Thursday, January 13, 2011

पुस २८ गते २०६७

माओवादीद्वारा केहि हप्ताकालागि अन्मिनको म्याद थपगर्न प्रस्तावः

UN Mission Nepal
एकीकृत नेकपा माओवादीले अन्मिनको विकल्पमा स्थापना हुने बैकल्पीक संयन्त्रको टुङ्गो नलाग्नुन्जेल अन्मिनको कार्यकाल छोटो समयमा लागि थपगर्न प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज साझ बसेको सेना समायोजन विशेष समितिको बैठकमा माओवादीले राजनैतिक गतिरोध तथा प्रधानमन्त्री चयनको प्रक्रिया नटुग्न्जिेलका लागी अनमिनको म्याद थप गर्न प्रस्ताव गरेको हो । बैठकपछि माओवादीका तर्फबाट समिती सदस्य बर्षमान पुन अनन्तले केही हप्ताका लागी म्याद थप गर्न आजको बैठकमा प्रस्ताव गरिएको बताउनुभयो । अनन्तले अनमिनको केही हप्ताको नेपाल बसाइ बारे प्रधानमन्त्री नेपाल र प्रचण्ड बिच छलफल हुने समेत जानकारी दिनुभयो । सरकारका तर्फबाट प्रधानमन्त्री माधव कुमार नेपालले भने अनमिनको बिदाइ कार्यक्रमबारे बैठकमा प्रस्ताव पेश गर्नु भएको थियो । 

बैठकपछि विषेश समीतिमा काँग्रेसका सदस्य डा रामशरण महतले माओवादीले केही हप्ताका लागी म्याद थपको प्रस्ताव ल्याएपनि अब नेपालको काम नेपालीले टुङ्गो लगाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा द्धन्द्ध टुङिग्एर जन जीवन सामान्य भइसकेकाले अनमिनको आवश्यकता नरहेको समेत धारणा राख्नुभयो । उहाँले अनमिनको मुख ताक्नु भन्दा आपसि सम्बन्धमा लडाकु समायोजन बारे टुङ्गो लगाउन समेत दलहरुलाइ आग्रह गर्नुभयो । अनमिनको म्याद यहि आउँदो १ गतेबाट सकिदैँ छ । 

सरकार गठनको नयाँ प्रक्रिर्यावारे दलहरु अन्यौलमाः 

काठमाण्डौ पौष २९ । सरकार गठनको नयाँ प्रक्रिर्या कसरी सुरु गर्ने भन्ने बिषयमा दलहरुबीच अन्यौलता देखिएको छ । 

प्रधानमन्त्री निर्वाचनको पुरानो प्रक्रिर्या टुटे पनि नयाँ प्रक्रिर्याका बिषयमा दलहरुबीच मत बाझिएको छ । नेपाली कागे्रसले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपतिवाट आह्वान गर्न लगाउनु पर्ने बताएको छ । तर, एकीकृत माओवादी लगायतका दलहरु भने प्रधानमन्त्री निर्वाचन संसदको बिषय भएकाले राष्ट्रपतिकोमा जान नपर्ने बताएका छन् । 

कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानको धारा ३८ एक र दुइको प्रयोग भइसकेको अबस्थामा अब फेरी धारा १ अनुसार प्रक्रिर्या सुरु गर्नु पर्ने बताउनु भयो । 
राष्ट्रपतिले दिएको काम संसदले गर्न नसकेका कारण पुनः राष्ट्रपतिकोमा गएर सहमतीय सरकार गठनका लागि पहल गर्नुपर्ने उहाँको भनाइ थियो । माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने सहमतिको सरकार गठन गर्न पहल कदमी गर्नुपर्ने कुरा भए पनि विधिको बिषयमा छलफल जारी रहेको बताउनुभयो । उहाँले सरकार गठनका लागि राष्ट्रपतिकोमा जान जरुरी नभएको जीकिर गर्नुभयो । 

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी विधिलाई महत्व दिने भएकोले संविधानको धारा ३८ बमोजिम दुवै प्रक्रिर्यामा जान सकिने बताउनुभयो । 

संसदबाट गठित नियमावली संशोधन कार्यदलले दिने सिफारीसका आधारमा यसको टुङ्गो लगाइने खनालले बताउनुभयो । सदभावना नेता एवं विना विभागीय मन्त्री लक्ष्मणलाल कर्णले पनि सहमतिय सरकार गठनकालागि पहिला राष्ट्रपतिवाट आह्वान गर्नुपर्ने बताउनुभयो । संविधानको धारा ३८ को प्रयोगमा दलहरुबीच अन्यौलता देखिएका कारण सरकार गठनमा ढिलाइ हुने संकृत देखिएको छ ।  

यसैबीच व्यवस्थापिका संसदले प्रधानमन्त्री निर्वाचनको नयाँ प्रकृर्या सुरुगर्न संसदको कार्यसंचालन नियमावली संशोधनगर्न पाँच सदस्यीय मस्यौदा समिति गठन गरको छ । संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको संसद बैठकमा एकिकृत नेकपा माओबादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले गरेको पाँच सदस्यीय मस्यौदा कार्यदल गठन गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको हो । 

यसअघि आजै बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकमा पाँच सदस्यीय समिती गठन गर्ने सहमति भएको थियो । समितिमा एकीकृत माओवादीका एकराज भण्डारी, नेपाली कागे्रसकी राधेश्याम  अधिकारी र एमालेका अग्नी खरेल हुहुहुन्छ । यस्तै कार्यदलमा सदभावनाका अनिल झा र नेपाली जनता दलकी गायत्री साह सदस्य छन । समितिलाइ माघ ३ गते सम्मको समय दिइएको एक नेताले जानकारी दिए । व्यवस्थापिका संसदको बैठक आगामी माघ ३ गते साढे ३ बजे बस्नेछ । कागे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फीर्ता लिएपछि संसदमा प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिर्या सुरु हुन लागेको हो । 

यता राष्ट्रपति डा. रामबरण यादवले प्रधानमन्त्री चयनको नयाँ प्रक्रियाबारे सभामुख सुवाचन्द्र नेम्वाङ्गसँग परार्मश गर्नु भएको छ । राष्ट्रपति कार्यलय शितल निवासमा भएको भेटमा राष्ट्रपति डा यादवले प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया जान्छ जाने भन्नेबारे जीज्ञासा राख्नुभएको थियो । करिब एक घण्टा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम बारेमा समेत छलफल भएको राष्ट्रपति कार्यलयले जनाएको छ । 

नतिजा सार्वजनिक 

उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सन्चालन गरेको कक्षा ११ को समपूर्ण सङकायको परीक्षाफल आज सार्वजनिक गरेको छ ।। प्रकाशित परीक्षाफल अनुसार कुल परीक्षार्थी मध्ये नियमित तर्फ ३९ र आङशिक तर्फ ३८ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । नियमित तर्फ २ लाख ९६ हजार १६६ परीक्षार्थी सहभागी भएकोमा १ लाख १४ हजार ६४७ उत्तीर्ण भएका छन् भने ११ जना परीक्षर्थीको परीक्षफल स्थगित र ४८२ को रद्ध गरिएको परिषद्ले जनाएको छ । यस्तै आङशिक तर्फ कुल १ लाख १९ हजार १८२ परीक्षर्थीमध्ये ४५ हजार ८३ उत्तीर्ण भएका छन् । परीक्षाफलको नतिजा उच्च माध्यमिक शिक्षा परिषदको वेव साईट धधध।जकभद।भमग।लउ का साथै एसएमएस र आईभीआर पद्धतीबाट पनि हेर्न सकने परिषदले जनाएको छ ।

विशेष समितिले कामगर्ने भएकोले अन्मिनको म्याद थपिएनः शान्तिमन्त्री

काठमाण्डौ, पौष २९ । सेना समाजोजन विशेष समिति मातहत गठित समितिले राष्टसंघीय नियोग अन्मिनको काम गर्ने भएकोले अन्मिनको म्याद थपगर्न आबस्यक नठानेको सरकारले बताएको छ । व्यबस्थापिका संसदको अन्तराष्टिय सम्बन्ध र मानव अधिकार समितिमा शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङ्गले माओवादी लडाकू विशेष समिति मातहत आएकोले अन्मिनको आवस्यकता महसुश नगरिएको बताउनु भएको हो । माओवादीले आग्रह गरेपनि अन्मिनको कार्यकाल फेरी थपगर्न नसकिने उहाँले स्पष्ट गर्नुभयो । आवाज

माओवादी जनसेनाको प्रमाणिकरण सम्पन्न भएको तथा संविधानसभा निर्वाचन सम्पन्न भइसकेको अबस्थामा अन्मिनको सुरुको म्याण्डेट सकिएको उहाँको भनाइ थियो । मन्त्री चेम्जोङ्गल विस्तृत शान्ति सम्झौतामा अन्तरिम व्यबस्थापिका संसदको ठगन पछि दुइपक्ष (सरकार र विद्रोही) भन्ने व्यबस्था नभएको समेत स्पष्ट गर्नुभयो । यसअघि नै अन्तिम पटक भनिएकोले अन्मिनको कार्यकाल थपगर्नका लागि सरकारले आग्रह गर्ने कुनै संभावना नरहेको उहाँले स्पष्ट गर्नुभयो । बैठकमा माओवादी सभासदहरुले भने शान्ति प्रक्रिर्याले पूर्णता नपालदा सम्म अन्मिनको उपस्थिति जरुरी रहेको भन्दै म्थाद थपगर्न सरकारलाइ निर्देशन दिनुपर्ने बताएका थिए ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले शान्त् िप्रक्रिर्याको महत्वपूर्ण पक्ष लडाकूको समायोजन र पुनस्थापना बाकी रहदा अन्मिनलाइ पठाउने कमाले शान्ति प्रक्रिर्यालाइ गम्भीर संकट उत्पन्न हुने खतरा बढेको बताउनुभयो । उहाँले संविधानमा स्पष्ट उल्लेख भएको अन्मिनको वैकल्पीक व्यबस्था नबन्दै अन्मिन पठाउने कार्यले सम्बैधानिक संकटको अबस्था सृजना गर्ने बताउनुभयो । माओवादीकै सुरेश आले मगरले सरकार र माओवादी दुवैले आग्रह गरे राष्ट्रसंघले अझै म्याद थपगर्न सक्ने बताउनुभयो ।

यसैबीच, अन्तराष्ट्रिय सम्बन्ध समितिले अन्मिन विदा हुनुपूर्ब विस्तृत शान्ति सम्झौता वमोजिम अन्मिनले गर्दै आएको नेपाली सेना तथा माओवादी लडाकूको अनुगमन सम्बन्धी कार्य गर्न शान्ति सम्झौताका दुवै पक्षधरहरुको सहमतिमा प्रभावकारी बैधानिक संयन्त्र निर्माणगर्न सरकारलाइ निर्देशन दिएको छ । समितीले अनमिनको बिदाइ अघि नै नेपाली सेनाको समेत अनुगमन गर्नेगरि नयाँ संवैधानिक समिती गठनको निर्देशन दिएको हो । 

पर्यटन बर्षको भोली उद्घाटन 

Nepal Tourism Year 2011
पर्यटन प्रवद्र्धनको महत्व्काँक्षी अभियान नेपाल पर्यटन बर्ष २०११ भोलीबाट औपचारिक रुपमा शुरु हुँदैछ । 

पर्यटन वर्षको भोली राजधानीको दशरथ रङ्गशाालमा हुने विषेश समारोहवीच राष्टपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने कार्यक्रम छ । पर्यटन वर्षको औपचारिक उद्घाटनको क्रममा भोली सरकारले विषेश कार्यक्रम आयोजना गरेको छ । उद्घाटन समारोहमा सहभागी हुन सरकारले विश्व पर्यटन संगठन युएन डब्लुटिओका महासचिव लगायत एसियाका विभिन्न मुलुकका पर्यटन मन्त्रीहरु, र विभिन्न देशका पर्यटन व्यवसायीहरुलाई आमान्त्रण गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । उद्घाटन समारोहमा राष्टपति डा. यादवसहीत उपराष्टपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष विभिन्न दलका नेताहरु सहभागी रहने नेपाल पर्यटन बोर्डले जर्नाएकोक छ । 

भोली मध्यन्नहाबाट दशरथ रंगाशालामा हुने समारोहमा नेपाली संस्कृति झल्कीने झाँकी प्रदर्शन, लुम्बीनीबाट ल्याएको शान्ति दिप एसियाली पर्यटन मन्त्रीहरुलाई हस्तान्तरण, सेना सशस्त्र प्रहरी लगायतको प्रस्तुतीहरु रहेका छन् । यस्तै नेपाली सेनाले टुडिखेलबाट मोटरग्लाइडिङ प्रदर्शन समेत प्रदर्शन गरिने नेपाल पर्यटन वर्ष २०११  सचिवालयले जनाएको छ । सरकारले भोली एक दिनका लागि शैक्षिकसंस्थाहरुमा विदा दिने निर्णय गरेको छ ।  

मन्त्रीपरिषद बैठक

सरकारले राष्ट्रसङघीय राजनीतिक मिसन अनमिनको अनुपस्थितीमा लडाकु तथा हतियारको रेखदेखको कार्य सेना समायोजन विशेष समिती अन्र्तगतको सचिवालयले गर्नै निर्णय गरेको छ । 

आज बसेको मन्त्रीपरिषद बैठकले अनमिनले गर्दै आएको कार्य कसले गर्ने भन्ने दलहरुबीच रहेको विवादका बीच यस्तो निर्णय गरेको हो । लडाकु समायोजन,हतियारको रेखदेख लगायतका अनािनले गर्दे आएका कार्यहरु्र सचिवालयले गर्नै निर्णय भएको अर्थमन्त्री सुरेन्द्र पान्डेले जानकारी दिनुभयो । साथै सरकारले हतियार र माओवादी लडाकु विशेष समितीलाई जिम्मा लगाउन आग्रह सहित अनमिनलाई पत्र पठाउने तयारी समेत गरेको मन्त्री पान्डेले जानकारी दिनुभयो । बैठकले अनमिनको म्याद नथपिने पूर्व निर्णयलाई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

माओवादी नेतृत्वको सरकारले गरेका सो सम्बन्धी निर्णयलाई आजको मन्त्रीपरिषद बैठकले सदर गरेर यस्तो निर्णय लिईएको मन्त्री पान्डेले बताउनुभयो । अनमिनको अनुपस्थिितीमा शान्ति प्रक्रियाका अधुरा कार्यहरु सेना समायोजन विशेष समितीले गर्ने तथा समितीलाई आवश्यक सबै व्यवस्था सरकारले गर्नै माओवादी नेतृत्वको सरकारले निर्णय गरेको थियो । अन्तिम पटक थपिएको अनमिनको कार्यादेश पर्सीबाट सकिँदैछ । अनमिनको बिदाईपछि शान्तिप्रक्रियाको पूर्णताका लागि सुझाव दिन भन्दै दलहरुले ६ सदस्यीय कार्यदल समेत गठन गरेका छन् ।

यस्तै मन्त्रीपपरिषद बैठकले भोली पर्यटन बर्षको औपचारिक उद्घाटनका अवसररमा समपूर्ण शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । 

साथै आजको मन्त्रीपरिषद  बैठकले भारतीय रेलमा एक युवती ईज्जत रक्षाका लागि ४० डाँका भगाउन सफल पोखराका निवासी पूर्व भारतीय सैनिक विष्णु श्रेष्ठलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । सरकारबाट दिईने सो पुरस्कारको राशी एवं स्वरुपका सम्बनधमा निर्णय गर्ने जिम्मा भने महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई दिईएको छ ।

लोडसेडिङ बढ्यो 

नेपाल बिद्युत प्रधिकरणले लोडसेडिङको समयमा थप १ घण्टा बढाएको छ । हाल दैनिक ११ घण्टा लोडसेडिङ हुदै आएकोमा आगामी आइतबारदेखि दैनिक १२ घन्टा लोडसेडिङ हुने बिद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार १ पटकमा ६ घन्टाका दरले दिनको दुई पटक लोडसेडिङ हुने भएको हो । प्राधिकरणले आद्यौगिक क्षेत्रमा भने हरेक दिन बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म र हेटौडा बिरगञ्ज औद्योगिक क्षेत्रमा भने बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म लोडसेडिङ हुने जनाएको छ । 

उपाध्यक्ष डा.भट्टराई भारत प्रस्थान

एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा.बाबुराम भट्टराईले आफु कुर्सीका लागि नभएर शान्ति र संबिधानका लागि सक्रिय रहेको बताउनु भएको छ । उहाले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि मात्र आफ्नो राजनीतिक सक्रियता बढेको स्पष्ट गर्नुभयो । 

भारतको मुम्बईमा अनुराधा गान्धी प्रतिष्ठानले गर्न लागेको  नेपालको लोकतन्त्र सम्बन्धी एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा त्रिभुवन बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाले आफु प्रधानमन्त्रि बन्ने दौडमा नलागेको स्पष्ट पार्नुभयो । उपाध्यक्ष डा भट्टराईले सहमतीका आधारमा बन्ने सरकार जसको  नेतृत्वमा बनेपनि माओवादी त्यसमा सहभागी हुने तर बहुमतीय सरकारमा भने आफ्नो पार्टीको नेतृत्व भएमात्र सहभागी हुने दावी गर्नुभयो । भारतको मुम्बईमा आयोजना हुने सो कार्यक्रममा गोष्ठीमा प्रमुख वक्ताका रूपमा रहनु हुने नेता भटराईले नेपालको नयाँ लोकतन्त्रका बिषयमा भाषण दिनु हुने छ । तीन दिने भारत बसाइका अवसरमा उहाँले राजनीतिक भेटघाट पनि गर्नु हुने कार्यक्रम रहेको बताइएको छ । भोली बाट सुरु हुने कार्यक्रममा भारत र अन्य देशका बाम बुद्धिजिवी सहभागी हुनेछन । 

उपाध्यक्ष डा.भट्टराईको एक सातामै यो दास्रो पटक भारत भ्रमण हो । उहाँ नयाँदिल्लीस्थित विवेकानन्द इन्टरनेसनल फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा भाग लिएर केही दिन अघिमात्र स्वदेश फर्कनुभएको थियो । 

यसैबीच ईरानका उपराष्ट्रपति हामिद भगई आज नेपाल आउनुभएको छ । उहाँ आज कतार एयरवेजको बिमान बाट नेपाल आउनु भएको हो । नेपाल बसाइका क्रममा उहाँले उपराष्टपति परमानन्द झा, प्रधानमन्त्री माधब कुमार नेपाल लगायत सरकारका उच्च पदस्थ अधिकारी सँग भेटबाट गर्नु हुने कार्यक्रम रहेको छ ।

करिन भेटघाट

नेपालस्थित राष्ट्रसंघिय नियोग अनमिनको बहिर्गन नजिकिदै गर्दा अनमिन प्रमुख करिन लेनग्रेनले अन्तिम बिदाईका लागि दलका नेताहरुसँगको भेटवार्तालाई तिब्रता दिनुभएको छ । यसक्रममा उहाँले आज काँग्रस सभापती शुशील कोइरालासँग भेटवार्ता गर्नु भएको छ । 

कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटमा अनमिन प्रमुख लेनग्रेनले अनमिनको बहिर्गमन पछि नेपालमा शन्ति र संबिधान निर्माण प्रक्रियाका बारेमा चासो राख्नु भएको थियो । सभापती कोइरालाले भने अन्मिनको विदाई पछि दलहरुको सहमतीमा शान्ती प्रक्रियालाई अगाडी बढाउँने विश्वास प्रकट गर्नु भएको थियो । यसअघि हिजो अनमिन प्रमुख लनग्रेनले सभामुख सुवासचन्द« नेम्वाङ र एकिकृत नेकपा माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराई सँग विदाइ भेट गर्नु भएको थियो । अनमिनको अन्तिमपटक भनी थप गरिएको म्याद २ दिनपछि सकिदैछ । यसैवीच राष्ट्रियसंघीय सुरक्षा सल्लाहकार स्यामुल ताम्राट पनि भेटघाटमा ब्यस्त रहनु भएको छ । 

No comments: