Friday, June 3, 2011

जेठ १९ गते २०६८

पाँच बुदेँ कार्यन्वयनको विषयलाइ लिएर प्रधानमन्त्रीद्धारा परामर्शमा तिव्रता

काठमाण्डौँ, १९ जेठ । पांच बुदे सहमति कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक भेटवार्तालाई तीव्र पार्नुभएको छ ।

यसैक्रममा प्रधानमन्त्री खनालले आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शुशील कोइरालासंग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । बिहान सरकारी निवास बालुवाटारमा माओवादी अध्यक्ष अध्यक्षसंग भेटनुभएका प्रधानमन्त्री खनाल त्यसलगत्तै कांग्रेस सभापति कोइरालाको निवास महाराजगन्ज पुग्नुभएको थियो । दुबै भेटमा प्रमुख तीन दलबीच भएको पांच बुंदे सहमति कार्यान्वयन गरी शान्ति प्रक्रिया र संविधान निर्माणलाई गति दिने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री खनाल र माओवादी अध्यक्ष प्रचण्डबीच विपÔी दलहरुलाई सहमति निर्माण्ँमा गम्भीर हुन आग्रह गर्ने सहमति भएको थियो । उता, कांग्रेस सभापति कोइरालासंगको भेटमा भने प्रधानमन्त्री खनालले सहमतिका लागि आफू राजीनामा दिन तयार रहेको स्पष्ट पार्नुभएको थियो । सभापति कोईरालाले भने प्रधानमन्त्रीको राजिनामा भन्दा पनि शान्ति प्रक्रियाको पूर्णता कांग्रेसको लक्ष्य भएको जानकारी गराउनुभएको थियो । माओवादीले चाहेमा छिट्टै शान्ति प्रक्रृयाले पुर्णता पाउने कोइरालाको दाबी थियो । उहांहरुबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा पनि छलफल भएको थियो ।

यसैबिच प्रधानमन्त्री झलनाथ खनालले तीन महिना भित्रै शान्ति प्रक्रिया पूरा गर्न सरकार लागिरहेको बताउनुभएको छ । राजधानीमा आज गरिएको कार्यक्रममा प्रधानमन्त्री खनालले तीन महिना भित्र शान्ति प्रक्रिया टुंग्याएर छ महिनामा संविधान जारी गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । शान्ति र संविधान नै सरकारको मुख्य कार्यभार भएको भन्दै उहांले यसलाई पुरा गर्न सरकार गम्भीर रुपमा लागी परेको बताउनुभयो ।

दलहरुको सहमति र सहकार्य नै अहिलेको आवश्यकता भएको भन्दै उहाले देशलाई निकास दिन गम्भीर हुन नेताहरुलाई आह्वान गर्नुभयो । ६ महिनामा संविधान निर्माण गरी देशलाई आर्थिक क्रान्तिको दिशामा उन्मुख गराउनुपर्ने उहांले बताउनुभयो । प्रधानमन्त्री खनालले आजबाट राजधानीमा सुरु भएको २१ दलका स्थानीय निकायका प्रतिनिधिहरुको सम्मेलन उद्घाटन गर्नुभयो । सम्मेलनमा भारत, श्रीलङका, जापान, स्वीजरल्याण्ड, नर्वे, पाकिस्तान लगायतका देशका प्रतिनिधिहरुको सहभागिता छ ।

का“ग्रेसद्धारा पाँच बुदेँ सहमति अनुमोदन

नेपाली का“ग्रेसले प्रमुख तीन दलबीच जेठ १४ गते मध्यरातमा भएको पा“च बु“दे सहमति अनुमोदन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको दश बु“दे प्रस्तावकै आधारमा पा“च बु“दे सहमति भएको निश्कर्ष निकाल्दै सहमतिलाई अनुमोदन गरेको हो । बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रकृयाको कार्यतालिकाबारे थप ब्याख्यासहित पा“च बु“दे सहमति अनुमोदन भएको बताउनुभयो ।

बैठकले संविधानसभाको म्याद थप गर्ने क्रममा तीन दलबीच भएको पा“च बु“दे सहमतिले सरकार निर्माण गर्ने क्रममा माओवादी र एमालेबीच भएको सात बु“दे सहमतिलाई खारेज गरेको पनि निश्कर्ष पनि निकालेको छ । त्यस्तै पा“च बु“दे सहमति कार्यान्वयनको पहलका लागि कांंग्रेसले अन्य दलस“ग छलफल पनि अघि बढाउने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस नेताहरुले शान्ति प्रकृयाको कार्यान्वयन भए सरकारको नेतृत्वका बिषयमा कांग्रेस खुला रहने प्रतिक्रिया दिए । का“ग्रेसको दश बु“दे प्रस्ताव संसदमा प्रस्तुत भैसकेकाले प्रस्तावमा उल्लेखित प्रधानमन्त्रीको राजीनामा कार्यान्वयन हुन मात्र बा“की रहेको निश्कर्ष निकालेको बैठकपछि नेता पौडेलले जानकारी दिनुभयो । बैठकले दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने माओवादी निर्णयको स्वागत समेत गरेको छ ।

पाँच बुदेँ कार्यन्वयनगर्न एमालेद्धारा विषेश प्रस्ताव तयार

काठमाण्डौँ, १९ जेठ । नेकपा एमालेले प्रमुख तीन दलबीच भएको ५ बु“दे सहमति अनुमोदन गर्दै त्यसको कार्यान्वयनका लागि  ५ बु“दे विशेष प्रस्ताव पारित गरेको छ ।

आजको केन्द्रीय कमिटी बैठकले विशेष प्रस्ताव पारित गरेको हो । प्रस्तावमा एक हप्ताभित्र  सेना समायोजनको संख्या, मापदण्ड, दर्जा मिलान र पुनस्र्थापनाको प्याकेज निर्धारण गरिसक्नुपर्ने उल्लेख छ । एमालले शिविरमा रहेका लडाकु समायोजनको प्रारम्भिक काम एक हप्ताभित्र पूरा गर्नुपर्ने र एक महिनाभित्र वर्गीकरण सक्नु पर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


बैठकमा सदस्यहरूले राष्ट्रिय सहमतिको आधार तयार भएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिनु पर्नेमा धारणा व्यक्त गरेका छन् । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको सात महिनासम्म पनि सरकार बन्न नसकेको चर्चा गर्दै अधिकाशं केन्द्रीय सदस्यहरूले मुलुकलाई पुनः त्यस्तै संकटग्रस्त अवस्थामा पु¥याउन नहुने र पहिले राष्ट्रिय सहमतिको आधार तयार पार्नुपर्ने धारणा राखेका छन् । बैठकमा राष्टिय सहमति जुटेमा चक्रीय प्रणालीमा गएर सरकार गठन गर्न अन्य दललाई बाटो खुला गर्न आफू तयार रहेको प्रधानमन्त्री खनालले बताएको ज्ञवालीले जानकारी दिनुभयो । सदस्यहरूले पा“चबु“दे सहमति कार्यान्वयन गरी छिट्टै राष्ट्रिय सहमति कायम गर्नु पर्ने धारणा राखेका थिए । उनीहरूले सहमतिअनुसार शान्ति र संविधान निर्माण्ँको काम अगाडि बढाए तीन महिनामा शान्तिप्रक्रिया पूरा हुने र संविधानको एकीकृत मस्यौदा तयार हुने वातावरण्ँ बनाउन नेतृत्वलाई आग्रह गरेका थिए । बैठक भोलि पनि चल्ने छ ।

संवैधानिक समितिद्धारा राज्य पुर्नसंरचना आयोगका विवाद समाधान उपसमितीमा

काठमाण्डौँ, १९ जेठ । नयां संविधान निर्माणका क्रममा राज्य पुनर्संरचना तथा राज्यशक्तिको बा“डफा“डमा देखिएको विवाद समाधानको जिम्मा विवाद समाधान उपसमितिलाई दिइएको छ । संवैधानिक समितिको सिंहदरबारमा आज बिहान बसेको बैठकमा राज्य पुनर्संरचना र राज्यशक्तिको प्रतिवेदन विवाद समाधान उपसमितिमा पठाउने सहमति भएको हो । विवादित विÈयमा एकसरो छलफल टुङग्याएर सहमति जुटाउने जिम्मा उपसमितिलाई दिने निणर््ँय भएको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।

राज्य पुर्नसंरचना तथा राज्यशक्तिको बाडफा“ट समितिमा ७८ वटा विवादित विÈय छन् । राज्य पुर्नसंरचनाको समितिको ७८ र अन्य २१ गरी ९९ वटा विवादित विÈयमा सहमति जुट्न बांकी छ । यसअघि हिजोको बैठकले विवाद समाधानका लागि गठित उपसमितिको म्याद थप्दै यसलाई सक्रिय बनाउने निर्णय गरेको थियो ।

नारायणहिटी नरसंहारको दश बर्ष
२०५८ साल जेठ १९, शुक्रबारको भयानक रात, जुन रात विश्वलाई नै स्तब्ध गराउने गरि राज खान्दानको वंश सकिएको थियो । त्यो त्रासदीपूर्ण र अकल्पनिय घटना भएकोृ पनि दशवर्ष वितिसकेको छ । पूरै दश वर्ष दरवार हत्याकाण्ड एउटा जटिल प्रश्नका रुपमा रहिरह्यो । दरबार हत्याकाण्डमा बीरेन्द्रको वंश नाश त भयो, तर हत्याकाण्डका सत्यतथ्य अझै बाहिर आउन सकेको छैन । न त यसको स्वतन्त्र छानबिन नै हुन सकेको छ । आखिर किन र कसले ग¥यो बीरेन्द्रको बंश नाश ? प्रश्न अझै अनुत्तरित छ ।

यसैबिच सर्वसाधारणले दरवार हत्याकाण्डको १० वर्ष पूरा भइसक्दासमेत वास्तविकता बाहिर आउन नसक्नु दुःखद् भएको बताएका छन् ।

ललितपुरको जावलाखेलस्थित स्वर्गीय राजा वीरेन्द्रको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका सर्वसाधारणले दरवार हत्याकाण्डको वास्तविकता अहिलेसम्म बाहिर आउन नसक्नु दुःखद् भएको धारणा राखेका हुन् । दरवार हत्याकाण्डका विषयमा बनेको छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउन नसकेको भन्दै उनीहरूले पुनः छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने मागसमेत गरे । दरबारभित्रै र केही विदेशी शक्तिको षडयन्त्रमा दरवार हत्याकाण्ड गराइएको उनीहरूको दाबी थियो । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका परिवारका सबै सदस्यको हत्या भएको थियो ।

फोरम नेपाल : सह–अध्यक्ष जेपी गुप्ताले विदेशीस“ग मिलेर पार्टी फुटाएको आरोप

मधेसी जनअधिकार फोरम नेपालले सह–अध्यक्ष जेपी गुप्ताले विदेशीस“ग मिलेर पार्टी फुटाएको आरोप लगाएको छ ।

फोरम नेपालले आज संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरी सह–अध्यक्ष गुप्तालाई पार्टी फुटाउन ५० लाख रुपैया“को अफर आएको आरोपसमेत दाबी गरेको छ । फोरम नेपालले गुप्ताले मन्त्री हु“दा करोडौं रुपैया“ घोटला गरेको पनि दाबी गरेको छ । यसअघि पार्टी विभाजन गरी फोरम गणतान्त्रिक गठन गरेका गुप्ताले स्वेतपत्र जारी गरी विभाजन हुनुको कारण सार्वजनिक गरेका थिए । गुप्ताले स्वेतपत्रमार्फत यादवलाई पार्टीको उद्देश्य र लक्ष्यप्रति इमान्दार नभएको, मधेसका जनताको भावनाविपरित उग्रवामपन्थी गठबन्धनको पक्षमा लागेको, पार्टीभित्र गुटबन्दी सिर्जना गरेको र भ्रष्टाचारमा मुछिएको लगायतका आरोप लगाएका थिए । गुप्ताको स्वेतपत्र सार्वजनिक भएपछि आक्रोशित फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जवाफी पत्रकार सम्मेलन गरेको हो । पार्टी विभाजनपछि यादव र गुप्ताबीच आरोपप्रत्यारोप तीब्र बनेको छ ।

प्रहरी निलम्बन

सरकारले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका एक–एक जना एसपीलाई भ्रष्टाचार गरेको अभियोगमा निलम्बत गरेको छ ।

घुस खाएको अभियोगमा नवलपरासीका प्रहरी उपरीÔक कृष्ण्ँप्रसाद गौतम तथा राष्ट्रिय अनुसन्धानका उपरीÔक कल्याण्ँ मल्ललाई गृहमन्त्रालयले निलम्बन गरेको हो । ज्यान मारेको अभियोगमा एकजना निर्दोÈ व्यक्तिलाई १० दिन थुनामा राखेर ४ लाख रुपैया“ घुस असुल गरेर छाडेको अभियोग प्रमाण्ँित भएपछि दुवै सुरÔा अधिकारीलाई कारबाही गरिएको हो । गृह मन्त्रालयका सहसचिव शंकरप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया बढाइएको हो । चैत्र १२ गते नवलपरासीको सुननैल जंगलमा भएको एक हत्या प्रकरण्ँमा प्रहरीले स्थानीय जग्गा व्यवसायी काशीराज पाण्डेलाई थुनामा राखेको थियो । उक्त घटनामा पाण्डेको संलग्नता नदेखिए पनि हिरासतमा राखेर ४ लाख रकम घुस पाएपछि छाडिएको थियो । अनुसन्धानका उपरीÔक मल्लले रकम बुझेर आफूले २ लाख राखेको, एसपी गौतमलाई डेढ लाख दिएको र दलाललाई ५० हजार दिएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी प्रमुख रविन्द्र प्रताप शाहद्धारा पदभार ग्रहण

काठमाण्डौँ, १९ जेठ । नवनियुक्त प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले आजबाट कार्यभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण अघि गृह मन्त्रालयमा गरिएको विशेष कार्यक्रममा गृहसचिव लिलामणि पौडेलले नवनियुक्त प्रहरी प्रमुख शाहलाई सपथ तथा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक शाहले मुलुकमा दण्डहिनता र संगठित अपराधलाई निस्तेज पारी शान्ति बहाली गर्न आपूm लागी पर्ने बताउनुभयो । मुलुकमा बढ्दो संगठित अपराधलाई निमिट्यान्न पारी अपराधीलाई कानूनी दायरामा ल्याउन जनता, संगठन र सरकारले सु्म्पेको जिम्मेवारी कर्तब्यनिष्ठ भएर पालना गर्ने उहांको अठोट छ ।

कार्यक्रममा गृह सचिव लिलामणि पौडेलले प्रहरीको ब्यक्तिगत आचरणले सिङ्गो संगठननै कुलशित हुने भएकाले प्रहरीले आप्mनो ब्यक्तिगत आचरणमा सुधार गर्नुपर्ने बताउनु भयो । प्रहरीले गैरसामाजिक ढङ्गबाट रकम उठेको भ्रम आम जनतामा परेकाले त्यसलाई अन्त्य गर्न उहांले नवनियुक्त महानिरीक्षक पौडेललाई आदेश दिनुभयो । प्रहरी संगठनको स्वच्छ, पारदर्शी र कानून सम्बत कार्यप्रति मन्त्रालयले कहिल्यै हस्तक्षेप नगर्ने सचिव पौडेलको प्रतिबद्धता छ ।

दज्र्यानी चिन्ह ग्रहण गरेपछि महानिरीक्षक शाह आजै नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको थियो । सरकारले हिजो मात्रै रमेश चन्द ठकुरीलाई हटाएर शाहलाई प्रहरी महानिरीÔक नियुक्त गरेको थियो । सुडानमा नेपाल प्रहरीको बन्दोबस्तीका सामान घोटालामा संलग्न रहेको अभियोगमा अख्तियारले ठकुरीलाई बयान लिइरहेको छ । संसद्को राज्य व्यवस्था समितिले नेपाल प्रहरीको कल्याण्ँ कोÈबाट गरिएको साढे ४१ करोडको सुडानमा एपीसी खरिद प्रक्रियामा ३० करोडभन्दा बढी घोटाला भएको ठहर गरेको छ । ठकुरी महानिरीÔक भएपछि अघिल्ला आईजीपी ओमविक्रम राण्ाँले गरेको ”बुक फोर्स लोन”का आधारमा दुई पटक भुक्तानी भएको थियो ।

अन्तराष्ट्रिय समाचार
पाकिस्तानमा २५ सैनिकको मृत्यु

पाकिस्तानमा लडाकु र सुरक्षासेनाबीच भएको भिडन्तमा २५ सैनिकको मृत्यु भएको छ । अफगानिस्तानस“ग सिमाना जोडिएको पाकिस्तानको डिर क्षेत्रमा अफगानी लडाकु समूहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा २५ पाकिस्तानी सेनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । घटनामा अन्य धेरै सैनिक घाइते भएको बताइएको छ । दोहोरो गोली हानाहानमा तीन सर्वसाधारणले पनि ज्यान गुमाएको बताइएको छ । अफगानिस्तानको सीमा पार गरेर आएका अफगान लडाकु समूहले पाकिस्तानी सेनाको सुरक्षापोष्टमा आक्रमण गरेको बताइएको छ । करिब दुई सयको संख्यामा रहेका सैनिक पोशाकमा आएका लडाकु समूहले सुरक्षापोष्टमा हमला गरेको अधिकारीहरूले बताएका छन् ।

खेल समाचार
सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिग

राजधानीमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस, हिमालयन शेर्पा र एपीएफ विजयी भएका छन् ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा एपीएफले युनाइटेड युथलाई ७–१ ले पराजित गर्दै लिगको एघारौं स्थानमा उक्लिएको छ । पा“चौ चरणसम्म लगातार हार व्यहोरेको एपीएफले पछिल्ला दुई खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ । यता युनाइटेड युथ भने अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । एपीएफको जितमा  गणेश लावतीले खेलको ४२ औं, ४७ औं र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । गणेशले ब्रिगेड ब्वाइज विरुद्धको अघिल्लो खेलमा पनि ह्याट्रिक गरेका थिए ।

यस्तै एपीएफको जितमा जीवन सिन्केमानले दुई गोल गरे । सिन्केमानले खेलको २५ औं र ७३ औं मिनेटमा गोल गर्दै एपीएफको अग्रता फराकिलो पारेका थिए । एपीएफका टोप बिष्टले २९ औं तथा अमिर श्रेष्ठले ७९ औं मिनेटमा गोल थपेका थिए । यता युनाइटेडका लागि खेलको ७० औं मिनेटमा बिराज श्रेष्ठले सान्त्वना गोल फर्काएका थिए । खेलपछि पत्रकारहरूस“ग कुरा गर्दै युनाइटेडका प्रशिक्षक रोशन डंगोलले क्लबमा अन्तरिक व्यवस्थापनबीच कुरा नमिल्दा खेल खस्क“दै गएको बताएका छन् । डंगोलले युनाइटेड युथ रेलिगेशनबाट बच्ने आशा पनि कम हु“दै गएको बताए ।

प्रतियोगिता अन्तर्गत दशरथ रंगशालामा आजै भएको दोस्रो खेलमा हिमालयन शेर्पाले अपराजित यात्रालाई जारी राख्ने क्रममा स्वयम्भु क्लबलाई १–० को झिनो अन्तरले पाखा लगाएको छ । जितस“गै हिमालयन लिगको दोस्रो स्थानमा उक्लिएको छ । स्वयम्भु भने रेलिगेशन जोनमै रहने क्रममा १६ औं स्थानमा छ । हिमालयन शेर्पाले पहिलो हाफमा गरेको एक गोल नै निर्णायक बन्यो । खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले हेड गोल गर्दै हिमायनलाई अग्रता दिलाएका थिए । यता प्रतियोगिता अन्तर्गत आजै सशस्त्र प्रहरीको हल्चोक मैदानमा भएको अर्काे खेलमा नेपाल पुलिसले सरस्वती क्लब माथि ५–२ को नतिजा निकालेको छ । पुुलिसको जितमा भरत खवास एक्लैले चार गोल गरेका थिए । अहिलेसम्म अपराजित पुलिस १९ अंक बटुल्दै लिगको शीर्षमा स्थानमा छ । पुलिस दोस्रो स्थानमा रहेको हिमालयनस“ग स्पष्ट दुई अंकको अग्रता लिनसमेत सफल भएको छ । हिजो पहिलो पा“च स्थानमा रहेका मनाङ, एनआरटी र आरसीटीले हार ब्यहोरेपछि पुलिसलाई फाइदा पुगेको हो ।

No comments: