मन्त्रालय बाँडफाँडमा सहमति जुटाउन माअेवादी एमाले असफल ः दुइ दल बैठक
![]() |
Singhadurbar, Kathmandu, Nepal |
काठमाडौँ, माघ २५ । ब्यवस्थापिका संसदबाट एमाले अध्यक्ष समेत रहनुभएका झलनाथ खनाल प्रधानमन्त्री चयन भएको आज छैठो दिन पनि मन्त्रीमन्डल गठन गर्न असफल हुनुभएको छ । सत्ताको मुख्य सहयोगी माओवादीसँग मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि खनाललाई मन्त्रीपरिषद् गठन फलामको चिउरा सावित भएको हो । शक्तिसाली मन्त्रालय आफ्नो दलको भागमा पार्न दुबै दल कस्सिएपछि सरकार गठनमा भएको हातेमालो समेत ओझेलमा पर्ने देखिएको छ । प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचन्डबीच आज भएको छलफल पनि टुङगोमा नपुगेपछि मन्त्रीमन्डल गठन समेत केही दिन पर धकेलिने प्रस्ट संकेत देखिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको बैठकमा गृह मन्त्रालय कुन पार्टीले लिने भन्ने बिषयमा एमाले र माओवादी बिच विवाद भएको हो । बैठकमा माओवादी अध्यक्ष प्रचण्डले यसअघिको सात बुदेँ सहमतिका आधारमा आधारमा महत्वपूर्ण मन्त्रालयहरुमा माओवादी प्रस्ताव स्विकार्न प्रधानमन्त्री खनाललाइ आग्रह गर्नुभएको थियो । तर खनालले पुन छलफल गरेर मात्र निर्णय लिने बताएपछि आजको बैठक निष्कर्ष विहिन बनेको थियो ।
बैठकपछि एमाले नेता भरत मोहन अधिकारीले मन्त्रालय वाडफाडमा सहमतिको प्रयास भएको बताउनुभयो । दुई दलबीच पुन छलफल गरेर सहमतीकै आधारमा भागबन्डाको टुङगो लगाईने अधिकारीले बताउनुभयो ।
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक÷दुइ दिन भित्र मन्त्रालय वाँडफाँडको टुंंगो लाग्ने वताउनु भएको छ । सरकार गठनमा भैरहेकोले ढिलाई प्रती चिन्ता व्यक्तगर्दै उहाँले छिट्टै सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । सामुहिक कृषक डेरी लिमीटेडको आज राजधानीमा उदघाटन गदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री झलनाथ खनालसँग आज विहान भएको छलफल सकारात्मक र गंभिर रहेकोले छिट्टै समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
दुइदलबीच मन्त्रालय भागवण्डामा विवाद आएका कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भइरहेकोे भएपनि सहमतिवाटै समस्याको हल खोजिने प्रचण्डले बताउनुभयो । कृषिमा आधारीत उद्योगको विकास र प्रवद्र्धनमा जोड दिनुपर्ने बताउँदै प्रचन्डले नयाँ सरकारको नीति तथा कार्यक्रम र वजेटमा कृषीको विकासलार्य जोड दिईने प्रतीवद्धता व्यक्त गर्नुभयो ।
एमालेसँग मन्त्रालय बाँडफाँड मिलेन ः माओवादि स्थायी समिती बैठक स्थगित
सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आज बस्ने भनिएको एकीकृत नेकपा माओबादीको स्थायी समितीको बैठक बस्दै नबसी स्थगित भएको छ । मन्त्रालयको भागबण्डाका बिषयमा गठबन्धन दल एमालेसँग सहमति जुट्न नसकेपछि आज दिउँसो तिन बजेका लागी बोलाइएको माओवादी स्थायी समिती बैठक स्थगित भएको हो । माओबादीले कुन कुन मन्त्रालय पाउने भन्ने टुङ्गो नलागेका कारण एमालेसँग थप छलफल गरेपछि बैठक बस्ने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । माओवादीले खनाल नेतृत्वको बर्तमान सरकारमा गृह लगायत कम्तिमा ५ वटा महत्वपुर्र्ण मन्त्रालय पाउनु पर्ने दावी गर्दै आएको छ ।
कंग्रेश नेता रामचन्द्र पौडेल ः यो सरकार लामो समय टिक्दैन ।
नेपाली कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले खनाल नेतृत्वको वर्तमान सरकार धेरै दिनसम्म नटिक्ने ठोकुवा गर्नु भएको छ । तनहुमा आज आयोजीत एक कार्यक्रममा नेता पौडेलले माओवादी र एमालेको स्वार्थपूर्ण गठवन्धनबाट निमार्ण भएको बर्तमान सरकार मन्त्री चयनमै अल्झनुले सरकार धेरै दिन नटिक्ने स्पष्ट भएको बताउनु भयो । नेता पौडेलले हतियार त्यागेर नागरिक पार्टी नभई सकेको माओवादीको साथ र समर्थन लिनुले एमालेको ढुलमुले चरित्र थप प्रष्ट भएको टिप्पणी गर्नु भयो ।
नेता पौडेले माओवादीमा हतियार मोह र एमालेमा सत्ता मोह रहुन्जेल मुलुकमा नया संविधान वन्न नसक्ने समेत दाबी गर्नु भयो । मुलुकमा शान्ति र संविधान निर्माणको लागि राष्ट्रिय सहमतिको सरकारको बिकल्प नरहेको दोहो¥याउदै उहाले माओवादी र एमालेबीच भएको सात वुदे सहमति मुलुकको लागि धोका र लोकतन्त्र माथी कै उपहास भएको टिप्पणी गर्नुभयो ।
बाबुराम भट्टराई ः एमालेलाइ समर्थन बाध्यता ।
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले अन्तिम समयसम्म पनि माओवादी नेतृत्वमै सरकार बनाउने कोसिस गरिएपनि बाध्य भएर एमालेलाई समर्थन गर्नुपरेको बताउनुभएको छ ।
यथास्थितीवादीहरुले माओवादी नेतृत्वको सरकार बनाउन नदिएकाले आफूहरुको निकटताका आधारमा एमाले नेतृत्वको सरकार स्विकार गरिएको उहाँको भनाई थियो । काठमाडौ विश्वविद्यालयमा आयोजित प्रगतिशिल प्राविधिक विद्यार्थी सङगठनको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दे उपाध्यक्ष भट्टराईले आफूले पार्टीमा राख्दै आएको फरक मतबाट नआत्तिन आग्रह गर्नुभयो । फरक मतले पार्टीलाई गतिशिल बनाउने दावी गर्दे भट्टराईले आलोचनात्मक र क्रान्तिकारिता नभए सच्चा कम्युनिष्ट नै बन्न नसक्ने उल्लेख गर्नुभयो । अहिलेसम्म प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै जनताको सङघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नुपर्नेमा जोड दिदै भट्टराईले परिवर्तन रोक्न खोजिए खुल्ला क्रान्तिमा उत्रने चेतावनी दिनुभयो ।
नेता अनन्त ः सात बुदेँ गोप्य होइन
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले सँग भएको ७ बुँदे सहमति गोप्य नभएको दावी गर्नुभएको छ । एमाले भित्रको अन्तर विरोधका कारण कार्यान्वयन नगराउने उद्देश्यले सहमतिलाई गोप्य भनेर गलत प्रचार गरिएको उहाँको आरोप थियो । राजधानीमा आज कविता संग्रहको विमोचन गर्दै नेता अनन्तले ७ वुँदे सहमतिमा हस्ताक्षर गर्नुपूर्व दुवै पार्टीमा छलफल भएको दावी गर्नुभएको हो । दुइदलबीच भएको ७ बुदे सहमति शान्ति र संविधानका लागि आधार भएको दावीगर्दै उहाँले सहमतिको कार्यान्वयनमा जोड दिन एमालेसंग आग्रह गर्नुभयो । सहमती अनुसार माओवादी लडाकुका सन्दर्भमा अलग फोर्स बनाउने, संयुक्त फोर्स बनाउने, नेपाली सेनामै समायोजन गरी सिभिल डिफेन्स फोर्स बनाउने, कम्पनी फोर्स बनाई सेनामा समायोजन गर्ने लगायतका विकल्पमा छलफल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । वामपन्थी गठबन्धन गरेर कांग्रेसलाई अलग राख्न नखोजेको समेत उहाँले दावी गर्नुभयो ।
एम्नेष्टीको बिज्ञप्ती ः मानव अधिकार कता गयो ?
नेपालमा नयाँ सरकारबाट विस्तृत शान्तिसम्झौतामा भएका मानवअधिकार सम्बन्धी विषयको कार्यान्वयन गर्ने अवसर पुनः खेर फाल्न नहुनेमा एक अन्तराष्ट्रिय मानवअधिकारबादी संगठनले सचेत गराएको छ । एम्नेष्टी ईन्टरनेसनलले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै लामो समयसम्म कामचलाउ सरकारको भरमा रहेको देशमा गठित नयाँ सरकारले शन्ति प्रक्रिया र संबिधान निर्माण प्रक्रियालाई पुरा गर्ने जस्ता मानवअधिकार सम्बन्धी प्रतिबद्धता नयाँ सरकारले पुरा गर्ने पर्ने बताएको हो । बिगतमा मानवअधिकार हनन् गर्ने कार्यमा संलग्न रहेकालाई कारबाही गरी देशमा बिद्यमान दण्डहिनताको अन्त्य गर्नु अहिलेको सरकारको प्राथमितकाको बिषय हुनुपर्ने एम्नेष्टीले उल्लेख गरेको छ ।
यस्तै विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका ‘विश्वव्यापी रुपमा स्वीकार गरिएका मानवअधिकारका आधारभूत मान्यता, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, जनसहभागिता – विस्तृत शान्ति सम्झौताको प्रावधान जस्ता कुरा प्रतिविम्वित हुनुपर्ने र नयाँ संविधानमा महिला, दलित, जनजाती र अन्य अल्पसंख्यक समुदायको अधिकारको संरक्षण गरिनु पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ । द्वन्द्वका क्रममा आफन्तहरु गुमानुभएकाहरुको लागि राहत प्रदान गर्नुपर्ने भन्दै एम्नेष्टीले बेपत्ता भएकाहरुको अवस्था सार्वजानिक गर्ने कार्यमा सुधार ल्याउन सरकारलाई आह्वान गरेको छ ।
रामचन्द्र झा ः विरोध जनाएको हो, राजीनामा दिएको होइन ।।
काठमाडौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य रामचन्द्र झाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने नेताहरुको चयन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउनु भएको छ ।
एमाले नेता झाले पार्टी निर्णयप्रति आपत्ति जनाउदै पुनर्विचारको लागि पार्टी अध्यक्ष एवं प्रधाानमन्त्री झलनाथ खनाल समक्ष अन्तुष्टि जनाउनु भएको हो । पार्टि निर्णय प्रति असहमित जनाउनु भएको नेता झाले पार्टीबाट राजीनामा दिएको भन्ने खबर भने असत्य भएको बतउानु भयो ।
आज केही संचारमाध्यमहरुमा नेता झाले पार्टीबाट राजीनामा दिएको भन्ने खबर संप्रेसन भएको प्रति विमती जनाउदै उहाँले पार्टी संग असहमति मात्र रहेको र राजीनामा दिएको भन्ने खबर चरित्र हत्या गर्ने उदेश्यले प्रेसित गरेको दावी गर्नुभयो ।
सरकारमा को को जाने भन्ने निर्णय नै नभएको अवस्थामा कसरी राजीनामा दिने निर्णय लिनु – झाले भन्नुभयो । उहाँले आफ्नो असन्तुष्टिको बारेमा आजै प्रधानमन्त्रीसंग छलफल हुने समेत जानकारी दिनुभयो ।
महतोको निरंकुसता विरुद्ध संघर्ष गर्छु ः नेता झा
काठमाडौं, २५ माघ । सद्भावना पार्टीका निलम्वीत माहासचिव तथा मुख्य सचेतक अनिलकुमार झाले अध्यक्ष राजेन्द्र महतोको निरंकुशता विरुद्ध पार्टी र नेता कार्यकर्ताका लागि आन्तरीक संघर्ष गर्ने बताउनु भएको छ । रिर्पोटर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा निलम्बीत माहामन्त्री झाले अध्यक्ष महतोले आफ्नो व्यक्तिगत महत्वकांक्षाका कारण आफुलाई कारबाही गरेको आरोप लगाउनुभयो । आफुलाई कारबाही गर्ने अधिकार अध्यक्ष महतोसंग नरहेको भन्दै उहाँले महतो बिरुद्ध पार्टी भित्र सशक्त रुपमा संघर्ष गर्ने बताउनु भयो ।
उहाँले एमालेका उम्मेदवार झलनाथ खनालको विपक्षमा मतदान गरेर यहि सरकारमा जानका लागि पार्टी फुटाउने भनेर अध्यक्ष महतोले लगाएको आरोप सरासर झुठ रहेको भन्दै महतो विरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
लिम्वूवान ५ कार्यकर्ता पक्राउ , वन्दले जनजीवन
संघिय लिम्वूवान राज्य परिषदले गरेको अनिश्चितकालीन वन्दका कारण पुर्वका ९ जिल्लाको जनजिवन प्रभावित बनेको छ । परिषदको बन्दको कारण पूर्वका अधिकांश जिल्लामा यातायातका साधन ठप्प भएका छन भने कल कारखाना सञ्चालनमा आउँन सकेका छैनन् । बन्दको प्रभाव झापा, मोरङ, सुनसरी, ईलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा जिल्लामा पूर्ण रुपमा परेको हाम्रा स्थानिय सहकर्मीहरुले रिर्पाेटिङ गरेका छन् ।
धनकुटामा पक्राउ परेका कार्यकर्ता रिहाई तथा फोटोसहितको मतादाता नामावली संकलन कार्य बन्द गर्नुपर्ने माग गदै मञ्च सम्बद्ध परिषदले आजदेखि ९ जिल्ला बन्दको आह्वान गरेको छ ।
् ।
गत शनिबार परिषदले धनकुटामा माइक्रोबास आगजनी गरेपछि प्रहरीले दुई केन्द्रीय सदस्यसहित ६ जना नेता एवं कार्यकर्ता पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको रिहाईको माग गदै परिषदले आइतबार र सोमबार धनकुटा बन्द गरेको थियो भने यातायात व्यवसायी एवं मजदुरहरुले पनि आगजनीमा संलग्नालाई कारबाही र क्षतिपूर्तिको माग गदै बन्द गराएको थियो । बन्द खुलाउने बारे हिजो धनकुटा जिल्ला प्रशासन कार्यालयको पहलमा वार्ता भएपनि सहमति नभएपछि परिषदले आज देखि अरुणपूर्वका ९ जिल्लामा अनिश्चिकालीन बन्द आह्वान गरेको थियो ।
एमाले बैठक ः सात बुदेँ सहमति पुनरावलोकन गर्ने
नेकपा एमालेले माओवादीसंगको सातबु“दे सहमतिमा प्रयोग भएका केही भाषा परिमार्जनपछि त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजोराति अबेरसम्म चलेको एमाले स्थायी समिति बैठकले सम्झौतामा प्रयोग भएका केही भाषामा स्पष्ट हुनुपर्ने भएकाले माओवादीस“ग थप छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै एमाले सचिव युवराज ज्ञवालीले सहमतिका कतिपय भाषामा स्पष्ट हुनुपर्ने महसुस गरिएकाले आवश्यक परिमार्जनपछि अनुमोदन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहा“ले थप दुई पक्षीय छलफल छलफल गर्ने निर्णय गरिएको छ ।
आलोपालो गरी सरकार निर्माण गर्ने, लडाकुको छुट्टै फोर्स बनाउने भन्ने कुराले अन्य दलस“गको सहकार्यलाई असहज बनाउने भएकाले ती बु“दाहरूमा भाषा परिमार्जन गरिने एमाले स्रोतले जनाएको छ । दुई दलले मात्र आलोपालो गर्ने भन्ने सहमतिले अन्य दललाई निषेध गर्न खोजिएको सन्देश जाने भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवाज एमालेभित्र उठकेको थियो । विशेष गरी नेता केपी ओली र माधवकुमार नेपालले यी बु“दामा आपत्ति जनाएका थिए ।
खेल समाचार
एसिसि अण्डर १९ एलिट कप
थाइल्याण्डमा जारी एसीसी अण्डर १९ एलिट कप क्रिकेट प्रतियोगिताको उपाधीका लागि नेपाल र अफगानिस्तान भिड्ने भएका छन् ।
आज भएको सेमिफाईनलका आ—आफ्ना खेल जित्दै नेपाल र अफगानिस्तानले फाइनलमो भेट पक्का गरेका हुन् । आज भएको सेमिफाईनलमा कतारलाई .६.विकेटले पराजित गर्दै ४ पटकको विजेता नेपाल उपाधी नजिक पुगेको हो भने अफगानिस्तान पनि आजै भएको खेलमा डिफेन्डिङ च्याम्पियन हङकङलाई ७ विकेटले पराजित गर्दे फाईनलमा स्थान बनाउन सफल भएको छ ।
आज भएको खेलमा कतारले दिएको ११४ रनको लक्ष्य नेपालले .केवल २०..ओभर खेल्दै ४..विकेटको क्षतीमा भेट्टाएको थियो । नेपाललाई फाईनलमा पुराउन नरेश बुढाऐरले नटआउट रहँदै..४१..रनको योगदान गरे । नरेशलाई गतिलो साथ दिदै सागर पुनले ३६ रनको पारी खेलेका थिए । दुबैले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझ्ेदारी गरेका थिए । नेपालको जितमा नटआउट रहँदै प्रदिप ऐरीले पनि ४ बलमा १२ रन जोडे । नेपालका दुबै ओपनर सस्तैमा आउट भएपनि मध्यक्रमका व्याट्सम्याहरुले संयमित प्रदर्शन गरेपछि नेपालको जीत पक्का भएको हो । स्टार ब्याट्सम्यान फैजरुल खान १९.तथा सुवास खकुरेल..२ रनमा..आउट भएका थिए भने रमेह पुलामी विना रन पवेलियन फर्केका थिए ।
थाईल्यान्डको एआइटी मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले कतारलाई ४७ ओभरमा ११३ रनमा अलआउट गरेको थियो । कतारलाई सस्तैमा समेट्न राहुल विकले केवल २० रन खर्चेर ४ तथा भुवन कार्कीले १२ रन खर्चेर २ विकेट हात पारेका थिए । यस्तै अविनास कर्णले १ विकेट आफ्नो नाममा लेखाएका थिए ।
अन्तिम दुईमा स्थान बनाएसँगै नेपालले आगामी जुलाईमा आयरल्यान्डमा हुने आईसिसी अन्डर १९ वल्र्डकप क्रिकेटको छनोट खेल खेल्न पाउने अवसर पाएको छ । समूह चरणमा पनि प्रतिस्पर्धा गरेका नेपाल र अफगानिस्तान उपाधीका लागि पर्सी भिड्नेछन् । समूह चरणको खेलमा नेपालले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
No comments:
Post a Comment