Friday, June 3, 2011

जेठ २० गते २०६८

एमालेद्धारा महाधिवेश पछि कै ठुलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आव्हान

काठमाण्डौँ, २० जेठ । नेकपा एमालेले पार्टि महाधिवेश पछिकै शक्तिशालि निकाय राष्ट्रिय प्रतिनिधी परिषद्को बैठक आव्हान गरेको छ । एमालेको आजबाट सकिएको केन्द्रीय कमिटी बैठकले आउँदो भदौ ३०, ३१ र असोज १ गतेका लगाी काठमाण्डौँमा बैठक आव्हान गरेको हो । एमालेको विधान अनुसार राष्ट्रिय प्रतिनिधि परिषद्लाइ केन्द्रीय कमिटीका एक तिहाइ सदस्यलाइ फिर्ता बोलाउन सम्मको अधिकार रहेको छ । पार्टि विवादका कारण एमालेको प्रत्येक महाधिवेशन पछि दुइ बर्षमा हुनुपर्ने परिषद् बैठक साँडे दुइ बर्ष वितिसक्दा समेत बस्न सकेको थिएन । एमाले प्रतिनिधि परिषद्मो देशैभरका प्रत्येक निर्वाचन क्षेत्रका एक एक जना सदस्य रहने प्रावधान रहेको छ । बैठकपछि एमाले नेता योगेश भट्टराइले आउँदो भदौँ ३० गते काठमाण्डौँमा वृहत जनप्रर्दशन गर्ने र ३०, ३१ र १ गतेका लागी परिषद् बैठक बस्ने जानकारी दिनुभयो ।

यसैगरी बैठकले असार १६, १७ र १८ गते केन्द्रीय कमिटीको दशौं बैठक गर्ने निर्णय पनि गरेको छ । सोही बैठकमा स्थायी समिति सदस्य केपी शर्मा ओलीको ९ बु“दे प्रस्ताव, पार्टी तथा सरकारको कामको समीक्षा, आलोचना–आत्मालोचनालगायत अन्य विभिन्न मतभेदहरूको अलग्गै र विषेश छलफल गरिने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । यसैगरी आजको बैठकमा पार्टीका सबै कमिटी र सरकारका प्रत्येक तहमा महिला सहभागीता थप विस्तार गर्नुपर्ने माग गर्दै अखिल नेपाल महिला संघका तर्पmबाट प्रस्तुत प्रस्ताव पनि पारित गरिएको छ । हरेक तहमा एक तिहाई महिला सहभागीता हुनपर्ने निर्णय यसअघि गरिसकेको एमालेले आज आठौं महाधिवेशनको अधिन र पार्टी विधानमा रही महिला संघको प्रस्तावअनुसार प्रतिनिधित्व गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै एमाले बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको जिम्मा स्थायी समितीलाइ दिएको छ ।

कागे्रसद्वारा तत्काल राजीनामागर्न प्रधानमन्त्रीलाइ सुझावः

काठमाण्डौ, २० जेठ । नेपाली कागे्रसले संविधानसभाको म्याद थपगर्दाका क्रममा भएको पाँचबुदे सहमति अनुसार तत्काल राजीनामा गर्न प्रधानमन्त्री झलनाथ खनाललाइ सुझाव दिएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा विशेष समय लिएर नेपाली कागे्रस संसदीय दलका नेता रामचन्दै पौडेलले पाँचबुदे सहमतिमा प्रधानमन्त्रीले राजीनामा दिएर निकाश दिने स्पष्ट उल्लेख भएका कारण यसको अनेकन ब्याख्यामा नलाग्न आग्रह गर्नुभएको हो ।

उहाँले पाँचबुदे सहमतिमा प्रधानमन्त्रीको राजीनामाले देशलाइ बाटो खोलिदिनुपर्ने उल्लेख भएका कारण यसको कार्यान्वयनमा प्रधानमन्त्री खनालले तदारुकता देखाउनुपर्ने बताउनु भयो । उहाँले पाँचबुदे सहमतिको कार्यान्वयनले विश्वासको वाताबरण सृजना गर्ने भन्दै शान्ति प्रक्रिर्यामा गम्भीर बन्न माओवादीसंग विशेष आग्रह गर्नुभयो । विश्वासको संकटका कारण आगामी तीन महिनामा देशमा के हुन्छ भन्नेवारे जनातामा आशंका रहेको स्मरणगर्दै उहाँले त्यसको निवारणकालागि १२ बुदे समझदारी यताका सबै सम्झौताको कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

विशेष समयमा माओवादीका लोकेन्द्र विष्टले संविधानसभाको म्यादथपगर्दका क्रममा भएको पाँचबुदे सहमतिले राष्ट्रपतिको ‘सफ्ट कू’को योजनालाइ निश्कृय बनाइदिएको दावीगर्दै सहमतिको कार्यान्वयनमा सबैदल इमान्दार बन्नुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री खनालले राजीनामा गर्ने बताइसकेको अबस्थामा यसलाइ उचाल्न नपर्ने बताउनुभयो । विष्टले यसास्थितिवादी संविधानको खोष्टो बनाउने कुरा आफूहरुकालागि कुनैपनि हालतमा स्वीकार्य नहुने जीकिर गनुभयो । सेना एकातिर र हतियारलाइ अलग अलग गर्ने बिषय जनसेनालाइ ‘आत्मसमर्पण’ गराउने नियतवाट आएको भन्दै त्यो कुरा माओवादीलाइ मान्य नहुने बताउनुभयो ।

नेकपा एमालेका सभासद् रवीन्द्र अधिकारीले संविधानसभाको समय थप हुनु कुनै ठुलो विषय नभएको तर थपिएको समयमा तोकिएको काम सक्नु महत्वपूर्ण कुरा भएको बताउनुभयो । अधिकारीले दलहरुवीचमा संकट पर्दा एकजुट हुने परम्परा भएपनि सहमति सकिएपछि तयसलाई वेवास्ता गर्ने परम्परालाई यो पटक दोहो¥याउन नहुने बताउनुभयो । स्पस्ट आधार तयार भए प्रधानमन्त्रीको राजीनामा गराउन आÏनो पार्टी तयार रहेको पनि अधिकारीले बताउनुभयो ।

यसैबीच, नेपाली काँग्रेसले संविधानसभाको म्याद थपका क्रममा तीन दलविच भएको ५ बुँदे सहमति कार्यान्वयनका लागि सदन र जनता समक्ष सशक्त आवाज उठाउने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले पाँचबुदे सहमतिले आगामी तीन महिना भित्र शान्ति प्रकृयाका मूलभूत कार्य पूरा गर्ने र संविधानको प्रारम्भिक मस्यौदा तयार गर्ने प्रतिवद्धता व्यक्त गरेको भन्दै यसको कार्यान्वयनमा जोड दिदै छलफलाई तिब्रता दिने निर्णय गरेको हो । पाँचबुदे सहमति अनुरुप तीन महिनामा माओवादी लडाकुको समायोजन, पुर्नस्थापना र क्यान्टनमेन्टमा रहेका हतियार राज्यको जिम्मामा ल्याउन उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता रहेको ठहर गर्दै बैठकले यस बिषयमा प्रतिबद्ध हुन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको बैठकपछि दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिनुभयो । सहमतिको इमान्दारी पूर्ण कार्यान्वयनका लागि सम्पूर्ण शक्तिका साथ कार्य गर्ने निर्णय गर्दै सवैलाइ इमान्दार बन्न आग्रह गरेको जोशीले जानकारी दिनुभयो ।

काग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव राखेको अनन्तको खुलासा

काठमाडौ, २० जेठ । एकीकृत नेकपा माओवादी स्थायी कमिटि सदस्य वर्षामान पुन अनन्तले नेपाली काग्रेसले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको दाबी गर्नुभएको छ । प्रचण्डसँग बिभिन्न समयमा भएको भेटवार्तामा कंग्रेश सभापति सुशिला कोइरालाले यस्तो प्रस्ताव गर्नुभएको उहाँको भनाई छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा पुनले शान्ति प्रक्रिया अघि बढाउनमा कंग्रेशले सहयोग गर्ने सभापति कोइरालाले प्रतिबद्धता जनाएको समेत दाबी गर्नुभयो ।

यद्यपि प्रचण्ड भने अहिले प्रधानमन्त्री बन्ने योजनमा नरहेको उहाले बताउनुभयो । उहाँले अब नयाँ सरकार बनेपनि अध्यक्ष प्रचण्डले नेतृत्व नगर्ने बताउनुभयो । नेता अनन्तले प्रचण्ड हाल बाहिरै बसेर सरकार सन्चालन, शान्ति र संविधान निर्माणमा देखिएका विवाद समाधानमा लाग्नुहुने बताउनुभयो ।  अनन्तले पार्टीभित्रको बिवादले दोहोरो सुरक्षा प्रक्रियाको अन्त्य गर्ने एंव शान्ति र संविधान निर्माण कार्यमा कुनै फरक नपर्ने दावी समेत गर्नुभयो । उहाँले आइतबार बस्ने सेना समायोजन विशेष समितिको बैठकले सेना समायोजनको कार्यतालिका ल्याउने जानकारी जानकारी दिनुभयो । 
नेताहरको दोहोरो सुरक्षा प्रणालिबारे एकीकृत माओवादीमा विवाद

काठमाण्डौँ, २० जेठ । पार्टीका नेताहरुले लिदै आएको दोहोरो सुरक्षा प्रणाली हटाउने पूर्व निर्णय एकीकृत नेकपा माओवादी भित्र विवाद बिच बल्झिएको छ । पार्टी केन्द्रिय कार्यलय पेरिषडाँडामा आज बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष मोहन बैद्य पक्षका स्थायी समिती सदस्यहरुले तत्काल दोहोेरो सुरक्षा प्रणाली हटाउन नहुने भन्दै यस अघि भएको निर्णयको बिरोध जनाएका हुन् । यसअघि हिजो पदाधिकारी बैठकले माओबादीका नेताहरुले प्रयोग गर्दै आएको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको थियो भने उपाध्यक्ष बैद्यले सो निर्णयमा नोट आफ डिसेन्ट लेखेका थिए । बैद्य पक्षका सदस्यहरुले नेताहरुबाट आएको यस्तो निर्णय आत्मघाती भएको टिप्पणी गरेका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने शान्ति प्रक्रियाका लागि बिश्वासको बाताबरण तयार गर्न यस्तो निर्णय गरेको बताउनुभएको एक स्थायी समिती सदस्यले जानकारी दिए । 

यसैगरी बैद्य पक्षका सदस्यहरुले प्रधानमन्त्रिले राजीनामा दिने बिषयमा पनि असहमती जनाएका छन् । उनीहरुले प्रधानमन्त्रि झलनाथ खनालले संबिधान निर्माण र शान्ति प्रक्रिया नटुङिगएसम्म प्रधानमन्त्रिले राजीनामा दिन नहुने बताएका थिए । बैठकमा संविधानसभाको म्याद थप्नका लागि तीन दलबीच जेठ १४ गते राति भएको पाँच बुंदे सहमतिको समीक्षा छलफल भएपनि कुनै निर्णय नभएको बैठकपछि पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । यस्तै अध्यक्ष प्रचण्ड अध्यक्ष रहेको संबिधान सभा संबैधानिक समिती अन्तरगतको बिवाद समाधान उपसमिती मार्फत पार्टीका एजेण्डा बिपरित निर्णयहरु गरेको समेत आरोप लगाएको बताइएको छ । बैठक भोलि दुई बजे फेरी बस्नेछ । 

पूराना निर्देशन कडाइकासाथ पालनागर्न लेखाको निर्देशनः

काठमाण्डौ, जेठ २० । व्यबस्थापिका संसदको लेखा समितिले विगतमा सरकारलाइ दिएका निर्देशन कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नेपालीलाइ प्रवेश गराउने र रोयल्टि नतिर्ने क्यासिनो बन्दगर्ने पूरानो निर्देशन कडाइकासाथ पालनागर्न निर्देशन दिइएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो । समितिले उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी लगायत सरकारका सचिवहरुलाइ समितिमा बोलाइ पूर्व निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएको हो । बैठकमा मन्त्री अधिकारीले सरकार कानून बमोजिम काम गरिरहेको र राजश्व असुरलीका बिषयमा कसैसंग सम्झौता नगर्ने बताउनुभयो । क्यासिनोले राजश्व नतिरेमा उनिहरुको अचल सम्पत्ति लिलाम गरेर भएपनि असुली गर्ने उहाँले बताउनुभयो ।

यसैबीच नवनियुक्त प्रहरी प्रमुख रवीन्द्र प्रताप शाहले नेपाली नछिरे क्यासिनो चल्नै नसक्ने बताउनु भएको छ । लेखा समिति बैठकमा उपस्थित शाहले काठमाण्डौ उपत्याकामा मात्र सरकारले आठवटा क्यासिनोलाइ संचालन अनुमति दिएको स्मरणगर्दै विदेशीले मात्र आठवटा क्यासिनो चल्न सक्ने अबस्था नरहेको बताउनु भएको हो । प्रहरी प्रमुखको भनाइप्रति आपत्ति जनाउदै सभासद डा प्रकाशचन्द्र लोहनीले कानूनको पालना गराउनुपर्ने प्रहरीले क्यासिनोमा नेपालीलाइ प्रवेश गराउने कुरागर्नु कत्तिको जायज भनी प्रश्न गर्नुभयो । प्रत्तुतरमा शाहले आफूले व्यबहारिक कुरा गरेको दावीगर्दै यदी नेपालीलाइ प्रवेशमा रोक लगाउने भए सबै क्यासिनो बन्द गर्नुपर्ने बताउनुभयो । बैठकमा अधिकाशं सभासलदहरुले क्यासिनोको बिषयलाइलिएर धेरै पटक छलफल गर्नुपरेको स्मरणगर्दै क्यासिनो विकृति रोक्न माग गरेका थिए ।

फेसबुक प्रयोगकर्ताको प्रदर्शन

नयाँ संबिधान जारी गर्ने दिन नजिकिदै गर्दा शिर्ष दलका नेताहरु नै बिदेश भ्रमणमा निस्किएको भन्दै युवाहरुको एक समुहले आज त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रदर्शन गरेका छन् । पुर्व प्रधानमन्त्रि एंव नेकपा एमालेका नेता माधवकुमार नेपाल सहितको टोली बंगलादेश भ्रमणमा जान लागेका बेला सामाजिक सञ्जाल फेसबुक मार्फत एकताबद्ध भएका युवाहरुको समुहले प्रदर्शन गरेको हो । संबिधान जारी गर्न छोटो अवधी भएको अवस्थामा पनि संबिधान बनाउन ध्यान नदिएर बिदेश भ्रमणमा गएको भन्दै बिरोध प्रदर्शन गरिएको एक प्रदर्शनकारीले बताए । 

एमाले नेता नेपालसहित एकिकृत नेकपा माओबादीकी नेतृ हिसिला यमी र नेपाली कंग्रेशकी नेतृ सुजता कोइराला एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आज बंगलादेश प्रस्थान गरेका हुन् । नेताहरुले संबिधान निर्माणमा ध्यान केन्द्रित नगरेकाले निर्धारित समयमा संबिधान बन्न नसकेको बिरोधमा सामाजिक सञ्जाल फेसबुक मार्फत एकिकृत हुदै युवाहरुले केहिदिन यता बिभिन्न प्रकारका प्रदर्शन गर्दै आएका छन् ।    

पाँच बुदेँ सहमतिका आधारमा शान्ति प्रक्रियाले पूणर्ता पाउनेमा राष्ट्रपति आशावादी

राष्ट्रपति डाक्टर रामबरण यादवले दलहरुबीच जेठ १४ गते भएको ५ बुदे सहमतिका आधारमा शान्ति प्रक्रियाले पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । आरोग्य फाउण्डेसनले आज राजधानीमा गरेको कार्यक्रममा राष्ट्रपति यादवले ५ बुदे सहमतिका आधारमा दलहरु इमान्दारिताका साथ अघि बढ्नुपर्ने बताउनुभयो । शान्ति प्रक्रियालाई पुर्णता दिएर संविधान निर्माणको कार्यमा गम्भीर हुन उहांले दलहरुलाई सुझाव दिनुभयो । शान्तिप्रक्रृयालाई पुर्णता दिएर संविधान निमार्णको कार्यभारलाई पुरा गर्नु नै सबै नेपालीको चाहना भएको भन्दै उहांले जनताको भाबनालाई आत्मसात गरी अघि बढ्न दलहरुलाई आग्ह गर्नुभयो । नेपालमै पहिलोपटक स्थापना भएको आरोग्य प्रतिष्ठानले आजबाट मिर्गौला प्रत्यारोण सेवा सुरु गरेको हो । अत्याधुनिक प्रविधिबाट मिर्गौला प्रत्यारोपण र परिक्षण गर्ने प्रतिष्ठानले जनाएको छ ।

संकट टरेको होइन, सरेको हो ः सभामुख

संबिधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान निर्माणका लागि तिन महिनाको म्याद थप गर्नु भनेको देशमा संकट टरेको नभइ संकट सरेको मात्र टिप्पणी गर्नु भएको छ । काभे्रको बनेपामा नेपाल बार एशोसिएशन केन्द्रीय कार्यकारण्ँी परिÈदको ३६ औं बैठकको आज उद्घाटन गर्दै उहाले पा“चबु“दे सहमतिको बारेमा एक अर्कामा आरोप–प्रत्यारोप नगरी सहमति कार्यान्यवनतर्फ लाग्न दलहरुसंग आग्रह गर्नु भयो ।
सहमति कार्यान्यवन हुनैपर्ने भन्दै उहाले संविधानसभा र जनाताको सामु सहमति भएकाले नेताहरु विवादमा अल्झिनुको कुनै औचित्य नभएको बताउनु भयो । सभामुख नेम्बाङले आजबाट चल्ने संसद बैठकले पा“चबु“दे सहमतिलाई अनुमोदन गर्ने समेत जानकारी दिनुभयो ।

जातिय भेदभाव तथा छुवाछूतसम्बन्धी ऐन कडाइकासाथ कार्यान्वयन गर्न माग

काठमाडौँ, २० जेठ । व्यवस्थापिका–संसदद्वारा हालै पारित भएको ‘जातिय भेदभाव तथा छुवाछूत (कसुर र सजायँ) ऐन, २०६८’ लाई तत्काल कडाइकासाथ कार्यान्वयन गर्न दलित सरोकारवालाहरुले माग गरेका छन् । दलित सरोकारवालाहरुले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी लामो समयदेखि दलित समुदायमाथि भइरहेको जातियविभेद अन्त्य गर्ने उद्देश्यले सरकारले ल्याएको सो ऐनलाई प्रभावकारी बनाउन कडाइकासाथ व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिएका हुन् ।

दलित महिला सङ्घ, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, दलित गैरसरकारी संस्था महासङ्घ, दलित सेवा सङ्घ, दलित अध्ययन तथा विकास केन्द्र लगायतका संस्थाले संयूक्तरुपमा पत्रकार सम्मेलन गरी ऐनमा व्यवस्था भएको छुवाछूत र जातियविभेद गर्न नपाइने र गरेमा विभेदको प्रकृति हेरेर तीन महिनादेखि तीन बर्षसम्म कैद वा रु एकहजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुने लगतायतका व्यवस्थालाई कडाइकासाथ लागु गर्नुपर्ने बताएका छन् ।

गृह मन्त्रालयद्धारा सुरक्षा क्षेत्र सुधार कार्यदल गठन

गृहमन्त्रालयले आन्तरिक सुरक्षा मजबुद बनाउन सात सदस्यीय सुरक्षा क्षेत्र सुधार कार्यदल गठन गरेको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गरी सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक गोपालमान श्रेष्ठको संयोजकत्वमा कार्यदल गरेको जनाएको छ । कार्यदलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना प्रतिनिधि रहनेछन् । कार्यदलको सदस्य–सचिवमा गृहमन्त्रालयको शान्तिसुरक्षा महाशाखाका सह–सचिव रहने व्यवस्था गरिएको छ । कार्यदललाई आन्तरिक सुरक्षा सम्बन्धी समस्याहरूको पहिचान र अध्ययन गरी सुरक्षा निकायहरूको सुदृढीकरण गर्न आवश्यक नीति र रणनीति तर्जुमाबारे सुझावसहित प्रतिवेदन पेश गर्न तोकिएको छ । कार्यदलको कार्यअवधि छ महिना तोकिएको छ ।

अन्तराष्ट्रिय समाचार
यमनमा राष्ट्रपति सलेहका समर्थक र प्रर्दशनकारी बिच झडप

यमनमा राष्ट्रपति अलि अब्दुल्लाह सलेह र उनका विपक्षि सेख सादिख अल अहमरका समर्थक बिच भिडन्त जारी रहेको छ । पछिल्लो १० दिनको भिडन्तमा मात्र १०० भन्दा बढिको ज्यान गएको छ । विपक्षिको प्रर्दशनका बाबजुत पनि ३३ बर्ष देखी सत्तामा रहँदै आएका राष्ट्रपति अलि अब्दुल्ला सलेहले सत्ता छाड्न अस्वीकार गर्दै आएका छन् । पछिल्लो हिसां रोक्न अमेरिकाले आफ्नो उच्च अधिकारीलाइ वार्ताका लागी साउदी अरेबिया पठाएको छ भने दुबै पक्षका नेताहरुलाइ समेत उक्त स्थानमा आउन निम्तो दिएको छ । पछिल्लो समय जस्तै आज शुक्रबार चर्चमा प्राथनाका लागी भेला भएकाहरुले ब्यापक पर्दशन गरेका छन् ।

यता सिरियाली सुरक्षा फौजको कार्वाहीमा रास्तान शहरमा १५ जनाको मृत्यु भएको छ । सिरिया सरकारले आफनो नियन्त्रणमा रहेका सयौ प्रदर्शनकारीहरुलाई रिहा गरे लगत्तै सुरक्षा फौजको कार्वाही तीव्र भएको हो । प्रदर्शनकारीहरुले महिनौदेखि राष्ट्रपति बसार अल असदको राजीनामा माग्दै आएका छन् ।  गत मार्चबाट सुरु भएको प्रर्दशनमा प्रहरी दमन हु“दा अहिले सम्म एक हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

खेल समाचार
शहिद स्मारक ए डिभिजन लिग फुटबल

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत दशरथ रंगशालामा आज भएकोे खेलमा फ्रेण्डस तथा बौद्ध फुटबल क्लब विजयी भएका छन् । पहिलो खेलमा फ्रेण्ड्स क्लबले ब्रीगेड ब्वाइजलाई २ – ० ले पराजित ग¥यो भने दोश्रो खेलमा बौद्धा फुटबल क्लबले मछिन्द्र क्बलाइ २–१ गोल अन्तरले पराजित ग¥यो । पहिलो खेलमा विजयी फ्रेन्डसका लागि अजद प्रधान र सन्तोष तामाङले एक एक गोल गरेका थिए । त्यस्तै दोश्रो खेलमा विजयी बनेको बौद्धका विनोद गुरुङ्गले ५१ औँ मिनेटमा गोल गरेका थिए । बौद्धका लागी अर्को एक गोल भने मछिन्द्रका नरेश पोखरेलले आफ्नो पोष्टमा बल छिराउँदै आत्मघाति उपहार दिएका थिए । पराजित मछिन्द्रका लागी एकमात्र गोल खेलको नवौँ मिनेटमा विनोद डंगोलले गरेका थिए । उता सशस्त्र प्रहरिको हल्चोक मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले आजै मोफसलको एकमात्र सहभागी कोइलापानी पोलस्टारलाइ ४–१ ले पराजित गरेको छ । जाउलाखेलका लगाी विदेश खेलाडी जिरार्डले दुइ तथा प्रविन कार्की, विशाल राइ ए, ले एक एक गोल गरेका थिए । त्यस्तै पराजत कोइलपानीका लागी एकमात्र जङ्बु शेर्पाले गरेका थिए । 

No comments: