तीनदलका शीर्ष नेताको बैठक आजपनि निश्कर्षहीनः
काठमाण्डौँ, ११ जेठ । संविधानसभाको म्याद सकिन तीनदिन बाकी रहदा समेत म्याद थपको बिषयलाइ लिएर दलहरुबीच आज भएका वार्ता र छलफल निश्कर्षमा पुग्न सकेका छैनन । संविधानसभाको म्याद थप र माओवादी जनसेनाका लडाकु समायोजनका विषयमा सहमति कायम गर्न आज बसेको तीन दलका शीर्ष नेताको बैठक ठोस सहमति विनानै सम्पन्न भएको छ । राजधानीको गोर्कण फरेष्ट रिर्साेटमा झण्डै तीन घन्टासम्म चलेको शिखर वार्ताले दलहरुबीच राष्ट्रिय सहमती जुटाई संविधान सभाको म्याद थप र लडाकु समायोजन कार्य अघि बढाउने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।
बैठकमा मुख्यतः कङग्रेसले प्रस्तुत गरेको १० बुँदे मार्गचित्र र दलहरुले आन्तरिक रुपमा तयार पारेका राष्ट्रिय सहमतीका प्रस्तावनाहरुमा केन्द्रित रहेको बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिनुभयो । दलहरुबीच खुलेर सबै विषयमा छलफल भएको र राष्ट्रिय सहमती जुटाउनुपर्नै विन्दुमा तीनै दल एकमत रहेको जनाईएको छ । आजको बैठकले दलहरुबीच केही समययता बढ्दै गएको विमतीहरुलाई साघुँराउँदै लगेको र छलफल सकारात्मक रुपमा अघि बढेको प्रकाशले बताउनुभयो । उहाँका अनुसार तीनै दल संविधान सभााको म्याद थपका लागि सहमतीको नजिक पुगिसकेका छन् ।
कङग्रेसले प्रधानमन्त्रीको राजिनामा वा माओवादी लडाकुहरुको हतियार जेठ १४ अगावै राव्यलाई बुझाउनुपर्ने आफूहरुको स्पष्ट अडान रहेको भन्दै सो कार्य नभए संविधान सभाको आयू लमबाउने पक्षमा आफूहरु नरहेको स्पष्ट पारेको थियो । कङग्रेसको सो अडानपछि माओवादीले पनि जेठ १४ अगावै हतियार बुझाउन असम्भव भएपनि शान्तिप्रक्रियाका बाँकी कामहरु अघि बडाउन आफूहरु तयार रहेको बताएपछि छलफलले सकारात्मक मोड लिएको थियो । शीखर बैठकमा भएको सहमती अनुसार मओवादीले तत्काल कब्जा गरिएका सम्पत्ती फिर्ता,वाईसिएलको अर्धसैन्य संरचना भङग लगायतका कार्यहरु अघि बढाउनुपर्नैछ ।
संविधान सभाको म्याद सकिन केही दिनमात्र बाँकी रहेकाले शीर्ष नेताहरु पुन जतिसकदो चाँडो छलफलमा जुट्ने र राष्ट्रिय सहमती खोज्ने माओवादी उपाध्यक्ष प्रकाशको भनाई थियो । रिसोर्टमा भएको बैठकमा सुरुवातमा तीन दलबीच छलफल भएपनि दलहरु आ—आफ्नै अडानमा कायम रहेपछि पुन द्धिपक्षीय छलफलहरु भएका थिए । द्धिपक्षीय छलफलहरुले विवादलाई केही खुम्चाएपछि पुन तीन दलको र अन्त्यमा शीर्ष नेताबीच मात्रै पनि छलफल भएको थियो । अब हुने छलफलको मिती र स्थान भने शीर्ष तीन नेताले नै तय गर्ने जनाईएको छ ।
आजको शिखर बैठकमा प्रधानमन्त्री एब एमाले अध्यक्ष झलनाथ खनाल, माआबोदीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कग्रेश सभापति सुशील कोइराला लगायत तीनै पार्टीका शीर्ष तहका नेताहरुको सहभागीता रहेको थियो ।

संविधान संशोधन प्रक्रिर्यामा तेस्रो दिनपनि विपक्षी दलको विरोधः
काठमाण्डौ, जेठ ११ । सरकारले एकलौटी रुपमा संविधानसभाको म्याद थपगर्न संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै नेपाली कांग्रेस र मधेशवादी मोर्चा लगायतका प्रतिपक्षि दलहरुले संसदमा विधेयक प्रस्तुत गर्न आज तेस्रो दिन समेत अवरोध गरेका छन् । सरकारले आफूहरुसँग सहमति नगरी म्याद थपको प्रस्ताव ल्याएको भन्दै कागे्रस लगायतका दलहरुले संसदमा उभिएर उनिहरुले अवरोध गरेका हुन् ।
बैठकमा सभामुखले संविधान संशोधन विधेयक सम्बन्धी कार्यसूचीमा प्रवेश गराउने समयमा कागे्रस लगायत विपक्षी सभासदहरु उठेर विरोध जनाएका थिए । कांग्रेसका प्रमुख सचेतक लक्ष्मण प्रसाद घिमिरेले संविधानसभाको म्याद थपकालगि आफूहरुले राखेका माग संवोधनतर्फ सरकार र सत्तारुढ दलहरुले कुनै प्रतिबद्धता नजनाएकोले प्रक्रिर्या अगाडि नबढाउन आग्रह गर्नुभयो ।सभामुखले संसदको नियमित कार्वाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेपनि कागे्रसले प्रक्रिर्या अगाडि बढ्न नदिने बताएपछि सभामुखले कार्यसूचीवाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइ बैठक भोली सम्मकालागि स्थगित गर्नु भएको हो ।
यसअघि हिजो र सोमबारको बैठकमा समेत कागे्रसले उक्त प्रस्तावप्रति विरोध जनएको थियो । त्यसअघि बैठकको सुरुमै समय माग गरे बोल्दै राप्रपा नेपालका सभासद् चन्द्र बहादुर गुरुङले आफ्नो दलले दर्ता गराएको विरोधको सुचनामाथि प्रकृया अघि नबढाइएको भन्दै नियमापत्ति जनाउनुभयो । उहाँले संविधानसभाले संविधान बनाउन नसक्ने पुष्टि भइसकेका कारण नयाँ जनादेशमा जानुपर्ने धारणा राख्नुभयो ।
राप्रपा नेपालले संविधानसभाको म्याद थप गर्ने सरकारी प्रस्तावमा असहमति जनाउँदै विरोधको सुचना दर्ता गराएको छ । संसदको आजको बैठकमा विधायन समितिमा यशोदा गुरुङ सुवेदीले फोहोरमैला ब्यवस्थापन विधेयक समवन्धि समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
मन्त्रीपरिषद बैठक : ठूला जलविद्युत परियोजनाहरुलाई विशेष सुरक्षा प्रदान गर्ने
सरकारले मूलुकमा संचालित ठूला जलविद्युत परियोजनाहरुलाई विशेष सुरक्षा प्रदान गर्ने भएको छ । पछिल्लो समयमा मूलुकमा संचालित मेघा प्रोजेक्टमाथि भएका आक्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।
मन्त्रीपरिषदको आज साँझ बसेको बैठकले यस्तो निर्णय गरेको बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता गंगालाल तुलाधरले जानकारी दिनुभयो । साथै सरकारले बन्द हडतालबाट प्रभावित हुन नदिन विद्यालयलाई शान्ति क्षेत्र समेत घोषणा गरेको छ । दैनिक जसो हुने गरेका बन्दका कारण विद्यालयहरु समेत ठप्प हुन थालेपछि सरकारले यस्तो व्यवस्था गरेको हो । बैठकले विद्यालयका बसलाई एम्बुलेन्स सरह मान्यता दिने निर्णय गरेको छ । मूलुकभर संचालित विद्यालयका सवारी साधनमा एकै प्रकारको रङ प्रयोग गर्न लगाउँने निर्णय पनि मन्त्रीपरिषदको आजको बैठकले निर्णय गरेको छ । साथै बैठकले सार्वजनिक यातायातका साधनमा छात्रालाई सिट आरक्षणको व्यवस्था गर्नेे पनि निर्णय गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा बलराम तिमल्सीना र नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा गणेश भण्डारीलाई नियुक्त गरेको मन्त्री तुलाधरले जानकारी दिनुभयो । सरकारले गणतन्त्र दिवसको उपल्यक्ष पारेर राजधानीको टेकुमा गणतन्त्र स्तम्भ निर्माण गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
सर्वोच्चद्धारा ६ महिनामात्र म्याद थप
सर्वोच्च अदालतले संविधानसभाको कार्यकाल ६ महिना भन्दा बढि थप गर्न नपाउँने फैसला गरेको छ । संविधानसभाको म्याद थप सम्बन्धमा परेको रिटको आज फैसला गर्दै सर्वोच्चले यस्तो निर्णय गरेको हो । दलहरु संविधानसभाको म्याद थप गर्न सहमतिको प्रयास गरिरहेको बेला प्रधानन्यायधिस खिलराज रेग्मी सहितका पाँच जना न्यायधीसहरुको संयुक्त इजलासले आज फैसला गरेको हो । साथै सर्वोच्चले म्याद थप्ने कार्य बदर गर्न परेको रिटलाई खारेज समेत गरेको छ ।
भत्ता नलिने शर्तमा म्याद थपौ—प्रचन्ड
काठमाडाँै, ११ जेठ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले सभासदहरुले भत्ता नलिने शर्तमा संविधान सभाको म्याद थप गर्न प्रस्ताव गर्नुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा प्रचन्डले नेपाली जनता विवेकशील र माफी दिनसक्ने भएको भन्दै भत्ता नलिने शर्तमा म्याद थपमा सघाउ पुराउने बताउनुभयो । एबिसी टेलिभिजन र सर्वहारा कोषद्वारा आज राजधानीमा आयोजित खुला राजनीतिक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचन्डले अब संविधानसभाको म्याद थप्दा अन्तिम पटक भनेर थप्नुपर्ने र थपिएको अवधिको भत्ता नलिने गरी म्याद थप्छौँ भन्ने व्यवस्था गरिनु उपयुक्त हुने धारणा राख्नुभयो ।
संविधानसभाले सक्रियातापूर्वक काम गरिरहेको र शान्ति प्रक्रियाको काम अघि बढिरहेको अवस्थामा नेपाली काँग्रेसजस्तो पार्टीले संविधानसभाको म्याद नथप्ने निर्णय गर्ला भनेर विश्वास नलागेको उहाँको भनाई थियो । उहाँले अहिलेको राजनीतिक सङ्कट आजभोलि नै एउटा निष्कर्षमा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
संविधान लेखनका क्रममा देखिएका करिब २५० विवादमध्ये अधिकांश समाधान गरी २०÷२२ वटामा ल्याइएको, अनमिन गएपछि माओवादी सेनालाई विशेष समिति मातहत ल्याइएको, समायोजनको लागि नेपाली सेनाको प्रस्तावमा पार्टीले सकारात्मक ठह¥याएको र पार्टीले निर्णय गरेर पार्टीको नीति शान्ति र संविधानको कार्यदिशा बनाएको उहाँले उल्लेख गर्नुभयो । माओवादी सेना समायोजना तथा पुनस्र्थापनासम्बन्धी कार्ययोजनको खाका अब बस्ने विशेष समितिको बैठकमा राख्ने जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा नेपाली काँगेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रिया कार्यान्वयन नगरी त्यसै अल्झाएर राख्नुको कुनै औचित्य नभएको भन्दै शान्ति र संविधान सुनिश्चित नभए संविधानसभा भनेर मात्र बस्दा जनता वाक्क भएको टिप्पणी गर्नुभयो । काँग्रेसले अघि सारेको शान्ति प्रक्रियासम्बन्धी दसबुँदेका कुरामध्ये तत्काल गर्न सक्ने अहिले र बाँकी कुरा क्रमबद्ध रूपमा गर्ने गरी कार्ययोजनको सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै नेता पौडेलले दसबुँदे मार्गचित्रबाटै राष्ट्रिय सहमति बन्नुपर्नै अडान ब्यक्त गर्नुभयो । “त्यसको लागि सबैभन्दा ठूलो पार्टीको हैसियतले माओवादी र त्यसका अध्यक्ष प्रवुद्ध नेता पुष्पकमल दाहाल सहयोगी हुनुहुनेछ,” नेता पौडेलले भन्नुभयो ।
मधेसी जनअधिकार फोरमका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधानसभाका काम ९० प्रतिशत सकिएको र शान्ति प्रक्रियाको कामले गति लिएको अवस्थामा नेपाली काँग्रेस र माओवादी जिम्मेवार हुने हो भने देशले अर्को मोड लिने बताउनुभयो । उहाँले विदेशी नोट बाँडेर पार्टी आफ्नो पार्टी फोड्ने काम भएको भन्दै यो कार्य राष्ट्र, शान्ति र संविधान विरोधी षड्यन्त्र हो भन्नुभयो ।
कार्यक्रममा नागरिकका समाजका श्याम श्रेष्ठ, दमननाथ ढुङ्गाना र रेणु राजभण्डारीले थपिएको एक वर्षको अवधिमा काम हुन नसकेकोमा जनतासमक्ष नेताहरुले क्षमायाचना गर्नुपर्नै धारणा राख्नुभयो ।
सभामुखको असन्तुष्टि
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वांगले संविधान सभाको म्याद सकिंनै लाग्दा पनि दलहरु विचका विवाद कायमै रहेको प्रती असन्तुष्टि व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनीयनको ज्ञापनपत्र वुझ्दै सभाध्यक्ष नेम्वाङ्गले यस्तो असनतुष्टि व्यक्त गर्नुभएको हो । शान्ति प्रकृया र सरकार निर्माणमै दलहरु अल्झेकोले संविधान सभा प्रभावित भएको भन्दै उहाले गत जेठ १४ गते दलहरुविच भएको तीन वुँदे सहमती पुर्ण रुपमा कार्यान्वयन नहुँदा पुन म्याद थपको अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो । दलहरुले थप गंभिर वनेमा संविधान निर्माण प्रकृयाले गती लिने विश्वास व्यक्त गर्दै दलहरुविचका विमती सम्वादको माध्यमवाट हल गर्न आग्रह गर्नुभयो ।
संविधान सभाको म्याद थप भएको समय वित्न लाग्दापनि दलहरु संविधानलाई भन्दा अन्य प्रकृयामा रुमल्लिएकोले निर्धारीत समयमा संविधान जारि गर्न नसकिएको प्रती उहाँले चिन्ता व्यक्त गर्नुभयो । युनीयनले ज्ञापनपत्र मार्फत शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पु¥याएर प्रेस स्वतन्त्रता सहितको संविधान जारि गर्ने वातावरण वनाउन जोड दिएको छ । युनयिनले दवाव स्वरुप संकलन गरेको हस्ताक्षर समेत सभाध्यक्षलाई वुझाएको छ ।
बत्ती बलिरहन्छ—उर्जामन्त्री
काठमाडौ, ११ जेठ । उर्जामन्त्री गोकर्ण विष्टले निर्माणाधिन जलविद्युत आयोजनामा अवरोध र आक्रमण गर्नेहरु जुन सुकै पार्टीको भए पनि उन्मुक्ती नपाउने स्पष्ट पार्नुभएको छ । राजनधानीमा आज आयोजित एक अन्र्तक्रियामा मन्त्री विष्टले आयोजना निर्माणमा अवरोध गर्ने र आक्रमण गर्नहरु जुनसुकै पार्टी र ओहोदाको भए पनि सरकारले कारवाही गर्नै दृढटा जनाउनुभयो । सरकारले निर्माणाधिन आयोजनाहरुको सुरक्षाकोलागी ठोस योजना ल्याउन सरकारले सुरक्षा निकायलाई निर्देशन दिईरहेको जानकारी दिदै माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भएको आक्रमणको विषयमा सरकारले छानविन सुरु गरिसकेको र दोषि पत्ता लगाई कारवाही गरी छाड्ने बताउनुभयो ।
उहाँले विद्युत प्राधिकरणको सम्पत्ति माओवादीका कार्यकर्ताहरुले सत्र जिल्लामा कब्जा गरेको जानकारी दिदै सरकारले कब्जा हटाउन पनि प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो । राजधानीको बालाजुमा रहेको प्राधिकरणको सम्पत्तिलाई कब्जा मुक्त गर्न सरकारले तीस दिनको अल्टिमेटम दिईसकेको जानकारी दिदै विश्टले सो अवधीमा कब्जा नछाडे ३१ औ दिनमा सरकारले बल प्रयोग गरेर त्यहाँबाट कब्जा गर्नेलाई हटाउने दावी गर्नुभयो । केही दिनभित्रै थप लोडसेडिङ घट्ने जानकारी दिदै उहाँले उर्जा संकट अन्त्य गर्न सरकारले दुई महिनाभित्रै ५ सय मेघावाटको जलविद्युत आयोजनाहरुको निर्माण सुरु गर्ने योजनामा काम गरिरहेको बताउनुभयो ।
साक्षात्कारमा पूर्व उर्जामन्त्री डा प्रकास शरण महतले विदेशी लगानीको आयोजनामा सत्तारुढ दलहरुबाटै आक्रमण हुनु दुर्भाग्य पूर्ण अवस्था भएको भन्दै यस्ता क्रियाकलापले विदेशी लगानी आर्कषित नगर्ने चेतावनी दिनुभयो ।
राप्रपा नेपाल द्धारा सबिधानसभा घेराउ
कडा सुरक्षाका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज नयाँ बानेश्वरस्थित संबिधानसभा भबन घेराउ गरेको छ । राप्रपा नेपालले गरेको घेराउका कारण राजधानीको अति व्यस्त ठाउँ नयाँ बानेश्वर लगायत आसपासका क्षेत्रहरुको यातायात करिब २ घन्टासम्म अवरुद्ध भएको थियो । संबिधान सभाको बिघटन गरी नयाँ जनादेशमा जानुपर्ने बताउदै आएको राप्रपा नेपालले संबिधान सभाको म्याद नथप्न दबाब दिन संबिधान सभा भवन घेराउ गरेको हो । घेराउका क्रममा जिल्ल प्रशासजन कार्यलयले तोकेको निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरी र राप्पा नेपालका कार्यकर्ताबीच केहीबेर घम्साघम्सी समेत भएको छ ।
उता शान्ति र संविधानका लागि राष्ट्रिय सहमति कायम गर्न माग गर्दे पेसागत सङ्घसंस्थाको सञ्जाल पापड दाङले आज बिहान यहाँ प्रदर्शन गरेका छन् । पापडमा आबद्ध संस्थाहरु नेपाल पत्रकार महासङ्घ दाङ, नेपाल बार एसोसिएसन, नेपाल शिक्षक युनियन, नेपाल प्राध्यापक सङ्घ र नेपाल चिकित्सक सङ्घ दाङको संयुक्त आयोजनामा ¥याली प्रर्दशन गरेका हुन् । रेडियो स्वर्गद्वारी एफएम घोराहीबाट सुरु भएको प्रर्दशन तुलसीपुर चोक, दामोदर चोक हँुदै पुनः सोही ठाउँमा आई कोणसभामा परिणत भएको थियो । साथै भानुचोक, दामोदर चोक, ट्राफिक चोकमा पनि कोणसभा गरिएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले शान्ति र संविधान प्रक्रियालाई टुङ्गोमा पु¥याउन दलहरु सहमतिमा आउनुपर्ने बताएका थिए ।
राष्ट्रपतिद्वारा सम्मेलन उद्घाटन
सातौँ सार्क नाक कान घाँटी चिकित्सक सम्मेलन आज बाट राजधानीमा सुरु भएको छ । नेपाल नाक कान घाँटी चिकित्सक समाजको आतिथ्यतामा आयोजित सो सम्मेलनको एक समारोहका बिच राष्टपति डा रामबरण यादबले उदघाटन गर्नु भयो । सम्मेलनमा सार्क मुलुकलगायत संयुक्त राज्य अमेरिका, बेलायत, थाइल्यान्ड, जापान, सिङ्गापुर आदि १४ देशका करिब ६५० चिकित्सकले भाग लिइरहेका छन् । नाक, कान र घाँटी उपचारका लागि विकसित देशमा भएका नयाँ प्रविधि एवम् चिकित्सकका ज्ञानलाई विकासोन्मुख देशहरूमा कसरी पु¥याउने भन्ने मुख्य उद्देश्यले आयोजित सो सम्मेलन तीनदिनसम्म चल्नेछ ।
सम्मेलनमा नेपालको सहर केन्द्रित नाक कान घाँटी विशेषज्ञ सेवालाई ग्रामीण र विपन्न जनताको पहुँचसम्म पु¥याउने एवम् विस्तार रणनीतिबारे छलफल गरिनेछ ।हरेक दुई–दुई वर्षमा हुने यो सम्मेलन नेपालले तेस्रोपटक आयोजना गरेको हो । राष्ट्रपति डा यादवले सार्क देशहरूमा नाक, कान र घाँटीसम्बन्धी रोग समान समस्याका रूपमा रहेकाले ती रोगलाई निदान गर्न सामूहिक प्रयत्नको खाँचो रहेको बताउनुभयो । बढ्दो धूमपानका कारण सार्क देशहरूमा नाक, कान र घाँटीसम्बन्धी रोगीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको सम्मेलनमा जानकारी गराइएको थियो ।
हिन्दु आन्दोलन
दाङ, ११ जेठ । नेपाल हिन्दु राष्ट्र हुनुपर्ने लगायत विभिन्न ४ वुदे माग राख्दै विश्व हिन्दु महासंघले आज र भोली मध्यपश्चिम वन्दको आह्वान गरेको छ । महासंघद्धारा आव्हान गरिएको बन्दको प्रभाव मध्यपश्चिमका जिल्लाहरुमा आंशिक रुपमा देखिएको छ । वन्दका कारण दाङमा आज यातायातका साधनहरु फाट्टफुट्ट मात्रै चलेका छन् भने पसलहरु पनि कम खुलेका छन् । वन्दले बर्दीया, सुर्खेत लगायतका जिल्लाहरुमा पनि सामान्य प्रभाव परेको छ । दाङवाट लामो दुरीमा चल्ने यातायातका साधनहरु चलेका छैनन् । छोटो दुरीका यातायातका साधनहरु भने फाट्ट फुट्ट चलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बन्दले नेपालगञ्जमा भने प्रभाव परेको छ । नेपालगन्जबाट छुट्ने लामो तथा छोटोदुरीका कुनैपनि सवारी साधानहरु चल्न सकेका छैनन् । यस्तै उद्योग कलकारखाना, शिक्षण संस्था, बजारपनि वन्द भएको वाँके प्रहरीले जनाएको छ । नेपाल हिन्दु राष्ट्र हुनुपर्ने, गौबध पूर्णरुपमा बन्द हुनुपर्ने, मुलुकमा भईरहेको धर्म परिवर्तन बन्द गरिनु पर्ने र अज्ञात ग्रन्थहरुको वितरणमा रोक लगाउनु पर्ने माग गर्दै बन्द आह्वान गरिएको महासंघले जनाएको छ ।
चमेरिया जलबिद्युत आयोजना बन्द
निमार्ण सामग्रीको अभाब देखाउदै चिनिया ठेकेदार कम्पनी चाइना वाटर एण्ड गेजुवा कम्पनीले चेमेलीया जलबिद्युत आयोजना निर्माण कार्य आज देखि बन्द गरेको छ । पेट्रोलियम पदार्थ र निमार्ण सामग्री खरिद गर्न रकम अभाब भएको भन्दै चिनीया कम्पनीले निर्माण कार्य बन्द गराएको हो । अघिल्लो साता स्थानीय बासिन्दाले बिभिन्न माग राखि तालाबन्दी गरेको उक्त आयोजना खोलिएको केहि समय पछि नै निमार्ण कम्पनीले पुनः काम बन्द गरेको हो । चमेलीया निर्माणमा ७५ प्रतिशत प्राधिकरण र २५ प्रतिशत नेपाल सरकारको लगानी रहेको छ ।
अन्तराष्टिय समाचार
लुफ्थान्जाका १५० उडान रद्द हुने
फ्र्यान्कफर्ट, जर्मनी, ११ जेठ । आइसल्यान्डको ज्वालामुखीबाट उडेको खरानीका कारण जर्मनीको प्रमुख विमान सेवा लुफ्थान्जा एयरलाइन्सले आजका १५० उडान रद्द गरेको छ । उत्तरी बन्दरगाह ब्रेमेन र ह्याम्बर्गका विमानस्थल पनि बन्द भएको स्थानीय समय अनुसार अपरान्ह तिरमात्र खुल्ने अन्तरष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । हिजो जर्मनीका हवाई सुरक्षा विज्ञहरूले खरानीबाट विमानका इन्जिनमा पर्ने खतराका कारण उत्तरी जर्मनीमा विमानस्थलहरू बिहानैदेखि बन्द गर्ने बताएका थिए । तर युरोपियन कमिसनले आइसल्यान्डको ग्रिम्स्भोएटन ज्वालामुखीबाट उडेको बादलका कारण युरोपभरी व्यापक रूपमा विमान सेवा बन्द नहुने अपेक्षा गरेको छ । आइसल्यान्डको सबभन्दा सक्रिय ज्वालामुखी शनिबार भएको विस्फोट कम्तीमा पनि एक शताब्दीकै सबैभन्दा डरलाग्दो भएको बताइएको छ ।
यमनमा सरकार बिरोधी प्रर्दशन थप चर्किया, सुरक्षाकर्मी र प्रर्दशनकारी बिच भएको झडपमा ३८ जनाको मृत्यु
यमनमा सरकार विरोधी प्रर्दशनले थप हिसात्मक रुप लिएको छ । राजधानी सानामा सुरक्षा बल र प्रर्दशनकारी बिच हुदाँ कम्तीमा ३८ जनाको मृत्यु छ । मृत्यु हुनेमा २४ जना प्रर्दशनकारी र अन्य सुरक्षाकर्मी रहेको छन । तीन महिना पहिले टियुनिशिया र इजिप्टमा भएको सरकार बिरोधी आन्दोलनले सत्ता परिवर्तन गराए पछि त्यस बाट प्रभाबित भई बिपक्षीहरुले राष्टपतिको राजीनामा सँगै र राजनितीक सुधारको माग राख्दै प्रर्दशन गर्दै आएका हुन ।राष्टपति अली अब्दुल्लाह सालेह सन १९७८ देखि सत्तामा रहदै आउनुभएको छ ।

खेल समाचार
सहिद स्मारक ए डिभिजन लिग
काठमांडौ, ११ जेठ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लव र मनाङ म¥यास्ङदीले जित हात पारेका छन् ।
आज सम्पन्न पहिलो खेलमा पुलिसले युनाइटेड युथ क्लवलाई ६ – ० को फराकिलो गोल अन्तरले परजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा रेलिगेशनबाट बच्न संघर्षरत टोली युनाईटेडमाथि पुलिसले प्रभावशाली जित दर्ता गराएको हो । पुलिसका लागि जुमानु राईले दुई गोल गरेका थिए भने दिपेन श्रेष्ठ, योगेश श्रेष्ठ, भरत खवास र सुरज बिश्वकर्माले एकएक गोल गरेका थिए ।
यस्तै आजै सम्पन्न अर्काै खेलमा मनाङमस्र्याङदीले नेपाल आमीलाई १—० ले पराजित गरेको छ । सायान मौसाभीले पहिलो हाफको ईन्जुरी समयमा गरेको गोलनै मनाङलाई जित दिलाउन काफी रह्यो । निर्धारित ९० मिनेटसम्म पनि आर्मी टोलीले गोल फर्काउन नसकेपछि जित मनाङको पोल्टामा पर्न सफल भयो ।

No comments:
Post a Comment