सरकार–माओवादीबीच तीनबुदे सहमतिः अन्मिनको काम विशेष समितिले गर्नेः
राष्ट्रसंघीय नियोग अन्मिनको फिर्तीचछि उसले गर्दै आएको हतियार र लडाकू अनुगमनको काम प्रधानन्त्रीको अध्यक्षतामा गठित विशेष समितिले गर्ने सम्बन्धमा सरकार र माओवादीबीच आज सहमति भएको छ ।
![]() |
Nepal Army |
सरकार र एकीकृत माओवादीवीच अन्मिनको अनुपस्थितिमा राजनीतिक संयन्त्रको सहयोगमा विषेश समितिले माओवादी जनसेनाका लडाकूको अनुगमन, व्यवस्थापिन र समायोजन गर्ने बारेमा आज तीन बुँदे सहमति भएको हो । राजधानीको लाजिम्पाटस्थित ¥याडिसन होटलमा दुइचरणमा भएको छलफलमा सरकार र माओवादीवीच यस्तो सहमति भएको हो । सहमति पत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री माधाव कुमार नेपाल र माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ ।
तीनबुदे सहमतिमा विस्तृत शान्ति सम्झौता लगायत त्यसयता भएका सम्झौताप्रति पुर्नप्रतिबद्धता जनाउदै कार्यान्वयन गर्ने उल्लेख छ । यसैगरी सरकार र माओवादीबीच यसअघिका सम्झौतामा भएको अन्मिनको ठाउ विशेष समितिले लिने गरी संशोधन र परिमार्जन ठहरिने उल्लेख छ । सहमतिपछि अन्मिनले गर्दै आएको लडाकूका शिविरको अनुगमन विशेस समिति र प्राविधिक समितिका तीन÷तीन जना सदस्य रहने संयन्त्र मार्फत गरीने छ ।
![]() |
Maoist Combatant |
बैठकपछि सन्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनले पुराएको सहयोगबाट सरकार अत्यन्तै खुशी रहेको बताउनु भयो । उहाले माओवादी र अन्य पक्षहरु मिलेर शान्ति प्रक्रियालाई टुङगोमा पुराउने बताउनु भयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आज भएको तीन बुदाको सहमतिले शान्ति प्रक्रियालाई सहयोग मिल्ने बताउनुभयो ।
सरकार र माओवादीले नेपालको शान्ति प्रक्रिर्यामा पु¥याएको योगदानप्रति धन्यवाद दिदै अन्मिनले प्रयोग गरिरहेका सामाग्री सरकारलाइ हस्तान्त्ररण गर्न आग्रह गर्ने सहमति भएको छ । शिविरहरुमा जडान गरिएका उपकरण सहयोगकालागि सरकारले अन्मिनलाइ पत्राचार गर्नेछ । दुवै पक्षले आग्रह गरे अन्मिनले प्रयोग गरेका उपकरण उपलव्ध गराउने अनिमनले बताएको थियो ।
अनमिनको विदाई
![]() |
UNMIN leave Nepal |
शान्ति प्रकृयामा सघाउन ४ बर्षअघि नेपाल आएको राष्ट्रसंघिय नियोग अनमिन आजबाट साँझबाट औपचारिक रुपमा विदा भएको छ । चार बर्षसम्म नेपालको शान्ति प्रक्रियाको अनुगमन गरेको अनमिनको काठमाडौस्थित मुख्यालय आज एक कार्यक्रमकाबीच बन्द गरेको हो ।
राष्ट्रसंघका बिशेष प्रतिनिधि स्यामुयल ताम्राटले अनमिन कार्यालयको राष्ट्रसंघिय झण्डा झिकेर बिदा भएको घोषणा गर्नुभएको हो । फ्ल्याग डाउन गर्नूअघि तम्राटले राष्टसघका महासचिव वान्की मुनले पठाउनुभएको सन्देश पढेर सुनाउनुभएको थियो । महासविच मुनले सन्देश मार्फत अनमिनको अनुपस्थितीमा पनि नेपालको जारी शान्ति प्रक्रियालाई अघि बढाउन दलका नेताहरुलाई आग्रह गर्नुभएको छ । मुनले भन्नुभएको छ–नेपालको शान्ति प्रक्रियाको सबै पाटोमा प्रगति सुनिश्चत गर्ने खालको विश्वासको वातावरण सिर्जना गर्नका लागि आफ्ना प्रयास दोब्बर गर्न म पक्षहरूलाई प्रोत्साहित गर्छु।
जनताको भावना र कार्यादेश बुझेर अघि बढ्न पनि उहाँले आग्रह गर्नुभएको छ । महासचिव मुनका दक्षिण एसिया प्रतिनिधि तम्राटले पनि आमिनको फिर्ती पछि पनि शान्ति प्रक्रियालाई गती दिन दलहरुलाई सुझाव दिनुभयो । यस्तै अनमिन प्रमुख करिन लेनग्रेनले अनमिन फर्किने बेलामा शान्ति प्रक्रिया पुरा नभए यसलाई पुरा गर्न नेपालको सरकार र दलहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो । सो कार्यक्रममा सभामुख, सभासदहरु, विशेष समितीका सदस्यहरु, प्रधान सेनापति, माओवादी सेनाका कामाण्डर लगायतको उपस्थिती रहेको थियो ।
२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा हस्ताक्षरित बिस्तृत शान्ति सम्झौताका आधारमा सन् २००७ को जनवरीमा अनमिन नेपाल भित्रिएको थियो । लडाकु व्यवस्थापन तथा समायोजन र संविधानसभा निर्वाचनको अनुगमनको जिम्मेवारी पाएको अनमिनले सातपटक म्याद थपिदासमेत दलहरुवीचको असमझदारीले शान्ति प्रक्रिायको काम भने पुरा गर्न सकेन । विस्तृत शान्ति सम्झौताअनुसार तत्कालीन सरकार र शसस्त्र माओबादीबीच २०६३ मंसिर २२ गते सम्पन्न हतियार र सेना व्यवस्थापन सम्बन्धि सम्झौतामा अनमिनले साक्षीको रुपमा हस्ताक्षर गरेको थियो ।
राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ताः
राष्टपति डा रामबरण यादब र प्रधानमन्त्री माधवकुमार नेपालबीच आज साँझ भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति यादवले सरकार र माओवादीबीचल आज भएको सहमतिले शान्ती प्रक्रिया र संविधान निर्माणको कामलाई गति दिने विश्वास ब्यक्त गर्नु भएको छ । भेटमा प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया बारेमा उहाँहरुवीच छलफल भएको बुझिएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री नेपाल राष्ट्रपति कार्यालय शितल निवास पुग्नु भएको थियो ।
प्रधानमन्त्रीसंग राष्ट्रपति यादवले अन्तरिम संविधानको धारा ३८ः१ अनुसार सहमतिय सरकार गठन गर्नका लागि दलहरुलाई आह्वान गर्ने बारेमा परामर्श गर्नुभएको स्रोतले बताएको छ । संसदमा प्रधानमन्त्री निर्वाचनको पुरानो सृङखला अन्त्य भएपछि राष्ट्रपतिले हिजो सभामुखसंग परामर्श गर्नुभएको थियो ।
भव्य समारोहबीच पर्यटनबर्ष उद्घाटनः
पर्यटनका लागी सँग सँगै भन्ने मुल नाराका साथ नेपाल पर्यटन बर्ष २०११ को आज औपचारिक उद्घाटन् भएको छ । राजधानीको दशरथ रङ्गशाालमा भव्य समारोहवीच राष्टपति डा. रामबरण यादवले पर्यटन बर्ष शुभारम्भ भएको घोषणा गर्नुभएको हो । १० लाख पर्यटक भीत्राउने लक्ष सहित सुरु भएको पर्यटन बर्ष उदघाटन समारोहमा प्रधानमन्त्री माधबकुमार नेपालले पर्यटन वर्षको झन्डोेत्तलन गर्नु भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले पर्यटन बर्ष २०११ लाई सफल पार्न सबैसंग आग्रह गर्नुभयो । नेपाल सुरक्षित र विशेष गन्तव्य हो भन्ने प्रचार विश्वस्तरमा पु¥याउन पर्यटनबर्ष सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटन बर्ष अबधिभर बन्द हडताल नगर्ने पूर्ब प्रतिबद्धताप्रति राजनीतिक दल र तीनका भातृ संगठनहरुको ध्यानाकर्षण गराउनुभयो ।
प्रधानमन्त्री नेपालले विशाल छिमेकी राष्ट्र भारत र चिनका लाखौ पर्यटकलाइ भीत्राउन सकेमात्र पनि १० लाख पर्यटक भीत्राउने सरकारी लक्ष सजिलै पूराहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पर्यटनको पूर्वाधार बिकासका लागि वातावरण बनउान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले शान्ति र स्थाइत्व बलियो आर्थीक जगमा मात्र संभाव हुने भन्दै पर्यटन विकास मार्फत देशको समृद्धि संभव हुने बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल पर्यटन वर्ष २०११ मूल आयोजक समितिका अध्यक्ष शरत्सिंह भण्डारीले राजनीतिक क्रान्तिको सफलता नै आर्थिक क्रान्ति भएकाले दिगो शान्तिको नेपालीको चाहनासँगै समृद्धिका लागि पर्यटन विकास आवश्यक रहेको बताउनुभयो ।
उदघाटन कार्यक्रममा नेपाली सेना, सशस्त्र पहरी र नेपाल प्रहरीको संयुक्त व्यण्डले साँस्कृतिक कायक्रम तथा अन्य प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । यस्तै विभिन्न विद्याललयका विद्यार्थीहरुले समेत नृत्य प्रस्तुत गरेको थिए । दशरथ रंगशालामा झण्डै २५ हजारको संख्यामा उपस्थितथ दर्शकवीच विभिन्न जातीय पहिचान झल्किने झाँकी प्रस्तुत गरिएको थियो । पर्यटन बर्ष शुभारम्भको अवसरमा राष्ट्रिय झण्डा बोकेर मार्चपास र विभिन्न सांस्कृतिक झांकीको पनि प्रदर्शन गरिएको थियो । पर्यटन बर्षको औपचारिक शुभारम्भ कार्यक्रमका लागि सरकारले आज शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा समेत दिएको थियो । आज सांझ टुडिखेलमा विशेष कार्यक्रमसहित आताशबाजी गरिने कार्यक्रम छ । समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु, सरकारी उच्च पदस्थ अधिकारी, सार्क मुलुकका पर्यटन मन्त्री लगायत हजारौ सर्बसाधारणको उपस्थिति थियो ।
सो अवसरमा लुम्बिनीबाट ल्याइएको शान्तिदीप संविधानसभाका अध्यक्ष, राजनीतिक दलका शीर्षस्थ नेता तथा प्रतिनिधि, आमन्त्रित एसियाली राष्ट्रका पर्यटनमन्त्री तथा विशिष्ट व्यक्ति, पर्यटन उद्यमी र ट्रेड युनियनका प्रतिनिधिहरूलाई पालैपालो हस्तान्तरण गरिएको थियो ।
पर्यटन बर्ष २०११ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्न नेपाल पर्वतारोहण संघले आज ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालको चुचुरोमा द्विप प्रज्वलन गरेको छ । संघका अध्यक्ष जिम्बा जाम्बु शेर्पाको नेत्ृत्वमा गएको ९ सदस्य टोलीले आज दशरथ रङ्गशालामा भएको बिशेष कार्यक्रमसंगै आमादब्लम हिमालको चुचुरो र ३ वटा आधार शिविरमा एकै पटक द्विप प्रज्वलन गरी पर्यटन बर्षको शुरुवात गरेको छ । पर्यटन वर्षको औपचारिक उद्घाटनको अवसर पारेर आज साँझ दशरथरंगशाालामा पडका पडकाएर आतिशवाजी समेत गरेका ेछ ।
यसैवीच प्रधानमन्त्री माधवकुमार नेपालसंग संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव तालेव रिफाईले आजै भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटका नेपालको पर्यटन विकासका सम्भावना, त्यसका लागि नेपाल सरकारले गरिरहेको प्रयासहरु, नेपाल पर्यटन वर्षलगायतका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री नेपालले पर्यटन विकासलाई नेपाल सरकारले अत्यन्तै महत्वका साथ लिएको उल्लेख गर्दै नेपाल पर्यटन वर्ष– २०११ मार्फत् पर्यटन विकासलाई अभियानका साथ लैजान खोजिएको जानकारी दिनुभयो । उहाले नयां–नयां पर्यटक गन्तव्यहरुको खोजी र प्रचारमा सरकारले ध्यान दिएको पनि चर्चा गर्नुभयो । महासचिव रिफाइले अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि राम्रो रहेको चर्चा गर्दै पर्यटन विकासका सम्भावनालाई उपयोग गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
अनमिन प्रमुख र माओबादी अध्यक्ष प्रचण्ड बिच भेट
एकिकृत नेकपा मओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग अनमिन प्रमुख करीन ल्याण्डग्रेन र राष्ट्रसघका प्रतिनिधी स्यामुल टया्रटले आज बिहान बिदाई भेट गर्नु भएको छ । प्रचण्ड निवास नयाँ बजारमा भएको बिदाई भेटमा अनमिनको बहिर्गमन पछिको शान्ति प्रक्रियाका बिषयमा छलफल भएको थियो । ल्याण्डग्रेनले अनमिनको फिर्ती पछि उत्पन्न हुन सक्ने शान्ति प्रक्रिया प्रति चासो ब्यक्त गर्दे शान्ति प्रकृयालाई राजनीतिक दलहरुले निश्कर्षमा पुर्याउनेमा आफु विश्वस्त रहेको समेत वताउनुभयो । सो अबसरमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रकृयाको पूर्णता दिनका लागि अनमिनले नेपालमा खेलेको भुमिका महत्वपूर्ण भएको भन्दै अनमिनको म्याद थप्नु पर्ने पक्षमा आफु रहेको वताउनुभयो ।
बैङक लुटियो
ललितपुरको जावलाखेलस्थित स्ट्यााण्डर्ड चार्टर्ड बैंकबाट आज १४ लाख रुपैंया लुटिएको छ । दिउंसो करिब १ बजे पेस्तोल देखाउंदै बैंकमा प्रवेश गरेका २ जना लुटेराले १४ लाख रुपैंया लुटेका हुन । बैंकको २ नम्बर काउण्टरबाट ४ लाख र ५ नम्बर काउण्टरबाट १० लाख रुपैंया लुटिएको छ । बैकमा छिरेको करिब १२ मिनेटको बीचमा लुटेराहरु रकम लुटेर भागेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार, लुटपाट अघि लुटेराले घडिको व्याट्रीबाट आवाजमात्रै निस्कने बिस्फोटक पदार्थ पड्काएर बैंकका कर्मचारीलाई तर्साएका थिए । प्रहरीले बैकमा कार्यरत सुरक्षा गार्डको कमजोरीका कारण बैक लुटिएको बताएको छ । लुटपाटपछि लुटेराहरु बा२१प २८५७ नम्बरको मोटरसाइकलमा भागेका थिए । बैक जिल्ला प्रहरी कार्यालय ललितपुरबाट डेढ सय मिटर दुरीमा रहेको छ ।
यसैबीच राजधानीको विष्णु गाविस–८ स्थित कम्फर्ट हाउजिङमा रहेको एक घरबाट प्रहरीले अवैध चरेश सहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । राजधानीको मदनकृष्ण श्रेष्ठको घरमा भाडामा बस्ने हल्याण्डका नागरिक नाथालिया केइलमन नाम गरेकी महिलाको कोठामा २५ किलो चरेस बरामद भएपछि निज महिला र निजसँग आएका अमेरिकन नागरिक ठामा तेइन्तलाई प्रहरीले पक्राउ गरेको आज जनाएको छ । उनीहरुलाई भारतको उडिसा भत्रे स्थानबाट आउँदै गदौ गोप्य सुचनाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सादा पोशाकका प्रहरीले क्रिाउ गरेको जनाएको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
जहाज खरिद विवादः अन्तरिम आदेशको माग
सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकारले दायर गरेको रिटमा १० दिनभित्र लिखित जवाफ पठाउन विपक्षीको नाममा आज आदेश जारी गरेको छ । निगमको जहाज खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आफूविरुद्ध दायर गरेको मुद्दा आधिकारिक नभएको अध्यक्ष कंसाकारको जिकिर छ । सर्वोच्चका न्यायाधीशद्वय खिलाराज रेग्मी र प्रकाश वस्तीको संयुक्त इजालसले आज यस्तो आदेश जारी गरेको हो ।
अख्तियार आयुक्त विहीन भएको बेलामा सचिवले गर्ने कारबाही आधिकारिक नहुने दाबी गर्दै गत पुस १३ गते जाहजा खरिद प्रकरणमा भ्रष्टचारको आरोपी कन्साकारले अन्तरिम आदेशको माग सहित रिट दायर गरिएको थियो ।
उपप्रम कोइराला–सम्बोधन
काठमाडौँ, ३० पुस । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले आज संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित गैर आवासीय नेपाली सङ्घको पाँचौं क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सो अवसरमा उहाँले गैर आवासीय नेपालीका जायज मागलाई कानुनी रुपले स्थापित गर्न विभिन्न कदमहरु चालिसकेको परिप्रेक्ष्यमा थप अग्रसरताका साथ नेपालको विकास तथा राष्ट्र निर्माणका लागि ठोस योगदान दिन विदेशमा रहेका नेपालीहरुसँग आग्रह गर्नुभयो ।
उहाँले खाडी क्षेत्रका विभिन्न मुलुकस्थित नेपाली राजदूतहरुलाई नेपाली श्रमिकहरुलाई आत्मसम्मानका साथ काम गर्न पाउने अवसर सिर्जना गर्ने दिशामा उन्मूख हुन तथा नेपालको आर्थिक तथा सामाजिक रुपान्तरण कार्यमा वैदेशिक लगानी प्रोत्साहन गर्ने कार्यमा अग्रणी भूमिका खेल्न र संवाहकको काम गर्नका निम्ति आह्वान गर्नुभयो । गैर आवासीय नेपाली सङ्घको तीनदिने पाँचौं क्षेत्रीय सम्मेलन आज सुरु भएको हो ।
युनियनको महाधिवेशन फगुन २७ मा
काठमाडौं÷नेपाल प्रेस युनीयनको सातौं महाधिवेशन फागुन २७÷२८ गते इटहरीमा हुने भएको छ । युनियनको केन्द्रिय समितिको बैठकले महाधिवेशन इटहरीमा गर्ने निर्णय गरेकोे हो । यसअघि गत मंसिर २७÷२८ गते बुटवलमा गर्ने तय गरिएको महाधिवेशन काठमाडौं जिल्ला शाखामा विवाद भै समानान्तर समिति गठन भएपछि स्थगित भएको थियो । समानान्तर समिति गठन भएपछि महाधिवेशन अनिश्चित कालका लागि स्थगित गरिएको थियो । बैठकले महाधिवेशन गर्ने मिति तय गरेपनि काठमाडौंमा रहेको सदस्यताको विवाद र समानान्तर समिति गठनको भने टुङ्गो लगाउन सकेको छैन ।
No comments:
Post a Comment