एमाले र माओबादी बिच छलफल
![]() |
UCPN-Chairman and UML-Chairman |
एकीकृत नेकपा माओवादी र नेकपा एमालेले सरकार गठनको क्रममा भएको सात बुँदे सहमति अनुसार नै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । दुबै दलले सात बुदेँ सहमति थप सहमितका लागी आधार भएको भन्दै यहि सात बुदेँ अनुरुप अघि बढ्ने सहमति भएको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको बैठकपछि प्रधानमन्त्री झलनाथ खनाल र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात बुँदे सहमति अनुसार नै अघि बढ्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठक पछि माओवादी अध्यक्ष प्रचण्डले ‘सात बुँदे सहमतिको भावना अनुसारअघि बढ्न बढ्ने सहमति भएको बताउनुभयो । प्रचण्डले भन्नुभयो ः सात बुदेँ अहिलेको सरकारको आधार हो र सात बुदेँबाट नै देश अगाडी बढ्छ । प्रचण्डले आजको बैठकमा मन्त्रालय बाँडफाँटबारे भने कुनै कुरा नभएकोे जानकारी दिनुभयो । प्रचण्डले भन्नुभयो ः हाम्रो पार्टी ठूलो त्याग गरेर आएको पार्टि हो, कुनै एउटा मन्त्रालयको लागि मरिहत्ते गर्दैन । प्रचण्डले मन्त्रालयको विषयमा दुइ दल बिचको सहकार्यमा अफ्ठेरो नपर्ने समेत बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले दुइ दलवीच सात बुँदे सहमति भएको र त्यसै अनुरुप अघि बढ्ने बतउानु भयो । सात बुँदे सहमति दुई दल बिचको मात्र नभइ सबै दललाई सहमतिमा ल्याउने आधार भएको खनालले बताउनुभयो ।
यसैबिच एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओबादी र एमालेबिच भएको सातबुदे सहमतीका बारेमा अफुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । दुइ दलब बिचको छलफलपछि सञ्चारकर्मीलाइ प्रतिक्रिया दिदैँ ओलीले भनुभयो । प्रचण्डजी र खनालजीले सहमती गर्नुभएको होला, तर मैले भने सो सहमतीमा के छ हेरेको छैन ।
प्रधानमन्त्री निर्वाचनका क्रममा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालवीच सात बुदेँ सहमति भएको थियो । सहमतिमा माओवादी लडाकुको छुट्टै सुरक्षा निकाय बनाउने उल्लेख गरिएको छ । त्यस्तै सहमितमा गृह रक्षा लगायतका मन्त्रालय भागबण्डा लगाउने समेत बताइएको छ ।
संसद बैठक स्थगित, संवैधानिक समिती बैठक पनि स्थगित
व्यस्थापिका संसदको आज लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रिमा निर्वाचित भएपछि पहिलोपटक बस्न लागेको संसद बैठक आज सुचना टाँस गरी स्थगित गएिको हो । आज नवनिर्वाचित प्रधानमन्त्रि खनालले संसदमा सम्बोधन गर्ने कार्यसुची रहेको थियो । बैठक आगामी २६ गतेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
यता शिर्ष नेताहरुको उपस्थित नभएपछि आज बसेको संबैधानिक समितीको बैठक बिषयवस्तुमा प्रबेशै नगरी स्थगित भएको छ । नयाँ सबिधानको मस्यौदा तयार गर्न गठित सम्बैधानिक समितीको बैठकमा प्रमुख दलका शिर्ष नेताहरुनै अनुस्थित भएपछि बैठक आगामी बुधबार सम्मका लागि स्थगित गरिएको समितीका सदस्य केशवप्रसाद मैनालीले जानकारी दिनुभयो । यद्धपी आजको बैठकमा ब्यबस्थापकिय अगंको स्वरुपका बिषयमा भने उपस्थित नेताहरुबिच सामान्य छलफल भएको मैनालीले बताउनु भयो ।
नागरिकता प्रदान गर्ने उमेर र ब्यबस्थापिका सदन एक सदनात्मक हुने कि दुई सदनात्मक हुने भन्नेमा दलहरु बिच बिबाद रहँदै आएको छ । एकिकृत नेकपा माओबादी एक सदनात्मक बनाउनु पर्नेमा पक्षमा रहेका छ भने अन्य दलहरु दुई सदनात्मक बनाउनु पर्ने पक्षमा रहेका छन । यस अघि हिजो बसेको बैठकमा राज्यको शासकिय स्वरुपका बारेमा दलहरुले आ आफनो अडान नछाडे पछि जस्ताको तस्तै पारित भएको थियो ।
गृह छोड्नु परे सरकारमै नजान सक्छौ ः देव गुरुङ
एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देव गुरुङले एमालेले संस्थागत रुपमा सात बुदे सहमती स्वीकार गरी कार्यावन्यनमा लैजाने प्रतिवद्धता नजनाए दुई दलीय सहकार्य तोडिन सक्ने बताउनु भएको छ ।
राजधानीमा आज आयोजित कार्यक्रममा नेता गुरुङले एमालेले ७ बुँदे सहमती अस्वीकार गरे माओवादीले
सरकारमा सहभागी नभई बाहिर बाट समर्थन मात्र गर्ने बताउनुभयो । एमालेबाट ७ बुँदे स्वीकार भएन भने सहकार्य तोड् बाध्य हुने छौ, त्यसले कस्तो परिणाम आउछ अहिले भन्न सकिदैन – नेता गुरुले भन्नुभयो ।
मन्त्रालय बाँडफाँड र ७ बँुदे सहमती बारे एमालेका शिर्ष नेताहरुबाट आएका अभिव्यक्तिले एमाले सहमतीबाटपछि हट्न सक्ने आशाँका जन्माएको नेता गुरुङले बताउनुभयो । माओवादी र एमालेबीच महत्वपूर्ण मन्त्रालय आपसी सहमतीबाट बाँडफाँड गरेर अगाडि बढ्ने सहमती भएको जानकारी दिदै नेता गुरुङले एमालेले सरकारको नेतृत्व पाएकोले गृह मन्त्रालय पाउनु पर्ने जिकिर गर्नु भयो ।
त्यस्तै नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले माओवादी लडाकुहरुलाई समायोजन गर्न छुट्टै फोर्स गठन गर्ने कुरा १२ बुँदे समझदारी, अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता विपरित भएकाले काँग्रेसले उक्त सहमति कुनैपनि हालतमा स्वीकार नगर्ने बताउनुभयो । महतले अन्तरिम संविधान २०६३ मा शिविरमा रहेका माओवादी लडाकुहरु राज्यका सुरक्षा अंगमा समायोजन गर्ने उल्लेख भएकाले उनीहरुलाई समायोजन गर्न छुट्टै फोर्स गठन गर्ने गरी सहमती गर्नु शान्ति संझौता विराधी भएको उहाको भनाई थियो ।
छुट्टै फोर्स गठन हुदा त्यो फोर्स माओवादी शक्तिका रुपमा विकास हुने भन्दै नेता महतले समायोजन हुने लडाकुले योग्यता, लालिम र मापदण्ड पुरा गर्नु अति आवश्यक हुनेमा जोड दिनु भयो । एमाले पोलिटब्युरो सदस्य रघुवीर महासेठले पार्टी अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच भएको ७ बुदे सहमती अन्तरिम संविधान र शान्ति संझौता विरुद्ध नभएको जिकिर गर्नु भयो ।
महासेठले यसवारेमा पार्टीमा छलफल भएको र सहमति निकाल्नका लागि पहल जारी रहेकोले सात बुँदे
सहमतिको अहिले बिरोध गर्नुपर्ने आवश्कता नरहेको धारणा राख्नुभयो । उहाले ७ बुदेमा गृह मन्त्रालय माओवादीलाई दिनै पर्छ भन्ने कही उल्लेख नभएको भन्दै प्रधानमन्त्रीको पार्टीले गृह मन्त्रालयको जिममेवारी लिदा देशमा शान्ति सुरक्षा कायम गर्न सजिलो हुने उल्लेख गर्नुभयो ।
वर्तमान गठबन्ध कमजोर छ ः देउवाको भाषण
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठनमै विवाद देखिनुले वर्तमान सरकार कमजोर हुने देखिएको टिप्पणी गर्नुभएको छ । होटल व्यवसायी महासंघको आठौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेता देउवाले प्रधानमन्त्री झलनाथ खनालले आफूले सपथ लिएको दिन मन्त्रिपरिषद् गठन गर्न नसक्नुले सरकार बलियो नहुने संकेत गरेको धारणा राख्नुभयो । उहा“ले मन्त्रिपरिषद्ले पूर्णता नपाउ“दै सत्तासाझेदार दलबीच विवाद देखिनुले सरकार कामचलाउ सरकार बन्ने शंका उत्पन्न भएको टिप्पणी गर्नुभयो । नेता देउवाले कांग्रेसले प्रतिपक्षमा बसेर शान्तिप्रक्रियालाई निश्कर्षमा पु¥याउन सहयोग गर्ने धारणा राख्नुभयो । प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्दै शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउन सरकारलाई सहयोग गर्ने देउवाको भनाइ थियो । सोही कार्यक्रममा नेकपा एमालेका युवा नेता योगेश भट्टराइले शान्ति प्रक्रियालाई निश्कर्षमा पु¥याउन कांग्रेस सरकारमा सहभागी हुनु आवश्यक हुने भन्दै सरकारमा सहभागी हुन कांग्रेसलाई अनुरोध गर्नुभयो ।
सद्भावनाका अनिल झा महासचिवबाट निष्काशन
सद्भावना पार्टिले महाहसचिव अनिलकुमार झालाई पार्टिको हित बिपरित कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टिबाट निष्काशन गरेको छ । सद्भावनाको राष्ट्रिय कार्यसमितीको हिजो बसेको बैठकले उहालाई निष्काशन गर्ने निर्णय गरेको आज जारी बिज्ञप्तीमा जनाइएको छ । उहा संसदिय दलका प्रमुख सचेतक समेत रहेकोमा प्रमुख सचेतक पदबाट समेत मुक्त गरिएको बिज्ञप्तीमा उल्लेख छ । उहालाई पार्टी बिभाजन कार्यमा संलग्न रहेर पार्टी हित बिपरित कार्य गरेको आरोप लगाइएको छ ।
यसैबिच महासचिव झाले भने पार्टी निष्काशन गरिएको बारे आफुलाई कुनै जानकारी नभएको र यस खबरले आफु स्तब्ध बनेको प्रतिक्रिया दिनुभएको छ ।
शान्ति, संविधान र सहमति महासंघको अभियान ः धमेन्द्र झा
नेपाल पत्रकार महासंघ गोर्खा एफएम प्रतिष्ठान शाखाको अध्यक्षमा सुशील पन्त निर्वाचीत हुनु भएको छ । शाखाको आज सम्पन्न दोस्रो अधिवेशनले पन्तको अध्इक्षतामा सात सदस्यीय समिति चयन गरेको हो । कार्यसमितिमा रस्मिला प्रजापति उपाध्यक्ष, नवराज अर्याल सचिव, विश्वराज साम याम खाम सहसचिव र मेनुका बस्नेत कोषध्यक्षमा निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा निरज खड्का र गोविन्द गिरी चयन हुनुभएको छ । अधिवेशनले पदम न्यौपाने, मोहन सिंहलामा र बलराम श्रेष्ठलाई महाधिवेशनको प्रतिनिधीको रुपमा चयन गरेको छ ।
केन्द्रीय प्रतिनिधि मनोज झाको अध्यक्षतामा भएको अधिवेशनमा महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारहरुको अनगिन्ती चुनौतीहरु रहेपनि नेपाल पक्रकार महासंघले शान्ति, संविधान र सहमतिका लागि देशव्यापी अभियान संचालन जारी रहेकोले सम्पूर्ण पत्रकारहरु फेरी एकपटक आन्दोलीत हुनुपर्ने अवस्था आएको बताउनु भयो । शान्ति र संविधान सुनिश्चित हुन नसके त्यसपछिको परिस्थितिमा संचार माध्यमले समेत गम्भीर समस्या भोग्न बाध्य हुने भएकोले शान्ति र संविधानका लागि पत्रकारहरु आन्दोलीत हुनुप्रेको बतउानु भयो । महासंघको झण्डै ४० वटा प्रतिष्ठान शाखाहरुको अधिवेशन सम्पन्न भएको छ ।
माओवादी प्रशिक्षण
माओवादीले विभिन्न जनवर्गिय संगठनमा आबद्ध युवाहरुलाई राजधानीमा भेला गरेर राजनीतिक प्रशिक्षण दिएको छ । युवाहरुका लागि माओवादीको देशब्यापी प्रशिक्षण कार्यक्रम अनुसार आज विभिन्न संगठनमा आवद्ध युवाहरुलाई समसामयिक राजनीतिक, पार्टीको नीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा माओवादी अध्यक्ष्ँ प्रचण्ड, उपाध्यक्ष्ँद्वय मोहन बैद्य किरण र डाक्टर बाबुराम भट्टराईले प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षणमा देशका विभिन्न जिल्लाबाट १२ सय युवा सहभागी भएका छन । प्रशिक्षणमा बाइसिएल, मजदुर, विद्यार्थी, स्थानीय कायकर्ता, राज्यसमिति सदस्य, अखिल क्रान्तिकारी, किसान संघ, सांस्कृतिक फॉटलगायतको सहभागिता रहेको माओवादीले जनाएको छ ।
अस्ताए लोक खम्बा ः कल्याण्ड शेरचन, महिला अधिकारकर्मी शान्ति थपलियाको निधन
लोक गायक कल्याण शेरचनको ६४ बर्षको उमेरमा आज निधन भएको छ । जन्डिस रोगबाट पिडित शेरचनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा बिहान साढे दुई बजे निधन भएको हो । उहालाई पोखराको रामघाटमा आजै दाहसंस्कार गरिएको उहाका परिवारजनले जनाएका छन् । उहाले गाउनुभएका १६ बर्षे उमेरैमा, किन रुन्छौ दमिनी भाउजु, कलिलो तामालाई, दौतरी कौडा बढि चर्चामा आएका गितहरु हुन् । उहाका १ श्रीमती र २ छोरी छन् ।
यसैबिच महिला अधिकारकर्मी शान्ता थपलियाको आज बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट पीडित थपलियाको ७० वर्षको उमेरमा आज निधन भएको हो । कानुनी सहयोग तथा परामर्श केन्द्र ल्यक नेपालकी अध्यक्ष थपलियाको पुल्चोकस्थित निवासमा बिहान ३ बजे निधन भएको हो । उनी पारिवारिक कानुनमा विद्यावारिधी गर्ने पहिलो महिला हुनुहुन्थ्यो । यस्तै उहा“ पहिलो पटक अंश पाउने महिला पनि हुनुहुन्थ्यो । थपलियाको पार्थिव शरीरलाई अहिले ललितपुरस्थित ल्याक नेपालको कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको ल्याक नेपालले जनाएको छ । उहा“का एक छोरा हुनुहुन्छ ।
खेल समाचार
बद्रिलाललाई उपाधि
![]() |
Nepal Champion Badrilal Nepali |
हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघद्धारा संयुक्तरुपमा आयोजित हेटौडा आमन्त्रण फिडे रेटिंग बुद्धिचाल प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । उपाधिसगैं उनले नगद पन्ध्र हजार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा काठमाण्डौं चेस क्लबका रिजेन्द्र राजभण्डारी दोश्रो र भक्तपुरका युवा खेलाडी विकास कुलुजु तेश्रो भए । उनीहरुले समान ७.५ अंकका प्राप्त गरेपनि प्रोग्रसिवको आधारमा बद्रिलाल अगाडी विजयी भएका हुन् । बदिलालले दशौं चरणको खेलमा फिडेमास्टर बिलमलाल श्रेष्ठसित बराबरी गरे भने रिजेन्द्रले कान्तिपुर चेस क्लबका उत्तमराज थापालाई र विकासले धु्रबतारा स्पोर्टिंग क्लब दमकका निरज निरौलालाई पराजीत गरेका थिए । उपविजेता रिजेन्द्रले नगद १० हजार र विकासले ६ हजार नगद पुरस्कार प्राप्त गरे ।
No comments:
Post a Comment