Monday, April 2, 2012

राष्ट्रपति प्वाक्क बोले : संघियताविनाका संविधान जारी हुँदैन ।


President of Nepal Rambaran Yadav
अशोक दाहाल
त्यसो त राष्ट्रपति बोल्नै नहुने हैन तर राष्ट्रपतिले बोल्दा निकै ख्याल पु¥याउनु पर्छ । अभिब्यक्ति स्वतन्त्रताको हक भएपनि मयार्दा ख्याल राख्नुपर्छ । दलहरु बिच विवादीत रहेको विषयमा राष्ट्रपतिले मुख खोल्नु कुनैपनि अर्थमा राम्रो मान्न सकिन्न । अझ नयाँ संधिवान जारी हुने बेलामा संघियता सहित संविधान जारी गर्ने कि नगर्ने कस्तो संविधान जारी गर्ने भन्ने विषयमा संविधान सभाको कार्यक्षेत्र हो तर राष्ट्रपति त्यो मिच्च उद्दत भए । हुनत राष्ट्रपतिले सचेत गराउने हो तर निर्देशन दिने होइन । संघियताको विषयमा सहमती नहुदाँ दलहरुले पछि संघियतामा सहमती जुटाउने गरि नयाँ संविधान जारी गर्ने तयारी गरेका छन् । तर राष्ट्रपतिले यतिबेला पाक्व मुख खोले संघियता विनाको संविधान नबनाउन : पढौँ न त तलको समाचार ।

राष्ट्रपति डा. रामवरण यादवले संघियता विनाको संविधान जारी नहुने बताएका छन् । संघीयता लागु गर्दा ध्यान पु¥याउन प्रमुख राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै राष्ट्रपति यादवले राष्ट्रिय अखण्डतालाई अक्षुण राख्दै संघियतामा जानुपर्ने धारणा राखे । रिपोटर्स क्लवका देशभरीबाट आएका प्रतिनिधीसँग राष्ट्रपति भवन शितल निवासमा शनिबार कुरा गर्दै राष्ट्रपति यादवले जनताबीचको एकतालाई बलियो बनाउने मुख्य दायित्व माओवादी, कांग्रेस, एमाले तथा मधेशीमोर्चाको रहेको बताए । 
‘मुलुकको एकता अखण्ड हुनु पछ, यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ, त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु’ संघियताबारे ध्यान पु¥याउन दलहरुलाई सुझाउँदै राष्ट्रपति यादवले भने । जनताको चाहना अनुसार नै दलहरुले निर्धारित समयमा शान्तिप्रक्रिया र संविधान लेखनकार्य निष्कर्षमा पु¥याउने विश्वास यादवको छ ।
जनताको चाहना लोकतान्त्रिक गणतन्त्रान्त्रिक संविधान रहेको भन्दै उनले जेठ १४ भित्र लोकतान्त्रिक संविधान बन्न कुनै अवरोध नरहेको तर्क गरे । देश र जनताले दिएको जिम्मेवारी बुद्धिमतापूर्वक पुरा गर्न नसके राजनीतिक दलहरूको अस्तित्व समाप्त हुने यादवको जिकीर छ । ‘म मा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउछ’ उनले भने ।
राष्ट्रपति यादवले दलहरूले राजनीतिलाई व्यवस्थापन गर्न नसक्दा मुलुक पछाडि परेको जिकिर गर्दै देश विकासको लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै उपयुक्त रहेको उल्लेख गरे । नयाँ संविधान जारी गरेर लोकतान्त्रिक पद्धतिको विकासकोलागी पनि निर्वाचनबाट विधी स्थपित गर्नु पर्ने उनको धारणा थियो । ‘अब बन्ने संविधानमा मानवअधिकार, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचन, विधीको शासन सहितको लोकतान्त्रिक मुल्य मान्यता हुनु पर्छ’ यादवले भने । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर आर्थिक विकास गर्न सबै लाग्नुपर्ने यादवको जिकिर छ । 
छोटो अवधिमा छिमेकी मुलुक चीन र भारत आर्थिक रूपमा सम्पन्न र विश्वकै शक्तिशाली भएको उदाहरण दिँदै उनले नेपालमा दलहरुले राजनीतिलाई व्यवस्थापन गर्न नसक्दा प्राकृतिक स्रोत र साधनले सम्पन्न भएपनि  देश विकास हुन नसकेको धारणा राखे । ‘यो देश बचाउन आकासबाट मान्छे आउँदैन । हामिलेनै बचाउनुपर्छ, वीपी, पुष्पलाल, गणेशमान, मनमोहन, रामनारायण मिश्र कोही पनि आउँदैनन्’ यादवले भने, ‘मिलेर गरांै देश अरुले बनाउने नै होईन ।’ जनताले परिवर्तनका लागि धेरै पटक संघर्ष गर्दा पनि लोकतान्त्रिक शक्तिहरु आपसमै झगडा गर्दा राजतन्त्रले दलहरुलाई उपयोग गर्ने अवसर पाइरहेको राष्ट्रपति यादवको भनाइ छ । 

No comments: