आयल निगमलाइ प्राधिकरण बनाउन सरकारलाइ सुझावः
काठमाण्डौँ, २२ बैशाख । सरकारद्वारा नेपाल आयल निगमको सुधारकालागि गठित कार्यदलले आयल निगमलाइ प्राधिकरण बनाउनुपर्ने सुझाव सहित आज आफ्नो प्रतिवेदन सार्वजानिक गरेको छ । आयल निगमको सुधार र इन्धनको सहज आपूर्तीका लागि एमाले नेता भीम आचार्यको संयोजकत्वमा गठित कार्यदलले निगमको व्यबस्थापन, मूल्यबृद्धि लगतयत सुझाव पेश गरेको छ । 
आपूर्ती मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजनागरी समितिले निगमको आन्तरिक सुधार, ढुवानी प्रणाली लगायत सिफारिस गरेको छ । समितिले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यबृद्धि हुदा दुइ तिहाइ सरकार र निगम तथा सर्बसाधारणलाइ एक तिहाइ मात्र मूल्यबृद्धि गर्नुपर्ने सुझाव दिएको छ । पत्रकार सम्मेलनमा संयोजक आचार्यले निगम सुधारकालागि तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालमा गर्नुपर्ने सबै किसिमका सुझाव दिएको र त्यो कार्यान्वयन हुने आशा व्यक्त गर्नुभयो ।
यसैबीच भारतीय आयल निगमले नेपाल आयल निगमलाई थप उधारो सुविधा प्रदान गर्न सहमत भएको भन्ने समाचारप्रति नोल स्थित राजदूतावासले खण्डन गरेको छ । दुतावासले आज एक विज्ञप्ति प्रकाशितगरी ‘नेपाल आयल निगमले बाँकी १४ अरव शोधभर्नाको लागि दावी गर्नुपर्ने’ भन्ने समाचारलाई पनि राजदूतावासले नियालेको जनाएको छ । ‘राजदूतावास यो प्रस्ट पार्न चाहन्छ कि यी दुवै कथनहरु आधारहीन छन्, दुतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवले भन्नुभएको छ– भारतीय आयल निगमले नेपाल आयल निगमलाई साप्ताहिक लेखा राखी दुईपक्षीय सम्झौतानुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्दछ र भारतीय आयल निगमले नेपाल आयल निगमलाई तिर्न बाँकी केही पनि छैन ।’ यसअघि आपूर्ती मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले भारत तीन अर्ब भारु बराबरको इन्धन उधारो दिन सहमत भएको बताउनु भएको थियो ।
यता सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमलाई फेरी दुई अर्ब रुपैंया ऋण व्यवस्था गरिदिने भएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले आयल निगमले कर्मचारी सञ्चय कोषसंग मागेको २ अर्ब ऋणमा जमानत बसिदिने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आयल निगमलाई थप २ अर्ब ऋण दिन अर्थ मन्त्रालयले गत सोमबार सञ्चय कोषलाई पत्राचार गरेको थियो । आयल निगमको घाटा डेढ अर्ब नाघेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पनि खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने निर्णय गरेको छ ।
संसदको प्रांकृतिक स्रोत साधन समितिको निर्देशन अनुसार सरकारले पहिलोपटक योग्यता र व्यवसायिक दक्षतामा प्राधिकरणको कार्यकारी निर्देशक छान्न लागेको हो । यसअघि प्राधिकरणको पदेन अध्यक्षको हैसियतले उर्जामन्त्रीको तजबिजमा कार्यकारी निर्देशकको राजनीतिक नियुक्ति हुंदै आएको थियो । खुल्ला प्रतिस्पर्धाबाट पारदर्शी रुपमा कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया फेर्न सरकारले कानुन समेत संशोधन गर्नुपर्नै प्रावधान रहेको छ । यस्तै आज बसेको मन्त्रीपरिषद बैठकले अष्टे«लियाले नेपाललाई दिएको १ अर्ब ४४ करोड वैदेशिक सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ । बैठकले आजबाट हुने प्रधानमन्त्रीको टर्की भ्रमणलाई अनुमोदन पनि गरेको छ । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री खनालले उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेको जानकारी गराउनुभएको थियो ।
शान्ति र संविधानवारे छिट्टै ठोस सहमतिका लागी माओवादीको नयाँ प्रस्ताव
काठमाण्डौँ, २२ बैशाख । एकीकृत नेकपा माओवादीले शान्ति प्रकृया र सविधान निर्माणवारेमा सहमतीका लागि नयाँ प्रस्ताव तयार गरेको छ । जेठ १४ लाई केन्द्रित गरित माओवादीले लडाकु समायोजन र संविधानको एकीकृत मस्यौदा तयार गर्नका लागि ठोस प्रस्ताव तयार गरेको हो । एसियाली कम्युनिष्टहरुको संगठन एसिया प्यासेफिक एक्सचेन्ज एण्ड कोअपरेटिप फाउण्डेशनका चिनिया प्रतीनिधीसँग आज भएको भेटपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो जानकारी गराउनुभएको हो । नेपाली कांग्रेसका नेताहरु काठमाडौंमा उपलव्ध नभएका कारण उक्त प्रस्ताव प्रस्तुत गर्न नसकिएको उहाँले जानकारी गराउनुभयो । माओवादी लडाकु समायोजन तथा पुनस्र्थापनको ठोस खाका, समयावधि, राजनीतिमा आउने वा सुरक्षा निकायमा समायोजन हुने लडाकुको पुनर्वर्गिकरणको नयाँ प्रस्ताववारेमा आगामी तीन दलको वैठकमा प्रस्तुत गरिने अध्यक्ष प्रचण्डले जानकारी गराउनुभयो ।
अध्यक्ष प्रचण्डले आगामी एक दुई दिन भित्रै तीन दलको वैठकले शान्ति र संविधान निर्माण प्रकृयामा महत्वपुर्ण सहमती गर्ने दावि गर्नुभयो । तर सहमतीको प्रारुपवारेमा भने उहाँले स्पष्ट पार्न चाहनुभएन । अध्यक्ष प्रचण्डले गृह मन्त्रालयवारेमा आफ्नो पार्टिमा कुनै विवाद नभएको जिकीर गर्नुभएको छ । उहाँले कार्यविभाजनवारे केहि विमती रहेपनि त्यसवारेमा सहमती खोजिने वताउनुभयो । माओवादीमा गृह मन्त्रालय वाँडफाँडवारेमा केहि नेताहरुले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका छन् । फाउण्डेसनका प्रतिनिधीसँगको वारेमा अध्यक्षले कुनै जानकारी नगराएपनि चिनीया कम्युनिष्ट पार्टिसँगको सम्वन्ध सुधारवारेमा छलफल भएको वुझिएको छ । अध्यक्ष प्रचण्ड फाउण्डेसनका संयोजक हुनुहुन्छ ।
काँग्रसका नेताहरु ः माओवादीको किन यति धेरै कुटा काट्छन् ।
नेपाली काँग्रेसका सभापति शुशील कोइरालाले माओवादीले हतियार मोह र विश्वमै असफल हुँदै गइरहेको साम्यवादी सोच कायम राखे देशमा शान्ति स्थापना र संविधान निर्माण नहुने मात्र होइन अन्य तानाशाह जस्तै माओवादी पनि समाप्त भएर जाने चेतावनी दिनुभएको छ । बुटवलमा आज आयोजित नेपाली काँग्रसको क्षेत्रिय जनजागरण सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले सर्वसत्तावाद ल्याउँने माओवादीको दिवा स्वपन मात्र भएको उल्लेख गर्दै सहमति र सहकार्यको नितीलाई अघि बढाउँन आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीले बन्दुकको बलमा दलीय र वैचारिक पूर्वाग्रह राखेर लोकतन्त्र सिध्याउँने, शान्ति र संविधान निर्माण अलपत्र पार्ने काम गरेकै कारण देशको अवस्था दिनानुदिन बिग्रदै गएको बताउँनु भयो । उहाँले राष्ट्रिय सहमति बिना मूलुकका कुनैपनि समस्या समाधान नहुने बताउँदै शान्ति प्रक्रिया र संविधान निर्माणमा काँग्रेसले अगुवाई गर्ने समेत उल्लेख गर्नुभयो । काँग्रेस उपसभापति तथा संसदिय दलका नेता रामचन्द्र पौडेलले एमालेको दोहोरो चरित्र, आन्तरिक द्धन्द्ध तथा माओवादीका कारण मुलुकमा समस्या उत्पन्न भएको आरोप लगाउँनु भयो ।
होस गर खनाल—नेपाल—ओली
नेकपा एमालेका प्रभावशाली नेताहरुले पार्टीको संस्थागत निर्णणको उपेक्षा गरेर ब्यक्तिगत मनोकाङक्षाका भरमा माओवादीलाई गृहमन्त्रालय जिम्मा लगाएको भन्दै प्रधानमन्त्री झलनाथ खनालको तिव्र आलोचना गरेका छन् । छुट्टाछुट्टै कार्यक्रममा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का प्रभावशाली नेता केपी शर्मा ओलीले पार्टीको सहमती विनानै गृह मन्त्रालय माओवादीलाई दिएकोमा खनालले ठूलो मूल्इ चुकाउनु पर्ने चेतावनी पनि दिएका छन् ।
राजधानीमा आज आयोजित अन्र्तक्रियामा बोल्दै वरिष्ठ नेता नेपालले माओवादी कार्यकर्ताहरुलाई अपराध गर्ने छुट दिन गृह मन्त्रालय माओवादीलाई दिईएको आरोप लगाउनुभयो । माओवादीलाई गृह दिनु भनेको उसका कार्यकर्ताको अपराधलाई क्लिन चिट दिनुभएको टिप्पणी गर्दै नेता नेपालले आतङक मच्चाउने र एकलौटी कायम गर्नै माओवादी चाहनालाई प्रधानमन्त्रीले गृह दिएर सघाएको जिकिर गर्नुभयो । गृह मन्त्रालय माओवादीलाई दिने निर्णय एमालेको पार्टीगत निर्णय नभएकोृ भन्दै नेपालले खनालको ब्यक्तिगत निर्णयका विषयमा पोलिटब्युरो र केन्द्रिय कमिटीमा जोडदार बहस हुने दावी गर्नुभयो । यद्यपी नेता नेपालले राष्ट्रिय सहमतीको सरकार बन्ने अवस्था नआएसम्म खनाल नेतृत्वको सरकारको विकल्प भने खोज्न सुरु नगरिने स्पष्ट गर्नुभयो ।
यता पार्टीका अर्का प्रभावशाली नेताकेपी ओलीले पार्टी निर्णय अनुसार चल्न खनाललाई सुझाव दिनुभएको छ । एशियाली कम्युनिष्ट पार्टीको १७ औ स्थायी कमिटी बैठकमा सहभागी भएर मलेसियाबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसग कुरा गर्दै नेता ओलीले गृह मन्त्रालय माओवादीलाई दिएको भन्द्यै प्रधानमन्त्री खनालको चर्काै आलोचना गर्नुभयो । पार्टीको संस्थागत निर्णय बिपरीत माओवादीको काध चढेको भन्दै आक्रोशित भएका नेता ओलीले प्रधानमन्त्री खनालले अनुशासन हिन र मुलुकको हित विपरीत काम गरेको टिप्पणी गर्नुभयो ।
उहाले प्रधानमन्त्री खनालले केशरजंग र जगत बोगटी प्रकरणको अनुसरण गरेको आरोपसमेत लगाउनुभयो । नेता ओलीले प्रधानमन्त्री खनालले दलिय प्रणालीको उपेक्षा गरेर तानाशाह प्रवृत्ति लाद्न खोजेको टिप्पणी गर्नुभयो । उहाले विगतमा संसदीय अभ्यासमा देखिएका खराब आचरणको प्रधानमन्त्री खनालले अनुषरण गरेको टिप्प्णी गर्नुभयो । नेता ओलीले राष्ट्रिय सहमति गर्ने नाममा माओवादी अध्यक्ष प्रचन्ड र आफ्ना अध्यक्ष खनालले मुलुकलाई भड्खालोमा हालेको टिप्पणी गर्नुभयो ।
प्रधानमन्त्रीद्धारा पत्रकार महासंघका पदाधिकारीलाइ बधाइ
प्रधानमन्त्री झलनाथ खनालले सरकार जस्तोसुकै चूनौतिको सामना गर्नपनि तयार रहेको बताउनुभएको छ । पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई आज वधाइ तथा शुभकामना दिदै प्रधानमन्त्री खनालले सरकार चुनौतिको पहाड फोरेर पनि अघि बढ्न तयार रहेको बताउनुभयो । एमाले पोलिटब्यूरो बैठकमा आफ्नो आलोचना भएलगत्तै खनालले चुनौतिको सामना गर्न तयार रहेको बताउनुभएको हो । महासंघको टोलीले केन्द्रीय कार्यालय भवनको अभाव भएको जानकारी गराएको थियो ।
जवाफमा प्रधानमन्त्री खनाले महासंघको नया भवन निर्माणका लागि सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो । खनालले सच्चा पत्रकारिता गर्नेहरुका लागि सरकार सहयोग गर्न तयार रहेको बताउदै भवन निर्माणका लागि बिस्तृत कार्ययोजनाको प्रस्ताव लिएर आउन महासंघलाई आग्रह गर्नुभयो । उहाले सबैलाई एकताबद्ध बनाएर अघि बढ्न समेत महासंघको नया कार्यसमितिलाई सुझाव दिनुभयो । बुधवार निर्वाचित शिव गाउले नेतृत्वको नया कार्यसमितिले पत्रकारको सामाजिक सुरक्षाका लागि कार्ययोजना बनाउने जानकारी गराएको छ । कार्यक्रममा उपप्रधान एंव अर्थमन्त्रि भरतमोहन अधिकारीले नयाँ बजेटमा पत्रकारहरुको सहयोगका लागि नयाँ कार्यक्रम समाबेश गरिने आश्वसन दिनुभयो ।
यसैबीच महासङघको निर्वाचनमा प्रेस युनियनबाट महासचिवमा प्रतिस्पर्धा गर्नुभएका रामजी दाहालले निर्वाचनको मतगणना चित्तबुझ्दो नभएको भन्दै पुन मतगणना गर्न माग गर्नुभएको छ । आज एक विज्ञप्ती जारी गरी दाहालले आफूले बारम्बार निर्वाचन समितीलाई मत पुन गणना गर्न आग्रह गरेपनि पत्रकारिता जस्तो बौद्धिक क्षेत्रमा पनि सुचनाको अधिकारको सम्मान नभएकोप्रति दुख ब्यक्त गर्नुभएको छ ।
कुख्यात सभासद रिहा गर्ने आदेश
काठमाडौ जिल्ला अदालतले रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा थुनामा रहेका सभासदद्धय विपी यादव र गायत्री शाहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायधिस लेखनाथ घिमिरेको एकल ईजलासले दुबैलाई १०–१० हजार धरौटी लिई तारेखमा छाड्न आज आदेश दिएको हो । उहाँहरुलाई कुटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा प्रहरीले गत ६ गते बानेश्वरबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौमा मुद्या दायर गरेको थियो । यद्यपी प्रहरीले उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्या चलाउने तयारी गरिरहेको प्रहरी उच्च स्रोतको दावी छ ।
सेना समायोजन विशेष समिति बैठक
काठमाडौं वैशाख २३, प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सेना समायोजन विशेष समितीले माओवादी लडाकुको समायोजन र पुर्नस्थार्पनाको मोडालिटीका सम्बन्धमा छलफल गरेको छ । समितीको बैठकमा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनालले सेना समायोजन विशेष समिति अन्र्तगतको कार्यदलको प्रगति विवरण लिनुभएको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको विशेष समितिको बैठकमा प्रधानमन्त्री खनालले समायोजन र पुर्नस्थापना, मोडालिटी र संख्याको बारेमा कार्यदलस“ग छलफल गर्नुभएको सदस्यहरुले बताएका छन् । बैठकमा कार्यदलले शिर्ष राजनीतिक नेतृत्वस“ग निरन्तर छलफल गर्नुपर्ने सुझावसमेत दिएको एकीकृत नेकपा माओवादीका तर्फबाट समितिका सदस्य वर्षमान पुनले जानकारी दिनुभयो ।
यस्तै समितिले माओवादीका पूर्व लडाकुहरुको छुट्टै फोर्स बनाउने वा नेपाली सेनाको मातहतमा संयुक्त सुरक्षा फोर्स बनाउने लगायतका प्रस्तावहरु समितिमा पेश गरेको मधेसी जनअधिकार फोरमका तर्फबाटसमिति सदस्य जयप्रकाशप्रसाद गुप्ताले जानकारी दिनुभयो । सरकारलाई पूर्णता दिने विषयमा एमाले र माओवादीमा चरम विवाद भएपछि लामो समयपछि बैठक बसेको हो । यसअघि सेना समायोजनविशेष समितिको बैठक गत चैत्र ९ गते बसको थियो । कार्यदलको बैठक आइतबार पुनः बस्नेछ ।
आन्दोलनलाई निरन्तर जारी राख्नुपर्छ ः बैद्य
एकिकृत नेकपा माओबादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले कम्युनिष्ट पार्टीको कमजोरी नै आन्दोलन गरेर सम्झौता गर्नु रहेको टिप्पणी गर्नुभएको छ । राजधानीमा आज आयोजित एक पुस्तक बिमोचन कार्यक्रममा उपाध्यक्ष किरणले जनताले मुक्ति नपाउन्जेलसम्म क्रान्तिकारी आन्दोलन जारी नै रहनुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको आन्दोलनबाट जनताले गरेका अपेक्षा पुरा नभएसम्म आन्दोलनको उद्धेश्यलाई जिबितै राख्नुपर्ने उहाको भनाई थियो । माओबादीले पनि सम्मान जनक शान्ति प्रक्रियालाई टुङग्याउन चाहेको स्पष्ट गर्दै उहाले माओबादी शान्ति र संबिधान दुबैको पक्षमा रहेको दाबी गर्नुभयो । अन्य दलहरु भने संबिधान निर्माणलाई छाडेर शान्ति प्रक्रियामा मात्र अल्झिएको उहाको अरोप थियो ।
यसैबीच नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले दलहरुलाई आपसी सहमतिमा ल्याई संविधान निर्माणका लागि जनदबाव दिनुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक आन्दोलनका उपलब्धीहरुलाई ब्यवस्थापन गर्दै समयमै संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन दलहरुलाई जनदबाव दिदै आपसी सहमतिमा ल्याउनुपर्ने उहाँको जोड थियो । गणतन्त्र स्थापनाका लागि दलरुमा भएको सहमती कायम अहिले हुन सकेको छैन, स्ववियू पृथ्वीनारायण क्याम्पसले आज पोखरामा आयोजना गरेको स्वागत, सम्मान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेका नेता ज्ञवालीले भन्नुभयो —अबको ३ सातामा संविधान नबने पनि कम्तिमा जेठ १४ भित्र दलहरुले सहमति कायम गरी संविधानको पहिलो मस्यौदा जारी गर्नुपर्दछ ।
प्रधानमन्त्री २१ सदस्यीय टोलीका साथ टर्की प्रस्थान
काठमाण्डौँ, २२ बैशाख । प्रधानमन्त्री झलनाथ खनाल राष्टसघंमा आबद्ध बिश्वका अतिकम बिकसित ४८ देशको सगठन ( एलडिसिज) को शिखर सम्मेलनमा सहभागी हुन आज टर्कि प्रस्थान गर्नु भएको छ । २१ सदस्यीय टोलीका साथ प्रधानमन्त्री खनाल केहीबेर अघि इत्तेहाद एयरलाइन्सको बिमान बाट आबुधावी हुदै इस्तानवुल प्रस्थान गर्नु भएको हो । प्रधानमन्त्रीमा नियुक्त भए पछि खनालले पहिलो पटक बिदेश भ्रमण हो । यस अघि प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमणमा भारत जाने चर्चा गरिएको थियो । प्रधानमन्त्रीटर्की बाट फर्के पछि मात्रै भारत भ्रमणमा जानु हुने बताइएको छ । प्रधानमन्त्री खनालले त्यहा एलडिसिज को अध्यक्षको हैसियतमा सोमवार सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।
सगठनको अध्यक्षता गत बर्ष बंगलादेशले नेपाललाई हस्तान्तरण गरेको थियो । आइतवार बाट सुरु भई एक साता सम्म चल्ने उक्त सम्मेलनमा सदस्य देश सँग ब्यापार, लगानी बिस्तार, अन्त शुल्क हटाउने र आर्थिक क्षेत्रमा कसरी सहकार्य गर्ने भन्ने बारेमा पनि छलफल हुने बताइएको छ । भ्रमण टोलीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री उपेन्द्र यादब, मुख्य सचिब माधब घिमिरे, परराष्ट सचिब डा मदन कुमार भट्राई, बाणिज्इ सचिब पुरुषोतम ओझा, राष्ट्रिय योजना आयोगका कार्यबाहक उपाध्यक्ष डा दिनेशचन्द्र देबकोटा प्रधानमन्त्री पत्नी रबिलक्ष्मी चित्रकार, प्रधानमन्त्रीका बिदेशमामिला हस्लाहकार मिलन तुलाधर, प्रेस सल्लाहकार सुर्य थापा लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै सरकारी टोली बाहेक निजी क्षेत्रका ब्यबसायी, नेपाल टर्की चेम्वर अफ कमर्सका प्रतिनिधी , सञ्चारकर्मीै , गैरस्रकारी सस्थाका प्रतिनिधी गरि करिब १ सय जनाको अलग्गै टोली पनि त्यस तर्फ जाने भएको छ ।
अन्तराष्ट्रिय समाचार
लादेनको अमेरिकामा अर्को ठूलो आक्रमण गर्ने योजना थियोः अमेरिका
अलकायदाका नेता ओसामा बिन लादेनको हत्या हुनुपुर्व उनी अमेरिकामा अर्को ठूलो आक्रमण गर्ने योजनामा रहेको अमेरिकाले दाबी गरेको छ । पाकिस्तानस्थित लादेन लुकेर बसेको सो योजनाको प्रमाण फेला परेको अमेरीकी अधिकारीहरुले बताएका छन् । अधिकारीहरुका अनुसार लादेनले सेप्टेम्बर ११ को घटनाको दशौँ बर्ष पुरा भएकै समयमा सो आक्रमण गर्ने योजना बनाएका थिए । लादेनले पहिलो आक्रमण अमेरिकाको रेल रुटमा गर्न लागेको अनुन्धानमा रहेका अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति बाराक ओबामा आज पनि लादेको हत्यामा संलग्न सैनिक अधिकारीहरुसँगको छलफलमा व्यस्त रहनुभएको बीबीसीले उल्लेख गरेको छ । यता पाकिस्तानका सेनाध्यक्ष जनरक अशफाक परवेज कियानीले अमेरिकाले फेरी एबटाबादमा जस्तो हमला गरे उसंगको सम्बन्धमा पुर्नबिचार गर्ने चेतावनी दिनुभएको छ । आफ्नै मुलुकभीत्र लादेनलाइ कारवाही गर्ने क्रममा आफुहरुलाई अमेरिकाले जानकारी नगराएको भन्दै पाकिस्तान अशन्तुष्ट भएको छ । अमेरिकी बिशेष सेनाको आक्रमणमा अलकायदा प्रमुख ओसामा बिन लादेन आफ्नो भुमिमा मारिएपछि पाकिस्तानी सेनाको पहिलो प्रतिकृया आएको हो । यसअघि पाकिस्तानी बिदेश मन्त्री सलमान वसीरले पनि कुनै प्रकारको बिदेशी हमलाको सामना गर्न पाकिस्तान तयार रहेको बताउनुभएको थियो ।
खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटवल
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज हिमालयन शेर्पाले जित हासिल गरेको छ भने मनाङ मस्र्याङ्दी र सरस्वती क्लबले गोलरहित बराबरी खेल्दै अङक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आजको पहिलो खेलमा प्रभावशाली मानिएको मनाङलाई सरस्वतीले कडा टक्कर दिदै बराबरीमा रोकेको थियो । बराबरीसँगै महत्वपूर्ण ३ अङक सहित अङक तालिकाको शीर्ष स्थान ओगट्ने मनाङको सपनामाथि पनि तुषारापात भएको छ । केही रामं्रा मुभहरु बनाएको मनाङको आक्रमणलाई सररस्वतीको रक्षापङतीले निस्तेज पारेका थिए ।
यस्तै आजै सम्पन्न अर्काै रोमान्चक खेलमा त्रिभुवन आर्मी क्लबलाई हिमालयन शेर्पाले २—१ ले पराजित गरेका छ । आज भएको दोस्रो खेलमा हिमालयनका लागि सरोज दाहाल र दिपक राईले एक एक गोल गरेका थिए । आमीृका लागि एकमात्र सान्त्वना गोल दिप लामाले गरेका थिए । निकै सनसनीपूर्ण खेलमा हिमालयनका गोल स्कोरर सरोज दाहालले खेलको ८१औ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडे पछि हिमालयन १० खेलाडीमा सीमित भएको थियो ।
 
 
No comments:
Post a Comment