नवराज मैनाली
काठमाडौं । मन्त्री हुदाँ कबोल गरेको घुस नदिएको झोकमा सभासद् श्यामसुन्दर गुप्ताले व्यापारी पवन संघाईको अपहरण गरेको खुलेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा वीरगन्जमा पेट्रोल पम्प राख्ने लाइसेन्स दिदा र जग्गा खरिदमा सघाउँदाको सहमतिअनुसारको घु नदिएपछि त्यसैको बदला लिन संघाईलाई अपहरण गरेको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् ।
काठमाडौं । मन्त्री हुदाँ कबोल गरेको घुस नदिएको झोकमा सभासद् श्यामसुन्दर गुप्ताले व्यापारी पवन संघाईको अपहरण गरेको खुलेको छ । वाणिज्य तथा आपूर्तिमन्त्री हुँदा वीरगन्जमा पेट्रोल पम्प राख्ने लाइसेन्स दिदा र जग्गा खरिदमा सघाउँदाको सहमतिअनुसारको घु नदिएपछि त्यसैको बदला लिन संघाईलाई अपहरण गरेको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् ।
ShyamSundar Gupta |
महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार पटक–पटक रकम माग्दा पनि नदिएको र छोराको बिहेमा पैसाको खाँचो परेकाले गुप्ताले संघाईको अपहरण गरेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले गुप्ताकै निर्देशनमा संघाईको अपहरण भएको प्रमाण दिन मंगलबार टेलिफोन र भिडियो रेकर्डसमेत सार्वजनिक गरेको छ । चालक अमिर आचार्यलगायत सबै अभियुक्तले गुप्ताकै अगाडि उनकै निर्देशनमा आफूहरूले संघाईको अपहरणमा सहयोग गरेको बताएका छन् । गुप्ताले भने आफूलाई राजनीतिक प्रतिशोधमा फसाइएको दाबी गरेका छन् ।
पक्राउ परेका सद्भावना अनन्दीदेवीका पार्टी अध्यक्ष तथा सभासद् गुप्तासहित प्रहरीले संघाईलाई उठाउन जानेदेखि फिरौती लिन संलग्न पाँचजनालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । गुप्ताका चालक आचार्य, संघाईलाई उठाउने कामको जिम्मा पाएका गरुढ सेक्युरिटिजका किशोर पाण्डे, काभ्रेको सस्र्युंखर्कमा उनलाई बन्धक बनाउने आकाश लामा र विकास लामालाई प्रहरीले पक्राउ गरेको हो ।
- पुरानो हिसाबकिताब चुक्ता गर्न गुप्ताले संघाईलाई अपहरण गर्ने मानिस, गाडी र ठाउको व्यवस्था गरेका थिए । यसका लागि उनले छुट्टाछुट्टै तीनवटा समूहसमेत तयार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिलो समूह थियो गरुढ सेक्युरिटिजका कर्मचारी ।
अपहरणमा संलग्न गरुढ सेक्युरिटिजका इन्द्र गुरुङसहित दुईजना र काभ्रेको सस्र्युंखर्कमा बन्धक बनाउने सर्लाहीका मिलन लामा, काभ्रेका प्रेम लामा र सिन्धुलीका हरि केसी भने फरार छन् । गुप्ताको निर्देशनमा आफूलाई रेड मधेस आर्मी र डिफेन्स आर्मीको नेता भएको बताउ“दै फिरौतीको बार्गेनिङ गर्ने श्याम गिरी (विक्रान्त सिंह) र अमर थापासमेत फरार रहेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदीले बताए ।
महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौर, इन्सपेक्टर रोशन खड्का, सइ गजेन्द्र रावललगायत प्रहरी अधिकारीको निरन्तर मिहिनेतपछि फिरौती बुझाएको एक सातामै प्रहरीले प्रमुख अभियुक्तसहितका अपहरणकारीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका पा“चै अभियुक्तलाई जिल्ला अदालत काठमाडौंंबाट चार दिन थुनामा राख्ने अनुमति लिएको छ भने सभासद् गुप्ताको पक्राउबारे औपचारिक रूपमा मंगलबार सभामुख सुवासचन्द्र नेम्वाङलाई समेत जानकारी गराएको छ ।
गुप्ताकै स्कर्टिङमा अपहरण
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार संघाई र सभासद् गुप्ताबीच पुरानै चिनजान थियो । दुई वर्षअघि वाणिज्य तथा आपूर्तिमन्त्री भएका वेला पनि सभासद् गुप्ताले संघाई दाजुभाइलाई सहयोग गरेका थिए । गुप्ताकै सहयोगमा पवन र उनका दाइ रतन संघाईले वीरगन्जमा पेट्रोल पम्प राख्ने लाइसेन्स पाएका थिए ।
पछि वीरगन्जकै एक जग्गा खरिदमा पनि गुप्ताले संघाईलाई सहयोग गरेको प्रहरी स्रोतले बतायो । करिब पा“च करोड रुपैया“ पर्ने वीरगन्जको जग्गा मन्त्री गुप्ताकै सहयोगमा संघाईले डेढ करोडमा हात पारेका थिए । ‘त्यसबापत मन्त्री गुप्तालाई ‘कमिसन’ दिने मौखिक सहमति भएको रहेछ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘तर, त्यो रकम नपाएको रिसमा उनले संघाईलाई अपहरण नै गरी मोटो रकम हात पार्ने योजना बनाएको देखिन्छ ।’
पुरानो हिसाबकिताब चुक्ता गर्न गुप्ताले संघाईलाई अपहरण गर्ने मानिस, गाडी र ठाउको व्यवस्था गरेका थिए । यसका लागि उनले छुट्टाछुट्टै तीनवटा समूहसमेत तयार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिलो समूह थियो गरुढ सेक्युरिटिजका कर्मचारी । यो समूहको नेतृत्व किशोर पाण्डेले गरेका थिए । पाण्डेका बारेमा गुप्ताका चालक आचार्यले पहिलेदेखि नै जानकारी राखेकाले २५ हजारमा संघाईलाई बाटोबाट उठाउने जिम्मा दिएका थिए । महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार पाण्डेको समूहले लामो समयदेखि लेनदेन विवादका मानिसलाई उठाउने र त्यसबापत पैसा लि“दै आएको अनुसन्धानमा खुलेको छ ।
सभासद् गुप्ताकै निर्देशनअनुसार पाण्डेले आफ्ना तीन सहयोगी तयार गरेका थिए । प्रहरीले सार्वजनिक गरेको भिडियो टेपका अनुसार संघाईस“गको आफ्नो लेनदेन विवाद रहेको र त्यसका लागि कुरा मिलाउन उनलाई अपहरण गर्न लागिएको गुप्ताले पाण्डेलाई बताएका थिए । अपराध महाशाखाका प्रमुख एसएसपी सुवेदीका अनुसार अपहरण गरिएको दुई साताअघि कमलादीको गणेश मन्दिरमै गुप्ताले संघाईलाई चिनाएका थिए । चिनेपछि पाण्डेले केही दिन नियमित संघाईको बिहानी दैनिकी निगरानीमा राखेर ७ पुसमा अपहरण गरेका थिए ।
प्रहरीका अनुसार बिहान करिब पौने पा“च बजेको समयमा गणेश मन्दिरमा दर्शनका लागि जा“दै गर्दा उनको अपहरण गरिएको थियो । डिल्लीबजार हाइटस्थित घरबाट कमलादीस्थित पुरानो घरमा गाडी पार्किङ गरेर दर्शनका लागि गणेश मन्दिर जा“दै गर्दा उनी अपहरणमा परेका थिए । पाण्डेको समूहका चारजनाले संघाईलाई सडकबाट उठाएर माइक्रोबसमा राखी मुख र आ“खामा टेप लगाएका थिए । अ“ध्यारैमा संघाईलाई नियन्त्रणमा लिई उनीहरूले माइक्रोबसमै कुपन्डोल पु¥याएका थिए । कुपन्डोलमा सभासद् गुप्ताले उनीहरूको प्रतीक्षा गरेका थिए । एसएसपी सुवेदीका अनुसार गुप्ताले संघाईलाई अपहरणको निगरानी भद्रकालीमा बसेर गरेका थिए ।
कुपन्डोलमा पु¥याएर पाण्डेको समूहले संघाईलाई आकाश र विकास लामालाई जिम्मा लगाएको थियो । कुपन्डोलमा संघाईलाई लैजान रातो टाटासुमो जिपको व्यवस्था गरिएको थियो । गुप्ताले नै व्यवस्था गरेको गाडीमा राखेर उनीहरूले संघाईलाई काभ्रेको सस्र्युंखर्क पु¥याएका थिए । जगाती, बनेपा हु“दै उनीहरूले सस्र्युंखर्क पु¥याएकोमा धुलिखेलसम्म सभासद् गुप्ताले नै उनीहरूलाई स्कर्टिङ गराएका थिए । संघाईको आ“खा र मुखमा टेप लगाइएकाले उनले स“गैको गाडीमा भए पनि गुप्ताको पहिचान गर्न सकेका थिएनन् ।
विकास, आकाशबाहेक मिलन लामा, प्रेम लामा र हरि केसीले सस्र्युंखर्क लामागाउ“स्थित माइला लामाको घरमा लगेर संघाईलाई बन्धक बनाएका थिए । यसरी दोस्रो समूहलाई बन्धक बनाउने जिम्मा दिएपछि गुप्ताले तेस्रो समूहलाई परिचालन गरी फिरौती उठाउन लगाएका थिए । फिरौती उठाउने जिम्मा श्याम गिरी र अमर थापालाई दिइएको थियो ।
प्रहरीका अनुसार अपहरणकै दिन दिउ“सो संघाईको मोबाइलमा फोन गरेर उनीहरूले तराई रेड आर्मीले उनको अपहरण गरेको बताएका थिए । भोलिपल्ट बन्धक बनाइएका संघाईको आवाज उनीहरूले फोनमार्फत परिवारलाई जानकारी गराएका थिए ।
सुरुमा उनीहरूले २५ करोड फिरौती मागेको प्रहरीले जनाएको छ । आफूलाई रेड मधेस आर्मीको महासचिव विक्रान्त सिंह भएको बताउ“दै गिरीले हिन्दी भाषामा संघाईका आफन्तस“ग कुरा गरेको प्रहरीले जनाएको छ । अपहरणलगत्तै उनले हिन्दी भाषामा संघाईका आफन्तस“ग फिरौतीका लागि गरेको बार्गेनिङको टेलिफोन संवाद प्रहरीले पत्रकार सम्मेलनमा सुनाएको थियो । प्रहरीका अनुसार आफू डिफेन्स आर्मीको प्रमुख लामा भएको बताएरसमेत फिरौतीका लागि बार्गेनिङ भएको थियो । ‘उनीहरूले कहिले वीरगन्ज, कहिले रक्सौल त कहिले गोरखपुरबाट फोन गरेर फिरौतीको बार्गेनिङ गरेका थिए,’ एसएसपी सुवेदीले भने, ‘नेपाली र भारतीय दुवै फोन नम्बरबाट धम्काएर फिरौती मागिएको थियो ।’
तराईका क्षेत्रबाट फोन आएपछि प्रहरीले सुरुमै वीरगन्जमा अनुसन्धान केन्द्रित गरेको थियो । तर, फरक–फरक नम्बरबाट फोन गरिएपछि प्रहरीले त्यसवेला केही पत्ता लगाउन सकेन । फिरौतीको बार्गेनिङ चलिरह्यो र अपहरणमा परेका व्यापारीको ज्यानको सुरक्षालाई पनि ध्यानमा राखेर प्रहरीले त्यसमा बढी ध्यान दिएन । संघाईको घरमा आएका फोनमाथि भने निगरानी गरिरहेको थियो । त्यसमा पहिले नै सभासद् गुप्ताको संलग्नताको संकेत प्रहरीले पाएको स्रोतको दाबी छ ।
२७ पुसको बिहानै संघाई फिरौती बुझाएर घर फर्किएपछि प्रहरीले अनुसन्धानमा तीव्रता दिएको थियो । स्रोतका अनुसार अपहरणकारीको केही शंकास्पद फोन नम्बर प्रहरीले पहिले नै लिइसकेको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दै जा“दा आकाश लामा पक्राउ परेका थिए । उनले जुन नम्बरबाट अपहरणमा संलग्न अन्य व्यक्तिलाई फोन गरेका थिए, त्यही नम्बरबाट श्रीमतीलाई फोन गरेका थिए । सोही आधारमा उनलाई प्रहरीले १ माघमा हेटौंडाबाट पक्राउ गरेको थियो ।
उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले सभासद् गुप्तामाथि पनि अनुसन्धान थालेको थियो । पक्राउ परेपछि उनीहरूलाई प्रहरीको निगरानीमा गुप्तालाई फोन गर्न लगाइएको थियो । सो कुराकानीमा उनीहरूले पैसा सिद्धिएकाले आफूहरूलाई पैसा दिन गुप्तालाई नारायणगढ बोलाएका थिए । तर, गुप्ताले घरमै आउन आग्रह गरेका थिए । मोटरसाइकलमा तेल नभएको बताउ“दासमेत गुप्ताले बसमा आउन निर्देशन दिएका थिए । उनीहरूलाई गुप्ताले ३० लाख दिने सहमति गरेका थिए । तर, ४÷४ लाख मात्र पाएकाले बा“की रकम दिन भन्दै फोनमा कुराकानी गराइएको थियो । नारायणगढ बोलाएर गुप्तालाई पक्राउ गर्ने प्रहरीको योजना थियो । तर, उनी नआएपछि सोमबार सिद्धार्थनगरस्थित गुप्ताकै घरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘गुप्ताकै निर्देशनमा २५ करोडबाट फिरौतीको बार्गेनिङ भएकोमा एक करोडमा सहमति भएको देखिन्छ,’ एसएसपी सुवेदीले बताए । तर, त्यसमध्ये ८५ लाखमात्र गुप्ताले पाएका थिए । गुप्ताका चालक आचार्यले डिल्लीबजार अमृतभोगबाट फिरौती रकम लिएका थिए । ‘उनीहरूले नै दुईवटा झोलामा पैसा ल्याएर गाडीमा राखिदिए, मैले त्यो रकम लगेर उहा“लाई दिएको हु“,’ भिडियो रेकर्डमा आचार्यले बताएका छन् । एक करोड रुपैया“ फिरौतीमा सहमति भए पनि ८५ लाख मात्र पाएको र बा“की रकमबारे सहमति भएको वा झुक्याइएकोे खुल्न सकेको छैन । फिरौती रकम पाएपछि गुप्ताले संघाईलाई उनकै घरनजिकै लगेर छोडिदिन आकाश र विकासलाई निर्देशन दिएका थिए ।
यसरी भयो फिरौतीको बाडफाड
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार गुप्ताले २० लाख फिरौती रकम भने बा“डिसकेका छन् । ४÷४ लाख आकाश र विकासले लिएका थिए । आकाश लामा गुप्ताका पुराना सहयोगी भएको प्रहरी अधिकारी बताउ“छन् । सद्भावना आनन्दीदेवीकै सरिता गिरीस“ग विवाद हु“दा लामाले गुप्तालाई सहयोग गरेका थिए । लामा ललितपुर युवा संघका नेतासमेत हुन् । ललितपुर नै भएकाले गुप्ता र लामा नजिकिएका थिए ।
पहिला पनि आनन्दीदेवीलाई बेपत्ता बनाएको आरोपमा मन्त्री रहेका वेला गुप्ताविरुद्ध प्रहरीमा अपहरण जाहेरी परेको थियो । त्यसवेला लामा उनका दाहिने हात भएको प्रहरी स्रोतको भनाइ छ । यसकारण अपहरणमा उनलाई नै विश्वास गरेर गुप्ताले महŒवपूर्ण जिम्मेवारी दिएका थिए । लामाले भने आफ्नो लेनदेन विवाद मिलाउनका लागि मात्र संघाईलाई अपहरण गरेको र सहमतिमा उनले हस्ताक्षर गरेपछि छोडिदिने र आफूहरूलाई पैसा पनि दिने सहमति भएको प्रहरीको बयानमा बताएका छन् ।
त्यसैगरी अपहरणको जिम्मा लिएका पाण्डेलाई केही दिनपछि सहमतिअनुसार गुप्ताले २५ हजार रुपैया“ खाममा राखेर पठाएका थिए । फिरौतीबापतको अन्य ६५ लाख रुपैया“ उनकै साथमा रहेको प्रहरीको आशंका छ ।
अपहरणकारीको पहिचान नहोस् भनेर गुप्ताले फरक–फरक समूहलाई परिचालन गरेको प्रहरी अधिकारीहरू बताउ“छन् । अपहरणमा कसैबाट गल्ती होला भनेर गुप्ताले आफै“ले निरन्तर निगरानी गरेका थिए । संघाईलाई बन्धक बनाइएको काभ्रेको घरमा समेत उनी निगरानीका लागि दुईपटक पुगेको प्रहरीको भनाइ छ ।
संघाइ अपहरण घटनाक्रम
- मंसिर अन्तिम साता - अपहरणकारी किशोर पाण्डेलाई गुप्ताद्धारा संघाईको पहिचान
- ७ पुस - कमलादी गणेशमन्दिरबाट अपहरण
- ८पुस - अपहरीत संघाईको रेकर्ड गरिएको आवाज परिवारलाई फोनमा सुनाइयो
- ९पुस - मार्ने धम्की दिदै २५ करोड फिरौती माग
- १२ पुस - मधेस रेड आर्मी र डिफेन्स आर्मीले अपहरण गरेको भन्दै फेरी २५ करोड फिरौती माग्दै धम्की
- १५ पुस - बिक्रान्त सिंह र लामाजी भन्ने व्यक्तिद्धारा २० करोड फिरौती माग
- २५ पुस - एक करोड फिरौती रकममा सहमति
- २७ पुस - फिरौती तिरेर संघाई रिहा
- १ माघ - अपहरणका दुई अभियुक्त आकाश र विकास लामा पक्राउ
- २ माघ - अपहरणका नाइके सभासद् गुप्ता र उनका चाल पक्रा
- ३ माघ - प्रहरीद्धारा अपहरणकारी सार्वजनिक, अदालतमा म्याद थप
No comments:
Post a Comment