सहमतिका आधारमा सरकार गठन गर्न दलहरुलाई आह्वान : राष्ट्रपति यादवको दिवा भोज
![]() |
President DR. Ram Baran Yadav |
काठमाडौ । राष्ट्रपति डा. रामबरण यादबले यही माघ ७ गतेसम्ममा राजनीतिक सहमतिका आधारमा सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नु भएको छ ।
राष्टपति यादवले अन्तरिम संबिधानको धारा ३८ (१) अनुसार बमोजिम सहमतीय सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुभएको राष्टपति कार्यालयले आज जनाएको हो ।
व्यवस्थापिका–संसदको गत पुस २८ गते बसेको बैठकले निश्कर्षविहीन निर्वाचन अन्त्य गर्दै प्रधानमन्त्रीको एक्ला उम्मेद्धार काँग्रेस नेता रामचन्द्र पौ्रडे्लले उम्मेद्धारी फिर्ता लिएपछि नयाँ प्रक्रिाया शुरु गर्नुपरेको हो । राष्टपति यादवले सभामुख, प्रधानमन्त्री र २८ दलका नेताहरुसंग चरणबद्ध रुपमा परामर्शपछि नयाँ सरकार गठनको लागि पुनः धारा ३८ कोृ १ बमोजिम आह्वान गर्नु भएको हो ।
प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ मा प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएपछि राजनीतिक सहमतिका अधारमा प्रधानमन्त्रीको चयन गर्न राष्ट्रपति डा यादवले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको थियो ।
सहमतिका लागि थप समय आवश्यक परेको भनी राजनीतिक दलहरूले लिखित रूपमा माग गरेअनुरूप असार २८ गतेसम्म थपिएको समयमा पनि सहमतिका आधारमा प्रधानमन्त्रीको चयन हुन नसकेपछि धारा ३८ (२) बमोजिम बहुमतीय प्रक्रिया साउन ५ गतेबाट शुरु भएको थियो । बहुमतीय आधारमा सरकार गठनका लागि १६औ चरण सम्म पनि प्रधानमन्त्री चयन हुन नसकेपछि १७ चरणको निर्वाचनका क्रममा प्रधानमन्त्रीको उम्मेद्धारी नै फिर्ता लिनुपरेको थियो ।
यसैवीच राष्ट्रपति यादवले सहमतीको आधारमा सरकार गठन गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । शितल निवासमा माघे संक्रान्तिको अवसरमा राष्ट्रपति यादवद्धारा आज आयोजित दिवा भोजमा उहाँले मुलुकलाई सरकारबिहिन अवस्थामा रहन दिन नहुने भन्दै सरकार गठनका लागि सहमती जुटाउन दलहरु सामुहिक रुपमा आग्रह गर्नुभएको हो । उहाँले दलहरुबिच आपसमा छलफल गरी संबिधान निर्माण र शान्ति प्रक्रियालाई टुङग्याउन पुराउने दिशामा अग्रसर हुन आग्रह गरेको दिवा भोजमा सहभागी दलका नेताहरुले जानकारी दिएका छन् ।
दिवा भोजमा सहभागी हुनुभएपछि संचारकर्मीहरुसंग कुार गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिका आधारमा तत्काल नयाँ सरकार गठन होस र राजनीतिक समस्या समाधान होस भन्ने राष्टपति यादवको चहाना रहेको जानकारी दिनुभयो ।
राष्ट्रपतीले लामो समयसम्म देश प्रधानमन्त्री विहिन बनेको भन्दै छलफलका आधारमा चाँडो भन्दा चाँडो टुङगोमा पुग्न दलका नेताहरुलाई सुझाव दिनुभउको प्रधानमन्त्री नेपालले बताउनुभयो । राष्ट्रपतकिो आग्ह अनुसार नै भोली देखि नै सरकार गठनका लागि दलहरुबीच ठोस छलफल सुरु गरिने नेपालले बताउनुभयो ।
काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राटपति यादवले राजनीतिक निकासका लागि दलहरु एक जुट हुन राष्पटति यादवले सबै दलका नेताहरुलाई आग्रह गरेको बताउनु भयो ।
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले राष्पटति यादवले संविधानले दिएको जिम्मेवारी अनुसार अविभावकको हैसियतले राजनीतिक दलहरुलाई सहमतिमा अघि बढ्न आग्रहका लागि निमन्त्रणा गरेको राष्टपतिले बताउनु भएको जानकारी दिनुभयो ।
सितल निबासबाट बाहिरिदै सभामुख सुवासचन्द्र नेम्वाङले पनि दलहरु मिल्नुको विकल्प नभएको भन्दै सहमतिकै आधारमा सरकार गठनका लागि पहल गरिनुपर्ने बताउनुभयो । दिवा भोजमा संविधानसभामा प्रतिनिधित्व गर्ने २८ वटै दलका शिर्ष नेताहरुको सहभागीता रहेका थिए ।
प्रम नेपाल
प्रधानमन्त्री माधाव कुमार नेपालले राष्टसंघीय मिसन अनमिनले गर्दै आएको शान्ति प्रक्रियाको जिम्मेवारी पुरा गर्न हिजो भएको सहमतिले आफ्नो समस्या समाधानका लागि सरकार र दलहरु संक्षम छन् भन्ने सन्देश दिएको बताउनु भएको छ । यो सहमतिबाट राजनीतिक निकासको बातवरणका लागि विश्वासयुक्त आधार तयार भएको र दलहरु र नेपाली जनतामा पनि यसले आत्मविश्वास बढाएको बताउनु भयो । यो सहमतिले आफ्नो समस्या आफैले समाधान गर्न कटिबद्ध छ भन्ने विश्वास दिलाएको छ – प्रधानमन्त्री नेपालले भन्नुभयो ।
थारु आदिवासीको महान पर्व माघीको अवसरमा आज राजधानीमा आयोजना भएको माघी महोत्सबको अवसरमा प्रधानमन्त्री नेपालले अनमिनले नेपालमा निभाएको भुमिका सराहानीय रहेको समेत बताउनु भयो । उहाँले थारु समुदाय नेपालको भुमि पुत्र भएपनि यो समुदाय अझै पनि पछाडि रहेकोले अधिकार हासिलको अभियानलाई अघि बढाउनु पर्ने बताउनुभयो ।
अध्यक्ष पुष्पकमल दाहाल
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र माओबादीबीच शान्ति प्रक्रियाको बारमो भएको सहमति गतिरोध अन्त्यको लागि आइस ब्रेक भएको बताउनु भएको छ । हिजोको सहमतिलाई आइसब्रेकको संज्ञा दिदै अध्यक्ष प्रचण्डले हिउँका डल्ला फुटेपनि पग्लन भने अझै बाँकी रहेको टिप्पणि गर्नुभयो ।
राजधानीमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले हिजो भएको सहमती कार्यान्वयन गर्न सकेमा शान्ति प्रक्रिया र संविधान लेखन कार्य समयमा नै टुङ्गिङने बिश्वास व्यक्त गर्नुभयो ।
देशको राजनीति अनिश्चयनको भुमरीमा परीरहेको बेला सरकार र माओवादीवीच भएको सहमतिले सकरात्मक संदेश दिएको उहाँको भनाई थियो । पछिल्लो राजनीतिक घटनाक्रम उत्साहाप्रद रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सहमतिलाई कार्यान्वयन गर्ने हो भने ऐतिहासिक परिवर्तनपछिको जनताको आकाँक्षलाई पुरा गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले अहिले पनि परिवर्तनको प्रवहा र आकाँक्षलाई रोक्ने प्रबृति र तत्वहरु अझै पराजीत भइनसकेको बताउनु भयो ।
सरकार–माओवादी वार्ता
![]() |
Prachanda & PM Madhav Kumar Nepal |
सार्बजनिक समारोह गरि शिबिरमा रहेका माओबादीका लडाकुहरु बिशेष समितीको मातहत आएको घोषणा गर्न सरकार र माओबादी सहमत भएका छन । प्रधानमन्त्री माधवकुमार नेपाल र एनेकपा आमोवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहान ¥याडिसन होटलमा भएको वार्तापछि सो सहमति भएको हो । एक हप्ता भित्रमा सार्वजनिक कार्यक्रम गरेर लडाकूहरू विशेष समितिमा भएको घोषणा गर्ने सहमति भएको बैठकपछि वार्तामा संलग्न गृहमन्त्री भीम रावलले जानकारी गराउनुभयो ।
औपचारिक कार्यक्रम गरेर लडाकुहरुलाई समितकिो मातहतमा ल्याउँदा सबै पक्ष्क्षमा सकारात्मक र भावनात्मक सन्देश जाने भएकोले यस्तो सहमती गरिएको बताईएको छ । रावलले माओवादीसँग पुनःवार्ता गरेपछि कार्यक्रमको मिति र प्रक्रियाका बारेमा टुङ्गो लगाइने बताउनुभयो ।
अनुगमन संयन्त्रको कार्यविधि र त्यसमा रहने व्यक्तिहरुका विषयमा दुई पक्ष बिच छलफल भए पनि बिधि र प्रक्रिया अझै टुगा्े लागी नसकेकाले त्यस बिषयमा भोलि पुन छलफल हुने गृहमन्त्री रावलले जानकारी दिनु भयो । अनमिनको बहिर्गमन पछि सेना तथा हतियारको रेखदेख, सेना समायोजन विशेष समिति मातहतको संयुक्त संयन्त्रले गर्ने दलहरुबीच सहमति भइसकेको छ ।
दलहरुको सहमती स्वागतयोग्य—राजदुतहरु
नेपालस्थित युरोपियन युनियन सम्बद्ध र अन्य दातु राष्ट्रका राजदुतहरुले सरकार र माओवादीबीच लडाकु समायोजन र हतियारको अनुगमनका लागि हिजो भएको सहमती स्वागत योग्य भएको बताएका छन् । युरोपेली संघ, अस्ट्रेलिया, क्यानाडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, नेदरल्याण्ड्स, नर्वे, स्विट्जरल्याण्ड, बेलायत र अमेरिकाका नेपालस्थित राजदुतहरुले आज जारी गरेको संयुक्त विज्ञप्तीमा यस्तो जनाएको हो ।
“सरकार र एकिकृत नेकपा–माओवादी बीच पुस ३० गते अनुगमनको जिम्मेवारी अनमिनबाट सेना समायोजन विषेश समितिले लिने सहमति भएको समाचारबाट हामी उत्साहित भएका छौं —विज्ञप्तीमा भनिएको छ । साथै उनीहरुले सहमतिलाई कार्यान्वयन गर्दै
राजनीतक सहमति कायम गर्न राजनीतिक प्रयासलाइ दोब्बर रुपमा गति दिन समेत आग्रह गरेका छन् ।
“बृहद् शान्ति सम्झौताका विभिन्न बु“दाहरुको कार्यान्वयन गर्ने दिशामा केही प्रगति भए पनि मुख्य प्रतिबद्धताहरू पूरा गर्न अभैm बा“की रहेको उल्लेख गर्दै नेपालका दलहरूलाई अबका दिनमा पूर्ण उत्तरदायित्वका साथ अघि बढाउन समेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
अनमिनले नेपालमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनीहरुले शान्ति प्रक्रियाप्रति आप्mनो पूर्ण सहयोग रहने स्पष्ट पारेको छ ।
“सबै राजनीतिक दलहरूले एक–अर्काप्रति तथा नेपाली जनताप्रति गरेका प्रतिबद्धताहरू पूरा गर्नका लागि सम्झौताको मर्म अनुरूप आप्mना प्रयासहरूलाई दोब्बर पार्न तथा सहकार्यलाई निरन्तरता दिन हामी आह्वान गर्दछौं – विज्ञप्तीमा उल्लेख छ ।
करिनद्वारा विदाइ भेट
प्रधानमन्त्री माधवकुमार नेपालले नेपालस्थित राष्ट्रसंघीय मिसन अनमिनको फिर्ती पछि पनि नेपालमा दलहरुले शान्ति प्रक्रियालाई टुङगोमा पु¥याउन सफल हुनसक्ने बिश्वास व्यक्त गर्नु भएको छ । अनमिन प्रमुख करिन लेनग्रेनसँग आज बिहान प्रधानमन्त्रि निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रि नेपालले सरकार र माओवादीबीच हिजो सम्पन्न नयाँ समझादारीपछि शान्ति प्रक्रिया सघन रुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाले सरकार र माओवादीबीच भएको सहमतिबाट अनमिनले गरिरहेका कामहरुलाई निरन्तरता दिनुका साथै माओवादीका लडाकुहरुको समयोजन र पुनःस्थापना छिटोभन्दा छिटो गर्ने आधार तयार भएको बताउँनु भयो । उहाँले अनमिनले अनुगमनका लागी प्रयोग गर्दै आएको सम्पुर्ण साधन तथा सामग्री शान्ति प्रक्रिया निष्कर्षमा नपुगुन्जेल सम्म बिशेष समितीको मातहतमा राख्न राष्ट्रसघलाई पत्राचार गरिने तयारी भएको अनुरोध पत्रका बारेमा ल्यानग्रेनलाई जानकारी गराउनु भएको थियो ।
शान्ति प्रक्रियामा उतार–चढाव आए पनि यसले निर्धारित गन्तव्य प्राप्त गर्ने, बताउँदै प्रधानमन्त्री नेपालले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको निरन्तर सहयोग र सद्भाव प्राप्त भइरहने विश्वास समेत ब्यक्त गर्नु भयो । प्रधानमन्त्री नेपालले ‘संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्, महासचिव वान कि मुन, लगायत राष्ट्रसंघीय कर्मचारी र अन्य सहयोगीहरुलाई सरकार र नेपाली जनताका तर्फबाट धन्यवाद दिनु भएको थियो ।
भेटका अबसरमा अनमिन प्रमुख ल्यान्डग्रेनले नेपाल बसाइका क्रममा नेपाल सरकार, नेपाली जनता र राजनीतिक दलहरुद्वारा प्राप्त सहयोगका लागिआभार प्रकट गर्दै अनमिनको अनुपस्थितिमा पनि शान्ति प्रक्रियाले गति लिने र नेपालमा छिट्टै नयाँ संविधान निर्माण भई स्थायित्व कायम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकार र माओवादीबीच हिजो सम्पन्न नयाँ समझदारीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आशा जगाएको उल्लेख गर्नु भएको बताइएको छ ।
माघे सङ्क्रान्ति पर्व आज
माघे सङ्क्रान्ति पर्व आज मुलुकभर विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै घ्यू–चाकु, तिलको लड्डु र तरुल खाई मनाइँएको छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यस पर्वमा आज देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, तथा भारतका प्रयाग र गङ्गासागर लगायतका नदी तथा त्रिवेणीमा स्नान, दान, तर्पण–श्राद्धलगायतका कार्य गर्नेहरूको आज विहानै देखि ठूलो भिड लागेको थियो । आजको दिनमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, तरुल र सागपात खादाँ शरीरलाई पोषण प्राप्त हुनाका साथै निरोगी होइने बिश्वास गरिन्छ ।
यसैबिच थारु समुदायले माघी पर्बको आजको दिन लाई नयाँ बर्षको रूपमा बिशेष रुपमा मनाइरहेका छन् । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडीे, तिलको लड्डु, केराको तरुवा, खरिया, आदि बनाई खाने–खुवाउने तथा आफ्नो मौलिक पहिचान झल्काउने भेषभुषामा नाचगान गरी मनाउने प्रचलन रहेको छ ।
यसै अवसरमा थारु समुदायले आज देखि राजधानीमा तीनदिने माघीमेलाको आयोजना गरेको छ । मेलामा थारु समुदायको संस्कृति, भेषभुषा, नाचगान तथा खानाका परिकारहरु प्रदर्शनका लागि राखिएका छन् । यसै अबसरमा थारु माघी महोत्वस मुल आयोजक समितीले अहिले भृकुटीमण्डप गेटबाट झाँकी र ¥याली निकालेको थियो ।
थारु माघी महोत्सव मूल आयोजक समितिले आज राजधानीमा आयोजना गरेको माघी महोत्सवको उद्घाट्न गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले जातजातिको छुट्टै प्रकारको सांस्कृतिक पहिचानले विश्वमा नेपाललाई परिचित गराएको बताउनुभयो । नेपालका २३ जिल्लामा छरिएर रहेका थारु समुदायको जनसङ्ख्या करिब ६.७ प्रतिशत रहेको छ । इमान्दार, मेहनती, भूमिसँगको सम्बन्धमा जोडिएको जातिका रुपमा चिनिए पनि नेपालको पछौटेपनले उनीहरुको परम्परा अपेक्षाकृतरुपमा विकास हुन नसकेको समेत प्रधानमन्त्री नेपालले उल्लेख गर्नुभयो ।
यसैअवसरमा राष्ट्रपति डा. रामवरण यादवले आज एक सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । यस्तै प्रधानमन्त्री लगायत दलका नेताहरुले पनि कामना गर्नुभएको छ ।
लोडसेडिगं अन्त्यका लागि दबाब समुह
जलबिद्युत उद्धमीहरुले सरकारले बिद्युत क्षेत्रमा लागानी योग्य बाताबरण बनाईदिए ५ बर्षभित्र लोडसेडिगं अन्त्य गर्ने दाबी गरेका छन् । लोडसेडिगं अन्त्यका लागि दबाब समुहद्धारा आज राजधानीमा आयोजित अन्तरक्रियामा उनीहरुले बिद्युत खरिद दरमा समानुपातिक परीमार्जन भए बिद्युत क्षेत्रमा लगानी गर्न सकिने बताएका हुन् ।
स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष सुवर्णदास श्रेष्ठले खरिद सम्झौता दरलाई प्रतियुनिट ५ रुपैयाँ ९९ पैसा पुर्याए आगामी दिनमा १५ सय मेगावट बिद्युत उत्पादन गर्न सकिने दाबी गर्नुभयो । साना जलबिद्युत बिकास संघका अध्यक्ष हरिबैरागी दहालले सरकारले पुर्वाधारमा बिकास गर्नसके आफुले लोडसेडिगंको अन्त्य गरी प्रत्येक जिल्लामा बिद्युत पुर्याउन सक्ने बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघका सदस्य ज्ञानेन्द्रलाल प्रधानले निजी क्षेत्र सक्रिय नभई नेपालमा लोडसेडिगं अन्त्य नहुने बताउनु भयो । उहाले राजनीतिक दलहरुले बिद्युतलाई प्रमुख मुद्धा नबनाएकाले यस्तो समस्या आईपरेको आरोप लगाउनु भयो ।
यसैबिच भोलीदेखि आधा दिन अध्यारो हुने भएको छ । नेपाल बिद्युत प्रधिकरणले आगामी भोलीदेखी लागू हुनेगरी लोडसेडिङ्गको समय दैनिक एक घण्टा बढाएको हो । हाल दैनिक ११ घण्टा लोडसेडिङ हुदै आएकोमा आगामी आइतबारदेखि दैनिक १२ घन्टा लोडसेडिङ हुने बिद्युत प्राधिकरणले जनाएको छ ।
आहा गोल्डकप
राजधानीबाहिर नियमितरुपमा आयोजना हुँदै आएको आहा गोल्डकपको नवौं संस्करणको तयारी पूरा भउको आयोजकले आज बताउको छ । आहा गोल्डकप यही माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा सुरु हुँदैछ । आयोजक सहारा क्लब पोखराले प्रतियोगिताको आवश्यक तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
प्रतियोगितामा विभिन्न १२ टिमको सहभागिता रहने तथा विजेतालाई २ लाख र उपविजेतालाई एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने पत्रकार सम्मेलनमा जानकारी दिईयो । खेलमा उत्कृष्ट प्रशिक्षक, स्ट्राइकर, मिडफिल्डर, डिफेण्डर र गोलकीपरलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईकल पाउनेछन् । सर्वाधिक गोलकर्ताले नगद १५ हजार प्रदान गरिने आयोजकले जानकारी दिए ।
No comments:
Post a Comment