संविधानको सभाको म्याद थपको विकल्प छैन —प्रचन्ड
काठमाण्डाँै, २४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाको म्याद थप गनुपर्ने बताउनु भएको छ । नवलपरासीमा आज एक विद्यायल भवनको उद्घाटन गर्दैं अध्यक्ष प्रचण्डले दुइ बर्षमा संविधान निमार्ण भएको इतिहास कहिँ पनि नभएको उल्लेख गर्नुभयो । अध्यक्ष भन्नुभयो ः जनआन्दोलन पछि जोशमा अलि महत्वकाक्षिं भएर दुइ बर्षमा संविधान निमार्ण गर्न सकिन्छ भन्ने निणर्य भयो ।
आउँदो जेठ १४ मा संविधान निमार्ण नहुने ठोकुवा गर्दै प्रचण्डले संविधानसभा बाटै संविधान जारी गर्नुको विकल्प नभएको दोहो¥याउनु भयो । नेपालमा पनि केही दिनभित्रै शान्ति प्रक्रिया र संविधान लेखनले नयाँ मोड लिने उहाँको दावी थियो ।
त्यसअघि क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले छिट्टै बस्ने दलहरुको बैठकले लडाकु समायोजनको मोडालिटी तयार पार्नै र त्यसपछि शान्ति प्रक्रिया र संविधान लेखन सँगसँगै अघि बढ्ने बताउनुभयो ।
काठमाण्डाँै, २४ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाको म्याद थप गनुपर्ने बताउनु भएको छ । नवलपरासीमा आज एक विद्यायल भवनको उद्घाटन गर्दैं अध्यक्ष प्रचण्डले दुइ बर्षमा संविधान निमार्ण भएको इतिहास कहिँ पनि नभएको उल्लेख गर्नुभयो । अध्यक्ष भन्नुभयो ः जनआन्दोलन पछि जोशमा अलि महत्वकाक्षिं भएर दुइ बर्षमा संविधान निमार्ण गर्न सकिन्छ भन्ने निणर्य भयो ।
आउँदो जेठ १४ मा संविधान निमार्ण नहुने ठोकुवा गर्दै प्रचण्डले संविधानसभा बाटै संविधान जारी गर्नुको विकल्प नभएको दोहो¥याउनु भयो । नेपालमा पनि केही दिनभित्रै शान्ति प्रक्रिया र संविधान लेखनले नयाँ मोड लिने उहाँको दावी थियो ।
त्यसअघि क्रान्तिकारी पत्रकार सङ्घले गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले छिट्टै बस्ने दलहरुको बैठकले लडाकु समायोजनको मोडालिटी तयार पार्नै र त्यसपछि शान्ति प्रक्रिया र संविधान लेखन सँगसँगै अघि बढ्ने बताउनुभयो ।
दाङको तुलसीपुरमा ः कङग्रेस जनसभा
दाङ, २४ बैशाख । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले सर्वत्तावाद ल्याउने दिवास्वप्न देख्नु साटो बिगतका सहमति र सम्झौता पालना गरेर उपलब्धीमुलक राजनीति सुरु गर्न माओवादीलाई सुझाव दिनुभएको छ । काँग्रेसले आज दाङमा गरेको जनसभा कार्यक्रमलाइ सम्बोधन गर्दै कोइरलाले शान्ति प्रकृया नटुङिगीदै नयाँ संबिधान जारी हुन नसक्ने भन्दै त्यस अघि जारी हुने संबिधानले जनताका हक अधिकारको रक्षा गर्न नसक्ने दाबि गर्नु भयो ।
माओवादीले हतियार मोह र विश्वमै असफल हुँदै गइरहेको साम्यवादी सोच कायम राखे देशमा शान्ति स्थापना र संविधान निर्माण नहुने मात्र होइन अन्य तानाशाह जस्तै माओवादी पनि समाप्त भएर जाने चेतावनी दिनु भयो । ’यो युग तानाशाह र अधिनायकवादको होइन’ नेपाली काग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत आज दाङको तुल्सीपुरमा बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो ’माओवादीले अहिले अंगीकार गरेको नीति र शैलीले उ आफैं समाप्त भएर जान्छ ।’
कांग्रेस वरीष्ठ नेता शेरबहादुर देउवाले माओवादीले वन्दुकको बलमा दलीय र वैचारिक पुर्वाग्रह राखेर लोकतन्त्र सिध्याउने, शान्ति र संविधान निर्माण अलपत्र पार्नेकाम गरेकै कारण देशको अवस्था दिनानुदिन बिग्रंदै गएको बताउनु भयो । उहाँले राष्टिय सहमति बिना केही गर्ननसकिने बताउँदै माओवादीका कारण अलपत्र परेको शान्ति प्रक्रिया र संविधान निर्माण गर्नअब कांग्रेसले अगुवाइ गर्नेबताउनु भयो ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले एमालेको दोहोरो चरित्र, अन्तरद्धन्द र माओवादीको बोलाइ तथा गराइमा रहेको ठुलो भिन्नताको असर सबै दल र जनतामा परेको बताउनु भयो ।
सभासद्को कतुर्त कति हुन् ः एक सभासद् मरिदा पिएर लठ्र परेर बजारमा बर्बराइन्
नेपालगञ्ज, २४ बैशाख । संविधान निमार्ण गर्न नसकेको भन्दै सभासद्हरुलाइ असक्षमताको आरोप लागिरहेको बेला आज एक सभासद् मदिरा पिएर मध्य बजारमा लठ्ठ पर्दै बर्बराएको अवस्थामा फेला परेका छिन् । एका बिहानै नेपालगञ्ज बजारमा नेकपा माले समाजवादीकी सभासद् शारदा नेपालीले मदिरा पिएर तमासा देखाएकी हुन् ।
सभासद् नेपाललीले नेपालगञ्जको न्यू नमस्ते होटलमा सँगै रात बिताएका श्रीमान्बाट असुरक्षित भएको भन्दै सडकमा तमासा देखाएकी थिइन् । अर्धबेहोसी अवस्थामा रहेकी सभासद् नेपालीले प्रहरीलाइ समेत सुरक्षाका हार गुहार गरेकी थिइन् । दुइ घण्टा सम्म सभासद् नेपालीले रिक्सामा चढेर बजारमा नेपालीले अनेकौँ चर्तिकला देखाएकी थिइन् । नेपालीलाइ पछि मात्र प्रहरीले सम्हालेको थियो । यसअघि पनि नेकपा मालेमा रहँदा पार्टिले धेरै लेबि लिएको भन्दै आत्महत्या प्रयास गरेकी थिइन् । सभासद् नेपालीले आफ्नो मानिसीक अवस्था ठिक नरहेको समेत सार्वजनिक रुपमा बताउँदै आएकी छिन् ।
देशैभर लोडसेडिङ घट्यो ।
काठमाण्डौँ, २४ बैशाख । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समायावधिमा कटौती गरेको छ । प्राधिकरणले आजबाट लागु हुने गरि सातामा २४ घण्टा लोडसेडिङ कटौती गरेको हो । अब देखी दैनिक ९ देखी साँडे ११ घण्टा मात्रै लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरणका भार सम्प्रेषण केन्द्रका चिरञ्जिवि शर्माले नदिमा पानीको बहाब बढेका कारण लोडसेडिङमा कटौति गरिएको जानकारी दिनुभयो । गत साता सम्म प्राधिकरणले दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको थियो ।
काभ्रेका अजुर्न लामा हत्या आरोप कपालेकल्पित ः संचार मन्त्री अग्नि सापकोटा
काठमाण्डौँ, २४ बैशाख । सुचना तथा संचार मन्त्रि अग्निप्रसाद सापकोटाले राष्ट्रसंघिय मानवअधिकार उच्चायुक्तको कार्यलय ओएचसिएचआरले लगाएको हत्या आरोप निराधार भएको दावी गर्नुभएको छ । राजधानीको एक अन्र्तक्रियामा मन्त्रि सापकोटाले मानवअधिकारको उल्लघंन गरेको भन्दै आफुमाथि लागइएको आरोप कपोकल्पित र पूर्वाग्रही भएको बताउनुभयो ।
सापकोटा मन्त्रिमा नियुक्त भए लगत्तै नेपाल स्थित राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले द्वन्दकालमा काभे्रका अर्जुन लामाको हत्यामा प्रत्यक्ष संलग्न व्यक्तीलाइ मन्त्री नियुक्त गरी सरकारले दण्डहिनताको संस्कृतिलाई बढवा दिएको भन्दै आपत्ति जनाएको थियो । यद्यपी मन्त्रि सापकोटाले सो घटनामा आफ्नो कुनै प्रकारको ब्यक्तिगत संलग्नता नभएको दाबी गर्नुभयो । जनयूद्ध कालमा भएको भएको सो घटना मानवअधिकार उल्लघनको विषय नभएको केवल राजनीतिक विषयमात्रै भएको दावी उहाँको थियो ।
मानबअधिकारको नाममा राष्ट्रसंघले नेपालको राजनीतिमा हस्तक्षेप गर्न खोजेको उहाको अरोप थियो । उहाले संबिधान सभाको निर्वाचन भाड्न आफुलाई त्यस्तो किसिमको आरोप लागाएको जिकिर गर्नुभयो । गलत रिपोर्टिङका आधारमा राष्ट्रसंघले बिज्ञप्ती निकाल्नु राष्ट्रसंघकै गरिमामा नकरात्मक असर पर्ने उहाँको टिप्पणी थियो ।
जेठ १४ गते भित्रमा संविधानको एकीकृत मस्यौदा र माओवादीको रिगु्रपिङ्गको काम सम्पन्न हुने दृढता ब्यक्त गर्दै उहाँले त्यसपछि चार महिना संविधानसभाको म्याद थपे शान्ति प्रक्रिया निश्कर्समा पुर्याउँदै संविधान जारी गर्न सकिने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो –जेठ १४ गतेभित्रमा नयाँ संविधान जारी हुन्छ भन्नु हास्यास्पद हुन्छ,तर एकीकृत मस्यौदा र रिगु्रपिङ्गको काम गर्न सकिन्छ । नेपाली सेनाले ल्याएको सेना समायोजन सम्बन्धि प्रस्ताव सकारात्मक भएको उल्लेख गर्दै मन्त्री सापकोटाले त्यसमा एमाले र काग्रेसपनि सकारात्मक रहेकोले सेना समायोजनको काम छिट्टो अगाडि बढ्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीलाई फिर्ता बोलाईन्छ—विद्या भन्डारी
काठमाण्डौँ, २४ बैशाख । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भन्डारीले गृह मन्त्रालय माओवादीलाई दिने निर्णय फिर्ता नलिए प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनाललाई सरकारबाटै फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । एमाले काडमाडौ क्षेत्र नम्बर ४ को अधिवेशन उद्घाटन पछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै पूर्व रक्षामन्त्री समेत हुनुभएकी भन्डारीले आगामी पोलिटब्युरो बैठबाट खनाललाई निर्णय सच्याउन निर्दैशन दिईने दावी गर्नुभयो । पोटिलब्युरोबाट पनि पार्टी अध्यक्ष खनालले निर्णय नसच्याए केन्द्रिय समिती बैठक बोलाएर उहाँलाई सरकारबाटै फिर्ता सम्म बोलाईने उपाध्यक्ष भन्डारीको दावी थियो । पाटीृको निर्दैशन र निर्णय अनुसार अध्यक्ष नचलेको भन्दै उहाँले पार्टी निर्णय विपरित चलिरहे त्यो कदम अध्यक्षलाई प्रत्युदपादक हुने जिकिर गर्नुभयो ।
माओवादीको आर्शिवाद महासङघलाई
नेपाल पत्रकार महासङघको नवनिर्वाचित कार्यसमितीलाई एकिकृत नेकपा माओवादीले आज सम्मान तथा बधाई दिएको छ । पार्टी केन्द्रिय कार्यलय कोटेशवरमा आज सम्मान कार्यक्रमकको आयाजना गरी माओवादीले सफल कार्यकालको बधाई र शुभकामना दिएको हो ।
कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । प्रेस स्वतन्त्रतालाई माओवादीले जहिले सम्मान गरेको भन्दै उहाँले पाटीृका केही सिमित ब्यक्तिहरुले त्यसको सम्मना नगरेपनि आफ्नो पार्टी त्यस्तालाई कारबाही गर्नै नीतिमा दृढ रहेको दावी गर्नुभयो । मिडियामा केही निश्चित घरानाहरुको मात्र पकड रहेकाले पे्रस स्वतन्त्रता जीवन्त बन्न नसकेको भन्दै उहाँले प्रेसबाट उत्पादित बस्तुमा कलमनीजीहरुको स्वामित्व हुनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासङघका सभापती शिव गाँउलेले पे्रस स्वतन्त्रताविरुद्ध सम्झौताहिन आन्दोलन गर्न महासङघ तयार रहेको बताउनुभयो । प्रेस स्वतन्त्रतालाई सम्मान गर्ने दलहरुको ब्यबहार र प्रेसको आलोचना सुन्ने दलको धैर्यतामा नै सम्बन्ध निर्भर हुने उल्लेख गर्नुभयो ।
बन्द फिर्ता सँगै जनजिबन सामान्य यातायात सुचारु
यातायात मजदुरले तीन देखि बन्द गरेको मेची राजमार्ग आज बाट खुलेको छ । सुरक्षााको प्रत्याभुति, घाइते मजदुरको उपचारका लागी खर्च उपलब्ध गराइने , अपराधिक क्रियकलापमा संलग्नलाई पक्राउ गरि कानुनी कारबाही गरिने लगायतका बिषयमा सहमती पछि राजमार्गमा यातायात सुचारु भएको छ । बिर्तामोड बाट ताप्लेजुङ जादै गरेको मे १ ख ७११ नम्बरको यात्रुबसका सहचालक पुर्ण थापालाई तीन जनाको समुहले बुधवार आक्रमण गरि घाइते बनाएको घटना पछि यातायात ब्यबसायीले अनिश्चितकालीन बन्दको आब्हान गरेका थिए ।
यता, नेपाली कग्रेश सुनसरीले आब्हान गरेको अनिश्चितकालीन यातायात बन्द फिर्ता लिए पछि आज बिहानैबाट त्यस क्षेत्रको यातायात पुर्ण रुपमा सञ्चालनमा आएको छ ।
अन्तराष्ट्रिय समाचार
इन्डोनेसियामा प्लेन क्रास, २७ को मृत्यु
इन्डोनेसियाको पूर्वि क्षेत्रस्थित पपुआमा भएको यात्रुबाहक हवाई जहाज दुर्घटनामा परी २७ भन्दा बढि यात्रुको मृत्यु भएको छ । पश्चिमी पपुआको सोरोङबाट काइमाना गइरहको सो प्लेन समुन्द्रमा खसेको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा २१ यात्रु तथा ६ जना चालक दलका सदस्य भएकोे बीबीसीले उल्लेख गरेको छ । प्लेन समुन्द्रमा डुबेकाले मृत्यु हुनेहरुको खोजी कार्य भइरहेको छ । हालसम्म १५ जनाको शव फेला पारिसकेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण सो दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि घटनाका बिषयमा थप अनुसन्धकान जारी रहेको इन्डोनेसियाको यातायात मन्त्रालयका प्रबक्तलाई उधृत गर्दै बिबिसीले बताएको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटबल
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस विजयी भएका छन् । जावलाखेलले फ्रेन्डस क्लबलाई २—१ ले तथा पुलिसले ब्रिगेड ब्वाईजलाई ५—० ले पराजित गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा जावालाखेलका लागि जेरार्ड मुफोङ र विशाल राईले गोल गरेका थिए भने फ्रेन्डसका लागि सुरेन्द्र तामाङले गोल गरेका थिए । खेलको ३६ औ मिनेटमा जावालाखेलका जेरार्ड मुफोङलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा जावालाखेलका लागि जेराडर्ढले नै गोल गरेका थिए भने अकौ गोल विशालले दोस्रो हाफको ६६ औ मिनेटमा गरेका थिए । ३६औ मिनटदेखिनै १० खेलाडीमा सिमीत बनेको फ्रेन्ड्सका लागि सुरेन्द्र ७३ औ मिनेटमा सान्त्वना गोल गरेका थिए ।
लिग अन्तरगतकै आजको दोश्रो खेलमा नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५—० को फराकिलो अन्तरले पराजित गरेको छ । पुलिसलाई जित दिलाउन भरत खवासले ह्याट्रिक गरेका थिए भने पर्वत पान्डे र जुमानु राईले १–१ गोल गरेका थिए ।
No comments:
Post a Comment