दलहरु आ–आफ्नै अडानमा कायमै, शिर्ष नेताको बैठक निष्कर्ष विहिन
काठमाण्डौं १२ जेठ । माओवादी लडाकुको हतियार ब्यवस्थापन तथा शान्ति प्रक्रिया टुङ्गाउने विषयमा दलहरु आ–आफ्नै अडानमा कायमै रहेपछि संविधानसभाको म्याद थप गर्ने विषयमा सहमति जुटाउन आज बसेको शिर्ष तिन दलको बैठक पनि निष्कर्षविहिन बनेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो झण्डै ६ घण्टासम्म चलेको बैठकमा शान्ति प्रक्रियाको बारेमा गम्भीर छलफल भएपनि ठोस सहमतिमा भने पुगी नसकेको बैठकपछि नेताहरुले बताएका छन् । बैठकपछि एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्यले शान्ति प्रक्रिया र संविधान निमार्ण लगायतका सबै विषयमा एक राउण्ड छलफल भएको जानकारी दिनुभयो । नेपाली काँग्रेसका नेता रामशरण महतले हिजो अस्तीकै जस्तो आजको बैठकमा पनि काँग्रेसले आफ्नो अडान राखेको बताउनुभो । महतले सबै दल आ–आफ्नै अडानमा कायमै रहेको समेत जानकारी दिनुभयो । बैठकपछि शिर्ष नेताहरु भने बैठकबारे मिडियामा नबोल्ने सहमति भएको भन्दै बाहिरिएका थिए ।
आजको बैठकमा नेपाली काँग्रेसले जेठ १४ अघि नै माओवादी लडाकुका हतियार राज्यको नियन्त्रणमा आउनुपर्ने बताएपनि माओवादीले अस्वीकार गर्दै लडाकुको पुर्न बर्गिकरण पछि मात्र हतियार बुझाउने बताएको थियो । एमालले भने तत्काल लडाकुका हतियार सेना समायोजन विषेश समिती मातहत ल्याउन प्रस्ताव गरेको थियो । बैठकपछि एमाले नेता भिम रावलले आजको बैठकमा विभिन्न विकल्पमा छलफल भएको उल्लेख गर्दै दलहरु बिच भोली पुन छलफल हुने जानकारी दिनुभयो । संविधान सभाको म्याद सकिन अब दुइ दिन मात्र बाँकी रहको छ ।
संविधान संशोधन प्रस्ताव अघि बढ्न सकेनः
काठमाण्डौ, जेठ १२ । संविधानसभाको म्यादथपका लागि राखिएका पूर्वसर्त पूरा नभएको भन्दै नेपाली कागे्रस लगायत विपक्षी दलले अबरोध सृजना गरेपछि संविधानसभाको म्याद थप प्रयोजनका लागि सरकारले ल्याएको संविधान संशोधन प्रक्रिर्या अघि बढ्न नपाउँदै आज पनि संसद बैठक स्थगित भएको छ । सभामुख सुभाष नेम्बाङले विधेयक पेश गर्ने प्रक्रिर्या अगाडि बढाउन खोजेपनि कागे्रसका मुख्य सचेतक लक्ष्मण घिमिरेले आफूहरुका माग पूरा नभएको भन्दै विधेयकको काम अगाडि नबढाउन आग्रह गर्नुभएको थियो ।
शान्ति र संविधान निर्माण प्रक्रिर्यालाइ अघि बढाउन दुइदिनमात्र बाकी रहेको भन्दै सभामुखले सरकारको ध्यानाकर्षण गराउनुभयो । शान्ति र संविधान निर्माणको प्रक्रिर्या निश्कर्षमा पु¥याउन समय साघुरिएको अबस्थाप्रति स्मरण गराउदै सभामुखले कागे्रसलाइ संसद अगाडि बढाउन आग्रह गरेपनि कागे्रसले कार्वाही अगाडि नबढाउन आग्रह गरेपछि सभामुखले कार्यसूचीवाट संविधान संशोधन विधेयक पेशगर्ने कार्यक्रम हटाउनुभयो । संसदको आर्को बैठक भोली दिउसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।
त्यसअघि बैठकको सुरुमै राप्रपा नेपालका चन्द्रबहादुर गुरुङले तीनदलले राष्ट्रिय सहमतिका नाममा मुलुकलाइ बन्दक बनाएको आरोप लगाउनुभयो । उहाँले तीनदलको असफलताका कारण मुलुक विदेशीको निर्देशनमा चल्ने अबस्था आएको बताउनुभयो । गुरुङले नजा जनादेशको मागगर्दै संविधानसभा बाहिर शान्ति पूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जानउनुभयो ।
यसैबीच व्यबस्थापिका संसदवाट आज फोहोर मैला व्यबस्थापन विधेयक पारित भएको छ । संसदको आज बसेको बैठकमा स्थानिय विकासमन्त्री उर्मिला अर्यालले पेश गर्नुभएको विधेयक बहुमतवाट पारित भएको हो । नेपाल मजदुर किसान पार्टीले सरकारले ल्याएको विधेयम तुत्रिपूर्ण रहेकोभन्दै विरोध जनाएपछि विधेयक बहुमतवाट पारित भएको हो । उहाँले फोहोर व्यबस्थापनका नाममा विदेशी कम्पनीलाइ भीत्राएर राष्ट्रिय हित विपरितको कामगर्न खोजेको आरोप लगाउनुभयो ।
विधेयकमाथी संसदमा भएको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिर्दै स्थानिय विकासमन्त्री राजधानीलाइ सरकार र निजि क्षेत्रवाट व्यबस्थापनगर्न विधेयक ल्याइएको बताउनुभयो । उहाँले राजधानी काठमाण्डौ उपत्यकाको फोहोर व्यबस्थापन चुनौति बन्दै गएको तथा फोहोर व्यबस्थापन हुन नसक्दा उव्जेको समस्या समाधान हुने विश्वास लिनुभयो । विधेयक पारित भएपछि अत्यावस्यक सेवा सरह फोहोर व्यबस्थापनमा अबरोध गर्न पाइने छैन ।
सहमती छिटो गर—राष्ट्रपती
राष्टपति डाक्टर रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि तत्काल राष्ट्रिय सहमति कायम गर्न दलहरुलाई आग्रह गर्नुभएको छ । संविधानसभाको म्याद थपका विषयमा प्रमुख ३ दलका नेतासँग आज बिहान भएको भेटमा राष्ट्रपति यादवले राजनीतिक गतिरोधप्रति चिन्ता व्यक्त गर्दै यस्तो आग्रह गर्नुभयो । प्रधानमन्त्री खनालले राष्ट्रपति डा यादवले शीर्ष तीन दल नेताहरुलाई राष्ट्रिय सहमति कायम गरी अगाडि बढ्न आह्वान गर्नुभएको जानकारी दिनुभयो । उहाले दलहरुबीच छलफल भइरहेको बताउदै आजैसम्म सहमतिमा पुग्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिबाट चिन्ता व्यक्त गरेपनि आफ्ना मागको सम्बोधन नभए सहमति हुन नसक्ने बताउनुभयो । संविधानसभाको म्याद सकिन दुई दिन मात्र बाँकी रहेका बेला पनि शीर्ष दलहरु सहमतिमा पुग्न नसकेपछि प्रमुख दलका शीर्ष नेताहरु राष्टपतिसमक्ष परामर्शका लागि पुगेका थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री खनाल, माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति सुशिल कोइराला परामर्शका लागि आज विहान शितल निवास पुगेका थिए ।
सर्वोच्च अदालतको फैसलाप्रति दलहरुको आपत्ति
काठमाण्डौ, जेठ १२ । संविधानसभाको म्याद सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति विभिन्न दलले असहमति जनाएका छन । उनिहरुले संविधानसभाको म्याद थपगर्ने संसदको विशेषाधिकारमाथी सर्वोच्च अदालतले हस्तक्षेप गर्न खोजेको टिप्पणी गरे । संविधानसभा भवन परिसरमा पत्रकारहरुसंग कुरागर्दै माओवादी स्थाइ कमिटि सदस्य गिरिराजमणि पोखे्रलले सर्वोच्चको फैसला पूरानो फैसलासंग बाझिएको दावी गर्नुभयो । उहाँले यस बिषयमा दलहरुले नै सहमति जुटाउने बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्यले सर्वोचको फैसला म्याद नगर्ने नभएको भन्ने आशय नभएको दावी गर्नुभयो । संविधानसभाको म्याद थपगर्ने नगर्ने निर्णय सर्वोच्चले बोल्ने बिषय नभएको उहाँको दावी थियो । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले पनि सर्वोच्च अधिकारको फैसला संविधानसभाको म्याद थप नगर्ने आशयको नभएको बताउनुभयो । उहाँले संसदको विशेषाधिकारमाथी सर्वोच्च अदालतले हस्तक्षेप गर्न नसक्ने बताउनुभयो ।
राष्ट्रिय जनशक्ति पार्टीका सहध्यक्ष डा प्रकाशचन्द्र लोहनीले सर्वोच्चको पछिल्लो फैसला पूरानोसंग बाझेको भएपनि छ महिनाभीत्र संविधान लेखनको काम सम्पन्न गर यसलाइ गलत भन्न नमिल्ने बताउनुभयो । यसअघि सर्वोच्च अदालतले संविधानसभाको म्याद थपको बिषयमा हिजो गरेको निर्णयप्रति संविधान विदहरुले आफूखुसी व्याख्या गरेका छन । कतिपय संविधानविदहरुले संविधानसभाको म्याद फेरि थपगर्न नसकिने दावी गरेका छन ।
विधेयक संशोधन गर्न गरेको तयारी रोक्न रिट
संविधानसभाको म्याद सम्बन्धमा अन्तरिम संविधानको धारा ६४ संशोधन गर्न तयारी भइरहेको भन्दै सोविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधान निर्माण गर्न समयावधि नपुगेको भन्दै एक वर्षअघि समय थप गरिएको विरुद्ध परेको रिटमा बुधबार संविधानसभाको थप समयावधि त्रुटिपूर्ण भएको र संविधान निर्माण गर्न सङ्कटकालीन अवस्थामा मात्र छ महिना थप गर्न सकिने भनी सर्वोच्च अदालतले फैसला गरेको थियो ।
अदालतले एक वर्षअघि संविधानसभाको समयावधि एक वर्ष बढाइएको काम गलत भएको व्याख्या गरेर अन्योलको अवस्थामा रहेकै बेला अधिवक्ता भरतमणि जङ्गमलले रिट दायर गर्नुभएको हो । रिटमा अदालतले संविधानसभाको समयावधि बढाउनु गलत भएको भनिसकेको अवस्थामा फेरि अदालतको समेत अवहेलना गर्दै अन्तरिम संविधानको धारा ६४ लाई संशोधन गर्न खोजेको भन्दै सो रोक्न परमादेशको माग गरिएको छ ।
रिटमा नेपाल सरकार तथा मन्त्रिपरिषद्, प्रधानमन्त्री, संविधानसभा सचिवालय, व्यवस्थापिका–संसद सचिवालय, सभामुखलगायतलाई विपक्षी बनाइएको छ । रिटमा यसअघि नै अदालतले संविधानसभाको समयावधि बढाउने कार्य त्रुटिपूर्ण भनिसकेको अवस्थामा पनि संविधानसभाको म्याद थप्न गरिएको क्रियाकलाप संविधान विपरीत भएको उल्लेख छ ।
मधेसी मोर्चा ः म्याद थप मान्य छैन ।
सयुक्त मधेसी मोर्चाले मधेसीको सहमति बिना सबिधानसभाको म्याद थपिए आफुलाई मान्य नहुने बताएको छ । सयुक्त मधेसी मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गरि सबिधानसभाको म्याद थप गर्न मुख्य तिन दलबिच सहमति बने पनि त्यो आफुलाई मान्य नहुने बताएको हो । मुख्य तिन दलकै कारण सबिधानसभाले अहिलेसम्म सबिधान लेखनको कार्यभार पुरा गर्न नसकेको भन्दै मोर्चाले सबिधानसभाको म्याद थप्न सयुक्त मधेसी मोर्चाको तर्फबाट बिभिन्न शर्त समेत अघि सारेको छ । बहुलवादी सघिय लोकतान्त्रिक गणतन्त्रात्मक सबिधान, सेना समायोजनको मोडालिटी र सङख्याको टु¨ो लगाई मधेसीको सहभागीता सहितको राष्ट्रीय सहमतीको सरकारको सुनिश्चितता स“गै संविधान सभाको म्याद थप गर्न सकिने मोर्चाको भनाइ रहेको छ ।
भोलीको बन्द कार्यक्रमहरु
पटक पटकको बन्दले आम सर्वसाधारण मर्कामा परिरहेका बेला विभिन्न दल तथा संगठनहरुले भोली देशै भरका विभिन्न क्षेत्र तथा उपत्यका बन्दको आव्हान गरेका छन् । चुरै भावर राष्ट्रिय एकता पार्टिले भालीका लागी उपत्यका, झापा र मकवानपुर बन्दको आब्हान गरेको छ भने क्षेत्री समाजले पुर्व बन्दको आब्हान गरेको छ । चुरे भावर एकता पार्टिका भुमिराज निरौलाले आज एक विज्ञप्ती जारी गर्दै भोली संविधान सभा घेराऊ सहितको आमहड्तालको कार्यक्रम रहेको जनाएका छन् ।
त्यसैगरि गणतान्त्रिक गठबन्धन नामक संगठनले भाली थरुहट, कोचीला, लिम्बुवान, खुम्बूवान, मधेश ताम्सिालीङ लगायतका क्षेत्रमा बन्दको आव्हान गरेको छ । त्यस्तै ब्राम्हण समाजले भोलीका लागी धादिङ, चितवन लगायतका जिल्लामा बन्दको कार्यक्रम रहेको जनाएको छ । सबै जसो संगठनहरुले समयमै संविधान जारी गर्न नसकेको तथा आ आफ्ना विभिन्न माग तेस्र्याउँदै बन्दको कार्यक्रम आयोजना गरेका हुन् । यसैबिच क्षेत्री समाजले जेठ १४ गते आव्हान गरेको नेपाल बन्दको कार्यक्रम भने फिर्ता लिएको छ ।
माओवादी सँग युरोपियन मुलुकका राजदुतहरुको चासो ः के संविधान सभाको म्याद थपिन्छ ।
राजनीतिक गतिरोध उत्कर्षमा पुगिरहेकै बेला दातृ संस्थाका प्रतिनिधिहरुले मुख्य दलका नेताहरुसँगको भेटलाई तीव्र पारेका छन् । यसै क्रममा आज युरोपियन युनियन आबद्ध देशका राजदुतहरुले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाकै निवास नयाँ बजारमा भेट गरेका छन् । भेटमा राजदुतहरुले जेठ १४ नजिकिदै गर्दा पनि दलहरुबीच सहमति नजुटेको भन्दै शान्ति प्रक्रिया र संविधान लेखनप्रति गहिरो चासो राखेका थिए । भेटपछि बेलायती राजदुत जोन टकनटले जनताको चाहना अनुसार एक भएर अघि बढ्न आफुहरुले प्रचण्डलाई सल्लाह दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राजनीतिक गतिरोध अन्त्यका लागि सहमतिको विकल्प नभएको पनि आफुहरुले बताएको राजदुत टकनटले बताउनुभयो । यसअघि राजदुतहरुले अस्ति कांग्रेस सभापति सुशील कोइरालालाई भेटेका थिए ।
राप्रपा र आदिवासीको संविधानसभा भवन घेराउ
संबिधान सभा बिघठन गरी नयाँ जनादेशमा जानुपर्ने माग गर्दै आएको राप्रपा नेपाल र संविधान सभाको म्याद थप गर्न माग गर्दे आदिपासी जनजाती महासङघले नयाँ बोश्वरस्थित सबिधान सभा भवन घेराउ गरेका छन् । घेराउकै क्रममा निषेधित क्षेत्र तोड्ने हुदा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबिच झडप समेत भएको छ । झडपका क्रममा केही प्रहरी र सर्वसाधारण गरी करिब आधा दर्जन ब्यक्ति घाईते भएका छन् भने राप्रपाका २५ जना कार्यकर्ता घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठ्माण्डौले दुई दिन देखि संबिधान सभा भवनको ५० मिटर वरपर निशेधित क्षेत्र घोषणा गरेको थियो । राप्रपा नेपालले हिजोबाट संविधानसभा भवन घेराउ सुरु गरेको हो । घेराउका लागि उसले जिल्ला जिल्लाबाट कार्यकर्ताहरु राजधानी ओसारेको छ ।
यता, संविधानसभा बिघटन गर्न नहुने र नयाँ संविधानमा आदिवासी जनजातिका अधिकार प्राप्तीको माग गर्दै आदिवासी जनजाति संघ संस्थाहरुले पनि संविधानसभा भवन नयाँवानेश्वरमा धर्ना तथा घेराउ गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ लगायत तीन दर्जन जनजाति संघ संस्थाहरुको सहभागितामा गठित संयुक्त संघर्ष समितिको आयोजनामा धर्ना कार्यक्रम गरिएको जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले जानकारी दिनुभयो । राप्रपा नेपाल र अदिबासी जनजातीहरुको धर्नाका कारण बानेश्वर लगायत वरपरको क्षेत्र तनावग्रस्त बनेको थियो ।
अन्र्तराष्ट्रिय समाचार
फरिदावादमा विमान दुर्घटना हुँदा दशजनाको मृत्यु
फरिदावाद, १२ जेठ । भारतको फरिदावादमा एउटा एम्बुलेन्स विमान दुर्घटना हुँदा एकै परिवारका तीनजना महिलासहित दसजनाको मृत्यु भएको छ । एकजना बिरामीसहित सातजना यात्रु लिएर उडेको सो विमान दुईवटा घरमाथि खस्दा उनीहरूको मृत्यु भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । एक घरका मृत्यु भएका महिलामा ५५ वर्षीया आमा, उनकी १९ वर्षीया छोरी र २३ वर्षीया बुहारी थिए । मृतकहरू आमा वेदवती, छोरी सरिता र बुहारी रानी रहेको जनाईएको छ । सो विमानले पटनाबाट बिरामीलाई दिल्लीतर्फ ल्याइरहेको अवस्थामा फरिदावादको मुकेशकुन्जस्थित उनीहरूको घरमा जोतिन पुगेको भारतीय अधिकारीलाई उधृत गर्दै प्रेस ट्रस्ट अफ ईन्डिया पिटिआईले जनाएको छ । मृतकहरूको जनता कोलोनीमा आजै दाहसंस्कार गरिएको छ।
यमनको भिडन्तमा चार नागरिकको मृत्यु
साना, १२ जेठ । यमनका राष्ट्रपति अलि अब्दुल्ला सालेहका समर्थक र विपक्षीहरू राजाधानी सानामा उग्र भिडन्तमा उत्रँदा चारजनाको मृत्यु भएको त्याहाको सरकारी सावा समाचार समितिले जनाएको छ । सो मृत्युसमेत गत सोमबारदेखि यताको मृतक सङ्ख्या ४८ पुगेको चिकित्साकर्मी, सरकार र जातीय स्रोतले एएफपीलाई बताएका छन् । भिडन्त सरकार समर्थक सुरक्षाफौज र गत मार्चदेखि विद्रोहमा उत्रेका जातीय नेता शेख सादिक अल–अहमार समर्थक बीच भएको र विमानस्थलभन्दा उत्तरको अरहाद जिल्लामा केन्द्रित थियो ।
खेल समाचार
शहिद स्मारक फुटवल प्रतियोगिता
राजधानीमा जारी शहिद स्मारक ए डिभीजन लिग फुटवल प्रतियोगिता अनतर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटी र मछिन्द्र क्लबले गोलरहित बराबरी खेलेका छन् भने दोस्रो खेलमा थी्रस्टार विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा बलियो मानिएको एनआरटीलाई कमजोर आँकिएको मछिन्द्रले कडा टककर दिएको थियो । न्युरोड टिमका स्टा«ईकरहरुले केही मुभ बनाएपनि मछिन्द्रका डिफेन्स लाईन छिचोल्न नसक्दा अङक बाँडिएको थियो । त्यसैगरी आजै भएको अर्काै खेलमा उपाधि दाबेदार मानिएको थ्रीस्टारले जावलाखेल युथ क्लबको १–० गोलअन्तरले पारजित गर्दै अपराजित यात्रामा विश्राम लगाइ दिएको छ । उसलाई जित दिलाउन खेलको ५८ औ मिनेटमा बुद्ध चेमजोङले निर्णयक गोल गरेका थिए ।

No comments:
Post a Comment