Saturday, May 7, 2011

बैशाख २२ गते २०६८

प्रधानन्यायधिश खिलराज रेग्मीद्धारा कार्यभार ग्रहण

राष्ट्रपति रामवरण यादवले सर्वोच्च अदालतका बरिष्ठ न्यायधिश खिलराज रेग्मीलाई आजदेखि लागु हुने गरी प्रधानन्याधिशमा नियुक्त गर्नुभएको छ । प्रधानन्यायधिश रामप्रसाद श्रेष्ठले उमेर हदका कारण आजबाट अवकाश पाउने भएपछि रेग्मी प्रधानन्यायधिश नियुक्त हुनुभएको हो । रेग्मीलाई आज बिहान साढे ९ बजे राष्ट्रपति कार्यालय सितल निवासमा राष्ट्रपति यादवले पद तथा गोपनिनयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

शपथ ग्रहण पछि सर्वोच्च अदालत पुगेर रेग्मीले पदभार ग्रहण गर्नुहुनेछ । रेग्मी प्रधानन्यायधिशको रुपमा तिन वर्ष एक महिना सर्वाेच्च अदालतमा रहनुहुनेछ । रेग्मीलाई चैत्र २८ गते संबैधानिक परिषद्ले प्रधानन्यायधिशमा सिफारिश गरेपछि संसदिय सुनुवाइ बिशेष समितिले उहाको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । अवकाश प्राप्त प्रधानन्यायधिश श्रेष्ठले भ्रष्टाचारको बिरुद्धमा चलाएको अभियानलाई अझ तिव्र वनाउनु रेग्मीको कार्यकालको सवैभन्दा ठुलो चुनौती र अवसर हुने बिश्लेषकहरुले वताएका छन् ।

एमाले पोलिटब्युरो बैठक आज देखि सुरु

प्रधानमन्त्रिमा निर्वाचित भएको तिन महिनापछि प्रधानमन्त्रि झलनाथ खनालले चौथो पटक मन्त्रिपरिषद् बिस्तार गरे लगत्तै मन्त्रालय बाँडफाडका बिषयलाई लिएर दुई प्रमुख सत्तारुढ दल नेकपा एमाले र एकिकृत नेकपा माओबादी भित्रै आन्तरिक बिवाद बढ्न थालेको छ । एमाले पोलिटव्युरो सदस्यहरुले पार्टीको निर्णय बिपरीत गृह मन्त्रालय माओवादीलाइ दिएको भन्दै प्रधानमन्त्री खनालको तीब्र आलोचना गरेका छन । पार्टी केन्द्रीय कार्यालय बल्खुमा आज बसेको पोलिटब्युरो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी ओली पक्षधरहरुले सस्थागत निर्णय बिपरीत माओबादीलाई गृहमन्त्रालयको जिम्मेवारी दिएको बिषयमा स्पष्टिकरण माग गरेका छन । बैठकमा नेताहरुले बोल्ने क्रम नसकिएकाले र प्रधानमन्त्री विदेश भ्रमणमा जाने कार्यक्रम भएकाले प्रधानमन्त्री स्वदेश फर्किएपछि बैठक जारी रहने सचिव शंकर पोखरेलले जानकारी दिनुभयो । पोलिटब्युरो बैठकले केन्द्रिय कमिटिको बैठक आगामी जेठ ९ र १० गतेका लागि बोलाएको समेत सचिव पोखलेलले बताउँनुभयो । बैठकमा प्रधानमन्त्री खनालको कार्यशैलीप्रति असन्तुष्टि ब्यक्त गरेको नेता प्रदिप नेपालले जानकारी दिनुभयो । पोलिटब्युरो सदस्यहरुले प्रधानमन्त्री खनालले पार्टी निर्णयको बाइपास गरेको आरोप लगाएका थिए ।

आज दिनभर बसेको बैठकमा वरिष्ठ नेता नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव इश्वर पोखरेल, सचिव शंकर पोखरेल, प्रदिप नेपाल, प्रदिप ज्ञवाली लगायतका नेताले तिब्र असन्तुष्टि जनाएका थिए । उपाध्यक्ष बामदेव गौतम, सिद्धिलाल सिंह लगायतका नेताले भने अहिलेको अवस्थामा माओवादीसँग सहमति गरेर अघि बढ्नुपर्ने भएकाले गृहमन्त्रालयको बिवादमा अल्झन नहुने बताएका थिए ।

यता माग गरे बमोजिम गृहमन्त्रालय पाएपनि मन्त्रिहरुको कार्य बिभाजनका बिषयलाई लिएर माओबादी भित्रै पनि तिब्र असन्तुष्टि सुरु भएको छ । आफुसित भएको सहमती बिपरित मन्त्रीहरुको कार्यबिभाजन गरेको प्रति असन्तुष्ट बन्नु भएका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरी मनोमानी ढङगले मन्त्रिहरुको नाम चयन गर्नुभएको प्रति असन्तुष्टि जनाउनुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट गर्न बैद्य उहाँकै निवास नयाँबजार पुग्नु भएको थियो । मन्त्रालय भागबण्डामा चित्त नबुझे पछि हिजोको मन्त्रिपरिषद बिस्तारमा बैद्य पक्षका महिला, बालबालीका तथा समाज कल्याण मन्त्री जयपुरी घर्ती, उद्योगमन्त्री महेन्द्र पासवाल र पर्यटन राज्यमन्त्री ध्रुब आङदम्बे लिम्बुले सपथ ग्रहण बहिस्कार गर्नु भएको थियो । सुचना तथा सञ्चारमन्त्री कृष्ण बहादुर महरालाई गृहमन्त्रालयको जिम्ेजारी दिए पछि सो मन्त्रालय दावी गर्दै आएका शान्तिमन्त्री बर्षमान पुनले हिजै राजीनामा दिनु भएको छ ।

यसैगरी एकीकृत नेकपा माओवादीका महिला नेतृहरुले सरकारमा महिला संख्या न्युन रहेको भन्दै  पार्टी नेतृत्वको आलोचना गरेका छन् । आज एक संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले नेतृत्वको आलोचना गरेका हुन् । साथै उनीहरुले यो निणय सच्याउँन समेत आग्रह गरेका छन् । माओवादीको समर्थन र सहभागितामा बनेको वर्तमान सरकार  पूर्णतातिर जाँदै गर्दा महिलाको न्यून वा उपेक्षित सहभागिता देख्दा हामीलाई चिन्तित बनाएको छ, विज्ञप्तीमा उल्लेख छ । क्रान्ति निर्णायक विजयमा नपुग्दै गरिएका यस प्रकारको निर्णयले भावी क्रान्तिमा महिलाको भूमिका र क्रान्तिपछिको महिलाको स्थितिबारे आशंका पैदा गरेको विज्ञप्तीमा भनिएको छ । संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने नेतृहरुमा  पम्फा भूषाल, हिसिला यमी, जयपुरी घर्ती, शशी श्रेष्ठ लगायत रहेका छन् ।

यसैबिच एकिकृत नेकपा माओबादी लगायत बिभिन्न दलका नेताहरुले हिजो भएको चौथौ पटकको मन्त्रिपरिषद बिस्तारको बिषयलाई लिएर असन्तुष्टी ब्यक्त गरेका छन् । माओबादीका सचिव सिपी गजुरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मनोमानी ढङगले मन्त्रालय बाँडफाड गरकोमा अपत्ती जनाउनु भएको छ । राजधानीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा सचिव गजुरेलले पार्टी भित्र भएको सहमती बिपरित मन्त्रालय बाँडफाड गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहा ल प्रचण्डढको आलोचना गर्नुभयो । उहाले स्थायी समिती सदस्य देब गुरुङलाई गृहमन्त्रि बनाउने भनिएपनि सो मन्त्रालयमा अर्कौ नेताको नाम आउनु आपत्तीजनक भएको बताउनुभयो । सचिव गजुरेलले आगामी शुक्रबारसम्ममा अध्यक्षले मन्त्रिहरुको सो नामावली सच्याउन सक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले अध्यक्ष झलनाथ खनालको आलोचना गर्दै खनालले पार्टी चलाउनै नसक्ने टिप्पणी गर्नुभयो । कंग्रेश नेता शोभाकर पाराजुलीले एमाले माओबादीको कठपुतली बन्न थालेको आरोप लगाउनुभयो ।

पत्रकार महासंघमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

नेपाल पत्रकार महासघको २३ औ महाधिबेशनले निर्बाचित गरेको नयाँ कार्यसमितीलाई अहिले एक कार्यक्रमका बिच स्वागत तथा पद हस्तान्तरण गरिदैछ । सञ्चारग्राम स्थित महासघंको केन्द्रिय कार्यालयमा निर्बतमान पदाधिकारी बाट नब निर्बाचित कार्यसमितीलाई  स्वागतका साथै  पदस्तान्तरण कार्य भई रहेको छ ।

हालै राजधानीमा सम्पन्न महाधिबेशनले  प्रेस चौतारी र क्रान्तिकारीको संयुक्त प्यानल बाट उमेदवार बनेका शिव गाउले अध्यक्ष्मा , यशोधा तिम्सीना उपाध्यक्षमा, ओम शर्मा महासचिबमा र सितल शाह कोषाध्यक्षमा निर्बाचित हुनु भएको थियो । सचिबमा भने प्रेस युनियन प्यानका जगज नेपाल निर्बाचित हुनु भएको थियो ।

सापकोटालाइ मन्त्री बनाइएकोमा राष्ट्रसंघको आपत्ति

काठमाडौं, २२ वैशाख । संयुक्त राष्ट्रसंघले मानव अधिकार उल्लंघनको घटनामा संलग्न माओवादी नेता अग्नीप्रसाद सापकोटालाइ मन्त्री नियुक्त गरिएको प्रति चासो व्यक्त गरेको छ । नेपाल स्थित राष्ट्रसंघीय मानव अधिकार उच्चआयुक्तको कार्यालयले बिहीबार एक विज्ञप्ति प्रकाशितगरी द्वन्दकालमा काभे्रका अर्जुन लामाको हत्यामा संलग्न व्यक्तीलाइ मन्त्री नियुक्त गरिएको भन्दै आपत्ति जनाएको हो । मानव अधिकार उच्चआयुक्तको कार्यालयकी प्रमुख ज्योती साङ्हेराले गम्भीर मानवअधिकारको घटनामा संलग्नलाइ मन्त्री बनाइनुले सरकार मानव अधिकारको संरक्षणमा उत्तरदायि नभएको आरोप लगाउनु भएको छ ।

मन्त्री सापकोटा बिरुद्धको मुद्दा विचाराधीन रहेको स्मरणगर्दै उहाले हत्या गरिएका परिवारले न्याय खोजिरहेको बताउनुभयो । साङहेराले उच्चआयुक्तको कार्यालयले सबै राजनीतिक दलहरुले गरेका मानवअधिकार र मानविय कानुन उल्लंघनका बिषयलाई गम्भिर रुपमा हेरिरहेको स्पष्ट पार्नुभएको छ । यसअघि मानव अधिकार उल्लघनमा संलग्न भएको आरोप खेपेका सापकोटालाइ अमेरीकि सरकारले भीसा दिन अश्वीकार गरेको थियो । अमेरिकाले भिषा दिन अश्वीकार गरेपछि अमेरिकामा संविधान निर्माण सम्बन्धी कार्यक्रममा भागलिन जानवाट उहाँ बञ्चित हुनु भएको थियो ।

माओवादीलाई कुटनीतिक मर्यादा विपरित काम गर्न दिन्नः परराष्ट्रमन्त्री यादव

काठमाडौ, २२ बैशाख । नवनियूक्त उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादीलाइ अब कुटनीतिक मर्यादा विपरित गतिविधि गर्न नदिने दृढता ब्यक्त गर्नु भएको  छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा भारतीय राजदुत राकेस सुद माथि माओवादी कार्यकर्ताले गरेको दुब्र्यवहार प्रति लक्षित गर्दै माओबादीले विगतमा गरेका कुटनीतिक मर्यादा विपरितका क्रियाकलापलाई दोहोरिन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मन्त्रि यादवले भारतसँगको सम्बन्ध अरु भन्दा विशेष भएकोले त्यसलाई सुदृढ बनाउन पनि कुटनीतिक मर्यादा विपरितका गतिविधी रोक्नु पर्ने आवश्यक रहेको औल्याउनुभयो । परराष्ट्रमन्त्रि यादवले पछिल्लो समयमा देखिएको झण्झटिलो एमआरपी वितरण प्रक्रियालाई सहज बनाउन आफू लागीपरेको उल्लेख गर्नुभयो ।

संविधानसभाबाटै संविधान निर्माण गर्नु पर्ने भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्मण गर्न सहमतिको विकल्प नभएको बताउनुभयो । यादवले जेठ १४ गते अगाडि नै कम्तिमा पनि संविधानको एकीकृत मस्यौदा निर्माण र सेना समायोजनको कार्यतालिका बनाएर शान्ति प्रक्रियाको कामलाई अगाडि बढाउनु पर्ने भन्दै शान्ति, संविधान र बर्तमान समस्या समाधानकोलागी पनि अहिलेको सरकारलाई निरन्तरता दिनु पर्ने धारणा राख्नुभयो ।

भरतपु्र क्यानसर अस्पताल खुल्यो

साता दिन अघिबाट वन्द रहेको चितवनस्थित बिपि कोइराला क्यान्सर अस्पतालको सेवा आजदेखि सुचारु भएको छ । अस्पताल प्रसाशनमा लागाइएको ताला हिजो खोलिएपनि कार्यकारी निर्देशकको कक्षको समेत ताला खोल्नुपर्ने माग गर्दै अस्पतालका कर्मचारीहरुले सेवा सुचारु गर्न अस्विकार गर्दै आएका थिए । कर्मचारीहरुले आज दिउसो सम्मपनि सेवा सुचारु नगरेपछि अस्पताल सञ्चलक समितीले बाँकी बिवाद समाधान गर्ने प्रतिबद्धता जनाएपछि आजै दिउसोबाट सेवा सुचारु भएको हो । कार्यकारी नियुक्तीको बिवादलाई लिएर अस्पतालका माओबादी निकट कर्मचारीले गरेको तालावन्दी सर्वोच्च अदालतको आदेशपछि खोलिएको थियो । अस्पताल सञ्चालक समितिले कांग्रेस निकट डा.लक्ष्मीनारायण सिंहलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि दुई महिनादेखि जारी बिवाद भने अझै यथावत नै रहेको छ ।

नेशनल मेडिकल कलेजमा उपचार सेवा बन्द

उपचारको क्रममा आफन्तको मृत्यु भएको भन्दै स्थानीयबासीन्दाले वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा तोडफोड गरेपछि अस्पतालको उपचार सेवा अनिश्चितकालका लागि बन्द भएको छ । अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले सुरक्षाको प्रत्याभुति र दोषीलाई कडा कारबाहीको माग गर्दै उपचार सेवा बन्द गराएका हुन् ।

बाराको बरैनिया निवासी ७० वर्षीय सकिर महमदको उपचारको क्रममा चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै बिरामीका आफन्त र स्थानीयले हिजो अस्पतालमा तोडफोड गरेका हुन । तोडफोडमा संलग्न केहिलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

पूर्व–सांसदले रिले अनसुन सुरुगर्नेः

काठमाण्डौ, वैशाख २२ । तोकिएको समयमै शान्ति र संविधान जारीगर्न दवाब दिने उदेश्यले पूर्व सासंसहरुले वैशाख २५ गतेदेखी रिले अनसन सुरुगर्ने भएका छन । पूर्व सांसद मञ्चले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजनागरी संविधान निर्माणका पक्षमा दवाब सृजनागर्न रिले अनसन सुरुगर्न लागिएको बताएको छ । पत्रकार सम्मेलनमा पूर्व सांसद क्लवका कार्यवहाक अध्यक्ष ओमकार प्रसाद श्रेष्ठले फेरिपनि संविधानसभाको म्याद थपगर्नु जनताकालागि धोका हुने बतानुभयो । संविधानसभा भवन अगाडि नयाँ वानेश्वरमा २५ गते आइतवार सुरु हुने रिले अनसन जेठ १४ सम्म गरिने आयोजकले बताएका छन ।

No comments: