Saturday, May 7, 2011

बैशाख २१ गते २०६८

अन्ततहः गृह मन्त्रालय माओवादीलाइ दिदैँ प्रधानमन्त्री खनालद्वारा मन्त्रीपरिषद विस्तार

काठमाण्डौ, वैशाख २१ । प्रधानमन्त्री झलनाथ खनालले एकीकृत नेकपा माओवादी, मधेशी जनअधिकार फोरम, नेकपा माले र नेकपा संयुक्तका मन्त्रीहरु सामेल गराइ आज मन्त्रीपरिषद विस्तार गर्नु भएको छ । माओवादीलाइ गृहमन्त्री दिन नहुने पार्टी भीत्रको चर्को दवाबका वावजुद प्रधानमन्त्री खनालले माओवादीलाइ गृहमन्त्रालय दिनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाइ प्रधानमन्त्री खनालले आझै साझ राष्ट्रपति कार्यालय शितल निवासमा सफत गराउनु भएको छ ।

विस्तारित मन्त्रीपरिषदमा माओवादीका तर्फबाट उपप्रधान तथा गृहमन्त्रीमा कृष्णबहादुर महरा, सूचना तथा सञ्चारमा अग्नीप्रसाद सापकोटा, स्वास्थ्यमा शक्तिबहादुर बस्नेत, शान्ति तथा पुर्ननिर्माणमा विश्वनाथ शाह, कानूनमा प्रभु शाह, र महिला बालबालिका तथा समाज कल्याणमा जयपुरी घर्तीलाई नियुक्त गरिएको छ । यस्तै भुमिसुधार तथा व्यवस्थामा रामचरण चौधरी, उद्योगमा महेन्द्र पासवान र युवा तथा खेलकुदमा हितमान तामाङलाई नियुक्त गरिएको छ । यसअघि महरा संचारमन्त्री हुनुहुन्थ्यो । यसअघि प्रस्तावित देवप्रसाद गुरुङ, दीनानाथ शर्मा र गिरिराजमणि पोखे्रल मन्त्रीपरिषदका सूचीमा परेका छैनन् । मन्त्रीमा नियुक्त जयपुरी घर्ती र महेन्द्र पासवान पनि सफत ग्रहणमा अनुपस्थित रहेका थिए ।

यसैगरी फोरमबाट अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान सहित परराष्ट्र, हरिनारायण यादवलाई कृषि तथा सहकारी र मोहमद इस्तियाक राइलाई श्रम तथा यातायात मन्त्रीमा नियुक्ती गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री निर्वाचित भएको तीन महिना पछि प्रधानमन्त्रीले चौथो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको हो । उपाध्यक्ष मोहन बैद्य पक्षधरका दुवै जना मन्त्रालयको जिम्मेवारी बाडफाडमा असन्तुष्टि जनाउदै नगएको बताइएको छ ।

नेकपा मालेका खगेन्द्र प्रसाइलाइ संसदीय व्यबस्था र संघीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसैगरि नेकपा संयुक्तका सुनिल मानन्धरलाई वातावरण मन्त्रालयको जिम्मा दिइएको प्रधानामन्त्रीका निकटवर्ती मानिने एमाले युवा नेता घनश्याम भुषालले विना विभागिय मन्त्रालयको जिम्मेवारी सहित सफत गराइएको छ । सफत ग्रहण कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वाबुराम भट्टराइ लगायतका नेताहरु सहभागि थिए । यस्तै सफत ग्रहण समारोहमा उपप्रधानमन्त्रीमा नियुक्त फोरम अध्यक्ष उपेन्द्र यादवले हिन्दी भाषमा सफत गर्नु भएको थियो भने अन्य मन्त्रीहरुले पनि आ–आफ्नो भाषामा सफत गरेका थिए । 

यसैबीच, शान्तिमन्त्री वर्षमान पुन अनन्तले आज आफ्नो पदबाट राजिनामा दिनुभएको छ । गृहमन्त्रीका रुपमा चर्चामा आउँनु भएका अनन्तले गृहमन्त्रालय महरालाई दिने निर्णयप्रति असन्तुष्ट जनाई राजीनामा दिनुभएको श्रोतको भनाई छ । उहाँले यसअघिनै गृहमन्त्रालय आफूले नपाए राजीनामा दिनेकुरा अध्यक्ष प्रचण्डलाई जानकारी गराइसक्नु भएको थियो । अनन्तलाई गृहमन्त्री बनाउँन अध्यक्ष प्रचण्ड सकारात्मक देखिएपनि उपाध्यक्ष मोहन बैद्यले असहमति जनाएपछि  महरालाई गृहमन्त्रीमा पठाइएको हो । यद्यपी राजीनामा दिनुभएका मन्त्री अनन्तले गृहमन्त्री नपाएर राजीनामा दिएको भन्ने भनाइ सत्य नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले आफू पार्टी काममा ब्यस्त रहनु परेकाले मन्त्रीबाट राजीनामा दिएको स्पष्ट पार्नु भएको छ । 

पत्रकार महासंघमा शिव गाउँले नेतृत्वमा 

काठमाण्डौँ, २१ बैशाख । नेपाल पत्रकार महासंघको अध्यक्षमा चौतारी र त्राmन्तिकारीको संयुक्त प्यानलका शिव गाउले विजयी हुनु भएको छ । मतगनगना परिणाममा संयुक्त प्यानलका शिव गाउलेले प्रेस युनियनका पोषण केसीलाई पराजीत गर्दै तीन बर्षे कार्यकालका लागि महासंघको नेतृत्वमा चयन हुनु भएको हो ।
मतगनगनाको परिाणाम अनुसार उपाध्यक्षमा संयुक्त प्यानलकै यशोधा तिम्सििना महासिचवमा सोही प्यानलका ओम शर्मा र कोषाध्यक्षमा सिलत शाह निर्वाचीत हुनु भएको छ । सचिवमा भने प्रेस युनियन प्यानलका जगत नेपाल निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरुमा उपत्यकाबाट दामोदर तिमिल्सना र दिपक पाण्डे, प्रतिष्ठान शाखाबाट मातृका पौडेल र बालकृष्ण बस्नेत बिजयी भएका छन् । यस्तै पुर्वाञ्चलबाट मोहनकाजी न्यौपाने, सिद्धराज राई, मध्यपश्चिमाञ्चलबाट सुर्यमणी गौतम र प्रभात चलाउने, सुदुपश्चिमाञ्चलबाट दिलबहादुर छन्त्याल र कर्ण शाह, पश्चिामाञ्चलबाट मोहन चापागाई र रुद्र भट्ट केन्द्रिय सदस्यमा बिजयी भएका छन् । यसैगरी एसोसिएटका तर्फवाट केन्द्रिय सदस्यमा प्रकाश थापा र उज्ज्वल आचार्य तथा कर्णालीवाट जयबहादुर रोकाया विजयी भएका छन् ।

शान्ति र संविधान समयमै जारी गर्न सकिने–प्रधानमन्त्री खनाल

परासी, २१ वैशाख । प्रधानमन्त्री झलनाथ खनालले सहमति र सहकार्यबाट मात्रै शान्ति र संविधान समयमै जारी गर्न सकिने बताउनुभएको छ । नवलपरासीको रजहरमा आज सामुदायिक प्राकृतिक चिकित्सालय तथा प्रस्तावित राष्ट्रिय प्राकृतिक चिकित्सालय सामुदायिक शिक्षण अस्पतालको भवन उद्घाटन गदै  प्रधानमन्त्रीले खनालले सबै दलहरु दृढ सङ्कल्पका साथ अघि बढे समयमै संबिधान जारी हुने बताउनुभएको हो । प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया र संविधान निर्माणमा दृढ सङ्कल्पका साथ लाग्न सबैलाई आग्रह गर्दै यसका लागि मुलुकका सबै जिम्मेवार दलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले तत्काल मन्त्रिमण्डल विस्तार हुने बताउँदै अब विस्तार हुने मन्त्रिमण्डल ठूलो आकारको हुने स्पष्ट पार्नुभयो । नेकपा (एमाले) का  अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री खनालले यो सरकार नंै सङ्क्रमणकालको अन्तिम सरकार भएकोले अब मन्त्रिमण्डल विस्तार हुनासाथ सरकार शान्ति र संविधानमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो सरकारको अर्जुन दृष्टि शान्ति र संविधानमा रहेको दोहो¥याउँदै  यही सरकारले शान्ति बहाली र संविधान निर्माण गरी छाड्ने  दाबीसमेत गर्नुभयो । प्रधानमन्त्रीले सबैलाई मेरो गोरुको बाह्रै  टक्का भन्ने अडान छाडेर शान्ति प्रक्रिया र संविधान निर्माणमा दृढ सङ्कल्पका साथ लाग्न सबैलाई आग्रह आग्रह गर्नुभयो ।

संबिधानको म्याद थप्नै हुदैन ः पुर्व प्रधानमन्त्रि नेपाल

नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्रि माधवकुमार नेपालले कुनैपनि हालतमा संबिधान सभाको म्याद थप्न नहुने बताउनुभएको छ । संविधान निमार्णका लागि नागरिक समाजले आज राजधानीमा गरेको संविधान सभाको समयसीमा र शान्तिप्रक्रिया बिषयक अन्तरक्रियामा नेता नेपालले संबिधान निर्माणका लागि २ बर्ष नै पर्याप्त रहेकोमा सो समयमा  एकिकृत नेकपा माओबादीका कारण संबिधान जारी गर्न नसकिएको आरोप लगाउनुभयो । आगामी जेठ १४ मा पनि संबिधान जारी हुन नसके त्यसको जिम्मेवारी माओबादीले उहाको भनाइ थियो । पूर्वप्रधानमन्त्री एबं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गएको ३ बर्षमा संविधान निर्माणका बिषयमा कुरा धेरै भए पनि काम थोरै भएको स्विकार गर्नु भयो ।

कार्यक्रममा नेपाली कंग्रेशका नेता रामशरण महतले सेना समायोजनको बिषयलाई राजनीतिक तहबाट पहल नभएकाले मुलमुद्धाहरु यथावत नै रहेको उल्लेख गर्नुभयो । महतले संविधान निमार्णको महत्वपूर्ण अंग शान्ति प्रक्रिया राजनीतिक तहमा नटु¨ीएसम्म समस्याको समाधान हुन नसक्ने बताउनुभयो । उहाले शान्ति प्रक्रियास“ग जोडिएको प्राविधिक बिषय बारे  पहिल्यै टुंगो नलाए सम्म कुनै कार्य अगाडी बढन नसक्ने बताउनुभयो । नेपाल सदभावना पार्टी आनदीदवीकी अध्यक्ष सरिता गिरीले हतारमा संविधान निमार्ण गर्नुभन्दा राम्रो तरिकाले संविधान निमार्ण गर्नु उत्तम हुने बीचार ब्यक्त गर्नुभयो । कार्यक्रममा फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले मुख्य  तीन दलबीच विश्वासको वातावरण बन्न सकेमा ६ महिनाको अवधि थपेर भएपनि संविधान निमार्ण गर्नुपर्ने बताउनुभयो ।

उता काँग्रेसका उपसभापति एवं संसदिय दलका नेता रामचन्द्र पौडेलले एकिकृत नेकपा माओवादीको नियतका कारण शान्ति प्रक्रियालाई व्यवस्थापन गरी संविधान जारी गर्र्न समस्या उत्पन्न बताउनुभएको छ । माओबादी बोली र व्यवहारमा फरक ढङगबाट प्रस्तुत हुने भएकाले यस्तो समस्या आएको उहाको भनाई थियो । नेपाली काँग्रेस मकवानपुरले आज हेटाँैडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति पौडेलले मुलुकमा शान्तिको लागि सैन्य शिविरको व्यवस्थापन गराई नयाँ संविधान घोषणा गराउन काँग्रेस क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

क्यान्सर अस्पतालको ताला खुल्यो

चितवन, २१ बैशाख । सर्वोच्च अदालतले २४ घन्टाभित्र सेवा सञ्चालन गर्न आदेश दिएपछि ७ दिनदेखि ठप्प रहेको चितवनस्थित बिपि कोइराला क्यान्सर अस्पताल आज अपरान्हदेखि खुलेको छ । अस्पतालको प्रसाशन भवनमा लगाईएको ताला आज खुलेको हो ।  अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मि संघले हिजो भएको सर्बोच्च अदालतको आदेशको सम्मान गर्दै तालाबन्दि खोल्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अस्पताल प्रशासन भवनको  ताला आज खोलीएको भए पनि अस्पतालको सेवा सुबिधा भोलीबाट सुरु हुने बताइएको छ ।

अस्पतालमा एलाईड हेल्थ वेलफेयर कमीटीले बिगत सात दिन देखी बन्द गरेको प्याथोलोजी रेडियोलोजी ,एनेस्थेसीया,फिजीयोथेरापी र प्रीकन्भेन्सन सेवा पनि भोलीबाट खुल्ला गरीने कमीटीका उपाध्यक्ष अनिल पंडीतले जानकारी दिनु भयो । तर यसमा आधिकारीक निर्णय भने नभएको पंडीतले बताउनु  भयो । प्रशासन मुलगेटको ताला पनि खुलेको छैन । सर्बोच्च अदालतले क्यान्सर अस्पतालको सेवा सुबिधा सञ्चालन गर्न र गराउन स्थानिय प्रशासन र अस्पताल सञ्चालक समितीलाई नाममा २४ घंटे अन्तरीम आदेश जारी गरेको थियो । अस्पताल सञ्चालक समितिले कांग्रेस निकट डा.लक्ष्मीनारायण सिंहलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि  दुई महिनादेखि अस्पतालमा विवाद हुदै आएको छ  ।

दुर्घटनामा २० को मृत्यु

डोटी, २१ वैशाख । धनगढीबाट अछाम गइरहेको एक यात्रुबाहक बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ । ना४ख ४०१८ नम्बरको बस गए राति साढे २ बजे चौखुट्टे मेलगौंडामा दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् भने मर्नेको संख्या अझ वढ्न सक्ने प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीका बिरबाहादुर बिष्ट, बझाङका अशोक दुङगाना, डम्बर बोगटी, अछामका बिरबहादुर रावल, रेवन्त खड्का र बाजुराका पोष्ट बहादुर शाही बाहेक अन्यको सनाखत हुन सकेको छैन ।  बसमा ७० यात्रु सवार रहेकाले बढी यात्रुका कारण दुर्घटना भएको आशंका गरिएपनि कसरी भयो भन्नेबारे अहिलेसम्म जानकारीमा नआएको र बसका चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ल्ब्याकमेल गरी रकम असुल्ने पक्राउ

नक्कली नागरिकता बनाई बैंकमा खाता खोल्ने व्यक्तिलाई ब्ल्याकमेल गरी पैसा माग्ने २ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोले आज राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुरस्थित दुवाकोट–१ का २५ वर्षीय उमेश पौडेल र कान्तिपुर टेलिभिजनमा काम गर्ने काठमाडौं गोठाटारका २३ वर्षीय सुदीप तिमिल्सिना रहेका छन् । विभिन्न २३ जना व्यक्तिहरुको नाममा नक्कली नागरिकता बनाई एसबीआई बैंकमा खाता खोल्ने रौतहट जिल्ला रघुनाथपुर स्थायी घर भई वीरगंज नगवा बस्ने प्रदीप रस्तोगीलाई इन्भेष्टमेन्ट बैंकको सुदीप तिमिल्सिनाको खाता मा ३० हजार रुपैयाँ पठाउन धम्की दिइ ब्ल्याकमेल गरेका थिए । पक्राउ अभियुक्तहरुलाई आवश्यक थप अनुसन्धानको लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

उता हुकिङ गरेर विधुत चोरी गर्ने १४ जनालाई सप्तरीका विभिन्न स्थानमाबाट आज बिहान नेपाल विद्युत प्राधिकरण, राजविराजले पक्राउ गरेको छ । विद्युत प्राधिकरण कार्यालय राजविराजले सुरु गरेको विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट विद्युतीय मोटर १० थान बरामद गरिएको विद्युत प्राधिकरण राजविराजका शम्भु कुसियैतले जानकारी दिनुभयो ।

निर्वाचन कर्मचारी लखेटिए

विराटनगर, २१ वैशाख । निर्वाचन आयोगबाट फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न बिराटनगर पुगेका कर्मचारीलाई मधेसकेन्द्रित दलले गाउँगाउँबाट लखेटेका छन् । मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताले नागरिकता वितरण गरेर मात्र फोटोसहितका मतदाता नामावली सङ्कलन गर्न माग गर्दै मोरङको दक्षिण क्षेत्र सिसवनी जहदा, मझारेलगायतका एकदर्जन गाउँबाट कर्मचारीलाई लखेटेका हुन् ।

मधेसकेन्द्रित दलले फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि नागरिकता अनिवार्य रहेको प्रावधान हटाउनसमेत माग गर्दै आएका छन् । आफुहरुको माग पुरा नभई नामावली सङ्कलन काम भएको भन्दै उनीहरूले कर्मचारीलाई लखेटेका हुन् । उनीहरूले आयोगका कर्मचारीले बोकेका सामग्री भने आइन्दा नआउने सर्तमा फिर्ता दिएका छन् । आयोगका कर्मचारीले आफ्नो सुरक्षा नभए आफूहरू मतदाता सङ्कलन कार्यमा नजाने जनाएका छन् ।

गाईघाटमा ढुंगा, गिटी र बालुवा निकाल्न रोक

पोखराको सेतीकालि खोलाको दोभान सेती गण्डकी शिव गौरी घाट (गाईघाट) मा ढुंगा गिटी तथा वालुवा निकाल्न जिल्ला विकास समिति कास्कीले रोक लगाएको छ । वातावरणीय पक्षमा असर पार्ने तथा भलामका स्थानीयबासीहरुलाई समेत प्रत्यक्ष असर पर्ने भएको भन्दै सो क्षेत्रमा तत्काल ढुंगा गिटी तथा वालुला निकाल्न रोक्नुपर्ने भलाम वासिहरुले माग राखेका थिए । जिल्ला विकास समिति कास्कीले पदम रानालाई चैत्रदेखि असार मसान्तर सम्मको लागि ५५ हजारमा उक्त क्षेत्रमा ढुंगा गिटी तथा वालुला निकाल्नको लागि ठेक्का दिएको थियो । जिविस कास्कीले आज ठेक्दारलाई अर्को सुचना जारी नहुदा सम्म उत्त क्षेत्रमा ढुंगा, गिटी तथा वालुवा संकलन गर्न तथा बिक्रिवितरण नगर्न पत्र दिएको जिविसका नासु भरतराज काफ्लेले बताए ।

अन्तराष्ट्रिय समाचार
फतह र हमासकाबीच बिगत चारवर्ष अघिदेखि चल्दै आएको द्धन्द्ध अन्त्य

प्यालेस्टाइनका दुई महत्वपूर्ण समूह फतह र हमासकाबीच बिगत चारवर्ष अघिदेखि चल्दै आएको द्धन्द्ध अन्त्य भएको छ । दुई नेताले आज एक सहमतिपत्रमा हस्ताक्षर गरि असहमति तथा द्धन्द्ध अन्त्य भएको घोषणा गरेका हुन् । सहमतिपत्रमा फतहका महम्मद अब्बास तथा हमासका तर्फबाट खालिद मेशालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने दुई नेताबीच सन् २००७ यता दुई नेताको कुराकानी समेत नभएको विविसीले जनाएको छ । एक वर्ष अघि भएको आमनिर्वाचनमा हमासले विजयी भएपछि फतहलाई त्यहाँबाट हटाएको थियो । सम्झौता अनुसार आगामी वर्ष हुने राष्ट्रिय निर्वाचन अघि एक अन्तरिम सरकार बनाउँन सहमत गरेका छन् । पछिल्ला दिनमा अरब देशमा देखिएको द्धन्द्धलाई एक नयाँ उर्जा प्रदान गरेको छ ।

लादेनको शब क्षतबिक्षत भएकाले तत्काल सार्बजनिक गर्न नसकिने हवाइट हाउसको

अमेरिकी सेनाको कारबाहीमा मारिएका  अल कायदाका प्रमुख ओसामा बिन लादेनको शब क्षतबिक्षत भएकाले तत्काल सार्बजनिक गर्न नसकिने हवाइट हाउसले जनाएको छ । बिन लादेन मारिएको पुष्टी गर्नका लागी तस्वीर देखाउन खोजिए पनि  स्थिती भडकन सक्ने भएकाले तत्काल देखाउन नसकिने जनाएको छ । स्थिीतीको समिक्षा भई रहेकाले यस बारेमा के गर्नै भन्ने निर्णय केहि दिनमा नै थाहा हुने बताइएको छ  । यद्यपी  अमेरिकाले मारिएका बिन लादेनको तस्वीर नदेखाउने चाही भनेको छैन । अधिकारीहरुका अनुासर अमेरिकाले ओसामा बिन लादेनको शब समुद्रमा फाल्दाको समयको तस्वीर सार्बजनिक गर्ने तरखर गरेको छ । यसैबिच  अमेरिकी ससदमा पनि तस्वीर सार्बजनिक गर्ने बिषयमा चर्चा परिचर्चा हुन थालेको छ । आइतवार पाकिस्तानको केवटाबाद शहरमा अमेरिकी बिशेष सेनाको कारबाहीमा उनी मारिएका थिए ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटवल

राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग अन्तरगत आज भएका खेलमा जावलाखेल युथ क्लब र बाँसबारी क्लब बिजयी भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा अर्माी क्लब एपिएफलाई खेलमा जावलाखेलले ३–० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित दर्ता गराएको हो । जावलाखेलका लागि बिशाल राईले २ तथा कर्ण लिम्बुले १ गोल गरेको थिए । यस्तै आजै भएको दास्रो खेलमा बाँसबारी क्लवले थ्रिस्टारलाई अप्रत्यसित रुपमले जितेको छ । बाँसबारीले थ्रिस्टारालाई १–०ले पराजित गरेको हो । बाँसबारीका लागि डेनिस ओभ्कोले खेलको ५३ औँ मिनेटमा भोला राईको पासमा निर्णयक गोल गरेका थिए ।

No comments: