Captain of Nepalese National Football Team Sagar Thapa |
सीताराम कोइराला
काठमाण्डौँ । अघिल्ला बर्ष भन्दा २०६८ साल नेपाली खेल क्षेत्रको लागि बिशेष बन्य पु¥यो । क्रिकेट र फुटबलमा केहि अन्तर्राष्ट्रिय सफलता हात पारेको बर्ष खेल राजनिति मूल धारको राजनिति भन्दा कम भएन । कुनै प्रतिभावान खेलाडीको उदय हुन नसके पनि राजनितिक खेलाडीहरुको भने उदय भयो बर्ष २०६८मा ।
बर्षको सुरुमा ए डिभिजन फुटबल लिगले नेपाली खेल बजारलाई ततायो । नेपाल पुलिस क्लवले दुई महिना सम्म चलेको लिगको उपाधि लगातार तेस्रो पटक जित्यो । अपराजित पुलिस अन्तिम खेलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबसंग हार्न पु¥यो । जुन पुलिसको लागि सबैभन्दा पीडादायक हार थियो । अन्तिम खेलमा मनाङलाई जित्न सकेको भए पुलिसले घरेलु लिग फुटबलमा अपराजित यात्रा ५० पु¥याउदै इतिहास बनाउने थियो । नेपालले सन् २०१४ मा ब्राजिल हुने विश्वकप फुटबलको पहिलो चरण पार गर्ने इतिहास बनाउन सफल भयो । यस अघि कहिल्यै विश्वकप फुटबलको दोस्रो चरण पुग्न नसकेको नेपालले इस्ट टिमोरलाई समग्रमा ७–१ गोल अन्तरले पराजित गर्दै इतिहास बनायो । दोस्रो चरणको लागि जोर्डन पुगेको नेपाली फुटबल टोलीको यात्रा पीडादायक बन्य पुग्यो । बराबरी खेल्ने उद्देश्य रहेको नेपाल अम्बान रंगशालामा ९–० पराजित भयो । होम म्याचमा भने नेपालले जोर्डनलाई एक–एक गोलको बराबरीमा रोक्दै हारमा मलम लगायो । नेपाल साफ फुटबलमा सेमिफाइनलमा पुग्न सफल भयो । प्रतियोगिताको दौरान कप्तान सागर थापाले बंगलादेशबिरुद्ध गरेको गोल विश्व चर्चित बन्यो ।
सागरको गोललाई बेह्क्याम र रोनाल्डिन्होका गोलसंग तुलना गरिएको थियो । साफ फुटबलमा सेमिफाइनलबाट घर फर्किए पछि खेलाडीहरु पहिलो पटक आयोजना भएको राष्ट्रिय लिग फुटबलमा ब्यस्त बने । महिना दिन सम्म चलेको लिगमा ए डिभिजन लिगका सुपर एट टिम र जिल्ला लिगबाट छनोट भएका दुई टिम गरि दश टोलीबीच भिडन्त भएको थियो । राष्ट्रिय लिगको उपाधि पनि जित्दै नेपाल पुलिस क्लबले लिग फुटबलमा आपूm बादशाह भएको प्रमाणित ग¥यो । फुटबलको लागि बिशेष बनेको बर्ष नेपालले अहिले सम्मकै ठुलो अन्तर्राष्ट्रिय प्रयितोगिता एएफसी च्यालेञ्जकप आयोजना ग¥यो । एसियाका सी श्रेणीका आठ राष्ट्रले भाग लिएको प्रतियोगितामा नेपालको प्रदर्शन फिक्का देखियो । कुनै खेल जित्न नसकेकेको नेपालले प्रतियोगितामा एक गोल गर्न पनि सकेन । तर फिफा अध्यक्ष सेप ब्लाटरको नेपाल आगमनले फुटबललाई एकपटक पुन चर्चामा त पु¥यायो नै ब्यवसायीकता तर्फ नेपाली फुटबलले खुट्टा उचाल्यो । एसियन फुटबल काउन्सिलको दोस्रो ठुलो प्रतियोगिताको उपाधि उत्तर कोरियाले तुर्केमिनिस्तानलाई २–१ ले पराजित गर्दै जित्यो । बर्ष भरि मोफसलमा आहा गोल्डकप, बुढासुब्बा लगायताका दर्जन भन्दा बढि राष्ट्रिय फुटबल प्रयितोगिताले निरन्तता पाए । फुटबलको चर्चा परिचर्चाले अखबार र प्रशारण माध्यममा ठुलो स्थान पाएको बर्षको बिट मार्ने काम महेन्द्र गोल्डकपबाट परिवर्तन भएर ८ बर्ष आयोजना भएको विराट गोल्डकपले ग¥यो ।
यता नेपाली खेलकुदको सर्बाेच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले सुदुरपश्चिमा छैटो राष्ट्रिय खेलकुद ग¥यो । खेलकुद परिषद्को सबैभन्दा ठुलो कार्यक्रम राष्ट्रिय खेलकुदलाई मैदान भित्र भन्दा पनि बाहिरका कुराले चर्चित बनायो । भौतिक पूर्वाधार सुस्त गतिमा गरेको आरोप त परिषद्ले खेप्यो नै प्रतियोगिताको दौरान पूर्वाधार र ब्यवस्थापनमा ब्यपक अनिमितता भएको समाचारले बढि नै स्थान पाए । जसको छानबिन अहिले पनि सार्वजनिक लेखा समितिले गरिरहेको छ । माओवादी सेनाको पीएलए स्पोट्र्स क्लबलाई विभागिय टोलीको मान्यता दिएको भन्दै नेपाली सेनाले प्रतियोगितामा भाग नलिए पछि ट्याक एण्ड फिल्डमा नेपाली पुलिस तथा एपीएफले बर्चश्व जमाए । नया“ खेलाडीको जन्म नभएको प्रतियोतिगा औपचारिक मात्र बन्यो । सबै पक्षमा फ्लप भएको प्रतियोगिता सुदुरपश्चिममा निर्धारित समयमा सम्पन्न हुनु नै ठुलो भएको धैरे मोनेका छन् ।
यता क्रिकेटमा नेपाली यू–१९ महिला टोलीले एसीसी यू–१९ कपमा ह्याट्रिय गर्दैै नेपालीको शिर उचो बनाइदिए । यस्तै यो बर्ष पुरुषको किशोर टिमले पनि राम्रै प्रदर्शन ग¥यो । आयरल्याण्डमा भएको यू–१९ विश्वकप क्रिकेट छनोटमा नेपालले दोस्रो स्थान हात पा¥यो । जसले अगामि सेप्टेम्बरमा अष्टे«लियामा हुने विश्वपक क्रिकेटमा नेपालको टिकट पक्का गरिदियो । यता नेपालको टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सपना भने पुरा हुन सकेन । मंसिरमा नेपालमा आयोजना भएको पहिलो चरणको पार गरेको नेपाल दोस्रो चरणमा भने सफल हुन सकेन । नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले सेमिफाइनलको यात्रा तय गर्दै दोस्रो चरण टिकट पक्का गरेको थियो । तर युइएमा भएको दोस्रो चरणको छनोटमा नेपाल असफल बन्यो । तर १६ एसोसिएट राष्ट्रले भाग लिएको प्रतियोगितामा नेपाल सातौ हुदै ¥याङ्किमा लामै फड्को मार्न सफल भयो । क्रिकेट घरेलु प्रतियोगितामा कुनै नया“पन देखिएन । राष्ट्रिय स्तरमा हुने प्रतियोगिताले निरन्तता पाए । बर्षको अन्त्यतिर शक्ति गौचनले भने नेपाली क्रिकेटमा तरंग पैदा गरिदिए । विश्वकै चर्चित र महंगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग क्रिकेटको ट्रायल दिन गए शक्तिले राजस्थान रोयल्र्सका खेलाडीलाई प्रभावित पार्दै आफ्नो क्षमता प्रस्तुत गरे । यो बर्ष टिममा नपरे पनि अगामि बर्षमा भने अन्य खेलाडीहरुलाई आपीएलमा बाटो खोलिदिएका छन् शक्तिले । फुटबल र क्रिकेट बाहेक अन्य खेलका गतिबिधि पनि भए । यो बर्ष माउन्ट एभरेष्ट तेक्वान्दो, ¥याङ्किङ टेवल टेनिस तथा ब्याडमिन्टनका प्रतियोगिता आयोजना भए ।
खेल राजनितिले पनि निरन्तरता पाइरह्यो २०६८ मा । बर्षको सुरुमा नेपाली खेलकुद युवराज लामाको उदय भयो । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा लामा माओवादी कोटामा छिरे । सुरुमा केहि सुधारका काम गर्दै बाह्बाही कमाए लामाले । उनले खेलकुदमा राजनितिक हस्तक्षेप नगर्ने भन्दै भाषण दिदै हिड्दा राजतिनितले आक्रन्त बनेको नेपाली खेलकुदले केहि राहत महसुस ग¥यो । तर जब उनले केहि महत्वपूर्ण संघमा माओवादीका मान्छेलाई भित्राए तब लामा र अन्य सदस्य सचिवमा केहि फरक नभएको विश्लेषण गर्न थालियो । उनले क्रिकेट, उसु, करा“ते लगायतका संघ माओवादीका मान्छेको हातमा थमाइदिए । बर्षको अन्त्यसम्म आइपुग्दा खेल संघको चुनावमा बिकृति यसरि बढ्यो कि, खेलकुद संघ कुनै एक सर्वदलिय सयंत्र जस्ता हुन थाले । सबै संघमा अहिले राजनितिक भागबन्डमा चुनाव हुने गरेको छ । अन्य सदस्य सचिव भन्दा लामा ओलम्पिक कमिटिसंग नरम देखिए । परिषद् र कमिटिबीच पानि बाराबरको स्थितिमा लामाले धुब्रबहादुर प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटिसंग बार्ता गर्दै हात मिलाए । यता अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा नेपाली खेल राजनितिमा छाइरहे । एसियन फुटबल काउन्सीलको उपाध्यक्ष समेत रहेका थापाले नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सफल भए । प्रतियोगिताकै दौरान थापाले विश्व फुटबल महासंघका अध्यक्ष जोसेफ सेप ब्लाटरलाई नेपाल भ्रमण गराए । विश्वकै शक्तिशालि ब्यक्ति मध्येका एक ब्लाटरसंगको नकिटताले थापाले विश्व फुटबलमा छिर्ने राजनिति गरेको धेरैको अनुमान छ । एएफसीका अध्यक्ष कार्वाहिमा परे पछि ब्लाटरसंगको निकटताले थापाको खेल कुटनिति बलियो देखिनेछ । यता नेपाली फुटबल टोलीको बर्ष दिन सम्म प्रशिक्षण सम्हालेका बेलायती नागरिक ग्राहम राबेट्र्स पनि चर्चित बनिरहे । नेपाली फुटबलको सुधार गर्न राबेट्र्सले निकै मिहेनत गरे । खेलाडीको प्रशंसा गरेर कहिल्यै नथाक्ने रोबट्स अनुशासनको मामलामा निकै कडा थिए । हठी रोबट्र्सले अनुशासनहीन भएको भन्दै सन्तोष साहुखल, जगजित श्रेष्ठ लगातायका केहि खेलाडीकालाई कार्वाहि पनि गरे, प्रशिक्षणको दौरान । उनको प्रशिक्षणमा नेपाली फुटबलले विश्वकप छनोटमा पहिलो पटक दोस्रो चरण पुग्यो भने फिफा बरियता क्रममा पनि लामै फड्को मा¥यो । इंङलिस क्लव टोटनह्याका पूर्व कप्तान रोबट्र्सको आगमन जस्तो विदाइ भने सुखद बन्न सकेन । नेपाली फुटबलको सबैभन्दा सफल प्रशिक्षक मानिने रोबट्र्सले च्यालेञ्जकपमा नेपालको खराब प्रदर्शन पछि प्रशिक्षक पदबाट राजिनामा दिए । अमिलो मन लिएर फर्कनु अघि राबट्र्सले च्यालेञ्जकको दौरान हस्तक्षप भएको आरोप लगाएका थिए । यता क्रिकेटमा छिरेको ५४ दिनमा नै निर्वाचित अध्यक्षमा बाजि मार्दै माओवादीका केन्द्रिय सदस्य समेत रहेका टंक आङबुहाङ चर्चित बने भने नेपाली क्रिकेटको प्रशिक्षकको रुपमा श्रीलंकाका पूर्व कप्तान पुबुदु दसानायकेको पनि आगमन भयो ।
त्यसो त राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएर चर्चामा आएको नेपाली सेनाले एएफी च्यालेन्जकपका दौरान आफ्ना खेलाडीलाई क्यापबाटै भगाएर चर्चा कमायो । सेनाको कार्यले प्राथमिकता राष्ट्रिय प्रतियोगिता की सैनिक प्रतियोगिता भन्ने प्रश्न उब्जायो । तर सैनिकले पहिलो पटक सार्क सैनिक स्तरिय खेलकुद गरेर दक्षीण एसियाली मुलकुहरुको सम्बन्ध सुधार ग¥यो ।
1 comment:
yetro website ma blogger ko template kina ni owner??
You can check other templates as like http://nepalipedia.blogspot.com/
Post a Comment