माओवादी पदाधिकारी बैठकद्धारा माओवादी नेताहरुको दोहोरो सुरक्षा अन्त्य गर्ने निणर्यः
काठमाण्डौ, जेठ १८ । एकीकृत नेकपा माओवादीले पार्टीका नेताहरुले प्रयोग गर्दे आएको दोहोरो सुरक्षा प्रणाली हटाउने निर्णय गरेको छ । शान्ति प्रक्रिर्यामा आएपछि माओवादी नेताहरुले राज्यले उपलब्ब्ध गराएको र आफ्नै लडाकुहरुबाट समेत सुरक्षा सुविधा लिदै आएका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डको निवास नयाँबजारमा आज बसेको पदाधिकारी बैठकले शान्ति प्रक्रियालाई अघि बढाउने पार्टीको प्रतिबद्धता अनुसार दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने निर्णय गरेको हो । संविधानसभाको म्याद थपगर्ने क्रममा भएको सहमतिमा यही २० गते सम्ममा दोहोरो सुरक्षा त्याग गर्ने सहमति भएको थियो ।
दलहरुबीच विश्वासको वाताबरण तयगर्नका लागि दोहोरो सुरक्षा त्याग गर्ने एकतर्फी निर्णय भएको उपाध्यक्ष वाबुराम भट्टराइले जानकारी दिनुभयो । उहाँले माओवादी जनसेनाले दिएको सुरक्षा हटाउने निर्णय कार्यान्यनकालागि केहि समय लाग्ने बताउनुभयो । यसअघि माओवादी अध्यक्ष प्रचन्डले मात्रै माओवादी लडाकुका डिभिजन कमान्डरको नेतृत्वमा ४० लडाकु र सशस्त्र प्रहरीबाट पनि सुरक्षा सुविधा लिईरहनु भएको थियो । माओवादी नेताहरुलाई सुरक्षा दिईरहेका लडाकुहरुलाई शिविरमा पठाई सरकारले उपलब्ध गराएको सुरक्षाकर्मीमात्र आफूहरुसँग राख्ने निर्णय भएको भट्टराइले बताउनुभयो ।
संविधान सभाको म्याद थप गर्नु पूर्व गत १४ गते दलहरुबीच भएको पाँच बुँदे सहमतीको कार्यान्वयन स्वरुपनै सो निर्णय गरिएको माओवादी दावी छ । कङग्रेस लगायतका दलहरुले माओवादीले शान्ति प्रक्रियाको बाँकी कार्यहरु पूरा गर्न तत्काल सुरु नगरे सहकार्य गर्न नसकिने अडान लिदै आएपछि माओवादीले आज यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ । साथै बैठकले पार्टीका नेताहरुले प्रयोग गर्दे आएका गाडीमा राखिएको विशेष नम्बर प्लेट परिवर्तन गरी सामान्य नम्बर प्लेट प्रयोग गर्ने निर्णय पनि गरेको छ ।
माओवादी शान्ति प्रक्रियामा आए लगत्तै उसका नेताहरुलाई तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको पहलमा छुट्टै प्रकारको नम्बर प्लेट भएका गाडीहरु उपलब्ध गराईएका थिए । सरकारसँग छिट्टै समन्वय गरेर नयाँ नम्बरका लागि पहल गरिने माओवादीको भनाइ छ । पदाधिकारी बैठकले माओवादीले राष्ट्रिय सरकारको नेतृत्व गर्ने अवसर पाए पार्टीबाट जो सुकैलाई पनि पठाउन सकिने गरी विकल्प खुल्ला गर्ने निर्णय पनि गरेको छ । सो सम्बन्धमा पर्सी स्थाई कमिटी बैठक बसी ठोस निर्णय गरिने माओवादीले जनाएको छ ।
ओली विरुद्ध सुरेन्द्र पाण्डेले दर्ता गरएको प्रस्ताव केन्द्रीय समितिमा विबादपछि फिर्ताः
नेकपा एमालेका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले केन्द्रिय समितीको बैठकमा छलफलका लागि दर्ता गराएको ११ बुंदे प्रस्ताव फिर्ता गर्नुभएको छ । पार्टी केन्द्रिय कार्यलय बल्खुमा आज बसेको केन्द्रिय समितीको बैठकमा नेता केपी ओली पक्षधरका नेताहरुले सो प्रस्तावको कडा बिरोध गरेपछि फिर्ता लिएको बताइएको छ । बैठकमा ओलीले आफूमागि लगाइैएका आरोपहरु पुष्टि गर्न खुलमखुल्ला चेतावनी दिनुभएको थियो । आफूलाई गलत सावित गरेर देखाए कारबाही भोग्न तयार रहेका तर गल्ति प्रमाणित गर्न नसके प्रस्तावक स्वयं कारबाहीका लागि तयार रहन ओलीले कडा शब्दमा चेतावनी दिएको एक एमाले केन्द्रिय सदस्यले जनाकारी दिए ।
पार्टी संस्थापन पक्ष र ओली पक्ष भनी दुई धार देखिएपछि पाण्डेले संस्थापन पक्षको तर्फबाट ओली पक्ष बिरुद्ध ११ बुंदे आरोप दर्ता गराउनुभएको थियो । प्रस्तावमा ओली पक्षधरका नेतारुले पार्टी भित्र गुटउपगुट बनाई पार्टी अनुशासनहिन कार्य गरेको तथा आफ्नै नेतृत्वकाृे सरकार विफल बनाउन लागिपरेको अरोप लगाइएको थियो । आजको बैठकमा ओली पक्षधरका नेताहरुले आफ्नै नेताहरुको चरित्र हत्या गर्न त्यस्तो आरोप लगाइएको तर्क गरेका थिए ।
केन्द्रिय सदस्यहरुले नै बिरोध जनाएपछि पाण्डेले आफ्ना प्रस्तावका बिषयमा आत्मलोचना गर्नुभएको छ । उहाले ओली बिरुद्ध आफुले प्रस्ताव ल्याउनु गल्ती भएको बताउनुभयो । बैठकमा ओलीले यसअघि प्रस्तुत गर्नुभएको ९ बुंदे प्रस्तावका बारेमा पनि छलफल भएको थियो । सो नौ बुँदे प्रस्तावमा भने पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालको कडा आलोचाना सहित माओवादीसँग भएको सात बुँदे सहमती खारेजको माग गरिएको थियो । पाण्डेको प्रस्तावका बिषयमा छलफल भएका कारण आजका लागि तय गरिएको एजेण्डमा प्रवेशै नगरी स्थगित गरिएको नेताहरुले बताएका छन् । बैठकले गरेका निर्णयहरु केपी ओलीले बाहिर पत्रकारहरुलाई पढेर सुनाउनुभएको थियो ।
संवैधानिक समिति र उपसमितिले समानान्तर कामगर्नेः
काठमाण्डौ, जेठ १८ । संविधानसभा संबैधानिक समितिले नयाँ संबिधानको एकीकृत मस्यौदा लेखन र विवाद समाधान कार्यलाइ संगसँगै अघि बढाउने भएको छ । विवाद टुग्याएर मस्यौदा लेखन कार्यगर्न तीन महिनाको समयसीमा अपर्याप्त हुन सक्ने भन्दै दुबै कामसँगै अघि बढाउने निर्णय गरेको हो । संविधानसभाको म्याद थपिएपछि आज पहिलोपटक बसेको समिति बैठकले दश–दश दिनमा प्रतिवेदन पेश गर्नेगरी उपसमितिको म्याद थपगर्ने निर्णय गरेको सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
निश्चित समय नतोकिएपनि उपसमितिलाइ बढिमा दुइ महिनासम्म लम्बाउने सहमति भएको छ । यसअबधिमा संवैधानिक समितिले विबाद निरुपण गर्ने र मस्यौदा लेखन कार्यलाइ आन्तरिक कार्यतालिका बनाए संगसंगै अघि बढाउने निर्णय गरेको सभापति आचार्यले बताउनुभयो । समितिमा विचाराधिन राज्यपुर्नसंरचना समितिको मस्यौदालाइ उपसमितिमा पठाउने बिषयमा समेत सहमति भएको छ । समय सीमाका कारण मस्यौदा लेखनको कार्यलाइ पनि संगसंर्गै लैजानुपर्नेसमिति सदस्य माधवकुमार नेपनले जानकारी दिनुभयो ।
बैठकमा उपसमितिका संयोजक पुष्पकमल दाहालले उपसमितिको समय सीमा नतोकी काम अघि बढाउने प्रस्ताव गर्नुभएको थियो । संबैधानिक समिति र विवाद समाधान उपसमितिको नियमित बैठक राखेर विवाद समाधानका लागि क्रियाशील रहने निर्णय पनि बैठकले गरेको कागे्रस सभासद विमलेन्द्र नीधिले जानकारी दिनुभयो । कागे्रस र एमालेका नेतारुले पाँचबुदे सहमति अनुसार शान्ति प्रक्रिर्याको काम फटाफट अघि बढेपछिमात्र संविधान निर्माणको काम सहज हुने बताएका थिए । राज्य पुर्नसंरचना सँग सवन्धित विवादवारे छलफलगर्न समितिको बैठक भोली विहान पुनः बस्नेछ ।
काग्रेस र माओवादीको आ–आफ्नो नेतृत्वमा सरकार बन्ने दावी
काठमाडौ, १८ जेठ । एकीकृत नेकपा माओवादी र नेपाली काग्रेसले अब बन्ने राष्ट्रिय सहमतिको संयूक्त सरकार आ–आफ्नो नेतृत्वमा बन्ने निश्चित भएको दावी गरेका छन् । राजधानीमा आज आयोजित साक्षात्कारमा बोल्दै नेपाली काग्रेसका नेता डा रामशरण महत र माओवादी पोटिटब्युरो सदस्य देवेन्द्र पौडेलले आ—आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने दावी गरेका हुन् ।
माओवादीको नेता पौडेलले आफ्नो पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको संयूक्त राष्ट्रिय सरकार गठन हुने निश्चित भईसकेको दावी गर्नुभयो । उहाँले पार्टीभित्र पनि भट्टराईको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने सहमति भईसकेको र त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार रहेको बताउनुभयो । भट्टराईको नेतृत्वमा सहमति बन्ने निश्चित भएको भन्दै पार्टीमा भट्टराईलाई प्रधानमन्त्री बनाउने विषयमा धेरै अघि नै छलफल गरेर टुङग्याई सकिएको पौडेलको दावी छ ।
उहाँले पार्टीभित्र संसदीय दलको नेता समेत भट्टराईलाई नै बनाउने सहमति समेत बनिसकेको खुलासा गर्दै राष्ट्रिय सहमतिको सरकारको ला िगसहमति बन्न सक्ने ब्यक्ती भट्टराई नै भएको जिकिर गर्नुभयो । राष्ट्रिय सहमतिको संयूक्त सरकार गठनको लागी प्रधानमन्त्रीले तत्कालै राजिनामा दिएर सहमतिको बाटो खुल्ला गर्नुपर्नै उहाँको भनाई छ ।
यता नेपाली काग्रेसका नेता डा रामशरण महतले भने कङग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको संयूक्त सरकार गठन गर्न माओवादी नेतृत्व समेत तयार भईसकेकोे जिकिर गर्नुभयो । एमालेको पालो पुगिसकेको र माओवादीले निश्चित सर्त पुरा नगरि सरकारको नेतृत्व गर्ने अवस्था नरहेकाले काग्रेसको नेतृत्वमा सरकार पक्का भएको महतको तर्क छ । पाँच बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने भन्दै महतले सहमति भए पछि राजिनामा दिन्छु भन्नु गलत ब्याख्या भएको टिप्पणी गर्नुभयो ।
बिराटनगरमा युथफोर्स र प्रहरी बिच झडप
मोरङको बिराटनगरमा प्रहरी र युथफोर्सका कार्यकर्ताबिच झडप हुदा ४ जना घाइते भएका छन् । बिभिन्न मुद्धामा जेलमा रहेका अभिषेक गिरीलाई जिल्ला अदालतमा पेश गर्न ल्याउने क्रममा युथ फोर्सका कार्यकर्ताले आक्रमण गर्ने प्रयास गरेपछि झडप भएको हो । व्यक्तिगत रिसिबीका कारण गिरीमाथि युथफोर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ । झडपका क्रममा प्रहरीले १२ राउण्ड गोली समेत प्रहार गरेको थियो । आक्रमणमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा परी घाइतेहरुलाई बिराट नर्सिङ होममा उपचार भइरहेको त्यहाबाट हाम्रा प्रतिनिधीले जनाएका छन् । सुनसरीको झम्कास्थित कारागारमा बस्दै आएका गिरीलाई झडपका कारण अदालतमा पेश नगरी पुनः झुम्का कारागारमै लगिएकोे छ ।
पत्रकार दाहालद्वारा सर्वोच्चमा रिटः
नेपाल पत्रकार महासंघको २३ औ महाधिवेशनमा महासचिवका प्रतिपर्धी रामजी दाहालले पुनः मतगणनाको मागगर्दै आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जिल्ला प्रसाशन कार्यालय काठमाण्डौ, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउले र केन्द्रीय निर्वाचन समितिलाइ विपक्षी बनाएर उहाँले रिट दायर गर्नु भएको हो । उहाँले जिल्ला प्रसाशन कार्यालय काठमाण्डौले गरेको निर्णय पत्रकार महासंघको विधान विपरित भएकोले उत्प्रेषणको आदेशले बदर गरी पुन मतगणनाको माग सहित विपक्षीहरुको नाममा परमादेशको माग गर्नुभएको छ ।
मतगणनाको क्रममा आफ्नो प्रतिनिधि समेत नराखी मतगणना गर्न थालिएकोमा मतगणनाकै क्रममा मत परिणाम घोषणा नहुँदानै मतगणनामा धाँदली भएकोले प्रमुख निर्वाचन अधिकृत समक्ष पुन मत गणना गरी पाउँ भनि विदेशद दिएपनि सुनुवाइ नभएको दाहालको भनाइ छ । गत महिना सम्पन्न महाधिवेशनमा दाहाल अर्का प्रतिष्पर्धी ओम शर्मासंग तीन भोटले पराजीत हुनुभएको थियो ।
लोडसेडिङको बिरोध गर्दै सप्तरीमा स्थानियवासीको प्रर्दशन
लोडसेडिङको बिरोध गर्दै स्थानियवासीले सप्तरीको कल्याणपुरस्थित नेपाल विद्युत प्राधिकरणको उपशाखामा आज तोडफोड तथा ढुंगामुढा गरेका छन् । निरन्तर रुपमा विद्युत आपूर्तिमा कटौती भएपछि आक्रोशित भएका स्थानियवासी हरुको एक समूहले आज बिहानै उपशाखामा गई सो प्रर्दशन तथा ढुंगामुढा गरेका हुन । प्रर्दशन तथा ढुंगामुढाबाट आधा दर्जन सवारी साधनमा क्षती पुगेको प्रहरीले जनाएको छ । प्रर्दशनकारी र प्रहरीबबीच केहीबेर झडप समेत भएको थियो । झडपका क्रममा केही प्रर्दशनकारी समेत घाइते भएका छन् । घाइतेहरुको स्थानिय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रर्दशनका कारण अहिले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि पश्चिमबाट पूर्वतर्फ हिडेका सवारी साधनहरु राजमार्गमै रोकिएका छन् । सडक अवरुद्ध भएपछि यात्रहरु बिचल्लीमा परेका छन् ।
आर्थिक समाचार
नेपाल आउने पर्यटको संख्यामा उच्च बृद्धिः
काठमाण्डौ, जेठ १८ । नेपालमा बन्द हड्तालको सृङ्खलाका बावजुद नेपाल आउने पर्यटकको संख्यामा उच्चबृद्धि भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार गत मे महिनामा हवाइ मार्गवाट नेपाल आउने पर्यटकको संख्या ४७ प्रतिसतले बृद्धि भएको छ । गतबर्षको तुलनामा गएको मे महिनामा ४७ प्रतिसतले बृद्धि भइ ३९ हजार १ सय ७९ पुगेको छ । यसअबधिमा दक्षिण एशियाली मुलुकवाट ७१ प्रतिसत तथा अन्य एसियाली मुलुकवाट ६३ प्रतिसत पर्यटक बढेका छन । नेपाल भ्रमणगर्ने चिनियाँ पर्यटकको संख्या गत बर्षको तुलनामा सत प्रतिसत बढेका छन । यस्तै थाइल्याण्डवाट १३४ प्रतिसत, सिंगापूरवाट ११५ र दक्षिण कोरियावाट ८३ प्रतिसत पर्यटक आगमन बढेको छ । युरोपेली मुलुकवाट १० प्रतिसत, तथा अष्टे«लीयावाट ५३ र न्यूजिल्याण्डवाट १२९ प्रतिसत पर्यटक नेपाल भ्रमणमा आएका छन । सरकारले नेपाल पर्यटनबर्ष घोषणा गरे यता गतबर्षको तुलनामा २३ प्रतिसतले बृद्धि भइ यस अबधिमा २ लाख ८ अजार १३७ पर्यटक हवाइ मार्गवाट नेपाल आएका छन ।

अन्तरष्ट्रिय समाचार
एवटबाट घटनाको जाँच आयोग
पाकिस्तान सरकारले अलकायदाका नेता ओसामा बिन लादेनको हत्यका बिषयमा अनुसन्धानका लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्ने घोषणा गरेको छ । सर्वोच्च अदालतका बरिष्ठ न्यायधिशको नेतृत्वमा गठन हुने सो आयोगले एबटाबादमा पाँच बर्षदेखि लादेन बस्दै आएको सम्बन्धमा पाकिस्तानी सरकार र सेनालाई थाहा भएको वा नभएको बारेमा अध्ययन गर्ने बताइएको छ । यस्तै अयोगले राजधानी नजिकको सो शहरमा लादेनलाई बस्न कसरी सहज भयो भन्ने बारेमा पनि अनुसन्धान गर्ने पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै बिबिसीले जनाएको छ । यसअघि सरकारले लेफ्टिनेन्ट जनरलको नेतृत्वको सैन्य जाँच आयोग गठन गर्ने निर्णय गरेपनि पूर्व प्रधानमन्त्रि नवाज शरीफले स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरेपछि सरकारले यस्तो आयोग गठन गरेको हो । गत मे २ मा अमेरिकी सैन्य कारबाहीमा बिन लादेन मारिएपछि अमेरिकाले पाकिस्तानले उनलाई लुकाएर राखेको आरोप लगाउदै आएको छ ।
खेल समाचार
शहिद स्मारक ए डिभजिन लिग फुटबल
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल प्रतियोगीता अन्तर्गत आजको पहिलो खेलमा अहिले एनआरटीलाई नेपाल आर्मी क्लवले ४—१ ले पराजित गरेको छ । नाटकीय खेलमा आर्मीलदे ३ गोल पेनाल्टीबाट मात्रै गरेको थियो । तनावमा देखिएको एनआरटीका २ खेलाडीले रातो कार्ड खाँदै मैदान छाडेका थिए । विजयी आमीृका लागि सन्तोष नेपाली २ तथा हिरन्य मगर र अमृत बस्नेतले एक–एक गोल गरेका हुन् ।
यसैगरि आजै सम्पन्न अर्काे खेलमा थ्रिस्टारले मनाङलाई १—० ले पाखा लगाएको छ । प्रतिस्पर्धात्मक खेलमा ललितपुरे टोलीलाई जित दिलाउन स्टार स्टा«ईकर राजकुमार घिसिङले खेलको ३७औ मिनेटमा आकर्ष क गोल गरेका थिए ।
उता शसस्त्र प्रहरीको हलचोक स्थीत खेल मैदानमा आजै भएको खेलमा बाँसबारी क्लबले अप्रत्यासित नजिता निकाल्दै रानीपोखरी कर्नर टिम आरसीटीलाई २—० गोलले स्तब्ध पारेको छ । सशक्त मानिएको आरसिटीविरुद्ध बाँसबारीले उत्कृष्ट खेल पस्केको थियो । बाँसबारीका लागि श्याम नेपालीले ५३औ मिनेटमा पहिलो गोल गरेका थिए । १—० ले अग्रता लिएको बाँसबारीलाई जित अन्तर दोब्बर बनाउन खेलको अन्तयमा थपिएको ईन्जुरी समयमा सुजन लिम्बुले एक गोल थपेका थिए ।
No comments:
Post a Comment