनु भयो । १६ पटक हार व्यहोर्नुभएका नेतालाई फेरि उम्मेद्धार नवनाउन  अफुले केन्द्रिय समितिमा प्रस्ताव गरेपनि संस्थापन पक्षले वेवास्ता गर्दा हारको स्थिीति आएको दावी गर्नुभयो । 

माओवादी र एमालेबाट आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको दावी गर्दै नेता देउवाले आफू प्रधानमन्त्रीमा उठेको भए जित्न सक्ने दाबी गर्नु भयो । उहाले गुण र दोषको आधारमा नै वर्तमान सरकारलाइ समर्थन गर्ने पार्टी निर्णय भएकोले सो अनुसार नै कांग्रेस अगाडी बढ्ने बताउनु भयो । वर्तमान सरकारलाई आफ्नो मौन सर्मथन रहेको भन्दै नेता देउवाले औपचारीक छलफल हुन नसकेकाले सरकारमा जाने बिषय टाढा रहेको बताउनु भयो । माओवादी र एमालले बिच नै सहमतीमा समस्या देखिएको बेला उनिहरु मिलेर गएमा काग्रेसले पुनबिचार गर्ने सक्ने उहाको भनाइ छ ।  

संसद बैठक लगातार सूचना मार्फत स्थगितः 

काठमाण्डौ, माघ २६ । मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएपछि व्यबस्थापिका संसदको बैठक आजपनि सूचना मार्फत स्थगित गरिएको छ । संसद बैठक संचालनकालागि सरकारका एकजना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने भएपनि मन्त्रीमण्डल गठन भइनसकेका कारण संसद बैठक सूचना मार्फत भोली दिउसो तीन बजे सम्मकालागि स्थगित गरिएको हो । यसअघि प्रधानमन्त्री झलनाथ खनालले आज संसदमा संवोधन गर्ने कार्यक्रम तय गरिएको थियो । 

प्रधानमन्त्रीको संवोधन गर्ने तयारी भएपनि विशेष कारणवस आजको बैठक स्थगित गरिएको एमाले प्रमुख सचेतक भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि सोमबारको बैठकपनि सूचना मार्फत स्थगित गरिएको थियो । प्रधानमन्त्री खनालले गत २३ गतेनै संसदमा संवोधन गर्नेगरी संवोधनको ड्राफ्ट तयार गर्नु भएपनि सातबुदे सहमतिमा पार्टी भीत्रै विबाद भएपछि संवोधन कार्यक्रम पछि सारएिको हो । यसअघिको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट आगामी हप्ताभीत्र पारित गर्नुपर्ने सम्बैधानिक प्रावधान छ । 

सात बुँदेको आधारमा माओवादीलाई गृहमन्त्रालय – रामचन्द्र झा

नेकपा एमाले नेता रामचन्द्र झाले मन्त्रिपद नपाएकाले आफूले राजीनामा दिएको भन्दै सञ्चारमाध्यमहरुमा गलत प्रचार भएको बताउनुभएको छ । राजधानीमा आज भएको साक्षात्मकार कार्यक्रममा नेता झाले आफूले कहिल्यै मन्त्रीपदका लागि बार्गेनिङ नगरेको दावी गर्दै राजीनामा दिइएको भन्ने समाचार झुठो भएको जिकिर गर्नुभयो । संविधानसभाको चुनावमा विजयी भएकाहरुलाई सरकारमा सहभागी गराउनु पर्ने पक्षमा आफू रहेको भन्दै नेता झाले पार्टीभित्रको गुटबन्दीबाटै मन्त्रीको नाम सिफारिस गर्नुपरे पनि पराजित भएकालाई प्राथमिकता दिन नहुने विचार राख्नुभयो । उहा“ले माओवादीस“गको सहमतिपछि केही मन्त्रालयको टुंगो लगाएरमात्र मन्त्रिपरिषद गठन हुने जानकारी दिनुभयो । 

कार्यक्रममा माओवादीका पोलिटव्युरो सदस्य प्रभु शाहले आपूmले छुट्टै पार्टी खोल्ने भन्ने बाहिरी हल्ला निराधार भएको स्पष्ट पार्नुभयो । शाहले मधेश मुद्दामा समर्थन गर्ने वामपन्थी विचारका व्यक्तिहरुको एउटा संजाल बनाऔं भनेर छलफल गरिएको मात्र हो, यसैलाई आधार बनाएर हल्ला पैmल्याउनु आप्mनो चरित्रहत्या गर्न खोजेको आरोप लगाए । 

निजी विद्यालयलाई चैत्र १५ गतेअघि भर्ना नलिन निर्देशन

भक्तपुर, २६ माघ । निजी क्षेत्रका विद्यालयहरुले आगामी चैत्र १५ गते अघि विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । 

शुल्क निर्धारण समितिको अज बसेको बैठकले यस्तो निर्णय गरेको हो । निजी विद्यालयहरुले नयाँ विद्यार्थी भर्नामा प्रतिस्पर्धा गर्दै फागुन देखि नै नयाँ विद्यार्थी भर्नाका लागि विज्ञापन गर्न थालेपछि समितिले यस्तो निर्णय गरेको समितिका सदस्य एवं अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताउनुभयो । समितिले मुलुकभरका निजी विद्यालयलाई चैत्र १५ गते अघि विद्यार्थी भर्ना नलिन निर्देशन दिने र यसलाई अवज्ञा गरी त्यसअघि विद्यार्थी भर्ना गरे कडा कारबाही गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, समितिले गत वर्ष गरिएको निजी विद्यालयको शुल्क अनुगमन प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । यसका लागि शुल्क अनुगमन प्रतिवेदन कार्यान्वयन भए नभएको अध्ययन गर्न विभागका निर्देशक डिल्लीराम रिमालको संयोजकत्वमा एक उप समिति समेत गठन गरेको छ । आउँदो शैक्षिक सत्रमा निजी विद्यालयले लिने शुल्कका बारेमा समितिले छिट्टै निर्णय गर्ने भएको पनि भण्डारीले जानकारी दिनुभयो ।

No comments: