Thursday, March 3, 2011

फागुन १८ गते २०६७


माओवादीद्धारा महराको नेतृत्वमासरकारमा सहभागी हुने निणर्य 

Maoist Senior Leader Krishna Bahadur Mahara
काठमाडौं, १८ फागुन । अन्ततः लामो अन्यौलता चिर्दै एकीकृत नेकपा माओवादी सरकारमा सामेल हुने भएको छ । माओवादी स्थाइ समितिको आज बसेको बैठकले स्थाइ समिति सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालय कोटेश्वर पेरिशडाँडामा झण्डै चार घण्टा बसेको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । 

श्रोतका अनुसार महरा उपप्रधान एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी सहित सरकारमा सहभागि हुनुहुनेछ । विगतमा पनि सरकारमा गएकोले प्रभावकारीता बढाउन महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको बताइएको छ । सरकारमा जाने अन्य सदस्यको नाम तय गर्न स्थाइ समिति बैठक भोली विहान पुनः बस्नेछ । प्रधानमन्त्री झलनाथ खनालसँग छलफलगरी आफूले पाउने मन्त्रालयको टुगो लागेपछि ब्यक्ती तोकिने माओवादीले बताएको छ । यद्यपी गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी भने यथावत रहेको पनि प्रवक्ता शर्माले स्पष्ट पार्नु भयो । 

माओवादीले लिने मन्त्रालयको टुङ्गोलगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री खनालसँंग आजै वा भोली विहान परामर्श गर्नु हुनेछ । यसअघि प्रधानमन्त्री निर्वाचनका क्रममा भएको सातबुदे सहमतिवारे एमाले निर्णय अष्पष्ट भएको दावी सहित माओवादीले सरकारमा नजाने निर्णय गरेको थियो । माओवादीका तर्फवाट महरा सहित देवप्रसाद गुरुङ, बर्षमान पुन अनन्त, सदस्य टोपबहादुर रायमाझी र केन्द्रीय सदस्य जयपुरी घर्तीको नाम पक्का भएको बताइएको छ । 

माओवादी सरकारमा सामेल हुने निर्णय पछि प्रधानमन्त्री निर्वाचनको झण्डै एक महिनापछि प्रधानमन्त्री खनालले भोली मन्त्रीमण्डल विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मधेशी जनअधिकार फोरमलाइ समेत लिएर सरकार विस्तारको तयारी गर्नुभएको छ । 

यसैबीच प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहीबेर अघि भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको तर्फबाट नेता कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा सहभागी हुने जानकारी गराउँनु भएको थियो । साथै उहाँहरुका बीच मन्त्रालय बाँडफाँड लगायतका विषयमा छलफल भएको बताइएको छ । 

महाशिबरात्री पर्ब, पशुपतिनाथमा लाखौँ दर्शनार्थीद्धारा दर्शन 

Largest Temple in Nepal is Pashupatinath
काठमाडौँ, १८ फागुन । आज फागुन कृष्णपक्ष चतुर्दर्शी अर्थात महाशिबरात्री पर्ब । देशभरका हिन्दु धर्माबलम्बीहरुले भगबान शिबको पुजा आरधना गरि यो पर्व मनाईरहेका छन् । शिवरात्री पर्वको क्रममा आज बिहानै देखि हिन्दु धर्माबलम्बीहरु महान तीर्थस्थल काठमाडौको पशुपतिनाथका साथै मुलुकका बिभिन्न शिबालयहरुमा शिवको दर्शनका लागि घुइचो लागेका छन् । भगवान शिवको पूजा गर्नाले सुख समृद्घि प्राप्त हुने, कामना गरेको पुरा हुने धार्मिक विश्वास रहिआएको छ । भक्तजनहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।  

काठमाडौको पशुपति क्षेत्रमा विहान सबेरैबाट दर्शनार्थीको घुइचो लागेको छ । भत्तजनहरुको सुबिधाका लागी पशुपतिनाथको चार वटै ढोका खुल्ला गरिएको छ भने सुरक्षा र दर्शनार्थीको अभिलेख राख्न यसबर्ष सिसी टीभि समेत जडान गरिएको छ । हालसम्ममा करिब ३ लाख भक्तजनहरुले पशुपतिनाथको दर्शन गरिसकेको शिवरात्री ब्यबस्थापन समितीले जानकारी दिएको छ । भक्तजनहरुलार्य सहज बनाउन तथा यवस्थापनलाई चुस्त बनाउन ३ हजार बढी सुरक्षाकर्मी परिचालित गरिएको छ भने ३ सय बढी स्वयंसेवक समेत परिचालन गरिएको बताइएको छ । गत बर्ष भन्दा यसबर्ष भने पशुपतिको दर्शनका लागि केहि सहज भएको दर्शनार्थीहरुले बताएका छन् । 

यसैगरि पाटनको कुम्भेश्वर, खोटाङकोहलेसी महादेब, जलेश्वर महादेब, अछामको वैद्यनाथ, नवलपरासीको मदारबाबा र साँगाको बडामहादेबमा पनि बिहानै देखि घुइचो लागेको छ ।

यसैबीच राष्ट्रपती डा रामवरण यादवले आज शिवरात्रकिा अवसरमा पशुपतीनाथ मन्दिर पुगी लिवियाको आन्तरिक द्धन्दका क्रममmा फसेका नेपालीहरुको सकुशल फिर्तीको कामना गर्नुभएको छ । आज दिउँसो करिब ४ बजे दर्शनका लागि मन्दिर पुग्नुभएका यादवले लिवियामा धेरै नेपालीहरु फसेको भन्दै उहाँले जहाँ भएपनि सुरक्षित रहुन् भन्ने आफ्नो कामना रहेको सो अवसरमा बताउनुभयो । साथै उहाँले सबै नेपालीमा एकचाको कामना गरेको पनि जानकारी दिनुभउयोृ । समग्रमा सबै नेपालीले सुख संबृद्धी  होस् भन्ने कामना गरेको छु,राष्ट्रपती डा यादवले भन्नुभयो । एक प्रसङ्गमा उहाँले ईश्वर कुनै पनि जात वा धर्म विशेषका नहुने उल्लेख गर्दै देवादिदेव महादेव सबै धर्मावलम्बीका अगाध आस्थाका केन्द्र हुन् भन्नुभयो । त्यसअघि उहाँले ६४ शिवालयको परिक्रमासमेत गर्नुभएको थियो ।

रोल्पामा एक ब्यक्ती द्धारा चार छिमेकिको हत्या

रोल्पा, १८ फागनु । रोल्पामा गएराती एक व्यक्तीले आफन्त र छिमेकी गरी ४ जनाको हत्या गरेका छन् । रोल्पाको दुविडाँडा गाविस वडा नम्वर २ निवासी नारायण घर्तिले आफ्नी २० वर्षिय छोरी टेकमती वस्नेत, ज्वाँई टोप वहादुर वस्नेत, ६ महिनाकी नातीनी कल्पना वस्नेत र छिमेकी चन्द्रवहादुर थापाको हत्या गरेको रोल्पा प्रहरीले जनाएको छ । हत्या गर्ने ति व्यक्ति मानसिक सन्तुलन गुमाएको हुनसक्ने प्रहरीको अनुमान छ ।  हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । हत्या गर्ने घर्ति अहिले होलेरी प्रहरीको नियन्त्रणमा रहेको र उनले लाठि प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । घटनास्थलमा लाठी मात्रै भटिएको र हत्या वारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

उता सुनसरी मधेशा–९ निवासी २८ वर्षीय उमेश पौडेल र कान्छी श्रीमती २० वर्षीया सन्तु सुब्वाले मिलेर गएराति १० बजे जेठी श्रीमती टीका पौडेल र उनका ३ वर्षीया छोरी आशिकालाई निर्ममतापूर्वक हत्या गरेका छन् । शसस्त्र प्रहरीमा जागिरे रहेका पौडेलले केही समयअघि मोरङ्ग पथरी शरणार्थी शिविरकी सन्तुलाई कान्छी श्रीमती बनाएर ल्याएको ठीक दश दिनमा आफ्नो जेठी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीलाई घरदेखि ३ सय मिटर दक्षिण पश्चिम नहरमा लगेर  पानी डुबाई शरीरभरि नीलडाम हुने गरी कुटेर हत्या गरी बिजुलीको खम्बामा झुण्ड्याएका थिए भने छोरीलाई पनि पानीमा डुबाए पश्चात् मारेर आमाकै नजिक गहुँवारीमा फ्याँकिदिएका थिए । राति दश बजे जेठी श्रीमती र नाबालक छोरीको हत्या गर्ने काम सिध्याएर पौडेल दम्पतिले आफ्नो घरमा आगो समेत लगाएर आफन्त र छरछिमेकलाई श्रीमतीले घरमा आगो लगाएर भागेको भन्ने गम्भीर योजना बनाएको रहस्य पनि खुलेको छ । उनले राति ९ बजेतिर श्रीमती र छोरी बेपत्ता भएको हल्ला चलाएको थिए । हत्याको अभियोग लागेका पौडेलले घटनालाई अर्कोतिर मोड्नका लागि घरमा समेत आगो लगाएको बयान प्रहरीसामु दिएको छ । हत्या गरिएकी टीका र उनको अबोध छोरीको लाशलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

यसैबीच नाटकमा मृत्यु भएको अभिनय गर्दागर्दै सप्तरीमा एकजनाको वास्तविकतामा नै मृत्यु भएको छ । सप्तरीको डिमन गाविस वडा नं ९ मा गएराति रामलीला नाटकमा रावणको भूमिका निर्वाह गर्ने सप्तरीको मल्हनिया वडा नं १ का अटल मण्डलको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् । नाटकमा रामले चलाएको तीर लागेर भुइँमा ढलेका मण्डल लामो समयसम्म नउठेपछि साथीहरुले उठाउँदा मृत्यु भइसकेको बताइएको छ । उनको उच्च रक्तचापका कारण मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईलाई भेन्टिलेटरमा राख्ने तयारी

काठमाडौँ, १८ फागुन । नेपाली काँगे्रसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा जटिलता थपिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्नै स्थििती आएको अस्पतालले जनाएको छ । उहाँको स्वास्थ्योपचारमा संलग्न चिकित्सक भरत राउतले भट्टराईको मस्तिष्कमा अक्सिजन र रक्तसञ्चारको कमीले मस्तिष्कको क्रियाकलापसमेत प्रभावित भएकाले उहाँलाई थप उपचारका लागि भेन्टिलेटरमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । स्वास्थ्यमा असर देखिएपछि १९ दिनअघि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिनुभएका भट्टराईलाई १४ दिनदेखि आइसियूमा राखेर उपचार गरिँदै आएको छ । 

नाकको माध्यमबाट पेटमा हालिएको पाइपद्वारा खाना खुवाइरहेको तथा मुटुको चाल र रक्तचाप सामान्य भएको जानकारी दिँदै चिकित्सक राउतले भन्नुभयो– ‘भट्टराईको स्वास्थ्यमा देखिएका थुपै्र जटिलताको उपचार सुरु गर्नुपर्ने भएको छ ।’‘यो अवस्था र उमेरका व्यक्ति भेन्टिलेटरमा राखिएपछि पुरानो स्वास्थ्य स्थितिमा फर्कने उदाहरण ज्यादै कम छ,’ चिकित्सक राउतले भन्नुभयो– ‘मुटु, मिर्गौला र फोक्सोको सक्रियतामा असामान्य अवस्था सिर्जना भएको देखिएको छ ।’चिकित्सक राउतले ८७ वर्षीय सन्त नेता भट्टराईको ब्लड ग्यासको स्तरमा सुधार नदेखिएकाले कृत्रिम श्वासप्रश्वास मेसिन (भेन्टिलेटर) मा राख्नुपर्ने आवश्यक देखिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईलाई सामान्यरूपमा अक्सिजन दिँदा नपुगेपछि अहिले २४सँै घन्टा अक्सिजनको स्तर मिलाउने गरी उपचार थालिएको अस्पतालले जनाएको छ ।

यसैबीच राष्ट्रपती डा रामवरण यादवले आज दिउँसो नर्भिक अस्पताल पुगी सन्त नेता भट्टराईको स्वास्थ्य स्थिितीबारे जानकारी लिनुभएको छ । नेपाली काँग्रेसका सभापती शुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, संसदिय दलका नेता रामचन्द« पौडेल, उपप्रधानमन्त्री भरतमोहन अधिकारी लगायतका नेताहरु नर्भिक अस्पताल पुगि भट्टराईको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए । 

नेपाली सेना दिवस, सेनाले देशको गौरव उच्च बनायो ः राष्ट्रपति डा यादव

काठमाडौँ, १८ फागुन । नेपाली सेनाले सेना दिबस तथ महाशिबरात्रीको अवसरमा राजधानीको टुडिखेलमा आज बिशेष कार्यक्रमको आयोजना गरेको छ । सैनिकमन्च टुडिखेलमा भएको कार्याक्रममा सेनाले बिभिन्न कला÷कौलश तथा हतियारहरु प्रर्दशन गर्नुका साथै इज्जत कवाज तथा मार्चपास गरेको थियो । कार्यक्रममा सेनाले दुई वटा  हेलिकप्टर बाट नेपाली सेनाको ब्यानर प्रर्दशन गरेको थियो । सो समारोहमा नेपाली सेनाले राइफल बढाइअन्तर्गत छिटो लहरे, एककठ्ठा, एकसाथ लहरे र आफूखुसी बढाइँ तथा तोपबाट समेत बढाइँ  प्रस्तुत गरेको थियो । समारोहमा नेपाली सेनाका १२ वटा टोलीद्वारा मार्चपास प्रदर्शन गरिएको थियो । समारोहमा विशेष फौज, फेरेटकार, एपिसी, एमपिभी, तोपखाना हतियार, हवाई सुरक्षा हतियार, इन्जिनियरिङ  इक्विपमेन्ट, विकास निर्माणसम्बन्धी प्रदर्शनी गरिएको थियो । 

कार्यक्रममा राष्ट्रपती,उपराष्ट्रपती,प्रधानमन्त्री,मन्त्रीगणका सातै उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिती रहेको थियो । नेपाली सेनाका परमाधिपति समेत रहनुभएका राष्ट्रपती डा रामबरण यादवले श्री कृष्णदल गण र श्री सिद्धिबक्स गणलाई निसान प्रदान गर्नुभयो । राष्ट्रपति यादवले नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक पत्रिकाको पनि विमोचन गर्नुका साथै फ्रि फल र पाहुना खेलमा प्रथम हुने सेनाका खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो । साथै राष्ट्रपति यादवले त्यहाँस्थित वीर स्मारकमा माल्यार्पण गर्नुका साथै नेपाली सेनाद्वारा राष्ट्रपतिको सम्मानमा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । 

सुधारवादी शक्तिसँग समन्वय आवश्यक –डा भट्टराई

बुटवल, १८ फागुन  ।  एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले राजतन्त्रलाई निषेध गरे जस्तै संसदवादी तथा सुधारवादी शक्तिलाई निषेध गरेर अघि बढ्न नसकिने बताउनुभएको छ । उहाँले शान्ति, संविधान, संघीयता, धर्म निरपेक्षता जस्ता महत्वपूर्ण मुद्दाहरुलाई पूर्णता दिनको लागि सहमतिको आधारमा संसदवादी तथा सुधारवादी शक्तिसंग समन्वय गरेर अगाडि बढ्ने माओवादीको नीति भएको समेत बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार सरोकार केन्द पश्चिमाञ्चल क्षेत्रीय समन्वय समिति लुम्बिनीको आयोजनामा आज बुटवलमा आयोजित सहिदको सपना र नयाँ नेपाल विषयक कार्यक्रममा बोल्दै नेता भट्टराईले संविधानसभाबाट जनताको संविधान बनाउन र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन संसदवादी शक्तिसंग सहकार्य गरेर अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकमा प्रजातान्त्रिक शक्तिको नेतृत्व गर्ने नेपाली काँग्रेस लगायतका दलहरुलाई पाखा लगाएर शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन नसकिने र बाह्य हस्तक्षेपबाट मुलुकलाई जोगाउन पनि सम्भव नहुने जिकिर गर्नुभयो । मुलुकभित्रै दलीय स्वार्थ हावी हुँदा विदेशी तत्वहरुले नेपालमाथि आँखा लगाउन सहज भएको भन्दै उपाध्यक्ष भट्टराईले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

कांँग्रेस नेता डा महत

नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले माओवादी लडाकूको व्यवस्थापन नभएसम्म संविधान नबन्ने बताउनुभएको छ । नुवाकोटमा आज पत्रकारहरुसंँग कुरा गर्दै नेता महतले आगामी जेठ १४ भित्र संविधान निर्माण हुन नसकेमा त्यसको सबैभन्दा ठूलो बाधक माओवादी हुने आरोप समेत लगाउनुभयो । संविधान बन्नु अगाडि नै माओवादी लडाकूको शिविर खाली हुनु पर्नेमा जोड दिँदै उहाँले एमाले माओवादीबीच भएको सातबुँदे सम्झौता नै अवैध भएको बताउनुभयो । 

सभासदको पुत्ला 

नेशनल डेमोक्रेटिक एलायन्स र नेपाल राष्ट्रिय लोकतान्त्रिक दलले ६ सय १ जना सभासदको पुत्ला दहन गरेका छन । आज नयॉ बानेश्वरस्थित सविधानसभा भवन बाहिर कोणसभा गरी उनीहरुले ६ सय १ जना सभासदको पुत्ला जलाएका हुन । कोणसभामा बोल्दै नेशनल डेमोक्रेटिक एलायन्सका सहअध्यक्ष जनक अधिकारीले नेता र सभासदहरुले शान्ति, संविधान भन्दा पनि कुर्सीको हानथाप गरी जनताको मतको अवमुल्यन गरेको हुदॉ सभासदहरुको पुत्ला जलाउनु परेको बताउनुभयो । उहाले संविधानसभा विघटन गरी नयॉ जनादेशमा जानु पर्ने बताउनु भयो । जनताको हक अधिकार सुनिश्चित गर्न मत दिएर संविधासभामा पुप्याएका सभासदहरुले सत्ताकेन्दितमै लिप्त हुदा संविधान बन्न नसक्ने उहांको आरोप थियो । पुत्ला दहनपछि नयां बानेश्वरबाट गौशालासम्म ¥याली निकालिइएको थियो । 

एसएसबीका जवानद्वारा सशस्त्र प्रहरीमाथि कुटपिट

रौतहट, १८ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आज बिहान रौतहटमा तीनजना सशस्त्र प्रहरीका जवानलाई दुई घन्टा नियन्त्रणमा लिएर कुटपिटपछि छाडेको छ । भारतबाट साइकलमा चिनी लिएर नेपाल आउँदै गरेका एक व्यापारीलाई सीमा सुरक्षा बलका जवानले कुटपिट गरेपछि भएको विवादलाई मिलाउन गएका रौतहट औरैया बेसक्याम्पका सशस्त्रका सहायक हवल्दार अमृत श्रेष्ठ, प्रहरी जवान देवी थापा र नवराज खड्कालाई भारत बलुवा ग्रामका एसएसबीले नियन्त्रणमा लिई दुई घन्टा राखेर छाडेको हो । 

एसएसबीको कुटाईबाट सशस्त्र प्रहरीका जवान देवी थापाको टाउकोमा र नवराज खड्काको हातमा सामान्य चोट लागेको छ । सादा पोशाकमा रहेका एसएसबीका जवान मन्जुर आलम र सैलेश दुबेले व्यापारीलाई कुटपिट गरेपछि रौतहट बन्जाराहाका स्थानीयवासीले एसएसवीका दुवै जवानलाई नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएका थिए । त्यसको बदलामा एसएसबीले सशस्त्र प्रहरीका जवानलाई नियन्त्रणमा लिएको बताइएको छ । नेपाल प्रहरीको जिम्मामा रहेका एसएसबीका दुवै जवानलाई छाडेपछि भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका सशस्त्र प्रहरीलाई छाडिएको थियो । घटनापछि केही समय बन्जाराहमा तनाब भएको थियो । दुवैतर्फका सुरक्षा अधिकारीबीच वार्ता भएपछि नियन्त्रणमा रहेका सशस्त्र प्रहरीहरु रिहा भएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल रौतहटले जनाएको छ । 

मणिपालका एक कर्मचारीले रकम हिनामिना गरेको आरोप

पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका एक कर्मचारीले विद्यार्थीहरुको फि वापत् संकलित झण्डै आधा करोड रुपैयाँसहित फरार भएको विद्यार्थी र तिनका अभिभावकले आरोप लगाएका छन् । सम्बन्धित विद्यार्थी र तिनका अभिभावकहरुले स्कूल अफ नर्सिङ्ग कार्यक्रमको अफिस एसिष्टेण्ट सुनिल शर्मा पौडेलले संकलित फि खातामा नचढाई आफ्नो गोजीमा हालेर फरार भएको आरोप लगाएका हुन् । 

प्रमाणपत्र तहको नर्सिङ्ग दोस्रो वर्षमा अध्ययनरत् विद्यार्थीहरुका २७ जना अभिभावकहरुले संयुक्तरुपमा हस्ताक्षर संकलन गरी पौडेलको तत्काल खोजी गरी कारबाही हुनुपर्ने माग गरेका छन् । एक विद्यार्थी दीक्षा जिसीका दाजु सविन जिसीले आफूले बहिनीको फि नियमितरुपमा बुझाउँदै आएको रकम पौडेलले खातामा नचढाई रकम हिनामिना गरेको दाबी गरे  । 

मणिपाल कलेजले विद्यार्थीलाई शुल्क बुझाउनका लागि सूचना जारी गरेपछि अधिकांश विद्यार्थीहरुले आफूले शुल्क तिरेको कलेज प्रशासनसँग प्रमाण देखाएपछि रहस्य खुलेको हो । एकजना अभिभावकले २ लाख रुपैयाँसम्म फि वापत् रकम बुझाएका छन् । यसरी हेर्दा कूल ३७ लाख रुपैयाँसम्म हिनामिना सम्बन्धित अभिभावकहरुले संयुक्तरुपमा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

रेल सेवा अझै सुचारु भएन, जनताहरु मर्कामा, महाप्रबन्धकद्वारा राजिनामा

डिजेल अभावको कारण विगत ४ दिन देखि बन्द रहेको देशको एक मात्र रेल सेवा अझै सुचारु हुन सकेको छैन ।यसैबीच रेल सेवा बन्द रहेकै अवस्थामा रेल्वेका महाप्रबन्धक संजिव मल्लिकले  आफ्नो पदबाट राजिनामा दिएका छन् ।

महाप्रबन्धक मल्लिकले रेल्वेको अवस्था आर्थिक रुपमा अत्यन्तै जर्जर रहेको कर्मचारीमा अनुशासन अभाव रहेको कारणले यस्तो अवस्थामा चाहेर पनि रेल्वे सुधार गर्न नसक्ने भएको हुँदा आफूले आफ्नो पदबाट राजिनामा दिएको बताउनु भएको छ । मल्लिकले मंगलवार नै आफूले श्रम मन्त्रालयमा राजिनामा लिएर गएपनि सचिवले राजिनामा नबुझे पछि आफूले भोली राजिनामा दर्ता गराएर जनकपुर फर्किने बताउनु भयो  ।जनकपुर(जयनगरको २९ किमि दुरी दय गर्न ८० लिटर डिजेलको आवश्यक्ता पर्दछ । 
यता रेल सेवा अवरुद्ध रहेको कारण धनुषाको सुदुर पूर्वका एक दर्जन गाविसका बासिन्दाहरुको यातायातको एक मात्र साधन रेल सेवा भएको हुँदा सदरमुकाम जनकपुरसंग सम्पर्क विहिन भएर ठूलो मर्कामा परेका छन् । ती गाविसका जनताहरुको दैनिक कामकार्वाहीको लागि सदरमुकाम आउनेको संख्यामा ठूलो कमि आएको छ । जसले गर्दा सधै भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय लगायतका कार्यालयहरुमा अहिले निकै न्यून उपस्थिती देखिएको छ ।

खेल समाचार
दुई ईङलिस टोली मैदानमा 

१० औँ संस्करणको विश्वकप क्रिकेट अन्र्तगत ईङल्याण्ड र आयरल्याण्ड बीच भएको समूह चरणको खेलमा आयरल्याण्ड ३ विकेटले विजयी भएको छ । 

भारतको बैङगलोरस्थित चेन्नास्वामी क्रिकेट मैदानमा केही बेर अघि सम्पन्न खेलमा आयरल्याण्डले ५ बल बाकी छदै जीत दर्ता गराएको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ईङल्यान्डले आयरल्यान्डसामू जिताका लागि ३२८ रनको चुनौती प्रस्तुत गरेको थियो । पहिले ब्यषटिङ गरेको ईङल्यान्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाई ३२७ रन बनाएको थियो । उसका लागि जोनाथन ट्रटले सर्वाधिक ९१ रन बनाएका थिए भने ईयान बेलले ८१, केभिन पिटरसनले ५९,तथा कप्तान एन्ड्रयु स्टा«उसले ३४ रन बनाएका थिए । आयरल्यान्डका लागि जोन मुनीले उत्कृष्ट बलिङ गर्दे ४ विकेट लिएका थिए ।

यसैबीच जवाफी ब्याटिङ सुरु गरेको आय्ल्यान्डलाई सुरुवातमा झड्का लागे पनि अन्तत ५ बल बाकी छदै जित निकालेको हो । उसका लागि केजे ओवेइनले ६३ वलमा ११३ रन बनाई आउट भएका थिए । 

No comments: